स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
Tuesday, September 1, 2015
महोत्तरीको सदरमुकाम जलेश्वर तनावग्रस्त
महोत्तरीको सदरमुकाम जलेश्वर तनावग्रस्त
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ ९ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपको कारण जलेश्वरको स्थिती तनावग्रस्त बनेको छ ।
जलेश्वरको दुर्गाचोक, शंकर चोक लगायतका विभिन्न ठाउँमा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको हो । झडपमा प्रहरी तर्फ केहीलाई ढुँगा लागेको छ भने प्रहरीको लाठीचार्जबाट पनि केही प्रर्दशनकारी घाइते भएको जनाइएको छ ।
झडपको बीचमै प्रर्दशनकारीहरुले कार्यालय परिसरमा लगाइएको नापी कार्यालयको बा१झ ७५७७ नम्बरको गाडीमा आगजनीको प्रयास गरेको छ । त्रिपालले छोपेर राखिएको गाडीमा आगो लगाएपछि त्रिपाल जलेपनि गाडी भने जल्न पाएनन् । अहिले पनि जलेश्वरमा प्रर्दशनकारीहरु छरिएर रहेका छन् ।
झडपको कारण सदरमुकाम जलेश्वर जोडने विभिन्न सडकखण्डमा अहिले मुढाहरु तेर्सयाएर सुरक्षाकर्मीको लागि अवरोध श्रृजना गर्ने कार्य गरिएको छ ।
सशस्त्र प्रहरीको वेशक्याम्प जाने बाटोको तिन ठाउँमा सुगा गाविसका युवाहरुले ठुलठुला मुढाहरु तेर्सयाएर बाटो अवरुद्ध गरेका छन् । त्यसैगरी जिल्लाको मटिहानी, सरपल्लो, रामगोपालपुर लगायतका ठाउँहरुमा समेत बन्द गरिएको छ ।
यसैबीच जिल्लाको बर्दिबासमा सदभाव ¥याली निकालिएको छ । स्थानीय वासिन्दाहरु मिलेर हिमाल पहाड तराई कोही छैनन् पराई भन्दै सदभाव ¥याली निकालेका हुन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment