स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
Tuesday, September 1, 2015
महोत्तरी एमाले कार्यालयमा तोडफोड
एमाले कार्यालयमा तोडफोड
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ १४ गते । विभिन्न माँग सहित आन्दोलनमा उत्रेका संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले सोमबार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा नेकपा एमालेको कार्यालयमा तोडफोड गर्नुका साथै साईनबोर्ड उखेलेर जलाएका छन् ।
संघीयता, सिमांकन र मधेश अधिकारको माँग गर्दै विगत दूई सप्ताहदेखि जारी अनिश्चितकालिन आम हड्तालको क्रममा आक्रोशित आन्दोलनकारीको एक समुहले एमालेको पार्टी कार्यालयमा तोडफोड गरेको हो । सो क्रममा आन्दोलनकारीहरुले साईनबोर्ड उखालेर सडकमा ल्याएर जलाएका थिए ।
नगरमा जुलुस भइरहेको बेला एक्कासी एक समूहले कार्यालय भित्रै प्रवेश गरेर तोडफोड गरेका थिए ।
दुईहप्तादेखिको महोत्तरी बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । दैनिक उपभोग्य सामग्रीहरुको मूल्य बढदै गएको छ भने यातायात समेत नचल्दा जनजीवन प्रभावित बन्दै गएको हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment