स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
Tuesday, September 1, 2015
पुर्व सहमति कार्यान्वयन नभएसम्म वार्ता असम्भव ः महन्थ ठाकुर
पुर्व सहमति कार्यान्वयन नभएसम्म वार्ता असम्भव ः महन्थ ठाकुर
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ १० गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री सुशिल कोइरालाले आव्हान गरेको वार्ता नाटक मात्रै भएको बताउनुभएको छ ।
वुधबार साँझ महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आन्दोलनकारीहरुलाई सम्बोधन गर्नुहुदै उहाँले वार्ता मधेश आन्दोलनलाई वंग्याउने षडयन्त्र भएकोले पुर्वमा भएको सहमति कार्यान्वयन नभएसम्म वार्तामा जाने औचित्य नभएको स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आन्दोलनमा भइरहेको दमन बन्द गर्नुपर्ने, विभिन्न भागमा परिचालन गरिएको सेना फिर्ता गर्नुपर्ने, पक्राउ परेकाहरुलाई रिहा गर्नुपर्ने तथा विगतमा भएको सहमति र सम्झौतालाई सम्बोधन नगरेसम्म वार्ता गर्नुको औचित्य नै छैन् ।’
प्रधानमन्त्रीले आफुलाई फोन गरेको बताउनुहुदै अध्यक्ष ठाकुरले मधेश र मधेशी माथी सत्तापक्षले बारम्बार धोका गर्दै आएकोले यसपालिको आन्दोलन निर्णायक आन्दोलन हुने बताउनुहुदै ठगिने वार्तामा आफुहरु बस्न तयार नरहेको जानकारी समेत दिनुभयो ।
उहाँले अहिलेको अवस्थामा जति दमन, अत्याचार गरेपनि समग्र मधेश एक स्वायत्त प्रदेशको माँग पुरा नभएसम्म पछाडि फर्किन नसकिने अडान समेत राख्नुभयो । उहाँले सम्बोधनको क्रममा मधेशको कुनै भागलाई पहाडमा मिसायो भने आफुहरुलाई मान्य नहुने अडान समेत दोहो¥याउनुभएको थियो ।
सम्बोधनपश्चात रात्री विश्रामको लागि ठाकुरसहित आएका अन्य कार्यकर्ताहरु भिठा पुग्नुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment