स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
Tuesday, September 1, 2015
जलेश्वरमा १३ राउण्ड अश्रुग्याँस प्रहार,
जलेश्वरमा १३ राउण्ड अश्रुग्याँस प्रहार,
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ १५ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिन मंगलबार साँझ प्रहरीले १३ राउण्ड अश्रुग्याँस प्रहार गरेका छन् ।
class="separator" style="clear: both; text-align: center;">
सरकारमा रहेपनि मधेशको माँगप्रति वेवास्ता गरेको भन्दै काँग्रेसको पार्टी कार्यालयमा तोडफोड गरेका हुन् । त्यसैगरी जिल्ला निर्वाचन कार्यालयको साईनबोर्ड आन्दोलनकारीहरुले उखेलेर लगेका छन् भने जिल्ला प्रशासन, जिविस, जलेश्वर नगरपालिका लगायतका कार्यालयहरुमा पत्थरबाजी गरेका छन् ।
त्यस्तै मोर्चाका कार्यकर्ताहरुले इलाका प्रहरी कार्यालयमा बलवामा मधेश सरकार लेखिएको स्टीकर टाँसेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment