Wednesday, February 27, 2013


ग्रामीण बजेट कटौतीको नियत

    बाबुराम भट्टराई सरकारले स्थानीय निकायको बजेट कटौती गरी आफूलाई जनविरोधीमात्र होइन, स्थानीय स्वशासन र गाउँको विकास विरोधीसमेत सावित गरेको छ ।
    (1 Vote)
    ramchandra jha
    देशमा विकासको गति मन्द भएको छ। भौतिक पूर्वाधार होउन् वा मानवीय सेवासम्बन्धी पूर्वाधार एकखाले अस्थिरताको सिकार बनेका छन् । स्थानीय निकायमा रहेका दलीय संयन्त्रले जवाफदेहीविहीन भएर सीमाभन्दा बढी आफ्नो भूमिका देखाउनसकेका छैनन् । विकास जनताको आवश्यकताभन्दा पनि नितान्त नकारात्मक दिशामा उन्मुख छ। विभिन्न अध्ययनबाट स्थानीय निकायमा भ्रष्टाचारको डरलाग्दो स्थिति देखापरेको छ। स्थानीय स्तरमा लोकतन्त्रभन्दा नोकरशाहीतन्त्र हावी भइरहेको छ । आधारभूत वर्गको जनताका निम्ति राजनीतिक सत्ताको उपयोग दुरुह बन्दै ठहरावमा पुगेको छ।
    उल्लिखित समस्यामा अहिले अर्को प्रवृत्ति थपिएको छ । बाबुराम भट्टराईको नेतृत्वको एमाओवादी-मधेसी मोर्चा गठबन्धनको सरकारले स्थानीय निकायको बजेट कटौती गरी आफूलाई निष्कर्षमा जनविरोधीमात्र होइन, स्थानीय स्वशासन र गाउँको विकास विरोधीसमेत सावित गरेको छ। स्थानीय विकास मन्त्रालय अन्तर्गतको बजेट -४४ अर्ब) मा ३० प्रतिशतले कटौती गरिएको छ र गाउँ विकास समितिमा १५ देखि ३० लाखसम्म बजेट पुग्ने जुन वैज्ञानिक व्यवस्थापन मिलाइएको थियो, त्यसलाई हटाएर अब न्यूनतम १५ लाखमात्र बजेट पुग्ने गरिएको छ । जिविस, नगरपालिकामा अधिकतम ५ करोडसम्म बजेट जाने जुन स्थिति थियो, त्यसलाई कटौती गरेर अब केवल ४० लाखमात्र जाने बनाइएको छ । वृद्ध, विधवा र अपाङ्गजस्ता सामाजिक सुरक्षा भत्ताहरूको दोस्रो किस्ता सरकारले अझै निकासा दिनसकेको छैन । कृषि, सडक, खानेपानी, सिँचाइजस्ता क्षेत्रहरूमा ४० प्रतिशत बजेट कटौती गरिएको छ । यसरी हेर्दा वर्तमान सरकार स्थानीय निकायहरू खासगरी गाउँ, नगरपालिका र जिल्ला विकास समितिमार्फत स्थानीय विकास प्रक्रियालाई बढाउने अभियानकै विरोधीका रूपमा प्रस्तुत भएको छ ।
    आर्थिक वर्ष २०५२/५३ देखि 'आफ्नो गाउँ आफैँ बनाउँ' कार्यक्रम अन्तर्गत तत्कालीन मनमोहन अधिकारीको नेतृत्वको सरकारले प्रत्येक गाविसलाई ३ लाखको दरले अनुदान दिन प्रारम्भ गरेको थियो, जस अन्तर्गत १ अर्ब १७ करोड रुपियाँ खर्च हुन्थ्यो । आव २०५४/०५५ मा प्रतिगाविस ५ लाख रुपियाँको दरले उक्त अनुदान बढाइएकाले ३ अर्ब ९२ करोड हुनपुग्यो र संविधानसभाको निर्वाचनपश्चात् प्रतिगाविस १५ देखि ३० लाख रुपियाँसम्म -सूत्रमा आधारित) ले भारी वृद्धि भई आव २०६५/०६६ मा आइपुग्दा जम्मा सात अर्ब ८४ करोड खर्च हुनपुग्यो । आव २०६५/०६६ देखि विभिन्न दातृनिकायको सहयोगमा सञ्चालित 'स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम -एलजीसीडीपी) समेत लागू गर्दा जसको कार्यान्वयन ०६६/६७ मा प्रारम्भ भयो, त्यसमा टेन्डर पुरस्कारको वैज्ञानिक व्यवस्था अन्तर्गत न्यूनतम सर्तमा उत्तीर्ण ३ हजार ४९ गाविसहरूले थप अनुदान १ अर्ब २० करोड प्राप्त गर्न थाले । आव २०६६/०६७ मा १ अर्ब ३६ करोड एलजीसीडीपीको अनुदानसमेत ९ अर्ब १९ करोड रुपियाँ स्थानीय निकायहरूमा अनुदान पुग्ने गरेको थियो । तर स्थानीय शासन र सामुदायिक विकास कार्यक्रमको झन्डै ५० प्रतिशत रकम निकासै हुनसकेन । तैपनि ०६७/६८ जिविसबाट ४६ करोड र अन्य निकायबाट तथा आन्तरिक आम्दानी कुल आयमा ८.६४ प्रतिशतले बढी हुनजान्छ । यसप्रकार आन्तरिक आम्दानीको योगदान अत्यन्त न्यून हुँदै गइरहेको छ । स्थानीय निकायहरू केन्द्रीय अनुदानमा निर्भर हुँदैछन् ।
    स्थानीय स्वायत्त शासन ऐन अन्तर्गत गाविसहरूलाई विभिन्न खाले कर, सेवा शुल्क लगायतका स्रोतबाट आन्तरिक आय सङ्कलन गर्ने अधिकार भए पनि जनप्रतिनिधिको अभावमा अत्यन्तै निराशाजनक स्थिति छ र केन्द्रमाथिको निर्भरतामा मात्रै स्थानीय निकाय चलिरहेका छन् । नगरपालिकाको अनुदान ०५२/५३ मा ६० करोड रहेकोमा ०५६/५७ मा १ अर्ब १३ करोड पुग्यो । ०६५/६६ मा २ अर्ब ३२ लाख, ०६६/६७ मा २ अर्ब ८१ करोड र ०६८/६९ मा स्थानीय विकास शुल्क एलजीसीडीपी समेतको जम्मा ३ अर्ब ९९ करोड हुनपुगेको देखिन्छ । सामाजिक सुरक्षाभत्ता २८ करोड रुपियाँ र ३ लाख ४४ हजार व्यक्तिदेखि प्रारम्भ भई हाल सबै मिलाएर लगभग १३ अर्ब ८३ करोड रकम माग पुगेको तथ्याङ्कहरूले देखाउँछन् । यस्तो भत्ता प्राप्त गर्ने व्यक्तिहरू हाल २२ लाख ७२ हजार पुगेका छन् । यसमा जिविस र जनसहभागिता सहितको अनुदान थप २/३ अर्ब हुनजान्छ । यसरी सरकारले स्थानीय निकायहरूको स्तर एवं प्रभावकारिता वृद्धिका लागि स्थानीय विकासको रकममा भारी वृद्धि गरिरहेको पाइन्छ ।
    २०६८ को जनगणनाअनुसार करिब ६५ प्रतिशत साक्षरतासँगै सरदर आयुमा पनि वृद्धि भएको देखिन्छ । यदि स्थानीय निकायमा जनप्रतिनिधित्वको व्यवस्था भएको भए सरकारले थालेको साक्षरता अभियानमा सक्रिय जनसहभागिता भएको भए ०६८ मै साक्षरता ७० प्रतिशतभन्दा माथि पुगिसकेको स्थिति हुन्थ्यो । स्थानीय स्वास्थ्य इकाइमा उचित जनशक्तिको अभाव र सँगसँगै अभिभावकविहीनताका कारण तिनले अपेक्षित सेवा दिन सकिरहेका छैनन् । नत्र हाम्रो सरदर आयु पनि उल्लेखनीय रूपमा वृद्धि हुने निश्चित थियो ।
    २०६५ सालमा मेरो नेतृत्वमा रहेको स्थानीय विकास मन्त्रालयले सामाजिक सुरक्षा भत्तालाई अर्को आवदेखि सम्भव भएका ठाउँमा बैंकिङ प्रणालीबाट भुक्तानी दिने र बैंकिङ सेवा नभएका ठाउँहरूमा विद्यमान व्यवस्थालाई नै निरन्तरता दिने विकल्पका साथ पारदर्शी बनाउनु नीतिगत थालनी गरेको थियो । त्यसनिम्ति भत्ताको चतुर्मासिक रकम भुक्तानी गर्न 'सहिद दिवस', 'प्रजातन्त्र दिवस' र 'गणतन्त्र दिवस' अवसरहरूमा अभियानकै रूपमा वितरण गर्ने र त्यसमा स्थानीय तहका पार्टीहरूलाई रकम भुक्तानीको नामावली उपलब्ध गराउने र स्थानीय तहका विभिन्न सङ्घ-संस्थाहरूलाई पनि वितरित रकमको नामावली उपलब्ध गराउने जस्ता व्यवस्थापन र अभ्यासहरूमार्फत अनियमितता भएको वा फर्जी भुक्तानी दिएको लागेमा उजुरी दिने व्यवस्था पनि गरेको थियो । जो अद्यावधि नियमावलीमा कायमै छ ।
    त्यतिमात्रै होइन, ०५२ देखि प्रारम्भ भएको सामाजिक सुरक्षाभत्ता प्राप्तकर्ताहरूको विवरण अद्यावधि नहुँदा १७ हजार मत व्यक्तिहरूको नाममा फर्जी भुक्तानी हुँदै आएको रहस्यसमेत खुलेको थियो, जसलाई वाषिर्क रूपमा अद्यावधिक गर्ने व्यवस्था ०६५ देखि प्रारम्भ गरिएको थियो । अझ मेरो भनाइ त प्रत्येक चतुर्मासिकमा अद्यावधि गर्ने भन्ने थियो, तर भ्याउन कठिन हुने तर्कको आधारमा वाषिर्क रूपमा मात्र अद्यावधिक गर्ने व्यवस्था कायम भयो । बैंकिङ प्रणालीबाट भुक्तानी गर्ने हाम्रो प्रयासचाहिँ रह्यो, तर हालसम्म कार्यान्वयन हुनसकेको छैन । स्मरणीय रहोस्, बैंकिङ प्रणालीबाट भुक्तानी दिने निर्णयको विरोधमा केही पत्रकारहरूले प्रायोजित ढङ्गले दुष्प्रचारसमेत गर्न खोजे, स्थानीय विकास मन्त्रालयले वृद्धहरूलाई सदरमुकाम धाउन लगाएर मार्ने उपाय गरिरहेको भन्ने उनीहरूले प्रचारबाजी गरे । जबकि सम्बन्धित भत्ता प्राप्तकर्ताहरूले इच्छाएको वारेसमार्फत पनि रकम भुक्तान गर्ने प्रबन्ध हामीले गरेका थियौँ । तर पछिल्ला प्रधानमन्त्रीलाई बैंकिङ प्रणालीबाट भत्ता रकम भुक्तानीको व्यवस्था गर्न पटक-पटक ध्यानाकर्षण गर्दा पनि खासै रुचि देखाएको पाइएन ।
    खासगरी गाविस तहमा लेखा प्रणाली देशैभरि भद्रगोल रहेको तथ्य कसैबाट लुकेको छैन । जिविसका प्राविधिकले गाविसहरूलाई डिजाइन, स्टिमेट र मूल्याङ्कनमा दोहन गर्ने गरेको जस्ता व्यापक गुनासोको आधारमा हामीले गाविस अनुदान सञ्चालन निर्देशिका -नियमावली) मा गाविसहरूले एकजना खरदार तहका कर्मचारी लेखापाल र एक-एकजना ओभरसियर वा सब-ओभरसियर कन्टिजेन्सी रकमबाट तलब खुवाउनेगरी राख्न सक्ने व्यवस्था गर्‍यौँ । त्यसको नियमितताको प्रबन्ध स्थानीय विकास अधिकारीले गर्ने व्यवस्था अहिलेसम्म पनि कायमै छ, तर सायदै कुनै गाविसले पनि त्यसलाई कार्यान्वयन गर्न रुचि देखाएका छन् । यसको प्रमुख कारण कन्टिजेन्सीको रकम, जो अनुदानको राशिअनुसार डेढ लाखदेखि ३ लाखसम्म अनुदानको राशिअनुसार हुन्छ, त्यसमा गाविस सचिवहरूले एकलौटी आँखा गाड्ने र जिविसहरूको समेत स्वार्थका कारण उक्त व्यवस्था निर्णयअनुरूप कार्यान्वयन नभई पनि थन्किरहेको छ ।
    हामीकहाँ आकर्षक मन्त्रालयमा सरुवामा बढी चलखेल हुन्छ । यहाँसम्म कि मन्त्रीहरूले पनि आफूखुसी सरुवा गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्ने गर्छन् । अपारदर्शी रूपमा सरुवा गरी कसैले लाभआर्जन गर्ने गरेका समाचार सरुवाको क्रममा आउने पनि गरेका पाइन्छन् । तर त्यतिबेला त्यसलाई एक हदसम्म स्थानीय विकास मन्त्रालय अन्तर्गतका सरुवाहरू एलजीसीडीपी र एमसीपीएम लागू नहुँदै अनौपचारिक रूपमा हामीले प्रारम्भ गरेका थियौँ, जसमा प्रत्येक पदाधिकारीहरू आफूले नेतृत्व गर्ने गरेको कार्यालयको, बेरुजु रकम पि|mज भएको, रकमान्तर भएको र समयमा परिषद एवं समीक्षा भए वा नभएको तथा भ्रष्टाचारसम्बन्धी उजुरीको सत्यता लगायतका आधारभूत स्थानान्तरण गर्ने परिपाटी बसालिएको थियो । त्यस अनुरूप प्रथम चरणमा ७५ जिल्लाहरूका स्थानीय विकास अधिकारीहरूको चार्ट बनाई तिनलाई ६ समूहमा विभाजित गरिएको थियो, जसमा सबभन्दा तल 'कार्यसम्पादन' रहेकाहरूलाई सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाइदिने, दोस्रो तलदेखिकालाई दुर्गम जिल्ला, जहाँ कम रकम र सुविधाहरू हुन्छ, त्यहाँ पठाउने र तेस्रोमा पहाडी जिल्ला एवं चौथो राम्रो 'पहंुँच' हुनेलाई पहाडी एवं तराईका जिल्लामा पठाउने, पाँचौँ समूहकालाई ललितपुर, भक्तपुर, रूपन्देही, मोरङ, काभे्र, झापा लगायतका जिल्लाहरूमा पठाउने र सबैभन्दा राम्रो सङ्केत चार्टमा देखिनेलाई काठमाडौँ पदस्थापना गर्नेगरी हामीले सरुवा सम्बन्धमा वैज्ञानिक अभ्यासको प्रयोग गर्दा सामान्य प्रशासन मन्त्रालयको असहयोग भए पनि तत्कालीन प्रधानमन्त्री प्रचण्डबाट मैले राम्रो सहयोग पाएको थिएँ । फलस्वरूप तुलनात्मक रूपमा मेरो पालामा भएका सरुवाहरूमा विवाद अत्यन्तै न्यून देखिएको थियो ।
    गाविसहरूमा व्यवस्थित सूत्रमा आधारित अनुदान वितरणको व्यवस्था प्रारम्भ गर्न खोज्दा तत्कालीन अर्थमन्त्री र अर्थसचिवबाट सुरुमा सहयोग नभएकाले मन्त्रालयको सहमति लिन हामीले धेरै पापड बेल्नुपर्‍यो । यहाँसम्म कि हाम्रो दलकै नेताहरूलाई समेत प्रभावमा पारी उक्त व्यवस्था रोक्न दबाब नआएको होइन, उक्त सूत्रमा ६० प्रतिशत जनसंख्याको भार, ३० प्रतिशत मूल्य सूचकको भार र १० प्रतिशत क्षेत्रफलको भारसहितको गृहकार्य भएको देखेरचाहिँ पछिमात्रै उहाँहरू पनि सहमत हुनुभयो र यो साह्रै राम्रो एवं वैज्ञानिक व्यवस्था भयो भनेर प्रशंसा पनि गर्नुभयो । त्यसैगरी नगरपालिकाहरूको अनुदान वितरण पनि सूत्रमा आधारित भई जनसङ्ख्या ५० प्रतिशत, गरिबी २५ प्रतिशत, आन्तरिक कर प्रयास १५ प्रतिशत र क्षेत्रफल १० प्रतिशतको आधारमा गृहकार्य गरेर अघि बढाउने थालनी भयो, जसको प्रभावस्वरूप कणर्ाली अञ्चलका दर्जनौँ गाविसहरूमा मूल्य सूचकको आधारमा ३० लाख अनुदान गयो भने तराईका थुप्रै र काठमाडौँको जोरपाटीजस्ता ठूला गाविसले ३० लाख रुपियाँ अनुदान पाउने भए । यस्तै नगरपालिकाहरूको हकमा साना र मझौला खाले नगरपालिकाहरूमा ५ देखि १० गुणासम्म अनुदानमा वृद्धि हुनगयो ।
    २०६५ देखि व्यवस्थापन एवं ०६९ देखि कार्यान्वयनमा आएको एलजीसीडीपीजस्तो महत्त्वाकाङ्क्षी कार्यक्रम, जो विभिन्न दाताराष्ट्रहरूले 'बास्केट फन्डिङ' गरी प्रारम्भ गरिएको थियो, त्यसमा रहेको दण्ड र पुरस्कारको वैज्ञानिक व्यवस्थालाई नेपाल सरकार र मन्त्रालयहरूमध्ये स्थानीय विकास मन्त्रालय पहिलो हो, जसले न्यूृनतम सर्त र कार्यसम्पादन मूल्याङ्कन -एमसीपीएम) लागू गरी वर्षेनि ठूलो धनराशि त्यसमा खर्च गरिरहेको थियो । तर निर्वाचित इकाइहरूको अभावमा त्यो पनि नितान्त औपचारिकतामा सीमित भई कार्यान्वयनको पहिलो चरण समाप्त भयो । अहिले त एलजीसीडीपीको अनुदान बन्द नै गरिएको छ भने एमसीपीएम अन्तर्गतको गाविसलाई दिइने प्रोत्साहन अनुदानसमेत काटिएको छ । डोलीडारबाट सञ्चालित कृषि सडक, 'आरआरआर' 'आरएआईडीपी' र 'डि्रलिप'जस्ता कार्यक्रमहरूको कार्यान्वयन पक्षमा पनि लापरबाही हावी छ । यस्तै भारत सरकारको सहयोगमा सञ्चालित 'साना विकास परियोजना'हरूको कार्यान्वयन पनि अत्यन्तै मन्द गतिले हुँदा सबै दाताहरूद्वारा लगातार असन्तोष व्यक्त हुँदै आएको स्थिति छ । उनीहरूले सहयोगबाट हात झिक्नेसम्मको चेतावनी दिइरहेका छन् । राजनीतिक नेतृत्वको अभावमा स्थानीय निकायहरूको जुन प्रभावहीनता र अव्यवस्था सिर्जना हुनपुगेको छ, यसको सामान्य लेखाजोखा गर्दा स्थितिको भयावहतालाई अझ सहजै बुझ्न सकिन्छ । यस स्थितिको राष्टिय सहमतिद्वारा  अविलम्ब समाधान खोज्नुपर्ने खाँचो देखिन्छ ।

    Monday, February 25, 2013

    सरकारको नेतृत्व गर्न रेग्मीलाई सर्वोच्चको स्वीकृति (विज्ञप्तिको पूर्ण पाठसहित) प्रधानन्यायाधीशको निर्देशनमा अदालतमा पत्रकार सम्मेलन


    सरकारको नेतृत्व गर्न रेग्मीलाई सर्वोच्चको स्वीकृति (विज्ञप्तिको पूर्ण पाठसहित)

    प्रधानन्यायाधीशको निर्देशनमा अदालतमा पत्रकार सम्मेलन

    १४ फागुन, काठमाडौं । सर्वोच्च अदालतले दलहरुबीच हुने सहमति अनुसार प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी सरकारको नेतृत्व गर्न तयार रहेको भन्दै मार्गप्रशस्त गरेको छ ।
    लामो मौनता तोड्दै सर्वोच्चले सोमबार विज्ञप्ति जारी गरी सरकारको नेतृत्वबारे दलहरुबीच भइरहेको छलफलप्रति रेग्मी सकारात्मक रहेको बताएको छ ।
    मन्त्रिपरिषदको अध्यक्ष बन्ने रेग्मीको कुनै निजी चाहना र इच्छा नभएको भन्दै विज्ञप्तिमा भनिएको छ-’न्यायापालिकाको सर्वोच्च पदमा रही देशको न्ययापालिकाको नेतृत्व गरिरहेको अवस्थामा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने सम्बन्धमा सम्मानीय ज्यूको कुनै निजी चाहना वा इच्छा रहेको नभई यो विषय वृहत्तर राष्ट्रिय हित एवं सरोकारको विषय रहेको हुँदा राष्ट्रिय हित अनुकूल देशमा उत्पन्न संवैधानिक जटिलताको निवारणका लागि सम्माननीय प्रधानन्यायधीशज्यूको सकारात्मक दृष्टिकोण रही आएको छ ।’
    दलहरुबीच भएको छलफल कानून शासन, मानवअधिकारप्रतिको सम्मान, न्यायापालिकाप्रतिको प्रतिवद्धता एवं ४ वर्षदेखि निश्पक्ष रुपमा न्याय सम्पादनमा पुर्‍याउँदै आएको योगदान एवं न्यायाप्रतिको निष्ठाका लागि रेग्मीलाई नेतृत्व दिनेबारे दलहरुबीच छलफल भएको सर्वोच्चको ठहर छ ।
    राजनीतिक तहमा गरिने सहमति, संवैधानिक एवं कानूनी जटिलताको निकास न्यायपालिका र न्यायिक निर्णयको उच्च सम्मान गर्दै सो अनुसार आगामी प्रक्रिया निर्धारण गरिने सह-प्रवक्ता हेमन्त रावलको हस्ताक्षरसहितको विज्ञप्तिमा उल्लेख छ ।
    यस्तो छ विज्ञप्ती 

    Wednesday, February 20, 2013

    छोरीको हत्या आरोपमा बाबु पक्राउ, आरोपितद्वारा प्रहरीले फसाएको आरोप

    छोरीको हत्या आरोपमा बाबु पक्राउ, आरोपितद्वारा प्रहरीले फसाएको आरोप


    NAGENDRA KUMAR KARNA
    महोत्तरी समाचारदाता

    जलेश्वर, फागुन ९ गते । महोत्तरी जिल्लाको बगडामा आफ्नै नौ बर्षीया छोरीको हत्या गरेको आरोपमा बाबु नथुनी सदा मुसहरलाई प्रहरीले पक्राउ गरेको छ । तर पत्रकारहरुको सामु उनले ति आरोप अस्विकार गर्दे प्रहरीले फसाएको आरोप लगाएको छ ।

    जिल्लाको बगडा गाबिस ९ का २७ बर्षीया मुसहर सदाले धान बिक्री गर्न मागेकी आफ्नी ९ बर्षीया छोरी सन्तलाकुमारी सदालाई नदिँएपछि भएको भनाभनको क्रममा कुट्दा उनको मृत्यु भएको अभियुक्त सदाले प्रहरी समक्ष स्विकार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक पवनप्रसाद खरेलले जानकारी दिनुभयो । बुधबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपरिक्षक खरेलले सदाले देब्रे कन्चटमा हानेको थप्पडले बेहोस भएपछि खेतमा फालेको कारण छोरी सन्तलाको मृत्यु भएको बयान दिएको जानकारी दिनुभयो ।

    तर सोही पत्रकार सम्मेलनमा अभियुक्त मुसहरले आफुलाई झुठो मुद्दा बनाएर फसाएको संचारकर्मीहरुसमक्ष बताउनुभयो । उहाँले गएको मंसिर २८ गते राती हराएको छोरी भोली मृत अवस्थामा भेटिएपछि घटनाको छानविन गर्न पटक पटक दवाव दिएको कारण आफुलाई नै फसाएको बताउनुभएका थिए । सदाले पत्रकारहरु समझ आफुलाई लोहारपट्टीका सइले यस्तो भनेनौं भने कुटपिट गर्छु भन्दै धम्की दिएपछि आफुले त्यस्तो बयान दिएको बताउनुभयो । आफ्नै छोरीलाई मैले किन मार्नुप¥यो ? मेरो छोरीलाई कसले मार्यो ? आफुलाई थाहा नभएको उहाँले बताउनुभयो ।

    अधिकारवादीहरुले सो घटनाको दुइ महिना पछि गत हप्ता बगडाका नौ बर्षीया बालिकाको बलात्कारपछि हत्या भएपनि प्रहरी प्रशासन मौन रहेको भन्दै अंचल प्रहरी कार्यालय जनकपुर अगाडि प्रदर्शन गरेपछि महोत्तरीका सुरक्षा निकाय यस घटनाप्रति चाँसो देखाएको थियो । तर प्रहरी उपरिक्षक खरेलले त्यस्तो आरोप निराधार भई आफुहरुले शुरु देखि नै निगरानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बालिकालाई बलात्कार पछि हत्या भएको भन्नेकुरामा सत्यता छैन् र हामीले ति घटनामा शुरु देखि नै अनुसन्धान गरिरहेको बताउनुभयो ।

    सो पत्रकारसम्मेलन पश्चात जिल्ला प्रहरी कार्यालयकै परिसरमा भेट्नुभएका लोहारपट्टी इलाका प्रहरी कार्यालयका सइ पदमबहादुर श्रेष्ठले आफुले अभियुक्त कुनै डर, धाक नदेखाएको बताउनुहुदै अनुसन्धान पश्चात उनलाई पक्राउ गरेको जानकारी दिनुभयो । प्रहरीको नियमित बैठकमा सहभागि हुन आउनुभएका श्रेष्ठले बालिकाको मृत्यु चिसोले भएको पोष्टमार्टम रिपोर्टमा देखाएको र उनको बलात्कार पश्चात हत्या भएको समाचार गलत रहेको दावी गर्नुभयो ।

    सदामाथि मुलुकी ऐनको ज्यान सम्बन्धि महल अनुसार अनुसंधानका लागि जिल्ला अदालत महोत्तरीको आदेशमा हिरासतमा राखिएको छ । प्रहरी उपरिक्षक खरेलले अहिलेसम्मको अनुसंधानबाट बालिकामाथि बलात्कार नभएको तथा बाबुले हत्या गर्ने मनसायले नै छोरीमाथि थप्पड नहानेको बताउनुभयो । 

    Tuesday, February 19, 2013

    सामुदायिक रेडियोमा महिला Gorkhapatra


    सामुदायिक रेडियोमा महिला


    यशोदा अधिकारी,
    विश्वमा सन् १९४० को दशकमा ल्याटिन अमेरिकाबाट सामुदायिक रेडियोको अवधारणा आएको हो । सामाजिक अन्याय र गरिबीका आवाज शुरुमा सामुदायिक रेडियोबाटै उठान गरिएको थियो । सन् १९४७ मा बोलिभियाबाट माइनर्स रेडियो प्रसारणमा आयो । यो नै सामुदायिक रेडियोको विश्व इतिहासमा पहिलो प्रसारण हो । पछि कोलम्बिया हुँदै सामुदायिक रेडियोले विश्वबजार लिइसकेको छ । नेपालको सन्दर्भमा सामुदायिक रेडियोको कुरा गर्दा वि.सं. २०५४ सालमा दÔिण एसियामै पहिलो सामुदायिक रेडियोका रूपमा स्थापित रेडियो सगरमाथा हो भने यसको शुरुवातको केही समयपछि सामुदायिक रेडियो क्रमशः स्थापना हुन थालेका हुन् ।
    स्थानीय बासिन्दाको हृदयको अति नै नजिक तर पहुँचका हिसाबले अत्यन्त टाढा रहेका अनेकौं अवसर दैनिक जीवनमा सम्भव तुल्याइदिने प्रयत्न सामुदायिक रेडियोले गर्छ । सरकारी, गैरसरकारी संस्था, सहकारी, गुठी, फाउन्डेशन, शिक्षालयजस्ता संस्थाहरूमा सामुदायिक रेडियोको स्वामित्व रहने गर्छ । समुदायका मानिसले कुनै संगठित समूह, निकाय वा संघ–संस्थाका माध्यमबाट सञ्चालन हुने यस प्रकारको रेडियोले सबै क्षेत्र वर्ग, लिंग र जातिलाई समेट्नु कम चुनौतीपूर्ण छैन । यो रेडियो नाफामुखी हँुदैन । अझ भन्नुपर्दा समुदायमा, समुदायका लागि, समुदायबारे र समुदायद्वारा सञ्चालित रेडियो सामुदायिक रेडियो हो । यसले समुदायका हित र भलाइका लागि कार्यक्रम प्रसारण गर्ने गर्छ । जनसहभागिताका लागि अति नै अनौपचारिक रूपमा यस्ता रेडियो सञ्चालनमा आउँछन् । नेपालमा पनि यस्ता सामुदायिक रेडियो संख्या क्रमशः बढिरहेको छ । सञ्चार मन्त्रालयको तथ्यांकअनुसार अहिले करिब चार सय रेडियोले प्रसारण अनुमति लिएका छन् । त्यसमध्ये सामुदायिक रेडियोको संख्या दुई सय १० पुगेको छ । हालसम्म मनाङ जिल्लाबाहेक नेपालका ७४ वटै जिल्लामा सामुदायिक रेडियो स्थापना भइसकेका छन् ।
    पछिल्लो समय एफएम रेडियोको संख्या जसरी बढ्दै गएका छन् त्यसरी नै रेडियोमा पत्रकार महिलाको उपस्थिति पनि बढ्दै गएकोे छ । पत्रकार महिलाको साझा संस्था सञ्चारिका समूहका अनुसार देशभरिमा क्रियाशील पत्रकार महिलाको संख्या एक हजार दुई सय पुगेको छ । तीमध्ये आधाभन्दा बढी रेडियोमै कार्यरत रहेको पाइन्छ । सामुदायिक रेडियोका रूपमा स्थापित दक्षिण एसियाकै पहिलो रेडियो, रेडियो सगरमाथामा पनि पत्रकार महिला संख्या प्रशस्तै छ ।
    नेपालमा वि.सं. २००७ मा प्रजातन्त्र स्थापना भएको एक वर्षपछि साधना प्रधान र कामाक्षदेवीको सम्पादनमा प्रकाशित नेपाली भाषाको मासिक पत्रिका “महिला”बाट शुरु भएको नेपाली सञ्चारमाध्यममा महिला भन्ने विषयले आधा शताब्दी पार गरिसकेको छ । यति लामो इतिहास पार गर्दा नेपाली सञ्चारमाध्यम जसरी बढ्दै गयो, त्यसरी नै पत्रकार पनि बढ्दै जानेक्रममा महिला पनि पत्रकारिताका अब्बल दर्जामा पुगेका छन् तर पनि त्यति मात्रै पर्याप्त भने छैन । पछिल्लो समयमा रेडियोमा पत्रकारका रूपमा महिलाले निकै ठूलो उपस्थिति जनाएका छन् । त्यसमा पनि समुदायको पहलमा सञ्चालित सामुदायिक रेडियोमा महिला पत्रकारको सहभागिता छापामाध्यमको तुलनामा बढी नै देखिए पनि पछिल्लो परिवर्तनले ल्याएको हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको प्रश्न सञ्चारमाध्यममा आज पनि उठ्ने गरेको छ । राज्यले अवलम्बन गरेको नीतिको पालना राज्यले नै गरेको छैन । हो त्यस्तै अवस्था छ, सामुदायिक रेडियोमा महिला सहभागिताको पनि । अहिले सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ
    (अकोराब)को तथ्यांकमा सामुदायिक रेडियो संख्या अहिलेसम्म दुई सय १० पुगेको छ । कैयन रेडियो त महिला आफंैले सञ्चालनसमेत गरेका छन् । त्यसो भनेर महिलाको उपस्थिति पर्याप्त भने रहेको मान्न सकिंदैन ।
    नेपालमा पहिलोपटक महिलाबाट मात्र सञ्चालित रेडियो विराटनगरमा रहेको रेडियो पूर्वाञ्चल एफएम हो । क्रियाशील पत्रकार महिलाले सञ्चालन गरेको यो सामुदायिक रेडियोले पत्रकार महिलामा उत्साह थपेको देखिन्छ । त्यसपछि मात्रै महिलाले मात्र रेडियो सञ्चालन गर्ने क्रम बढ्दै गएको छ । हालसम्म महिलाबाट मात्र सञ्चालित सामुदायिक रेडियो संख्या पा“च पुगेको छ । रेडियो पूर्वाञ्चल (विराटनगर), रेडियो मुक्ति
    (बुटवल), रेडियो दिदीबहिनी (पर्वत), रेडियो उदयपुर (उदयपुर) र जुम्लाको रेडियो नारी आवाज हो । त्यस्तै रेडियोको निर्णायक तहमा महिला पर्याप्त नभए पनि महिला प्रमुख भएको रेडियो संख्या पनि बढ्दै गएको छ । रेडियो लुम्बिनी (रूपन्देही), रेडियो गुर्बाबा (बर्दिया), रेडियो म्याग्दी (म्याग्दी), फूलबारी एफएम (सिरहा), रेडियो जनकपुर (धनुÈा), रेडियो मध्यपूर्व (काभ्रेपलान्चोक), रेडियो मध्यपश्चिम (दाङ), रेडियो मस्र्याङ्दी (लमजुङ), रेडियो कर्णाली (जुम्ला), रेडियो सुनगाभा (महोत्तरी), रेडियो लोकतन्त्र (धादिङ) जुम्लाको रेडियो नारी आवाजलगायतका रेडियोमा महिलाले नेतृत्व गरेका छन् तर दुई सयभन्दा बढी भएको सामुदायिक रेडियोमा निर्णायक तहमा यो संख्या निकै न्यून हो । नेपालको पहिलो सामुदायिक रेडियो सगरमाथामा पनि ३३ प्रतिशत महिला सहभागिता रहेको छैन ।
    सन् २००१ मा युनेस्कोले प्रकाशित गरेको सामुदायिक रेडियो हाते किताबमा इयान प्रिंगलले रेडियो सगरमाथा ः नेपालको अनुभव शीर्षकमा लेखेअनुसार रेडियो सगरमाथामा संस्थाभित्र महिलाको क्षमता आत्मविश्वास बढाउनु, महिलालाई अवसर प्रदान गर्नु र प्रसारणको माध्यमले महिलाको भूमिकाबारे सोचाइ बदल्न महŒवपूर्ण काम गर्ने अनौपचारिक नीति रहेको थियो । त्यहाँ कार्यक्रम उत्पादन गर्ने महिला पाँच भागमा एक भाग मात्रै रहेको उल्लेख गरिएको छ । एक दशकपछि अहिले रेडियो सगरमाथामा महिला नै बढी कार्यरत रहेका छन् तर सामुदायिक रेडियोको मुख्य नेतृत्व प्रतिशतमा हेर्ने हो भने ७ प्रतिशतमा रहेको देखिन्छ । प्रत्येक रेडियोको बोर्डमा पनि महिलाको अनिवार्य सहभागिता छैन । अकोराब बोर्ड सदस्य निमेष कर्णका अनुसार लैंगिक तथा समावेशीको अवस्थाबारे अकोराबले केही महिनाअघि विभिन्न रेडियोमा अध्ययन गरेको थियो । अध्ययनअनुसार रेडियोमा साधारण सदस्यमा २३ प्रतिशत र कर्मचारीमा ४० प्रतिशत महिला रहेका थिए । महिलाका सवालका विÈयवस्तुलाई रेडियोले दिएको छ ? भनेर अकोराबले अध्ययन गरेअनुसार रेडियो कार्यक्रमहरूमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी संवेदनशीलता देखिन थालेको निष्कर्È निकालेको छ । रेडियोमा महिला लÔित कार्यक्रमहरूले जम्मा प्रसारण समयको २ प्रतिशतभन्दा कम समय मात्र पाएको पनि अध्ययन प्रतिवेदनले देखाएको छ । त्यसमध्ये पनि धेरैजसो कार्यक्रम दातृनिकायबाट प्रायोजित भएका देखिएका थिए भने महिला तथा पिछडिएको वर्गलाई रेडियो कार्यक्रममा स्थान दिने कुनै विशेÈ व्यवस्था रेडियोले नगरेको पाइएको थियो तर कार्यक्रम निर्माताको स्वविवेकका आधारमा स्थान दिने गरेको पाइयो भनेर अकोराबले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
    नेपालको सामुदायिक रेडियोको प्रभाव दÔिण एसियाली मुलुकहरूमा अग्रणी स्थानमा छ । स्थानीयस्तरमा, खासगरी महिला सवाललाई उठान र स्थापित गराउ“दै जनचेतनामूलक संस्थाको जस्तो काम पनि नेपालको सामुदायिक रेडियोले गरिरहेका छन् । समुदायको हित, उत्थान र विकास गर्नु सामुदायिक रेडियोको अवधारणा हो । त्यसैअनुसार रेडियोमा समान र समावेशी सहभागितामूलक जनशक्ति हुनुपर्छ । रेडियोले प्रसारण गर्ने विÈयवस्तु पनि त्यस्तै हुनु जरुरी छ । समुदायमा, समुदायका लागि, समुदायबारे र समुदायद्वारा सञ्चालित रेडियो सामुदायिक रेडियोको परिभाषा हो । समुदायमा पुरुषभन्दा महिला संख्या बढी भएकाले यस्ता रेडियोले उठान गर्ने विषय र यस्ता रेडियोमा सहभागी महिला बढी नै हुनु सान्दर्भिक देखिन्छ ।

    Saturday, February 16, 2013

    विद्यालयमा सरस्वती पुजा भएन

    विद्यालयमा सरस्वती पुजा भएन
    नागेन्द्रकुमार कर्ण
    महोत्तरी समाचारदाता
    जलेश्वर, फागुन ४ गते । विद्याकी देवी सरस्वतीको पुजा शुक्रबार धुमधामका साथ मनाइए पनि महोत्तरी जिल्लाको सम्सी स्थित एक विद्यालयमा सरस्वतीपुजाको आयोजना नगरिएको जनाइएको छ ।
    विद्याकी अधिष्ठात्री देवीकी रुपमा चिनिएकी सरस्वतीको पुजापाठ जिल्लाको सम्सी स्थित प्राथमिक विद्यालय सम्सीमा नगरिएको स्थानीयबासीहरुले फोन सम्पर्क गरी बताएका छन् । सम्सी ५ मा रहेको सो विद्यालयका प्रधानाध्यापक भद्रकाली यादव विद्यालयमा पुजापाठ गर्नुको साटो विद्यालय बन्द हिडेपछि सो विद्यालयमा पुजापाठ नगरिएको बताइएको छ । पुजापाठ नगरिएपछि विद्यार्थी र अभिभावकहरु आक्रोशित समेत बनेका छन् ।
    सदरमुकाम जलेश्वरदेखि करिब २० किलोमिटर पश्चिममा पर्ने सम्सी प्राथमिक विद्यालयका प्रधानाध्यापक यादव सहित अन्यलाई सम्पर्क गर्न खोजिएपनि सम्पर्क हुन सकेन् ।
    सरस्वतीको पुजोपासना गर्दा सबै प्रकारको ज्ञान, सिद्धी र सद्बुद्धि प्राप्त हुने भएकोले विद्यार्थीहरुको लागि सरस्वती पुजाको ठुलो महत्व रहेको छ ।


    बलात्कारका घटना सार्वजनिक हुँदैनन्

    बलात्कारका घटना सार्वजनिक हुँदैनन्


    काठमाडौ, फाल्गुन ५ - छिमेकी गाउँमा बिहे हेर्न गएकी कञ्चनपुर दोधारा-४ की १४ वर्षे किशोरीमाथि बलात्कार भयो । केही दिनअघि छिमेकीको घरमा बिहे हेर्न गएकी युवतीलाई उनकै साथी सोनम राईले फकाएर नजिकैको विद्यालयमा पुर्‍याएकी थिइन् । विद्यालय पुर्‍याएर सोनम भागेको र आफूलाई दुई युवकले बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छन् । बलात्कारको अभियोगमा स्थानीय विकास थापा, बबी रानालाई प्रहरीले पक्राउ गरेको छ ।
    गत बुधबार एक विवाहित युवतीमाथि जबरजस्ती गर्न खोजेको अभियोगमा खोटाङका एक युवक पक्राउ परे । खोटाङको नेर्पा गाविस-५ का २७ वर्षीय दिवन राईले गाउँकै १७ वर्षीया विवाहित युवतीलाई बलात्कार गर्न खोजेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । श्रीमान् घरमा नभएको मौका पारी राति राईले खुकुरी देखाएर धम्काउँदै युवतीलाई बलात्कारको प्रयास गरेका थिए ।
    जन्मदिने बाबुले छोरीसँग यौन सम्बन्धका लागि प्रस्ताव राख्दा नमानेपछि छोरीलाई पिटेर घरबाट निकाले । सप्तरीका शिवशंकर साहले यौनसम्पर्कका लागि नमानेकै कारण छोरीलाई पिटेर घरबाट निकालेको पीडित युवतीले प्रहरीलाई बताएकी छन् । बाबुको प्रस्ताव नमानेकै कारण छ महिनादेखि घर बाहिर बसेकी युवती न्यायको खोजी गर्दै सदरमुकाम राजविराज आइपुगेको प्रहरीले जनाएको छ ।
    यी प्रतिनिधि घटनामात्र हुन् । पछिल्लो समय मुलुक महिला हिंसाले व्याप्त भएका बेला बलात्कारका घटना दिनहुँ बाहिर आइरहेका छन् । पछिल्लो केही समय प्रत्येक दिन बलात्कारका घटना भइरहेका छन् । तर अझै पनि भएका सबै घटना बाहिर आउन नसकेको सरोकारवालाहरू बताउँछन् । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार बलात्कारको मुद्दा प्रत्येक वर्ष बढिरहेको पाइएको छ । ०६६-६७ मा तीन सय ७६ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए भने ०६७-६८ मा ४ सय ७१ वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । ०६८-६९ मा ५ सय ५५ बलात्कारका मुद्दा दर्ता भएको पाइएको छ ।
    मुलुकमा महिला हिंसाविरुद्धको आन्दोलन चलिरहेका बेला सञ्चारमाध्यमले घटनालाई पारदर्शी बनाउँदै गएको बताउँछन् समाजशास्त्री चन्द्रकान्त ज्ञवाली । 'पहिले-पहिले गाउँघरमा भएका बलात्कारका घटना त्यही मिलाउँथे,' उनले भने, 'अहिले महिलाहरू सचेत भएकाले पीडकलाई कारबाही गराउने उद्देश्यले सहेर नबसी बाहिर ल्याएका हुन् ।' उनका अनुसार समाजमा भएका सबै घटना अझै पनि बाहिर आउन सकेका छैनन् । अहिले खुला समाज छ । प्रजातन्त्र, लोकतन्त्रको विकाससँगै मानव अधिकार र कानुनी विषयमा महिला सचेत बन्दै गएका छन् । 'आत्मनिर्भर पनि बन्दै गएकाले आफूलाई भएको पीडा बाहिर ल्याउन चाहन्छन्,' उनी भन्छन्, 'अर्कोतर्फ अदालतले पीडकलाई बढी सजाय तोक्ने व्यवस्थाले पनि बलात्कारका घटना सार्वजनिक हुँदै गएका हुन् ।' बलात्कारका मुद्दामा छिटो छरितो र धेरै सजाय हुनसक्ने व्यवस्था छ । 'राजनीतिक अस्थिरता, बेरोजगारी, विधिको शासन नभएकाले पनि मान्छे हिंस्रक बन्दै गएको छ ।
    बलात्कारीलाई दस वर्षसम्म कैद गर्न सक्ने, बलात्कारपछि हत्या गरेमा त्यसलाई सर्वस्वसहित जन्मकैद गरिने व्यवस्था छ । सरकार र सुरक्षा निकायको बाक्लो उपस्थिति टोलटोलमा बढाउनुपर्‍यो, सूचनाकै आधारमा प्रहरीले तत्काल जाहेरी लिने व्यवस्था गर्नुपर्‍यो, यस्ता घटनालाई पहिलो प्राथमिकतामा राखेर छानबिन गरेदेखि नियन्त्रण गर्न सकिने उनी बताउँछन् । अधिवक्ता बाबुराम दाहाल पछिल्लो समय आमसञ्चारमाध्यमले बलात्कारका घटना उजागर गर्न  थालेको बताउँछन् । सामन्ती संस्कारले भरिएको देशमा महिलालाई उपभोग्य वस्तु ठानेर उनीहरूमाथि यौनजन्य हिंसा भएको उनले बताए । एउटा महिला बलात्कार भएपछि कहाँ जाने, कसलाई भन्नेबारे अझै जानकारी गराउन सकिएको छैन । 'ऊ प्रहरीकहाँ जाँदा त्यही थप हिंसामा पर्ने खतरा छ,' उनले भने, 'कानुनी व्यवस्था भएरमात्र पुग्दैन, एउटा महिलाको कानुनमा सहज पहुँच हुनु पनि उत्तिकै जरुरी छ ।'
    उनका अनुसार हिंसामा पर्नेबित्तिकै न्यायका लागि के गर्ने भन्नेबारे जानकारी भए पीडकलाई कारबाही गर्न सकिन्छ ।

    निर्वाचन, निर्वाचन र निर्वाचन !

    निर्वाचन, निर्वाचन र निर्वाचन !


    प्रदीप गिरिबाट सुरु गर्न चाहन्छु । संविधानसभाको अवसान हुन हप्ता दिन बाँकी छँदै दिशानिर्देश कार्यक्रममा उनले भनेका थिए, 'यदि यो सभाले समाधन दिँदैन भने ताजा जनादेशमा जानुको विकल्प रहँदैन । जब संविधानको कुनै धारा काम गर्दैनन्, तब निर्वाचनको धारामात्र बाँकी रहन्छ ।' सम्झँदा पनि अचम्म लागेर आउँछ, जुन देशमा मानिसहरू रातदिन राजनीतिको कुरा गर्छन्, समाजमा यति धेरै राजनीतीकरण छ, त्यहाँ विगत ६३ वर्षमा जनताले पञ्चायतको चुनावबाहेक जम्मा ६ पटकमात्र मताधिकार प्रयोग गर्न पाएका छन् । २०१५, २०३७ (जनमत संग्रह), २०४८, २०५१ (मध्यावधि निर्वाचन), २०५६ र २०६४ (संविधानसभा) मा मात्र नेपाली जनताले आफ्नो मत प्रकट गर्ने मौका पाएका छन् । बाँकी समय जनमतको नाममा अनेक क्षेत्रका 'बिचौलिया' हरूले आ-आफ्नो हैसियतअनुसार उद्योग चलाएर बसेका छन् । नेपाल राजनीतिक उद्योग प्रालिको संरचना बुझ्न माघ २० मा प्रकाशित अघिल्लो स्तम्भलाई स्मृतिमा राख्न अनिवार्य छ । नियमित पाठक सुलोचनाले इमेलमा सोधेकी छन्, 'नेपाल राजनीतिक उद्योग प्रालिको लिक्विडेसन कसरी हुन्छ ? बिचौलियाहरूको गोरखधन्दा कसरी समाप्त हुन्छ ?'
    सुलोचना, तपाईंको मनमा म झूटो आशा जगाउन चाहन्नँ । नेपालको जस्तो भूराजनीतिक परिस्थिति छ, भूमण्डलीकरण र वैश्य युगको जुन बढ्दो प्रभाव संसारभरि छ र हाम्रो समाजका अगुवाहरूभित्र नैतिकताको जुन धरातल छ, त्यसलाई पर राखेर म तपाइर्ंको मनमा कुनै झूटो कल्पना उत्पन्न गराउन चाहन्नँ । यसको माने केही नगरी चुपचाप बस्ने कुरा पनि आउँदैन । राजनीतिक उद्योग प्रालि तत्कालै बन्द हुने आशा नगर्दा बढी यथार्थपरक हुन्छ । तर यो कुटिल उद्योगका दुष्प्रभावलाई निश्चित रूपले न्यूनीकरण गर्न सकिन्छ । निर्वाचन नै त्यस्तो अस्त्र हो, जसले आम जनतालाई राजनीतीकरणको हिलोबाट उचालेर राजनीतिको कमलवत सिंहासनमा विराजमान गराउने क्षमता राख्छ । हामीले 'राजनीतीकरण र राजनीति' बीचको अन्तर बुझ्न जरुरी छ । राजनीतीकरण दुर्गन्ध हो, राजनीति सुगन्ध हो । नीतिहरूको राजा नभएको भए त्यसलाई राजनीति भनिने थिएन ।
    अहिले नेपालमा राजनीति होइन, 'राजनीतीकरण' व्याप्त छ । दलगत राजनीतिमा मात्र होइन, जीवनको कुनै पनि क्षेत्रमा कार्यरत खुराफाती 'कोठे' हरूका निम्ति 'राजनीतीकरण' प्राणवायु अक्सिजनसरह हो । षड्यन्त्रकारीहरू मौलाउनका  निम्ति 'कोठे वातावरण' अनिवार्य छ । निर्वाचन गर्नु भनेको कोठेहरूलाई घिसारेर जनताबीचको खुल्ला मैदानमा फैसलाका लागि पुर्‍याइनु हो । लोकतन्त्र भनेको 'जनताको नाममा कोठे बैठकद्वारा कोठेहरूका लागि' सधैंभरि चलाइने व्यवस्थाको नाम त होइन होला नि ? कि हो ?
    यस पृष्ठभूमिमा म नयाँ निर्वाचन मितिको पक्षमा थिएँ र छु । किनभने जनताको मतपत्रले नै राजनीतीकरणलाई राजनीतिमा रूपान्तरित गर्ने अवसर दिन्छ, किनभने निर्वाचनले नै हिलोबाट कमल उत्पन्न हुने वातावरण निर्माण गर्न सक्छ, किनभने निर्वाचनले नै 'जनताको भावना यस्तो छ, उस्तो छ' भनेर ठग्ने अनेकथरि बिचौलियाहरूको भूमिकालाई मतपत्रको डोरीले च्पाप्पै बाँधेर गिरफ्तार गर्ने महाशक्ति सिर्जना गर्न सक्छ ।
    झन्डै दस महिनाको अन्तरालपछि प्रदीप गिरिजीसँग बिहीबार फेरि दिशानिर्देश कार्यक्रमको सेटमा पुनः भेट भयो । निर्वाचनको पक्षमा उहाँ नहुने कुरै भएन । तर प्रधानन्यायाधीशलाई चुनावी सरकारको जिम्मा दिने विषयमा गम्भीर आपत्ति प्रकट गर्दै गिरिले भन्नुभयो, 'व्यक्तिगत रूपले खिलराजजीको इमानदारी, योग्यता र निष्ठाप्रति मलाई कुनै सन्देह छैन । तर प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुखको जस्तो जिम्मेवारी दिएर निर्वाचनमा जाने जुन प्रयत्न गरिँदै छ, त्यसले भविष्यमा गम्भीर जटिलताको बीउ रोप्ने छ । म आजको दिनमा एउटा भविष्यवाणी गर्न चाहन्छु, अहिले जे भनिए पनि उहाँले जेठ महिनामा चुनाव गराउन सक्नु हुने छैन । त्यसपछि नयाँ तमासा सुरु हुनेछ । तमासा त यहाँ जहिले पनि भइरहेकै कुरा हो । तर यसपटक सर्वोच्च अदालतको मर्यादालाई पनि दाउमा राख्न खोजिएको छ । मलाई डर छ, कतै खतरनाक भ्याकुम सिर्जना गर्न खोजिएको त होइन ? अहिलेको खेल भनेको बाबुरामजीलाई बचे-खुचेको इज्जतसाथ बिदाइ दिने, तीन महिनापछि यो तमासाको भाग २ मञ्चन गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने खेल सुरु हुनेछ । अब एमाओवादी भारतको पि्रय कान्छी श्रीमती बनेको छ, कांग्रेस-एमालेसँग उसको मोहभंग भएजस्तो छ । कसैको कसैप्रति मोहसोहसँग मलाई त्यति सरोकार छैन तर स्वतन्त्रताप्रेमी मानिसको हैसियतले अदालतको प्रतिष्ठाप्रति मेरो चिन्ता र सरोकार छ ।'
    प्रदीप गिरि राजनीतिमा भए तापनि मूलतः विद्वान् र वितरागी जोगी प्रकृतिका मानिस हुन् । मनमा लागेको कुरा बोल्यो, हिँड्यो । सर्वोच्चका प्रधानन्यायाधीशलाई कार्यकारी काममा उतार्ने र्फमुलालाई संविधानविद् नीलाम्बर आचार्यचाहिँ अलि भिन्न दृष्टिकोण राखेर हेर्नु हुन्छ र बुँदागत रूपमा भन्नु हुन्छ:
    १)  शक्तिको पृथकीकरणको सिद्धान्तको नाममा यसको विरोध गर्नेहरूले सबैभन्दा बुझ्नुपर्‍यो- जनताको हातमा शक्ति बाँकी भए पो त्यसको पृथकीकरणको कुरा आउँछ । जनतासँग पावर भए पो 'पावर सेपरेसन' को कुरा हुन्छ । चुनाव नै नभएको अवस्थामा जनताको हातमा केको पावर ? कहाँको पावर ? शक्तिको पृथकीकरण त पञ्चायतको संविधानमा पनि लेखिएको थियो । कम्युनिस्ट देशको संविधानमा अझै पनि छ । त्यसको के अर्थ हुन्छ र ?
    २) अहिले सर्वोच्च अदालतले दिएका कतियप आदेश नै कार्यपालिकाले पालन नै नगरेका कयौं उदाहरण छन् । के अहिले शक्तिको पृथकीकरणको सिद्धान्त लागू छ र ? लागू नै नभएको कुरा हराउँछ भनेर किन कराउने ? किन डराउने ?
    ३)  व्यक्तिगत रूपले प्रधानन्यायाधीशमार्फत निर्वाचन गराउने प्रक्रियामा असहमत हुन सकिँदैन । दलहरूले विकल्प दिएनन् भन्दैमा सधैंभरि सुतेर बस्न सकिँदैन । फैसला गर्न जनतामा जानैपर्ने हुन्छ ।'
    देशमा साधारण अवस्था भएको भए संवैधानिक कानुनका प्रखर ज्ञाता नीलाम्बर आचार्यले सम्भवतः यस्ता तर्क प्रस्तुत गर्नु हुने थिएन । तर अहिले देशमा साधारण अवस्था छैन । असाधारण अवस्थामा साधारण उपाय काम नलाग्ने रहेछन् । होइन भने, चुनावी सरकारको नेतृत्व गर्ने काम प्रधानन्यायाधीश महोदयको होइन भन्ने कुरा जसले पनि भन्न सक्छ । मचाहिँ आफ्नोतर्फबाट निम्न बुँदा राख्न चाहन्छु:
    १)  जनताको प्रत्यक्ष मत बुझ्न अनिवार्य भएको छ । आजको दिनमा निर्वाचन सत्य र बाँकी सब कुरा मिथ्या हुन् ।
    निर्वाचन, निर्वाचन र थप निर्वाचनको प्रवाहले मात्र लोकतन्त्रलाई जीवित राख्न सक्छ । लोकतन्त्र कुनै प्रदूषणरहित व्यवस्था होइन । यथेष्ट फोहोरी व्यवस्था हो । तर यसमा जम्मा भएका फोहोर र कसिङ्गरहरूलाई निर्वाचनको बाढीले बगाएर फाली दिने सुविधा जनतालाई प्राप्त हुनु यसको सुन्दरता हो । निर्वाचनरूपी नियमित सफाइ नभएकाले नेपाली समाजमा राजनीतीकरण धेरै र राजनीति थोरै भएको अवस्था आएको हो ।  
    २) कहिल्यै पनि चुनाव नगर्नुभन्दा प्रधानन्यायाधीशको नेतृत्वमा चुनाव गराउँदा स्वागतयोग्य हुन्छ । तर मुख्य दलहरूबीच यस सम्बन्धमा सहमति नभईकन प्रधानन्यायाधीश महोदयले सो प्रस्ताव स्वीकार गर्नु उचित हुँदैन । देशमा  असाधारण संकट भएकाले प्रधानन्यायाधीश महोदयले यस विषयमा 'जोखिम' लिन सक्छन्, तर 'जुवा' खेल्न पाउँदैनन् ।
    तत्कालीन राजा ज्ञानेन्द्रले मलाई अंग्रेजीमा भनेको एक मूल्यवान् वचन सम्झन्छु, 'विजय, म देशका निम्ति राजसंस्थालाई जोखिममा राख्न सक्छु तर जुवामा दाउ लगाउन सक्दिनँ ।' त्यो वचन सम्झँदा आज पनि छक्क पर्छु १ मानिसले थाहा पाउँदा-पाउँदै नजाने कुन बेला 'जोखिम' जुवामा परिणत हुँदो रहेछ भन्नै नसकिने । कहाँसम्मको क्षेत्राधिकार अदालतको मानका निम्ति 'रिस्क' ्रमात्र हो र कहाँनेर पुगेर यो 'ग्याम्बल' मा परिणत हुन्छ, सतर्कतापूर्वक फैसला गर्ने काम प्रधानन्यायाधीश स्वयंको हो ।
    ३) यो स्तम्भ लेखुन्जेल शुक्रबार दिनभरि राष्ट्रपति महोदय एमाले निर्णयलाई कुरेर बस्याबस्यै भए । आउँदा दिनमा अप्रत्यासित केही भएन भने एमालेले पनि प्रधानन्यायाधीश र्फमुला ढिलोचाँडो स्वीकार्ने हल्ला राजनीतिक वृत्तमा व्याप्त छ । प्रदीप गिरि भन्थे, 'कूटनीतिक गल्लीहरूसित परिचित सबैलाई थाहा छ, यो र्फमुला नेपालमा बनेको होइन । विश्व मानचित्रमा भारत र चीनको जसरी उदय हुँदै छ, नेपालको सामरिक महत्ता झन्-झन् संवेदनशील हुँदै छ । यस्तो अवस्थामा हाम्रो आफ्नो राजनीतिक, आर्थिक, सामाजिक र नैतिक क्षमता बढ्दै जानुपर्नेमा घट्दै गएको चिन्ताजनक अवस्था छ । आजको भूमण्डलीकरणको युगमा कुनै पनि देशका समस्या निजी रहँदैनन् । नेपालजस्तो देशका त झनै रहँदैनन् । हामीले आफैं सकेनौं भने कोही न कोही, केही न केही र्फमुला लिएर ढिलोचाँडो आइपुग्छ । यो पटकचाहिँ दक्षिणका मात्र होइनन्, धेरै दिशाका दूतहरू मिलेर यो र्फमुला ल्याएका छन् । तीन महिने र्फमुला । यसको भविष्य पनि हेरौं १'

    प्रहरी र प्रर्दशनकारी बीच झडप एक दर्जन घाईते mahottari 069

    प्रहरी र प्रर्दशनकारी बीच झडप एक दर्जन घाईते

    Share this post
    FaceBook  Twitter  Mixx.mn     
    जलेश्वर, फागुन ५ गते । जलेश्वर–मटिहानी सडकखण्डको सुगामा शुक्रबार बसको ठक्करले मारेको भन्दै स्थानीयहरुले शनिबार जलेश्वरमा प्रर्दशन गरेका छन् ।
    स्थानीयहरुले धनुषाको तुल्सीयाहीबाट नै नाराजुलुस प्रर्दशन गर्दे जलेश्वरमा आएर सदरमुकाम जलेश्वर बन्द गराउनुका साथै प्रर्दशन गरेका थिए । वन्द र प्रर्दशनको क्रममा प्रहरी र प्रर्दशनकारी बीच जलेश्वरको विभिन्न ठाउँमा झडप हुँदा प्रहरीको लाठीचार्जबाट एक दर्जन घाइते भएका छन् । घाइतेहरुको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ । तुल्सीयाही ८ बस्ने वर्ष २४ का अर्जुन पंजियारको टाउको फुटेको छ भने अधिकाँशको जिउमा लठ्ठीको डाम रहेको अस्पतालले जनाएको छ । प्रर्दशनको क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा समेत लिएको जनाएको छ ।
    विभिन्न ३ सुत्रीय माग राख्दै धनुषा जिल्लाको तुल्सीयाही गाउँ विकास समितिका स्थानिय वासिन्दा तथा मृतक परिवारहरुले महोत्तरीको सदरमुकाम जलेश्वरमा स्थानिय प्रहरी प्रशासन विरुद्ध चर्का नारावाजी गर्दै ठाउँ ठाउँमा टायर वाली प्रर्दशन गरेका थिए ।
    प्रर्दशनकारीहरुले बीआर जिरो सिक्स पी वी २५८६ नम्वरको जिपमा तोड फोड समेत गरेको छ भने अर्को नम्वर नखुलेको यात्रु वाहक वसमा समेत तोडफोड गरेका छन ।
    उनीहरुले जलेश्वर–जनकपुर , जलेश्वर –मटिहानी , जलेश्वर वर्दिवास सडक खण्ड अवरुद्ध पारेका छन भने सदरमुकाम जलेश्वर वजार समेत दुई घण्टा वन्द गराएका थिए ।
    प्रर्दशनकारीहरुले पिडित परिवारलाई क्षतिपुर्तीको व्यवस्था , मृतकको आश्रीत परिवार मध्येका एक जनालाई जागिर, घाइतेको उपचार खर्च र दोषी चालकलाई कारवाही गर्नु पर्ने माँग अघि सारेका छन । 

    Friday, February 15, 2013

    सरस्वती मातासमेत यौन हिंसा पीडित ! महापुराणमा विद्याकी देवी सरस्वतीबारे अनौठो तथ्य

    सरस्वती मातासमेत यौन हिंसा पीडित !

    महापुराणमा विद्याकी देवी सरस्वतीबारे अनौठो तथ्य

    75
    ४ फागुन, काठमाण्डौं । आज श्रीपञ्चमी । हिन्दू धर्ममा आस्था राख्नेहरुले आज विद्याकी देवी सरस्वतीको भक्तिपूर्वक आराधना एवं पूजाआजा गर्छन् । सबै हिन्दुहरुकी आस्थाकी धरोहर, ज्ञानकी ज्योति एवं संगीतकी स्रष्ठा मानिने सरस्वतीसमेत आफनै पिता ब्रह्माबाट यौन हिंसाको शिकार भएको अनौठो तथ्य श्रीमद्भागवत महापुराणमा पढ्न पाइन्छ । कलियुगमा मात्र नभएर देवताकै पालामा समेत महिलामाथि यौनजन्य हिंसा हुँदोरहेछ भन्ने प्रमाण हुन् सरस्वती माता ।
    श्रीमद्भागवत् महापुराण तृतीय स्कन्धको बाह्रौं अध्यायको श्लोक २८ मा लेखिएको छ- ‘भगवान् ब्रह्माकी कन्या सरस्वती असाध्यै सुकुमारी र मनोहर थिइन् । हामीले सुनेका छौं- एकपटक उनलाई देखेर ब्रह्माजी काममोहित भएका थिए, यद्यपि उनी स्वयं वासनाहीन थिइन् ।’
    सोही अध्यायको श्लोक २९ र ३० मा ब्रह्माको कर्तुतबारे यसरी लेखिएको छ- ‘उनले यस्तो अधर्ममय संकल्प गरेको देखेर उनका छोरा मरिचि आदि ऋषिले उनलाई विश्वासपूर्वक सम्झाए । पीताजी तपाई समर्थ हुनुहुन्छ, फेरि तपाई आफ्नो मनमा उत्पन्न कामनाको बेगलाई नरोकी पुत्रीगमनजस्तो दुस्तर पाप गर्ने संकल्प गरिहरनुभएको छ । यस्तो त न तपाईभन्दा पहिलेका कुनै ब्रह्माले पनि गरेका थिए, न पछि कसैले गर्नेछन् ।’
    त्यस्तै श्लोक ३१ र ३२ मा छोरा मरिचिले आफ्ना पिता ब्रह्मालाई सम्झाउँदै भनेका छन्- ‘जगतगुरु, तपाईजस्तो तेजस्वी पुरुषलाई यस्तो कामले शोभा दिँदैन । किनकि तपाईजस्तो पुरुषको आचरणको अनुशरण गर्नुमा नै संसारलाई कल्याण हुन्छ । जुन भगवानले आफ्नै स्वरुपमा स्थित यो जगतलाई आफ्नै तेजबाट प्रकट गरे, उनलाई नमसकार छ । यससमय उनैले यसको धर्म रक्षा गर्न सक्छन् ।’
    श्रीमद्भागवत तृतीय स्कन्ध बाह्रौं अध्यायको ३३ औं श्लोकमा भनिएको छ-’आफ्ना पुत्र मरिचि आदि प्रजापतिहरुले आफ्नो सामुन्ने यस्तो भनिरहेको देखेर प्रजापतिहरुका पति ब्रह्माजी बडो लज्जित भए र उनले उक्त शरीर उही समय छाडिदिए । तब त्यो घोर शरीर दिशामा व्याप्त बन्यो । र, त्यही कुहिरो भयो, जसलाई अन्धकार पनि भनिन्छ ।’ श्रीमद्भागवतको  सोही अध्यायको ४९ औं श्लोक अनुसार  पहिलेको कामाशक्त शरीरलाई छाडेर दोस्रो शरीर धारण गरेपछि बल्ल ब्रह्माले विश्व विस्तार थालेका हुन् ।
    (प्रमाणका लागि हेर्नुहोस् श्रीमद्भागवत महापुराण, गीता प्रेस, गोरखपुर पृ. २२१-२२२)
    ब्रह्माले जीवनभर छाडेनन्
    मत्स्य पुराणअनुसार  ब्रह्मा कालान्तरमा सरस्वतीप्रति आशक्त भए । देवताहरुले बन्देज गर्दा पनि उनको आशक्ति समाप्त भएन । सरस्वती पितालाई प्रणाम गर्थिन् । ब्रह्माले मनुलाई सृष्टि-रचनाका लागि पृथ्वीमा पठाएर सरस्वतीसँग पाणि ग्रहण गरे । ब्रह्मालाई यो कुकृत्यको दोष लागेन । किनभने सरस्वती उनकी आफ्नै अंग थिइन् ।  सरस्वतीबाट सारस्वतेय नामको छोरोसमेत जन्मिएको शास्त्रमा उल्लेख छ ।
    सोम रस चोर्न सरस्वतीको प्रयोग
    देवताहरुले सोम रस पिएर स्वर्गमा आनन्द मान्ने गरेको शास्त्रहरुमा पाइन्छ । तर, त्यो सोम रस पहिले गन्धर्वहरुका साथमा रहेछ । देवताहरुले उक्त सोम रस कसरी छिन्ने भनेर दाऊ हेरिरहेका बेला विद्याकी देवी सरस्वतीले आइडिया दिइछन्- ‘गन्धर्वहरु स्त्री-प्रेमी हुन्छन् । त्यसैले सोम रससित मलाई विनिमय गर । पछि म गन्धर्वहरुलाई झुक्याएर तिमीहरुसँगै आउँला ।’ भारत डिस्कभरीमा लेखिएको छ,- ‘देवगिरिमा यज्ञ गरेर देवताहरुले त्यसैगरे । गन्धर्वका साथमा न सोम रस रह्यो, न सरस्वती ।’

    १६ संस्कार किन ? सुरज कुँवर

    १६ संस्कार किन ?


    हिन्दु धर्म अर्थात् ओमकार परिवारमा संस्कारको सूची लामो छ । धर्मग्रन्थमा ४२ वटा संस्कारको विधान छ, तर अहिलेको व्यावहारिक जीवनमा १६ वटा संस्कार मानिएको देखिन्छ । यस धर्ममा हुर्केकाहरू जन्मेदेखि मृत्युसम्म र त्यसपछि पनि संस्कारबाट भाग्न सक्दैनन् । गर्भधारण, पुंसवनम, सिम्तो नयन, जातकर्म, नामकरण, निस्क्रमण, अन्नप्राशन, चूडाकर्म, कान छेड्नु, उपनयन, शिक्षा आरम्भ, विवाह, समावर्तन, केसान्त, मृत्यु, श्राद्ध आदि मुख्य १६ संस्कार हुन् । आधुनिक सन्दर्भमा संस्कार मान्ने र गर्ने अधिकांश यसबारे अनविज्ञ हुन्छन् । संस्कार अनुशरण गर्ने औसतलाई कारण थाहा हुँदैन । हरेक कामको कारण खोज्नु मुर्खता पनि हो । तर काम र कारणबीच अन्योन्याश्रति सम्वन्ध हुन्छ । वैदिक पत्रिका दिग्दर्पणका अनुसार, संसारमा जति पनि कार्य हुन्छन्, ती सबै कुनै न कुनै प्रयोजनका निम्ति हुन्छन् । त्यसैले अहिले हरेक धार्मिक संस्कार किन हुन्छन्, जान्नुपर्छ । पूर्वीय दर्शन मानिने हिन्दु संस्कारका अधिकांश कार्य विज्ञानसम्मत छन् । आ-आफ्नो परम्परा र धर्मअनुसार खारिंदै आएको व्यावहारिक पक्षलाई संस्कृतमा लेखिएको हिन्दु धर्मको सबैभन्दा ठूलो ग्रन्थ वेदले संस्कार भनेको छ । '१६ संस्कारमध्ये केही संस्कार किन मानिन्छन् ?' बारे डा वासुदेवकृष्ण शास्त्रीद्वारा सम्पादन गरिएको वैदिक पत्रिका दिग्दर्पणले उल्लेख गरेका काम र कारण यहाँ उल्लेख छन्ः किन लगाइन्छ टीका ?
    हिजोआज प्रायः निधारमा टीका लगाएका मानिस त्यति देखिंदैनन् । निधारमा टीका लगाएका मानिसहरू हेर्न चाडपर्व कुर्नुपर्छ । 
    गोपीचन्दन, रक्तचन्दन, सिन्दूर, केशर आदिलाई टीकाका रूपमा प्रयोग गरिन्छ । हिन्दु धर्ममा टीका धारण नगरी गरिएका दान, तप, होम, पितृकार्यलाई निष्फल मानिन्छ । शरीरमा रहेका ७२ करोड ७२ लाख ७२ हजार २ सय १० नाडीमध्ये इडा, पिङ्गला र सुषुम्ना मुख्य मानिन्छन् । सुषुम्नालाई ज्ञानको प्रवाहक
    मानिन्छ । यो मस्तिष्कको मध्यभागबाट निधारतर्फ निस्केको हुन्छ । यसैमा कालो टीका तिलक वा चन्दन लगाइन्छ । चन्दनले मानिसका विकारयुक्त कीटाणुको नाश गर्ने, विचार शुद्ध राख्ने, वीर्य संरक्षण गर्ने भएकाले चन्दन लगाइन्छ । मस्तिष्क तातेपछि मनमा नकारात्मक तरंग फैलन्छन् । यस्लाई सन्तुलित बनाउन टीका लगाउन थालिएको हो ।
    जनै किन ?
    हिन्दु परम्परामा व्रतबन्ध गर्ने विधान छ । धार्मिक शास्त्रअनुसार, मनमस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ । शरीरमा रहेका सूक्ष्म बिन्दुहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन् । यो डोरीले शरीरमा रहेका रोमकुप, मुटुको बाहिरी बिन्दु, फोक्सोको बाहिरी बिन्दु र नाभीको बाहिरी भागलाई स्पर्श गर्छ । शरीरलाई ऊर्जाशक्ति र रक्तसंचारलाई निरन्तरता दिन व्रतबन्धका दिन जनै लगाउन थालियो । शास्त्र अनुसार, जनै लगाउँदा आयु, तेज र बल प्राप्त हुने मान्यता छ । यसको अर्को काम मुटु, कलेजो, फोक्सो र शरीरका सूक्ष्म अंगलाई क्रियाशील बनाउने पनि रहेको छ । नकारात्मक भावना र ऊर्जालाई निस्तेज बनाउने जनै प्रयोग गर्दा मन, बुद्धि, चित्त स्वस्थ रहने विश्वास गरिन्छ ।
    टुप्पी किन ?
    मान्छेको शरीरमा विभिन्न तत्त्व रहेझैं पृथ्वीमा पनि विभिन्न तत्त्व छन् । पृथ्वी, जल, तेज, वायु र आकास बाहिर छन् भने यी पञ्चतत्त्व मानव शरीरमा पनि भेटिन्छन् । स्वस्थ्य मानिसले दिनरात गरेर २१ हजार ६ सयपटक सास फेर्छ । शरीरका कोष संचालन गर्न मस्तिष्क र मुटुको भूमिका हुन्छ । यसलाई बाहिरी तत्त्वले प्रभाव पारिरहेको हुन्छ । यसमा शरीरका नौवटा प्वालहरूको भूमिका हुन्छ । त्यसैगरी अप्रत्यक्ष द्वारका रूपमा मानिने नाभी र शिखा अर्थात् टुप्पीको पनि भूमिका हुन्छ । विज्ञानका अनुसार, आकासबाट विभिन्न खाले परावैजनी किरण पृथ्वीमा झरिरहेका हुन्छन् । शिरको टुप्पोमा रहेको शिखाले नकारात्मक विकिरणलाई परावर्तन गर्ने र सकारात्मक किरणमात्रै ग्रहण गरी शरीरमा पठाउँछ ।
    पोते किन ?
    स्त्रीलाई दयालु र कृपालु भनिन्छ । पुरुषको दाँजोमा उनीहरूलाई कोमल र सरल मानिन्छ । विवाहको समयमा मङ्गल मन्त्रका साथ वरले वधुलाई पोते त्यसपछि सिन्दूर, लगनगाँठो बाँधेर सूर्य, अग्नि, इन्द्र, यम, वरुण, आकासका देवता, पातालका देवता, पृथ्वीका देवता र नागलाई साक्षी राखेर विवाहको मङ्गलकार्य गरिन्छ । पोते (मङ्गलसूत्र) सानो इकाइमा २७,३६,५४ वा १ सय ८ लुङको लगाइदिने संस्कार विधानमा उल्लेख छ । पतिले 'तिमी र म आजदेखि आधा-आधा थियौं' आजदेखि हामी पूर्ण भएका छौं' भनेर घर भित्र्याउँछन् । जब कुमारी कन्या विहे गरेर वरको घर जान्छिन् । जिम्मेवारी बढ्छन् । कुमारीत्व भंग हुँदा शारीरिक र मानसिक पीडा उत्पन्न हुन्छ । पीडा कम गराई शान्तिका लागि घाँटीमा पोते लगाउने संस्कार बनेको हो । यसले शीतलता प्रदान गर्ने विश्वास छ । शास्त्रीय मान्यताअनुसार, मंगलकार्य भएकाले मङ्गलकारक सूत्रका रूपमा पोते लगाइदिने प्रचलन बनेको हो ।
    ननुहाइ किन खानु हुँदैन
    संस्कारयुक्त व्यक्तिले नित्यक्रम नगरी अन्य काम गर्दैन । स्नान नगरी खान खानु हुँदैन । बिहान शौचादि कर्मद्वारा शारीरिक मल निस्कासित भइसकेको हुन्छ । स्नानपूर्व शरीरको छिद्रमा अवरोध भएको र तापक्रम बढेको हुन्छ । शरीरमा नयाँ जीवनको संचार भएको अनुभूति हुन्छ । पाचन प्रणाली पनि सक्रिय हुन्छ । त्यसको फलस्वरुप  भोक लाग्छ । भोजनले शरीरलाई फाइदा गर्छ । स्नानपूर्व उखुको रस, पानी, दूध, फल आदि खान सकिन्छ । जसले पाचन प्रणाली र पेटको अग्नि प्रज्वलनमा नकारात्मक असर पार्दैन ।
    कान किन छेडिन्छ ?
    कानको सम्बन्ध मुटु र मस्तिष्कसँग हुन्छ । बालक जन्मेपछि मुटुमा साना-साना प्वाल हुन्छन् । कान छेडेपछि त्यस्ता प्वालहरू बन्द हुन्छन् । बच्चाको मुटु बलियो बनाउनका लागि नै कान छेड्ने संस्कार विकास भएको हो ।  

    १६ संस्कार किन ? | विचार/विश्‍लेषण | ekantipur.com

    १६ संस्कार किन ? | विचार/विश्‍लेषण | ekantipur.com

    सरस्वती मातासमेत यौन हिंसा पीडित ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

    सरस्वती मातासमेत यौन हिंसा पीडित ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

    Sunday, February 10, 2013

    महिला हिंसाको पाटो Nagrik

    महिला हिंसाको पाटो

    E-mail Print
    1
    नेपाली समाजमा पछिल्लो समय बलात्कार, त्यसमा पनि बालिकामाथि भएको बलात्कारका घटना बाहिर आइरहेका छन्। महिलामाथि हुने यस्ता हिंसा र त्यसमा सरकारले पीडितलाई न्याय हुने हिसाबले काम गर्न नसकेको भन्दै आन्दोलन पनि भइरहेको छ। महिलामाथि हुने हिंसाका घटनामा दोषीलाई सजाय नभएको र पीडितले न्याय नपाएको अर्थात् यसमा राज्य संवेदनशील हुन नसकेको भन्दै सडकमा धर्ना, जुलुस जस्ता कार्यक्रम भइरहेका छन्। दुई/तीन वर्षका घटनाक्रम हेर्ने हो भने यो संख्या बढ्दै गएको देखिन्छ। अझ कति त पत्यार नै नलाग्ने किसिमका घटना पनि नेपाली समाजमा देखिएका छन्। कतिपय घटना अत्यन्तै कहालीलाग्दो र अमानवीय भएका कारण पनि पत्याउनै गाह्रो हुन्छ। त्यस्तैमध्येको एउटा घटना थियो, दुई वर्षअघि धादिङमा १ सय २ वर्षकी वृद्ध महिलामाथिको बलात्कार घटना। सार्वजानिक सञ्चार माध्यममार्फत् घटना सार्वजानिक भएपछि यतिसम्मको अमानवीय र आपराधिक घटना पनि हुँदोरहेछ भनेर नेपाली समाजलाई छर्लङ्ग भयो।
    योभन्दा पीडाको घटना के हुन सक्छ? एक जना त्यति वृद्ध महिलासमेत सुरक्षित हुने अवस्था छैन भने को सुरक्षित होला? यो घटनाले धेरैलाई विक्षिप्त पनि बनायो। त्यतिमात्र होइन, आफन्त वा आफ्नै परिवारका सदस्यहरूबाट हुने यस्ता घटना पनि अहिले बाहिर आउन थालेका छन्। आफ्नै काका तथा आफूलाई पढाउने शिक्षकसमेत रहेका व्यक्तिले १४ वर्षिया बालिकालाई निरन्तर यौन शोषण गरेको र पछि गर्भपतन गराएको घटना पनि बाहिर आयो। तर यस्तो घटनामा राजनीतिक दबाब र हदम्यादका कारण पीडकलाई कुनै सजाय हुन सकेन। त्यतिमात्र होइन, हत्या गरेपछि बलात्कार गरिएका सुन्दै आङ सिरिङ्ग हुने घटना पनि नेपाली समाजमा सार्वजानिक हुने गरेका छन्। जे होस्, पछिल्लो समय प्रहरीमा दर्ता भएका बलात्कारका घटना केलाउने हो भने यस्ता घटना वृद्धि हुँदै गएको पाइन्छ। अझ कतिपय यस्ता घटना बाहिर आउने नै गर्दैनन्, समाजमा मिलाइएको हुन्छ। कानुनी दायरामा यस्ता घटना आउँदै आउँदैनन्। अझ कतिपय घटना लोकलाजका कारण परिवारभित्रै सीमित हुने गर्छन्।
    किन यसरी बलात्कारका घटना दिन/प्रतिदिन बढिरहेका छन्? यो एउटा खोजीको विषय बनेको छ। त्यतिमात्र होइन, बलात्कृत भएपछि न्यायका लागि हारगुहार गरेका महिलाले पनि न्याय महसुस गर्न सकेका छैनन्। कारण, कानुनहरू पीडितमुखी सिद्धान्तमा आधारित छैनन्। जस्तो कुनै महिला बलात्कृत भएपछि उनले उजुरी गरे पनि पीडकलाई मुस्किलले सजाय हुन्छ। पीडकलाई सजाय नै भए पनि पीडित महिलाबारे भने सोच्ने गरेको हुँदैन। त्यसैका कारण यस्ता पीडित महिला समाजबाटै विस्थापित हुनुपर्ने अवस्था आउने गरेको छ। एक अध्ययनअनुसार बलात्कारको घटनाका पीडितहरु ९ जनामध्ये ५ जना समाजबाट विस्थापित हुने गरेका छन्। यस्तो अवस्था आउनुको मुख्य कारण सामाजिक संरचना नै हो। जबकि समाजमा बलात्कार गर्ने पीडकचाहिँ शानका साथ हिँड्छ तर बलात्कृत महिलाचाहिँ गाउँबाटै बहिष्कृत हुन्छिन्। योभन्दा दुर्भाग्य के हुन सक्छ? आफ्नो इज्जत जाने र समाजबाट विस्थापित हुनुपर्ने डरले कति घटना बाहिर आउनै सकेका छैनन्।
    संक्रमणकालीन अवस्थाको नाममा महिलामाथि बलात्कार जस्ता जघन्य घटना बढिरहेका छन्। अपराध गर्नेलाई स्वयं राजनीतिक दलहरुले संरक्षण गर्ने गरेका कारण पनि अपराध गर्नेहरूको मनोबल बढेको र यस्ता घटना बारम्बार दोहोरिने गरेको पाइन्छ। पछिल्लो समय बढ्दै गएका महिला हिंसाका घटनाले पनि यही कुरो पुष्टि गर्छ। जब समाजमा दण्डहीनता बढ्छ, अर्थात् अपराध गर्ने व्यक्तिले सजाय पाउँदैन, तब उसले झन् त्योभन्दा ठूलो अपराध गर्छ। उसलाई त्यस्ता कुराले प्रोत्साहन गर्छ। त्यसैले महिलामाथि हुने हिंसाका घटना कम गराउन कडाभन्दा कडा कानुन व्यवस्था गर्नुपर्छ। साथै पीडितमुखी न्याय प्रणाली स्थापित गराउन सक्नुपर्छ। त्यसो भएमात्रै पीडितले न्याय महसुस गर्न सक्छन्। त्यस्तो नहुने हो भने महिला हिंसाका यस्ता घटना समाजमा अझै लुकिरहने छन्। र, महिला र बालिका अझै पीडित भइरहनेछन्।

    शहर यस्तो होस् जहाँ रातभरि घुम्न सकियोस् PARTIK DAILY

    शहर यस्तो होस् जहाँ रातभरि घुम्न सकियोस्

    - चन्द्रकिशोर  
     हामी वीरगंजमा कति ढिलोसम्म घुम्न सक्छौं ? त्यो घुम्ने ठाउँ कुन कुन हुनसक्छ ? घुम्दाखेरि घुम्ने वातावरण छ कि छैन ? परिवारहरूका साथ घुम्न सकिन्छ कि सकिंदैन ? यी सबै प्रश्नहरूको जवाफ नकारात्मक आउँछ । यसरी जवाफ आउनुले कसैलाई आश्चर्यमा पार्दैन । वीरगंज सम्साँझै कोठाभित्र थुनिन पुग्छ । पारि रक्सौलबाट आउनेहरूका लागि राति दश बजेपछि भन्सारनिरको ढोका बन्द गरिन्छ, गाडीहरू आउन पाउँदैनन् । बजार पनि प्राय: नौ बजेपछि सुनसान देखिन थाल्छ । रिक्सा पाइँदैन । एक अर्थमा भन्ने हो भने वीरगंजको तन्नेरी र प्रौढता दुइटै केवल साँझ हो । यहाँ रात्रिजीवन छैन ।
        बेलुका पनि मनोरञ्जनका थोरै अवसरहरू छन् । अचेल आर्दशनगर बैंक रोडमा बेलुका सडकपेटिमा तात्तातो पाउभाजी, मम, चाउमिन, पकौडा वा क्रिम बेच्ने ठेलागाडी पसलहरूका वरिपरि मानिसहरू झुम्मिएका हुन्छन् । परिवारसहित पनि पुगेका हुन्छन् । शौकियाहरू त गाडी रोकेर पनि सडक खानाको मज्जा लिइराखेका हुन्छन् । अर्को ठाउँ हो, घडिअर्वा पोखरी परिसर, त्यहाँ पनि एउटा वर्गलाई लोभ्याएको हुन्छ । तेस्रो ठाउँ हो, स्थानीय होटल र रेस्टुराहरू, जहाँ मानिस परिवारसहित भोजनका लागि पुग्ने गर्छन् । माईस्थान, गीता मन्दिर वा अन्य धार्मिकस्थलहरू पनि केही प्रौढहरूका लागि केहीबेर अल्झिने ठाउँ हो । नत्रभने प्राय: सबैका लागि बेलुकाको अवसर भनेको तरकारी किन्न जानु हो । तरकारी किन्ने ठाउँ किनमेलका अलावा भेटघाटको पनि स·म हो ।
        यीबाहेक वीरगंजमा ठाउँहरू छैनन् । दिनभरि थाकेकाहरू यसो बेलुका अलिकति खुलापनको आनन्द बटुलौं भन्ने सोच राख्ने हो भने वीरगंजमा त्यस्ताका लागि स्वागत छैन । वीरगंज एक शताब्दी पुरानो शहर भइसक्यो । यसको आर्थिक गतिविधि पनि बर्सेनि बढ्दैछ । यहाँको जनसङ्ख्या पनि बाक्लिदै गएको छ । यहाँ दिनभरि व्यस्त रहनेहरूको ठूलो जमात छ । तर उनीहरू आफू वा परिवारसँग रमाउने खुला ठाउँहरू यहाँ छैन । वीरगंजमा मनोरञ्जनका विकल्पहरू सीमित छन् । सिनेमा हेर्ने, होटलमा खाने, किनमेल गर्ने, एक/दुई ठाउँको चक्कर लगाउने, बस सकियो । आठ बजेपछि नै मानिसहरू प्राय: घरतिर मोडिन थाल्छन् । रिक्साहरू सहजरूपमा पाइँदैन, पाए पनि महँगो भाडा लिन्छन् । यो कुरा त्यस्तो वर्गको लागि गरिंदैछ, जो उपमहानगरपालिकामा बस्छन् तर  आफ्नो सवारीसाधन छैन ।
        यहाँका होटलहरू पनि पारम्परिक छन् । थोरै होटलहरूले आफूलाई परिमार्जन गर्दै आएका छन् । भोजनका पारखीहरूका लागि वर्षौंसम्म यहाँ स्वादको नयाँपनको प्रतिक्षा भइरहन्छ । प्राय: होटलहरूमा वर्षौंदेखि उही “मेनु” छ । स्वादमा कुनै नवीनता छैन । रेस्टुराको बनोट पनि उही छ । वीरगंजमा भन्ने हो भने यहाँको बेलुकीको खवाइ भनेको “डिंक्स र स्नेक्स” नै बुझ्ने चलन छ । ग्राहकहरू परिवारसहित आउन सक्छन्, फरक–फरक खानाका स्वाद लिन खोज्छन् भन्नेतिर सोच प्राय: छैन । होटल व्यवसायीहरूको बुझाइमा यहाँ त्यस्ता ग्राहक नै छैनन् । तर, पछिल्ला वर्षहरूमा परिवारसहित होटलमा गएर खाना खाने चलन बढेको छ । मानिसहरू होटलमा गएर खाना खान रमाउँछन् । केही होटलहरूले यस्ता ग्राहकहरूका लागि फेमिली केबिन पनि बनाएका छन् । त्यस्ताहरूले प्रशस्त मौकाहरू पनि पाइराखेका छन् । तपाईं अर्डर गर्नुस् प्राय: होटलमा उही नान, राइस, पनिरका परिकारहरू र मिक्स तरकारी पाइन्छ । ननभेजका उस्तै उस्तै प्रकारका परिकारहरू धेरै होटलहरूमा भेटिन्छन् । मौसमी तरकारीहरू जोड दिएर खोजेपछि यदाकदा मात्र पाइन्छ । अर्थात् वीरगंजका होटलहरूमा स्वादका सीमित परिकारहरू छन् ।
        केही होटलहरूले बेलाबेलामा प्रयोग नगरेका होइनन्, तर तिनका प्रयोगले प्रचार पाउन सकेन वा ग्राहकलाई बाँध्न सकेन । यहाँका बहुसङ्ख्यक ग्राहकहरू खानाका पारखी छैनन् । उही मम, समोसा, चाट, सेकुवा वा नेपाली खाना खोज्छन् । ग्राहकहरूका मागले पनि होटलहरूलाई विकल्पहरूको व्यवस्था गर्न प्रेरित गर्छ  । वीरगंजमा मसाला डोसा वा इडली खानुपर्‍यो भने वा बिरयानी खानुपर्‍यो भने मज्जाको जायकेदार बनाउने होटलको नाम फुर्न एकछिन सोच्नै पर्छ ।
        वीरगंज बहुपहिचानको शहर हो । यहाँको औद्योगिक–व्यावसायिक अवसरले अनेकौंलाई अवसर दिएको छ । स्वभावत: फरक–फरक स्वादको खोजी हुनुपर्ने हो । तर यहाँ बजारमा उपलब्ध परिकारले सबैलाई “मेल्ट” गर्दै गएको छ । उही उही परिकार, उस्तै उस्तै स्वाद प्राय: भेटिन्छन् । मिठाइ कै कुरा लिऊन, वीरगंजको मिठाइको विशेषता के ? बगेडी एकताका खुब चर्चामा थियो, अहिले ख्वै ? वीरगंजले खाना अर्थात् स्वाद परिष्कृत गर्न र त्यसको बजार खोजीमा किन ध्यान पुर्‍याउन सकेन ? स्वादले बहुआयामिक बजारको स्वरूप लिएर आउँछ । आफ्ना ग्राहकहरूमा नयाँ नयाँ स्वादको भोक जगाउँदै त्यसलाई स्थायीरूपमा अनुवाद गर्न सकिन्छ । स्वादले शहरको पहिचान पनि दिन्छ । स्वाद भनेको परिकारहरू हुन् । भैरहवाको पेडा नामी छ, नेपालगंजको राबडी नामी छ । सप्तरीको राजमार्गछेउको बस्ती बरमझियाले पेडामा मुलुकभरि नै नाम कमाएको छ । पेडाबाटै सैंकडौं मान्छेको त्यहाँ रोजीरोटी चलिराखेको छ । जनकपुरको लस्सीको चर्चा काठमाडौंसम्म छ । वीरगंजमा यस्ता के परिकार छन्, जसले यो शहरको विशेष मौलिक पहिचान दिन सकोस् ?
        यहाँनिर दुइटा कुरा छ, पहिलो त बढ्दो जनसङ्ख्या र क्रयशक्तिसँगै स्वादमा विविधता हुनुपर्‍यो, जसले विस्तारै बजारको रूप लिन सकोस् । दोस्रो, कुनै विशेष परिकारका लागि वीरगंजको पहिचान बन्न सकोस् । बाहिरका मानिसहरू वीरगंज आउँदाखेरी खास परिकारका लागि लोभिंदै आऊन् । यहाँका बासिन्दाहरूले पनि आफ्ना पाहुनाहरूलाई “ल यो खान जाऔं” भनेर लोभ्याउन सकून् । यस्ता विषयहरूका बारेमा यहाँ विमर्श हुन जरुरी छ । वीरगंज, नेपालमा भोजपुरीको राजधानी हो । भोजपुरीका विशेष परिकारहरू यहाँ सहजरूपमा उपलब्ध हुन सक्नुपर्छ । दुधपुवा, आनन्दीको भुजा, लिट्टी, विशेष प्रकारको सत्तूलाई पारखीहरू खोजी खोजी आउँछन् । ६ नं. वडाको गेटनजिक रहेको चुगीलालको सत्तूपसलले यस्तै नाम कमाएको छ । काठमाडौंबाट आएका नाट्य कलाकारहरूले सत्तूको स्वाद चाख्ने मौका पाउँदा वीरगंज बसुन्जेल पटक–पटक पिउन मनपराएका थिए र त्यो कुरा वीरगंजका पत्रकारहरूमाझ खुबै चर्चाको विषय पनि भएको थियो ।
        सवाल केवल स्वादको होइन । रातमा घुमफिर गर्न सक्ने, किनमेल गर्न सक्ने र मनोरञ्जनका स्वस्थ विकल्पहरू रोज्न सक्ने अवसरहरूको हो । वीरगंजमा रात्रिजीवन साँघुरिंदै गएको छ । शहर समृद्ध हुँदै गएपछि रात्रिजीवन थपिंदै जान्छ । राति पनि शहरका कुनै क्षेत्र विशेष जागेका हुन्छन् । त्यस्तो यहाँ छैन । अस्पताल र सञ्चारगृहको छेउछाउ थोरबहुत चहलपहल हुन्छ, बाँकी शहर मस्त सुतेको हुन्छ । कुनै जमाना थियो, वीरगंज चिनी कारखानामा उखु क्रसिङ सिजनको बेला वीरगंजको एउटा इलाका रातभरि जागेको हुन्थ्यो । काममा जाने कर्मचारीहरू, उखु बोकेका वाहनहरूको लस्करले वीरगंजलाई जगाइराखेको हुन्थ्यो । अब त्यो पनि रहेन ।
        शहरलाई स्वस्थ रहन खुलापन चाहिन्छ । मनोरञ्जनका विकल्पहरू चाहिन्छ । कोठामा थुनिएर वा टेलिभिजनसँग टाँसिएर मात्र प्रियकर हुँदैन । मानिसहरू अलि फरकपन खोज्छन् । कतै सा·ीतिक वातावरण होस्, कतै सडक परिकार होस् । मानिसहरू रमाउन सकूँ, चहार्न सकूँ भन्ने चाहन्छन् । वीरगंजमा सा·ीतिक आनन्दका लागि नियमित स·ठित संयन्त्रले काम गर्न सक्छन्, उसले अवसरहरू पाउन सक्छन् । जहाँ मानिसहरूको ठूलो हिस्सा बस्छ, त्यहाँको रुचिलाई विस्तारै परिष्कृत गर्दै लगियो भने एउटा वातावरण बन्छ, एउटा बजार बन्छ । समयले वीरगंजले विस्तारै यस्तै अवसरहरूका ढोका खोलून् भन्ने चिताएको छ । शहर यस्तो होस्, जहाँ रातभरि मानिसहरू स्वतन्त्रतापूर्वक घुम्न सकून्, स्वच्छ हावा खाना सकून् र तन्दरुस्त बन्न सकून् ।

    Friday, February 8, 2013

    लोप हुदै मिथिलाका लोकगाथाहरु

    salhesh

    Fulbari
    लोप हुदै मिथिलाका लोकगाथाहरु

    शत्रुधन प्रसाद साह, जनकपुरधाम

    अहिले भन्दा करिब बीस÷ पच्चीस बर्ष पहिला मिथिला क्षेत्रका हरेक गाउँघरमा राजा सलहेश, कारिक महाराज,अल्हा उदल, कुम्मर बृजमान तथा दिन्ना भद्रीका नाच तथा कथाहरु सुन्न र हेर्न पाइनथ्यो । मिथिला क्षेत्रमा हुने बैबाहिक कार्यक्रम , पुजापाठ तथा साँस्कृतिक चाडपर्बहरुमा मैथिली लोक कथा सँग सम्बन्धित कार्यक्रमहरुको आयोजना हुने गर्थे तर आजकल पश्चिमी सँस्कृतिको प्रभाब या सुचना र प्रबिधिको क्षेत्रमा भएको परिबर्तनले पसेको अश्लीलताको कारण मिथिलाका धरोहरहरु अन्तको ओरालो लाग्दै गएको छ ।

    अहिले यहाँ आयोजना भईरहेको धार्मिक, साँस्कृतिक तथा बैबाहिक जस्तो पबित्र कार्यहरुमा समेत अश्लीलता छाएको छ । आरके स्ट्रा र भोजपुरीको अश्लील गीतहरुले बर्तमान युबापिढीलाई नराम्रोसँग गाँजेको पाइन्छ । जति बढी मोलको आरके स्ट्रा हुन्छ र जति अश्लील भोजपुरी भाषाको गीत हुन्छ त्यहाँ त्यति बढी भीड हुने गरेको पाइन्छ । नाचमा युबाहरु मात्र नभई बुढाहरु समेत रमिने गरेको देखिएको छ । सीमाबर्ती भारतीय शहरहरुबाट केटीहरु ल्याएर गरिने नाचमा खुल्लम खुल्ला चुम्बन गरेको , संबेदनशील अङगहरु छुने जस्ता र अति अश्लील शब्दहरुको प्रयोगले नै त्यस्तो नृत्य हेर्न बाक्लो भीड लाग्ने गरेको देखिन्छ ।

    यता नगण्य रुपमा हुने मैथिली कार्यक्रमहरुमा युबाहरुको भीड अतयन्तै न्युन रुपमा देखिने गरिएको छ । युबाहरुले हेर्न खोजेको नृत्य र सुन्न खोजेका गीतहरु सुन्न नपाउनु नै मैथिली कार्यक्रमहरुमा युबाहरु र दर्शको उपस्थिती खल्लो हुदै गएको छ । दशैँमा मनाइने झिझिया र दाजुभाई तथा दिदीबहिनी बीचको अमर प्रेमको प्रतीक मनाइने सामाचकेबाहरु पनि यसैको सिकार बन्दै गएको छ । पहिला –पहिला एउटै गाउँमा कम्तीमा आधा दर्जन टोली झिझियाको हुन्थ्यो तर अब आधा दर्जन गाउँमा एउटा टोली मुस्किलले भेटिन्छ अनि यस्तै हरेक घरमा बनाइने सामाचकेबा पनि बिस्तारै अन्तको ओरालो लाग्दै गएको छ ।

    गाँउघरका बुढापाकाहरुका अनुसार उनीहरुको समयमा मानिसहरु राजा सलहेश, दिन्ना–भद्री तथा अल्हा उदलको नाच हेर्न आपनो गाउँको कुरै छाडनु कोसौँ सम्म हिडेर हेर्नको लागी जान्थ्यो । तर अहिलेको परिपेक्ष्यमा यस्तो आरके स्ट्राहरुमा सजिलै हेर्न पाइन्छ । यसरी मैथिली कला सँस्कृति सँग प्रत्यक्ष रुपमा जुटेका यी लोकगाथाहरु अन्तको संघारमा पुगेपछि यस्ता पेशा अंगालेकाहरु समेत सँकटमा पर्दै गएका छन भने मैथिली समुदायको आस्थाको केन्द्र रहेको सलहेशको गृह तथा दिन्ना भद्रीको गृहहरु पनि अतिक्रमण तथा भग्नाबशेषको रुपमा परिणत हुदै गएको छ ।

    एघारौ÷बाह्रो शताब्दी तिर सिराहाको महिशोथामा राज्य गरेका राजा सलहेशको मन्दिर संरक्षणको बाटो खोजिरहेको छ । दुसाध जातिले देबताको रुपमा पुजा गर्दै आएका सलहेशले माली जातको छोरी सँगको प्रेममा परेको कथा सँग सम्बीन्धत रहेको छ । उहाँकै स्मरणमा बैशाख १ गते सिराहाको महिसोथा तथा फुलबारी पतारीमा भब्य मेला लाग्ने गर्छ ।

    यस्तै मिथिला सँस्कृतिमा मुसहर जातको कुल देबता रहेको दिन्ना भद्रीको कथा पनि उनीहरुको आपनो बहादुरी सँग सम्बन्धित रहेको छ । निकै लामो कथा रहेको दिन्ना भद्रीको कथा लय मिलाएर भन्दा भन्ने र सुन्नेलाई तीन दिन सम्म सुन्नुपर्ने हुन्छ । कथामा प्रयोग भएको ठाउँहरु जेगियानगर, ब्रह्मपुत्र नदी , कटैया जङगल , कुनौली बजार जस्ता ठाउँहर अहिले पनि रहेकै छ । यस्तै मैथिली सँस्कृति सँग प्रत्यक्ष रुपमा संलग्न रहेको कुमर बृजमान , रानी सरङगा, गोपीचन , बेहुला सती जस्ता कथा एबं नृत्यहरुको आ– आफनै महत्व रहेको छ ।

    यसरी अन्तको आरालो लाग्दै गएको मैथिली लोकगाथाहरुको सँरक्षण तथा सम्बद्र्धन गर्नु मैथिली सँघ सँस्था तथा आम मैथली जनसमुदायको महत्वपुर्ण कतब्र्य रहेको छ । अरुको सँस्कृतिको नक्कल गर्नमा उद्धत युबापिँढीले आपनो सँस्कृति र भाषाको सँरक्षणमा ध्यान दिनु आबाश्यक देखिन्छ

    तराईका महिलाहरु हिंसाप्रति आफै सचेत हुनु आबाश्यक

    तराईका महिलाहरु हिंसाप्रति आफै सचेत हुनु आबाश्यक

    शत्रुधन प्रसाद शाह
    जनकपुर÷सिराहा

    परापुर्बकालदेखी नेपालीे समाजमा महिलामाथी यातना एंम हिंसा हुदै आएको छ र त्यो अहिले पनि जारी नै रहेको छ । पितृसतात्मक समाजमा महिलामाथी बिभिन्न किसिमको हिंसा हुदै आईरहेको छ । नेपालको हरेक भागमा महिलामाथी अनेक किसिमको यातना एबम हिंसा भएपनि पहाडी समाजको तुलनामा तराई र त्यसमा पनि मधेशको अबस्था अतयन्त कहालीलाग्दो रहेको पाईन्छ । बालबिबाह, दाइजोप्रथा,बलात्कार , बोक्सीको आरोपमा दुब्र्यब्यबहार आदि यातना एंम हिसाँका उदाहरणहरु हुन । महिला माथी दाइजो र बालबिबाहको कारण हिँसा हुदै आएका छन । त्यसमा झन बोक्सीको आरोपमा कुटपीट मात्र होइन मान्छेको मलमुत्र खुवाउने जस्तो घृणित कार्य हुदै आएको छन । कतिपय महिलाको बोक्सीको आरोपमा ज्यान समेत गएको छ त कतिपय महिलाहरु आफुमाथीको अपमान सहन गर्न नसकेर आत्महत्या समेत गर्न बाध्य भएको छ ।       

    हिंसा भन्नाले काटमार लाई बुझाउछ भने यातना शब्दले कुनै सार्बजानिक अधिकारीको क्षमताको हैसियतले काम गर्ने कुनै ब्यक्तिबाट वा निजको सहमति वा मौन सहमतिबाट कुनै ब्यक्ति वा तेस्रो ब्यक्तिबाट जानकारी वा साबित लिने कार्यको लागी दण्ड दिने,त्रास देखाउने वा बलजफती गर्ने या जानीजानी  शारिरीक या मानसिक पीडा वा कष्ट दिने कार्य बुझिन्छ ।             

    देशको अन्य भागका हजारौँ महिलाहरु आयआर्जन या रोजगारीको लागी  खाडी मुलुकहरु नगएको होइन तर मधेशमा बिहे भएपछि महिलाहरुलाई खाडी मुलुक जानुको त कुरा कहाँ हो कहाँ झन घरबाट बाहिर बिना अनुमति जान बन्देज हुन्छ भने अपरिचित या चिनजानका कोही सँग कुराकानी गरयो भने शंकाको दृष्टीले हेर्ने गरिन्छ ।  बिबाहित महिलालाई मात्र होइन अबिबाहित महिलाहरुलाई पनि यही संकुचित मानसिकताका कारण उच्च शिक्षाबाट समेत बञ्चित हुनुपरेको छ र कम उमेरमै आमा बन्नुपर्ने बाध्यता रहेको छ । यसबाट मानिसको त कुरै छोडौ जिब्रा नभएका शेषनागले पनि सहजै अनुमान गर्ने सक्छ कि महिलाको अबस्था कस्तो होला ? तराईको अन्य जिल्लाहरु महिलामाथीको यातना र हिंसाबाट अछुतो नरहेपनि मध्य तथा पुर्बी तराईको रौतहट देखी सुनसरी सम्मका सात÷आठ बटा जिल्लाहरुको अबस्था अतयन्त नाजुक रहेको पाइन्छ ।                         

    मध्य तथा पुर्बी तराईका यी जिल्लाहरुको जनसँख्या स्थिती तथा शैक्षिक अबस्था राम्रो भएपनि महिला हिसाँ र यातनाको अन्तय गर्न धेरै गर्न बाँकी रहेको अधिकारकर्मीहरु बताउँछन । महिला माथीको यातना र हिंसा अन्तय गर्नको लागी स्वंम महिलाहरु सचेत हुनुपर्नेमा उनीहरुको जोड रहेको छ । मानब अधिकारबादी बिजय दत्तको भनाईमा महिलाहरु शिक्षित र समाजको संकुचित सोँचबाट माथी उठन सके धेरै हदसम्म यसमा कमी आउन सक्छ । सञ्चारकर्मी खुश्बु झाको बिचारमा महिला हिंसा र यातना अन्तयका लागी समाजको सोँचमा परिबर्तन आउनु आबाश्यक रहेको छ । यस्तै सिटी कलेज जनकपुरका बरिष्ट महिला प्राध्यापक संगीता यादब महिला हिंसा अन्तयका लागी महिला स्वंम सचेत हुनुपर्ने र पुरुष सँग डराएर होइन मिलेर अघि बढनुपर्ने बताउनुहुन्छ । बरिष्ठ महिला अधिबक्ता रेखा झाको बिचारमा महिला हिंसाका दोषीहरुमाथी जबसम्म कडा कारबाही हुदैन तबसम्म महिलाहरु यातना र हिंसा भोग्न बाध्य हुन्छन ।

    महिला हिंसा अन्तयका लागी यस क्षेत्रमा बिभिन्न संघ सँस्थाहरु समेत कार्यरत नरहेको पनि होइन । ती सँस्थाहरुले चलाएको महिला हिंसा समबन्धी अभियानहरु केही हदसम्म प्रभाबकारी भएपनि तिनीहरुको कार्यक्रम बिदेशी दात्तृ निकायहरुको रकम कुम्ल्याउने दाउ मात्रै रहेको अधिकारकर्मीहरुको आरोप रहेको छ । यदपी यस्तो आरोप मान्न तैयार छैन ती सँस्थाका प्रतिनिधिहरु । समाजमा बर्षौबर्षदेखी जरा गाडेर रहेको समस्या स्वतः हटन नसक्ने र यसका अन्तयका लागी समाजका हरेक बर्गको सहयोग आबाश्यक रहेको केयर नेपालद्धारा सञ्चालित चुनौती परियोजनाका सँयोजक मुकुन्द ठाकुरको भनाई रहेको छ । महिला हिंसा अन्तका लागी महिला स्वम सचेत हुनुपर्ने र समाजमा जनचेतना अभिबृद्धि गर्नुपर्ने तथा  प्रेम बिबाहलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई रहेको छ । चुनौती परियोजनाले अहिले धनुषा जिल्लाको ५७ र महोतरी जिल्लाको ३६ गाबिसमा महिला बिरुद्ध हुने हिंसा,बालबिबाह र दाइजो बिरुद्ध अभियान चलाउदै आएका छन ।

    यस्तै महिला तथा बालबालिका क्षेत्रमा बर्षौदेखी आसमान नेपालले पनि धनुषा, महोतरी र सर्लाहीमा बिभिन्न गतिबिधिहरु सञ्चालन गर्दै आइरहेको छ । अहिलेपनि मधेशमा ६२ प्रतिशत युबतीहरु र ४२ प्रतिशत युबकको बिहे १८ बर्ष नपुग्दै हुदै आएको छ । त्यसमा झन दलीत समुदायमा ८० प्रतिशत बालबिबाह हुनेगरेको पाइन्छ । मधेशी समुदायमा अहिलेपनि ९७ प्रतिशत अभिभाबकले दाइजो लिनेदिने गरेको स्वीकारेका छन । ७५ प्रतिशत मानिसहरुले सामाजिक मुल्य मान्यताका कारण दाइजो लिनेदिने गरेको बताए । अहिले पनि तराई क्षेत्रमा महिलामाथी बिभिन्न २० प्रकारका हिंसा हुने गरेको पाइन्छ । त्यसमा पनि दलीत समदाय र निरक्षर महिलामाथी बढी हिंसा भएको पाइन्छ । महिलाहरु खुलेर बिरोध नगरेका कारण ७१ प्रतिशत महिला यातना र हिंसाबाट पीडित रहेको केयर नेपालद्धारा सञ्चालित चुनौती परियोजनाको तथ्याङक रहेको छ । हिंसा तथा यातनाहरुमा श्रीमतीलाई कुटपीट गर्ने,जर्बजस्ती या इच्छा बिपरित यौन सम्पर्क गर्ने ,दाइजोको नाममा शारिरीक र मानशिक यातना दिने, घरबाहिर जान रोक लगाउने रहेका छन ।

    यता जिल्ला प्रहरी कार्यालय धनुषा र सिराहाको महिलामाथी हुने गरिएको यातना र हिंसाको तथ्याङ हेर्दा बिगत बर्षहरुको तुलनामा केही घटेको भएपनि अबस्था सन्तोषजनक रहेको छैन ।

    जिल्ला प्रहरी कार्यालय धनुषामा बि सं. २०६७÷६८ मा जम्मा २०४ बटा महिला हिंसा समबन्धी घटना र १३६ बटा घरेलु हिंसाहरु दर्ता भएका छन  । जसमा बहुबिबाह,बालबिबाह दाइजो, बोक्सी, अन्तरजातीय बिबाह, छोरा जन्माएको कारण, एकल महिला र बैदेशिक रोजगारको कारण बढी महिलामाथी यातना र ह्रिसा बढेको जिप्रका धनुषाको महिला तथा बालबालिका सेलकी प्रमुख सुभद्रा आलेको भनाई रहेको छ । दाइजोको नाममा जम्मा २७ बटा उजुरी परेकोमा त्यसमा ३ जनाको हत्या, बालबिबाह सम्बन्धी ३८ वटा,बहुबिबाह सम्बन्धी २१ बटा यस्तै बोक्सीको आरोपमा १८ बटा उजुरीमध्ये ३ जनालाई मानब मलमुत्र खुबाइएको , १ जनाको मृत्यु भएको र बाँकीलाई बोक्सीको नाममा दुब्र्यब्यबहार भएको थियो ।

    बलात्कारका ७ बटा जसमा अधिकाँशमा आपनै नातेदारबाट भएको र त्यसपछि सामुहिक बलात्कार जसमा २ जनाको मृत्यु वा हत्या भएको उल्लेख छ । केही दिन अघि मात्र धनुषाको महेन्द्रनगरमा एक युबतीको सामुहिक बलात्कार भएको छ । यस्तै रौतहटमा किरण शाह नामकी महिलाको दाइजोको नाममै परिबारिक सदस्यले हत्या नै गरिदिएका छन । घटनाका अधिकाँश आरोपीहरु पीडित पक्ष र दोषीबीचको सहमतीमा रिहा भएको र केही अहिलेपनि जेलको चिसो हाबा खान बाध्य रहेका छन । यस्तै जिल्ला प्रहरी कार्यालय सिराहामा पनि अबस्था यो भन्दा फरक छैन । सिराहाको जमदहमा केही दिन मात्रै आगाडी एक युबतीको बलात्कार गरेर हत्या गरेर हत्या नै गरिएको छ । यस्तै सिराहाकै राघोप’रमा घास काटन गएकी एक य’बती बिजयादशमीको प’र्ब सन्ध्यमा बलात्कारको शिकार भए । सिराहा र धनुषाको सीमाबर्ती कमला नदीमा रहेको खरहमा प्राय ःमहिलाहरुमाथी बलात्कार हुने गर्छ जसको रेकर्ड कहीँ पनि जादैन किनभने त्यहाँ सशस्त्र समुहका मान्छेहरु बढी हुन्छन र उनीहरु डरत्रास देखाएर महिलाहरु लाइ यस्तो गर्ने गर्छन जुन कुरा उनीहरु प्रिबार बाहेक अन्य कसैलाई पनि भन्न सक्दैन । यहाँ पनि बलात्कार समबन्धी घटनामा परिबारिक सदस्य र गाँउकै युबकहरुको सँलग्नता रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी सहायक निरिक्षक अशोक सिंहको भनाई रहेको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषामा प्रहरीले महिला हिंसा समबन्धी कुनै घटनाको उजुरी दर्ता गर्न अनेक बहाना गर्ने पीडितहरुको आरोप रहेको छ । तर जिप्रका धनुषाका प्रहरी उपरिक्षक रमेश देब चाँही यो आरोपलाई ठाडै अस्वीकार गर्नुहुन्छ । पीडितहरुले उजुरी दिने तर पछि स्थानीय स्तरमा मिल्ने र बोलाउँदा समेत उपस्थित नहुने परिपाटीका कारण कारबाही गर्न समस्या भईरहेको बताउनुभयो ।उहाले आफुहरु दोषीलाई कुनैपनि हालतमा नछोडने प्रतिबद्धता ब्यक्त गर्दै स्थानीय राजनीतिक दल ,नागरिक समाज र पीडितसँग हातेमालो गरेर अघि बढने भन्दै यस कार्यमा सहयोग गर्न सबै पक्षलाई आग्रह गर्नुभयो ।

    महोत्तरीमा बलात्कारका घटनामा वृद्धि, Nagendra kumar karna

    महोत्तरीमा बलात्कारका घटनामा वृद्धि,

    संचारिका लेखमालामा प्रकाशित

     नागेन्द्रकुमार कर्ण



    महोत्तरी जिल्लाको पश्चिमीवर्ती तथा उत्तरवर्तीक्षेत्रहरुमा वलात्कारका घटनाहरु विस्तारै विस्तारै बढदै गएपनि सम्बन्धित निकायहरुले यसतर्फ खासै ध्यान नदिएको आरोप स्थानीयहरुले लगाएका छन् ।

    यी घटनाहरुमा पिडकले पिडितहरुलाई बलात्कारका साथसाथै भिडियो क्लिपहरु समेत खिचेर मानसिक तथा शारिरीक यातना दिने गरेको पाइएको छ । यस्ता घटनाका पिडकहरु गाउँघरमा आर्थिक तथा सामाजिकरुपले सम्पन्न भएका कारणले पिडितहरुले यस्ता घटनामा न्याय नपाउने र पिडकहरु आफुखुशी गर्न पाएको आरोप स्थानीयहरुको रहेको छ । यस्ता घटनामा समाजले पनि एकतर्फी रुपमा पिडकपक्षको दवावमा आएर निर्णय गर्न थालेपछि पनि यस्ता घटना बढेको हो ।

    यस्तै घटना पछिल्लो समयमा महोत्तरीको खुट्टापिपराढीमा घटेको छ । खुट्टापिपराढी ५ बस्ने १८ बर्षीया फतमा खातुन (परिवर्तित नाम) लाई सोही ठाउँ निवासी ४ जना युवक मध्येबाट केहीले बलात्कार गरेको र केहीले भिडियो क्लीप बनाएको थियो । खुट्टापिपराढी ५ बस्ने वर्ष २५ का हजरत कवारी, वर्ष २३ का दिल मोहम्मद कवारी, वर्ष २३ का दाउद कवारी र वर्ष २४ का कलमुद्यीन कवारीले आषाढ २९ गतेका दिन बिहान ११ बजेको समयमा खातुनलाई घर नजिकैको ह्याण्ड पाइपमा पानी ल्याउन गएको बेला चौतर्फी घेरेर स्थानिय जमाहिर कवारीको निर्माणाधिन शौचालयमा लगि जबरजस्ती करनी गरेको र त्यसको भिडियो क्लीप समेत बनाएको आरोप पीडितपक्षले लगाएको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीमा यस घटना सम्बन्धी जाहेरी पीडित पक्षले साउन ७ गते नै गराएकी थिइन भने जिल्ला अदालतले समेत यस घटनाका दोषीहरुलाई पक्राउ पूँजी जारी गरिसकेपनि तिनिहरु अहिले सम्म फरार रहेको छ । उनीहरुलाई जवरजस्ती करणी मुद्दा अन्तर्गत पक्राउ पूर्जी जारी गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

    स्थानीयहरुले पिडकहरु यो भन्दा अगाडी पनि गाउँमा यस्तै तिन चारवटा घटना गराइसकेको भएपनि ठुलावडा भएका कारण उनीहरु अहिले सम्म उनीहरुमाथि कारवाही नभएको बताए । एक स्थानीयले पिडित युवतीको वुवा अहिले विदेशमा रहेको र घरमा आमासंग एक्लै बस्दै आएको बेलामा म लगायतकाहरुले उनीहरुको सहयोग गरेको पिडकहरुले थाहा पायो भने हामीलाई समेत मार्ने भएकोले नाम नलेखिदिन आग्रह गरे । ति स्थानीयले पिडक चारै जना युवक भारतमा बस्ने गरेको र त्यहाँ उनीहरुले यस्तै सिडिहरु निकाली बेच्ने गरेको बताउदै उनीहरुको घरमा छापामारी गर्ने हो भने सत्यतथ्य आफै बाहिर आउने बताए । अहिले पिडकहरुले पिडितलाई गाउँमै मिल्न धम्की समेत दिने गरेको बताए ।

    महोत्तरीको पश्चिमी र उत्तरवर्ती क्षेत्रहरुमा अहिले बलात्कारको कारण सर्वसाधारण त्रसित बन्दै गएका छन् तर पनि स्थानीय प्रशासनले केही गर्न सकेको छैन् ।

    केही महिना अगाडी मात्रै एक सातामा रामनगर र बेलगाछिमा एक युवतिलाई भारत बेच्न लैजादै गर्दा पक्राउ, अर्का दुई युवती माथि बलात्कारको प्रयास भएको थियो ।

    रामनगरमा घास काटन गएको बेला १४ वर्षीय युवतीलाई स्थानिय ५ जना युवाहरुले जबर्जस्ती गरेको थियो । उनिहरुलाई कारवाहि नगरी सामाजिक दण्ड गरिएको थियो । सामाजिक दण्ड गरिएको भोलिपल्टै आइतबार राती बेलगाछिकी १३ वर्षीय अन्जु महतो लाई घरमा सुती रहेको बेला उखु घारीमा लगेर बलात्कारको प्रयास गरिएको थियो । त्यत्ति मात्रैले बलात्कारीलाई चित्त नबुझेपछि उनको हत्याको प्रयास नै गरिएको थियो ।

    महोत्तरीको गौशाला आसपासका बरेरवा, बटौवा, बेलगाछि, रामनगर, मगरथाना, निगौल र रामगोपालपुर लगायतका गाउमा बलात्कारको घटना पटक पटक घटेपनि समाजको एकतर्फी सजायमै सिमित भएको छ ।

    व्यापारीक केन्द्र गौशाला बजारमै युवतीको अर्धनगन क्लिप खिचेर मोवाइल पसल मार्फत बजारमा बाँडने घटना समेत एक पछि अर्को हुने क्रम बढेको छ । गाउ समाजको प्रतिष्ठा र जातियताको नाउँमा राजनीतिकदलहरुले नै प्रहरीलाई मुद्दा नलिन दवाव दिने तथा अपराधीलाई उम्काउने गरेको भेटिएको छ । महिलामाथि हुने हिंसा सम्बन्धि मात्र नभई जुनसुकै उजुरी दर्ता गराउन राजनीतिक दलका नेताहरुले पीडित र पीडकको पक्षमा विभिन्न खेमा बनाई वकालत गर्दा अधिकांश घटनाको छानविन प्रक्रिया नै ओझेलमा पर्ने गरेको देखिन्छ र यसले दण्डहिनता बढाएको आरोप बुद्धिजीवीहरुको रहेको छ । मानवअधिकारकर्मी मदनकुमार झाले राजनीतिकदलहरुको दवावमा सुरक्षानिकायले कारवाही नगर्दा दण्डहिनता मौलाएको बताउनुभयो । उहाँले पिडितपक्षहरुको सुनुवाई गर्ने कुनै निकाय तदारुकता देखाएको भेटिदैन् ।

    सम्सीमा मात्रै साउन महिनामा एक दलित महिलालाई गरिएको बलात्कारमा पिडितको निवेदन लिन प्रहरीले अस्विकार गरेको थियो । धेरै दवाव पछि प्रहरीले उनको निवेदन स्विकार गरेपनि अहिले सम्म पिडकमाथि कुनै कारवाही भएको देखिदैंन् ।

    मुलुकी ऐन जवरजस्ती करणीको ३ नं. महलले वलात्कारलाई जघन्य अपराध मानि कसुर अनुसारको सजाय तोकेको छ । सो महलले दशवर्ष भन्दा मूनिका बालिकालाई बलात्कार गरेको ठहर भएमा १० वर्षदेखि १५ वर्ष सम्म कैद, १० वर्ष वा सो भन्दा माथि १६ वर्ष मुनिका बालिकालाई बलात्कार गरेमा सातवर्षदेखि १० वर्ष सजाय तथा १६ वर्ष वा सो भन्दा माथिको महिलालाई बलात्कार भए पाँच वर्ष देखि ७ वर्ष सम्म कैद सजाय रहेको अधिवक्ता विकरु यादवले जानकारी दिनुभयो । अधिवक्ता यादवले अप्राकृतिक मैथुन गराएमा टोटल सजायमा १ वर्ष थप गरी सजायका साथसाथै क्षतिपूर्तिको व्यवस्था समेत गरिएको बताउनुभयो । करणी गरेको उद्योग गरेमा आधा सजाय हुने व्यवस्था रहेको छ । त्यसैगरी अशक्त महिलालाई करणी गरेमा महलको ४ नंं. अनुसार जानीजानी थाहा पाएर करणी गर्न जानेलाई जनही ३ वर्ष कैद तथा पिडित स्रोह वर्ष भन्दा मुनिको भए दोब्बर सजाय हुने बताउनुभयो ।

    कानुनमा रहेको ३५ दिनको हदम्याद अपर्याप्त तथा कानुनको लामो प्रकृयाले पिडितलाई न्यायमा बाधक बनेको बताउनुहुदै अधिवक्ता यादवले समयानुकुल कानुनलाई संशोधन गरि लान जरुरी रहेको बताउनुभयो ।

    नारीक चरित्र सभसँ रंगल कथासंग्रह ‘जिद्दी’ PaRSUN



    नारीक चरित्र सभसँ रंगल कथासंग्रह ‘जिद्दी’

     प्रसुन सिंह

    महोत्तरी

    जिद्दी कथासंग्रहक बारेमे हम पहिलबेर सामाजिक सञ्जाल फेसबुकके माध्यमसँ जानकारी पएलहुँ । अप्पन गृह जिल्ला महोत्तरीक सदरमुकाम जलेश्वरमें एहि पोथीक विमोचन भेल खबर सुनिकऽ हमरा मनमे स्वभाविक एहि पोथीके बारेमे आओर जानकारी लेबाक इच्छा भेल । अप्पन बाल्यावस्थामें मैथिली भाषा सँ परिचित नहि होएबाक कारणसँ हमरा अप्पन मातृभाषा प्रति आओर वेस रुचि आ स्नेह अछि । एहि भाषाक बारेमे जतेक भऽ सकैय ओतेक जानकारी आ एहि सऽ सामिप्यता बढएबाक इच्छा हमरामे स्वभाविक अछि । संगैह साहित्यके विद्यार्थी आ प्रेमी होएबाक कारण सँ हमरा एहि पोथीक प्रति विशेष जिज्ञासा छल ।

    कात्र्तिक मासमे हम विजयादशमीसँ छठि पावनिधरि जलेश्वरमें रहलहुँ । हमर भित्र नागेन्द्रकुमार कर्ण सँ भेटक क्रममें संयोगवश एहि कथा संग्रहक बारेमे हम हुनका सँ पुछलहुँ । भाइटीकाक दिन हुनकर गाम सुगामें चित्रगुप्त पुजाक अवसर पर गेल छलहुँ त ओ हमरा जिद्दी उपहारस्वरुप देलाह । पोथी भेटैत मन खुस भगेल । हमर पहिल मैथिली कृति पढबाक अनुभव केहन हायत से सोचिकऽ हम आओर प्रफुल्लित भऽ गेलहुँ ।

    अगिला दिन भोरे उठैत हम जिद्दीके हातमे लेलहुँ । सुरुवातमे रहल टिप्पणी सभ पढिकऽ किछ पूर्वजानकारी लेलाक बाद हम एहि पोथीके पहिल कथा ‘पूmल पूmलाइएकऽ रहल’ पढलँहु । कथा समापन होइते हमर भितरके पाठक प्रसन्न भगेल । हमरा लागल जे एहि कृत्ति पढबाक लेल हम एतेक बिलम्ब किया कएलहुँ ।

    हमरा कथाकार सुजित कुमार झा आ एहि कृति प्रति और विश्वास बढल जखन पहिला कथा पढलाक बाद हमरा आरो कथा पढबाकलेल पन्ना उल्टएबाक इच्छा स्वतस्पूर्mत भेल । एकटा लेखकके विजयक लक्षण इहे छैक जे हुनकर कृत्तिके पाठकगण सुरु स लऽकऽ अन्तधरि पढबाक इच्छा होय ।

    ‘पूmल पूmलाइएकऽ रहल’ के पिंकीके अपन संगै भेल धोखाके अवसरिमे परिवर्तन करैत देखलहुँ त ओकर विवेकके मन सलाम कयलक । तहिना ‘नव व्यापारक’ साधनाक असन्तुष्टि आ नारी अधिकारक अपव्याख्यासँ अप्पन घरसंसार प्रतिके जिम्मेवारी सँ दुर भेल देखलहुँ त लागल अपने अडोसपडोसके ककरो चित्रण छैक । ‘खाली घर’ आ ‘व्यर्थक उडानमे’ मुख्य पात्र सभक मनोवैज्ञानिकपक्षक सूक्ष्म दर्शन भेटल । तहिना ‘लाल डायरी’ मे एक उत्तम ‘सस्पेन्स थ्रिलर’क स्वाद भेटल त ‘जिद्दी’क गिन्नी अपने समाजक दीशाहीन नवपुस्ताक यथार्थपरक चित्रण अछि । जिद्दीक आओर कथामे से हो उठाएल गेल विषय वहुत यर्थार्थपरक अछि । एहि संग्रहक कथा पढलाक बाद हमरा लागल जे इ त अपने अडोसपडोसक काका, काकी, भाइ, वहिन, दाइ, आ बाबाक जीवनक चित्रण अछि । मनमे स्वाभाविक रुपसँ एकटा आवाज अवैत छल, ‘ एहन  फलानाकसंग से हो भेल छल, फलानाके स्वभाव त ठिके एहिना छैक’ ।

    जिद्दीक विशेषतासभक बात कएल जाए त एहिके प्रत्येक कथामे नारी मुख्य पात्र (एचयतबनयलष्कत) अछि । नारीक चरित्रक विभिन्न रंगक एहिमे प्रस्तुति कएलगेल अछि । पिंकी आदर्श जीवनसाथीक उदाहरण छथि त साधना एक लापरवाह गृहिणीके । गिन्नी अप्पन लक्ष्यसँ भटकल युवतीक प्रतिनिधि छथि त ममता कल्पनाक पङ्ख लगाबिकऽ उडान करनिहार स्वप्नप्रेमी महिलाक । निमाक पत्नीव्रताक ढोंग आ लालचि चरित्र पाठकक मन सिहोरि दैत अछि त कामनी मैडमक ममत्व करुणाक भाव जगबैत अछि । एहिसँ इ अनुभव होएत अछि जे अप्पन समाजमे बहुतरास महिला छथि जे अप्पन घरसंसार सम्हारिकऽ रहल छथि आ तेहनो महिला छथि जे कोनो नै कोनो कारणसँ अप्पन जीवनक माला समेटिकऽ नहि राखऽ सकल छथि । कथाकार झा एक ख्भचकबतष्भि (बहुमुखी) सर्जक छथि एहि बातक प्रमाण से हो एहिसँ भेट जाइत अछि ।

    एक पाठकक नजरसँ देखि त जिद्दी कथा संग्रह पढलाक बाद हमरा एक रोमान्चकारी साहित्यिक यात्राक स्वाद भेटल जाहिमे अप्पन मिथिलाञ्चलक घरघरके कहानी वहुत कुशलतापूर्वक कथाकार झा प्रस्तुत कयने छथि । हुनकर आगामी कृतिक प्रतिक्षा करैत हुनका जिद्दीक लेल बधाइ दैत छी, संगैह हुनकर आगामी रचना सभकलेल शुभकामना दैत छी ।



    प्रसुन सिंह

    महोत्तरी

    प्रधानमन्त्रीको कार्यक्रम संचारकर्मीद्वारा वहिष्कार मधेश र मधेशीको लागि आफु लाग्ने अध्यक्ष प्रचण्डको भनाई



    संचारकर्मीहरुले नाराबाजी गर्दे

    तस्वीर , नागेन्द्रकुमार कर्ण÷महोत्तरी 




    प्रधानमन्त्रीको कार्यक्रम संचारकर्मीद्वारा वहिष्कार

    मधेश र मधेशीको लागि आफु लाग्ने अध्यक्ष प्रचण्डको भनाई

     महोत्तरी समाचारदाता

    जलेश्वर, माघ १३ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर स्थित रंगशालामा एकीकृत नेकपा माओवादीको प्रथम एकता जिल्ला अधिवेशनको कार्यक्रममा संचारकर्मीलाई प्रवेश निषेध गरेपछि संचारकर्मीहरुले शनिबार कार्यक्रम वहिष्कार गरेको छ ।

    एकिकृत नेकपा माओवादीको जिल्ला अधिवेशनमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष तथा प्रधानमन्त्री डा.बाबुराम भट्टराइ र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश सहितका टोली जलेश्वर पुग्नुभएको थियो ।

    उद्घाट्नस्थलमा छातीमा दण्डहिनताको अन्त्य गर, पत्रकार हत्यारालाई कारवाही गर सहितको पम्पलेट टाँसेर प्रवेश गर्न खोज्दा कार्यक्रमको मुलद्वारमै निषेध गरेका थिए । सो क्रममा संचारकर्मी र सुरक्षाकर्मीबिच १५ मिनेट सम्म धम्साधम्सी भएको थियो । सुरक्षानिकालये माथिको आदेश भन्दै पम्पलेट हटाएर मात्र जानदिने अडान राखेपछि संचारकर्मीले कार्यक्रम नै वहिष्कार गरेको थियो ।

    कार्यक्रमस्थलमा प्रवेश गर्न नपाउँदा संचारकर्मीहरु केहीबेर मूलद्वारमै नाराबाजी गर्दै केहीबेर कार्यक्रम स्थल बाहीर प्रर्दशन  गरेका थिए । नेपाल पत्रकार महासंघका सचिव नागेन्द्रकुमार कर्णको नेतृत्वमा कार्यक्रमस्थलमा प्रवेश गर्न नपाउँदा संचारकर्मीहरु प्रधानमन्त्री भट्टराई ,एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल बिरुद्ध नाराबाजी गरेका थिए ।

    प्रवेश निषेध भएपश्चात नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको बसेको आकस्मिक बैठकले वहिष्कारको निर्णय गरेको थियो ।

    राजधानीबाट महोत्तरीको परिकौली स्थित ब्यारेकमा हेलिकप्टरबाट उत्रनुभएको उहाँहरुलाई जलेश्वरको जिरोमाइलमा प्रतिपक्षी दल नेपाली काँगे्रस, नेकपा एमाले सहितको दलका सयौं कार्यकर्ताहरु प्रधानमन्त्री भट्टराईसहित एकीकृत नेकपा माओवादीका अध्यक्षलगायतका नेतालाई कालो झण्डा देखाएका थिए ।

    यसैबीच एमाओवादीको जिल्ला अधिवेशनलाइ उदघाटन गर्नुहुदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेश र मधेशीको हकहितको लागि आफ्नो पार्टी कटिवद्ध भएको बताउनुभएको छ ।

    कार्यक्रम स्थलमा रहेका एक सहभागीका अनुसार अध्यक्ष प्रचण्डले १० वर्षे जनयुद्ध र मधेश आन्दोलनहरुको उपलब्धिलाई अहिले संस्थागत गर्न नसकिएको बताउनुहुदै नयाँ संविधान निर्माण गरेर मधेश र मधेशीको हक हितको कार्य गरिने बताउनुभएको जनाएको छ । उहाँले संविधानसभाबाटै नयाँ संविधान बनाउने दावी गर्नुभएको थियो ।

    कार्यक्रममा अध्यक्ष प्रचण्डले महोत्तरी जिल्ला विकासको दृष्टिकोणले पछाडि परेको स्विकार्नु हुदैं जलेश्वरमा भौतिक संरचनाका कार्यहरु र जिल्लामा पन्ध्र वर्ष पहिले बन्न लागेको इन्जिनियरिंग कलेजको निर्माण तथा बाढीबाट जोगाउन विशेष प्याकेज ल्याउने आश्वासन समेत दिनुभयो । अध्यक्ष प्रचण्डले मधेशका मसिहा भनेर चिनाउने फोरमहरुको माउ पार्टी एकिकृत माओवादी नै भएको बताउनुहुदै मधेश र मधेशीले देखेको पहिचान सहितको संघियताको सपना एकमात्र आफ्नो पार्टीले पुरा गर्ने दावी समेत गर्नुभएको थियो । अरु दिनको तुलनामा अध्यक्ष प्रचण्डले संयमित भएर र बढी मधेश र मधेशीको हकहितमा बोल्नुभएको सहभागीहरुले बताएका छन् ।

    त्यसैगरी कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराइले एमाओवादी सरकारले कुनै पनि घटनाका दोषीहरुलाई लुकाउने पक्षमा नरहेको स्पष्ट पार्नुहुदैं द्धन्द्धकालका घटनाहरुको निराकरणका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी आयोगकै निर्णय वमोजिम कारवाही प्रक्रियामा जानेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।

    नेपाली जनताले पहिचान सहितको संघीयता र संविधानसभाबाटै नयाँ संविधान पाउने दावी गर्नुहुदै सोका लागि नेपाली जनताले एकपटक पुनः एनेकपा माओवादीलाई आउँदा निर्वाचनमा सहयोग गर्न अपिल गर्नुभएको थियो ।

    उहाँले नयाँ संविधान बनाउन तथा जनतालाई विभिन्न वाधा व्यवधानहरुबाट मुक्ति दिलाउन एमाओवादीको सरकार सधै साथ रहेको भन्नुहुदै जनताले पनि त्यसको लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।

    सोही कार्यक्रममा पार्टी उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले विपक्षीहरुसंग सहमति गर्न तयार रहेको बताउनुहुदै विपक्षीदलहरुलाई अरुको इशारामा नचली आफ्नै बलबुत्तामा आफ्नो समस्या समाधान गर्न एकजुट भएर आउन अनुरोध गर्नुभयो ।

    जिल्ला अधिवेशनको उदघाटन सत्रको अध्यक्षता अधिवेशन संयोजक तुलसी ढुङ्गानाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा एमाओवादी नेता राजेन्द्र साहले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    अधिकारकर्मी बोक्सी आरोपमा पिटिइन् | पूर्व | समाचार | ekantipur.com

    अधिकारकर्मी बोक्सी आरोपमा पिटिइन् | पूर्व | समाचार | ekantipur.com

    आन्दोलन अबको आवश्यकता



    आन्दोलन अबको आवश्यकता

    नागेन्द्रकुमार कर्ण÷महोत्तरी
    माघ २४ गते २०६९ मा नागरिकको पूर्वेलीमा निस्केको

    ‘किस्तीको डुबोया साहिल ने, तुफानो से शिकवा कौन करें,

    यह हालात हैं महराजाओंका नादानों से शिकवा कौन करें ।’

    देशको वर्तमान अवस्था अहिले यस्तै अवस्थाबाट गइरहेको देखिएको छ । ‘जसको लठ्ठी उसको भैसी’ भन्ने कहावत अहिलेको परिवेशमा चरितार्थ भएको छ । शासन सत्ता आफ्नो हातमा भएपछि जे पनि गर्न सकिने अधिनायकवाद हावी हुदै गएको छ । अरुलाई अधिनायकवादको पगरी गुथाउन अभ्यस्त भइसकेका एकिकृत नेकपा माओवादी र उसको नेतृत्वको सरकार आफै अहिले अधिनायकवादमा फसेको देखिएको छ । नगर्नुपर्ने काम भइरहेको छ । पढक्करका पदवी पाउनुभएका वर्तमान प्रधानमन्त्री पनि अहिले ‘पढन त सबैले जानिसके तर के पढनुपर्छ थोरैलाई थाहा छ’ भन्ने भनाई आफ्नैमा लागु गरिरहेका छन् । अहिले वर्तमान सरकारका प्रधानमन्त्रीको रवैया देखेर प्रधानमन्त्री कुनै पार्टीको हुन्छ कि देशको भन्ने प्रश्न ? टडकारो रुपमा सर्वसाधारणबाट सुनिन थालिएको छ । होइन भने प्रधानमन्त्रीको कार्यक्रम वहिष्कार गछौं ? प्रधानमन्त्रीलाई जिल्लामा पस्न दिदैंनौ भन्ने अभिव्यक्ति दैलेखबासीले गरिरहँदा किन प्रधानमन्त्रीले शक्ति प्रर्दशन गरि दैलेख गए ? गएपछि पनि शान्ति सुरक्षा गर्न नसकेको आरोपमा त्यहाँका सुरक्षाप्रमुखलाई किन सरुवा गरे ? आदिइत्यादि प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएर सर्वसाधारणको जिज्ञासा मेटाउनै पर्छ । हो, लोकतन्त्रमा कसैलाई जिल्ला प्रवेश गर्न नदिनु, कार्यक्रम गर्न अवरोध सिर्जना गर्नु, बाटोमा रुखहरु ढालेर अवरुद्ध गर्नु नितान्त गलत हो । शान्तिपूर्ण तरिकाबाट सबैले लोकतन्त्रमा आफ्नो गुनासो, विरोध गर्न पाउछ र पाउनुपनि पर्छ यो सबैको अधिकार पनि हो तर आफ्नो अधिकार माँग्दा अरुको अधिकारको पनि उत्तिकै ख्याल राख्नु लोकतन्त्रको मेरुदण्ड हो । त्यसमा पनि विपक्षीहरुले ध्यान नपुरयाएको यर्थात रहेपनि त्यसमा थप जिद्दी गरेर जान्छु नै भन्ने प्रधानमन्त्रीको हठ पनि नितान्त समायानुकुल कुरा होइन । दैलेखमा प्रधानमन्त्रीको विरोध हुनु, जिल्ला प्रवेशमा रोक लगाउनु प्रधानमन्त्री स्वंयले गरेको कामबाट भएकोले यस्तो स्थितीमा के प्रधानमन्त्री नगएको भए एमाओवादीको कार्यक्रम फिक्का हुन्थ्यो ? के प्रधानमन्त्रीले पार्टीको उपाध्यक्षको हैसियतमा गएको हो वा उहाँ गएकोमा त्यो कार्यक्रम सफल भयो ? यी प्रश्नहरुको वहस आफ्नो ठाउँमा छ तर डा.बाबुराम भट्टराई कुनै पार्टीको उपाध्यक्ष मात्रै होइन देशको एउटा सम्मानीय प्रधानमन्त्री पनि हो भन्ने ख्याल भने नगरेको स्थिती देखिएकै हो । त्यसै कारणले पनि सर्वसाधारण जनताहरु, वुद्धिजीवी, पत्रकार र विपक्षीहरु खनिएको देखिएको छ । प्रधानमन्त्री डा.भट्टराइले दैलेखमा मारिएका पत्रकार डेकेन्द्र राज थापाका हत्यारालाई कारवाही नगर्न निर्देशन दिनुको कारण नै प्रधानमन्त्रीलाई अहिले हरतरहबाट दुर दुर र छी छी भइरहेको छ । सोही कारणले पनि उनले बचेखुचेको छवी गुमाउनु परेको छ । डा.भट्टराइ प्रधानमन्त्री भएपछि देशको अवस्था सुध्रेलान् भनेर आर्शिवचन दिने जनताहरु नै अहिले प्रधानमन्त्रीलाई कुर्सी छोडन् दवाव दिइरहेका छन् । नेपाली जनताको ठुलो आड, भरोसा पाएका भट्टराइले प्रधानमन्त्री बने लगत्तै मुस्ताङ्ग गाडी चढेर जनताको थप विश्वास जित्न सफल भए । तर त्यसपछि एक पछि अर्को गर्दे नराम्रो कामको सुचि बनाउन थालेका भट्टराइले पुनः शान्ति प्रक्रिया जस्तो जटिल कामलाई हल गरेर आफ्नो खस्कन लागेको छवि बचाए । जनताले राजनेताको छवि देखेको भट्टराइले आफ्नै कारणले त्यो छवि गुमाउनु परेको हो । कानुन अनुसार गएको भए नेपालमा उनको स्थान इतिहासमा नै राम्रोको रुपमा गनिने थियो । जसरी अर्थमन्त्री भएका बेला उनले गरेका थुप्रै कामहरुको प्रशंसा भएको थियो । तर आफ्नो र पार्टीको मात्रै इशारामा चलेका कारणले उनले सबै प्रशंसालाई एकछिनको विश्वास जित्न गरेको नौटंकी मात्र भएको बुझिएको छ । उनको कुर्सी मोहले पनि त्यसै बयान गरेको हो । यदि त्यसो होइन भने भट्टराइले कुर्सी छाडेर माँर्ग प्रशस्त गर्नुपर्दछ ।

    जनयुद्धकालमा मिडिया र मिडियाकर्मीहरुकै कारण ज्यान जोगाउन सफल रहेका डा. भट्टराइले यो कुरा कसरी विर्सेर पत्रकार हत्यारालाई कारवाही नगर्न निर्देशन दिए त्यो बुझन सकिएन । उपकार गर्नेलाई उपकार गरेरै भएपनि ऋण तिर्न सकिने हिन्दु मान्यतालाई पनि आत्मसात नगरी कारवाही नगर्न दिएको निर्देशनले नै उनको जगहँसाइ भएको हो । डा.भट्टराइको सोही जगँहसाइले अहिले देश आन्दोलनमय बनेको छ । प्रतिपक्षी होऊन अथवा पत्रकारीता क्षेत्र सबै अहिले आन्दोलनमा उत्रेका छन् भने सत्तापक्ष पनि आफ्नै तालमा पार्टीको महाधिवेशन भन्दै आन्दोलनमा उत्रेको गप्प हाँकिरहेका छन् । तर, जेसुकै भएपनि अहिलेको अवस्थामा आन्दोलनको विकल्प नभएको सत्य जगजाहेर नै छ । तर विडम्बना अहिलेको यो आन्दोलनलाई कसैले पनि शुरुवात गरेको देखिदैन् । प्रतिपक्षीको आन्दोलन त सत्तामुखी मात्र छ । अहिलेको आन्दोलन त संविधान निर्माणको लागि हुनुपर्नेमा सत्ता सुखभोगको लागि भएको कारणले पनि जनता अहिलेसम्म सडकमा आएको देखिदैंन् । तसर्थ अहिलेको माँग नै आन्दोलन भएकोले आन्दोलनलाई अगाडी बढाउन जरुरी छ भने समय छँदै डा. भट्टराइले आफ्नोलागि भएपनि सोच्नैपर्ने आवश्यकता रहेको छ ।

    अधिकांश वृद्धा आफ्नै सन्तानबाट पीडित | मध्य | समाचार | ekantipur.com Janakpur news

    अधिकांश वृद्धा आफ्नै सन्तानबाट पीडित | मध्य | समाचार | ekantipur.com

    Monday, February 4, 2013

    Mahottari journos barred from PM's function MYREPUBLICA.com - News in Nepal: Fast, Full & Factual, POLITICAL AFFAIRS, BUSINESS & ECONOMY, SOCIAL AFFAIRS, LIFESTYLE, SPORTS, OPINION, INTERVIEW, INTERNATIONAL, THE WEEK news in English in Nepal

    Mahottari journos barred from PM's function MYREPUBLICA.com - News in Nepal: Fast, Full & Factual, POLITICAL AFFAIRS, BUSINESS & ECONOMY, SOCIAL AFFAIRS, LIFESTYLE, SPORTS, OPINION, INTERVIEW, INTERNATIONAL, THE WEEK news in English in Nepal

    टेलिकमका बिभिन्न सेवामा छुट :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

    टेलिकमका बिभिन्न सेवामा छुट :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

    नरिवलको पानी पिउनुका फाइदै फाइदा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

    नरिवलको पानी पिउनुका फाइदै फाइदा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

    Saturday, February 2, 2013

    महिलाले लुकाउने पाँच कुरा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

    महिलाले लुकाउने पाँच कुरा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

    लसुन खानुका फाइदा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

    लसुन खानुका फाइदा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

    पाँच आदत जसले तपाइँलाई बर्बाद पार्छन् :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

    पाँच आदत जसले तपाइँलाई बर्बाद पार्छन् :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

    हेटौंडा महाधिवेशनका ६ महत्त्व | विचार/विश्‍लेषण | ekantipur.com

    हेटौंडा महाधिवेशनका ६ महत्त्व | विचार/विश्‍लेषण | ekantipur.com