लामो समयसम्म पूर्पक्षका लागि बन्दीहरु कारागारमा Barel suga

लामो समयसम्म पूर्पक्षका लागि बन्दीहरु कारागारमा महोत्तरी समाचारदाता जलेश्वर, कार्तिक १३ गते 2068 अदालतका ढिलासुस्ती सहित विभिन्न कारणहरुले गर्दा लामो समय सम्म बन्दीहरुलाई पूर्पक्षका लागि कारागारमा बस्नुपर्ने वाध्यता रहेको छ । जसका कारण एकातर्फ उनीहरुमा न्यायको आशा समेत मरिसकेको छ भने कारागारमा समेत कोचिनुपर्ने वाध्यता रहेको छ । धनुषा र महोत्तरीका लागि रहेको एक मात्र कारागार जलेश्वर कारागारमा ३६९ कैदीबन्दी मध्ये अहिले २५७ जना कैदी पूर्पक्षको लागि रहेको छ । कैदीवन्दीहरु मध्ये कतिपय ६ वर्षदेखि पनि कारागारमै पूर्पक्षका लागि रहेका छन । मुलुकी ऐन अदालती वन्दोवस्तीको १४ नं. मा भएको कानुनी व्यवस्था अनुसार शुरु मुद्दा पैmसला गर्दा प्रतिवादी परेको वा पर्ने अवस्था पुगेको मितिबाट १ वर्ष भित्र पैmसला गर्नुपर्दछ उल्लेख छ तर महोत्तरी कारागारमा २०६३ सालदेखि १ जना, २०६४ सालदेखि ७ जना, २०६५ साल देखि १६ जना, ०६६ सालदेखि २६ जना र २०६७ असोज देखि यता सम्मको ८८ जना बन्दीहरु पूर्पक्षका लागि कारागारमा रहेका छन् । धनुषा सखुवा महेन्द्रनगर–३ बस्ने अमरनाथ सोनार विगत ६ वर्षदेखि डाँका तथा ज्यानमार्ने उद्योग अन्तर्गत जलेश्वर कारागारमा पूर्पक्षकै क्रममा रहेका छन् । उनी २०६३÷१०÷१८ गते देखि जलेश्वर कारागारमा पूर्पक्षकै क्रममा रहेको महोत्तरी कारागारका जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो । जेलर ठाकुरले पूर्पक्षमा रहेकाहरुको संख्या बढी रहेको कारण कारागारमा बन्दीहरुलाई खान, वस्न समेत अप्ठयारो हुने गरेको बताउनुभयो । बैतडी जिल्लाको पुरचौडीहाट–९ स्थायी ठेगाना भई जनकपुर चुरोट कारखाना लिमिटेडका निर्देशक मदन बहादुर बमको जाहेरीको आधारमा उनलाई अहिले सम्म पूर्पक्षकै लागि राखिएको छ । स्मरणीय के छ भने ति मुद्दामा उनीसंगै अभियुक्त रहेका ५ जनाले सफाई पाइसकेका छन् भने एकजना अहिले जलेश्वर कारागारमै सजाय भोगिरहेका छन् । सोही मुद्दामा पक्राउ परेका सखुवा महेन्द्रनगरका विकरु भन्ने कृष्ण पुर्वेलाई ६ वर्षको कैद र १ लाख १४ हजार ७ सय २४ पचास पैसाको सजाय भइसकेको छ । पूर्पक्षकै क्रममा रहेका सोनारको समेत पैmसला भइसकेको तर उनको कैदीपूँजी आएको छैन् । सोनारले जिल्ला अदालत जनकपुरले २०६६ असार ३० गते नै फैसला गरिसकेको तर अहिले सम्म कैदीपूँजी नपठाएको जानकारी दिनुभयो । जिल्ला न्यायधिश शिव नारायण यादवको एकल इजलाशले गरेको पैmसलामा, ‘अमरनाथ साह र विकरु भन्ने कृष्ण पूर्वे डाका वारदातमा संलग्न रहेको अदालतको साविति वयान र वरामदी मुचुल्काबाट देखिँदा वरामद सामग्रीको मोल रु.७६,४८३ ।– को धनमाल आरोपित कसुर गरेको ठहरी चोरीको १४ (४) बमोजिम जनही ६ वर्ष कैद र विगोको डेढो जरिवाना हुनेछ’ उल्लेख छ’ । फैसला अनुसार कृष्ण पुर्वे र अमरनाथ सोनारको सजाय बराबर रहेको छ तर पैmसलाको दुई महिना पछि नै पुर्वेको कैदी पूँजी आए पनि सोनारको अहिले सम्म आएको छैन् । कैदीपूँजी नआए सम्म कारागारले कैदी बन्दीलाई पूर्पक्षकै लागि रहेको मान्ने गरेको जेलर शोभेन्द्र ठाकुरले जानकारी दिनुभयो । उहाँले सो पूँजीमै उनलाई कहिले सम्म कारागारमा राख्नुपर्ने हो सो उल्लेख रहने गरेको बताउनुभयो । त्यस्तै कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका महोत्तरी सुन्दरपुरका तिनजना २०६४÷३÷२६ देखि पूर्पक्षकै क्रममा कारागारमा रहेको छ । सुन्दरपुर–९ बस्ने कैलाश मण्डललाई २०६४÷२÷२३ मा हत्या गरेको आरोप लगाउँदै मृतकका भाई विश्वेश्वर मंडलले १० माथि मुद्दा दिएका थिए । मुद्दा दिएका १० जना मध्ये ७ जना तारिखमा रहेका छन् भने ३ जना थुनामा रहेका छन् । सुन्दरपुर–९ का रामदुलार राय यादव, रामनन्दन राय यादव र विरेन्द्र राय यादव अहिले थुनामा रहेका छन् । त्यस्तैगरी बेलगाछी ६ का कारी साह र मंगलराणा मगर २०६४÷१०÷१७ गतेदेखि पूर्पक्षकै क्रममा कारागारमा रहेको छ । ०६४÷९÷२० गते बर्दिवास ३ बस्ने हरि प्रसाद चौलागाई सहित दुई जना जंगलमा गएको बेला अज्ञात समुहको गोली प्रहारबाट उनको मृत्यु भएको थियो भने एकजना घाइते हुन पुगेका थिए । सोही घटनामा दुई जना सहित ६ जनालाई प्रतिवादी बनाइएको थियो । जसमध्ये ४ जना अहिले सम्म फरार रहेको छ । दुवैजनालाई सोही राति प्रहरीले सोही जंगलबाट नलकटुवा १ थान, एसएलआरको गोली ३ थान र खोका १ थान सहित पक्राउ गरिएको थियो । उनीहरुलाई कर्तव्यज्यान, ज्यानमार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दा चलाइएको छ । नेपाल बार एशोसिएशन महोत्तरीका उपाध्यक्ष विकरु यादवले अदालतको तामेली प्रक्रिया दु्रत गतीमा नभएका कारणले समेत पैmसला हुन समय लाग्ने गरेको र यसले पनि पूर्पक्षमा राख्न बढी समय लागेको बताउनुभयो । उहाँले कैद माँग दावी गरे भन्दा बढी समय पूर्पक्षको लागि नराखिनुपर्ने वताउनुहुदै पूर्पक्षमा बस्नुपर्ने थुप्रै कारणहरु रहेको बताउनुभयो । उहाँले अदालतको कार्यप्रणाली, न्यायधिश, वकिल, सरकारी वकिल, तामेली प्रक्रिया दु्रत गतीमा नहुनु लगायतका कारणहरुले बन्दीहरुलाई पूर्पक्षमा बढी समय बस्नु परेको बताउनुभयो । यता जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार यामबहादुर बुढामगरले अदालतमा कर्मचारी अभावको कारण केही समस्या देखिए पनि समग्र रुपमा हेर्दा अदालतकै ढिलासुस्तीले गर्दा पूर्पक्षमा बढी समय बस्नु परिरहेको भन्न नमिल्ने जानकारी दिनुभयो । उहाँले अहिले जिल्ला अदालत महोत्तरीमा ६३ वटा दरबन्दीमा ५२ वटा मात्रै रहेको जानकारी दिनुभयो । उहाँले वादी वा प्रतिवादीले एउटा मुद्दामा ३–३ पल्ट पेश्की हटाउन पाइने नियमका कारण समेत समय बढी लिएको बताउनुहुदै मुद्दामा बढी मान्छे हुनु, प्रहरीले अनुसन्धानमा ढिलासुस्ती गर्नु, मान्छे समयमा नआउनु, म्याद तामेलीको क्रममा गाविस सचिव र स्थानीयको सहयोग नभेटनु र पैmसलाको अन्तिम समयमा आएर वकिलले प्रतिवादी तर्फ एउटा अर्को मुद्दा लगाउनु पनि बढी समय लिएको श्रेस्तेदार बुढामगरको भनाई थियो । उहाँले कर्तव्य ज्यान, ज्यानमुद्दा, ज्यानमार्ने उद्योग, शरिर बन्धक लगायतमा अभियोगपत्र दर्ता भएपछि ७० दिने वारेन्ट सहितको म्याद जारी गरिन्छ भने ३० दिन म्याद थाम्ने र सरकारी मुद्दा सम्बन्धी दफा ऐन २६ वमोजिम पुनः ३० दिन गरी १३० दिन त म्याद जारीकै हुने बताउनुहुदै त्यसपछिका अदालती प्रक्रियाहरुले ढिलो हुने गरेको बताउनुभयो । नेपाल बार एशोसिएशन महोत्तरीका सचिव प्रमोद कुमार साहले अब नयाँ संविधान बनिरहेको परिप्रेक्ष्यमा अदालतमा समेत केही कुराहरुलाई संशोधन गरिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले कुनै पनि अनुसन्धानको क्रममा पक्राउ परिसकेकाहरुलाई चाँडै नै न्याय दिलाउने गरी अदालतले आफ्नो प्रक्रियामा सुधार गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । साहले फौजदारी मुद्दामा पक्राउ परेकाहरुलाई यति समय भित्र मुद्दा छिनोफानो गर्ने भनेर एउटा नियम बनाउनुपर्छ र यदि कुनै कारणवश त्यो समय लम्बिन सक्छ भने त्यसलाई साधारण तारेखमा राखेर मुद्दालाई अगाडी बढाउन सकिने बताउनुभयो । त्यस्तै अर्का अधिवक्ता विकरु यादवले कोही कुनै पनि मुद्दामा पूर्पक्षको क्रममा कारागारमा बस्छ र पछि अदालतले उनलाई सफाई दिन्छ भने त्यसको हकमा उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै अदालतले आफ्नो म्याद तामेलीको प्रक्रियालाई पनि ढिलासुस्ती नगरी द्रुतसेवाको बनाउनुपर्ने लगायतका कुराहरुलाई अब आउने संविधानमा संशोधन गरिनुपर्ने यादवले तर्क राख्नुभयो । यता सदरमुकाम जलेश्वर स्थित मानव अधिकार संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष मदनकुमार झाले बढी समय पूर्पक्षमै बस्नुपर्दा न्यायबाट आशा मर्ने बताउनुहुदै नयाँ संविधान बनिरहेको सन्दर्भमा यस्ता कुराहरुलाई संशोधन गरी अगाडी बढनुपर्ने बताउनुभयो । सरकारले विभिन्न अवसरहरुमा कारागारमा सजाय काटिरहेका मध्ये ५० प्रतिशत सजाय काटिरहेका मध्येबाट कारागार प्रशासनले सिफारिस गरेका कैदीहरुलाई रिहा गर्ने गरेका छन् । जिल्ला अदालत महोत्तरीमा अहिले ५० प्रतिशत सजाय काटिसकेकाको संख्या २७ रहेका छन् । जसमध्ये कतिपय ९१ प्रतिशत सजाय समेत काटिसकेको अवस्थामा रहेको छ तर पनि सरकारले उनीहरुलाई रिहा गर्ने नगरेको कारागार प्रशासनले जनाएको छ । यस वर्ष विजयादशमीको अवसरमा सरकारले जलेश्वर कारागारबाट तिनकैदीलाई रिहा गरेको जनाइएको छ ।

मधेशमा हिंसा, स्वरुप मात्रै फरक Barel suga

मधेशमा हिंसा, स्वरुप मात्रै फरक नागेन्द्रकुमार कर्ण÷महोत्तरी एमाओवादीको १० वर्षे जनयुद्धको त्रासदी मधेशमा अद्यापी छँदैछ । त्यसको स्वरुपमा मात्रै केही परिवर्तन आएको छ । १० वर्षे जनयुद्धमा नै मधेश आन्दोलनको विजारोपण भइसकेको कारणले पनि त्यसको असर हुनुपर्दछ । सो जनयुद्धमा नै मधेशका सपुतहरुले नेपालमा मधेशको भूभाग रहेको अवगत गराएकै हुन्, तर त्यो कुरा खसशासकहरुले नबुझेकै कारण जनयुद्धको विभिषिकाबाट मधेशले पार पाउन नसकेको हो । जनयुद्ध अगाडी नै नेपालका सपुतहरुले सदभावना पार्टीको नाममा त्यस्को हुँकार गराएकै हुन् । त्यो भन्दा पहिलाको स्थित के थियो, कस्तो थियो, त्यो भन्नै पर्देन् सबैले बुझेकै कुरा हुन् । १०४ वर्षे जहाँनिया राणाशासन होउन वा १२० वर्षे शाहीशासन होउन सबैमा मधेशको उपेक्षा गरिएको सबैलाई अवगत नै छ । मधेशलाई भारतको एक भूभाग ठान्ने मानसिकताबाट ग्रस्त तत्कालिन शासकहरुलाई १० वर्षे जनयुद्धका बाछिटाबाट निस्केका मधेश आन्दोलन र त्यसपछिको अवस्थाले मधेशको स्थितीलाई छर्लङ्ग पारेको छ । यदि त्यस्तो नभएको भए मधेश आन्दोलनको जरुरत हुन्थ्यो जस्तो लाग्दैन् । तर असह्य भए पछि वा मान्छे पौडिन नजाने पनि डुब्न थालेपछि हातखुट्टा चलाए झै मधेश अब चलायमान भएको छ । तर अहिले पनि यसलाई लक्ष्यमा पुग्न थुप्रै घुम्ती र मोडहरु पार गरेर जानुपर्ने वाध्यता रहेको छ र त्यो कुनै जादुको छडीबाट तुरुन्तै हुन्छ भन्ने सम्भव पनि छैन । तर अब यो एक न एक दिन लक्ष्यमा पुग्छ भन्ने कुरामा अब कुनै शंका छैन् । मात्रै आफ्नो लक्ष्यलाई स्पष्ट र अगाडी बढनुपर्ने युवा जमातको आवश्यकता छ । मधेश आन्दोलन पश्चात भएको संविधानसभा चुनावले मधेशवादीदलहरुलाई नेपालको चौथौ शक्तिको रुपमा उदय गराएको यर्थातता यसैको परिणाम हो भन्ने कुरा कसैबाट लुकेको छैन् । तर त्यो यर्थाततालाई पचाउन नसकेका हाम्रा मधेशका मसिहाहरु अहिले पनि आफ्नै ढोल र पिपही (डम्फा) बजाउन मस्त छन् । अहिले नै ति मधेशका मसिहाहरुले नचेत्ने हो भने एक हुँकारमै राजतन्त्र फालिए झै उनीहरुको पनि दशा तय हुने निश्चित छ । १० वर्षे जनयुद्ध र मधेश आन्दोलन पश्चात मधेशमा आफ्नो अधिकारको लागि थुप्रैको हत्या गरियो, अपहरण गरियो, अंगभंग गरियो । मधेशको अधिकार दिलाउन झण्डै दश दर्जन भन्दा बढी समूह त्यो पनि सशस्त्र बने, निशस्त्रको त कुनै लेखाजोखा नै छैन् । सबैले आफुलाई राजनीतिक अधिकारको लागि लडाई लडिरहेको बताउँदै आएको छ तर त्यसको आडमा दशवर्षे जनयुद्धमा आफ्नो शत्रुलाई सुराकीको आधारमा, शत्रुलाई सहयोग गरेको आरोपमा मुला काटे झै मार्ने प्रवृत्ति भने कायमै छ । तराईका सोझासाझा युवाहरु अहिले आफ्नो आवश्यकता पूर्ति गर्न, आफुलाई फेसनेवल देखाउन यस्ता अपराधमा बढी लिप्त भएको देखिएको छ । बढदो बेरोजगारी, अशिक्षा, ओरालो लाग्दो कृषिकेन्द्रित अर्थतन्त्र, प्रविधिले सामाजिक जीवनमा भित्रयाएको शान, सौकत र त्यसको सिको गर्ने युवा जमात, आर्थिक, राजनीतिकदलहरुको उपस्थिती कमजोर, बढदो बेरोजगारी समस्या, खुला सिमाना लगायतका कारणहरुले गर्दा अहिले तराई अपराधभूमिको रुपमा परिणत भएको छ । हिंसामा दिन प्रतिदिन बढोत्तरी हुदै गएको देखिन्छ । केही दिन सम्म शान्त हुने हिंसा केही दिन पछि हवात्तै बढने प्रवृत्ति छ । हिंसाका कारण जे सुकै भएपनि यसलाई कुनै पनि बहानामा क्षमादान गर्नु नितान्त गलत हो र यसलाई क्षमादान गर्नुभनेको पुनः विपत्तिलाई निम्त्याउनु हो । तसर्थ यसतर्फ ध्यान दिइनु नितान्त आवश्यक छ । लोकतान्त्रिक स्वतन्त्रता तथा मानवअधिकार संस्था (डिफ्री)ले २०६८ जेठमा सार्वजनिक गरेको तराईमा व्याप्त हत्याको शृङ्खला अद्यावधिक प्रतिवेदनले संविधानसभा निर्वाचनपश्चात २०६४ चैत देखि २०६७ साल जेठ सम्ममा तराईमा २ सय ८१ जना व्यक्तिको गैरन्यायिक हत्या भएको देखाएको छ । यो तथ्याँकले पनि हामीलाई मधेशको स्थिती र मधेशको हिंसा बारे बुझन काफी छ । दिनहुँ छापा माध्यम लगायत विभिन्न संचारमाध्यमहरुमा हत्या, अपहरण, बलात्कार जस्ता घटनाहरुको फेहरिस्त पढन सकिन्छ । त्यत्तिकै मात्र होइन अहिले तराईमा त मानवीयता समेत हराउदै गएको देख्न सकिन्छ । पैसाकै लागि आफन्तको अपहरण गर्ने, मार्ने, घाँटी छिनालेर शव नै गायब बनाउने जस्ता आश्चर्यचकित पार्ने खालका कृकृत्यहरु भइरहेको छ । यसले त तराई मुक्ति र मधेश मुक्तिका नाममा आफुलाई उभ्याएका समुहहरुलाई समेत ओझेलमा पारिदिएको छ । समूहहरु त फगतः पैसाको लोभमा परि अपहरण गर्ने, वार्गेनिङ गर्ने र छाडने गरेका छन् । अन्तिम अवस्थामा आएर मात्रै ज्यान लिने परिपाटी उनीहरुमा छ तर अहिलेको अवस्थालाई हेर्ने हो भने कसमाथि विश्वास गर्ने, कल्लाई आफ्नो संरक्षक ठान्ने ? प्रश्न समेत खडा भएको छ । जसको छायाँमा हुर्कुर्ने पर्ने हो , जसबाट आफुलाई सुरक्षित ठान्ने हो, तिनीहरुबाट नै कुन बेला कहाँ पासोमा पारिन्छ थाहै हुँदैन् । अहिले त के दाई, के भाई, के वुवा, के आमा, के इष्टमित्र, के आफन्त, के लोग्ने, के स्वास्नी सबै त्यस्तै देखिन्छ ? वर्षो आफ्नो पसिना र खुन चुसाएर हुर्काएकालाइ एक निमेषमै आफ्नो अलिकति स्वार्थको कारण मानवीयता विर्सेर मारिनु आम भै सकेको छ । जन्मनुपूर्व देखि नै गर्भमै रहेको अवस्थादेखि मानवअधिकार लागु हुन्छ भनिन्छ तर जन्मदैं त्यसलाई कुनै इनारमा फालिन्छ त कुनै उखुवारीमा । यहाँ कुनै पनि मानवअधिकारले काम गरेको भेटिदैन् । यस्तो अवस्थाको दोषी को हो त ? अब गम्भीर हुनुपर्ने बेला आएको छ । लोकतन्त्रको नाउँमा छाडातन्त्रको विगविगी भएको कारण र कानुनको कार्यान्वयन नहुने गरेका कारणले पनि यो भूमि अपराधिकरणको लागि मौलाएको हो । मार्नु जस्तो सस्तो यहाँ केही छैन् । यहाँ कसैको जिवनको मुल्य पाँच सय भन्दा माथि छैन् । भाग्य बलियो छ भने एक दुई पटक बच्न सकिएला तर अन्ततः कथा त्यही पाँच सयमा आएर टुङिन्छ । राज्यको नीति बनाउन गएका हाम्रा राजनीतिकदलका नेताहरु तथा मसिहाहरु आफै यस्मा लिप्त छन् भने आम मान्छेको के भरोसा गर्नु ? तसर्थ अब पनि यसप्रति गम्भीर नहुने हो भने मधेशको अस्तित्व खतरामा पर्ने निश्चित छ । सबै जागौं, सोचौं र गम्भिरपूर्वक यो समस्याको समाधान गरौं र अपराधीलाई कानुनको दायरामा ल्याऔं ।