आयआर्जनको लागि अभिभावकहरुलाई सहयोग
महोत्तरी समाचारदाता
जलेश्वर, मङसिर २७ गते । अभिभावकको अभावमा बालबालिकाको पठनपाठनमा अवरोध नहोस भन्ने अभिप्रायले जिल्लाको जलेश्वर नगरपालिकाका पाँच अभिभावकलाई आयआर्जनको सामग्री वितरण गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सामुदायिक परिवार कल्याण संघ महोत्तरीको सहजिकरणमा संचालित विद्यालय तथा समुदायमा बाल संरक्षण परियोजना अन्तर्गत यस्तो सहयोग गरिएको संस्थाका सामुदायिक परिचालक मनोजकुमार साहले बताउनुभयो ।
जलेश्वर नगरपालिका वडानं. २ का वडाध्यक्ष बरुणकुमार दाहालले वडा कार्यालयमा सबै अभिभावकहरुलाई बोलाएर उहाँहरुले रोज्नुभएको आयआर्जनको सिप सामग्रीहरु वितरण गर्नुभयो ।
जलेश्वर नगरपालिका वडानं. १ का जुही चौधरीलाई सिलाई मेशिन, वडानं. २ का ममता मुखिया र पिंकी साहलाई किराना पसलको सामग्री, शिला देवी साह र कमलेशिया देवी साहलाई मुरही,कचरीको व्यापारको सामग्री वितरण गरिएको हो । वडाध्यक्ष दाहालले भन्नुभयो,‘उहाँहरुकै सिप र ईच्छाको आधारमा सो आयआर्जनको सामग्री वितरण गरिएको हो ।’
सामग्री वितरणपश्चात उहाँले अभिभावक अभावमा कुनै पनि बालबालिका शिक्षा, दिक्षाबाट बन्चित नहोस् भन्ने चाहनाको आधारमै आयआर्जनको सामग्री दिइएको बताउनुहुदै उहाँले अभिभावकहरुलाई आयआर्जनको लागि आफुहरुले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
वडा संरक्षण समितिका सचिव राजेश्वर ठाकुरले संस्थाले अभिभावकविहिन बालबालिकाको संरक्षणको लागि गरेको पहलको प्रशंसा गर्नुहुदै यी कार्यक्रमको निरन्तरताको कामना गर्नुभयो ।
फोटो क्याप्सन ः अभिभावकहरुलाई आयआर्जनको सहयोग प्रदान गर्नुहुदै वडाध्यक्ष वरुण दाहाल ।
तस्विर ः नागेन्द्रकुमार कर्ण, महोत्तरी समाचारदाता