तस्विरसहितको मतदाता नामावली संकलन विशेष अभियान शुरु
महोत्तरी समाचारदाता
जलेश्वर, चैत १५ गते । जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जिल्लाको विभिन्न गाउँ विकास समिति र नगरपालिकाहरुमा तस्विरसहितको मतदाता नामावली सङ्कलन कार्यअन्तर्गत विशेष अभियान शुरु गरेको छ ।
अभियानमा विगतमा सङ्कलन कार्यमा छुटभएकाहरुका थप्ने व्यवस्था गरिएको तथा नामावलीमा भएको त्रुटी सच्याउन सकिने जिल्ला निर्वाचन अधिकारी पिंकी रायले जानकारी दिनुभयो । उहाँले यसको लागि जिल्लाको ७२ दर्तास्थल कायम गरिएको बताउनुहुदै यी दर्तास्थलमा मतदाता नामावली सङ्कलन गरिने वताउनुभयो ।
उहाँले विसं. २०६७ देखि तस्विरसहितको मतदाता परिचयपत्र बनाउने अभियान शुरु भएयता महोत्तरीमा ८० प्रतिशतले तस्विरसहितको मतदाता नामावलीमा नाम लेखाईसकेको बताउनुभयो । उहाँले अहिलेसम्म २ लाख ९१ ह्जार ८ सय १५ जना मतदाता भइसकेको बताउनुहुदै उनीहरुको तस्विर सहितको मतदाता नामावलीमा नाम लेखाइसकिएको स्पष्ट गर्नुभयो ।
अधिकारी रायले जिल्लाको विभिन्न गाविस तथा नगरपालिकाहरुमा विशेष अभियान अन्तर्गत टोली परिचालन गरिसकिएको जानकारी दिनुहुदै मतदाता दर्ता नामावलीमा नामदर्ता गर्न छुटेकाहरुलाई यसमा समावेश गराई मताधिकार सुरक्षित गराउन उद्देश्यले जिल्लाको ७२ ठाउँमा दुई दिने शिविर आयोजना गरिएको बताउनुभयो ।
उहाँले यसको लागि सहायक नामदर्ता अधिकारी, दर्ता कर्मचारी, सहायक दर्ता कर्मचारी, निर्वाचन शिक्षा कार्यकर्ता, दर्तास्थल सहयोगी र सुरक्षाकर्मी समेत परिचालन गरिसकिएको जानकारी दिनुहुदै जिल्लामा चैत्र १२ गतेदेखि नै टोली गाउँमा प्रवेश गरिसकेको वताउनुभयो ।
निर्वाचन अधिकारी रायले १६ वर्ष र सोभन्दा माथिको जनसंख्या जिल्लामा ३ लाख ६५ हजार ९९ रहेको जानकारी दिनुहुदै २५ प्रतिशत अहिले पनि मतदाता हुनबाट बन्चित रहेको देखिएकोले यसको लागि टोली परिचालन गरिएको बताउनुभयो ।
अधिकारी रायले विभिन्न राजनीतिकदललाई यो काममा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । त्यसैगरी प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले मतदाता नामावलीमा छुट भएकाहरुले नाम दर्ता गराउनुका साथसाथै मृत्यु भएका वा बसाईसराई गरेर गएकाहरुको नाम सच्याउन समेत दलहरुले मुख्य भूमिका खेल्नुपर्ने बताउनुहुदै गाउँ कमिटिका पदाधिकारीहरुलाई यसमा परिचालन गरिदिन आग्रह गर्नुभएको छ ।
यसैबीच, जिल्लाको १० गाउँ विकास समितिमा इन्टरनेशनल फाउण्डेशन अफ इलेक्टोरल सिस्टमस् नेपालको सहयोगमा बागमत्ती सेवा समाज हरिवनले समेत मतदाता शिक्षा तथा मतदाता नामावली संकलन र नेपाली नागरिकता प्रमाणपत्रमा सहयोग कार्यक्रम शुरु गरेको छ ।
जिल्लाको नैन्ही, कोल्हुवावगेया, एकडाराबेला, सिस्वाकटैया, डाम्हीमडै, पोखरभिण्डा संग्रामपुर, लक्ष्मीनीया वैरगिया, बसविट्टी, सम्सी र पर्सादेवाड गाविसमा यो कार्यक्रम शुरु गरिएको जानकारी दिनुहुदै परियोजनाका पोग्राम कोर्डिनेटर सरिता साहले यो कार्यक्रमले पनि मतदाता नामावलीमा छुट भएकाहरुको मताधिकार सुरक्षित हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी यो अभियानमा बढी भन्दा बढी अपाँग, महिला, दलित, पिछिडिएको वर्ग, युवाहरुको सहभागिता होस् भन्ने चाहन्छौ र त्यसै अनुसार महोत्तरीसहित धनुषा, सर्लाही, सिन्धुली र बारामा यो कार्यक्रम लागु गरेर काम गरिरहेका छौं ।’