الأحد، 31 أغسطس 2025

एसईई परिक्षामा उत्तिर्ण छात्राहरुलाई साइकल वितरण


महोत्तरी समाचारदाता महोत्तरी, भदौ १५ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयबाट यसवर्ष एसईई परिक्षामा पास भएका छात्राहरुलाई आइतबार एक कार्यक्रमबीच साइकल वितरण गरिएको छ ।

الخميس، 28 أغسطس 2025

छात्राहरुलाई साइकल दिइयो




महोत्तरी समाचारदाता

महोत्तरी, भदौ १२ गते । छात्राहरुलाई उच्च शिक्षामा पहुँच बढाउन तथा नियमित पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले जिल्लाको मटिहानी नगरपालिकाले छात्राहरुलाई साइकल वितरण गरेको छ ।

मटिहानी नगरपालिकाले आफु अधिनस्त श्रीराम माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत ५८ जना छात्राहरुलाई विद्यालयमा नियमित उपस्थितीको लागि साइकल वितरण गरेको हो । नगरपालिकाको नीति कार्यक्रममा नै छात्राहरुलाई शिक्षामा आकर्षित गर्न उद्देश्यले यस्तो कार्यक्रम राखिएको छ । 

الثلاثاء، 26 أغسطس 2025

चौरचन र तीज पर्वको अवसरमा पालिकाहरुले दिए विदा

निकिता कर्ण महोत्तरी, भदौ ९ गते । मिथिलाञ्चलको प्रसिद्ध पर्व चौरचन पर्व तथा हरितालिका तिजको अवसरमा महोत्तरीका विभिन्न स्थानीय तहहरुले मङ्गलवार स्थानीय विदा दिएका छन् । भदौ १० गते मङ्गलवार मिथिलाञ्चलमा धुमधामका साथ चौरचन तथा हरितालिका तिज मनाइने भएकोले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामध्ये धेरैले स्थानीय विदा दिएको हो ।

الجمعة، 22 أغسطس 2025

ट्राफिक कार्यालय जलेश्वरले श्रावणमा तिनलाखभन्दा बढी राजश्व उठायो

धिरेन्द्र राय

महोत्तरी, भदौ ६ गते ।  ट्राफिक कार्यालय जलेश्वरले श्रावण महिनामा ४३५ वटा सवारीहरुलाई विभिन्न किसिमको जरिवानाबाट तिन लाख ८३ हजार रुपैया राजश्व संकलन गरेको छ ।

भोला तिवारीसहितका व्यक्तिहरु एमालेमा प्रवेश

धिरेन्द्र राय

महोत्तरी, भदौ ६ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ४ सुगाका पूर्व अध्यक्ष भोला तिवारीसहितका व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि एक कार्यक्रमबीच नेकपा एमालेमा प्रवेश गरेका छन् ।

الخميس، 21 أغسطس 2025

अपनी बुराई सुनकर परेशान नहीं होना चाहिए

प्रेरक प्रसंगः


एक लोक कथा के अनुसार पुराने समय में एक संत अपने शिष्य के साथ एक गांव में रुके। कुछ ही दिनों संत की ख्याति आसपास के क्षेत्र में फैल गई। अब उनके प्रवचन सुनने और दर्शन करने के लिए दूर–दूर से लोग आने लगे। ये देखकर उसी गांव का एक अन्य पंडित परेशान हो गया। उसे लगने लगा कि इस संत की वजह से मेरे भक्त कम हो जाएंगे। मेरा जीवन यापन कैसे होगा ?

मिथिलामा यसरी मनाइन्छ तिज

दिदीबहिनी विशेष

विजेता चौधरी

मलाई धेरैले सोध्नुहुन्छ तपाईंहरूमा पनि तिज हुन्छ रु अर्थात् मिथिलामा पनि तिज मनाइन्छ, मिथिलानीहरू पनि तिज व्रत लिनुहुन्छ रु लिनुहुन्छ १ तिजमा शिवपार्वतीको पूजा गरिन्छ र अटल सौभाग्य तथा आरोग्यको कामनासहित व्रत बसिन्छ । खासमा सनातनी हिन्दुहरू जुनसुकै समुदाय, क्षेत्र र भूगोलमा भए पनि प्रायः पर्वत्योहारमा समानता पाइन्छ ।

अस्पताल सुधार्न मुख्यमन्त्री गुहारे जलेश्वरबासी

महोत्तरी समाचारदाता (नागेन्द्रकुमार कर्ण)

महोत्तरी, भदौ ४ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वरको सेवा, सुधार गर्न स्थानीयबासीहरुले मुख्यमन्त्रीलाई गुहारेका छन् । 

जलेश्वर उद्योग वाणिज्य संघको अगुवाईमा वडाध्यक्षसहितका युवाहरुको एक सम्मिलित टोली मुख्यमन्त्री कहाँ पुगेर अस्पताल सुधारको लागि चार वुँदे माँग समेत पेश गर्दै ज्ञापनपत्र बुझाएका छन् । 

الثلاثاء، 19 أغسطس 2025

संस्कृत के श्लोक

1: स्वभावो नोपदेशेन शक्यते कर्तुमन्यथा! सुतप्तमपि पानीयं पुनर्गच्छति शीतताम् !! हिन्दी अर्थ : किसी व्यक्ति को आप चाहे कितनी ही सलाह दे दो किन्तु उसका मूल स्वभाव नहीं बदलता ठीक उसी तरह जैसे ठन्डे पानी को उबालने पर तो वह गर्म हो जाता है लेकिन बाद में वह पुनः ठंडा हो जाता है.

मैथिली संदेश साप्ताहिक साउन २९ गते २०८२ अंक ४

 मैथिली संदेश साप्ताहिक साउन २९ गते २०८२ अंक ४

मैथिली संदेश साप्ताहिक साउन २२ गते २०८२ अंक ३

 मैथिली संदेश साप्ताहिक साउन २२ गते २०८२ अंक ३

मैथिली संदेश साप्ताहिक साउन १५ गते २०८२ अंक २

 मैथिली संदेश साप्ताहिक साउन १५ गते २०८२ अंक २

मैथिली संदेश साप्ताहिक साउन ८ गते २०८२ अंक १

मैथिली संदेश साप्ताहिक साउन ८ गते २०८२ अंक १

मैथिली संदेश साप्ताहिक असार २६ गते २०८२ अंक ४६

 मैथिली संदेश साप्ताहिक असार २६ गते २०८२ अंक ४६

मैथिली संदेश साप्ताहिक असार १९ गते २०८२ अंक ४५

मैथिली संदेश साप्ताहिक असार १९ गते २०८२ अंक ४५

السبت، 16 أغسطس 2025

विद्यार्थीले जान्नैपर्ने ५ एआई उपकरण

 

twitter sharing button

messenger sharing button

whatsapp sharing button

टिप्स :

श्रीजन घिमिरे


सूचना प्रविधिको युगमा नयाँ विकास र विस्तार भइरहँदा कृत्रिम बुद्धिमत्ता (एआई)ले शिक्षाको दुनियाँमा क्रान्तिकारी परिवर्तन ल्याएको छ ।

अनुसन्धान, लेखन, अध्ययन, प्रस्तुतीकरण र समय व्यवस्थापनका लागि एआई उपकरणहरू विद्यार्थीका लागि अनिवार्य बन्दै गएका छन्। अब विद्यार्थीले एउटै प्रम्प्टमा अनगिन्ती तथ्य र जानकारी पहुँच गर्न सक्छन्।

الجمعة، 15 أغسطس 2025

छोराछोरीलाई माया तथा राम्रो शिक्षा दिन प्रधानमन्त्री ओलीको आग्रह


नागेन्द्रकुमार कर्ण÷महेशकुमार दास

रघुनाथपुर (सोनमा) महोत्तरी, साउन ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो छोराछोरीलाई माया गर्नुका साथसाथै राम्रो शिक्षा दिन आग्रह गर्नुभएको छ ।

महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नं. ३ रघुनाथपुरमा निर्माण हुन लागेको सडकको शिलान्यास पश्चात आयोजित सभामा बोल्नुहुदै प्रधानमन्त्री ओलीले भन्नुभयोे, “कमसे कम आफना छोराछोरीलाई अत्यन्तै माया गरिदिनुस, स्कुल पठाईदिनुस, सकेसम्म राम्रो खाना खुवाइदिनुस” ।

الأربعاء، 13 أغسطس 2025

सडकमै धान रोपाई

महोत्तरी समाचारदाता (नागेन्द्रकुमार कर्ण)
महोत्तरी, साउन २८ गते । वुधबार दिउँसो सिमसिम पानी परिरहेको थियो । केही युवाहरु सोही पानीमा रुझेर हतार हतार धान रोपाई गरिरहेका थिए भने केही व्यक्तिहरु सो दृश्य हेरेर रमाईरहेका थिए । यस्तो दृश्य थियो जलेश्वर नगरपालिका वडानं. ४ सुगादेखि वडानं. ५ विसनपुरसम्म जाने सडकखण्डमा । युवाहरु खेतमा नभई सडकमै धान रोप्न थालेपछि स्थानीयहरु रमिते बनेका थिए ।

الاثنين، 11 أغسطس 2025

करेन्ट लागेर एकको मृत्यु

 


blog

नागेन्द्रकुमार कर्ण

महोत्तरी, साउन २६ गते । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको खेश्राहामा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोनमा गाउँपालिका-४, खेश्राहा बस्ने वर्ष ६५ को मोकदम राय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

छुट्टाछुट्टै घटनामा दुईको ज्यान गयो

निकिता कर्ण 
महोत्तरी, साउन २६ गते । महोत्तरी जिल्लामा सोमबार छुट्टाछुट्टै घटनामा परि दुई जनाको ज्यान गएको छ । एक जनाको करेन्ट लागेर मृत्यु भएको छ भने अर्को एकजनाको बाढीले बगाएर मृत्यु भएको हो । जिल्लाको सोनमा गाउँपालिकाको खेश्राहामा सोमबार करेन्ट लागेर सोनमा गाउँपालिका वडानं. ४ खेश्राहा बस्ने वर्ष ६५ को मोकदम रायको मृत्यु भएको हो ।

السبت، 2 أغسطس 2025

के तपाईलाई तराई मधेशको 'घरी'-घर देवताको पुजाबारे थाहा छ?

राकेशप्रसाद चाैधरी

फेसवुक वालबाट

मैले घर, कुल, ग्राम, नगर र देशको मुख्य देवीदेवताबारे थोरै अध्ययन गरेकोले यो विषय साझा गरेको छु।
तराई-मधेश क्षेत्रमा बसोबास गर्नेहरूमध्ये धेरैले श्रावण महिनामा 'घरी पावन( घर देवता वा देउताको पुजा) मनाइरहेका छन्।
नागपञ्चमीको दिनदेखि घरी पर्व मनाउन शुरू हुन्छ। यो पर्व घरमा स्थापित पिण्डरूपी घर देवताको पुवा हुने भएकोले यो जात परम्पराभन्दा फरक छ। एउटै जातिका भए पनि उनीहरूको घर पिच्छे फरक देवता हुने गर्छ।

खानेपानी समस्यामा केन्द्रित हुन सुझाव


blog

नागेन्द्रकुमार कर्ण 

महोत्तरी, साउन १८ गते । महोत्तरी जिल्लाको विभिन्न ठाउँमा खानेपानीको समस्या रहे पनि सरकारको ध्यान सिँचाइमा मात्रै देखिएको स्थानीयको भनाइ छ । स्थानीयले खानेपानीको समस्यामा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् । 

الجمعة، 1 أغسطس 2025

नदी र खोला किनारकै बस्तीमा जल संकट

राकेशप्रसाद चौधरी शुक्रबार, १६ साउन, २०८२

  
खडेरीका कारण सुक्खा संकटग्रस्त घोषणा गरिएको मधेशमा नदी र खोला किनारकै बस्तीमा पनि जल संकट देखिएको छ।

रातु नदीको किनारमै रहेको महोत्तरीको जलेश्वरकी लामो देवी केही वर्षदेखि खानेपानीको समस्या झेल्दै आएकी छन्। धेरै मान्छे आउने हुँदा पहिले पहिले पाँच वर्षमा लाग्ने संसारीमाईको महापूजामा मात्र पानीको अभाव हुने गरेको थियो।