उखु खेती गर्ने किसानको समस्या नै समस्या
धनबीर महतो, गौशाला, महोत्तरी ।
बैशाख ११ गते -
उखु खेती गर्ने किसानहरु अहिले विभिन्न समस्याबाट गुज्रिरहेका छन । एक त बैशाख महिनाको चर्को घाम त्यसमा पनि अर्कोतर्फ आफुले खेतमा लगाएको उखु आशिंक रुपमा खेतमा नै खडा अवस्थामा रहेकोले उनीहरुमा चिन्ता छाएका छन । सीमित अवधिमा खेतमा रहेको उखु काटि चिनीमिलमा पु¥याउने अभिप्रायले उखु किसानहरु आजकाल टन्टलापुर घाममा समेत उखु किसानहरु दिनभरि नै उखु खेतमा व्यस्त रहेको पाईन्छ । आफनो पायक पर्ने चिनीमिलले आफूहरुसित करार गरे अनुसार समयमा उखु आपुर्ति गर्ने पुर्जी ( चलान ) नदिएपछि अन्तिम समयमा आई महोत्तरी, धनुषा, सिरहा, सर्लाही लगायतका किसानहरु खेतमा लगाएको उखु काट्नमा व्यस्त देखिन्छ । यथासम्भव आफनो पायक पर्नेे चिनीमिलमा उखु आपुर्ति गर्ने उद्देश्यले मध्य तराईका किसानहरु प्राय स–परिवार नै ३० देखि ३६ डिग्री सेल्सियस तापक्रम सम्म रहेको कडा घाममा आफनो शरीरको ख्याल नै नगरी प्रत्येक विहानदेखी साँझसम्म उखु खेतमा उखु काट्ने, उखु सफा गर्ने, गाडीमा लोड गर्ने, उखु लोड भएको गाडीलाई मिलसम्म पु¥याउने कामकाजहरु उखु खेती गर्ने किसानहरुको लागि नियमित नै भईसकेको छ । नगदे बालीको रुपमा परिचित रहेको उखु खेती महोत्तरी, धनुषा, सिरहा, सर्लाही, बारा, पर्सा, नवलपरासी लगायत तराईका जिल्लाहरुमा प्रमुख बालीको रुपमा प्रसिद्ध रहेको छ । अन्य बालीको तुलनामा कम मेहनेत, खर्च परेको र आम्दानी बढी भएको कारणले यस क्षेत्रका किसानहरुको प्रमुख रोजाई भनेको नै उखु खेती रहेको पाईन्छ । तराईमा संचालित चिनीमिलहरु यही बैशाख मसान्त सम्ममा यसबर्षको उखु क्रसिङ्ग (उखु पेलाइ) सिजन बन्द गर्ने समयसीमा तोकेकोले खेतमा खडा रहेको उखु आपुर्ती गर्नको लागि किसानहरु प्राय व्यस्त देखिन्छ । हुनेखाने ( बढी जग्गा भएको व्यक्ति ) को लागि उखु खेती वरदान साबित भएपनि कम जग्गा भएको किसानहरुको लागि अभिशाप बन्न पुगेको स्थानिय उखु किसानहरुले प्रतिक्रिया दिएका छन । विशेषतः चिनीमिलका मिलगेट क्षेत्र अर्थात स्थानिय चिनीमिलको लागि पकेट एरियाको रुपमा रहेको क्षेत्रका किसानहरुलाई चिनीमिलले समयमा चलान पुर्जी उपलब्ध नगराउनु, एकै पल्ट मिलगेटमा सैयौँको संख्यामा सवारीसाधनहरु जम्मा हुनु, मिलमा उखु बोक्ने साधनहरुको लागि राख्नको लागि बनाएको यार्डहरु व्यवस्थित तरिकाको नहुनु जस्ता कारणहरुले गर्दा उखु खेती अभिशाप बन्न पुगेको पिडित किसानहरुको गुनासो रहेको छ । त्यस्तै अन्तिम समयमा आएर चिनीमिलले एकैपल्ट चलान फ्रि रुपमा बाँडेपछि गाँउघरमा उखु काटने मजदुरको अभाव हुनु, उखु आपुर्ति गर्नको लागि साधनहरु नपाउनु जस्ता समस्याहरु सृजना भएका हुन । नेपाल कृषि प्रधान भएतापनि उखु किसानको समस्या समाधानको निम्ती सरकारी पक्षले कुनै किसिमको सेवा सुविधा उपलब्ध नगराएपछि किसानहरु थप मार्कामा परेका छन । प्रत्येक बर्ष चिनीमिल संचालनको क्रममा चिनी व्यवसायी संघ तथा किसान संघका प्रतिनिधीहरु बीच उखुको मुल्य कायम गर्ने क्रममा लामो समयसम्म विवाद भएपछि समयमा मिल संचालन हुन नसक्ने स्थिती सिर्जना हुनु समान्य बनेको छ । उखु किसान तथा उखुको मुल्य निर्धारण गर्नका लागि समय समयमा उत्पन्न हुने विवाद समाधानका लागि नेपाल सरकारले पहल गर्नु आजको आवश्यक्ता रहेको स्थानिय बुद्धिजिवीहरुको भनाई रहेको छ ।