चाँदी सहित दुई जना पक्राउ
महोत्तरी समाचारदाता
जलेश्वर, भदौं ४ गते । सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय जलसागर मटिहानीले दुई जना युवालाई ७ किलो चाँदी सहित पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
सशस्त्र सिमा सुरक्षा बल महोत्तरीका प्रहरी उपरिक्षक भुवनेश्वर प्रसादले वेशक्याम्प मनराका सशस्त्र प्रहरी हवलदार लाल बहादुर चौधरीको कमाण्डमा रहेको गस्ती टोलीले मनरा ७ मा सवारी चेकजाँचको क्रममा राति दुवैलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
पक्राउ परेका सर्लाही बेलहा गाविस ४ का विनयकुमार साह र जलेश्वर नगरपालिकाका ओमप्रकाश साहलाई सार्वजनिक गर्नुहुदै उपरिक्षक प्रसादले दुवैजना सर्लाहीको बरहथवाबाट ज४प ९५५८ नम्बरको मोटरसाइकलमा चढी जलेश्वर फर्किदै गरेको अवस्थामा चेकजाँचको क्रममा पक्राउ परेको बताउनुभयो । उनीहरुलाई तलासी गर्दा खैरो झोलामा प्लाष्टिकमा बेरेर ल्याउदै गरेको ६ केजी ८७० ग्रामको चाँदी फेला परेका थिए । उनीहरुको साथबाट ५ सय भारुको नोट एकथान तथा चारहजार ५ रुपैया तथा मोटरसाइकलको कागजपत्रहरु वरामद गरिएको छ । पक्राउ परेका चाँदीको बाजार मूल्य ४ लाख रहेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा पक्राउ परेका ओमप्रकाशले जलेश्वरबाजारमा रहेको सोनचाँदी पसलको लागि आफुहरु व्यापारीबाट संकलन गरी सो चाँदी ल्याएको बताउनुभयो । चाँदी लिएको रसीद लिन विर्सेको र भोली बुझाउँछु वताएपनि सशस्त्र प्रहरीले नमानेको बताउनुभयो ।
पक्राउ परेका दुवैलाई आवश्यक कारवाही पश्चात राजश्व कार्यालय बर्दिवासलाई बुझाउने तयारी भइरहेको उपरिक्षक प्रसादले जानकारी दिनुभयो ।
जलेश्वर, भदौं ४ गते । सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय जलसागर मटिहानीले दुई जना युवालाई ७ किलो चाँदी सहित पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
सशस्त्र सिमा सुरक्षा बल महोत्तरीका प्रहरी उपरिक्षक भुवनेश्वर प्रसादले वेशक्याम्प मनराका सशस्त्र प्रहरी हवलदार लाल बहादुर चौधरीको कमाण्डमा रहेको गस्ती टोलीले मनरा ७ मा सवारी चेकजाँचको क्रममा राति दुवैलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
पक्राउ परेका सर्लाही बेलहा गाविस ४ का विनयकुमार साह र जलेश्वर नगरपालिकाका ओमप्रकाश साहलाई सार्वजनिक गर्नुहुदै उपरिक्षक प्रसादले दुवैजना सर्लाहीको बरहथवाबाट ज४प ९५५८ नम्बरको मोटरसाइकलमा चढी जलेश्वर फर्किदै गरेको अवस्थामा चेकजाँचको क्रममा पक्राउ परेको बताउनुभयो । उनीहरुलाई तलासी गर्दा खैरो झोलामा प्लाष्टिकमा बेरेर ल्याउदै गरेको ६ केजी ८७० ग्रामको चाँदी फेला परेका थिए । उनीहरुको साथबाट ५ सय भारुको नोट एकथान तथा चारहजार ५ रुपैया तथा मोटरसाइकलको कागजपत्रहरु वरामद गरिएको छ । पक्राउ परेका चाँदीको बाजार मूल्य ४ लाख रहेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा पक्राउ परेका ओमप्रकाशले जलेश्वरबाजारमा रहेको सोनचाँदी पसलको लागि आफुहरु व्यापारीबाट संकलन गरी सो चाँदी ल्याएको बताउनुभयो । चाँदी लिएको रसीद लिन विर्सेको र भोली बुझाउँछु वताएपनि सशस्त्र प्रहरीले नमानेको बताउनुभयो ।
पक्राउ परेका दुवैलाई आवश्यक कारवाही पश्चात राजश्व कार्यालय बर्दिवासलाई बुझाउने तयारी भइरहेको उपरिक्षक प्रसादले जानकारी दिनुभयो ।
कुनै पनि हालतमा चुनाव गराउनुपर्ने पूर्वमन्त्री पोखरेलको भनाई
कुनै पनि हालतमा चुनाव गराउनुपर्ने पूर्वमन्त्री पोखरेलको भनाई
महोत्तरी समाचारदाता
जलेश्वर, भदौं १ गते । एकिकृत नेकपा माओवादीका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले कुनै पनि हालतमा मंसीरमै चुनाव गराउनुपर्ने वताउनुभएको छ ।
महोत्तरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र बर्दिवासमा शनिबारदेखि प्रकाशनमा आएको ‘बर्दिबास खबर’ दैनिक पत्रिकाको विमोचन गर्नुहुदै पोखरेलले मंसिर महिनामा तोकिएको चुनावलाई पनि पछि सार्ने षडयन्त्र भइरहेको बताउनुहुदै यसप्रति सबैजना सचेत हुनुपर्ने आग्रह समेत गर्नुभयो । उहाँले सहमतिको नाउँमा दुई चारदिन समय बढाउन मिल्छ तर मंसीर महिना भन्दा पछि लगिने कुरा कुनै पनि हालतमा मान्य नहुने बताउनुहुदै यसप्रति सबैले दवाव सृजना गर्नुपर्ने बताउनुभयो ।
उहाँले चुनाव भएन भने देश पुनः प्रतिगमनको खतरामा पर्ने दावी गर्नुहुदै देशलाई संक्रमणकालिन अवस्थाबाट जोगाउन चुनाव अपरिहार्य रहेको र त्यो चुनाव कुनै पनि हालतमा मंसिरमै हुनुपर्ने जिकिर गर्नुभयो ।
कुनै पनि निर्वाचन प्रयोजनको लागि पाँच शक्ति जरुरी भएको र ति शक्तिले चाहने हो भने चुनाव जुनसुकै अवस्थामा हुन सक्ने उहाँको भनाई थियो । उहाँले पाँच शक्तिमा सरकार, निर्वाचन आयोग, राजनीतिकदलहरु, जनता र अन्तराष्ट्रिय शक्ति प्रमुख रहेको र उनीहरुको तयारी र उनीहरुको सहकार्यले नै चुनाव हुन सक्ने बताउनुहुदै त्यो सहकार्य अहिले भइरहेको स्पष्ट गर्नुभयो । उहाँले अब छिट्टै नै चुनावको वातावरण बन्नेमा आफु आशावादी रहेको बताउनुभयो ।
शनिबारदेखि प्रकाशनमा आएको चार पेजको राष्ट्रिय दैनिक ‘बर्दिवास खबर’ को प्रकाशकमा तुलसीरमण काँफ्ले र सम्पादक सन्तोष पोखरेल रहेका छन् भने कार्यकारी सम्पादकमा विक्रम प्रसाद रौनियार रहेको जनाइएको छ ।
पत्रिका विमोचन कार्यक्रमको अध्यक्षता पत्रिकाका प्रकाशक तुलसीरमण काँफ्लेले गर्नुभएको थियो भने सो कार्यक्रममा नेपाल पत्रकार महोत्तरी शाखाका सभापति हरिप्रसाद मण्डल, प्रेस स्वतन्त्रतता सेनानी कुँवरकान्त झा, रेडियो सुनगाभाका अध्यक्ष शशिकला दाहाल सहित स्थानीय राजनीतिकदलहरुले पत्रिका निरन्तरताको शुभकामना दिनुभएको थियो ।
पत्रिकामा तत्कालको लागि ६ लाखको पूँजी लगाइएको प्रकाशक काँफ्लेले सो विमोचन कार्यक्रममा जानकारी दिनुहुदै श्रमजीवी ऐनको पालना गर्न आफु कटिवद्ध भएको बताउनुभयो ।
महोत्तरीमा दलित महिलामाथी जबरजस्ती करणीको प्रयास ।।
महोत्तरीमा दलित महिलामाथी जबरजस्ती करणीको प्रयास ।।
बिष्णुकुमार यादब,गौशाला महोत्तरी
साउन ३२ ष्ते ०७०
महोत्तरीमा दलित छात्रामाथी भएको जबरजस्ती करणी घटनाको हप्ता नबित्दै फेरी एक दलित महिलामाथी जबरजस्ती करणीको प्रयास भएको घटना बाहिर आएको छ । महोत्तरीको सुन्दरपर वडा नंम्बर ४ निबासी बोल्न नसकिने ३५ बर्षिय राम थरकी एक दलित महिलामाथी जबरजस्ती करणीको प्रयास भएको घटना बाहिर आएको हो । गएको १ हप्ता पहिले उक्त घटना भएपनी आफु कहा आज मात्र उजुरी आएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । खेतमा एक्लै घास ल्याउन गएकी उक्त महिला लाई स्थानिय ५० बर्षिय राम एकबाल राय यादबले जबरजस्ती करणी गर्न खोजेकोे घटना बाहर आएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । ऐता पिडित महिलाको स्वास्थ्य परिक्षण गरी घर पठाएको र फरार अभियुक्त यादबलाई खोजबिन भई रहेको प्रहरीले जानकारी दिनु भयो । केहिदिन पहिले कक्षा १० मा अध्यनरत राम थरकै एक छात्रालाई शिक्षकले जबरजस्ती करणी गरेको घटना बाहिर आएको थियो ।
हात्ती आक्रमणको डरले टोलबासी शरण लिन र जाग्राम बस्न वाध्य
हात्ती आक्रमणको डरले टोलबासी शरण लिन र जाग्राम बस्न वाध्य
महोत्तरी समाचारदाता
जलेश्वर, साउन ३२ गते । हात्तीको आक्रमण हुन सक्ने भयले महोत्तरीका पश्चिमवर्ती भरतपुर सहितका गाउँहरुमा स्थानीयहरु रातभरि जाग्राम बस्न वाध्य छन् ।
बालक देखि वृद्ध सम्म हात्तीको आक्रमण हुन सक्ने डरले रातभरि थाली र टिन बजाउने र रातभरी जाग्राम बस्ने गरेको भरतपुरका स्थानीय युवा सन्तोष सिंहले जानकारी दिनुभयो । उहाँले चार दिन देखि गाउँ रातभरि जागा हुने गरेको बताउदैं हात्ती कुनै बेला गाउँ छिर्न सक्ने भन्दै मशाल, थाली र टिन बजाउन तयारी अवस्थामा राख्ने गरेको बताउनुभयो ।
सर्लाही देखि महोत्तरीको कुशमाडी बर्दिवास सम्म फैलिएको सागरनाथ वन विकास परियोजनाको जंगलमा ति हात्ती लुकेर रहेको र कुनै पनि बेला थप आक्रमण गर्न सक्ने भय गाउँलेमा रहेको छ । सागरनाथ वन विकास परियोजना भरतपुर गाउँको उत्तरमा रहेको र हात्ती अझै पनि जंगलमा रहेको कारण गाउँलेहरुमा डर, त्रास रहेको छ । हात्तीको आक्रमणबाट थप क्षति हुन नदिन गाउँमा रहेको हरेक विजुलीको पोलमा बत्ती लगाइएको छ भने मशाल बालिने र समय समयमा थाली तथा टिन बजाउने गरिएको सिंहले जानकारी दिनुभयो । उहाँले गाउँमा रातभरि नै जाग्राम बस्ने हुँदा कुनै उत्सव जस्तै लाग्ने गरिएपनि ति उत्सवमा कुनै उमंग नरही डर र त्रास मात्रै रहेको जानकारी दिनुभयो ।
भरतपुर ९ पररियामा बस्ने ४५ वर्षिय कैलाश राउत कुर्मीलाई घरको वराण्डामा सुतेको अवस्थामा साउन २९ गते मंगलबार बिहान हात्तीले आक्रमण गरी ज्यान लिएपछि तथा त्यसको भोलीपल्ट पनि हात्ती त्यही देखिएपछि गाउँलेहरु भयभित छन् । रात नपर्दे हात्तीको डरले सो टोलका मान्छेहरु घर छाडेर गाउँमा शरण लिन वाध्य छन् । गाउँ भन्दा ५–७ मिनेटको दुरीमा बस्ने उनीहरु हात्तीहरु पुनः आउने डरले रात परेपछि गाउँ पस्ने गरेका छन् ।
अझै पनि ति हात्तीका समूहलाई सर्लाहीको गौरीशंकर स्थित जंगलमा देखिएको र पुनः हात्ती आउन सक्ने भयले उनीहरु त्रसित छन् । केही दिन अगाडीदेखि मात्रै सर्लाहीमा ४ जनालाई मारेर त्रासदी मच्चाएको हात्तीले भरतपुरमा समेत आक्रमण गर्न थालेपछि स्थानीयहरु त्रसित बनेका हुन् ।
यता इलाका प्रहरी कार्यालय गौशालाले हात्तीबाट थप क्षति नहोस् भन्ने हेतुले हात्तीको खोज जारी राखेको जनाएको छ । प्रहरी निरिक्षक दिपक गिरीले आफुहरु पनि गाउँको सुरक्षार्थ खटिने गरेको जानकारी दिनुहुदै हात्तीको खोजविन जारी राखिएको वताउनुभयो ।
हात्तीको आक्रमणले अहिलेसम्म महोत्तरीमा एक, सर्लाहीमा चार, रौतहट र चितवनमा गरी जम्मा ११ जनाले ज्यान गुमाइसकेका छन् भने दर्जनौं सर्वसाधारण घाइते भइसकेका छन् । सोही दिन भरतपुर पररियाकै चण्डेश्वर रायको घरमा समेत हात्तीले आक्रमण गरेपनि उनीहरु सबै भागेपछि बाँचेका थिए । हात्तीको समूहले उनको घरमा बोरामा राखिएको चामल समेत खाएका थिए । हात्तीहरु झुण्डमा रहने गरेको र गाउँमा ४–५ वटा हात्ती देखिएको जनाइएको छ ।
आधा दर्जन घरमा डकैती, प्रतिकारमा ३ जना घाइते
आधा दर्जन घरमा डकैती, प्रतिकारमा ३ जना घाइते
महोत्तरी समाचारदाता
जलेश्वर, साउन ३२ गते । महोत्तरी जिल्लाको गौशालामा बिहीबार राति अज्ञात लुटेरा समूहले आधा दर्जन भन्दा बढी घरबाट लाखौंको डकैती गरेका छन् । सो क्रममा प्रतिकारमा उत्रेका तिनजनालाई डाँकासमूहले घाइते समेत बनाएको बताइएको छ ।
जिल्लाको प्रमुख व्यापारिक स्थानको रुपमा चिनिएको गौशाला वडानं. ६ बस्ने मिश्री साह सोनार, रामसोगारथ साह, भरत महतो, विरवल महतो, देवशरण महतो, राजकिशोर महतो र रामसोगारथ साहको घरबाट हतियार सहित आएका डाँका समूहले लुटपाट मच्चाएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
इप्रका गौशालाका प्रहरी निरिक्षक दिपक गिरीले राति १ बजेतिर आधा दर्जनको संख्यामा आएका सशस्त्र डाँका समूहले टोलबासीलाई नियन्त्रणमा लिदैं लुटपाट मच्चाएका थिए । आफुहरुलाई ढिलो गरी खबर प्राप्त भएकोले ढिलो गरी घटनास्थल पुग्दा डाँकाहरु भागिसकेको बताउनुभयो ।
डकैतीको क्रममा प्रतिकारमा उत्रेकाहरुलाई डाँकाहरुले निर्धात कुटपिट गरेका थिए । डाँकाहरुको कुटपिटबाट स्थानीय राम सोगारथ साह, राजकिशोर महतो र दिनेश कापर घाइते भएको र उनीहरुको उपचार स्थानीयस्तरमा भइरहेको प्रहरी निरिक्षक गिरीले जानकारी दिनुभयो ।
यता स्थानीयहरुले विहानै मात्रै घटनास्थल पुगेका प्रहरीहरु प्रति आक्रोशित भएका छन् । उनीहरुले घटनाको जानकारी तत्कालै गराइएपनि प्रहरीहरु बिहान आएको भन्दै प्रहरी विरुद्ध नारावाजी समेत गरेको जनाइएको छ ।
इप्रका गौशालाले डाँका समूहको खोजतलाश तिव्र पारिएको बताएको छ ।
जलेश्वर, साउन ३२ गते । महोत्तरी जिल्लाको गौशालामा बिहीबार राति अज्ञात लुटेरा समूहले आधा दर्जन भन्दा बढी घरबाट लाखौंको डकैती गरेका छन् । सो क्रममा प्रतिकारमा उत्रेका तिनजनालाई डाँकासमूहले घाइते समेत बनाएको बताइएको छ ।
जिल्लाको प्रमुख व्यापारिक स्थानको रुपमा चिनिएको गौशाला वडानं. ६ बस्ने मिश्री साह सोनार, रामसोगारथ साह, भरत महतो, विरवल महतो, देवशरण महतो, राजकिशोर महतो र रामसोगारथ साहको घरबाट हतियार सहित आएका डाँका समूहले लुटपाट मच्चाएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
इप्रका गौशालाका प्रहरी निरिक्षक दिपक गिरीले राति १ बजेतिर आधा दर्जनको संख्यामा आएका सशस्त्र डाँका समूहले टोलबासीलाई नियन्त्रणमा लिदैं लुटपाट मच्चाएका थिए । आफुहरुलाई ढिलो गरी खबर प्राप्त भएकोले ढिलो गरी घटनास्थल पुग्दा डाँकाहरु भागिसकेको बताउनुभयो ।
डकैतीको क्रममा प्रतिकारमा उत्रेकाहरुलाई डाँकाहरुले निर्धात कुटपिट गरेका थिए । डाँकाहरुको कुटपिटबाट स्थानीय राम सोगारथ साह, राजकिशोर महतो र दिनेश कापर घाइते भएको र उनीहरुको उपचार स्थानीयस्तरमा भइरहेको प्रहरी निरिक्षक गिरीले जानकारी दिनुभयो ।
यता स्थानीयहरुले विहानै मात्रै घटनास्थल पुगेका प्रहरीहरु प्रति आक्रोशित भएका छन् । उनीहरुले घटनाको जानकारी तत्कालै गराइएपनि प्रहरीहरु बिहान आएको भन्दै प्रहरी विरुद्ध नारावाजी समेत गरेको जनाइएको छ ।
इप्रका गौशालाले डाँका समूहको खोजतलाश तिव्र पारिएको बताएको छ ।
नेपाली रुपैयाँ नचल्दा हैरानी
नेपाली रुपैयाँ नचल्दा हैरानी
आफ्नै देशमा आफ्नै रुपैयाँ नचल्दा स्थानीय बासिन्दाले दैनिक उपभोग्य वस्तुसहित अन्य वस्तुको खरिद बिक्री गर्नुपर्दा समस्या उत्पन्न हुने गरेको स्थानीय शिक्षक रामदिनेश चौधरीले बताउनुभयो ।
भारतको सीतामढी जिल्लाअन्तर्गत सिरसिया सहरसँग जोडिएको नेपालको मनरा गाविसका हाट, बजार तथा पसलमा नेपाली रुपैयाँको ठाउँमा भारतीय रुपैयाँमात्र चल्ने गरेको स्थानीय लेखापढी व्यवसायी रवीन्द्र भगतले बताउनुभयो ।
उहाँले दैनिक जीवनका हरेक आर्थिक कारोबार मनरावासीले भारतीय रुपैयाँमा लेनदेन गर्नुपर्दछ भने यहाँ भारतीय रुपैयाँ नहुनेहरुले नेपाली रुपैयाँ भारतीय रुपैयाँको दाँजोमा आधी मूल्यमा चलाउन बाध्य हुन्छन् ।
मनराका नेपालमा जागिर गर्नेहरुले पनि आफूले तलब पाएका नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा साटेर गाउँमा कारोबार गर्नुपर्दछ भने सो ठाउँका किसान, व्यापारी, शिक्षक, चिकित्सकदेखि सबै व्यक्तिले भारतीय रुपैयाँमै कारोबार गर्नुपर्ने बाध्यता रहेको स्थानीय युवा अशोक मण्डलले बताउनुभयो ।
स्थानीयस्तरमा नेपाली रुपैयाँ नचल्दा मनरावासीले भारतीय रुपैयाँको अभावमा समय समयमा आधी दाममा नेपाली रुपैयाँ चलाउनुपर्दछ भने कुनैकुनै बेला त नेपाली रुपैयाँ नसाटिँदा आवश्यक कामकाज बिग्रिने पनि गरेको व्यापारी राधेश्याम भगतले बताउनुभयो ।
महोत्तरीको निर्वाचन क्षेत्र नं ४ को पाँच हजारभन्दा बढी जनसङ्ख्या बसोवास गर्ने मनरा बजारमा दैनिक रु दुई लाखसम्मको कारोबार हुने गर्दछ भने तीमध्ये ९० प्रतिशत रुपैयाँ भारतीय हुने गरेको स्थानीय व्यापारी बताउँछन् ।
सीमामा बसोवास र भारतीय रुपैयाँमात्रै चल्ने भएकाले मनरावासी प्रायः भारतकै सहर बजारमा गएर आफ्ना दैनिक जीवनका सरसामान ल्याउने गर्दछन् भने उच्च शिक्षा र राम्रो स्वास्थ्य उपचारका लागि पनि भारतमै जाने गरेको स्थानीय बताउँछन् ।
मधुश्रावणी पर्व शुरु Nagendra Kumar karna
मधुश्रावणी पर्व शुरु
Nagendra kumar Karna
महोत्तरी समाचारदाता
जलेश्वर, साउन १२ गते । मिथिलाञ्चलका नवविवाहिता मिथिलानीहरुले हर्षोल्लास र धुमधामका साथ मनाउने पर्व मधुश्रावणी पर्व साउन १२ गते शनिबारदेखि विधिवत् रुपमा शुरु भएको छ ।
१५ दिन सम्म मनाइने यो पर्वमा नवविवाहिता महिलाहरु १५ दिनसम्म गृहस्थी कसरी चलाउने भन्ने बारेमा शिक्षा प्राप्त गर्ने कथाहरु सुन्ने गर्दछन् । त्यसैगरी पतिको दिर्घायुको कामना गर्दे उनीहरु गौरी, विषहरा लगायतका पुजा समेत गर्ने गरेको सुगाभवानीपट्टीकी किरण कर्णले बताइन ।
हरेक श्रावण कृष्णपञ्चमी देखि शुरु भई श्रावण शुक्ल द्धितिया सम्म यो पर्व मिथिलाञ्चलका कायस्थ, बा्रहमण, सोनार र देवजातिका नवविवाहिता महिलाहरुले मनाउने गरेका छन । श्रावण मासको झरी, कालो वादल र न्यानो घामको स्पर्श गदै युवतीहरु नाच्ने, गाउने, र विवाहिताहरुले आफ्नो पतिसंग वितेको मधुर क्षणबारे साथीसंगीहरुसंग कुराकानी गर्ने गरेकोले यो पर्वलाई मधुश्रावणी भनिएको हो । यो पर्वमा नवविवाहिताले आफ्नो साथीहरुलाई यौनको कुरा देखि लिएर पति संग विताएको क्षण सम्म भन्ने गरेको कारण यसलाई यौन शिक्षा दिने पर्व समेत भनिएको छ । यो पर्वमा नवविवाहिताले नागपञ्चमी सम्बन्धि कथाहरु सुन्नुका साथै नागको अर्थात विषधरको पुजा गर्ने गर्दछन् । पतिप्रेम बढोस र पति प्रति आदर भाव जागोस भनी यो पर्व अवधिभर शिवगौरी, विषहारा, शिवलिला र श्रवणकुमार लगायतको कथा सुनाउने गरिन्छ । यो पर्व माईतमै मनाउने प्रचलन रहे पनि आज भोली यो पर्व ससुरालमा समेत मनाउन थालिएको छ । यो पर्वको विशेषता भनेको विषघरको पुजा बासी फुल र पातबाट गर्नु र पुजा अवधि भर नवविवाहिताले खानेकुरा सबै ससुराकै खानुपर्ने रहेको छ । सोही कारण ससुराबाट नवविवाहिताहरुको लागी पुजा अवधिभरको लागी सबै सामान जोहो गरी पठाईने गरेको हुन्छ । यो पर्व १५ दिनसम्म मनाईने गरिन्छ । श्रावणको झरी, कालो वादल, चारैतिर हरियाली, नवविवाहिता महिलाको सिंगारपटार लगायतका दृश्यहरुले कामोत्तेजना बढाएको हुन्छ र यो पर्वमा सोहीकारणले जतिसुकै टाढा पति भएपनि आउने गरेको कारणले यसलाई मिथिलाञ्चलको हनिमुन भनेर भनिन्छ ।
“ सखी फुल लोढ चलु फुलबरिया, सीताके संग सहेलिया, कोई बेली फुल लोढे चमेली फुल लोढे, कोई लोढेला चम्पाके कलिया, सीताके संग सहेलिया..” लगायतका गीतहरु गाउँदै जब समुहमा महिलाहरु निस्किने गर्छिन तवको दृश्यले सबैलाई मनमोहक बनाउने गर्छ । विषहाराको पुजा बासी फुल र पातबाट हुने गरेको कारण नवविवाहिता महिलाहरु लगायत छरछिमेकका संगीसाथीहरु मिलि समुहमा गित गाउँदै गाउँ बाहिर स्वछन्द भई घुम्ने गर्दछन । कहिले पनि घर बाहिर ननिस्कने महिलाहरु समेत पुजा अवधिभर साथीहरुसंग गफिदै झरीको मजा लिन चुक्दैनन भने उनीहरु समुह समुह बनाई चौमासा, छमासा, बटगवनीको सुमधुर गीतहरु पनि गाउने गर्छिन । सो समयमा नवविवाहिता महिलाहरुले सिंगारपटार गरी निस्कदा केटा देखि बुढो सम्मको हेर्नको लागी घुईचो लाग्ने गर्दछ । यो पर्व टेमि (आगोले पोल्ने कार्य) दिएर सकिने गरिन्छ । महिलाहरुलाई अग्नि परिक्षा स्वरुप घुँडामा टेमि दिईन्छ र जति ठुलो फोका उठ्छ त्यत्ति बढी नै पति प्रति माया र पतिको दिर्घायु हुन्छ भन्ने मान्यता रहेको पाईन्छ । यो पर्वलाई समय सापेक्षरुपमा अगाडी बढाउदै लगियो भने अझ पनि यसको महत्व बढने देखिन्छ ।
पंजी व्यवस्था र मिथिलाञ्चलका प्रसिद्ध स्थल ‘सौराठसभा’
पंजी व्यवस्था र मिथिलाञ्चलका प्रसिद्ध स्थल ‘सौराठसभा’
नागेन्द्रकुमार कर्ण
महोत्तरी
मिथिलाञ्चलका प्रमुख धरोहरको रुपमा चिनिने ‘पंजि व्यवस्था’ र त्यससंगै अस्तित्वमा आएको ‘सौराठसभा’ अहिले आफ्नो अस्तित्व जोगाउन प्रयासरत रहेको छ ।
सरोकारबाला निकायहरुको अदुरदर्शिता तथा ब्राम्हणजातिहरुको उदासिनताको कारणले ‘पंजी व्यवस्था’ सहित ‘सौराठसभा’ अहिले अस्तित्वविहिन बन्ने स्थितीमा पुगेको हो ।
तत्कालिन मिथिलाका प्रसिद्ध राजा हरिसिंहदेव (जसको राजधानी सिमरौनगढ थियो) ले पंजि व्यवस्थाको शुरुवात गर्नुभएको पाइन्छ । उहाँले नै मैथिल ब्राम्हण तथा मैथिल कायस्थ (कर्ण कायस्थ)मा पंजी व्यवस्थाको शुरुवात गर्नुभएको थियो । पंजी प्रबंधको व्यवस्था शाके संवत १२३२ अर्थात सन् १३१० मा राजा हरिसिंह देवले लिखित रुपमा गर्न लगाउनुभएको थियो । उहाँ भन्दा अगाडी नै नान्यदेवले यसको शुरुवात गर्नुभएको पाइए पनि यो अलिखित रुपमा रहेको थियो । पंजी व्यवस्था शुरु कसरी भयो सन्दर्भमा एउटा कथा प्रचलित छ । कथानुसार मिथिलाराज्यमा (त्यत्तिबेला) एउटी ब्राम्हणीको रगत सम्बन्धमा विवाह भएको र उनले पाएको दुःख कष्टको विचार गर्दे जाँदा यस्तो भएको थाहा पाएपछि पतिले पत्नीलाई त्यागिएको घटनाले पंजीव्यवस्थालाई जोडिएको पाइन्छ । राजा हरिसिंह देव कहाँ यस्तो फिराद पुुगेपछि राजाले विभिन्न पण्डित, विद्धानहरुलाई बोलाएर यसको समाधानको उपाय निकाल्न लगाउँदा यस्तो पंजीकरणको व्यवस्था गरिएको जनाइएको छ । महिलालाई यज्ञादि गरी चोख्यादै रगत सम्बन्धमा विवाह नहोस्भन्ने हेतुले पंजिव्यवस्था कायम गरिएको हो । यसमा प्रत्येक ब्राम्हण, राजपुत, तेरघरिया वैश्य र कायस्थ जातिमा पंजिकाधिकारी नियुक्त गरि यसको शुरुवात गरिएको हो । यसमा प्रत्येक परिवारको लगत लिई वंशावली तयार गरी मूलग्राम डेरा, गोत्र आदिको उल्लेख गरि राखिएको छ । यस किसिमको लिखित अभिलेख राखि विवाहपूर्व वर र कन्यापक्षका सात पुस्ता छुटयाई विवाह योग्य भएपछि मात्र पंजिकारले स्वजनपत्र लेखी स्वीकृति दिएपछि सिद्धान्त र विवाहको कुरा छिनिन्थ्यो । मातृपक्षको ५ तथा पितृकुलको ७ पक्षको रगत सम्बन्ध यसमा हेरिन्छ र नमिलेपछि सिंद्धान्त (स्वजनपत्र) को माध्यमद्वारा पंजीकारले विवाहको स्वीकृति दिन्छ । अहिले पनि मिथिलाका ब्राम्हण, कायस्थ र देव जातिमा यो प्रचलन कायमै छ । अद्यापि विना पंजीकरण र सिद्धान्त बिना विवाह यस जातिमा हुँदैन् ।
सर्वप्रथम पंजिकरण भारत समौल मधुवनी जिलाको धारे झाद्वारा शुरु गरिएको र त्यही समयदेखि नै सौराठसभाको शुरुवात भएको बताइन्छ । अहिले धारे झाकै छोरीपट्टीका पंजिकारहरुले यो कार्यलाई विडोंको रुपमा थामेको छ ।
त्यही पंजीकरण व्यवस्थालाई बचाउन मुख्य ध्येय बोकेको तथा सामूहिक विवाहको लागि प्रख्यात मानिएको ‘सौराठसभा’ स्थल भारतको मधुवनी जिल्लाको रहिका प्रखण्ड अन्तर्गत पर्दछ । रहिका बाजारबाट अढाई किलोमिटर पूर्वोत्तर कुनामा तथा मधुवनीबाट ६ किलोमिटर उत्तरमा पर्ने सौराठसभा आषाढ महिनाको अन्तिम शुद्ध लगनमा शुरु हुन्छ भने यो सौराठ सभा ५ दिन देखि एकहप्ता सम्मको हुने गरेको छ ।
सौराठ सभामा वरपक्ष (केटापक्ष) र कन्यागतपक्ष (केटीपक्ष)बीच शास्तार्थ हुन्थ्यो । त्यहाँ केटाको ज्ञान, क्षमता हेरिन्थ्यो । केटा घरबाट नै रातो धोती, कुर्ता, रातो पाग धारण गरेर सभागाछीमा निर्धारित स्थानमा ओछयानमा बसेको हुन्थ्यो र त्यही शास्त्रार्थ हुने गरिन्थ्यो । त्यहाँ सवा लाख ब्राम्हणहरुको उपस्थिती भएपछि पाखरको बोट आफै मौलाउने गरेको बताइन्छ । यद्यपी अहिले त्यहाँ त्यो रुख छैन् । मिथिलाको यी जातिहरुमा ‘चट्ट मंगनी पट्ट वियाह’ भन्ने कहावत अनुसार नै कुरा छिनिएपछि विवाहको तयारी भई एकहप्तामैं हुन्थ्यो ।
पहिला यो सभा सौराठ सहित ४२ स्थानमा हुने गर्दथ्यो । यसमा सहरसाको बनगाँव, पूर्णियाको सुखसैना, सीतामढीको ससौला, मधेपुरको समुआर, अररियाको खामगारर, झंझारपुरको प्रतापपुर प्रसिद्ध रहेको छ । तर अहिले सौराठ र सितामढीको ससौला बाहेक प्रायः सबै लुप्त अवस्थामा छ । र दुइटैको अवस्था पनि दिनप्रतिदिन लुप्तकै अवस्थामा गइरहेको छ । बढदो दहेज, समयाभाव, बढदो आधुनिकता र सम्पर्क माध्यमको पहुँचको कारण यसमा कमी आएको सौराठसभामा पंजिव्यवस्थालाई कायम राख्न लाग्नुभएका पंजिकार प्रमोदकुमार मिश्रको भनाई छ ।
सौराठसभा पुग्दा भारतको उत्तरप्रदेशको नासिरगंजबाट आउनुभएका यदुनारायण पाठक लगायत करिब एक दर्जन व्यक्तिहरु, तिनवटा पंजिकारहरुको आश्रयस्थल तथा केही पसलमा रहेका मान्छे मात्रै भेटिएको थियो । पहिला पहिला अषाढ महिनाको अन्तिम शुद्ध लग्नमा लाखौंको ब्राम्हणहरु पुग्ने सो सभामा सो समयमा अहिले मुस्किलले सय जना पुग्ने गरेको ठम्याई पंजिकार प्रमोदले गर्नुभएको थियो ।
पहिला पहिला सौराठसभामा विवाहको कुरा छिनिएर सिद्धान्त भई विवाह हुनु भनेको शान, मान र विद्धानको प्रतिक थियो तर अहिले ति क्रमशः हराउदै गएको छ । सोही गाउँमा अहिले पनि ५ हजार भन्दा बढी ब्राम्हण समुदायको वस्ती रहेको छ तर विवाहको लागि लग्न जुराउनुबाहेक उनीहरु पंजिकारसंग खासै मतलव नराख्ने गरेको छ ।
सम्पूर्ण सुविधाले युक्त भएपनि सरोकारबाला निकाय तथा स्वयं ब्राम्हण समुदायहरुकै कारणले सौराठसभा आजको पुस्ताले विर्सदै गएको छ । अहिले पनि २२ एकड जग्गामा फैलिएको सो सभामा माधवेश्वरनाथ ट्रष्टको अधिनमा दरभंगा महाराजद्वारा प्रदान गरिएको ठुलो दुई वटा पोखरी, पूर्व केन्द्रीय रेल मन्त्री ललित नारायण मिश्रको सतप्रयासमा बनाइएको दुइवटा ठुलो धर्मशाला, भारतीय स्टेट बैंक, हुलाक, दुईवटा खानेपानी, स्वास्थय चौंकी, यज्ञमण्डप, माधवेश्वरनाथको पुरानो मन्दिर, ठुलो इनार लगायत रुखहरु पर्याप्त रहेका छन् । तर, सभामा ब्राम्हण समुदायहरु नपुग्दा एउटा धर्मशालामा नीजि विद्यालय चलिरहेको छ भने अर्को धर्मशाला पूर्णत बन्द भई जिर्ण बन्दै गएको छ । त्यसैगरी खानेपानी समेत त्यस्तै अवस्थामा छ भने पोखरीहरु अवस्था समेत दिन दिनै घटदै गइरहको छ ।
सौराठसभामा पंजिकारको माध्यमबाट वर र कन्यागतको मिलान हुने गरेको छ । पंजी व्यवस्थालाई आधुनिकतासंग समेत वैज्ञानिकहरुले जोडेका छन् । विपरित डिएनए भएको व्यक्तिसंग विवाह भएपछि उनीहरुबाट हुने छोराछोरी बढी स्वस्थकर र मानसिक, शारीरिक रुपमा स्वस्थकर हुने वैज्ञानिकहरुले पुष्टि गरिसकेको छ । अहिले कम्प्युटरको युग भएकोले पंजीकरणको व्यवस्था कम्प्युटरबाट हुनु जरुरी छ । पंजीकरणलाई डाटा प्रोसेसिँगको माध्यमबाट अलग्गै वेव बनाई त्यही अनुसार आधुनिकरण गर्ने हो भने राम्रो तथा पुनः सुधार गर्न सकिने बुझिन्छ ।
यसलाई बचाउन अहिले पनि सौराठसभा विकास समिति र दहेजमुक्त मिथिला काम गरिरहेको छ । तर पनि उल्लेख्य सफलता भने हात परेको देखिदैंन् । त्यसैले सामुहिक विवाहको लागि प्रख्यात मानिएको यो सभालाई ब्राम्हण समुदायले पुर्खाको विरासतको रुपमा बचाउनु नितान्त जरुरी छ ।
जलेश्वरदेखि ईलाम सम्मको यात्रा
नागेन्द्रकुमार कर्ण ÷
योजना, तत्अनुरुपको कार्य, सामञ्जस्यता र अर्थ (रकम) सामुहिक रुपमा भ्रमण तथा यात्राको अनिवार्य आवश्यक कार्य हो । यो बिनाको भ्रमण कुनै अर्थमा लाभदायक हुँदैन् । नुन बिनाको माछा खाएसरह नै हुन्छ । समय र पैसाको वर्वादी बाहेक हामीले यसबाट केही पनि पाउँदैनौं । यो कार्य बिना हामीले सोचेको जस्तो उपलब्धि पनि हासिल गर्न सक्दैंनौं । त्यसैले कतै तपाई पनि यात्रा वा भ्रमणको लागि जाँदै हुनुहुन्छ अथवा तयारी गर्दे हुनुहुन्छ भने यस्ता कुरामा ध्यान दिनैपर्छ । आजभोली त यसो नेटमा बस्यो भने गुगलले जाने ठाउँको दिशा, दुरी सबै पत्ता लगाइदिन सक्छ भने त्यहाँको मौसम, हावापानी, धार्मिक, साँस्कृतिक सम्पदाहरु, भ्रमण गर्नुपर्ने ठाउँहरुबारे समेत भन्न सक्ने भएकोले अलिकति मात्रै मिहिनेतले तपाईको भ्रमणलाई उद्देश्यअनुरुप मात्रै नभई लाभदायक, सुरक्षित र सहज बनाउन मद्दत पुग्दछ ।
भ्रमण (घुमफिर) गर्नु सबै हिसाबले उपयुक्त र राम्रो मानिन्छ । अनुभव बटुल्न, नौलो ठाउँको बारेमा आफै पुगेर अवलोकन गर्न, कामको बोझबाट एक दुई दिन मुक्त हुँदै मुड फ्रेस गर्न लगायत अन्य कामको लागि पनि भ्रमण गर्नु राम्रो मानिन्छ । यसै सिलसिलामा पूर्वको केही जिल्ला जाने मौंका जु¥यो । हामीले पनि सामुहिक रुपमा ड्राइभर सहितको ७ जनाको जम्बो टोली पूर्वको झापा, इलाम लगायत भारतीय दार्जलिङ सम्म जाने धोकोका साथ आइतबार (साउन ६ गते) जलेश्वरबाट प्रस्थान भयौं । टोलीमा म सहित कमलेश झा, नितेश झा, पंकज साह, नरेशकुमार साह उनका एकजना आफन्त (भारतको छपरा निवासी, नातामा नरेशको सालो) थियौं । एसी सहितको नयाँ गाडी गन्तव्य तिर हुँइकँदै गयो । हामीले सुनसरीको भान्टाबारीमा कोसीको माछा सहितको राम्रो खाना पाइन्छ भन्दै २ बजेतिर त्यहाँ खाना खायौं । त्यसपछि हाम्रो गन्तव्य झापाको लक्ष्मीपुर थियो । लक्ष्मीपुरमा कमलेशको दाईको साढुभाई बस्ने भएको र राति पनि त्यही बस्ने पूर्व योजना अनुसार हामी त्यहाँ पुगेका थियौं । त्यहाँ घरमूली नरेश झाले हामीले सोचेको भन्दा पनि बढी सत्कार गर्नुभयो । उहाँले हामीलाई यो क्षेत्रमा जानुपर्ने ठाउँहरुको बारेमा जानकारी समेत दिनुभएको थियो । उहाँले नै तपाईहरु नेपालकै ठुलो पुल कनकाई नदीको पुल पार गरेर आउनुभएको भन्दा हामी झल्याँस्स भएका थियौं । हामीलाई यो पुल बाटोमा पर्छ भन्ने हेक्का पनि थिएन । हामी त त्यो पुल काकडभिठ्ठाको नजिक होला भनेर अनुमान गरेका थियौं तर लक्ष्मीपुर आउनुभन्दा चार पाँच किलोमिटर अगाडी नै त्यो पुल हामीले क्रस गरिसकेका थियौं । त्यहाँ हामीले अफसोस जाहिर गर्दे जानेबेलामा पुल हेर्ने विचार गरेका थियौं । त्यहाँ हामीले नास्ता खाई उहाँको पुरानो घर डाँगीबारी पुग्यौं । डाँगीबारीमा उहाँहरुको बसाईको तिनपुस्त पुगिसकेको छ । पुरानो घरमा झाजीको बुबा, आमा सहित कान्छोभाई महेश झा र बुहारी बस्दैं आउनुभएको छ । क्षेत्रमैं गणमान्यमा गनिनुहुने दुवै दाजुभाईको स्वभाव मिलनसार, चाहिए भन्दा बढी नबोल्नु रहेको पायौं । त्यहाँ पनि हाम्रो स्वागत नसोचेभन्दा बढी भयो । त्यहाँ रात्रि विश्राम पश्चात बिहान सोमबार महेश झा सर र उहाँको साथी सन्तोष भन्ने डिकबहादुर श्रेष्ठसंगै हामी इलामको यात्रामा निस्कयौं । महेश दाईको साथी सन्तोष पनि मिलनसार रहेको पायौं । उहाँ दुबैले हाम्रो पथप्रदर्शकको रुपमा हरेक ठाउँको बारेमा जानकारी दिनुभयो । सन्तोष दाई राम्रो चालक पनि भएको तथा त्यो बाटोको राम्रो जानकारी हुनुभएकोले बाटोमा यदि हामी चढेको गाडीको चालकलाई अप्ठयारो भयो भने बेकअपको रुपमा तथा पथप्रर्दशकको रुपमा हुनुहुन्थ्यो । बिर्तामोडबाट दुई तिन किलोमिटर पूर्व चारआली पुगेर इलामको लागि गाडी उत्तरतर्फ सोझियो । झापाको उखरमाउलो गर्मीमा गाडीमा चलेको एसीलाई हामी एक घण्टा नवित्दै विस्थापन गर्यो । बाहिरको एसीमा हामीलाई अलिअलि भएपनि चिसोको महसुस भइरहेको थियो । रात्री पानी परेकोले आकाश पुरा खुला थियो । सूर्यको प्रकाश पातमा पर्दा ऐनामा टल्किए झै सोझै आँखामा परेर लुकामारी खेलिरहेको थियो । सुपारी र नारियलको बोटहरु, मकैबारी र चियाबारी, हरेक खेतमा रोपिदै गरेको धान, नागबेली परेको बाटो, बादलको ख्यालठट्टा (कहिले पानी पर्छ कि जस्तो धुम्म कालो हुने त कहिले आकाशै देखिने गरी खुल्ने) तथा प्रकृतिको मनोरम छँदा हेर्दे हामीहरु मन्त्रमुग्ध भइरहेका थियौं । त्यसमा पनि बादलले ल्याइरहेको चिसोपनाले गर्दा त हामी एक छिन हाम्रो महोत्तरी मात्रै होइन झापाको उखरमाउलो गर्मी पनि बिर्सियौ । महेन्द्र राजमार्ग छाडेर मेची राजमार्गमा गुडिरहेका थियौं । बाटोमा कुल्बुङ स्थानमा पाथीभराको मन्दिर आयो । महेश दाई र सन्तोष दाईले ल ईलामको यो पाथीभरा मन्दिर घुम्न जाउँ भनेर भन्नुभयो । नेपालको ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरा देवीको तिन बहिनी मध्ये कान्छी वहिनीको रुपमा इलामको कोल्बुङमा पाथीभरा देवी रहेकी छिन् । माहिली भने इलामकै फिक्कल ३ बरबोटेमा अवस्थित रहेकी छिन् । हामी पाथीभरा देवीकी कान्छी बहिनी पाथीभराको दर्शन गर्न पुजाको सामग्री किनेर डाँडाको बाटो लाग्यौं । डाँडामा हामी शुरुमा दर्गुर्यो तर दुई मिनेट नवित्दै सबै लखतरान । ठाडो उकालो । त्यसमा पनि दर्गुनाले त सबैको हालत खराब । सन्तोष दाईले विस्तारै विस्तारै ढुँगा टेक्दै जान भन्नुभयो । होइन भने लेउले गर्दा चिप्लिने डर । विस्तारै थकाई मादैं हामी २० मिनेटमा मन्दिर परिसर पुग्यौं । त्यहाँ जुत्ता, चप्पल फुकालेर दर्शन गर्न पुग्यौं । त्यहाँ पाथीभरा देवी मन्दिरको ठयाक्कै अगाडीमा रहेको भगवान गणेशको पुजा गर्यो । पाथीभरा देवीको पुजा पूर्व गणेशको पूजा गर्नुपर्ने चलन मन्दिरमा रहेकोले हामी त्यसै गर्यो । त्यसपछि हामी पाथीभरा देवीको दर्शन गर्यो । ढुङाको आकारमा लम्पसार परेकी जस्ती देखिएकी थिइन । मन्दिर भित्रमा पुजाको लागि कपडा, घण्टी बाँध्नुपर्ने, सिन्दुर लगायतका सामग्रीहरु चढाउने गरेको र हामीले पनि त्यसो गर्यो । त्यसपछि हामी मन्दिरमा पुजापाठ गरेर तल ओर्लयौं । जुत्ता चप्पल लगाउने ठाउँमा आएर हामी सबैले जुत्ता, चप्पल लगायौं र केही साथीहरु त्यही रहेको पसलमा केही सामान किन्न लाग्नुभयो । त्यस्तैमा सन्तोष दाईले सबैजनाले आफ्नो खुट्टा हेर्न लगाउनुभयो । किनकी उहाँलाई जुका (जोंक, रगत चुस्ने किरा) लागेको थियो । अनि सबै जनाले हेर्यो । सबैलाई जुका लागेको थियो । म र नितेश झा बाहेक सबैको खुट्टाबाट रगत बगेको देखियो । त्यहाँ सबैले ‘जसले पाप गरेको छ, त्यो पाप भगवतीको कृपाले पखालियो’ भन्ने रुपमा लिए । त्यसपछि हामी सिँढीको बाटो तल ओर्लयौं । मन्दिरदेखि तल सम्म ओर्लन एक हजार दुई सय भन्दा बढी भ¥याङ थियो । हामीले ओर्लने बेलामा सबैले कतिवटा सिँढी छ भनेर गन्न भन्यौं । ५ सय सम्म त गनियो तर खुट्टामा अलिकति पनि चिलायो भने जुका लागेको हो कि भनेर जुत्ता फुकाल्दा फुकाल्दै हामीले गन्न भ्याएनौं तर तल सोध्दा १२०० सिढी रहेको थाहा पाएका थियौं ।
त्यसपछि हामी अगाडी बढ्यौं । सबैलाई भोक पनि लागेको थियो । हामी फिक्कल पुगेर ‘पाहुना घर’ भन्ने होटलमा खाना खायौं । साहुनीको फरासिलो व्यवहार तथा मिठो खानाको लुत्फ हामीले उठायौं । त्यसपछि हामी इलामको बाटो लाग्यौं । जता हेर्यो त्यत्तै चियाको बगान । डाँडाकाँडा, भिरपाखा, जता हेर्यो त्यत्तै चिया खेती । हामीले नेपाली फिल्म हेर्दा त्यसमा देखाइने चियाखेतको झल्को हामीले दुरुस्तै हेर्न पायौं । नजिक गएर हामीले चियाको बोट हेर्न पायौं । फोटो सेशन पनि गर्न भ्यायौं तर इलाम बाजार घुम्न भने भ्याएनौं । हामीलाई दार्जलिङ पुग्ने चाहनाले गर्दा हामी आधा घण्टा पछि ईलाममा बस्न सकेनौं । इलाम बाजार तथा चियापत्ती कसरी बनाइदो रहेछ भन्ने हेर्न पाएनौं । त्यसको लागि हामीलाई पुनः इलाम पुग्नुपर्ने वाध्यता छँदैछ ।
त्यहाँबाट पुनः हामी फिर्ता भयौं । पुनः फिक्कल आएर त्यही पाहुना घरमा पुगेर हामी चिया खायौं । त्यहाँबाट दार्जलिङ जानको लागि पशुपतिनगर आयौं । पशुपतिनगर पुगेपछि भारतीय भूभागमा प्रवेशसंगै दुई गन्तव्य शुरु हुन्छ । एउटा दार्जलिङ जाने अर्को दार्जलिङ जिल्लामा पर्ने मिरिक जाने बाटो । मिरिक पशुपतिनगरबाट करिब १५ किलोमिटरको दुरीमा छ । पहाडको घुमाउरो बाटो । त्यहाँबाट हामी दार्जलिङ जानेबाटो तथा पुग्नेबारे पत्ता लगायौं । तर अहिले दार्जलिङ जाने मौसम नभएको, बाटो पनि नागबेली तथा डरलाग्दो भएको, साँझको समय भएको तथा बाक्लो हुस्सुले गर्दा बाटो नदेखिने भएकोले त्यहाँ नगई बरु नजिकमा रहेको र दार्जलिङ जस्तै मौसम भएकोले मिरिक जाने योजना बन्यो । हामी पशुपनिगरमा भारतीय कष्टममा पुग्यौ । त्यहाँ नेपाली कष्टम र भारतीय कष्टम जोडिएर रहेको छ । त्यहाँ चेकजाँच र गाडीको सबै कागजात मिलाएर मिरिकको लागि हिड्यौं । नागबेली परेको बाटो, धुम्म परेको कुहिरो, लाइट बालेपनि नदेखिने बाटो तथा एकातर्फ पहाड र अर्को तर्फ तलसम्म नदेखिने खाल्डोले डर लागिरहेको थियो । दुई तिन किलोमिटर पुगेपछि साथीहरुले त्यहा रहेको भारतीय एसएसबीसंग सल्लाह गर्यो । एसएसबीले अगाडी यो भन्दा पनि नागबेली परेको बाटो, धना कुहिरो रहेको बताएपछि हामीहरुले त्यसपछि अगाडी बढन नसकेर फिर्ता भयौं । त्यसपछि हामी राति ८ बजे झापाको विर्तामोड पुग्यौं । गर्मी छलेर आएका हामीहरु पुनः गर्मीमै भिज्यौं । त्यो रात हामी विर्तामोडमै वितायौं । त्यसको भोलीपल्ट हामी दैनिक नित्यकर्म गरेर त्यहाँबाट हिड्यौ । बाटोमा कनकाई नदिको पुललाई नियालेर हेर्यो । झापा जिल्लालाई पूर्व र पश्चिम करिब दुई बराबरी भागमा बाँडेको कनकाई नदीमा बनेको पुल नेपालकै ठुलो पुल मानिन्छ । जानेबेलामा नदेखेर दुख मनाउ गरेका हामीहरु फर्कने बेलामा राम्ररी नियालेर हेर्यो । माई, देउमाई, जोगमाई र पुवामाई मिली जिल्लाको पनि सबै भन्दा ठुलो नदीको रुपमा परिचित यस कनकाई नदीको पक्की पुल ७०३ मिटरको रहेको छ ।
त्यसपछि खाना खाने उद्देश्य तथा घुमाइको दृष्टिकोणले हामी त्यहाँबाट हामी धरान पुग्यौं तर हामी मध्ये कसैलाई पनि धरानबारे जानकारी नभएको तथा जाने ठाउँको बारेमा जानकारी नभएकोले हामी त्यहाँ बाजारबाटै कोशीमा खाना खाने भन्दै फिर्ता भएका थियौं ।
कोशी ब्यारेज पुगेर कुन होटलामा खाना खाने भनेर सोध्दा मैले यो भन्दा अगाडी इटहरीमा नेपाल प्रेस युनियनको महाधिवेशनमा आउँदा राम्रो खाना खाएका होटल देखायौं । त्यहाँ होटलको काउन्टर भर्खरकी राम्री, चिटिक्क परेकी केटीले सम्हालेकी थिइन । त्यहाँ पुगेर मैले कुरा अगाडी बढाउने क्रममा झिँगे माछा बारे सोध्दा उनले आफ्नी आमालाई आवाज दिर्दै सोधिन । मलाई लाग्यो या त केटीलाई पसलमा राखिएको सामग्रीको मोल थाहा छैन् ? एक दुईदिनको लागि घर आएको बेलामा पसलमा सहयोगका लागि बसेकी छिन् ? या त हामीहरुसंग कुराकानी गर्ने मनशाय छैन् । तर जे भए पनि हामीहरु उनकै अनुहार हेरेर थपिथपि खाना खानुका साथै करिब डेढ घण्टा त्यहाँ बिताएका थियौं । क्या स्वादिष्ट माछा थियो । सबैले थपिथपि मनले नअघाए सम्म खायौं ।
खाना पश्चात घरमा कोसेली स्वरुप बरमझियाको पेडा किनेर हामी बर्दिवास आयौं । बर्दिवासमा नरेशजीको काम परेकोले हामी पुगेका थियौं । त्यहाँ करिब एक घण्टा विताएर हामी रामगोपालपुरमा चिया खाएर जाने सल्लाह भयो । त्यही अनुरुप रामगोपालपुरमा चिया खाएर मंगलबार राति ८ बजे घर पुग्यौं । जलेश्वरमा हामीले हाम्रो गाडीको चालक जलेश्वरकै राजुजीलाई धन्यवाद दिएका थियौ । इलाम र मिरिक जाने त्यत्तो बाटोमा पनि राम्ररी र सहजरुपमा गाडी गुडाउने क्षमता बोकेका राजुले हामीलाई सकुशलरुपमा गनतव्यका साथै घरमा पुर्याएकोले धन्यवाद दिएका थियौं । हेर्दा पुड्को लाग्ने राजुको गाडी चलाउने क्षमता भने लामो देखियो । यसरी हामीले केही थकथकी र केही असहजता भएपनि समग्रमा पुर्वको इलामको यात्रा गरेका थियौं ।
घुम्नु भनेको केही नौलो ज्ञान प्राप्त गर्नु हो । हामीले नदेखेको भन्दा फरक स्वाद र अनुभव गर्नु हो । यस्तो अवस्थामा हामीले सहभागी मध्ये सबैको रुची, व्यवहार पनि जान्नु नितान्त जरुरी हुन्छ । यात्राको क्रममा हामीले केही औषधी लगायतका केही जरुरी सामग्री बोक्नुपर्छ भने सहभागीको रुचीलाई पनि ध्यान दिनुपर्छ । त्यसैगरी पूर्व योजनावद्ध ढंगले जाने हो भने अझ यस्ता यात्रामा रोमाञ्चकता थप्ने हुन्छ । यात्राको क्रममा महेश झा, नरेश झा र उनको आतिथ्य सत्कारलाई विर्सन सकिन्न् । उहाँको हार्दिकताप्रति नतमस्तक हुँदै हामीले फिर्ता हुनेबेलामा उहाँसंग विदावारी भएका थियौं ।
الاشتراك في:
الرسائل (Atom)