कार्यालय प्रमुखलाई टेरेनन् कर्मचारीले

कार्यालय प्रमुखलाई टेरेनन् कर्मचारीले

महोत्तरी समाचारदाता
जलेश्वर, माघ १३ गते । महोत्तरी जिल्लाको स्थानीय विकास अधिकारीलाई निजका मातहतका कर्मचारी गाउँ विकास समितिका सचिवले नटेर्ने गरेको उदाहरण महोत्तरीमा देखापरेको छ ।
महोत्तरी जिल्लाको गोनरपुरा गाउँ विकास समितिका सचिव जिवछ मिश्रलाई स्थानीय विकास अधिकारी तिर्थराज भट्टराईले सो गाविसको परिषद सोमबार दिनको १ बजे सोही गाविस भवनमा गराउन आदेश दिएकोमा सचिवले त्यस वमोजिम नगरेपछि यस्तो रहस्य खुलेको हो ।
स्थानीय विकास अधिकारी भट्टराइले सो परिषदको लागि जिल्ला विकास समितिका योजना अधिकृत राधेश्याम गिरीलाई समेत सोमबार गाउँ विकास समितिमा तोकिएकै समयमा पठाइसक्दा पनि सचिव मिश्रको अत्तोपत्तो थिएन । त्यसपछि योजना अधिकृत गिरी र स्थानिय अधिकारी भट्टराइ समेतले पटक पटक सचिव मिश्रलाई फोन सम्पर्क गरेपनि उहाँले उठाउनुभएन र न त उहाँले परिषद गर्न गाविस भवन जानुभएको स्थानीय विकास अधिकारी भट्टराइले वताउनुभयो । गाविस सचिव मिश्र परिषद गराउन नपुगेपछि स्थानीयहरु आक्रोशित भई योजना अधिकृत गिरीलाई नियन्त्रणमा लिएर गाली वेइज्जती गर्नुका साथै उहाँ पनि सचिवसंग मिलेको आरोप लगाएको थियो ।
गाउँका विभिन्न राजनीतिकदलका सभापति र अध्यक्ष सहितले सोमबार साँझ एक विज्ञप्ति जारी गर्नुहुदै सचिव मिश्रलाई कारवाही गर्नुपर्ने माँग गरेको छ ।
एमालेका सुभान नदाफ, नेपाली काँग्रेसका रामविराजी साह, सदभावनाका सत्यनारायण साह, संघीय सदभावनाका शिवचन्द्र साह, नेकपा माओवादीका विनोद मण्डल, रामसपाका अमित मिश्र, नागरिक वडा मञ्चका महेश साह, नेकपा माओवादीका रामवावु पासमान, तमलोपा नेपालका कमलेश यादव, फोरमका राजनारायण यादव, दलित अगुवा मनमोहन पासमान लगायतकाहरुले हस्ताक्षर गरी परिषद गराउन नआएका गाविस सचिव मिश्रलाई कारवाहीको माँग गर्नुभएको छ । स्थानीयहरुले अधिकृतलाई नटेर्ने कर्मचारीलाई कारवाही हुनुपर्ने माँग राख्दै आएपछि स्थानीय विकास अधिकारीले सचिव मिश्रले गराउने परिषदलाई मान्यता नदिने आश्वासन दिनुभएको स्थानीयहरुले वताएका छन् ।
यता अधिकारी भट्टराईलाई यसबारे सोध्दा उहाँले गाविस परिषदमा भाग लिनको लागि आफुले योजना अधिकृत गिरीलाई पठाएको स्विकार्नुहुदै कार्यालयलाई समेत नटेरेका सचिवलाई कारवाही गरिने वताउनुभयो ।
उहाँसंग तपाईकै मातहतका कर्मचारीले टेरेनन् भनेर सोध्दा उहाँले भन्नुभयो, ‘हेर्दै जानुस न्, कसरी नटेर्नेलाई टेर्ने बनाउँछु’ ।
यता सचिव मिश्रलाई परिषदमा किन जानु भएन्् सोध्दा उहाँले आफुले सोमबार परिषद गराइसकेको जानकारी दिनुभयो । उहाँले कार्यालयलाई चार दिन अगाडी नै खबर गरेर सोमबार गोरनपुरा गाउँ विकास समितिको वडानं. ९ हिरदुवामा परिषद सम्पन्न गरेको दावी गर्नुभयो । उहाँले आफुले चार दिन अगाडी नै जिल्ला विकास समितिका खरिदार रामभगत तमोलीलाई परिषदमा सहभागिताको लागि चिठ्ठि दिइसकेको जानकारी दिनुहुदै स्थानीय संघसंस्था, विभिन्न राजनीतिकदलहरु, बलबा इलाका प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय, पशु कार्यालय लगायत गरि करिब साढे ३ सय स्थानीयको उपस्थितीमा परिषद सम्पन्न गरेको वताउनुभयो । उहाँले यस वर्ष ६० लाख रुपैयाको बजेट विनियोजन गरेको जानकारी दिनहुदैं सामाजिक सुरक्षा भत्ता, गाविस कार्यक्रम अनुदान, गाविस संचालन अनुदान, आन्तरिक श्रोत लगायतबाट वजेट विनियोजन गरिएको वताउनुभयो ।
सचिव मिश्रले गाउँमा पशु मर्दा सिनो फाल्ने दलित वर्गले सो काम छाडेपछि सो कामको लागि गाउँको चारवटा टोलमा एक–एक वटा गरी ४ वटा ठेला प्रदान गर्ने निर्णयका साथसाथै लक्षित वर्गका लागि समेत कार्यक्रम गर्नेगरी वजेट विनियोजन गरेको दावी गर्नुभयो ।
उहाँले परिषद नगराएको भन्नु गलत भएको र आफुले प्रमुखलाई नटेरेको कुरा पनि गलत भएको वताउनुभयो । 

पूर्व प्रधानन्यायधीश उपाध्याय निर्भिक

पूर्व प्रधानन्यायधीश उपाध्याय निर्भिक


महोत्तरी समाचारदाता
जलेश्वर, माघ १७ गते । पूर्व प्रधानन्यायधीश विश्वनाथ उपाध्यायको मृत्युको खबरले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा उहाँलाई चिन्नेहरु भावविह्रवल बनेका छन् । उहाँलाई नजिकबाट चिन्नेहरु उहाँ निर्भिक र अलग किसिमको मान्छे भएको वताउनुभएको छ ।
सदरमुकाम जलेश्वरको वडानं. ५ स्थित पुरानो विणा विद्या मन्दिर स्कुल निर पूर्व प्रधानन्यायधिश उपाध्यायको घर रहेको थियो । तर अहिले ति सबै विक्री गरिसकिएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा उहाँको परिवारसंग नजिक रहँदै आउनुभएका औषधी व्यवसायी तथा उद्योग वाणिज्य संघ जलेश्वरका पूर्व अध्यक्ष रामाप्रसाद जालानले उपाध्याय एक अलग किसिमको रहेको वताउनुभएको छ । उहाँले भन्नुभयो,  ‘विश्वनाथ उपाध्याय एक निडर, झुठो बोल्नेसंग चिढिने, घुस लिने र दिने दुवैलाई नराम्रो भन्ने तथा एकोहोरो किसिमका अलग मान्छे जस्तो व्यवहार गर्ने रहेको थियो’ ।
पूर्व प्रधानन्यायधिशको मृत्युको खबरले भावविह्रवल बन्नुभएका जालानसंग सोधपुछ गरिरहँदा उहाँले उपाध्याय महोत्तरीको मात्रै नभई नेपालकै एक विभूति भएको वताउनुहुदैं उहाँको मृत्युले देशलाई अपुरणिय क्षति पुगेको वताउनुभयो ।
पूर्व प्रधानन्यायाधीश उपाध्यायको वुवालाई हामी सबैले भागिरथी सुब्बाको नामले चिनदैं आएको वताउनुहुदै जालानले मेरो बुवा र भागिरथी सुब्बाबीच पारिवारिक सम्बन्ध जस्तो व्यवहार रहँदै आएको कारण आफुले नजिक हुन पाएको वताउनुभयो । भागिरथी सुब्बा अञ्चलाधीश कार्यालयमा २ नं. सुब्बा बनेर आउनुभएको थियो भने उहाँले विवाह जलेश्वरमैं गर्नुभएको थियो ।
उहाँले पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय आफु भन्दा धेरै सिनियर रहे पनि उहाँको कान्छो भाई नरेन्द्र दाहाल मेरो सहपाठी रहेको कारण उहाँको परिवारसंग आफनो नजिकको सम्बन्ध रहँदै आएको वताउनुभयो । उहाँले जलेश्वर आउँदाखेरी भेटधाट हुने गरेको वताउनुहुदैं उहाँको मृत्युको खबरले शोकविह्रवल बनाएको वताउनुभयो ।
त्यसैगरी पूर्व प्रधानन्यायाधीश उपाध्यायकै मावलीपट्टीकी वुहारी (दाजु जेठान) जलेश्वर नगरपालिका वडानं. ५ मैं वस्दै आएकी महालक्ष्मी ढुँगानाले पारिवारीक सम्बन्ध रहँदै आएको वताउँदै उहाँभन्दा बढी हामीले उहाँको परिवारसंग नजिक हुन पाएको वताउनुभयो । उहाँले जलेश्वर आउँदा खेरी परिवारीक मिलन हुने गरेको चर्चा गर्नुहुदैं जिल्ला अदालत महोत्तरीको शिलान्यास गर्दाताका पनि उहाँ घरमा आउनु भएको वताउनुभयो ।

मिथिलाको संस्कृति बन्दै पान

मिथिलाको संस्कृति बन्दै पान

वीरेन्द्र रमण
जनकपुर।
जनकपुरको राम चौकमा,शिव चौक सहित विभिन्न चौकहरुमा रहेको पान पसलमा पान खानेको लागि भुइचो लाग्ने गरेको छ। राम चौकमा पान खान आएका श्याक प्रसाद साहका अनुसार खान खाएपछि पानी नखाने नहुने भएको छ। तर बिच बिचमा समेत उनले पान खाने गरेको बताउछन । उनका अनुसार दिनमा कम्तिमा पनि ५ खिल्ली पान खाने गरेको बताउछन । images
उनि मात्रै नभएर प्रत्येक साझ पान खाने पुग्ने गरेको मा श्याम जस्तै हरि मण्डलको समेत अनुभव रहेको छ । उनका अनुसार करिब आफुले १० वर्ष देखि नियमति पान खान थालेको बताउछन । सबै भन्दा बढि र मिथिलामा कोजाग्रत पुर्णिमा दिनमा पानको बिक्री हुने गरेको छ। सो दिन कहिले पनि पान नखानेहरु समेत पान खाने गरेका छन। त्यो दिन भगवानलाई समेत पान चढाउने गरेको छ। अहिले परापुर्व काल देखि मिथिलाको संस्कृतिक पहिचान नै पान बनेको छ।
भोजभतेरमा मात्रै होइन धर्मका रुपमा पनि पानको प्रयोग हुदै आएको पाइन्छ । धर्मशास्त्रमा पानकलाई शुद्ध र पवित्र मानेर देवतालाई पनि चढाइन्छ । अष्टलक्ष्मी,गणेश,भैरव,जगदम्बाको पुरा र पितृश्रद्धामा पान चढाइन्छ ।सादा पानलाई औषधिका रुपमा प्रयोग गरिन्छ तर यश्रस्तो पान खाने कमै हुन्छन । जर्दा पानमा सुर्ति धेरै हुने भएकोले यो स्वास्थयका लागि हानिकारक हुन्छ । तर अम्मलीहरु जर्दा पान नै रुचाउछन ।images1
जनकपुरको राम चौकमा पान पसल गर्दै आएका रंजित भण्डारीका अनुसार पानको पात भारतबाट नै आयत गरिन्छ ,पानको लागि आवश्यक पर्ने सामग्रीहरु समेत भारतबाट नै आउने गरेको छ। उनले दैनिक ३ हजार रुपैया सम्म पान बेच्ने गरेको बताउछन । राम चौकमा साभ्m उनको पसलमा पान खानेको घुइचो लाग्ने गरेको छ। विशेष गरेर जनकपुरमा मिठा र बंगला पान बढि मात्रामा बिक्री हुने गरिएको छ। जनकपुरमा मात्रै करिब १ हजार पान पसल रहेको छ। पान संस्कृत भाषाको ’पर्न शब्दबाट आएको हो जसको अर्थहुन्छ ’पात अथवा प्र्वाँख’ । सुर्तिलाई पानको पातमा बेरेर तयारपारिने मनोत्तेजक खादयपदार्थ हो । साधारणतया पान मुखमा राखेर चपाउँदै रसखाने अथवा थुक्ने गरिन्छ भने अन्त्यमा पुरै निल्ने वा थुक्ने गरिन्छ । पान विभिन्न तरिकाले तयार गरिन्छ । पान तयार गर्दा पातलाई टासेर राख्न चुनको लेदो प्रयोग गरिन्छ । केही दक्षिण एशियाली देशहरुमा सासलाई ताजा राख्न पनि प्रयोग गरिन्छ ।आर्युवेदका जानकारहरुका अनुसार पानमा औषधि गुणहरु समेत रहेको हुन्छ ।betel_leaf_betel_nuts_and_lime
पानले मुखको शोभा बउछ। स्वतरलाई सुरिलो पार्दछ । खास गरेर गायकहरु पान खानमा परांग हुन्छ । उनिहरु पान नखाई बस्न समेत सक्दैन । पान पनि मैथिली संस्कृउतिको पर्यावाची शब्द भएको संस्कृतिविद राम दयाल राकेश बताउछन । उनका अनुसार मैथिल नारी र पुरुष दुवैले पान खने गदर्छन । मैथिली सुस्कृतिमा स्शस्ीत्र पान अखानु सभ्य र सुसंकृत हुनाको परिचायक हो भन्ने ठान्छन ।अचेल स्शीत्र लिपिस्टीकको प्रयोग गरेृर ओठ रातो बनाउने गर्दछन तर पहलिेका स्त्रीहरु पान खाएर आफनो ओठको नैसर्गिक लालिामा बणउने गदथे रपान र्खाएपछि कामोत्तेजनमा वृद्धि हुने र स्मरण शक्ति समेत हुने जानकारहरुको कथन रहेको छ।
त्यसा
त विहेको सुगनामा पनि पान लैजानु शुभ मानिन्छ । घरबाट कतै जादा पान खाएर हिडदा साइत पर्ने विशवास पनि गरिन्छ ।यसको प्रयोग औगाधिका रुपमा पनि हुन्छ । आयुर्वेद चिकित्साका पिता धन्वन्तरीले पानमा १ सय ५ गुण हुने बताएका छन। उनका अनुसार खानपानपछिको पान अम्मल मात्र नभई पान क्रियाको सहयोगि हुन्छ ।रुघाखोकी,सर्दी र रक्त विकारमा पानलाई उत्तम मानिन्छ ।
पान खेतीको लागि नेपालका तराईका जिल्लाहरुमध्ये झापा,मोरंग,सुसनरी,सप्तरी,सिरहा आदि जिल्लामा २०४४ साल देखि कृषकहस्तरमा लगाउदै आएको पाइन्छ । यसको खेतीको लागि उष्ण प्रदेशीय जंगल क्षेत्र उपयुक्त मानिएको छ। हाम्रा कृषहरुले अन्य खेतीमा लगाउने केही खर्च र श्रम पान खेतीमा लगाउने हो भने कृषकको आर्थिक समुन्नती हुने मात्र नभई मुलुकको अर्थतन्त्रमा ठुलो सघाउ पुयाउने निश्चित छ।
पानको पात मुख्यत खानको लागि प्रयोग गरिन्छ । यसले पाचन क्रियालाई सघाउ पुयाउछ । पानको पातमा भिटामिन बि र सि हुन्छ । पानको पात कलेजो,मस्तिष्क ,मुटुको रुपमा लिइन्छ । पानको पातको लेप अनुहारमा सौन्दर्यको रुपमा लगाउने चलन छ। हिन्दुधर्मालम्बीहरुले यसलाई कुनै पुजामा पानको पात र सुपारी प्रयोग गरेको पाइन्छ भने आर्थिक रुपमा साना कृषहरुको आय आर्जन गर्ने मुख्य श्रोतको रुपमा पाइन्छ ।
हालसम्म जानकारी अनुसार पातका ६४ जातहरु भारतमा पाइएका छन । ती मध्ये प्रमुख जातहरु देशी ,काली,रायटेक आदि महाराष्टमा । हालसम्म जानकारी अनुसार पातका ६४ जातहरु भारतमा पाइएका छन् । ती मध्ये प्रमुख जातहरुः देशी, काली, रायटेक आदि महाराष्ट्रमा । साँची, मिठु (मिठा पत्ता), जहाजी र वंगला पान आसाम र पश्चिम बंगलामा, देशी देशावरी, कपुरी, मधही, वनारसी, कलकतीया बंगलापान उत्तर प्रदेशमा लगाइन्छ । नेपालमा हासम्म लगाइएका जातहरुमा देशी, बंगला, संचारी र मिठापत्ता पान लगाइन्छ ।पान खेतीका लागि उपयुक्त हावापानी भएको ठाउँमा थोरै जमिन हुने साना
कृषकहरुका लागि दीर्घकालीन आयश्रोत बन्न सक्ने तथ्यलाई नकार्न सकिदैन । भारतको पश्चिम बंगाल राज्यका कम जग्गा भएका पान खेती
गर्ने कृषकहरुलाई लिन सकिन्छ । पान खेतीमा स्थानीय श्रोत पारिवारिक श्रमको सदुपयोग वर्षभरि नै गर्न सकिन्छ । नपे ालका े झापा जिल्लामा विगत २ दशकदेि ख पान खते ी गर्द ै आएका कृषकले प्रति कठ्ठा (१.५ रो.) सरदर रु. १२–१५ हजारसम्म खुद मुनाफा
पाएका े बताउछँ न ् । पान खते ी गर्न े ठाउहँ रुमा भारतका े बगं ाल, विहार, उत्तर प्रदेश र दक्षिणमा महाराष्ट्र, केरला आदि ठाउँ अग्रणी स्थानमा पर्दछ । पश्चिम बंगालको २४ परगना, हावडा, हुगली, मिदनापुर, विरभूम र मुर्शीदावाद जिल्लाहरुमा पान खेती केन्द्रित पाइन्छ । यस बाहेक उत्तर बंगाल र आसाममा रुखका छेउमा पानका लहरा रोपेर पानको पात उत्पादन गरिन्छ । जसलाई स्थानीय भाषामा कचपान पान भनिन्छ ।
नेपालमा पनि केही समय अघिदेखि तुलनात्मक दृष्टिले थोरै क्षेत्रफलमा भएपनि झापा जिल्लाको शनिश्चरे, मोरङ्गका लेटाङ्ग, मधुमल्ला, सुनसरीको
पञ्चकन्या र श्रीपुर तथा सप्तरी जिल्लामा व्यावसायिक स्तर परीक्षणको रुपमा पान खेती गर्न थालिएको पाइन्छ । पानको लहरालाई छाँया (छहारी) बढी र सामान्य तापक्रम १०–३५ डि.से., बढी आद्रता, केही दिनको अन्तरालमावर्षा १५००–१८०० मि.मि. र निम्न प्रकाश पुञ्ज चाहिन्छ । यस्तो हावापानी
भएको ठाउँमा पान राम्रोसँग फस्टाउँछ । यसको खेती समुन्द्र सतहदेखि ९०० मिटरको उचाईसम्म हुनसक्छ । उष्ण प्रदेशीय जंगल क्षेत्रमा ठण्डा छहारी, आवश्यक आद्रता र अटुट रुपमा माटोमा चिस्यान हुने हुँदा पनि खेती प्राकृतिक अवस्थामा गर्न सकिन्छ । तर अन्य क्षेत्रमा पान खेती गर्दा बगैचामा आवश्यक छाप्रो, घेरा
वेरा, सिँचाइ आदिको व्यवस्था गरी उपयुक्त वातावरण बनाउनु पर्छ । तातो शुष्क हावाले लहरामा भएका कलीला पातको टुप्पा डढाईदिन्छ र ओइलाउँछ । ज्यादै चिसो हावा र तुषारोले पात झर्दछ ।

लोकगायन नियति बनेको छ

लोकगायन नियति बनेको छ

(हिमांशु चौधरी)
जनकपुरधाम, १ माघ । मैथिली लोकगाथा गायनलाई संरक्षण, सम्मान र प्रोत्साहनको आवश्यकता महसुस गरिएको छ । गाथा गायकको जीवनयापनको समस्या र अस्तित्वमा देखिएको सङ्कटलाई ध्यानमा राख्दै सो आवश्यकता महसुस गरिएको हो ।
लोकगाथालाई लोक साहित्यको महाकाव्य मानिएको छ । महाकाव्यका नायक इतिहास प्रसिद्ध हुन्छ भने लोकगाथाका नायक लोकप्रसिद्ध हुन्छ । यिनै पृष्ठभूमिमा आदि मानव कबिलामा बस्दै सामूहिक भाषाको अभिव्यक्तिका लागि नृत्य र गीतलाई माध्यम बनाउँदै देवीदेवतासँग सम्बन्धित लघुकथा समावेश गरे, जसमा कालान्तरमा कथात्मकता तत्वले स्थान ओगटेको पाइन्छ ।
लोककण्ठमा निर्मित र विकसित लोकगाथा ग्राम्य समाजको सम्पत्ति हो । पौराणिक कथा र लोक जीवनसँग सम्बद्ध गरी दुई भागमा विभाजित मैथिली लोकगाथालाई साँस्कृतिक रुपले अमूल्य दस्तावेजसमेत मानिएको छ ।
लोक शब्दको अर्थ नै परम्परागत प्रवाहमा बग्दै निश्चल, स्वच्छ मानव समुदायलाई जनाउँछ । उनीहरूद्वारा अलिखित रूपमा कण्ठकै आधारमा गाइने गाथालाई लोकगाथा मानिन्छ । कुनै पनि बाहिरी प्रभावमा नपरी परम्पराका आधारमा जीवित विभिन्न गाथाले आफूभित्र सामाजिक ढाँचा लुकाएका छन् ।
मैथिली गाथा गीतहरूका दृष्टिबाट नेपाल र भारतका सीमावर्ती क्षेत्र सर्वाधिक उर्वर मानिन्छ । गाथा गीतका नायक लोरिक, अमरसिंह, मीर शैयद, कँवर विजयमानको जयभूमि, सलहेश र धनपालको लीलाभूमि, बनजारा, शम्भू बनिँया, फेकु दयारामका वाणिज्यभूमि, चोर प्रमुख चुहरमलको परीक्षास्थल, वंशीधर, दुलरादयाल, सरियोधामी र माधोसिंहको सिद्धभूमि, दीनाभद्री, बख्तोर, राघोनाथ र कृष्णारामको विलासभूमिको रूपमा साँस्कृतिक अवशेष मैथिली लोक साहित्यका लागि अनुसन्धानमूलक बनेको छ ।
उत्तरमा गरिने दिक्पाल भीमसेन वा पाँच पाण्डवको बन्दना आज पनि देवतुल्य मानिएको छ । मैथिली गाथाहरूमा मोरङको निकै चर्चा गरिएको छ । कतिपय नायक नायिकाहरूको कर्मभूमिका रूपमा मोरङलाई साँस्कृतिक जनपदका रूपमा उल्लेख गरेको पाइन्छ ।
दुसाधहरूका लोक देवता तथा मैथिली गाथा नायक राजा सहलेशको फूलबारी जहाँ दोना र कुस्मा नाम गरेका मालिनीले आफ्ना काम्यपुरुषको प्राप्तिका लागि बाह्र वर्षसम्म साधना गरेका थिए । ती स्थलहरू आज पनि सिरहा र सप्तरीमा रहेका छन् ।
सलहेश गाथामा चर्चित कमला, बलान, कोसी, खुट्टी, गागन अहिले पनि मिथिला क्षेत्रमा प्रवाहित छ । लोरिकायनका वीरयोद्धा पात्र हरवा बरवाका पे्रयसी दुहवी सुहवीका नामबाट विद्यमान रहेकाले गाथा गायनलाई पेसागत बनाई संरक्षणको खाँचो रहेको छ ।
गाथा गायक रुपलाल मुखिया लोेक गाथामा तत्कालीन मिथिलाको भौगोलिक, आर्थिक, सामजिक र साँस्कृतिक इतिहासको विन्दु समावेश रहेकाले लिपिबद्ध गरी साहित्यिक सामग्री बनउनुपर्ने खाँचो औँल्याउनुहुन्छ ।
समान्यतया प्रत्येक मैथिली गाथामा जाति, जनजातिमा प्रतिष्ठित लोक नायकको गाथा प्रचलित रहेको पनि उहाँ प्रस्ट गर्नुहुन्छ ।
लोक गाथाहरूमा उल्लेख गरिने लोक नायकहरूमा लोरिकायन यादव, सलहेश दुसाध, बनजारा तेली, फेकुदयाराम हलुवाई, दुलरादयाल मलाह, दीनाभद्री मुसहर, बखतोर यादव, अमरसिंह र जयसिंह मलाह, गरीबनभुइयाँ धोवी, बेनिराम हजाम, लालबन बाबा चमार, श्यामसिंह डोम, महकार कोइरी, चुहरमल दुसाध, रइयारन पाल र राजा धनपाल क्षेत्रीको प्रतिनिधित्व गरेको देखिन्छ । यसका अतिरिक्त कुँवरबृजवान, वंशीधर, हंसराज र वंशराज, लवहरी र कुशहरि, साराङ्गा र सदावृक्ष एवम् गोपीचन्द मिथिला क्षेत्रमा प्रमुख लोक गाथाका रूपमा गाइने गरिएको पाइन्छ । गायक सातैन रामका अनुसार मुख्यतः यी गाथाहरूमा पाइने प्रेम, विरह, कपट, युद्ध र विजयका अनेकौँ प्रसङ्गले श्रोतालाई घण्टौँ मात्र होइन दिनहँुसम्म मन्त्रमुग्ध पारिरहन्छन् ।
अन्वेषक डा प्रफुल्लकुमार सिंह ‘मौन’ लोकगाथा कुनै खास व्यक्तिको साहित्यिक सिर्जना नभई सम्पूर्ण समाजको धरोहर हो, कुनै क्षेत्र विशेषको परम्परा, व्यवहारका कारण एउटै लोक गाथामा क्षेत्रगत भिन्नता पाइएको छ भन्नुहुन्छ । उहाँका अनुसार सुरुमा गाथा सम्पूर्ण समाजको थियो, यसलाई सबैले गाउने गर्थे र आ–आफ्नो मौलिक स्वरुप दिने गरेका कारण एउटा कण्ठबाट अर्कोमा हँुदै पुस्तौँपुस्तादेखि कण्ठानुकण्ठ यात्रा गरिरहेका कारण गाथाका रूपमा परिवर्तनशीलता पाइन्छ ।
लोकगाथामा रहेको विविधताबाट नै राष्ट्रिय स्वरुपको पहिचान र सिर्जना भएको हो । यसै कारण लोक जीवनसँग अन्योन्याश्रित सम्बन्ध रहेका साहित्यिले स्वतः लोक साहित्यको रुप धारण गरेको छ । त्यसैले गाथाहरू अपनत्वपूर्ण मार्यादा पाएर प्राचीनकालदेखि नै समृद्ध रहेको छ ।
अन्वेषक रामानन्द झा ‘रमण’ गाथा नायकको अलौकिक शक्ति सम्पन्न व्यक्तित्व एवम् नाटकीय चरित्र आज पनि समाजलाई दिशानिर्देश गरिरहेको बताउनुहुन्छ ।
उहाँका अनुसार लोकतान्त्रिक युगमा आ–आफ्नो जातिको लोकगाथा जातीय नायक राजनीतिक चेतनाका लागि पनि सहायक भइरहेको छ । गाथा गायक दामोदर मण्डल तरकारीखेतीले जसोतसो जीवनयापन गरिरहे पनि गाथा गायन नियति बनेको छ भन्नुहुन्छ । अर्का गायक भगलु यादव बुढापाकाको निधन र युवापुस्तामा यसप्रति उदासीनताका कारण गाथा गायन सङ्कटमा परी हस्तान्तरणमा पनि समस्या देखिएकाले यसलाई दीर्घजीवी बनाउनुपर्ने बताउनुहुन्छ ।
प्रत्येक कारोबार र कुराकानीलाई पौराणिक आख्यानसँग दाँज्ने सामाजिक विशेषता रहेको गाथाले समाजलाई आनन्दित एवम् प्रेरणा दिने गरेकाले यसको संरक्षणका लागि गौरवपूर्ण कार्य गर्नु पनि जरुरी देखिएको छ ।

रुढीवादी परम्पराविरुद्ध पुरोहित

रुढीवादी परम्पराविरुद्ध पुरोहित

(गोपालप्रसाद बराल)
महोत्तरी, ७ माघ । महोत्तरीको सुदूर उत्तरवत्र्ती क्षेत्रमा अहिले कर्मकाण्डबाटै रुढी परम्पराविरुद्ध सामाजिक जागरणमा लागिपरेका पुरोहित झलक दाहालको चर्चा चुलिएको छ । पुरोहित दाहाल रुढी परम्पराविरुद्ध आफ्नो पेसाभित्रैबाट सामाजिक तथा सांस्कृतिक जागरणमा नयाँ अभ्यास गराएपछि सबैतिर उहाँको चर्चा बढेको हो ।
पछिल्लोपटक छोरा नभएकी गौरीवास–१ की चण्डीमाया आलेको निधनपछि उनको किरियाकर्म छोरीहरुबाट गराउने निर्णय सुनाएपछि झलकको यो कामको सबैले प्रशंसा गरेका छन् ।
घरमा छोरी भए पनि महिलाले किरियापुत्री बस्न हुन्न भन्ने पुरानो मान्यतालाई पन्छ्याउँदै पुरोहितले नै चण्डीमायाका छोरीलाई किरियाकर्म गर्न लगाएपछि अब महिलाले काजकिरिया गर्न हुन्छ भन्ने सामाजिक मान्यता नै यहाँ स्थापित भएको छ । छोरी भए पनि किरियापुत्री बस्न छोरा नै चाहिन्छ भन्ने हिन्दू धर्ममा कुनै मान्यता नभएको भन्दै पुरोहित दाहालले सजिलो बाटो बताइदिनुभएको स्थानीय युवा सुजन खतिवडाले बताउनुभयो ।
गाउँका बूढापाका, पुरोहित, पण्डित र दलका अगुवा प्रतिनिधिहरु सामाजिक र सांस्कृतिक गतिविधि एवम् परम्परा धान्ने कुरामा समयानुकूल सुधारका पक्षमा उभिए लैङ्गिक र अन्य विभेद् न्यूनीकरण गर्न सघाउ पुग्ने आम युवाको धारणा छ । आफ्नो गाउँमा दाहालले छोरी पनि किरियापुत्री बस्न सक्छन् भन्ने सन्देश दिएर सांस्कृतिक रुपमा महिलाविरुद्ध हँुदै आएको विभेद् चिर्न सघाउ पु¥याउनुभएको सञ्चारकर्मी गीता चिमोरियाले बताउनुभयो ।
आमाको मृत्युपछि किरिया बस्न कसलाई बोलाउने भनेर रनभुल्ल परेका बेला पुरोहित दाहालले आपूmहरुलाई किरिया बस्नुभन्दा सन्तान हुनुको सन्तुष्टि प्राप्त भएको भर्खरै आमाको किरिया सम्पन्न गरेकी पविमाया आलेको भनाइ छ । चण्डीमायाको गत पुस २४ गते मृत्युपछि उहाँका पाँच छोरीले सामूहिक किरिया गरेका थिए । आपूmहरुको आमाको किरिया गर्ने चाहना पुरोहित दाहालको सकारात्मक सोचले साकार भएको ती दिदीबहिनीको धारणा छ ।
कर्मकाण्डी परम्परा मान्छेले नै बनाएकाले यो समयअनुसार परिवर्तित गरिँदै लानुपर्ने पुरोहित दाहाल बताउनुहुन्छ । पछिल्ला दिनमा आपूmले गराएका कर्मकाण्डसम्बन्धी नयाँ अभ्यासलाई समाजले सजिलै पचाउँदा धेरै सजिलो भएको दाहालले बताउनुभयो ।
किरियापुत्रीलाई कोरा (किरियापुत्री बस्न बनाइने ठाउँ) भित्र बस्नैपर्ने र सेतो मार्किनको लुगामात्र लाउनुपर्ने चलन फेरेर सामान्य पहिरनमै शोक बार्न लगाउँदा कतिपयले पुरोहितकोे विरोध गरेका स्थानीय युवाको भनाइ छ । तर, धेरैजसो युवाले पुरोहितको सुधारात्मक कदमलाई समर्थन गरेपछि त्यस्ता स्वर सुनिन छाडेका बर्दिवास–७ का मधुसूदन शर्माले बताउनुभयो ।
गत भदौ महिनामा पनि गौरीवास–१ कै पवित्रा देवकोटाले पतिको निधनपछि किरिया आफैँ गर्न व्यक्त गरेको इच्छा पनि पुरोहितकै सहमतिमा रातो लुगा लाएरै सम्भव भएको थियो ।

हराउन थाले मिथिलाबाट गोदना

हराउन थाले मिथिलाबाट गोदना

जनकपुर पुस ८ गते ।images1
मिथिलाञ्चलका महिलाहरुले आप्mनो अंगमा खोपाउने गरेको गोदना अहिले आधुनिकताको कारणले लोप हुने अवस्थामा पुगको छ । महिलाहरुले अहिले गोदना खोपाउने कार्य नै बन्द गरेका छन । अहिले समाजमा आधुनिक प्रकारको गहनाहरु पाउने गरेको कारणले गर्दा समेत गोदना परम्परा लोप भएको संस्कृति विदहरुको कथन रहेको छ । उनिहरुका अनुसार अहिले गाउँमा समेत गोदना महिलाको हातमा देखिन छाडेको छ ।
कतिपय मिथिला साहित्यका जानकारहरु गोदनालाई समेत चित्रकलाको रुपमा नै लिने गरेका छन । उनिहरुका अनुसार शरिरलाई श्रृंगार गर्नको लागि गोदना खोपाउने गरिएको छ । साहित्यकार रामदयाल राकेशका अनुसार गोदना अचेल मैथिल महिलाहरुमा धेरै लोकप्रिय नभए तापनि यसको अस्तित्व नै छैन भन्न नसकिने बताउनु हुन्छ । उहाँले केही निम्न जातिका महिलाहरुमा यो आभुषणको रुपमा अहिले पनि प्रचलित रहेको राकेशको कथन रहेको छ । कहिले काहिँ त शारिरिक सौन्दर्यलाई यसले बिगारेको जस्तो लाग्छ तर यो एक प्रकारको मिथिलाको पौराणिक पहिचानको रुपमा रहेको बताउनु हुन्छ । गोदना खास गरेर मैथिल ग्रामीण समाजमा धेरै प्रचलित भएकाले ग्रामीण महिलाहरु यसलाई मन पराउछन् । नटिन जातिका महिलाहरु खोप्ने काम गर्दछन । गाउँ गाउँमा गएर महिलाहरुका हात, छाति, खुट्टामा खोपेवापत पारिश्रमिकको रुपमा नगद मेहनत मजदुरी लिने गर्दछन । यिनहिरु यस काममा खुब खप्पिस हुन्छन । मिथिलामा गोदना खोपाउने कार्य नट नामको एउटा फिरन्ते जातिले गर्ने गर्दछन । अहिले पनि ति जातिहरु मिथिलाञ्चलको गाउँ गाउँमा आउने गरेका छन । र अहिले पनि महिलाहरु गोदना खोपाउने गर्छिन तर विस्तारै यो परम्परामा थोरै वहुत कमि भने आएको छ ।
मिथिलामा सौन्दर्य एवं प्रसाधन परम्परामा गोदनाको प्रयोग कहिले देखि भएको हो । त्यस विषयमा विशेषज्ञहरु मौन रहेका छन् । यद्यपि अनुमान गरिन्छ कि यो परम्परा १३२६ इश्वीमा मिथिलामा कर्णट राजवंशको पतन पश्चात मुस्लीम शासकबाट आक्रान्त एवं अत्याचार बढेपछि मिथिलामा यो परम्परा भित्रिएको हो । भनिन्छ गोदना गोदाउने काममा सुंगुरको छालाको रसको प्रयोग गरिन्थ्यो । गोदना जस्तै सुंगुरको छालाको रस मानव शरिरमा सदाको लागि बस्ने गरिन्थ्यो । इस्लाम धर्ममा सुंगुरलाई सबैभन्दा घृणास्पद वस्तु मानेर त्यसबाट सदैव टाढा बस्न भनेको छ । जसले कुनै सुन्दरी स्त्रीलाई चाहेर पनि मुस्लीम शासक स्पर्श गर्न चाहदैनथे । त्यसैले पहिला पहिला महिलाहरु आप्mनो शरिरमा गोदना कुनै न कुनै भागमा गोदाउने गर्थिन । जो विस्तारै मिथिलाको सभ्यता र सांस्कृति नै बन्यो । त्योे परम्पराकोरुपमा अहिले सम्म मिथिलामा जिवन्त रहेको छ ।
गोदना गितमा प्रेमको भाव झल्कीने गर्छ । प्रस्तुत अर्को लोकप्रिय गोदना लोकगित–
उतरि राज से अएलै एक नटिनिए रे जान,
बसिएर गेले चानन विरिछिए ,रे जान,
घर पछु अरबामे नटवाके बेटवा रे जान
जान सेहो र गेले मनवा मे बसिए रे जान….
विशेष गरेर गोदना अहिलेपनि थारु महिलामा त्यतिकै लोकप्रिय रहेको छ । थारु समाजमा जतिको आधुनिता आएपनि उनिहरुले अहिलेपनि गोदना प्रथालाई छाडेका छैनन । स्थानिय साहित्यकारहरुका अनुसार गोदनाको नै अर्को स्वरुप ट्याटु रहेको छ । जो विशष गरेर युवायुवतिको बिचमा निकै लोकप्रिय रहेको छ ।

जाडो भगाउन प्रहरी र सेनाले आगो बाले

२०७० पुष २७ गते १३:४७ मा प्रकाशित
२७ पुस, महोत्तरी । चिसो अत्यधीक बढेपछि महोत्तरी जिल्लामा नेपाली सेना र सशस्त्र प्रहरीले आगो बाल्ने व्यवस्था गरेका छन् ।
सदरमुकाम जलेश्वरको खैरा चोक, महेन्द्र चोक, शङ्करचोक, नगरपालिका चोक, अस्पताल चोक, बुद्धिजीवी चोक, जिरो माइलचोकलगायतका ठाउँमा आगो बाल्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताए ।
त्यस्तै, जिल्लाको भारतीय सीमा नाकामा रहेको प्रमुख व्यापारिक केन्द्र मटिहानी बजारका विभिन्न ठाउँमासमेत नेपाली सेना र सशस्त्र प्रहरीले सर्वसाधारणका लागि आगो बाल्ने व्यवस्था मिलाएको छ ।
लाखौं मानिस दैनिक आउजाउ गर्ने जलेश्वरको करिब १० ठाउँमा आगो बाल्ने व्यवस्था गरिएको छ । नेपाली र भारतीय दुवै देशका मानिसहरू व्यावसायिक उद्देश्यले दिनहूँ जम्मा हुने गरेको मटिहानीमा पनि पाँच/सात ठाउँमा आगो बाल्ने व्यवस्था गरिएको छ । उहाँका अनुसार सेना र प्रहरीले आफ्नै खर्चबाट जलेश्वर र मटिहानीमा आगो बाल्ने व्यवस्था गरेका हुन् । रासस
गौशाला, २७ पुस । महोत्तरीको ढेकहा गाउँमा गएराति चिसोका कारण कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जैसी महतो र ४५ वर्षीया लरुवती देवी महतो रहेका स्थानीय विन्देशवर महतोले बताउनुभयो ।
शुक्रबार बिहानैदेखि चलेको चिसो हावाले ल्याएको कठ्याग्रिँदो जाडो सहन नसक्दा गएराति ओछ्यानमै उनीहरुको मृत्यु भएको स्थानीय विल्टु महतोले बताउनुभयो ।
साट्ठी वर्षीय किशोरी महतो र ५५ वर्षीय मौजे महतो , यो समेत एकरहिया गाविस– ३ मा पर्ने ढेकहा गाउँमा कठ्याङ्ग्रिएर मर्नेको सङ्ख्या चार पुगेको छ ।
तीन दिनअघि ६० वर्षीय किशोरी महतो र ५५ वर्षीय मौजै महतोको चिसोले अचानक बिरामी भएपछि उपचारको क्रममा मृत्यु भएको स्थानीय गणेश महतोले बताउनुभयो ।
महोत्तरीमा विगत एक महिनादेखि पश्चिमी हावाका कारण कठ्याग्रिँदो जाडोबाट यहाँका मानिस, पशु, बालीनालीसहित सम्पूर्ण वातावरण प्रभावित बनाएको छ । - See more at: http://www.sambadmedia.com/?p=65688#sthash.Zk2AUP5i.dpuf
गौशाला, २७ पुस । महोत्तरीको ढेकहा गाउँमा गएराति चिसोका कारण कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जैसी महतो र ४५ वर्षीया लरुवती देवी महतो रहेका स्थानीय विन्देशवर महतोले बताउनुभयो ।
शुक्रबार बिहानैदेखि चलेको चिसो हावाले ल्याएको कठ्याग्रिँदो जाडो सहन नसक्दा गएराति ओछ्यानमै उनीहरुको मृत्यु भएको स्थानीय विल्टु महतोले बताउनुभयो ।
साट्ठी वर्षीय किशोरी महतो र ५५ वर्षीय मौजे महतो , यो समेत एकरहिया गाविस– ३ मा पर्ने ढेकहा गाउँमा कठ्याङ्ग्रिएर मर्नेको सङ्ख्या चार पुगेको छ ।
तीन दिनअघि ६० वर्षीय किशोरी महतो र ५५ वर्षीय मौजै महतोको चिसोले अचानक बिरामी भएपछि उपचारको क्रममा मृत्यु भएको स्थानीय गणेश महतोले बताउनुभयो ।
महोत्तरीमा विगत एक महिनादेखि पश्चिमी हावाका कारण कठ्याग्रिँदो जाडोबाट यहाँका मानिस, पशु, बालीनालीसहित सम्पूर्ण वातावरण प्रभावित बनाएको छ । - See more at: http://www.sambadmedia.com/?p=65688#sthash.Zk2AUP5i.dpuf