‘लक’ र ‘लोक’ले विजयी
नागेन्द्रकुमार कर्ण
महोत्तरी
‘लक’ र ‘लोक’ कुनै पनि क्षेत्रमा अगाडी बढन चाहिन्छ । लकको अर्थ भाग्य हो भने लोकको अर्थ समूह, आफन्त, इष्टमित्र, भाइभारदार, जनता लगायतका हो । विना भाग्य कुनै पनि क्षेत्रमा अगाडी बढन सकिन्न् । भनिन्छ, मानिस जन्मँदै भाग्य लिएर आएको हुन्छ । भाग्य अनुसार नै मत्र्यलोकमा मान्छेले जिवन वाँच्नुपर्ने हुन्छ । तर कतिपयले त भाग्य नै नभएपनि आफ्नै लगन, श्रम, पसिना र मेहनतले पनि भाग्यको निर्माण गर्ने गर्दछ । अझ राजनीतिक्षेत्रमा त लक र लोकको महत्व सबभन्दा बढी नै छ । यो बिना राजनीतिक्षेत्रमा अगाडी बढछु भन्ने कल्पना समेत गर्न सकिन्न । राजनीतिक्षेत्रमा लामो लगानी लगाएकाहरुको भाग्य कतिखेर खुल्छ ठेगान भने छैन् । श्रम गरे फल मिल्छ नै । राजनीति गर्नेहरुले श्रम भरमग्दुर गरेका हुन्छन् तर भाग्यको अभावमा उनीहरुले फल पाउन सक्दैनन् तर जसले धैर्य राखेर सोही क्षेत्रमा अगाडी बढछ त्यसको अगाडीमा भाग्यलाई पनि झुक्नुपर्छ । महोत्तरी जिल्लामा पनि राजनीतिको क्षेत्रमा यस्तै देखिएको छ । लोकले राजनीतिमा लामो लगानी गरेका नेताहरुलाई फल दिएको उदाहरणहरु थुप्रै छन् । जसमध्ये दोस्रो संविधानसभाको निर्वाचनमा विजयी भएका रामदयाल मण्डल, दिपनारायण साह, सिताराम भण्डारी लगायतका रहेकाछन् । त्यस्तै लोकलाई सहयोग गर्नेहरुको पनि लक खुल्छ भन्ने उदाहरण जिल्लामैं देखिएको छ । पहिला लक र लोकको साथ पाएर विजयी हुनुभएका उम्मेदवारहरुबारे केही जानौं ।
जिल्लाको क्षेत्रनं. ३ बाट यसपालि विजय प्राप्त गर्नुभएका रामदयाल मण्डलको जन्म २०१५ सालमा जलेश्वर नगरपालिका ८ महोत्तरीमा भएको हो । बुबा जगदिश र आमा शियावतीदेवी मण्डलका छोरा रामदयाल मण्डलका ५ छोरा र २ छोरी छन ।
भारतबाट एसएलसी सरह पढेका मण्डल २०३५ सालदेखि नेकपा एमालेमा आवद्ध हुनभएको हो । २०३९ सालमा जलेश्वर नगरपालिकाको उपमेयरमा पराजित हुनु भएका मण्डल ०५१ र ०५६ सालको संसदिय निर्वाचनमा पनि पराजित हुनुभयो । २०६४ को संविधानसभा चुनावमा महोत्तरी क्षेत्र नम्बर ३ बाट चुनाव लडनुभएका उहाँले तराई मधेस लोकतान्त्रिक पार्टीका गणेश तिवारी नेपालीसँग ३७ मतले पराजित हुनु भएको थियो ।
तमलोपाका तिवारीले ११ हजार ३ सय ९० मत प्राप्त गर्नुभएको थियो भनें मण्डलले ११ हजार ३ सय ५३ मत प्राप्त गर्नुभएको थियो । एक कार्यकाल नेकपा एमाले महोत्तरीको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएका मण्डल हाल नेकपा एमालेका केन्द्रिय सदस्य हुनुहुन्छ । ०३५ सालको पञ्चायती व्यवस्थामा महोत्तरीको अंकार गाउँ पञ्चायतमा प्रगतिशिलको तर्फबाट प्रधानपञ्चमा निर्वाचित मण्डल नेकपा एमालेको लोकतान्त्रिक मधेसी संगठनको केन्द्रिय सचिव समेत हुनुहुन्छ । उहाँ २०३६ सालको जनमत संग्रहका समयमा २२ दिन प्रहरी हिरासतमा पर्नुभएको थियो । यसरी हेर्दा पनि उहाँको महोत्तरीको राजनीतिमा लामो समयको लगानी रहेको छ । त्यसै लगानीको फलस्वरुप यसपालिको निर्वाचनमा उहाँलाई यसक्षेत्रका जनताले विजयी बनाएको छ । कर्म गरेर उहाँले भाग्य पाउनुभएको छ । यसपालि उहाँ नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामचन्द्र तिवारीलाई हराउँदै विजयी हुनुभएको हो । उहाँले ७८४९ मत ल्याउनुभएको थियो भने तिवारीले ४८०६ मत पाउनुभएको थियो ।
यसैगरी क्षेत्रनं. ५ बाट विजयी हुनुभएका एमालेका नेता दिपनारायण साहको पनि पार्टीमा थुप्रै योगदान रहेको छ । पटक पटक निर्वाचनमा प्रतिद्वन्द्वी रहँदै उहाँ हार्दे आउनुभएको थियो । त्यही राजनीतिको लगानी स्वरुप यसपटकको निर्वाचनमा त्यसक्षेत्रका जनताले उहाँलाई विजयी बनाउनुभएको हो ।
उहाँले एमाओवादीका रजी हैदरलाई हराउदै विजय प्राप्त गर्नुभएको हो । साहले ७२७६ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी हैदरले ६९४३ मत ल्याउनुभएको थियो ।
त्यसैगरी जिल्लाको क्षेत्रनं. ६ मा राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीलाई हराउदै हिरो बन्नुभएका नेपाली काँग्रेसका नेता सीताराम भण्डारी पनि लामो राजनीतिक लगानी पश्चात विजय प्राप्त गर्नुभएको छ । पहिलो संविधानसभाको निर्वाचनमा झिनो मतान्तरले पराजित हुनुभएका सीतारामले आफ्नो क्षेत्रमा पकड बनाउदै यसपालि जित्न सफल हुनुभएको छ । २००४ साल असार १३ गते महोत्तरीको औरही ८ मा जन्मनु भएका सीताराम भण्डारी हाल महोत्तरी भरतपुर ८ मा स्थाई बसोवास गरिरहनु भएको छ । उहाँका बुबाको नाम भुवनेश्वर र आमाको नाम लक्ष्मीदेवी भण्डारी हो । भण्डारीले भारतको दरभंगाबाट स्नातक तह उत्तीर्ण गर्नुभएको छ । वि.सं. २०२२ सालदेखि नेविसंघको सदस्यता लिएर राजनीति जीवनयात्रा थाल्नुभएका भण्डारी त्यसयता निरन्तर नेपाली कांग्रेसमा कृयाशिल भएर राजनीति गरिरहनु भएको छ ।
नेपाली कांग्रेस, महोत्तरी जिल्लाको सभापति समेत भइसक्नुभएका भण्डारी हाल पार्टीको महासमिति सदस्य हुनुहुन्छ । भण्डारी २०६४ को संविधानसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ६ बाट त्यतिबेला मधेसी जनअधिकार फोरम, नेपालमा रहेका र हाल राष्ट्रिय मधेस समाजवादी पार्टीका शरत सिंह भण्डारीसंग २१ मतले पराजित हुनु भएको थियो ।
शरत सिंहले ६ हजार ८ सय ६२ मत प्राप्त गर्नुभएको थियो भनें सिताराम भण्डारीले ६ हजार ८ सय ४१ मत प्राप्त गर्नुभएको थियो । तर यसपालि सीताराम भण्डारीले राष्ट्रिय अध्यक्ष भण्डारीले प्रतिष्पर्धीभन्दा पनि तल पार्नुभयो । जिल्ला सभापति छँदा पार्टीमैं बढी समय दिनुहुने उहाँले युवा पंक्तिमा पनि लोकप्रिय रहँदै आउनुभएको थियो । उहाँ पनि आफ्नो मेहनत, धैर्य र जनताको आर्शिवाद तथा भाग्यको कारणले सभासदजस्तो गरिमामय पदमा पुग्नुभएको छ । यसपालिको निर्वाचनमा उहाँ ९४८० मत ल्याउनुभएको हो भने उहाँका प्रतिद्वन्द्वी एमाओवादीका भरत साहले ७१६२ र रामसपाका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीले ६६६० मत प्राप्त गर्नुभएको हो ।
त्यसैगरी जिल्लाको क्षेत्रनं. ४ मा विजयी हुनुभएका समाजसेवी चन्देश्वर झा पनि बलियो भाग्य लिएर नै सभासद पुग्नुभएको छ । १७ वर्षदेखि समाज सेवा गरि गरेको लगानीको प्रतिफल नै आफुले अहिले आएर जित्नुभएको उहाँले आफै बताउनुभएको छ । साह्रै प्रतिष्पर्धात्मक चुनावी लहरमा उहाँले भाग्य बलियो भएपछि मात्रै सफल हुनुभएको धेरैको भनाई रहेको छ । झा ३ हजार ६२ मत ल्याई विजयी हुनुभएको हो ।
महोत्तरीमा थुप्रै यस्ता नेताहरु छन् जसलाई यहाँका जनताहरुले राजनीतिक लगानीको प्रतिफल दिएका छन् । पहिलो संविधानसभाको निर्वाचनमा पनि यस्तै राजनीतिक लगानी भएका गणेश तिवारी नेपालीलाई यसक्षेत्रका जनताले उत्साहपूर्वक विजयी गराएका थिए । उहाँले सो बेला खेलकुद मन्त्री जस्तो गरिमामय पदमा समेत बस्नुभएको थियो ।
यसपालिको निर्वाचनमा समेत थुप्रै युवा नेताहरु महोत्तरीले पाएको छ । ति युवा नेताहरुले आफ्नो छवि बनाउदै धैर्यताका साथ लाग्ने हो भने उनीहरु पनि गरिमामय पदमा नपुग्ला भन्न सकिन्न् । किनभने धैर्यता, लगनशिलता र कर्मबाट नै भाग्य कोर्न सकिन्छ ।