चुरे कसैको भएन !
चुरे संरक्षणका लागि मेची-महाकाली एकीकृत प्रयास तथा चुरेदेखि दसगजासम्म संरक्षण कार्यनीति ल्याउनु आवश्यक छ । चन्द्रकिशोर
तराईमा एउटा राजनीतिक चुट्किला विस्तारै फैलिँदैछ । त्यो के हो भने समग्र तराई अब एक प्रदेश हुने भएको छ । र त्यो सम्भव पहाडमा बसेकाहरूको सहयोगबाट भइराखेको छ । प्रश्न उठ्छ, कसरी ? पहाडमा जता हेर्यो त्यतै डोजर लगाएर समतल बनाउने काम भइरहेको हुन्छ । आखिर तराई भनेको समतल भूभाग हो । भोलि यस्तै भइराख्यो भने 'पुरै नेपाल सिङ्गो तराई प्रदेश' हुन्छ । यो व्यङ्ग्योक्तिले पहाडमा भइराखेको प्राकृतिक दोहनलाई प्रतिविम्बित गर्छ । विनाश नगरी विकास गर्न सकिन्छ कि सकिँदैन भन्ने सवालमा घोत्लिन प्रेरित गर्छ । मधेसका लागि दुःखसुखको आधार चुरे पर्वत शृङखलामाथि भइराखेको विनाशलीलाले गर्दा त्यस क्षेत्रको जनजीवनमा मात्र होइन, राष्ट्रिय परिवेशमै गम्भीर असर पुर्याउने निश्चित छ । चुरे क्षेत्र सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण भूभाग हो । यो भिरालो र कमलो ढुङ्गा, माटो, चट्टानले बनेको छ । भौगोलिक बनावट तथा माटो-ढुङ्गाको प्रकारअनुसार चुरे पर्वत श्रेणीलाई दक्षिणदेखि उत्तरतर्फ क्रमशः तल्लो, मध्य र माथिल्लो गरी तीन भागमा बाँड्न सकिन्छ । त्यसैगरी पूर्वदेखि पश्चिमसम्म फैलिएको चुरेलाई महाकालीदेखि राप्तीसम्मको पश्चिमी भाग, दोस्रो खण्डमा राप्तीदेखि हेटौंडाको राप्तीसम्मको मध्यभाग र तेस्रो मेचीसम्मको पूर्वी भागको रूपमा हेर्नुपर्ने विज्ञहरू बताउँछन् । पूर्वभन्दा पश्चिमका चुरे शृङखला अग्ला छन् । चुरे क्षेत्रलाई चुरिया पहाड, शिवालिक पहाड वा चुलाचुली भनेर चिनिन्छ । चुरेको जलाधार तराईको पानीको प्रमुख स्रोत हो । चुरेको संकटले तराईको भूमिगत जलस्रोतको तहलाई अवरुद्ध पार्न र कृषि उत्पादनमा ह्रास ल्याउनुका साथै दुन, भावर र तराईको भूभागलाई बाढी-पहिरोजस्ता प्रकोपको व्यूहमा धकेलेको छ । आजभन्दा करिब चौध वर्ष पहिला पत्रकार मोहन मैनालीलाई कञ्चनपुर जिल्लाका तत्कालीन जिल्ला विकास सभापति ऋषिराज लुम्सालीले भनेका थिए, 'पूर्व-पश्चिम लम्बाइ ४४ किमि भएको कञ्चनपुर जिल्लामा ११ वटा ठूला खोला र नदी उत्तरबाट दक्षिण बग्छन् । यिनले दुवै किनारका जमिन काट्दै आफ्नो चौडाइ बढाइराखेका छन् । यस्तै हो भने पुरै कञ्चनपुर जिल्ला बगर बन्न बेर छैन ।' उनको भनाइलाई लिएर मैनालीले यसरी विश्लेषण गरेका थिए, 'पूर्व-पश्चिम राजमार्गको त्यस जिल्लामा पर्ने १७ वटा साना-ठूला खोलामा हालिएको पुलको लम्बाइ १ किमिभन्दा बढी छ । खोलालाई साँघुरो बनाएर पुल हालिने र पुल हालेको ठाउँभन्दा तल खोलाको चौडाइ कम्तीमा पनि दोब्बर हुने हुनाले त्यस जिल्लाको खोलाको चौडाइमात्र २ किमि हुन आउँछ, जुन त्यस जिल्लाको लम्बाइको ५ प्रतिशत हुन्छ । यो दसा कञ्चनपुरको मात्र होइन, सम्पूर्ण तराईको हो । कञ्चनपुरदेखि काँकडभिट्टासम्मको ८८५ किमि लम्बाइमा रहेका साना र ठूला गरी ४७८ वटा खोला र नदीहरूले कम्तीमा ५७ किमि अर्थात नेपालको पूर्व-पश्चिम लम्बाइको ७ प्रतिशतभन्दा अलि बढी भाग ढाकेका छन् । यी नदी र खोलामा आउने बाढीले माथिल्लो भेगमा कटान गर्छन् । माथिल्लो भेगबाट बगाएर ल्याएको ढुङ्गा, माटो र बालुवा खोलाको पिँधमा बस्नाले खोलाको पिँधमाथि उठेर वर्षामा पानी आउँदा तल्लो भेग डुबानमा पर्छ । यी खोला र नदीहरूको चौडाइ प्रत्येक वर्ष बढिरहेको छ । केही पहिला कैलाली र कञ्चनपुरका राजनीतिकर्मी- अधिकारकर्मीहरूसँंग छलफल गर्ने अवसर जुटेको थियो, जसमा उनीहरूले त्यस क्षेत्रको मुख्य समस्याका रूपमा चुरेमाथिको दोहनलाई बताएका थिए । पछिल्ला चौध वर्षमा तराईको भौगोलिक स्थिति निकै परिवर्तन भइसकेको छ । चुरे र महाभारतबाट निस्केका नदी र खोलाहरूको स्वभावमा व्यापक परिवर्तन आएको छ । चुरे क्षेत्रका खोलाहरू निकै चञ्चल देखिएका छन् । विज्ञहरू भन्छन्- नेपाल एकीकरण समयमा र बि्रटिस-इन्डियासंँग राम्रो सम्बन्ध कायम नहुँदासम्म चुरे पर्वतलाई राष्ट्रिय सुरक्षाका दृष्टिले संरक्षण गरिएको थियो । शत्रुहरू आउन नपाउन् भनेर चुरेमा बाटोघाटो निर्माण गर्न बन्देज लगाउने र भएका बस्ती उठाई जंगल बनाउने नीति लिइएको थियो । राणाकालमा जब बि्रटिस-इन्डियासँंग मैत्री सम्बन्ध भयो, त्यस उप्रान्त चुरे पर्वत र दुन बंेसीहरूको जंगल फँडानी गरी काठ निर्यात गर्न थालियो । आज भारतमा बि्रटिसको शासन छैन, नत नेपालमा राणाहरू नै छन् । शाहहरूको पनि शासन ढलिसकेको छ । नेपाल गणतन्त्र व्यवस्थापनको यात्रामा छ । तर बि्रटिसहरूको पालादेखि सुरु भएको नेपाली क्षेत्रको प्राकृतिक स्रोतहरूको दोहन अहिले पनि कायम छ । चुरे क्षेत्रको दोहनलाई सीमाञ्चलका भारतीय क्षेत्रमा हुने विकास निर्माणसंँग अनुवाद गर्न थालिएको छ । उसो त राष्ट्रपति डा. रामवरण यादवले आफ्नो पहिलो राजकीय भ्रमणताका भारतका तत्कालीन राष्ट्रपति प्रतिभा पाटिलले दिएको रात्रिभोजको अवसरमा प्रधानमन्त्री मनमोहन सिंहको समेत उपस्थितिमा उत्तर प्रदेश र विहारका अग्ला नेता मुलायमसिंह यादव र लालु यादवलाई सँगै राखेर चुरे शिवालिक पर्वत शृङखलाको पर्यावरणीय संकट र त्यसले गंगाको तटीय मैदानमा पार्नसक्ने नकारात्मक असरबारे चर्चा गरेका थिए । तर अहिलेसम्मको स्थिति हेर्दा भारतीय संस्थापन पक्षले चुरेको संकटलाई आफ्नो सीमा क्षेत्रभित्र पर्नसक्ने संकटका रूपमा आत्मसात गर्नसकेका छैनन् वा त्यसलाई प्रकट गर्न चाहिरहेका छैनन् । मूलतः नेपालको तराई मधेसका अतिरिक्त कतिपय भारतीय र बंगलादेशी भूभाग एवं त्यहाँका जनताको हितमा पनि चुरे पर्वत शृङखलाको संरक्षण जरुरी छ । खासगरी भारतको उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा ठूलो नकारात्मक प्रभाव पर्ने निश्चित छ । पूर्व-पश्चिम राजमार्गको परिकल्पना र रेखांकनका बेला राजमार्गको उत्तरी भागमा वन कायम गर्ने र दक्षिणी भागमा बसोबास गराउने नीति रहेको कुरा अहिले पनि कतिपय संरक्षणविदहरू सम्भिmन्छन् । नेपालमा पनि चुरेलाई माया गर्ने, सम्मान गर्ने र संरक्षण गर्ने कोही भएन । चुरे क्षेत्र वरिपरि बसोबास गर्नेहरूले आफ्नो दुइटै हात बहती गंगामा भएको ठान्छन् भने दक्षिणी क्षेत्रमा बास गर्नेहरूले चुरेमाथिको प्रहारले आफ्नो सामाजिक-आर्थिक हैसियत खस्किँदै गएको चाल नै पाउन सकिरहेका छैनन् । चुरे माथिको दोहन एउटा समस्यामात्र होइन, यो त छलफल, विवाद र लेनादेनाको विषय हुनेवाला छ । तराईमा थेगि्रएको जनसंख्याको ठूलो हिस्सा चुरेकै काखीमै गएर जमेको छ, नगरपालिका र नगरोन्मुख बस्तीहरू त्यहीं थपिँदैछन्, कोशी टप्पु, पर्सा, चितवन, बर्दिया र शुक्लाफाँटा आरक्षहरू पनि त्यहीं जोडिएका छन्, राष्ट्रिय सुरक्षाका महत्त्वपूर्ण पक्ष सेनाका व्यारेकहरू पूर्वदेखि पश्चिमसम्म चुरे क्षेत्रमै फैलिएको छ । - See more at: http://www.ekantipur.com/np/2071/1/18/full-story/388479.html#sthash.rafWd02L.dpuf
तराईमा एउटा राजनीतिक चुट्किला विस्तारै फैलिँदैछ । त्यो के हो भने समग्र तराई अब एक प्रदेश हुने भएको छ । र त्यो सम्भव पहाडमा बसेकाहरूको सहयोगबाट भइराखेको छ । प्रश्न उठ्छ, कसरी ? पहाडमा जता हेर्यो त्यतै डोजर लगाएर समतल बनाउने काम भइरहेको हुन्छ । आखिर तराई भनेको समतल भूभाग हो । भोलि यस्तै भइराख्यो भने 'पुरै नेपाल सिङ्गो तराई प्रदेश' हुन्छ । यो व्यङ्ग्योक्तिले पहाडमा भइराखेको प्राकृतिक दोहनलाई प्रतिविम्बित गर्छ । विनाश नगरी विकास गर्न सकिन्छ कि सकिँदैन भन्ने सवालमा घोत्लिन प्रेरित गर्छ । मधेसका लागि दुःखसुखको आधार चुरे पर्वत शृङखलामाथि भइराखेको विनाशलीलाले गर्दा त्यस क्षेत्रको जनजीवनमा मात्र होइन, राष्ट्रिय परिवेशमै गम्भीर असर पुर्याउने निश्चित छ । चुरे क्षेत्र सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण भूभाग हो । यो भिरालो र कमलो ढुङ्गा, माटो, चट्टानले बनेको छ । भौगोलिक बनावट तथा माटो-ढुङ्गाको प्रकारअनुसार चुरे पर्वत श्रेणीलाई दक्षिणदेखि उत्तरतर्फ क्रमशः तल्लो, मध्य र माथिल्लो गरी तीन भागमा बाँड्न सकिन्छ । त्यसैगरी पूर्वदेखि पश्चिमसम्म फैलिएको चुरेलाई महाकालीदेखि राप्तीसम्मको पश्चिमी भाग, दोस्रो खण्डमा राप्तीदेखि हेटौंडाको राप्तीसम्मको मध्यभाग र तेस्रो मेचीसम्मको पूर्वी भागको रूपमा हेर्नुपर्ने विज्ञहरू बताउँछन् । पूर्वभन्दा पश्चिमका चुरे शृङखला अग्ला छन् । चुरे क्षेत्रलाई चुरिया पहाड, शिवालिक पहाड वा चुलाचुली भनेर चिनिन्छ । चुरेको जलाधार तराईको पानीको प्रमुख स्रोत हो । चुरेको संकटले तराईको भूमिगत जलस्रोतको तहलाई अवरुद्ध पार्न र कृषि उत्पादनमा ह्रास ल्याउनुका साथै दुन, भावर र तराईको भूभागलाई बाढी-पहिरोजस्ता प्रकोपको व्यूहमा धकेलेको छ ।
आजभन्दा करिब चौध वर्ष पहिला पत्रकार मोहन मैनालीलाई कञ्चनपुर जिल्लाका तत्कालीन जिल्ला विकास सभापति ऋषिराज लुम्सालीले भनेका थिए, 'पूर्व-पश्चिम लम्बाइ ४४ किमि भएको कञ्चनपुर जिल्लामा ११ वटा ठूला खोला र नदी उत्तरबाट दक्षिण बग्छन् । यिनले दुवै किनारका जमिन काट्दै आफ्नो चौडाइ बढाइराखेका छन् । यस्तै हो भने पुरै कञ्चनपुर जिल्ला बगर बन्न बेर छैन ।' उनको भनाइलाई लिएर मैनालीले यसरी विश्लेषण गरेका थिए, 'पूर्व-पश्चिम राजमार्गको त्यस जिल्लामा पर्ने १७ वटा साना-ठूला खोलामा हालिएको पुलको लम्बाइ १ किमिभन्दा बढी छ । खोलालाई साँघुरो बनाएर पुल हालिने र पुल हालेको ठाउँभन्दा तल खोलाको चौडाइ कम्तीमा पनि दोब्बर हुने हुनाले त्यस जिल्लाको खोलाको चौडाइमात्र २ किमि हुन आउँछ, जुन त्यस जिल्लाको लम्बाइको ५ प्रतिशत हुन्छ । यो दसा कञ्चनपुरको मात्र होइन, सम्पूर्ण तराईको हो । कञ्चनपुरदेखि काँकडभिट्टासम्मको ८८५ किमि लम्बाइमा रहेका साना र ठूला गरी ४७८ वटा खोला र नदीहरूले कम्तीमा ५७ किमि अर्थात नेपालको पूर्व-पश्चिम लम्बाइको ७ प्रतिशतभन्दा अलि बढी भाग ढाकेका छन् । यी नदी र खोलामा आउने बाढीले माथिल्लो भेगमा कटान गर्छन् । माथिल्लो भेगबाट बगाएर ल्याएको ढुङ्गा, माटो र बालुवा खोलाको पिँधमा बस्नाले खोलाको पिँधमाथि उठेर वर्षामा पानी आउँदा तल्लो भेग डुबानमा पर्छ ।
यी खोला र नदीहरूको चौडाइ प्रत्येक वर्ष बढिरहेको छ । केही पहिला कैलाली र कञ्चनपुरका राजनीतिकर्मी- अधिकारकर्मीहरूसँंग छलफल गर्ने अवसर जुटेको थियो, जसमा उनीहरूले त्यस क्षेत्रको मुख्य समस्याका रूपमा चुरेमाथिको दोहनलाई बताएका थिए । पछिल्ला चौध वर्षमा तराईको भौगोलिक स्थिति निकै परिवर्तन भइसकेको छ । चुरे र महाभारतबाट निस्केका नदी र खोलाहरूको स्वभावमा व्यापक परिवर्तन आएको छ । चुरे क्षेत्रका खोलाहरू निकै चञ्चल देखिएका छन् । विज्ञहरू भन्छन्- नेपाल एकीकरण समयमा र बि्रटिस-इन्डियासंँग राम्रो सम्बन्ध कायम नहुँदासम्म चुरे पर्वतलाई राष्ट्रिय सुरक्षाका दृष्टिले संरक्षण गरिएको थियो । शत्रुहरू आउन नपाउन् भनेर चुरेमा बाटोघाटो निर्माण गर्न बन्देज लगाउने र भएका बस्ती उठाई जंगल बनाउने नीति लिइएको थियो । राणाकालमा जब बि्रटिस-इन्डियासँंग मैत्री सम्बन्ध भयो, त्यस उप्रान्त चुरे पर्वत र दुन बंेसीहरूको जंगल फँडानी गरी काठ निर्यात गर्न थालियो । आज भारतमा बि्रटिसको शासन छैन, नत नेपालमा राणाहरू नै छन् । शाहहरूको पनि शासन ढलिसकेको छ । नेपाल गणतन्त्र व्यवस्थापनको यात्रामा छ । तर बि्रटिसहरूको पालादेखि सुरु भएको नेपाली क्षेत्रको प्राकृतिक स्रोतहरूको दोहन अहिले पनि कायम छ । चुरे क्षेत्रको दोहनलाई सीमाञ्चलका भारतीय क्षेत्रमा हुने विकास निर्माणसंँग अनुवाद गर्न थालिएको छ । उसो त राष्ट्रपति डा. रामवरण यादवले आफ्नो पहिलो राजकीय भ्रमणताका भारतका तत्कालीन राष्ट्रपति प्रतिभा पाटिलले दिएको रात्रिभोजको अवसरमा प्रधानमन्त्री मनमोहन सिंहको समेत उपस्थितिमा उत्तर प्रदेश र विहारका अग्ला नेता मुलायमसिंह यादव र लालु यादवलाई सँगै राखेर चुरे शिवालिक पर्वत शृङखलाको पर्यावरणीय संकट र त्यसले गंगाको तटीय मैदानमा पार्नसक्ने नकारात्मक असरबारे चर्चा गरेका थिए । तर अहिलेसम्मको स्थिति हेर्दा भारतीय संस्थापन पक्षले चुरेको संकटलाई आफ्नो सीमा क्षेत्रभित्र पर्नसक्ने संकटका रूपमा आत्मसात गर्नसकेका छैनन् वा त्यसलाई प्रकट गर्न चाहिरहेका छैनन् । मूलतः नेपालको तराई मधेसका अतिरिक्त कतिपय भारतीय र बंगलादेशी भूभाग एवं त्यहाँका जनताको हितमा पनि चुरे पर्वत शृङखलाको संरक्षण जरुरी छ । खासगरी भारतको उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा ठूलो नकारात्मक प्रभाव पर्ने निश्चित छ । पूर्व-पश्चिम राजमार्गको परिकल्पना र रेखांकनका बेला राजमार्गको उत्तरी भागमा वन कायम गर्ने र दक्षिणी भागमा बसोबास गराउने नीति रहेको कुरा अहिले पनि कतिपय संरक्षणविदहरू सम्भिmन्छन् ।
नेपालमा पनि चुरेलाई माया गर्ने, सम्मान गर्ने र संरक्षण गर्ने कोही भएन । चुरे क्षेत्र वरिपरि बसोबास गर्नेहरूले आफ्नो दुइटै हात बहती गंगामा भएको ठान्छन् भने दक्षिणी क्षेत्रमा बास गर्नेहरूले चुरेमाथिको प्रहारले आफ्नो सामाजिक-आर्थिक हैसियत खस्किँदै गएको चाल नै पाउन सकिरहेका छैनन् । चुरे माथिको दोहन एउटा समस्यामात्र होइन, यो त छलफल, विवाद र लेनादेनाको विषय हुनेवाला छ । तराईमा थेगि्रएको जनसंख्याको ठूलो हिस्सा चुरेकै काखीमै गएर जमेको छ, नगरपालिका र नगरोन्मुख बस्तीहरू त्यहीं थपिँदैछन्, कोशी टप्पु, पर्सा, चितवन, बर्दिया र शुक्लाफाँटा आरक्षहरू पनि त्यहीं जोडिएका छन्, राष्ट्रिय सुरक्षाका महत्त्वपूर्ण पक्ष सेनाका व्यारेकहरू पूर्वदेखि पश्चिमसम्म चुरे क्षेत्रमै फैलिएको छ ।
- See more at: http://www.ekantipur.com/np/2071/1/18/full-story/388479.html#sthash.rafWd02L.dpuf

चुरे संरक्षणका लागि मेची-महाकाली एकीकृत प्रयास तथा चुरेदेखि दसगजासम्म संरक्षण कार्यनीति ल्याउनु आवश्यक छ ।