सशस्त्र प्रहरीको असईको हत्यामा संलग्न रहेको भन्दै २८ नेतामाथि मुद्दा दर्ता
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन २८ गते । सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्माको हत्या र उनी सवार रहेको एम्बुलेन्समा आगजनी गरिएको घटनामा संलग्न रहेको भन्दै प्रहरीले बिहीबार जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गरेको छ ।
प्रहरीले अदालतमा दर्ता गरेको मुद्दामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंग आवद्ध मधेशवादी पार्टीका केन्द्रीय सहमहामन्त्रीदेखि जिल्ला अध्यक्षसम्म रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले हत्यामा संलग्न रहेको भन्दै कर्तव्य ज्यान अन्तर्गत २८ जना तथा एम्बुलेन्समा आगजनी गरेको भन्दै २५ जनामाथि मुद्दा दर्ता गरेको हो ।
भदौं २५ गते हेटौडामा शान्ति मिशनमा खटिने भन्दै परिक्षा सकेर जलेश्वर आएका सशस्त्र प्रहरीका असई विकलाई कुटपिट पश्चात एम्बुलेन्समा उपचारको लागि जनकपुर लगिरहेको अवस्थामा बाटोमै एम्बुलेन्समा आगजनी तथा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले यसअघि नै तिनजनालाई पक्राउ गरिसकेको छ ।
बिहीबार अभियोजन गरिएको मुद्दाका अभियुक्तहरुमा सदभावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादव र सोही पार्टीका केन्द्रीय सदस्य लक्ष्मी महतो तथा सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं पूर्वसांसद कौशलकुमार यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य रामशंकर मिश्र शाहीजी, तमलोपाका जिल्ला अध्यक्ष अभिराम शर्मा, तराई मधेश सदभावना पार्टीका केन्द्रीय सदस्य सुरेश पाण्डेय, सदभावना पार्टीका जिल्ला सचिव धर्मेन्द्र रायसहितका रहेका छन् ।
त्यसैगरी अन्य अभियुक्तहरुमा जलेश्वर न.पा.वार्ड नं. ३ का वर्ष २५ को संजय कुमार साह (पक्राउ), जलेश्वर वार्ड नं. २ बस्ने वर्ष ३० को प्रदिप साह माझी (पक्राउ), फुल्हटा प्रकौली वार्ड नं. ३ साविक हाल जलेश्वर न.पा. १७ बस्ने वर्ष ५५ को मोहन ठाकुर (पक्राउ), जलेश्वर न.पा. वार्ड नं. ६ बस्ने वर्ष ४५ को रमेशप्रसाद साह, जलेश्वर वार्ड नं. २ बस्ने वर्ष २७ को सतेन्द्र चौधरी, जलेश्वर वार्ड नं. १ बस्ने वर्ष ४० को चन्देश्वर साह मेहतरी, जलेश्वर वार्ड नं. २ बस्ने वर्ष २८ को राजु चौधरी भन्ने राजा चौधरी, जलेश्वर वार्ड नं. १३ बस्ने वर्ष ३० को देवेन्द्र चौधरी, जलेश्वर वार्ड नं. २ मा बस्ने वर्ष ३५ को नरेश साह, जलेश्वर वार्ड न. २ बस्ने वर्ष १८ को रामराजा साह, जलेश्वर वार्ड नं. १ बस्ने वर्ष १८ को गोलु साह, जलेश्वर वार्ड नं. २ मा बस्ने वर्ष २४ को हरिओम कुमार भगत रहेका छन् ।
त्यस्तै अन्य अभियुक्तहरुमा जलेश्वर वार्ड नं. १ मा बस्ने वर्ष २२ को रविन्द्र राम चमार, जलेश्वर वार्ड नं. १ बस्ने वर्ष २५ को रंजित साह, जिल्ला सिरहा गा.बि.स. सुखीपुर घर भई जलेश्वर न.पा. वार्ड नं. २ बस्ने वर्ष २२ को बिकी साह, जि.म.गा.बि.स. फुल्हटा प्रकौली वार्ड नं. ५ साविक हाल जलेश्वर न.पा. १७ बस्ने वर्ष २६ का फुले यादव, जलेश्वर वार्ड नं. ४ साविक हाल जलेश्वर न.पा. १७ बस्ने वर्ष ४५ को पवन कापर, महोत्तरी वार्ड नंं. ७ अनैठा बस्ने वर्ष ३५ को रोहीत कुमार शर्मा, जलेश्वर वार्ड नं. ४ बस्ने वर्ष ५० को लालबाबु बिन, भटौलिया वार्ड नं. २ बस्ने वर्ष ३४ को शम्भु साह, भारत घर भई जि.म.जलेश्वर न.पा. वार्ड नं. ११ बस्ने वर्ष ४० को अनिल ठाकुर, सोनमा वार्ड ३ बस्ने वर्ष ४६ को देवेन्द्र यादव, खैरवनी वार्ड नं. ६ बस्ने ४५ को कौशल कुमार यादव, निगौल वार्ड नं. ५ साविक हाल गौशाला न.पा. वार्ड नं. ९ बस्ने वर्ष ६० को लक्ष्मी महतो, अन्कार वार्ड नं. ९ साविक हाल जलेश्वर न.पा. वार्ड नं. १४ बस्ने वर्ष ३७ को अभिराम शर्मा, पर्सापतैली वार्ड नं. ७ बस्ने वर्ष ४२ को धर्मेन्द्र राय, पिगौना वार्ड नं. ५ बस्ने वर्ष ४७ को शंकर साही भन्ने राम शंकर मिश्र तथा सुगा भवानीपट्टी वार्ड नं. ९ बस्ने वर्ष ४८ को सुरेश पाण्डे रहेका छन् ।
त्यसैगरी एम्बुलेन्स आगजनीमा जलेश्वरका रामराजा साह, गोलु साह र रंजित साह बाहेक २५ जनामाथि मुद्दा दिइएको जनाइएको छ ।
मुद्दा दर्ता भएपछि नेताहरु भने पक्राउ पर्ने डरले भारत पुगेका छन् । तमलोपाका एक जिल्लास्तरीय नेताले सबैजना आफुहरुको सम्पर्कमा रहेपनि उनीहरु भारतीय भूमिमा रहेको जनाएका छन् । दर्ता गरिएको मुद्दामा शुक्रबारदेखि नै वहस हुने भनिएपनि डकुमेन्टहरु निकाल्नमा समय लागेकोले हुन नसकेको वार एशोसिएशन महोत्तरीले जनाएको छ । वार एशोसिएशन महोत्तरीका सचिव लक्ष्मण साहले आईतबारदेखि अदालतमा वहस हुने जानकारी दिनुहुदै वहसमा नेताहरुको तर्फबाट महोत्तरी, धनुषा तथा सर्लाही जिल्लाका दुईदर्जन भन्दा बढी वरिष्ठ अधिवक्ताहरुले निशुल्क वहस पैरवी गर्ने जानकारी दिनुभयो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले आफ्ना तिन कार्यकर्ताहरुलाई पक्राउ गरेको विरोधमा फागुनको पहिलोहप्तादेखि नै आन्दोलनका विभिन्न कार्यक्रमहरु गदै आएका थिए । आन्दोलनलाई कमजोर बनाउन प्रशासनले जानाजानी नेताहरुमाथि मुद्दा दर्ता गरेको आरोप स्थानीयवासीहरुको रहेको छ ।