प्रतिनिधिसभा र प्रदेश सभाको लागि काँग्रेसले गरे सिफारिस

प्रतिनिधिसभा र प्रदेश सभाको लागि काँग्रेसले गरे सिफारिस


जलेश्वर, असोज २५ गते । नेपाली काँग्रेस महोत्तरीले जिल्लाको चारक्षेत्र मध्ये तिनक्षेत्रको प्रतिनिधिसभा र प्रदेश सभाको सम्भावित उम्मेदवारहरुको सिफारिससहितको नामावली केन्द्रमा पठाएको छ ।
काँग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायले जिल्लाको चारक्षेत्र मध्ये एक, दुई र तिनको क्षेत्रिय समितिले सिफारिस गरेको नामावलीलाई नै केन्द्रमा पठाउने निर्णय गरिएको जानकारी दिनुहुदै क्षेत्रनं. चारको नामावली आउन बाँकी रहेको बताउनुभयो ।
जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्ष तर्फ पाँच जनाको नामावली सिफारिस गरिएको छ । जसमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ्ग, वर्तमान साँसद सीताराम भण्डारी, पूर्व साँसद बसन्तकुमार गुरुङ्ग, चिरन्जीवी हमाल तथा मुकेशराज काफ्ले रहनुभएको छ । त्यसैगरी समानुपातिक तर्फ ८ जनाको नामावली सिफारिस गरिएको छ ।
क्षेत्रनं. १ को प्रदेशसभाको ‘क’ क्षेत्रको लागि प्रत्यक्ष तर्फ ८ जनाको नामावली सिफारिस गरिएको छ । सिफारिस भएकाहरुमा महेशकुमार झा, विष्णुदेव यादव, विनोद बराल, अशोक कोइराला, प्रहलाद कुमार क्षेत्री, मदनमोहन यादव, सुरेश यादव, कृष्णा यादव रहनुभएको छ । त्यस्तै प्रदेश सभा ‘क’ को समानुपातिक तर्फ १८ जनाको नामावली सिफारिस गरिएको छ ।
असोज २० गते बसेको क्षेत्रिय समितिको बैठकले जिल्लाको क्षेत्रनं. १ को प्रदेशसभा ‘ख’को प्रत्यक्षतर्फ रामश्रेष्ठ महतोको मात्रै सिफारिस गरेको छ भने समानुपातिक तर्फ १६ जनाको नामावली सिफारिस गरेको जनाएको छ ।
त्यसैगरी जिल्लाको क्षेत्रनं. २ मा प्रतिनिधिसभाको लागि प्रत्यक्ष तर्फ किरण यादव, नागेश्वर यादव तथा श्याम मण्डलको नामावली सिफारिस गरि पठाएको छ भने समानुपातिकमा ७ जनाको नामावली पठाएको छ ।
त्यसैगरी क्षेत्रनं. २ को प्रदेशसभा ‘क’ को प्रत्यक्षतर्फ महेन्द्र यादव मधुकरसहित ७ जनाको तथा समानुपातिक तर्फ १२ जनाको नामावली सिफारिस गरेर केन्द्रमा पठाइएको काँग्रेसका जिल्ला सचिव शम्भुनारायण पाठकले जानकारी दिनुभयो । त्यस्तै ‘ख’ मा प्रत्यक्ष तर्फ ९ जना र समानुपातिक तर्फ १० जनाको नामावली पठाइएको पाठकले जानकारी दिनुभयो ।
जिल्लाको क्षेत्रनं. ३ मा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ ललनकुमार राय, बजरंग नेपाली र गरीबदास ठाकुरको नाम सिफारिस गरि पठाइएको छ भने समानुपातिक तर्फ रामचन्द्र तिवारी, नरेन्द्र मोहन मिश्र, कामेश्वर पाण्डे र गंगाधर चौधरीको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी प्रदेशसभाको लागि ‘क’ क्षेत्रमा प्रत्यक्षतर्फ ११ जना र समानुपातिक तर्फ १० जना तथा ‘ख’ क्षेत्रमा प्रत्यक्ष तर्फ ९ जना तथा समानुपातिक तर्फ ७ जनाको नाम सिफारिस भएको नेपाली काँग्रेसले जनाएको छ ।


सम्पूर्ण नामावलीहरु यहाँ रहेको छ ।
नेपाली काँग्रेसको २० गते क्षेत्रिय कार्यसमितिको बैठकबाट क्षेत्रनं. १ प्रदेश सभा तर्फको प्रत्यक्ष र समानुपातिकको नामावली
प्रतिनिधिसभा सदस्य प्रत्यक्ष
१) कल्याण कुमार गुरुङ्ग केन्द्रीय सदस्य
२) सीताराम भण्डारी
३) बसन्तकुमार गुरुङ्ग
४) चिरन्जीवी हमाल
५) मुकेशराज काफ्ले

समानुपातिक
१) जितेन्द्र महतो
२) राजकुमार महतो
३) संगीता हमाल
४) प्रतिमा कोइराला
५) बैकुण्ठप्रसाद कोइराला
६) बाणिक राज काँफ्ले
७) महिकरणप्रसाद सिंह
८) भोगेन्द्रराज उपाध्याय

प्रदेश सभा प्रत्यक्ष (क)
१) महेशकुमार झा सभापति क्षेत्रिय १
२) विष्णुदेव यादव
३) विनोद बराल
४) अशोक कोइराला
५) प्रहलाद कुमार क्षेत्री
६) मदनमोहन यादव
७) सुरेश यादव
८) कृष्णा यादव

समानुपातिक
१) रामलोचन ठाकुर
२) रामचरितर पंजियार
३) सुभान साफी
४) शम्भुप्रसाद भट्टराई
५) विन्देश्वर साह
६) रुपनारायण सिंह थारु
७) बौएलाल यादव
८) कल्पराज कोईराला
९) रामप्रवोध महतो
१०) हिरालाल महतो
११) जगन्नाथ महतो
१२) विनोद ढुङ्गेल
१३) दिपेन्द्र शिवभक्ति
१४) रामधनी महतो
१५) हितबहादुर खत्री
१६) नवलकिशोर यादव
१७) रामचन्द्र महतो
१८) राजदेव महतो

प्रदेश सभा (ख)
प्रत्यक्ष
१) रामश्रेष्ठ महतो ः क्षेत्रिय सभापति क्षेत्रनं. ६
२)
प्रदेश सभा (ख)
समानुपातिक
१) सुर्यनारायण दनुवार
२) प्रेमा झा
३) बसन्ती अर्याल
४) ओमनारायण महासेठ
५) विनोदकुमार महतो
६) ज्योतिलाल स्याङ्गतान
७) कृष्णबहादुर थापा
८) राधेश्याम भगत
९) उपेन्द्र ठाकुर
१०) राजाराम महतो
११) रेखाकुमारी यादव
१२) महाशंकर थिङ्ग
१३) अमृताकुमारी ज्ञवाली
१४) अर्जुन लाल शाशंकर
१५) टुन टुन साह (बासुदेव साह)
१६) मन्दिप भारती


नेपाली काँग्रेसको २१ गते क्षेत्रिय कार्यसमितिको बैठकबाट क्षेत्रनं. २ प्रदेश सभा तर्फको प्रत्यक्ष र समानुपातिकको नामावली

प्रतिनिधिसभा प्रत्यक्ष
१) किरण यादव
२) नागेश्वर यादव
३) श्याम मण्डल

समानुपातिक
१) महेन्द्रकुमार मिश्र
२) धरवेन्द्र कुमार पाण्डेय
३) कमला ढुँगेल
४) रामचन्द्र सिंह
५) अजितकुमार सिंह
६) विनिता तिवारी
७) सरोजकुमार शर्मा

प्रदेश सभा (क)
प्रत्यक्ष
१) महेन्द्र यादव मधुकर
२) अनिलकुमार साह
३) नरेश यादव
४) सुशिलकुमार यादव
५) सिताराम यादव
६) श्रवणकुमार मण्डल
७) विन्देश्वर यादव

समानुपातिक
१) जगरनाथ यादव
२) जमिल अख्तर शेष
३) चन्देश्वर मण्डल
४) विष्णुनारायण पंजियार
५) ममताकुमारी महतो
६) भोला पासमान
७) रामप्रसाद नायक
८) रामएकवाल यादव
९) महेन्द्रप्रसाद सिंह
१०) सुकदेव साह कानु
११) सुधिर यादव
१२) डा.धिरेन्द्रकुमार साह

प्रदेश (ख)
प्रत्यक्ष
१) राजकरण प्रसाद साह
२) लक्षमणप्रसाद ठाकुर
३) अजयकुमार झा
४) रामकृपाल यादव
५) छेदी चौधरी
६) नागेन्द्रप्रसाद शर्मा
७) दिलिपकुमार चौधरी
८) रविन्द्र यादव
९) अरविन्दकुमार शर्मा

समानुपातिक
१) उमेश पासवान
२) वृजनन्दन पण्डित
३) मन्जुकुमारी यादव
४) रामअचल शर्मा
५) रेखा ठाकुर
६) कृष्णदेव यादव
७) रामविराजी साह
८) सुधिरप्रसाद शर्मा
९) रामएकवाल पासमान
१०) अशोक पंजियार






नेपाली काँग्रेसको २२ गते क्षेत्रिय कार्यसमितिको बैठकबाट क्षेत्रनं. ३ प्रदेश सभा तर्फको प्रत्यक्ष र समानुपातिकको नामावली
प्रत्यक्ष (क)
१) राघवेन्द्र झा
२) श्यामकिशोर चौधरी
३) रामतेज मिश्र
४) विजयकुमार यादव
५) त्रिपुरारी मिश्र
६) रामकिशोर यादव
७) शम्भुनारायण पाठक
८) रमेशकुमार मिश्र
९) अनिता शर्मा
१०) सीताशरण सिंह
११) उपेन्द्र चौधरी

समानुपातिक
१) वैद्यनाथ मण्डल
२) राजकुमार पाण्डे
३) रामपदारथ साह
४) अरुणप्रसाद मिश्र
५) मंजूर आलम
६) रामचन्द्र चौधरी
७) रमेशकुमार पाण्डे
८) अमरेन्द्र झा
९) प्रियंकाकुमारी शर्मा
१०) उपेन्द्र चौधरी

सचिव रुद्रकिशोर कुमार

प्रत्यक्ष (ख)
१) पवन साह
२) ईश्वरनारायण पाण्डे
३) मनोजकुमार झा
४) अशोककुमार साह
५) नागेन्द्र दुवे
६) रधुनाथ मिश्र
७) विरजु महतो
८) सुरेश प्रसाद यादव
९) देववतीदेवी सुडी
समानुपातिक ख
१) सफी अहमद अंसारी
२) विजयकुमार राय
३) नागेन्द्र दुवे
४) मुरलीप्रसाद सिंह
५) ललिता देवी साह
६) कविता तिवारी
७) पूनमदेवी ठाकुर

प्रतिनिधिसभा अन्तर्गत
प्रत्यक्ष तर्फ
१) ललनकुमार राय
२) बजरंग नेपाली
३) गरीबदास ठाकुर

समानुपातिक तर्फ
१) रामचन्द्र तिवारी
२) नरेन्द्र मोहन मिश्र
३) कामेश्वर पाण्डे
४) गंगाधर चौधरी