Saturday, November 29, 2014

विदेशी भूमिमा आफ्नै साथीले फुटाई दिए आँखा

जनार्दन पोखरेल/उज्यालो । महोत्तरी मंसिर १२ महोत्तरीको बर्दिबास ९ का ३२ वर्षका गणेश श्रेष्ठ झट्ट हेर्दा सुन्दर र आकर्षक देखिनुहुन्छ । मिलेको जिउडाल, सलक्क परेका बलिया हातगोडा र मिठो बोली छ उहाँको । श्रवण र स्मरण शक्ति पनि राम्रो छ । तर दुर्भाग्य उहाँको आँखाले संसार देख्दैन । बैदेशिक रोजगारीको क्रममा कतारमा रहँदा एउटै कम्पनीमा काम गर्ने कास्की लामाचौर ६ का साथी सन्तोष सुनारको आक्रमणमा परेर १५ महिनाअघि उहाँले दुवै आँखाको दृष्टि गुमाउनु भएको हो । आइए पास गरेका गणेशलाई लाउँलाउँ खाउँखाउँको यूवा उमेरमै आँखाको ज्योति गुमाउँदाको पीडा मनभरी छ । ७२ बर्षकी आमा खड्गमाया, बुबा कुलबहादुर, उमेरदार पत्नी रीता र ६ बर्षको छोरो रोहनलाई राम्रोसँग खान लाउन दिने सपना बोकेर साढे तीन बर्ष अघि विदेश गएका गणेश अहिले आफन्तहरुकै सहारामा बाँच्नु पर्ने अवस्थामा पुग्नु भएको छ । ‘काम गर्ने क्रममा मैले विदेशी भूमिमा दृष्टि गुमाएँ, तर मेरो गुमेको दृष्टिको क्षतिपूर्ति नपाउने भए हजुर ।’ आफूसँग बोल्ने सबैसँग उहाँ कतारी कम्पनीबाट अहिलेसम्म पनि एक सुको क्षतिपूर्ति नपाएको गुनासो गर्नुुहुन्छ । गाउँकै एजेन्ट ज्ञानबहादुर कटुवालले षड्यन्त्रपूर्वक आफ्ना सबै कागज पत्र लिएको र उसले धोका दिएका कारण क्षतिपूर्ति हात नलागेको गणेशको बुझाई छ । सामान्य निहुँमा साथीले फुटाई दिए आँखा कतारको राजधानी दोहामा रहेको मेट्रो पावर इन्टरप्राइजेज कम्पनीमा काम गर्ने क्रममा सन् २०१३ सेप्टेम्बर १३ मा उहाँको जीवनमा सबैभन्दा ठूलो बज्रपात पर्‍यो । कम्पनीमा सँगै काम गर्ने कास्की लामाचौरका सन्तोष सुनारले खानेपानीको विषयमा भएको सामान्य निहुँमा गणेश निदाएको मौकामा फलामे पाइपले आक्रमण गरेका थिए । ‘मरुभूमिको ठाउँ खानेपानीको अभाव थियो, ट्यांकरले कहिलेकाहीं पानी ल्याउँथ्यो । कम्पनीमा काम गर्ने हामी सबै मजदुर लाम लागेर खाने पानी थाप्थ्यौं । तर सन्तोष कहिल्यै लाम लाग्दैनथ्यो । अरु भन्दा पछि आए पनि उ सबैलाई थर्काउँदै पालो मिचेर पानी भर्न अगाडी पुग्थ्यो । मैले एक दिन उसको यो हर्कत रोक्न खोज्नु नै मेरो जीवनकै लागि सबैभन्दा ठूलो दुर्भाग्य बन्यो ।’ गणेशले भन्नुभयो । सन्तोषसँग विवाद भएको तीन दिनपछि क्याम्पमा दिउँसोको खाना खाएर थकाई मार्न सुतेको बेला आफूमाथि आक्रमण भएको गणेश बताउनुहुन्छ । ‘म निदाएको थिएँ, त्यहि मौकामा उसले मलाई स्काई फोल्डिङ्को तीन हात लामो पाईपले अनुहारमा प्रहार गर्दा मेरो यस्तो अबस्था भयो ।’ गणेशले भन्नुभयो । कम्पनीका साथीहरुले उपचारको लागि अस्पताल लगेको तीन दिनपछि मात्र आफ्नो होस फर्किएको गणेश सुनाउनहुन्छ । ‘उपचारपछि होस फर्किए पनि मेरो आँखाको दृष्टि भने सधैंको लागि गुम्यो हजुर ।’ गणेशले रुँदै भन्नुभयो, ‘कतारी अस्पताल, दिल्लीको अल इण्डिया अस्पताल र काठमाडौंको तिल गंगा आँखा अस्पतालमा उपचारको लागि गएँ, तर डाक्टरहरुले अब जहाँ गए पनि तेरो दृष्टि फर्कंदैन भनेका छन् । मलाई के दिन के रात सधैं उस्तै छ ।’ गणेशलाई आक्रमण गर्ने कास्कीका सन्तोष सुनार यतिबेला कतारको जेलमा छन् । कतारमा उपचारपछि सन् २०१३ डिसेम्बर १३ मा नेपाल फर्किएका गणेशलाई काम गरेको ज्याला बापत उहाँले पाउँने सबै रकम कम्पनीले उतीबेलै दिएको थियो । तर दृष्टि गुमेको क्षतिपूर्ति बापत कम्पनीले दिने रकम भने उहाँले अझै पाउनु भएको छैन । ‘मैले विश्वास गरेको गाउँकै ज्ञानबहादुर कटुवालले मलाई धोका दिए ।’ गणेशले भन्नुभयो ‘अहिले उनले मेरो फोन पनि उठाउँदैनन् ।’ तिमी आँखा देख्दैनौं, क्षतिपूर्तिको लागि सबै पहल म गर्छु भनेर ज्ञानबहादुरले कागजपत्र लिएको र अहिले सम्पर्क बिहिन भएको गणेश बताउनुहुनछ । ‘सबै कागजपत्र मलाई दिएर तिमी घर जाउँ, रकम निकासा भएपछि पठाई दिउँला’ कटुवालले दिएको आश्वासन गणेशले सम्झनुभयो । कटुवालको आश्वासन अनुसार नै कम्पनीको सम्झौता पत्र, प्रहरी र डाक्टरी रिपोर्ट, जीवन विमाको पत्र लगायतका सबै कागजात कटुवाललाई बुझाएर आफू नेपाल फर्किएको गणेश सुनाउनुहुन्छ । ‘मैले एक पटक कतारमा रहेको नेपाली दुतावासमा जाउँ भन्दा पनि कटुवालले मानेनन्, उनले मेरा कागजातको फोटोकपी पनि दिएनन् ।’ गणेशले भन्नुभयो । घर आएको एकबर्ष वित्दा समेत क्षतिपूर्ति बापतको रकम पठाउनु त परै जावस् कटुवाल सम्पर्कमा समेत नआएको गणेशकी श्रीमती रीताको भनाई छ । ‘क्षतिपूर्तिको लागि राजनीतिक दलका नेतादेखि वैदेशिक रोजगार वोर्ड, मन्त्रालय, श्रम विभाग सबैतिर धायौं, तर आश्वासन बाहेक अहिलेसम्म केही पाएका छैनौं ।’ जीवन गुजाराको लागि बर्दिबासको फुटपाथमा फलफुल बेच्दै गरेकी रीताले गुनासो गर्नुभयो ‘क्षतिपूर्तिको माग गर्दै सरकारी निकायमा जाँदा कागज पत्र खोज्छन्, सबै कागजपत्र एजेन्ट कटुवालले राखेको छ, म के देखाउँ हजुर ?’ गणेशले भन्नुभयो । कटुवाल सम्पर्क विहिन भएपछि गणेशले दिएको निवेदनको आधारमा केही महिनाअघि इलाका प्रहरी कार्यालय बर्दिबासले कटुवालकी श्रीमतीलाई पक्राउ गरेपनि पछि छाडेको गणेश बताउनुहुन्छ । ‘हामी बनीबुतो गरेर खाने निमुखा, हाम्रा कुरा कसैले सुनेनन्, हामीलाई न्याय दिनुपर्‍यो ।’ गणेशकी ७२ बर्षिया आमा खड्गमायाले भन्नुभयो ‘हामी त अब धेरै बाँच्दैनौं होला, तर न्याय पाएन भने यो गणेशको विजोग हुन्छ बाबु ।’ - See more at: http://ujyaaloonline.com/desh-paradesh/story/38445/ganesh-shrestha/#sthash.5XtH184X.oYbwAfRn.dpuf

मधेसको राजनीतिलाई ध्वस्त तुल्याउनमा भारतीय गुप्तचरको भूमिका महत्वपूर्ण

विचार ck-lal सिके लाल काठमाडौं सहर चार महिनाभित्रै पुनः मोदीमय भएको छ। सार्क सम्मेलन त बहानामात्रै हो। लाग्छ, नेपालको स्थायी संस्थापन दक्षिणका देउताको रथयात्रा गराउन आतुर थियो। देउताको रिस पनि आशिषै मानिने धर्म परम्परामा संविधान छिटो तर सहमतिमै बनाउनुपर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक हप्की पनि सायद काठमाडौंका सम्भ्रान्तलाई ननिको लागेन। तिनलाई प्रियतावादी कलाकार मोदीको नाटकीय अभिव्यक्तिको अन्तर्य तुरुन्तै तातिने र तत्कालै चिसिने सर्वसाधारणलाई भन्दा निकै बढी थाहा छ। उसै पनि संयम सम्भ्रान्तहरूको गुण हो। पशुपति दर्शनका लागि काठमाडौं आएका बेला भारतीय प्रधानमन्त्रीले मधेसीहरूलाई सार्वजनिकरूपमा तिस्कार गरेर अनौपचारिक भेटघाटमा आश्वस्त पारेका थिए। यसपटक उनको यात्रा विशुद्ध कामकाजी भएकाले उनलाई कारोबारको दोस्रो पक्ष नेपालको स्थायी संस्थापनलाई ठेगानमा राख्नुथियो। त्यसैले मधेस शब्द उच्चारण गरे। सहमतिका कुरा गरे। बार्धक्य, रोग र पारिवारिक शोकले पनि होला भारतीय प्रधानमन्त्रीले प्रधानाध्यापकको जस्तो व्याख्यान दिइरहँदा आतिथेय राष्ट्रका कार्यकारी प्रमुख सुशील कोइरालाको अनुहार टेलिभिजनको पर्दामा पाठ नबुझाएको छात्रजस्तो देखिन्थ्यो। पछि निजी भेटघाटमा आश्वस्त पारिएकाले पनि हुनसक्छ सार्क सम्मेलन आयोजक राष्ट्रका प्रधानमन्त्रीका हैसियतमा भने उनी प्रफुल्लताका साथ प्रस्तुत भएका थिए। रातारात देखिएको उनको भावभंगीमामा आएको चमत्कारी परिवर्तन भारतीय प्रधानमन्त्रीले नेपाली राजनीतिक दलका नेतासँगको भेटघाटमा सम्प्रेषण गरेको भिन्नै राजनीतिक सन्देशबाट पनि हुनसक्छ। स्थायी सत्ताको इसाराबेगर बिरलै मुख वा कलम चलाउने काठमाडौंका विचार निर्माताहरूले भारतीय प्रधानमन्त्रीको सार्वजनिक गर्जन सुनेर अर्थपूर्ण मौनको नीति त्यसै अंगीकार गरेका हैनन्। दूध दिने गाईको लात्ती त सहनुपर्छ। एक खर्ब ऋणको बोझ अन्ततः सामान्यजनले नै बेहोर्नु परे पनि त्यत्रो ठूलो लगानीको तात्क्षणिक फाइदा त स्थायी सत्ताका व्यापारिक हिस्सेदारले न पाउने हुन्। नाफा क्षेत्रले गर्ने लगानी स्वभावतः आर्थिक प्रतिफलका लागि नै गरिने हो। बिजुली निर्यात गरेर सामान्यजनको हित हुने भए पेट्रोल बेचेर धनी भएका अरब मुलुकहरूको मानव विकास सूचकांक दुनियाँमा सबैभन्दा राम्रो हुन्थ्यो। पक्का हो, जलविद्युत्मा विदेशी लगानी आउन थालेपछि थप केही दलाल पुँजीपति भने डलर अर्बपतिमा रूपान्तपरित हुनेछन्। र, भारतीय प्रधानमन्त्री मोदीको उदय नै नाफा क्षेत्रको हित सुनिश्चित गर्नका लागि भएको हो। सामान्यजनप्रतिको उपेक्षाभाव नयाँ दिल्लीमा होस् वा काठमाडौंमा परम्परागत स्थायी सत्ताको चरित्र नै हुनेगर्छ। ब्राह्मण—बनियाँ बाहुल्यको भारतीय जनता पार्टी होस् वा बाहुन—क्षेत्री वर्चस्वको नेपाली कांग्रेस, नेकपा ९एमाले०, सांस्कृतिक आर्थिक अग्रता पाएका समूहहरू सामान्यतः दक्षिणावर्त ९राइटिस्ट० राजनीति नै रुचाउँछन्। अंग्रेजीको ‘राइटिस्ट’ भन्दा नेपालीमा दक्षिणपन्थीको परिभाषा केही भिन्न छ। पश्चिमा राजनीति विज्ञानअनुसार परम्परामा विश्वास गर्ने र यथास्थितिलाई निरन्तरता दिन चाहने ‘राइटिस्ट’ हो। नेपाली शब्दकोशमा भने दक्षिणपन्थलाई उग्रवादी वा क्रान्तिकारी मतविरुद्ध क्रमिक, वैधानिक र सरल तरिकाले विकास गर्नुपर्छ भन्ने राजनीतिक पक्ष वा सिद्धान्तका रूपमा अर्थ्याइएको छ। यी दुई परिभाषालाई पछ्याउने हो भने भारतीय जनता पार्टीजस्तै नेपालका कांग्रेस, एमाले पनि दक्षिणावर्त राजनीतिक संरचना हुन् — मूलतः यथास्थितिवादी। पूर्व पञ्च एवं अन्य माले—मण्डलेहरू स्वभावतः प्रतिगामी प्रवृत्तिको पक्षधर रहेकामा शंका गर्नुपर्दैन। भित्री मनसाय जेजस्तो भए पनि माओवादीहरूमध्ये उग्रवादीदेखि क्रान्तिकारी भएका दाबी गर्नेहरूलाई फगत परिवर्तनका कार्यसूची स्वीकार्य छैनन्। दुईदुईपटक आम निर्वाचनमा भाग लिएर हारजित भोगिसकेका कतिपय क्रान्तिकारीको छलाङ मोह अझै भंग भएको छैन। त्यसो भए नेपाली राजनीतिमा दक्षिणपन्थी शक्तिका रूपमा कुन समूहलाई मान्न सकिएलारु प्रश्न सरल भए पनि उत्तर स्पष्ट छैन। सन् १९९० पछि पूर्वपञ्चहरू प्रतिगामी एवं तत्कालीन नेपका ९एमाले० मदन भण्डारीको चमत्कारी नेतृत्वमा उग्रवादी रहिरहँदासम्म गणेशमान सिंहले नेपाली कांग्रेसको क्रान्तिकारी छविलाई कायम राख्न सकेका थिए। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेस यथास्थितिवादी दलमा रूपान्तरिक हुँदै गएको हो। तर, उनमा क्रान्तिको धुकधुकी बाँकी रहेकाले उनले माओवादीदेखि मधेसवादी समूहसम्मलाई मूलधारमा ल्याउने आँट देखाउन सकेका हुन्। नेपाली शब्दकोशको परिभाषाअनुसार गिरिजाप्रसाद कोइराला ‘दक्षिणपन्थी’ देखिन्छन् तापनि ‘प्रयोगवादी राजनीतिकर्मी’ शब्द सायद उनका लागि बढी उपयुक्त हुनेछ। परिवर्तनको मोह लगभग समाप्त भएको नेपाली कांगे्रस अब पूर्णतः ‘राइटिस्ट’ अर्थको दक्षिणवर्त राजनीतिक संयन्त्रमा रूपान्तरित भएको छ। एमाले त सुस्तरी प्रतिगामी नै बन्दै गएको छ भने पनि हुन्छ। उखान टुक्काको राजनीति प्रतिक्रियावादी नै हुने जो गर्छ। सिंहदरबारको दक्षिणावर्त प्रवृत्ति टड्धकारोसँग भारतीय प्रधानमन्त्रीको प्रस्तावित भनिएको जनकपुर भ्रमण कार्यक्रम निर्माण, खारेजी, पुनर्विचार, एवं असफलता प्रकरणमा उदाङ्गियो। जनकपुर भ्रमण प्रकरणका अन्य कुटिल, व्यावहारिक, कारुणिक एवं प्रहसनात्मक पक्ष नभएका हैनन्। समग्रतामा भने जनकपुर भ्रमण प्रकरणले दक्षिणावर्त राजनीतिको खोक्रोपनलाई राम्रोसँग उजागर गरेको छ। सिद्धान्तहीन राजनीतिको एकमात्र निश्चितता अनिश्चय नै हुने रहेछ। स्वार्थहरूको बाझाबाझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सम्भवतः चार कारणले विश्वका वैष्णवहरूको मामाघर ९ जगज्जनी जानकीको माइती० जनकपुर आउन चाहेका थिए। अम्बानी—आडानी नाफा पथ छनौट गरेदेखि अयोध्या र राम जन्मभूमिप्रतिको आस्थाले गर्दा भाजपामा लागेका उत्तरभारतका हिन्दुत्ववादी ठुस्स परेका छन्। तिनका लागि जनकपुर भ्रमण ठूलो सन्देश हुन्थ्यो। राजनीतिमा प्रतीकको ठूलै अर्थ जो हुन्छ। जनकपुरसँग सीमा जोडिएको विहार राज्यमा चुनाव हुनेवाला छ। बाह्रबिघामा गरिने प्रधानमन्त्री मोदीको सम्बोधन मूलतः सीमापार लक्षित हुने पक्का थियो। वारिपारि कायम रहेको घनिष्ठ सम्बन्धका बारेमा थाहा पाएका भाजपाका योजनाकारहरू आफ्ना प्रभावशाली प्रचारकलाई अपेक्षाकृत तटस्थ भूमिबाट पनि उपयोग गर्न चाहन्थे। प्रधानमन्त्री मोदीलाई भारतको हित प्रवर्धन गर्न मूलतः नेपालको वर्चस्वशाली समूहसँग लेनदेन गर्नुपर्ने हुन्छ। ठोस कूटनीतिमा रोटीबेटी सम्बन्धको खासै महत्व हुँदैन। तर, वर्चस्वशाली समूहसँग मोलतोल गर्दा मधेसी पत्ताको उपयोगिता बारे मोदीलाई पक्कै हेक्का हुनुपर्छ। साइकल बाँडेर सहजै रिझाउन सकिने समुदायलाई प्रशन्न तुल्याएर उनी आफ्नो मोलमोलाइ गर्ने शक्ति काठमाडौंमा बढाउन चाहन्थे। चौथो र अन्तिम स्वच्छ कारण पनि हुनसक्छ। जनकपुरमा सीमा क्षेत्रका भारतीय राज्यबाहेक सबभन्दा धेरै धार्मिक पर्यटक सम्भवतः गुजरात राजस्थानतिरकै वैष्णवहरू आउँछन्। पशुपति यात्रा मूलतः धार्मिक कूटनीतिको जिम्मेवारी थियो। जनकपुर भ्रमण आस्था अभिप्रेरित पनि ठहरिन सक्थ्यो। त्यसै हो भने उनको जनकपुर आगमन अहिले सोचेभन्दा छिटो पनि हुनसक्छ। प्रियतावादी राजनीतिकर्मीको वाचाको भरोसा त हुन्न तर तीर्थाटन गर्ने चाहना उनले सार्वजनिकरूपमै दोहोर्यााएका छन्। नयाँ दिल्ली संस्थापन पनि चार कारणले गर्दा सुरुदेखि नै मोदीको जनकपुर भ्रमणको विपक्षमा थियो। गएको २५ वर्षमा भारतको हस्तक्षेपकारी कूटनीतिक संस्थापनले मधेसमा न त अरू विदेशीलाई केही गर्न दिएको छ न आफैँले केही गरेको छ। भिठ्ठामोड—जलेश्वर—जनकपुर बाटो त एउटा दृष्टान्तमात्रै हो। मोदी स्थल मार्गबाट आएका भए उनले आफ्नै संस्थापनको नालायकी देख्न पाउने थिए। दोस्रो, मधेसको राजनीतिलाई ध्वस्त तुल्याउनमा भारतीय गुप्तचर निकायको भूमिका महत्वपूर्ण रहने गरेको छ। त्यो कुरा त सन्तमहन्तले पनि गर्थे होलान् तर तिनलाई कूटनयिकहरूले देखी जो सहँदैनन्। मधेस मैत्री संविधान बन्नसक्ने सम्भावना अत्यन्त न्यून रहेको अवस्थामा भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमण असफल मानिन सक्ने जोखिमप्रति संस्थापन सचेत रहनु स्वाभाविक पनि हो। चौथो तर सबैभन्दा महत्वपूर्ण कारण सम्भवतः नितान्त व्यवस्थापकीय थियो। जोखिमपूर्ण सीमा क्षेत्रमा अति विशिष्ट पाहुनालाई सुरक्षा प्रदान गर्नसक्ने नेपालका सुरक्षा निकायहरूको क्षमतामा सायद भारतीय रणनीतिकारहरूलाई विश्वास भएन। नेपालको संस्थापनले विश्वास दिलाउन पनि चाहेन वा सकेन। बाह्रबिघा वा जानकी मन्दिर परिसर विवादले जनकपुरका राजनीतिकर्मीलाई विभाजित गर्ने परिस्थिति निलम्वित सभासद् सञ्जय साहद्वारा रिक्त गरिनसक्ने स्थानको सम्भावित उपनिर्वाचनका कारणले पनि हुनसक्छ। तर, त्यस विवादको भूमिका निर्णायक मान्न सकिँदैन। दोस्रो कारण सायद बढी महत्वपूर्ण ठहरिएको हुनसक्छ। जनकपुर क्षेत्रको अवस्था विहार, उडिसातिरका दरिद्रतम इलाकाभन्दा खासै राम्रो छैन। गफमै भए पनि काठमाडौंका सम्भ्रान्त कर्णालीतिरको अविकासको कुरा गर्न रुचाउँछन्। संख्यात्मकरूपमा भने सिंगो कर्णाली अञ्चलभन्दा विपन्नको संख्या महोत्तरी क्षेत्रमा मात्रै पनि बढी छ। निरीहताले असम्भव अपेक्षा जन्माउने रहेछ। मोदी भ्रमणको चमत्कारी असरको आशामा रहेका सामान्य मधेसी अपेक्षालाई कारुणिकबाहेक अरू केही भन्न सकिँदैन। हास्यास्पद प्रतिक्रिया भने काठमाडौं संस्थापनको उत्ताउलोपनमा देखियो — बोक्रा सुद्दै नरिवल खाने हतारमा। मोदीको जनकपुर तीर्थाटनको तिथिमिति कूटनीतिक तवरमा निश्चित हुन नपाउँदै भारतीय सञ्चार माध्यममा सम्प्रेषित प्रायोजित ‘समाचार’ का भरमा सवारी मन्त्रीका रूपमा विमलेन्द्र निधिलाई खटाउनु भुल नभएर अपरिपक्वता नै थियो। संविधान सभामै भ्रमणको औचित्यमा प्रश्न उठाउनुलाई पनि उर्बौलो प्रवृत्ति प्रदर्शन भने हुन्छ। नेपालीहरूको खोक्रो राष्ट्रवादको नौटंकीले अब मनोरञ्जन पनि दिँदैन। प्रहसनात्मक पाटो भने निश्चितै नभएको तीर्थाटन रद्द भएपछिको तमासामा देखियो। त्यसमा विनम्रता, निरीहता, वीरता, आँट, स्वाँग, विसंगतिजस्ता यावत् भावहरूको अभिव्यक्ति देख्न सकिन्थ्यो। सुनिएअनुसार, दक्षिणाधिपतिलाई भ्रमण रद्द नगर्न बिन्ती गर्नेहरूमा राष्ट्राध्यक्षदेखि सरकार प्रमुखसम्म थिए। सुरक्षाको प्रत्याभूति दिन गृह मन्त्री तम्सिए। निश्चित नै नभएको भ्रमण रद्द गरिएको नाटकका विदूषक अन्ततः नेपाल सरकारले तोकेका सवारी मन्त्री ठहर्यातइए। दक्षिणावर्त राजनीतिक नाटक हो। र, यस विधामा भाजपाका रणनीतिकारहरू पोख्त छन्। कांग्रेस एमालेका नौसिखुवाहरू कच्चा खेलाडी त ठहरिनु नै थियो। यस करुण हास्य प्रसंगले मधेसको राजनीतिलाई भने थप गिजोल्न सक्छ। चरणामृतको चाहना सुन्दा नमीठो लागे पनि नेपालमा राजनीतिक रूपान्तरणको कार्यसूची अलपत्र हुन पुगेको यथार्थ स्वीकार गर्नैपर्छ। मोहन वैद्यले परिवर्तनको सम्भावनालाई अन्तरध्वंशबाट समाप्त गरेका थिए। विप्लवले प्रतिगमनको आधारभूमि तयार गर्दैछन्। एउटै पुस्ताले दुईपटक क्रान्ति गर्दैन। माओवादीहरूको क्षमता अझै पनि क्षयोन्मुख नै छ। एनेकपा ९माओवादी० सँग ‘हिंग बाँधेको टालो’बाहेक अरू केही बाँकी छैन। गैसस कर्ममा अग्रता एवं एकाधिकार कायम गरेकाले दलित एवं जनजाति अगुवा अझै पनि एमालेको परिक्रमापथबाट उम्किन सकिरहेका छैनन्। औपचारिकरूपमा नै ‘भुइँको टिप्न खोज्दा पोल्टाको पोखिने डर’ रूपी आतङ्कबाट एमालेका दलित जनजाति ग्रस्त छन्। हुन त पोल्टो खाली नै छ तर टिप्न निहुरिने हो भने पिठ्युँको भारीको पोल खुल्छ। बल्खु दरबारका रणनीतिकारको व्यवस्थापन क्षमतालाई मान्नै पर्छ। र, एमालेका दलित—जनजातिको कम्तीमा मौन समर्थनबिना पद्मरत्न तुलाधरको आन्दोलन कतै जानेवाला छैन। त्यो यथार्थ सायद उनलाई पनि थाहा छ। नेपाली कांग्रेसका मधेसी सभासद् भने अपेक्षाकृत बढी मुखर देखिएका छन्। तिनलाई थाहा छ, मधेस विरोधी छवि भएका कृष्णप्रसाद भट्टराईलाई एक हाँकमा पर्साबाट चुनाव जिताउन सक्ने गिरिजाप्रसाद कोइरालाको हैसियतको कुनै पहाडी नेता आजका मितिमा छैनन्। अर्को निर्वाचन लड्नु नै छैन भने बेग्लै हो नभए पहाडी मूलका अमृत अर्याल होउन् वा थारु राजनीतिकर्मी पद्मनारायण चौधरी तराई—मधेसमा राजनीति गर्ने महत्वाकांक्षा बोकेका कुनै पनि व्यक्तिले मधेसीहरूको कार्यसूची परित्याग गर्न सत्तै्कन। तिनको संख्या र प्रभाव न्यून रहेकाले कांग्रेसका मधेसवादीहरूले राम्रो खासै केही गर्न नसके पनि नराम्रो हुनबाट रोक्न भने सक्छन्। विडम्बनाजस्तो देखिए पनि मधेसवादी दलहरूमा दक्षिणावर्त आकर्षण बढ्दै गएको छ। माओवादीसँग मधेसवादीको वैचारिक भिन्नता रहनु स्वाभाविक हो। प्रायः मध्यमवर्गीय पृष्ठभूमि एवं संसद्वादी राजनीतिक संस्कार बोकेका मधेसवादीलाई माओवादीको अर्थराजनीति नपच्नु अनौठो होइन। साथै, यथार्थ के पनि हो भने संघीयता एवं समावेशिताजस्ता मधेसीका कार्यसूचीप्रति एमाओवादीबाहेक अरू कुनै राजनीतिक शक्ति प्रतिबद्ध छैनन्। गणतन्त्र तथा धर्मनिरपेक्षता घोषणाको यश इतिहासका पानामा जीपी कोइरालाले सुनिश्चित गरिसकेकाले संघीयता र समावेशितामात्र आफ्नो राजनीतिक योगदान ठहरिन सक्ने सम्भावनाप्रति पुष्पकमल दाहाल सचेत छन्। त्यसैले गर्दा २२ दलीय प्रतिपक्ष मोर्चा सम्भव भएको हो। केही मधेसवादीहरूको दक्षिणावर्त भ्रान्तिले त्यो भत्किन सक्छ। नरम धार्मिक कट्टरता ९ सफ्ट हिन्दुत्व० सिद्धान्तको बुटी पिलाइएका केही मधेसवादीहरू मोदीले नै मधेसीको संकटमोचन गर्ने मोहभ्रममा फस्नसक्ने सम्भावनाको संकेत संयुक्त मधेसी मोर्चाको पुनर्जीवनमा देख्न सकिन्छ। यसको तात्कालिक फल मोदीको सम्बोधनमा मधेसी शब्दको उच्चारणरूपी ललिपप एवं संविधान सहमतिमै बनाइनुपर्ने उपदेशजस्तो केटाकेटीलाई भुलाउनेजस्तो झुनझुनामा नदेखिएको पनि होइन। यथार्थ के हो भने अझै पनि मधेसीहरू भारतीय संस्थापनाका लागि परेको बेला प्रयोग गरिने पत्ताभन्दा बढी केही होइनन्। दक्षिणावर्त राजनीतिलाई स्थायी सत्ताले सञ्चालन गर्ने गर्छ। र त्यसको बाझाबाझ, वार्ता, लेनदेन, समझदारी, सम्झौता र सहमति पनि अर्को स्थायी सत्तासँग मात्र हुनेगर्छ। संघर्ष र परिवर्तनको कार्यसूचीलाई अरू कसैको छातामुनिबाट अगाडि बढाउन सकिँदैन। राजनीतिमा असफलता भन्ने शब्द अवसरवादीले मात्र प्रयोग गर्ने गर्छन्। पछाडि पर्नु अनौठो होइन। संघर्ष पुस्तौँपुस्ता चल्ने कुरा हो। भारतको निगाहाबाट मधेसीको हित सुनिश्चित हुने भए पहिलो संविधान सभाको अवसान हुन दिनुपर्ने अवस्थै आउने थिएन। मधेसवादी राजनीतिकर्मीको प्रायोजित तेजोबधपछि तिनमा निरीहता आएको छ। त्यसको ओखती संघर्षमात्र हुनसक्छ। समर्पण त राजनीतिक मृत्यु हो। कार्यसूचीका आधारमा परिवर्तनकामीहरूसँगको सहयात्राको विकल्प दक्षिणावर्त राजनीतिको जडता कदापि हुनसत्तै्कन। त्यसो भयो भने विप्लवको मधेसी संस्करणको उदयलाई सीके राउतजस्ता राजनीतिकर्मीले पनि रोक्न सक्नेछैनन्। मोदीका मायावी शब्दजाल एवं मोहनीबाट मुक्त हुनुपर्ने सबैभन्दा बढी आवश्यकता मधेसवादी राजनीतिकर्मीलाई छ। अरूलाई त हाँसे पुग्छ। Nagarik

Wednesday, November 26, 2014

जवानी खोज्दै जनकपुर

Tula Narayan Sah जतिबेला देशमा कहीं कतै सडक थिएन, जनकपुरमा रेल चलेको थियो। तर आज देशको कुना कन्दरामा सडक पुगेको छ, जनकपुर र यस वरपर एउटै राम्रो सडक छैन। 6 मंसिर ५ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण हुने खबरपछि फेरि एकपटक त्यस क्षेत्रमा विकासको बहस सुरु भयो। विकास-पुरुषको नामले समेत चिनिएका मोदीले आफ्नो अघिल्लो भ्रमणका क्रममा तर्राई, पहाड, हिमाल सबैतिर विकास हुनुपर्ने र त्यसका लागि भारतले सहयोग गर्ने मनसाय व्यक्त गरेका थिए। त्यसकारण जनकपुर वरपरका क्षेत्रमा अनेकौं अडकलबाजी थालियो । कसैले 'स्मार्ट सिटी' का रूपमा जनकपुरलाई विकास गरिदिनुुपर्ने आशय राखे। कसैको धारणा धार्मिक पर्यटनका लागि भौतिक पर्ूवाधार विकासमा भारतको सहयोग रहुनपर्छ भन्ने थियो । ५ अर्ब रुपैया“सम्मको जनकपुर विकास प्याकेज मोदीबाट घोषणा हुन सक्ने अनुमान थियो । पछि आएर मोदीको जनकपुर भ्रमण रद्द भयो, तर यसले यो नगरीको विकास बहस भने छेडेको छ । जनकपुर मिथिलाको मुटु हो। जनकपुरको विकासले समग्र मिथिलाञ्चललाई प्रभावित गर्नेछ। हाल कोसी पश्चिम र बागमती पर्ूवका नेपालका ५ जिल्लालाई मात्र मिथिला मानिन्छ। कुनै बेला पर्ूवमा कोसी पश्चिममा गण्डक, उत्तरमा हिमालय दक्षिणमा गंगासम्म फैलिएको थियो मिथिला। मिथिलाञ्चलको समाज एवं जीवन पद्धतिबारे चलेका अनेक किंवदन्तीहरू अहिले पनि चलनचल्तीमै छन्। तिनले आज पनि मिथिला समाजको तस्बिर पस्किन्छन्। इतिहासमा अत्यन्त समृद्ध रहेको मिथिलाञ्चल नेपालमा मात्र होइन भारतीय क्षेत्रको भूभागमा पनि अनेकौं प्रकारले संकटग्रस्त बन्न पुगेको छ। मिथिलाञ्चल नै संकटग्रस्त भएको बेला जनकपुर त्यसबाट अछुतो रहनु असम्भव थियो। परिणामतः आज जनकपुर पर्ूण्ारूपमा जर्जर भइसकेको छ। देश विदेशका मानिसहरू रामायण र सीताको बयान पढेर/सुनेर जनकपुर नपुगुन्जेल उत्साहित रहन्छन् तर जब पुग्छन् अनि निराश बन्छन्। इतिहासमा सबैलाई लोभ्याउने जनकपुरको वर्तमानको कुनै पनि पक्ष यस्तो छैन जसले कसैलाई लोभ्याउन सकोस्। आखिर के थियो इतिहासमा र के भयो आज- आज हामीले जनकपुरको विकास योजना बनाउ“दै गर्दा कुन पक्षलाई ध्यान दिनु जरुरी छ त- 'पग पग पोखैर, पान, मखान, यैह थीक मिथिलाके पहिचान' अर्थात् पाइला पाइलामा पोखरी, पान र मखान नै मिथिलाको पहिचान हो। 'बाबन कुट्टी बहत्तर कुण्डा, फिरे सन्त जन झुण्डही झुण्डा' अर्थात् ५२ वटा कुटी, मठ, मन्दिर र ७२ वटा पोखरी भएको सहर जहा“ सन्त महन्तहरू झुण्डको झुण्ड घुमिराखेका हुन्छन्। उल्लेखित दर्ुइ पुराना भनाईले समग्रमा मिथिला र त्यसको मुटु मानिने जनकपुरको एतिहासिक तस्बिर प्रस्तुत गर्दछन्। मिथिलाको नामले पनि विशेष अर्थ दिन्छ। मिथिको अर्थ मन्थन र लको अर्थ बुद्धि रे। अर्थात् बुद्धिको मन्थन हुने, विद्वान्हरू बस्ने ठाउ“लाई कुनै बेला मिथिला भनिन्थ्यो। मिथिलाको समाज मूलभूत रूपमा ग्रामीण र कृषिमा आधारित थियो/छ। त्यसैले यहा“ पानीको महत्त्व अलि बढी हुन्छ। कृषिका लागि मिथिलाञ्चल राम्रो ठाउ“ हो। तुलनात्मक रूपमा धेरै नदीनाला भएको समतल मैदान भएर होला मिथिलाञ्चलमा असंख्य पोखरी जताततै पाइन्छ, उल्लेखित पौराणिक भनाइजस्तै। ओसिलो माटोमा उब्जिने पान पनि जताततै उपलब्ध छ। बृहतर जनकपुर क्षेत्र विकास परिषद्द्वारा गरिएको अनेकौं अध्ययन प्रतिवेदनअनुसार जनकपुर क्षेत्रमा आज पनि कम्तीमा ७२ वटा पोखरी, ६/७ वटा कुण्ड र सयवटाभन्दा बढी कुटी छन्। यी सबै संरचनाले जनकपुरलाई पोखरी र मन्दिरको सहरका रूपमा स्थापित गरेको छ। आज पनि हरेक वर्षजनकपुर वरपर १ सय ३० किमि लामो परिक्रमा हुन्छ। त्यसमा नेपाल र भारतका गरी लाखौं मानिस १५ दिन लगाएर पैदल यात्रा गर्छन्। परिक्रमा सडकको केही भाग भारतमा पनि पर्दछ। त्यसैले जनकपुरको विकासको कुरा गर्दा यहा“को धार्मिक पक्ष, धार्मिक पर्यटनको सम्भावना, मठ, मन्दिर, पोखरी र कुण्डहरूमा आधारित योजना बनाइएन भने यसले मूलमर्मलाई समेट्न सक्दैन। हालैको भ्रमणका क्रममा यो पंक्तिकारले स्थानीय केही बुद्धिजीवी र व्यापारीलाई जनकपुरको पुनर्जागरण कसरी गर्न सकिन्छ भनेर जिज्ञासा राख्दा आएको उत्तर मार्मिक थियो। उनीहरूको भनाइ थियो- जनकपुरको सबैभन्दा महत्त्वपर्ूण्ा पक्ष धार्मिक पर्यटन र शिक्षालय विकास हो। जतिबेला देशमा कहीं कतै सडक थिएन, जनकपुरमा रेल चलेको थियो। तर आज देशको कुना कन्दरामा सडक पुगेको छ, जनकपुर र यस वरपर एउटै राम्रो सडक छैन। १५ दिनको पैदल यात्रा गरेर लाखौं भक्तजन बर्सर्ेे परिक्रमा यात्रा गर्छन् तर न बासका लागि उपयुक्त धर्मशाला छ, न त हि“ड्न बाटो नै। परिक्रममा परिधिभित्र सयौं ऐतिहासिक मठ मन्दिर छन् तर दर्शनका लागि समुचित सडक बाटो छैन। जनकपुरको मुटुमै रहेका मन्दिर र वरपरका पोखरी, कुण्डहरूको अस्तित्व संकटमा छ। जनकपुरको पुनर्जागरण गर्ने हो भने यहा“का धार्मिक धरोहर -मन्दिर, पोखरी, कुटी) हरूको पुर्रर्निर्माण र उचित व्यवस्थपन सबैभन्दा पहिला गर्नुपर्छ। विभिन्न मठमन्दिर जोड्ने सडकको पुनर्निर्माण गरिनर्ुपर्छ। १ सय ३० किमि परिक्रमा सडक र त्यसबीचमा बासका लागि ठाउ“ ठाउ“मा धर्मशाला निर्माण जनकपुर पुनर्निर्माणका प्राथमिक र्सतहरू हुन्। त्यसपछि जनकपुरलाई शिक्षा आर्जनका लागि आकर्ष ठाउ“का रूपमा पनि विकास गर्न सकिन्छ। त्यसो त केही दशकअघि मिथिलामा निर्वाहमुखी कृषिलाई व्यापारमुखी बनाउन, केवल सौर्न्दर्य र पानी भण्डारणमा प्रयोग भइराखेका पोखरीहरूको विकास र त्यसबाट आय आर्जनको प्रयास नगरिएको होइन। २०१५ सालको बीपी कोइरालाको सरकारले रुसको सहयोगमा जनकपुर चुरोट कारखाना निर्माण गराउने प्रक्रिया थालेको थियो। २०४८ यताको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले त्यसलाई बन्द गराउने प्रक्रिया थाल्यो। हजारौं मानिस बेरोजगार भए। जागिर गुमाएकाहरू जनकपुर छाड्ने क्रम त्यही“बाट सुरु भएको हो। यस क्षेत्रका असंख्य पोखरीहरूलाई व्यवसायीकरण गर्न जापान सरकारले नेपालकै ठूलो माछापालन केन्द्र निर्माण गरिदिएको थियो। राजा वीरेन्द्रको सपनाअनुरूप निर्माण भएको उक्त केन्द्र हाल मृतप्रायः छ। यस क्षेत्रमा फलफूल विकासका लागि रामानन्द चोकमा रहेको विशाल क्षेत्रफल ओगटेको बागवानी फार्म पनि मृतप्रायः छ। राष्ट्रपति रामवरण यादवको गाउ“ नजिक विशाल क्षेत्रमा हर्दिनाथ धानबाली अनुसन्धान केन्द्र छ तर मिथिलाञ्चलमा धानको उत्पादनमा वृद्धि हुनसकेको छैन। पञ्चायती ब्यवस्था टिकाउन जनकपुरको उत्तरी भेगमा पञ्चायत प्रशिक्षण प्रतिष्ठान खोलिएको थियो, अचेल त्यसको नाम ग्रामीण प्रशिक्षण प्रतिष्ठान राखिएको छ तर कुनै रचनात्मक काम भएको छैन। कुनै बेला विज्ञान र वाणिज्य संकायका लागि ख्याति कमाएका रामस्वरूप, रामसागर बहुमुखी क्याम्पस अचेल खण्डहरमा परिणत हु“दै छन्। सम्पर्ूण्ा पहाडी क्षेत्रको स्कुल र कलेजमा विज्ञान र गणितको शिक्षक आपर्ूर्ति गर्ने मिथिला भूमि आज खाडी र मलेसियामा र्सवाधिक अदक्ष मजदुर निर्यात गर्ने अवस्थामा पुगेको छ। आज पनि काठमाडौंको नाम चलेका उच्च माविहरू र मेडिकल, इन्जिनियरिङका कोचिङहरूमा भौतिक, रसायन, जीव विज्ञानलगायत गणित पढाउने उत्कृष्ट शिक्षकहरू प्रायः जनकपुर क्षेत्रकै हुन्छन्। तर जनकपुर क्याम्पसमा त्यसको पढाइ ह“ुदैन। कृषि मेरुदण्डको रूपमा रहेको मिथिलामा कृषि विश्वविद्यालय छैन। तर, प्रस्तावित राजषिर् जनक विश्वविद्यालयले मिथिलाञ्चलको यो चुनौती चिर्ने योजनाका साथ आउनेमा आशा गर्न सकिन्छ। जनकपुर प्रवेश गर्ने मुख्य नाका रामानन्द चोकमा एउटा विशाल प्रवेशद्वार बनाइएको छ। त्यसैमा गौरब गर्दै अधिकांश जनकपुरियाहरू भन्ने गर्छन्- यो प्रवेशद्वारा एसियाकै सबैभन्दा अग्लो हो रे, यस्तै दाबीहरू सुनेर विश्लेषक सीके लालले एकपटक लेखेका थिए, 'रामानन्द चोकको प्रवेशद्वारा एसियाकै ठूलो हुन पनि सक्छ, नहुन पनि सक्छ तर सत्य के हो भने जनकपुरमा एउटै व्यवस्थित र्सार्वजनिक शौचालय छैन।' देवालयभन्दा शौचालय महत्त्वपर्ूण्ाको नारा दिएको मोदी प्रशासनको विकासे प्याकेजले जनकपुरको यो पक्षलाई पनि समेटिदिए हुन्थ्यो † जनकपुरमा चोक-चोकमा युवा क्लबहरू छन्। सुरुसुरुमा धार्मिक गतिविधिमात्र गर्ने त्यस्ता क्लबहरू अहिले जनकपुरको राजनीतिलाई हा“क्ने स्तरमा पुगेका छन्। पोखरीको व्यवसायीकरण भएपछि ग्रामीण समाजमा द्वन्द्वको नया“रूप देखियो। ऐलानी जग्गामा रहेका अधिकांश पोखरीमा माछापालन हुन थालेपछि भोग गर्दै आएका र गाविस पदाधिकारीबीच द्वन्द्व सुरु भयो। समाजमा अनुशासनहीनता र शिक्षा क्षेत्रमा राजनीतीकरण बढ्दै गएपछि यस क्षेत्रमा पढ्ने पढाउने संस्कृतिमा व्यापक ह्रास आयो। नतिजास्वरूप युवाहरूको विदेश पलायन बढ्यो। आज मिथिला क्षेत्रको ग्रामीण समाज पर्ूण्ारूपमै युवाविहीन छ, जसको प्रत्यक्ष प्रभाव कृषि र सामाजिक मूल्य मान्यतामा परेको छ। विदेशबाट आउने पैसाले छोराछोरीलाई पढाउने नाममा गाउ“घर खाली हु“दैछ र अव्यवस्थित सहरीकरण बढ्दो छ। जसले सुदूर भविष्यसम्म जनकपुरलगायतका मिथिला जीवनमा नया“ चुनौती थप्दै जानेछ। तर्सथ जनकपुरको विकास केवल संरचनाको निर्माण मात्रले हु“दैन। समाजको बदलि“दो तस्बिरलाई मध्यनजर राखेर समग्र मिथिलाको विकास र समृद्धिको सोचका साथ योजना बन्नर्ुपर्छ। अनि मात्रै मोदीको भ्रमणबाट जनकपुरको आस र जनकपुरको विकासबाट समग्र मिथिलाञ्चलको आस पूरा हुनेछ। प्रकाशित मिति: २०७१ मंसिर ६ ०७:५५

Monday, November 24, 2014

घर भित्र कैदी जीवन………

princu-1–
राजकरण महतो महोत्तरी, ८ मंसिर । महोत्तरीको बर्दिवासका तीन बालबालिका आफ्नै घरमा कैदी जीवन बिताउन बाध्य छन् । बर्दिवास गाविसका विभिन्न वडामा बसोबास गर्ने तीन आपाङ्ग बालबालिकाहरू न बोल्न सक्छ । न हातखुट्टा चलाउन सक्छ । जसका कारण उनीहरू दिनरात घर भित्रै बन्द कोठामा कुनै अपराधनै नगरी कैदी जीवन बिताइ रहेका छन् । बालबालिकाहरूलाई नुहाउन, खाना खुवाउनका लागि मात्र घरबाट बाहिर निकालिन्छ । त्यस बेला उनीहरू आफन्तको सहयोगमा खेल्न र घुम्न पाउँछन् । बर्दिवास– १ का १२ वर्षीय अनिल थापा मगर ५ वर्षको हुँदा उनी कक्षा १ मा पढ्न दिदीसंग स्कूल जाने गर्थे । तर एक्कासि उनी बोल्न, हिड्न र हात खुट्टा नचल्ने गरी अचेत भई आपाङ्ग भए । अनि अनिलले बिताउन थाले घर भित्रको कैदी जीवन । अनिलका बाबु उनकी आमा माया तमाङलाई छोडेर बस्न थालेका छन् । अनिल अहिले बर्दिवासमा ममावलीमा बस्दै आएका छन् । अनिलको आफ्नो घर सुनसरीको झुम्मकामा छ । अनिलका बुवाले आमालाई छोडी दिएपछि अनिल अहिले पूर्ण रुपमा आपाङ्ग भएका छन् । अनिलकी आमा मायाले ज्यालामजुरी गरेर गुजारा चलाइ रहेकी छिन् । कतै काम गर्न जाँदा मायाले अनिललाई कोठा भित्र थुनेर जाने गर्छिन् । उनको यो रहर नभै बाध्यता हो ।
anil-1जन्मजात आपाङ्ग भएर जन्मेका बर्दिवास– १ का ७ वर्षीय प्रिन्सु शाहीको आत्म कथा अनिलकै जस्तो छ । प्रिन्सुपनि बोल्न, हिड्न र हातखुट्टा चलाउन सक्दिनन् । विक्रम शाही र पिङ्की शाहीको पहिलो सन्ता प्रिन्सु नै हो । उनको थुप्रै स्थानमा उपचार गरिए पनि निको नभएको बाबु आमाको भनाइ छ । बर्दिवास– २ की १५ वर्षीय सरस्वती कुमारी चौधरी पनि पूर्ण रुपमा आपाङ्ग छिन् । सरस्वतीका बुबा शिवजी चौधरी सुकुम्बासी हुन् । उनी जनता उच्च मावि बर्दिवासको जग्गामा भाडा तिर बसीरहेका छन् । सरस्वतीले आफै काम गर्न नसक्दा उनी पनि घरमै थुनिएर बस्नु पर्ने बाध्यता छ । बाबु आमाको सहयोगमा बाहिर आउने सरस्वती घरको झ्यालबाट दिन भरि हेर्न बाध्य छिन् । बालबालिकाहरूलाई गाविसले अपाङ्ग भत्ता दिएको छैन । उनीहरूको अपाङ्ग परिचय पत्र नहुँदा राज्यबाट पाउने सुविधाबाट समेत बञ्चित भएका छन् । - See more at: http://www.puleso.com/?post_type=news&p=47738#sthash.NLxdUkQ2.Lnvdb4o4.dpuf

भ्रष्टाचार र जीवन पद्दति

एकजना पूर्वप्रशासक, जसले आफ्नो जिवनको लामो समय शक्तिको वरिपरि बिताए कहिले प्रमुखजिल्लाअधिकारी भएर, कहिले अञ्चलशिक्षाअधिकारी भएर, कहिले अञ्चलाधिशभएर त कहिले शिक्षा सचिव भएर । हुकुमप्रमाङ्गीको त्यो जमानामा ८००० जतिलाई त उनले जागीर नै ख्वाए । आफ्नो कार्यकौशलताको कारण गोरखा दक्षिण बाहु जस्तो सम्मानित मानपदवी पनि पाए । कस्तो होला त तिनको अवस्था अहिले ? कसरी बिताइरहेका होलान आफ्नो रिटायर्ड जिन्दगी ? काठमाण्डौँमा भव्य महल, फरक–फरक मोडलका विलासी गाडी, प्रशस्त धन–सम्पत्ति, नोकर चाकर, प्रशस्त राजनितिक प्रभाव अनि रवाफ सहितको गजबको जिन्दगी - यस्तै हुनुपर्ने हो सामान्यतया सोच्दा | यो सोच आउनु नौलो कुरो होइन, किनकि त्यस्ता धेरै पूर्व–प्रशासकहरु अहिले यस्तै जिन्दगी बिताइरहेका देखिन्छन । तर यहाँ देखिने पात्रको जिन्दगी भने ठ्याक्कै उल्टो छ । ढल्न लागेको झुपडिको बास, सम्पत्तिको नाममा घर रहेको त्यहि एउटा जग्गा, विलासी गाडी त निकै परको कुरा हो, यीनीसँग एउटा मोटरसाईकल पनि छैन । पूर्व–प्रशासक नारायण झा, जलेश्वरको दनौलीगा.बि.स. मा शादगीपूर्ण जिवनविताइरहेका छन् । यीनका बारेमा सुनेर कौतुहल बनेको यो पंतिकार उनीकहाँ पुग्दा, पुरानो जापानी रेडियोमा समाचार सुन्दैै थिए उनी । रेडियो एउटा माध्यम हो यिनका लागि, विश्वभर भइरहेका विकासक्रमका बारेमा जानकारी लिने । तब त यीनलाई फेसबुक बाट सुरु भएको ट्युनिसियाको जलआन्दोलन, अनि त्यसकै प्रभाव स्वरुप सुरु भएको अरब आन्दोलन देखि भारतीय राजनितीमा आमआदमी पार्टिको रुपमा उदाएको नयाँ शक्ति, त्यसले भारतिय राजनितिमा बढाउँदै लगेको प्रभाव सम्मको जानकारी छ । कुरा सुन्दा दार्शनीक जस्तै लाग्ने यीनको दिनचर्या रेडियो सुनेर, विभिन्न समसामयीक पुस्तक, पत्रपत्रिका पढेर, चिन्तन गरेर अनि लेखेर वित्छ । यिनको विगतकाबारेमा कुरा गर्दा, यीनी विशिष्ट श्रेणीका सरकारी कर्मचारी, सचिव थिए । प्रमुख जिल्ला अधिकारी, अञ्चल शिक्षा अधिकारी, अञ्चलाधिश हुँदै करिब एक दशक शिक्षा सचिव भएर काम गरेको अनुभव छ यीनीसँग । राजपरिवारसँग सिधा अनि राम्रो सम्पर्क भएका यीनी निर्णय लिनमा खप्पीस मानिन्थे । त्यसैले त मन्त्री देखी प्रधानमन्त्री कार्यालय सम्मका अनिर्णीत विषयहरु अन्तिम निर्णयका लागि यिनीसम्म आईपुग्थे । तत्कालिन समयमा कम्युनिष्टहरुको झापा आन्दोलन अन्तर्गतको शिरच्छेदन अभियान नियन्त्रण गर्न यिनले ठुलो भुमिका खेले । सोहि भुमिकाका लागि उनले गोरखा दक्षिण बाहु जस्तो सम्मानीत पदवी पाए ।
आफ्नो कार्यकालमा झापा देखि मुगु सम्म पुगेका यीनले ८००० भन्दा बढीलाई रोजगारी दिए अर्थात भनौँ जागीर ख्वाए । १७ दिन हिँडेर मुगु पुग्दा त्यहाँका मानिसको दुःख महसुस गर्न पाएका यीनै नारायण झा हुन, मुगुको ताल्चाविमान स्थलको निर्माण सुरु गर्ने व्यक्ति । नेपालमात्र हैन, यीनीसँग जापान, बेलायत, अमेरिकालगायतका १२ विभिन्न मुलुक घुमेको अनुभव छ । यात्राका क्रममा धेरैपटक पहाडी ओढारहरुमा रात विताएका यीनले अमेरिकाको पाँचतारे होटल शेराटनको विलाशिताको पनि अनुभव गरेका छन । एक दशकभन्दा बढी समय देशको सर्वोच्च प्रशासकिय निकाय, मन्त्रालयमा बसेर शक्ति के हो भन्ने बुझेका , १३ महिना अमेरिका बसेर विलासिता देखे भोगेका यीनको जिवनभने त्यती विलासि थिएन । किन त ? यीनले आफ्नो पद तथा अख्तियारको दुरुपयोग कहिल्यै गरेनन् । कानुनी रुपमा सरकार बाट पाउने पारिश्रमिक नै यीनको एक मात्र आम्दानीको श्रोत थियो । नतिजा स्वभाविक थियो , यिनले अतिरिक्त आम्दानी गरेनन्, गर्न सकेनन् । आफ्नो सेवाकालमा यिनी विरलै आकर्षक कार्यालय÷स्थानहरुमा परे, यीनको रोजाईमा प्राय सधैँ मुगु, हुम्ला, मनाङ्ग जस्ता विकट, कम विकसित र पिछडिएका क्षेत्र नै परे । हुन त यीनले ८००० भन्दा बढी लाई जागीर ख्वाए तर बदलामा केहि पनि मागेनन्, बरु तिनलाई कार्यक्षेत्रमा जाँदा लाग्ने खर्च पनि आफैँ दिएर पठाउँथे कहिले काँहि । त्यसैले गर्दा उनी धेरै पटक आफैँ बेखर्ची भएको अनुभव सुनाउँछन उनी । आफ्ना कार्यालय सहयोगी सँग सापटि लिएर घर खर्च पठाएको अनुभवपनि छ यीनीसँग । भ्रष्टाचार यिनको व्यक्तिगत शब्दकोषमा थिएन, छैन । त्यसैले त उनी अहिले पनि शारदा भुषालको भ्रष्टाचार बिरुद्घको अभियानमा सघाईरहेका छन् । शारदा भुषालसँगमिलेर आफ्नो गाउँलाई भ्रष्टाचारमुक्त गाउँ बनाउन लागिपरेका छन् यिनी अहिले । आखिर के पाए त उनले यो सब गरेर ? आत्मसम्मान र साथमा पाएका छन् गाउँबासीको सम्मान । आजसम्म कसैको अगाडि झुक्नु नपरेकोमा गर्व गर्छन् उनी । जव गाउँ भरिका मानिसहरु “भाईजी” भन्दै सल्लाह माग्न आउँछन, त्यहि सम्मानमा उनी आनन्दित हुन्छन् । उनको सम्पत्ति भनेकै त्यहि सम्मान हो । जब उनले जागिरमा लगाइदिएकाहरु उनलाई सम्झँदै उनको दैलोमै आइपुग्छन, उनका लागि सबैभन्दा ठुलो उपलब्धी नै त्यहि मान्छन् उनी । उनको विचारमा सरकारी जागिर सेवाका लागि हो, जुन उनले गरे, पैसा कमाउन र सम्पत्ती जोड्नका लागि हैन, जुनअरुले गरिरहेका छन् । “अहिलेका सरकारी कर्मचारिहरुमा सदाचारको कमी छ र भ्रष्टाचार बढ्दो छ । भ्रष्टाचार जिवन पद्घति बनी सकेको छ ।”उनी भन्छन् “अशिक्षितहरुले नगन्यमात्रामा भ्रष्टाचार गर्छन, ठूला बडा अनि शिक्षित भनाउँदा नै हुन् भ्रष्ट अनि भ्रष्टाचारमा रमाउने । उनीहरुलाई बढी आउँछन् जालझेलका कुरा ।”आखिर के गर्ने त यो भ्रष्टाचार रोक्न? उनको निष्कर्ष छ, “यी थोत्रा मानिसहरुबाट भ्रष्टाचार रोक्न सम्भव छैन ।”उनले यसो भन्दै गर्दा उनकी श्रीमती स्थानीय भाषमा भन्दै थिइन“तपाईँ एकजना जोगी भएर संसार बदलीँदैन ।”उनी भन्छन, “शक्तिमा रहँदा केहि गर्न नसकेकोमा उनको परिवारको ठूलो चित्त दुखाई छ ।” तर उनी त्यसको पर्वाह गर्दैनन् । बरु प्रश्न गर्छन्, “के मैले जति सम्मान यहाँका भ्रष्टहरुले पाएका छन् ?”यसो भन्दै गर्दा उनी सन्दर्भ जोड्दै थिए उनका समकालिन प्रहरी प्रमुखले भ्रष्टाचार मुद्घामा ८ बर्षे जेल सजाय पाएको, उनको अकुत सम्पत्तिजफत भएर परिवारको विचल्ली भएको । निष्कर्ष यहाँ कोहि व्यक्ति विशेषलाई प्रचार गर्न खोजिएको हैन । यो त प्रसंगको सुरुवात मात्र हो । हाम्रो देशमा बढ्दो भ्रष्टाचारका लागि अशिक्षा मात्र जिम्मेवार छैन । खोक्रो आडम्वर अनि देखासिकिले जकडिएको सामाजिक संरचनापनि धेरैे हदसम्म जिम्मेवार छ । सबैलाई नै देखाउनुपरेको छ । महँगो सवारीसाधन चढ्नु परेकै छ । आफ्नो आवश्यक्ता अनि क्षमताभन्दा माथी गएर विलासीताका वस्तुहरु प्रयोग गर्नु परेको छ । किनकिहामीले देखाउनुपर्ने भएको छ । एक विद्यार्थी, जसको आम्दानीको कुनै श्रोत छैन तर पनि उसले महँगो मोबाइल सेट बोक्नै पर्छ । सकेसम्म चल्तीको बाइक चढ्नै पर्छ । खल्तीमा केहि हजार रुपैँया नगद हुनै पर्छ । किनकी उसले देखाउनुपरेको छ उसका साथीहरुलाई, उ सम्पन्न अनि फेशनेबल छ भनेर । एक सामान्य गृहीणी, उनमापनिआफ्ना साथीहरुलाई देखाउनुपर्ने भुत सवार हुन्छ । घरमा महँगो सोफा, टि.भी., माईक्रो ओभन चाहिन्छ, नत्र साथीहरु आउँदा लाज हुन्छ । बाहिर फेर हिँड्दा लगाउन फेशन अनुसारको लुगा अनि गरगहना त छँदैछ, सकेसम्म एउटा कार्यक्रम, समारोहमा जाँदा लगाएको लुगा दोहो¥याएर लगाउनु हुँदैन । सार्वजनिक यातायातको साधनमा हिँडेको छीमेकिले देखे भने त लाजैमर्दो हुन्छ, त्यसैले ट्याक्सी त चढ्नै प¥यो नी आफ्नै गाडी नभएपनि । एक व्यक्ति, पेशाले सामान्य सरकारी कर्मचारी, जसको आय मरेर २०००० नाघ्छ । उनका पनि आवश्यक्ताहरु प्रशस्त छन् । अफिस जाँदा मोटरसाईकलमा जान सकेन भने त सहकर्मी साथीहरुले हेपेरै भन्छन् । सरकारी जागिर खाएर एउटा घर पनि बनाउन सकिएन भने त नाकै काटिन्छ । यस्ता अनगिन्ति व्यक्तिगत, पारिवारिक अनि सामाजिक आवश्यकताको कुरा त यहाँ गरि साध्यै छैन । एउटा सामान्य कर्मचारी वा नागरिकले यस्ता असामान्य अनि अनगीन्ती आवश्यकता सँग जुध्नु परेपछी त भ्रष्टाचार मौलाउने नै भयो नि हैन र ?किनकि यहाँ मानिसको योग्यतालाई हैन सम्पत्तिलाई सम्मान गरिन्छ । माथिको प्रसंगमा भनिए जस्तै भ्रष्टाचार हाम्रो जिवनपद्घति बनिसकेको छ । यो अशिक्षाको कारणले भएको होइन । यो त असिमित सपना, चाहनालाई काबुमा राख्न नसक्दाको परिणाम हो । असाधारण जिवनशैलीको चाहनाले निम्त्याएको भयावह अवस्था हो । व्यक्ति–ब्यक्ति, परिवार–परिवार, अनि समुदाय–समुदायबिच सम्पन्न बन्ने अनि बनेको देखाउने अस्वस्थ प्रतिस्पर्धाको नतिजा हो । त्यसैले यदी हामी भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्छौँ भने त्यसका लागि सर्वप्रथम हामीले आफुलाई नै सुधार्नु जरुरी छ । अरुका लागि होईन आफ्नो लागि बाँच्न सुरु गर्नु जरुरी छ । अरुले निर्धारण गरिदिएको आवश्यकता होइन, आफ्ना वास्तविक आवश्यकता बुझ्नु जरुरी छ । सम्मान धन र सम्पत्तिलाई होइन, मानिसको इमान्दारिता, योग्यता र क्षमतालाई गर्नु जरुरी छ । आफ्ना सन्तानलाई आवश्यकता भन्दा बढी फेशनेवल भएर हैन बौद्घिक भएर देखाउन सिकाउनु जरुरी छ । हरेक श्रीमतिहरुले साथीसंगीलाई सम्पन्नता देखाउनमा हैन बरु श्रीमानको अवस्था र क्षमतालाई बुझेर त्यहि अनुसार जिउन सिक्नु जरुरी छ । हरेक व्यक्तिले आफ्नो इमान्दारितालाई कायम राख्दै निष्ठावान हुन जरुरी छ । अनि मात्र सम्भव हुन्छ, भ्रष्टाचार मुक्त समाजको सपना ।

Sunday, November 23, 2014

मोदीको जनकपुर भ्रमण किन भयो रद्द ?

sneha jhaस्नेहा झा करिब साढे तीन महिना पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक नेपाल भ्रमणमा आएका थिए । १७ वर्षपछि भएको कुनै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबाट नेपालले धेरै अपेक्षा गरेको थियो । अपेक्षाअनुरुप मोदीले नेपाली नेता र जनतालाई खुशी पार्न सफल पनि भए । भारतकोे नामपनि सुन्न नचाहने भारत विरोधी राष्ट्रवादीहरुले पनि खुलेरै मोदीको प्रशंसा गरे । त्यही मोदी अहिले नेपालकै एक मुख्य शहर जनकपुरको भ्रमणमा जान लाग्दा चौतर्फि विवाद सृजना भएको छ । उनले जनकपुर र लुम्बिनीमा गर्ने भनिएको सार्वजनिक सम्बोधन पनि विवादित बन्यो । र अन्ततः तीनटै ठाउँको भ्रमण नै रद्द भयो । मोदी पहिलो पटक नेपाल आउँदा नै जनकपुर र लुम्बिनीको भ्रमण गर्ने योजना थियो । तर त्यतिबेला मधेशका कुनै पनि क्षेत्रमा भ्रमण गरेनन् । त्यति बेला पनि सरकारले जनकपुरमा मोदीलाई आवश्यक सुरक्षा दिन नसकिने बताएको थियो । मोदीको जनकपुर भ्रमण रद्द भएपछि र मोदीले आप्mनो भाषणमा मधेश शब्दको प्रयोग नै नगरेपछि निराश भएका मधेशी जनतालाई निकट भविष्यमै जनकपुर भ्रमण गर्ने आश्वासन दिएका थिए । त्यसैले पनि मोदीको आसन्न जनकपुर भ्रमण र उनको सम्बोधनलाई अनपेक्षित रुपमा लिएर ससंकित हुनुपर्ने कारण देखिएको थिएन । उनले आप्mनो पहिलो नेपाल भ्रमणकै समयमा जनकपुर भ्रमण गर्ने उद्घोष गरेका थिए । सोही अनुरुप यसपटक नेपाल आउँदा उनी जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण गर्ने योजना बनाएका थिए । तर अनावश्यक रुपमाउनको जनकपुर भ्रमण भने विवादमा तानियो र सबै भ्रमण स्थगित भयो । उनका अन्य भ्रमण भन्दा पनि जनकपुर भ्रमण नै किन यसरी विवादमा तानिदैछ त ? मोदीको जनकपुर भ्रमणलाई विशेषतः सुरक्षाको कारण देखाउँदै रोक्ने प्रयास भएको थियो त्यसबेला । सडक मार्गबाट जनकपुर आउने बताएपछि सुरक्षाको संवेदनशिलता देखाउँदै सरकारले हवाईमार्गबाटै आउन आग्रह गरेको थियो । त्यसै अनुरुप जनकपुरमा आवश्यक तयारी पनि थालिएको थियो । तर अन्ततःमोदीले सडकमार्ग भएरै आउने बताएपछि सरकारलाई थप टाउको दुखाई भएको थियो । उनी महोत्तरीको सिमा सुरसण्ड हुँदै सडकमार्ग भएर जनकपुर आउने निश्चित भईसकेको थियो । यता मोदीको जनकपुरको जानकीमन्दिरमा पुजापाठसँगै सार्वजनिक सम्बोधन र विद्यार्थीलाई साइकलवितरणको पनितयारी रहेको थाहा पाएपछि सरकार विचलित नै भएको थियो । काठमाडौंको चावहिल र बानेश्वरमा मोदीले सडकमै ओर्लेर नागरिकको अभिनन्दन स्वीकार गरेको सम्झिदा उनी महोत्तरी हुँदै जनकपुर आउने क्रममा स्थानियहरुसँग गाडीबाट ओर्लेरै कुराकानी गर्न सक्ने त्रास पनि सरकारलाई नभएको होइन । मुख्यतः मोदीले जनकपुरमा सार्वजनिक सम्बोध गर्ने भनेपछि उनले के भन्ने छन ्भने विषयमा सरकार चिन्तित थियो । सरकारको प्रयास सकेसम्म मोदीलाई स्थानीय जनतासँग नजिकिन नदिने रहेको प्रष्ट देखिन्छ । प्रश्न उठ्छः आखिर उनले त्यस्तो के भन्थे जसले गर्दा सरकार डराईरहेका थिए ? मधेशी जनताले त्यस्तो के सुनाउथे जसले नेपालको राष्ट्रिय हितविपरित काम गर्नेछ ? होइन भने मोदीको यो भ्रमणलाई मधेश र मधेशीको विकासमा कसरी प्रयोग गर्ने भन्ने रणनीति बनाउनुको साटो सरकार किन मोदीको भ्रमणलाई लिएर पूर्वानुमानमा व्यस्त भएको हो ? यो विषयलाई अलिकति आन्तरिक राजनीतिसँग जोडेर हेर्ने हो भने मधेशप्रतिको सरकारी विभेद प्रष्ट देखिन्छ । काठमाडौं मधेशप्रति कहिल्यै जिम्मेवार देखिएन र मधेशले काठमाडौंसँग कहिल्यै अपनत्वभावको अनुभव गरेनन् । आप्mनै देशका मधेशीजनतासँग दोस्रो दर्जाको नागरिक सरहको व्यवहार उहिले देखि हुँदै नै आएको हो । त्यसैको अर्को कडी हो मोदीको जनकपुर भ्रमणमा सरकारी पूर्वाग्रह । सार्क सम्मेलनको तयारी स्वरुप जहाँ राजधानीका सडक छेउछाउका घर सरकारी खर्चमा रंगरोगन गरिँदैछन्, त्यँही महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेका भुमिहिनका झोपडी अर्को विकल्पको व्यवस्था नगरिक नै भत्काइएको छ । अनाधिकृत रुपमा बनाइएका टहरा भत्काउनु सरकारी अधिकारको कुरा भएपनि मोदी आउने बाटोमा पर्ने ती टहराहरु मधेशका वास्तविक चित्र हुन् । जसलाई सरकारले लुकाउन खोज्दैछ । हुन त मोदी सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउन लागेका हुन् । तर विवाह पञ्चमीको अवसर पारेर पहिले जनकपुर जाने र त्यसपछि मात्र काठमाडौं आउने मोदीको योजना पनि शासकवर्गलाई अपचहुनु स्वभाविक हो । जनकपुरमा विवाहपञ्चमी हरेक वर्ष धुमधामका साथ मनाइन्छ । विवाहपञ्चमीमा छिमेकी मुलुकबाट ठूलो संख्यामा प्रत्येक वर्ष पाहुनाहरु आउने गर्छन, यो कुनै नौलो विषय होइन । तर यसपटक सार्क शिखर सम्मेलन जस्तो महत्वपूर्ण सम्मेलनका लागि मोदी जनकपुर हुँदै आउने भएका छन्, त्यो पनि स्थलमार्गबाट । मधेशलाई कहिल्यै मुख्यधारमा ल्याउन नचाहने एउटा निश्चित वर्गका लागि टाउको दुखाईको विषयहुने नै भयो । अति विशिष्ट एक व्यक्तिलाई देशको एउटा सुलभ जिल्ला सदरमुकाममा आवश्यक सुरक्षादिन सक्दिन भन्नुले के नेपालको सुरक्षा संयन्त्रमाथि प्रश्न उठाउँदैन ? सरकारले कुन आधारमा जनकपुरलाई मोदी भ्रमणका लागिसुरक्षा संवेदनशीलताको घेरामाराखेको छ, सोच्नै पर्छ । मोदीको भ्रमणपछि मधेशी जनतामा कस्तो सन्देश जानेछ भन्ने विषयमा चिन्तित देखिन्छ सरकार । कुटनीतिक रुपमा यो चिन्तालाई गलत मान्न सकिँदैन तर सार्वजनिक सम्बोधनलाई नै रद्द गराउने प्रयास गर्नु कुनै हालतमा सही मान्न सकिन्न । अर्को कुरा मोदीले जनकपुरमा विद्यार्थीहरुलाई साइकल वितरण गर्ने भनेपछि त्यो पनि विवादित विषय बन्न पुगेको छ । मोदीले सार्क सम्मेलनमा नेपाल आउने क्रममा नै काठमाडौंमा ट्रमा सेन्टरको उद्घाटन गर्नेछन् । त्यस्तै मुिक्तनाथमा खानेपानी परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि थियो र त्यसपछि उनले त्यँहाका जनतालाई त्यस क्षेत्रको विकासमा भारतको सहयोग रहने सन्देश दिने कार्यक्रम पनि थियो । उनले लुम्बिनीमा पनि सार्वजनिक सम्बोध नगर्ने र अरु कार्यक्रमहरुमा पनि सहभागी हुने बताइएको छ । मोदीको यो भ्रमण तालिकामा नेपाल सरकारलाई मुख्य टाउको दुखाईको विषय बनेको जनकपुर भ्रमण नै बनेको थियो । भारत र मधेश, त्यसमा पनि जनकपुरसँगको भावनात्मक सम्बन्धलाई कदर गरेरै भएपनि नेपाल सरकारले मोदीको भ्रमणको तयारी सकारात्मक रुपमा गर्नुपर्ने थियो । मोदीलाई सार्वजनिक सम्बोधन गर्नबाट रोक्ने प्रयासमा लाग्न ुभन्दा उनको सम्बोधनलाई मधेश र मधेशीको हितमा आउने गरी कसरी ल्याउन सकिन्छ भनेर कुटनीतिक प्रयासबाट छलफल गरिनुपर्ने थियो । यदि जनकपुर भ्रमण सुरक्षाका दृष्टिले संवेदनशील छ भने पनि त्यँहा पूर्ण सुरक्षाको तयारी गर्नुपर्ने थियो । मोदीको भ्रमणपछि जनकपुर चर्चामा आउने कुराले त्रसित सरकारको सोच जनकपुरलाई लुकाएर राख्नु उपयुक्त हुने बुझियो । मधेशी जनताले मोदीले मधेश विकासकालागि केही महत्वपूर्ण घोषणा गर्छन कि भनेर उनको प्रतिक्षामा थिए । संसद भवनमा नेपाललाई सहयोग स्वरुप दस हजार करोडको ऋण सुविधाको घोषणा गरेका मोदीले जनकपुरमा पाँच सय करोडको सहयोगको घोषणा गर्ने बताइएको छ । मोदीको सम्बोधनप्रति संसकित हुनु साटो उनको मधेश भ्रमणलाई देशको हितमा प्रयोग गर्ने नीति बनाउने तर्पm लाग्नु सरकारकालागि उपयुक्त थियो अब त्यो मौका पनि गुमाई सकेको छ ।

मोदी भ्रमण, प्रचण्ड र माईक्रोम्यानेज्मेन्ट

अशोक मैनाली (टिप्पणी) बिश्व मानचित्रमा ‘सानो ‘ तर सांस्कृतिक र प्राकृतिक सौन्दर्यको दृष्टिले बिश्वका मानिसहरूको ‘आकर्षक गन्तव्य’ नेपाल आफ्नै आन्तरिक दन्द्व र राजनैतिक बेईमानीको भुमरीमा एक पछि अर्कों गर्दै फसेको आभास मिल्छ। नेताहरू आन्तरिक र बाह्य सरोकारका क्षेत्रमा असफलताको यात्रामा छन् । हाम्रा दल र नेताहरू स्व कवि भुपी शेरचनले भने झैँ क्यारमबोर्डका गोटी जस्तै छन् जुन आफै चल्दैनन् अरूले चलाउने पर्ने । हाम्रा दल र नेताहरूको गतिबिधी हेर्दा लाग्छ उनिहरू छिमेकी मुलुक भारतकै वरीपरी वा उसैलाई रिझाउन नै तल्लिन छन् । उनिहरूमाथी आफ्नो विवेक र जनचाहाना अनुसार भन्दा पनि भारतकै ‘ईन्टेस्ट’मा काम गरेको आरोप लाग्ने गरेको नयाँ भने होईन । सत्तामा हुंदा भारत रिझाउने र बाहिर हुंदा भारतलाई घुर्काउने नेताहरूको शैली देखि अपरिचित सायद कमै होलान् । काठमाण्डौमा आयोजना हुन लागेको दक्षिण एसियाली सहयोग संगठन (सार्क)को पुर्वसन्धायामा जसरी भारतिय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको ‘धार्मिक भ्रमण’को चर्चा चुलियो त्यत्तिकै विवादित पनि बन्यो । फेरी एकपटक हाम्रो राष्ट्रिय स्वाभिमानको खिल्ली उडाईयो र हाम्रो राष्ट्रिय अस्मितामाथी फेरी धावा बोल्ने कार्य भयो । योसंगै नेपाली कुटनितीको असक्षमता र निकम्मापनको पर्दाफास भयो । यहाँनेर विचारणीय पक्ष के छ भने अहिले विश्वमा नरेन्द्र दामोदर मोदीलाई भारतिय प्रधानमन्त्रीको रूपमा मात्रै भन्दा पनि एकजना कुशल र चतुर नेताको रूपमा समेत हेरिएको छ । उनका भाषण र उठबस बिश्वका धेरै मानिसका लागी चासो र चर्चाको बिषय हुने गरेको छ । झन् नेपालको त ‘रोटी देखी बेटी सम्म’को सम्बन्ध रहेको भनिएको छिमेकी राष्ट्रको प्रधानमन्त्री प्रति चासो हुनु स्वाभाविक नै हो । अझ भारतबिरोधी मनोविज्ञानले जरा गाडेको नेपाली समाजमा उनको ‘नेपाल प्रशंसा’ले धेरै नेपालीलाई भारत प्रतिको सोचाईमा परिवर्तन गराईदियो र उनलाई नेपाली जनताले एउटा बैग्लै आखाँले हेर्न वातावरणको सृजना भयो ।जुन सकारात्मक मात्र होईन भारत बिरोधी मनोबिज्ञानमा केही हदसम्म कमि देखियो । नेपालमा राजनैतिक नेतृत्व प्रति चरम घृणा रहेको अवस्थामा मोदीले नेपाली हृदयमा सहजै स्थान पाउन सफल भए । त्यतिमात्र होईन हाम्रा नेता र सांसद समेत मोदीको भाषणमा लठ्ठिए र उनले नेपाल एक ‘सार्वभौम मुलुक’ हो भनेर नेपालको संसदमा बोल्दा तालीको बर्षा गरेर आफ्नो हिन भावनाको नांगो प्रहसन गरे । अहिले फेरी उनै मोदीको जनकपुर भ्रमण ‘स्थगित ‘ वा ‘यथावत’को जुन किसिमको धाराप्रवाह भनाई आईरहेका छन् यसले समस्या भारत या मोदी होईन नेपाली राजनितिज्ञ र हाम्रो कुटनिती हो भन्ने तथ्य दिनको घाम जस्तै छर्लंग पारेको छ ।
नेपालमा दुई थरी अतिवादीहरू जसले यो भ्रमणलाई अनावश्यक उछाल्ने कार्य गरेर विवादको भुमरी जागिदिएर आफ्नो कुत्सित उदेश्य पुरा गर्न गरेको हर्कत विचारणिय छ । अहिले एकथरी कट्टर हिन्दुवादी तत्व छ जुन नेपालले अँगालेको धर्मनिरपेक्षतालाई चुनौती दिन मोदीको जनकपुर भ्रमणलाई आफु अनुकूल बनाउने चेष्टा गर्न चाहन्छ भने केही दल र व्यक्तिहरू उनको जनकपुर आगमनलाई साक्षात ‘राम’को आगमन हुंदै छ जस्तै गरी ‘ख्वामित’को दर्शण गर्न आतुर छन् ।अर्कों थरी मोदीले जनकपुरको बाह्र बिघा मैदानमा भाषण गर्दा आकाश नै खस्छ जमिन नै भासिन्छ जस्तै गरेर कोकोहोलो गर्दैछन्। तर एकाएक उनको भ्रमण स्थगनको हल्ला जब जनकपुर हुंदै नेपाल भरी हावासरी फैलियो तब परिस्थितिले बैग्लै रूप लियो । अनि भ्रमण रद्दको दोष एक अर्कालाई लगाएर दलालीकरणको भद्दा नमुना प्रदर्शन गरेर लाचारी प्रदर्शन गरे । सो भ्रमण र स्वागतको चाजोंपाजो मिलाउने मुख्य जिम्मेवारी पाएका जनकपुरबासी भौतिक तथा निर्माण आयोजना मन्त्री विमलेन्द्र निधीले बिज्ञप्ती नै निकालेर भ्रमण रद्द हुनुको दोष एमाओवादी नेतृत्वको २२ दललाई लगाए भने २२ दलको तर्फबाट त्यहाँको नेतृत्व गरेका एमाओवादी नेता रामचन्द्र झाले दोष सरकारको भएको भन्दै आन्दोलनको उद्घोष नै गरे फलस्वरूप मोदीको व्यग्र प्रतिक्षामा रहेको जनकपुर क्षेत्र क्षणभरमै रणभुमीमा परिणत भयो । यि दुवै थरीका हर्कत कुनै पनि दृष्टीमा उपयुक्त थिएन ।यो त केवल थियो मोदीको भ्रमणको जस आफुले लिने र आफ्नो अभिष्ठ पुरा गर्ने चाहनाको भित्री खुलासा। बताईए अनुसार मोदीले नेपाल भ्रमणको बेलामा नै आफ्नो नेपाली समकक्षी शुसील कोईरालसंग जनकपुर भ्रमणको ईच्छा राखे बमोजिम उनको भ्रमण तय भएको हो । तर विवादको मुख्य कारण उनको ‘अभिन्नदन तथा सम्बोधन ‘ स्थल बन्यो । जुन अनावश्यक थियो । मोदीले चाहेकै ठाउंमा उनलाई भाषण गर्न दिंदा केही बिग्रदैनथ्यो । प्रधानमन्त्री कोईराला मोदीले नै चाहेको ठाउंमा भाषण गर्न दिन राजी भए पनि नेपाली राजनितीमा चतुर ,अस्थिर र आफ्नो अडान लिन नसक्ने परिचय बनाएको सत्तारूढ नेकपा एमालेको कारण कोईरालाको ईच्छाको केहि चलेन र जसको परिणाम आज देखिंदै छ। यहाँनेर सरकार नराम्ररी चुकेको छ । यति सम्म कि भ्रमण ‘रद्द’र ‘रद्द भएको छैन’ भन्दै सरकारका जिम्मेवार मन्त्रीहरू गैरजिम्मेवार अभिव्यक्ति दिएर जगत हसाँउदै छन् ।उता मोदीले जनकपुरमा भाषण गर्दा हाम्रो राष्ट्रिय अस्मिता खतरामा पर्छ भन्ने तर्क पनि समय सापैक्ष छैन । जनताको मनमा रहेको राष्ट्रभक्ती उनको दुई चार मिनेटको भाषणले न डग्मगाउने थियो न त छ । न त स्थानको प्राविधिक बिषयलाई लिएर बितण्डा मच्चाउनु नै आवश्यक थियो र छ। कारण जे सुकै भए पनि सतहमा देखिएको ‘निधी’ र ‘झा’ शैली अपरिपक्क ,सनक र लज्जाको मानक बनेको छ । बिडम्वना भारतले नेपालको राजनितीमा ‘माईक्रोम्यानेज्मेन्ट’ गरेको भनेर असन्तुष्टी प्रकट गर्दै आएका र भारतकै कारण गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्रीको कुर्सी गुमाउन बाध्य पारिएको भनेर ‘प्रभु’को अगाडी नझुक्ने बताएका प्रचण्डकै दलकै अगुवाईमा अभिन्दन स्थलको लागी भारतयिय बाणिज्य दूतावास सम्म पुगेर बिन्ती पत्र हालेर सामान्य कुटनितिक मर्यादाको समेत धज्जी उडाईयो र ‘माईक्रोम्यानेज्मेन्ट’लाई खुल्ला आमन्त्रण गरियो । यो भन्दा राष्ट्रिय लज्जाको बिषय अर्कों के होला ? जनयुद्दको एउटा कठिन बाटो हुंदै यहाँसम्म आईपुगेका प्रचण्डले यि र यस्ता खाले गतिबिधीमा बढो सुझबुझ र बुद्दी पुर्याउनु पर्ने हुन्छ । किनभने आजको दिन सम्म यो मुलुकमा जे जस्तो कमजोरी नै भए पनि प्रचण्ड नै यस्ता नेता हुन् जो समकालीन नेता भन्दा ‘अग्ला’र स्व गिरिजा प्रसाद कोईरालाको रिक्त स्थान पुर्ती गर्न सक्छ्न् । तर एक पछि अर्कों उनको भनाई र गराईले जनमानसमा ठुलो आशंकाको डेरा जमाएको लुकाईरहनुपर्ने बिषय परेन। यो पनि सत्य हो कि खुल्ला रूपमा भारतले नेपाली राजनितीमा ‘माईक्रोम्यानेज्मेन्ट’गर्यो भनेर साहस गर्ने उनै हुन् तर ‘जनकपुर घटनामा’उनि नेतृत्वको २२ दलिय मोर्चाको स्थानिय नेतृत्वले जस्तो व्यवहार देखायो त्त्यसले नेपालको राष्ट्रिय स्वाभिमानलाई किमार्थ राम्रो गर्दैन बरू नेपालमा बाह्य हस्तक्षेप अझ निम्ताउने मार्ग बिस्तारित हुनेछ। वर्तमान नेतृत्वलाई हेक्का रहोस् ! (अध्यक्ष नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा) - See more at: http://www.ratopati.com/2014/11/22/184534.html#sthash.tN0hT6D5.dpuf

महोत्तरीका किसानलाई मूल्यको चटारो

Ukhu-Suger-Can– राजकरण महतो महोत्तरी, ७ मंसिर । महोत्तरीका किसानले १६ हजार विघा जग्गामा लगाएको उखु खेती तयारी अवस्थामा पुगेपनि मूल्य निर्धारण नहुँदा समस्यामा परेका छन् । रामनगर, गौशाला, भरतपुर, बर्दिवास, किसाननगर, बेलगाछी, फुलकाहा, हात्तीलेट, विजलपुरा, पशुपतिनगरलगायतका गाविसमा किसानले लगाएको उखु खेतीको मूल्यको टुङ्गो नलाग्दा समस्या उत्पन्न भएको हो । किसानहरूले छिटो उखुको मूल्य तोक्न सरोकारवालाहरूसँग आग्रह गरेका छन् । मूल्य तय नहुँदा चिनी मिल र किसान दुवै समस्यामा परेको एभरेष्ट चिनी मिलका प्रबन्धक कृष्णचन्द्र दासले बताए । उनले भने, ‘समयमा उखु कटान नहुँदा खेतमै सुक्ने र सुकेको उखुबाट चिनी कम उत्पादन हुन्छ ।’ समयमा चिनी मिल संचालनमा नआउँदा गत साल उखु खेतमै सुकेर नोक्सान भएको विजलपुराका किसान रामप्रकास महतोले बताए । अघिल्लो सालको तुलनामा यस वर्ष उखु उत्पादन राम्रो रहेको किसानहरूको भनाइ छ । महोत्तरीमा यस वर्ष ३२ लाख क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष ३० लाख क्विन्टल उखु उत्पादन भएको थियो । रामनगर गाविसमा २०५० सालमा एभरेष्ट चिनीमिल स्थापना भएपछि जिल्लाका किसानहरूको प्रमुख बाली उखु खेती बनेको छ । - See more at: http://www.puleso.com/?post_type=news&p=47628#sthash.M6lJuPNn.dpuf

राम–जानकी विवाहमा आज आउने जन्तीको सम्पूर्ण तयारी पूरा

Mahottari मंसीर ७ – आज राति राम–जानकी विवाह महोत्सवका लागि भारतको अयोध्याबाट महोत्तरीको मटिहानी आउने भगवान् श्रीरामको जन्तीको स्वागत, विश्राम, पूजाआजा तथा वैदिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । यसैक्रममा भारतको मधवापुरदेखि महोत्तरीको मटिहानीसम्म दर्जनौँ तोरणद्वार निर्माण गरिएको छ भने लक्ष्मीनारायण मठको रङ्गरोगन कार्य सम्पन्न भएको छ । सशस्त्र प्रहरी बिओपी मटिहानी, मटिहानी प्रहरी चौकी, स्थानीय बासिन्दा र महोत्तरी उद्योग वाणिज्य सङ्घले जन्ती जाने मटिहानी सडकको सरसफाइ गरेका छन् । जन्तीमा आउने साधु, सन्त, महात्मा र जोगी सन्यासीको सुरक्षाका लागि सशस्त्र प्रहरी बिओपी मटिहानी, मटिहानी प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद पौडेलले बताए । भारतको अयोध्याको कार सेवक परम जानकीघाटबाट मङ्सिर १ गते सोमबार सुरु भएकोे जन्तीको लस्कर आज राति महोत्तरीको मटिहानी आइपुग्नेछ । एघार सिंहासनसहितको रथ, बस, कार र जिप गरी १०० भन्दा बढी सवारीसहितको लस्कर आउने सो जन्तीमा ५०० साधुसन्त महन्थ सहभागी रहनेछन् । धर्मयात्रा महासङ्घ दिल्लीको आयोजनामा रामको जन्मभूमि अयोध्याबाट निस्केको जन्ती भारतको आजमगढ, बक्सर, विहारको पटना, बघनगरी, सीतामढी, पुपरी बासोपट्टी, अहिल्या स्थान, बिसौल, फुलहर, मधवापुर हुँदै आज राति महोत्तरीको मटिहानी आइपुग्नेछ । मटिहानीमा एक रात विश्रामपछि जन्तीको लावालस्कर जलेश्वर हुँदै जनकपुर जानेछ । जनकपुरमा मङ्सिर ८ गतेदेखि रामका जन्ती पुग्ने र वैवाहिक प्रक्रिया अघि बढाउने कार्यक्रमसमेत रहेको छ । यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदी त्यही जन्तीमा सामेल हुने भएकाले त्यही किसिमले तयारी अगाडि बढाइएको छ । यसपटक भारतीय जनता पार्टीका एक नेताको नेतृत्वमा आयोध्याको मणिराम छाउनी मठका महन्थ कमलनयन दास, बडेभकमालका महन्थ कौशल किशोर दास र गोलाघाटका महन्थ सम्मिलित ठूलो सङ्ख्याको जन्ती भारतको अयोध्याबाट आउन लागेको हो । जनकपुर मिथिला क्षेत्रको सर्वाधिक लोकप्रिय धार्मिक पर्व रामजानकी विवाह महोत्सवमा सहभागी हुन रामायणकालीन झझल्को दिने झाँकीकासाथ करिब ५०० को सङ्ख्यामा आउने जन्तीलाई स्वागत गर्नका लागि लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगन्नाथ दास शास्त्रीको संयोजकत्वमा १०१ सदस्यीय स्वागत समिति गठन गरिएको छ । रामजानकी विवाहका लागि मटिहानीबाटै लगेको माटोले जनकपुरमा जग्गे (विवाहमण्डप) बनाइएकाले यस स्थानको धार्मिक एवम् पौराणिक महत्व रहेको तथा छ वर्षपछि अयोध्याबाट धार्मिक जन्तीको लस्कर आउन लागेकाले यो अवसरलाई यहाँ उत्सवको रुपमा मनाउन लागिएको हो । यसअघि २०६१ र २०६५ सालमा पनि यस्तो जन्ती आएको थियो । जन्ती प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट जनकपुर आउने परम्परा रहेको छ । जन्तीमा दशरथको भूमिकामा अयोध्यास्थित मणिराम छाउनी मठका महन्थ कमलनयन दास, गुरु वशिष्ठको भूमिकामा कौशलकिशोर दासलगायतको सहभागिता रहनेछ । मटिहानीबाट मङ्सिर ८ गते राजा जनकका इष्टदेव जलेश्वरनाथ महादेवको दर्शनपश्चात् जन्ती जनकपुर प्रस्थान गर्नेछ । जन्तीले रामजानकी विवाह समारोहमा मङ्सिर ९ गते तिलकोत्सव, १० गते मटकोर पूजा, ११ गते रामसीता विवाहोत्सव, १२ गते रामकलेवा जस्ता धार्मिक समारोहमा सहभागी भई मंसीर १४ गते वीरगन्ज हुँदै अयोध्याका लागि प्रस्थान गर्ने तालिका रहेको छ । - See more at: http://www.ratopati.com/2014/11/23/184778.html#sthash.oxC2EyTz.dpuf

Saturday, November 22, 2014

मोदीको भ्रमण रद्द भएपछि पुर्नलेखन गरेको आर्टिकल

मोदीको आगमन र नेपाली राजनीति नागेन्द्रकुमार कर्ण बाँदरले न त आफ्नो घर बनाउँछ न त अरुलाई बनाउन दिन्छ भन्ने भनाई नेपाली खस शासकहरु तथा स्वयंमधेशवादीहरुको कारणले अहिले चरितार्थ भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको जनकपुर र लुम्बिनी आगमन अन्तिम समयमा आएर रद्द भएपछि माथिको भनाई चरितार्थ भएको देख्न सकिन्छ । मोदीको भ्रमण रद्दले मधेशमा अब शीत युद्ध, बाक युद्ध, छिटाँकशी सहित अर्के खालको राजनीतिक धु्रवीकरण शुरु भएको छ । एकिकृत माओवादी सहितको २२ दलिय मोर्चाले यसको आरोप सरकार र नेपाल सरकारका भौतीक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिमाथि लगाएको छ भने मन्त्री निधिले मोर्चामाथि नै यसको दोषारोपन गरेको छ । भारतीय प्रधानमन्त्रीको आगमनको तयारी अन्तिम चरणमा पुगिसकेको अवस्थामा यसरी रद्दको खबर आउनु कुनै पनि पक्षबाट राम्रो र शोभनिय होइन । यो भ्रमण रद्द हुनुबाट सरकारको निरिहता झल्काएको छ भने मधेशवादी र मिथिलाबासीको विश्वासमाथि कुठाराधात भएको छ । यस्तो निर्णय जसले लिए पनि यो निर्णय भने प्रत्युत्पादक बन्ने देखिन्छ भने स्वयं भारतीय प्रधानमन्त्री मोदीको लागि पनि यो निर्णय विवेकपूर्ण भने छैन् । हो, कहि आउने वा जाने कुरा कसैको लागि व्यक्तिगत कुरा होलान तर लाखौं मानिसको विश्वासलाई भने यसरी तुसारपात गर्ने गरी निर्णय गरिनु व्यक्तिगत हुन सक्दैन् । भारतीय प्रधानमन्त्रीको जनकपुरमा हुने जनसभालाई सरकारले अनुमति नदिइरहेको समयमा भारतीय राजदुतावासले यसले कुटनीति असर पर्न सक्ने भन्दै हकारेपछि सरकार नरम बनेको थियो । यसले झन मिथिलाबासीमा मोदीको आगमन निश्चित रहेको र स्वागत तथा उनको नागरिक अभिनन्दनको आश लगाएका थिए तर अन्तिम समयमा राजदुतावासले मिलनविन्दु खोज्नुपर्नेमा यसरी एक्कासी रद्द गर्नु भनेको त अति नै भएको भन्न सकिन्छ । हो, जहाँ एक आपसमैं कलह छ । जुन घरमा दिन प्रतिदिन आफ्नै परिवारबीच झगडा हुन्छ त्यहाँ कुनै पनि आफन्त आउन चाहँदैनन् । आफ्नो वेइज्जती होलान भनेर । त्यस्तै नै मोदीले गरेको हो भन्न सकिन्छ । तर विवाद भएपनि सुल्झाउने दायित्व त आफन्तको पनि त्यत्तिकै हुन्छ नि । सुखीमा सबै, दुखीमा कोही न कोही त स्वार्थी आफन्तको चरित्र मात्रै हो । भारतीय प्रधानमन्त्रीको जनकपुर र लुम्बीनी आगमन त कुनै स्वार्थ भन्दा पर रही भाइचाराको सम्बन्ध रहेको छ । दुवै देशको गौरब बढाउने कुरामा स्वार्थ हुनै सक्दैन् । त्यसैगरी साना मसिना कुरामा पनि यसरी भ्रमण नै रद्द भएको जस्तो ठुलो निर्णय गरिनु शोभनिय पनि भएन । मोदीले जनकपुरमा धार्मिक भ्रमणको साथसाथै जन्तीमा सहभागि हुन आउन लाग्नुभएको थियो । जुन मिथिलावासीको लागि एउटा स्वर्णीम अवसर थियो तर आफैमा झगडा गरेर हामीले यो अवसर गुमाउन पुग्यौं । अतिथि देवो भवः मिथिला र मधेशवादीको गौरबको पहिचान हो तर यसलाई पनि नामेट गर्ने गरी यो निर्णय लिइएको छ जुन देखिँदा सानो देखिन्छ तर यसको बाछीटाले भने थुपै्रलाई नै गिज्याइरहेको छ । नेपालमा हरेक तवरबाट राजनीतिकरण गरी मोदीलाई यतातिर आउन निषेध गरिएको छ । पहिला सुरक्षा, प्रोटोकल, सडकको दुरावस्था देखाएर निषेध गरियो भने यसले सम्भव नभएपछि खस शासकहरुले भाइ फुटे गवाँर लुटे खेल देखाएर भ्रमण निषेध गराएको छ । हामी मिथिलाबासीहरु जसले जे गरेपनि, जसले जे भनेपनि आफ्नो अतिथि सत्कारको संस्कृतिलाई भने उपयोग गर्ने ध्याउन्नमा थियौं तर हामीले यो अवसरलाई उपयोग गर्नबाट चुक्यौ । भारतसंग हाम्रो रोजी, रोटीको सम्बन्ध देखाउनको लागि मात्रै होइन आइपरेको खण्डमा हामीले गर्न पनि सक्छौ भन्ने देखाउने समय पनि थियो । हाम्रो संस्कृति, सभ्यता तथा रहनसहन समेत मिल्ने भएकोले पनि यसमा हामीलाई अवसर आएको थियो तर सिमित व्यक्तिको लालसा, उनीहरुको स्वार्थको कारणले सम्पूर्ण मिथिलाबासी र मधेशवासीलाई अहिले लाजमर्दो बन्नुपरेको छ । भने फुटको राजनीतिकरण पनि शुरु गरिसकेका छन् । ‘नभएको जात्रा हाँडी गाउँमा’ झै नेपाली खसशासकको मानसिकता मात्रै होइन मधेशवादीहरुको पनि उपयोग हुने मानसिकता पुरानै रहेको छ । लोकतन्त्र, गणतन्त्र लगायत अन्य शब्दहरुमा हेरफेर र परिवर्तन भएपनि मानसिकतामा परिवर्तन नभएसम्म यसलाई संस्थागत गर्न सकिन्न् त्यसैले पनि अहिलेसम्म नेपालमा लोकतन्त्र र गणतन्त्र संस्थागत हुन नसक्नुको पछाडी तिनै शासकहरुको हात छ भन्दा अत्युक्ति नहोला र यसमा तथाकथित मधेशका मसिहा भनाउँदाहरु पनि चुर्लुम्म डुबेको उदाहरण यो भ्रमण रद्द हुनुले देखाएको छ । जनकपुर र लुम्बिनीसंग भारतको पुरानो सम्बन्ध रहेको छ । जनकपुर र अयोध्याको सम्बन्ध त्रेताकालिन रहेको कसैसंग लुकेको छैन् भने लुम्बिनीको सम्बन्ध पनि गया, कुशिनगर सहितकासंग रहेको छ । यसले पनि भारतीय प्रधानमन्त्रीले यसलाई महत्व दिएर आउने वाचा गर्नुभएको थियो । त्यसैगरी आउँदो वर्ष बिहार र उत्तरप्रदेशमा हुने विधानसभालाई लक्षित गरि पनि मोदीले बिहार भएर आउने तथा उत्तरप्रदेशबाट जाने ईच्छा गरेको थियो । किनकी, मोदी दक्षिण एसियामा मात्रै होइन विश्वमा नै उदाउँदो एउटा राजनेता भएको र उनी दुरदर्शी भएकोले पनि पशुपतिको जात्रा र सिध्राको व्यापार गर्न खोेजेका छन् । तर, जनकपुर र लुम्बिनी आगमनबाट बन्चित गराउन नेपाली खसशासकहरु मात्रै होइन बिहार र उत्तरप्रदेशका नेताहरु पनि लागिपरेका थिए । किनकी, ति दुवै राज्यमा बिकासको गति देखेर प्रम मोदीले गिज्याउलान भन्ने डर बिहार र उत्तरप्रदेशको सरकारलाई रहेका थिए र उनीहरु पनि यी भ्रमण नहोस भन्ने भित्री इच्छा राखेका थिए । अन्ततः उनीहरुले बाजी मारेका छन् । यसले केहीलाई भित्रैदेखि खुशीको र जितको खुशीयाली दिए पनि यसले सम्पूर्ण नेपाली र मिथिलाबासीलाई भने लाजमर्दो बनाएको छ । अहिले पनि समय भएकोले कुटनीतिकस्तरमा नै यसको समाधान गर्नु जरुरी छ ।

मोदीको आगमन र नेपाली राजनीति

नागेन्द्रकुमार कर्ण भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको जनकपुर र लुम्बिनी आगमनको खबरसंगै नेपाली राजनीति तातिएको छ । जनकपुर र लुम्बिनीमा मोदीको स्वागतार्थ तयारी थालिएको छ भने नेपाली राजनीतिमा मोदीलाई कसरी रोक्न सकिन्छ भन्ने हतकण्डाहरु अगाडी सारिदैछन् । अतिथि देवो भवः मिथिला र मधेशवादीको गौरबको पहिचान हो तर यसलाई नै नामेट गर्ने गरी नेपाली खस शासकहरु लागिपरेका छन् । राजनीतिकरण गरी मोदीलाई यतातिर आउन निषेध गरिदैछ । कहिले सुरक्षाको नाउँमा, कहिले प्रोटोकलको नाउँमा, कहिले सडक दुरावस्थाको नाउँमा त कहिले अन्यान्य नाउँमा राजनीतिकरण गरिनु यसलाई नै संकेत गरिरहेको छ । भारतीय प्रधानमन्त्री नेपालमा आएर पशुपतिमा दर्शन गर्न र दान दिन मिल्ने, संविधानसभा भवनमा आएर अर्ति उपदेश दिन मिल्ने तर जनकपुर आएर जानकी मन्दिरको दर्शन गर्न र यहाँका जनताहरुसंग दुःख दर्द बाँडन तथा यहाँका गरिब, निमुखा विद्यार्थीहरुलाई साइकल बाँडदा प्रोटोकल हेरिनु न्यायसंगत हुनै सक्दैन यो त खसशासकको द्धैधचरित्र बाहेक केही होइन । पशुपतिमा चन्दा आम्दानीको स्रोत तर जनकपुरमा गरिब, निमुखा विद्यार्थीलाई साइकल बाँडनु कुटनीति विरुद्ध भन्नु हास्यास्पद बाहेक केही पनि होइन । भारत लगायत विभिन्न मुलुक गएर नेपाली शासकहरुले आफ्नो जनताको लागि भाषण गर्नु कुटनीति विरुद्ध नहुने तर मोदीले जनकपुर र लुम्बिनीमा बोल्नु कुटनीति विरुद्ध हुने मनशाय बोक्नु खस शासकहरुले मोदीलाई यसक्षेत्रमा आउन नदिने मनशाय बाहेक केही पनि होइन । यो मानसिकताले न त स्वयं ति शासकलाई भलो गर्छ न त स्वयं मिथिलावासी वा मधेशवासीलाई । मधेशवासी र मिथिलाबासीहरुले गौरब गर्नुपर्छ कि त्रेतायुगिन समयमा जसरी जनकपुरमा जन्तीको स्वागत गरियो पुनः आज यसैगरी जन्तीकै रुपमा अयोध्याबासी तथा भारतका प्रधानमन्त्री स्वयं आँउदैछ । हामीले अहिलेको समयमा जसले जे गरेपनि, जसले जे भनेपनि आफ्नो अतिथि सत्कारको संस्कृतिलाई भने उपयोग गर्नुपर्छ । विवाहपञ्चमी र भारतीय प्रमको आगमन संयोग मात्रै होइन यसले मधेश र मिथिलाको लागि एउटा अवसरको रुपमा रहेको छ । हामीले खस शासकको राजनीतिय मनोबल तोडन सकेनौ भने र यो अवसरलाई उपयोग गर्न सकेनौ भने हामीमा पछुताउनु सिवाय केही रहन्न् । भारतसंग हाम्रो रोजी, रोटीको सम्बन्ध देखाउनको लागि मात्रै होइन आइपरेको खण्डमा हामीले गर्न पनि सक्छौ भन्ने देखाउने समय पनि हो । हाम्रो संस्कृति, सभ्यता तथा रहनसहन समेत मिल्ने भएकोले पनि यसमा हामीलाई अवसर आएको हो । त्यसैगरी भारतीय प्रम मिथिलाबासीको नागरिक अभिनन्दन स्विकारेर केही पनि नबोल्नु हुनै नसक्ने भएकोले पनि कसले के भन्छ र के गरिरहेका छन् भन्ने ध्यान दिनु भन्दा पनि हामीहरु मोदीको स्वागतको लागि के गर्न सक्छौ भन्नेमा ध्यान दिनु जरुरी छ । उनको जनकपुर र लुम्बिनीमा स्वागतले पनि खस शासकहरुलाई नाँङ्गेझार गर्न र खस शासकहरुले मधेश र मिथिलाबासीप्रति गरिरहेको विभेदको पोल खुल्ने नै छ । त्यसैले पनि हामीले यो अवसरलाई उपयोग तन, मन र धनले गर्नुपर्छ र अतिथी देवो भवःको स्वरुपलाई व्यवहारमा उतार्नेपर्छ । जहाँ सम्म सुरक्षाको अवस्था छ यसमा हेलचेक्राई गरिनु हुन्न भन्नेमा सबै सचेत नै छ । किनकी, विश्व रंगमञ्चमा उदाइरहेका भारतीय प्रधानमन्त्रीको सुरक्षासंग जोडिएकोले पनि यसमा गम्भीरतापूर्वक लाग्नु र सहयोग गर्नु सबैको उत्तिकै दायित्व छ । तर, के वुझनु आवश्यक छ भने पहिला भन्दा मिथिलाको वा मधेशको अवस्था शान्ति सुरक्षामा धेरै सुध्रिएको छ । पहिला जस्तो अहिले सुरक्षाको अवस्था न त खस्किएको छ न त अहिले कुनै अपराधिक समूह नै मधेशमा आतंकित गरिरहेको छ । जो छ या त वार्ताको क्रममा छ या त राजनीतिकरुपमा आफ्नो माँग सम्बोधन होस् भन्ने चाहिरहेका छन् । त्यसैले पनि सुरक्षाको अवस्था चिन्ताजनक छ भनेर हल्ला गरिनुको तुक छैन् । त्यस्तै सडक अवस्था विग्रिनुको दोष भने सरकारले लिनै पर्छ । किनकी, समयमा चेत्न नसक्नु र समय गएपछि यस्तो, उस्तोको रटान निरर्थक छ । इच्छाशक्ति भएको भए २० दिनमा पनि १९ किलोमिटर सडकलाई राम्रैसंग स्तरोन्नती गर्न सकिन्थ्यो तर त्यसो पनि देखिएन् । तर अब जे भएपनि भारतीय प्रधानमन्त्रीको जनकपुर र लुम्बिनी आगमन भएरै छाडने छ । समय पर्याप्त नभएको होइन तर सुरुमा निषेधको राजनीति गर्न खस शासकहरुले खोजेका थिए तर त्यसमा असफल भएपछि अब प्रोटोकलको सिद्धान्तलाई अगाडी सारिएको छ । ‘नभएको जात्रा हाँडी गाउँमा’ झै नेपाली खसशासकको मानसिकता पुरानै रहेको छ । लोकतन्त्र, गणतन्त्र लगायत अन्य शब्दहरुमा हेरफेर र परिवर्तन भएपनि मानसिकतामा परिवर्तन नभएसम्म यसलाई संस्थागत गर्न सकिन्न् त्यसैले पनि अहिलेसम्म नेपालमा लोकतन्त्र र गणतन्त्र संस्थागत हुन नसक्नुको पछाडी तिनै शासकहरुको हात छ भन्दा अत्युक्ति नहोला । जनकपुर र लुम्बिनीसंग भारतको पुरानो सम्बन्ध रहेको छ । जनकपुर र अयोध्याको सम्बन्ध त्रेताकालिन रहेको कसैसंग लुकेको छैन् भने लुम्बिनीको सम्बन्ध पनि गया, कुशिनगर सहितकासंग रहेको छ । यसले पनि भारतीय प्रधानमन्त्रीले यसलाई महत्व दिएर आएको देखिन्छ । त्यसैगरी आउँदो वर्ष बिहार र उत्तरप्रदेशमा हुने विधानसभालाई लक्षित गरि पनि मोदीले बिहार भएर आउने तथा उत्तरप्रदेशबाट जाने ईच्छा रहेको देख्न सकिन्छ । किनकी, मोदी दक्षिण एसियामा मात्रै होइन विश्वमा नै उदाउँदो एउटा राजनेता भएको र उनी दुरदर्शी भएकोले पनि पशुपतिको जात्रा र सिध्राको व्यापार गर्न खोेजेका छन् । तर, जनकपुर र लुम्बिनी आगमनबाट बन्चित गराउन नेपाली खसशासकहरु मात्रै होइन बिहार र उत्तरप्रदेशका नेताहरु पनि लागिपरेका छन् । किनकी, ति दुवै राज्यमा बिकासको गति देखेर प्रम मोदीले गिज्याउलान भन्ने डर बिहार र उत्तरप्रदेशको सरकारलाई छ । तर, उनीहरु भन्दा पनि बढी डर नेपाली खस शासकहरु तथा ती खस शासकहरुका भरियाका रुपमा रहेका केही मधेशी नेताहरुलाई रहेको छ । हामीले राणाशासन फाल्यौ, राजतन्त्र फाल्यौ तर हामीमाथि वर्षौदेखि शासनगर्दै आएका खसशासक (यस्तो मानसिकता बोकेका)हरुलाई अहिलेसम्म हटाउन असफल रह्यो । भनिन्छ, ‘एक सुरज डुबगया पिछे, एक सुरज सामने निकला हैं’ । हामीले यो अवसरलाई उपयोग ग¥यौं भने केही न केही हामी सफल हुन्छौं नै र यसले ति शासकहरुलाई पनि मधेश एउटा शक्ति हो भन्ने वुझन कठिन हुने छैन् । त्यसैले अब हाम्रो पूर्णतः ध्यान मोदीलाई कसरी स्वागत गर्न सकिन्छ भन्नेमा ध्यान दिन जरुरी छ ।

महोत्तरीमा शिक्षाको बेरुजु ५० करोड ४७ लाख

महोत्तरी समाचारदाता जलेश्वर, मङसिर ६ गते । महोत्तरीस्थित जिल्ला शिक्षा कार्यालयको बेरुजु ५० करोड ४७ लाख रुपैया रहेको रहस्य खुलेको छ । जिल्ला शिक्षा अधिकारी अरबिन्द लाल कर्णले यस्तो रहस्य सार्वजनिक गर्नुहुदै यस वर्षमा २९ करोड पेश्की फछयौंट गर्ने लक्ष्य कार्यालयको रहेको खुलासा समेत गर्नुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा रहेको कारणले पनि यस्ता रहस्यहरु खुल्दै गएको हो । मधेश आन्दोलन भएदेखि पेश्की फछ्र्यौट गर्ने परम्परा नै नरहेको जस्तो देखिएको छ । शिक्षा कार्यालयले २०६३÷६४ देखिकै बेरुजु फछ्र्यौट गराउन सम्बन्धित ठाउँहरुमा पत्राचार गरिसकिएको छ । विद्यालयको भौतिक पूर्वाधारका लागि पटक पटक रकम लिएर जाने विद्यालयहरु अनियमिता गरेकाले फछ्र्यौट नै नगराएको तर्क शिक्षा कार्यालयको रहेको छ । कार्यालयमा पाँच वटा सहायक शिक्षा अधिकारी, विद्यालय निरीक्षकसहितकाहरुको दरबन्दी रिक्त रहेको अबस्थामा कार्य सम्पादनमा समेत समस्या आएको गुनासो गर्नुहुदै शिक्षा अधिकारी कर्णले यसको कारणले पनि काम गर्नमा कठिनाई भइरहेको बताउनुभयो ।

जलेश्वर नगरपालिकामा एकहप्ते सरसफाई अभियान शुरु

महोत्तरी समाचारदाता जलेश्वर, मङसिर ६ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शनिबारदेखि एकहप्ते सरसफाई अभियान शुरु गरिएको छ । सरसफाई अभियान अन्तर्गत शनिबार नगरपालिका जलेश्वरका सम्पूर्णपक्ष सम्मिलित भई सरसफाई सम्बन्धी जनचेतना जगाउन एक ¥यालीको आयोजना गरेको हो । सो ¥यालीमा राजनीतिकदल, वडानागरिक मञ्च, नागरिक सचेतना केन्द्र, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न क्लव तथा संघसंस्थाका प्रतिनिधिहरु, युवाहरु, नागरिकसमाजका अगुवाहरु तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो । ¥यालीमा हाम्रो घरमा शौचालय छ, यसमा हामीलाई गर्व छ, सफासुग्धर हाम्रो चाहना, पवित्र जलेश्वर नगरीको कामना, स्वच्छ जीवन राम्रो जीवन, जलेश्वर नगरीलाई सफा राखौं, सभ्य नागरिकको परिचय दिउँ, सरसफाई अभियान सफल पारौं लगायतका ब्यानरहरुको प्रयोग समेत गरिएको थियो । जलेश्वर नगरपालिकाका अधिकृत सुजितकुमार कर्णले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको आगमनको मध्यनजर तथा स्वयं नगरपालिकालाई सरसफाई राख्नको लागि यो अभियान शुरु गरिएको जानकारी दिनुभयो । उहाँले यसको लागि नगरको विभिन्न चोक चोकमा फोहर फाल्ने डस्टबिन, हरेक दिन सफाईकर्मीको प्रयोग, नालालाई सरसफाईलाई अगाडी बढाइएको जानकारी दिनुहुदै जलेश्वरलाई सरसफाईयुक्त नगरपालिका बनाउन लागिपरेको बताउनुभयो । जलेश्वरनगरपालिकाले सप्ताहव्यापी सरसफाई कार्यक्रम अन्तर्गत घरदैलो कार्यक्रम, नगरबाटोलाई सरसफाई गरिने, सरसफाईको अनुगमन निरिक्षण गर्ने, जनचेतना जगाउने तथा यस कार्यमा सहयोग गर्ने संघसंस्था तथा महानुभावहरुलाई सम्मान तथा पुरस्कृत गर्ने जनाएको छ । जनचेतना अभावको कारणले गर्दा जलेश्वर नगरपालिकाका पसले तथा स्थानीयहरुले सडकमै फोहर फाल्ने, डस्टबीनको प्रयोग नगरेपछि नगरपालिका फोहर बन्दै गएपछि यस्तो कार्यक्रम नगरपालिकाले अघि सारेको हो । त्यसैगरी भारतीय प्रधानमन्त्री मोदी सडकमार्गबाट जलेश्वर आउने भएपछि पनि सरसफाईको यो अभियानलाई अगाडी सारिएको जनाइएको छ ।

Thursday, November 20, 2014

मोदी भ्रमणमा जनकपुरको अपेक्षा

डेटलाइन तराई : chandra-kishwor Ekantipur नेपाल र भारतबीच जनस्तरको सम्बन्धको पारम्पारिक सूचकको रूपमा 'बेटी र बुद्ध'लाई भनेर परिभाषित गर्ने गरिन्छ। यसरी भन्दा दुवै पक्ष गर्व पनि गर्छन्। बेटी भनेको मिथिलाकी छोरी सीता हुन्। उनको माइती भनेर जनकपुर विश्वविख्यात छ। त्यसैगरी लुम्बिनीका छोरा सिद्धार्थ जो पछि गएर बुद्धका रूपमा प्रसिद्धि पाए। यी दुवै ठाउँ नेपालको राजनीतिक भूगोलभित्र पर्छन्। प्राचीन मिथिलाका केही भाग अहिलेको भारततिर परे पनि जनकपुरलाई केन्द्रविन्दु मानी परम्परादेखि गरिने मिथिला परिक्रमाको यात्रापथ आज पनि दुवै मुलुकको भूगोल भएर गुजि्रन्छ। त्यसैगरी बुद्धको जन्मभूमि लुम्बिनीसंँग बोधगया, सारनाथ र कुशीनगर अभिन्न रूपमा जोडिएका छन्। लुम्बिनी बाहेक बुद्धका जीवनसंँग जोडिएका यी बाँकी तीन स्थलहरू भ्ाारतमा छन्। सामान्य पाठकलाई पनि जानकारी भएका यी सन्दर्भहरू यहाँ पस्कनुको तात्पर्य भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्क सम्मेलनको क्रममा जनकपुर जाने कुरापछि देखापरेको बहस हो। उसो त मोदी लुम्बिनी र म्ाुक्तिनाथ पनि जाने कुरो छ। जनकपुरको सन्दर्भ आउने बित्तिकै अनेकौं कोणबाट कुरा काट्न थालिएको छ। यसमा सरकारीतर्फबाट प्रस्तुत अलमलले पनि भूमिका खेलेको छ। मोदीले गत साउनमा नेपाल भ्रमणका बेला संसदमै भनेका थिए, 'अब आउँदा जनकपुर र लुम्बिनीको पनि यात्रा गर्छु।' छिमेकी राष्ट्रका प्रधानमन्त्रीले यसरी जनाउ दिइसकेपछि नेपाल सरकारले कूटनीतिक तवरबाट उनको आगामी यात्रा व्यवस्थापनबारे गृहकार्य गर्नुपथ्र्यो। एउटा मित्रले आफ्नो आस्थाको थलोमा शिर निहुर्‍याउँदा विभाजित र विवादित मनोविज्ञान देखाउनु हुँदैनथ्यो। त्यसैगरी भारतीय पक्षबाट पनि कूटनीतिक प्रयत्न हुनुपथ्र्यो। उनको जनस्तरको सम्बन्धलाई आत्मबोध गरेको रूपमा स्थलमार्गबाट आउने तथा स्वागतसभामा मितेरीका कुरा राख्ने पक्षहरूलाई निकै पहिलेदेखि नै विवादमुक्त ढंगले टुंग्याउनुपथ्र्यो। यो भ्रमणसँंग जोडिएर सुरक्षा, सुविधा, सद्भावना र सहयोगका कुरालाई दुवै पक्षले समन्वयात्मक ढंगबाट किनारा लगाउनुपथ्र्यो। नेपाल-भारत सम्बन्धले एउटा नयाँ अध्याय लेख्न सुरु गरेका बेला यसरी बेमौसमका रागहरू ग्ाुञ्जिँदा निश्चित रूपमा यसले मितेरी माहोललाई दूषित बनाउँछ। पछिल्लो यात्रामा मोदीका अभिव्यक्तिहरूबाट क्षेत्रीय शक्तिका रूपमा उदाएका मधेसी दलहरूले महत्त्व पाएनन् वा दिइएन भन्ने व्याख्या विश्लेषण काठमाडौंदेखि दिल्लीसम्म भयो। यतिखेरको जनकपुर भ्रमणको योजनालाई काठमाडांैले मधेस भ्रमणका रूपमा लिएको यस क्षेत्रका वासिन्दाहरूको गुनासो छ। प्रशस्त सम्भावना भएर पनि लामो समयदेखि अलमलको भुमरीमा जनकपुर परिराखेको परिप्रेक्ष्यमा मोदीको भ्रमणले अन्तर्राष्ट्रिय चर्चा पाउने र सहयोगका सवालमा यस क्षेत्रले प्राथमिकता पाउने लोकविश्वास थियो। पछिल्ला केही घटनाक्रमबाट मधेसी समाजमा फेरि आफूलाई नियोजित रूपमा उपेक्षा, अवहेलना र आलटाल गरिएको बुझाइ छ। जनकपुर हिन्दुहरूका लागिमात्र होइन, बौद्ध र जैन धर्मावलम्बीहरूका लागि पनि महत्त्वपूर्ण थलो हो। भन्ािन्छ, द्वापर युगमा श्रीकृष्ण पनि जनकपुरमा तीनपटक आएका थिए। यहाँका कतिपय स्थल र सरोवरका नाम आज पनि उनको दिव्य चरण निक्षेपको स्मृति दिलाउँछ- रुक्मिणीसर, मुरल्ाीसर आदि। जानकी मन्दिरको स्थापत्यमा पनि मुगल कलाको समन्वय रहनुका पछाडि मुस्लिम कालिगढहरूको श्रम र सीप खर्चेको बताइन्छ। जनकपुर क्षेत्रमा मुस्लिमहरूका आस्थाका केन्द्रका रूपमा कतिपय मजारहरू छन्। यसले जनकपुर सामाजिक सम्बन्धको अनुपम थलो पनि हो। त्यसैगरी समकालीन नेपाली राजनीतिमा वंशविशेषको शासन चल्दैन भनेर त्यहाँका लागि चीरप्रतिरोध जनकपुरबाट हुँदै आएको इतिहास छ। यस अर्थमा जनकपुरमा आएर मोदीले पूजाअर्चना गर्दैमा न नेपालमा हिन्दुत्वको राजनीतिले नै मलजल पाउँछ, नत समाप्त भइसकेको राजतन्त्र नै ब्युँतिन सक्छ। ज्ञानेन्द्र शाहको हालैको भारत भ्रमण वा नेपाली कांग्रेसभित्र देखापरेको हिन्दु राज्यका अभियन्ताहरूका गतिविधिसँग जनकपुरको मोदी भ्रमणलाई जोडेर हेर्दा यसबाट शून्य नै फेला पर्छ। सरकारका प्रतिनिधिका रूपमा मोदीको जनकपुर भ्रमणको तारतम्य मिलाउने जिम्मेवारी पाएका मन्त्री विमलेन्द्र निधिले हालै सरोकारवाला सबै पक्षको बैठक बोलाउँदा त्यहाँ पनि जानकी मन्दिरको प्राङ्गणको साटो रङ्गभूमिको फराकिलो मैदानमा अभिनन्दन सभा गर्नुपर्ने कुरा बडो व्यापकतासाथ उठ्यो। उसो त त्यहाँ पनि कार्यक्रम गरे निकै ठूलो संख्यामा मानिसहरू भेला हुनबाट बञ्चित हुन्छन् नै। कारण मोदीजस्ता अग्ला र लोकपि्रय नेतालाई सुन्न नेपाल तथा उत्तरी भारतका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा उपस्थिति हुने स्थिति छ। संँगै विवाह पञ्चमीको मेलासमेत लाग्ने भएको हुनाले लाखौंको उपस्थिति स्वतः रहन्छ। यसरी खोजेको र चाहेको सबैले रङ्गशालामा समेत अटाउन सक्ने स्थिति छैन। अहिलेको समयमा सञ्चार प्रविधिको प्रयोग गरेरै आकांक्षी सबैलाई लाभान्वित गर्ने हो। तर जेजसरी कुरा तेस्र्याएर ती कुराको सार्वजनीकीकरण गरेर बाह्रविगाह मैदानको भेलालाई रोक्ने प्रयत्न भयो, त्यसले जनकपुरलाई दुःखायो। भारतको पुनर्जागरणका लागि प्रयत्नशील मोदीले नेपालसंँगको सम्बन्धलाई पनि त्यत्तिकै महत्त्व दिएर बहुआयामिक विकासका कार्यनीतिमा सहयोग र समन्वय गर्न चाहेका छन्। ती प्रत्येक सूत्र र पक्षहरू, ज्ाो सीताको माइती क्षेत्रका वासिन्दाहरूलाई उन्नतशील बनाउँछन्, त्यसमा भारतले प्रोत्साहन गर्नुपर्छ। सीताको जन्मकथा स्वयंमा कृषि कर्मको प्रतीक हो। अहिले जनकपुर क्षेत्रमा कृषितन्त्र समाप्तप्रायः भएर त्यस क्षेत्रका वासिन्दाहरू रोजगारीका लागि अन्यत्र जानुपर्ने स्थिति छ। मोदीको भ्रमणमा यी विषयहरूले प्राथमिकता पाउनुपर्छ। त्यसैगरी मोदीको आगमन मात्रको चर्चाले हौसिएको जनकपुर क्षेत्रले उनको स्वागतको छोटो अवधिमा मैथिली भाषा र संस्कृतिको चिनारी दिने अवसरको रूपमा छोप्नुपर्छ। अभिनन्दन पत्र मैथिलीमा भए वेश। जनकपुरमा सबभन्दा बढी आउने भारतीय पर्यटकहरू नै हुन्। वास्तवमा उनीहरू भारत र भारतका प्रधानमन्त्रीका सांस्कृतिक प्रतिनिधि हुन्। उनीहरू दैनिक रूपमा आइरहँदा देखेको र भोगेको जनकपुरको वर्णन नै त्यहाँ फर्केर सुनाउँछन्। ऐतिहासिक सहरका वासिन्दाको जिम्मेवारी पनि महत्त्वपूर्ण हुन्छ। अर्थात् जनकपुर क्षेत्रमाथि गौरव गर्ने पक्षले जहिले पनि आफ्नो भूमिकाप्रति सजग रहनुपर्छ। भारतीय प्रधानमन्त्री मोदीले आफ्नो मुलुकमा स्वच्छता अभियान चलाएका छन्। जनकपुरवासीले आफ्नोतर्फबाट सहर स्ाफा राख्ने संकल्प र प्रयत्न गर्नु नै उनीप्रतिको सच्चा अभिनन्दन ठहरिनेछ।

web site

http://www.gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2014-11-20/52fa7ca701676178459fe1dcb27d0442.jpg

Wednesday, November 19, 2014

उपभोक्ता ठगिर्दै गएको गुनासो पछि बर्दिबास बाजारमा अनुगमन

महोत्तरी समाचारदाता जलेश्वर, मंसिर १ गते । बजारमा उपभोक्ताहरु ढक, तराजु लगायतबाट ठगिदैं गएको गुनासो बढन थालेपछि महोत्तरी जिल्लाको बर्दिबासमा संयुक्त टोली बनाएर अनुगमन शुरु गरिएको छ । बर्दिबासमा राष्ट्रिय उपभोक्ता मञ्च महोत्तरीले सर्वपक्षिय सम्मिलित टोली बनाई अनुगमन शुरु गरेका हुन् । अनुगमन समितिका संयोजक दिपेन्द्र पराजुलीका साथसाथै इलाका प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ बर्दिबास, नापतौल विभाग जनकपुर सहितका संयुक्त टोलीले अनुगमनलाई निरन्तरता दिदैं अवैध ढक, तराजुहरुलाई नियन्त्रणमा लिएका हुन् । पराजुलीको नेतृत्व टोलीले बर्दिवासमा शनिबार र बुधबार सातामा दुई पटक लाग्ने बजारबाट १०२ थान अवैध ढक र ३ थान काठे डन्डीवला तराजु नियन्त्रणमा लिएको जनाएका छन् । खाद्य वस्तु तौलिदै गर्दा कम तौल भएको ढक र पासन ( घटी बढि भएको ) डन्डीको तराजु नियन्त्रणमा लिएको टोलीले जनाएको छ । नाप तौल अनुगमनको क्रममा पहिलो दिन १ किलोको १९ थान, ५०० ग्रामको १७ थान, २०० सय ग्रामको १५ थान, १०० ग्रामको ६ थान , ५० ग्रामको ७ थान ढक र २ थान काठे डन्डी गरी ६४ थान ढक र २ थान तराजु नियन्त्रणमा लिएको थियो । त्यस्तै अर्को बाजारको दिन पनि १ किलोको ५ थान, ५०० ग्रामको ६ थान, २०० ग्रामको १४ थान, १०० ग्रामको ७ थान, ५० ग्रामको १० थान गरी ४२ थान ढक र एक थान काठे डण्डीबाला तराजु नियन्त्रणमा लिएको जनाएका छन् । टोलीले बर्दिबास बाजारमा छडके अनुगमन गरेर यसरी ढक र तराजु लिन थालेपछि व्यापारीहरु ठगिन विस्तारै बन्द गर्न थालेको स्थानीय युवा विक्रम रौनियारले जानकारी दिनुभयो । युवा रौनियारले, उपभोक्ताहरुको गुनासोको आधारमा संयुक्त टोलीले अनुगमन थालेपछि बाजारमा उपभोक्ताहरु ठगिन अहिले बन्द हुँदै गएको जानकारी दिनुभयो । मापदण्ड विपरितका ढक र तराजुलाई निस्तेज गरी सर्वसाधारण उपभोक्ता र व्यापारीबीच मैत्रीपूर्ण वातावरण बनाउन टोली लागिपरेको टोली संयोजक पराजुलीले बताउनुभयो । उहाँले यस्ता अनुगमन जिल्लाको हरेक बाजारमा हुनुपर्ने बताउनुहुदैं उपभोक्ता र व्यापारीमैत्री बाजारलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

नातीको उपचार चिन्ताले शोकमग्न छिन् भनसरिया

महोत्तरी समाचारदाता जलेश्वर, मंसिर १ गते । महोत्तरी जिल्लाको सुगाभवानीपट्टी बस्ने एक बालक आर्थिक अभावमा उपचार गराउन नसकी जीवनमरणको दोसाँधमा पुगेका छन् । जिल्लाको सुगाभवानीपट्टी वडानं. १ बस्ने कमलेश मण्डलका १२ वर्षिय छोरा रुपेशकुमार मण्डल अहिले आर्थिक अभावको कारण उपचार गराउन नसकी छटपटाइरहेका छन् । धरानमा एक महिना लामो उपचारपछि घर फिरेका कमलेशलाई अझै उपचारको खाँचो छ तर आर्थिक कारणले उपचारमा अब समस्या हुन सक्ने उनका वर्षिय ७० वर्षिय हजुरआमा भनसरीया देवीले वताइन् । उनले विलौना गर्दै भनिन्, ‘सम्पत्तिको नाउँमा डेढ धुर घडेरी छ, घरमा कमाउने कोही छैनन्, नातीको उपचार कसरी होला’ । उनले घरको मूलीकै रुपमा रहेका नातीको यो अवस्थाले गर्दा वंश नै सक्किने चिन्ता लागेको बताउदै उनलाई उपचारार्थ सहयोग गरिदिन आग्रह गरिन । अरुले गरेको सहयोग, चन्दा र कर्जा लिएर अहिलेसम्म नातिको उपचार गराए, अहिले केही निको भएपनि अझ उपचारको खाँचो भएकोले अब कसरी उपचार गराउने चिन्ता बढेको उनको भनाई थियो । उनले भनिन्, ‘धरानको औषधी पसलमा अहिले पनि ६०÷७० हजारको औषधीको बिल तिर्नु छ, घरमा केही छैन्, अहिले सम्म चन्दा र सहयोगले उपचार गरियो अब कसरी हुन्छ ?’ अहिले सम्म कुन रोग हो खुल्न नसकेको बताउदै रुपेशकी आमा मिना देवीले शरिर गल्दै गएको, छोरा सुस्त मनस्थिती जस्तो व्यवहार गरिरहेको, टाउकोहरु दुख्ने समस्या रहेको बताइन । धरानमा एक महिना उपचार गराए पनि चिकित्सकहरुले कुन रोग हो नभनेको बताउदै आमा मिनाले एक महिलापछि पुनः डाक्टरले आउन भनेपछि कसरी उपचार होला भन्ने घरमा चिन्ता छाएको वताइन । घरमा कमाउने रुपेशको वुवाको मृत्यु दुई वर्ष अगाडी मात्रै भएको थियो । घरमा हजुरआमा तथा आमा मिना देवीले अरुको घरमा कामकाज गरेर घरको गुजारा गर्दै आएकी छिन् । सोही वडा बस्ने युवा नागेन्द्र पासमानले अरुले दिएको सहयोगमा अहिले सम्म उपचार भएको वताउनुहुदै उनलाई उपचारार्थ सबैले सहयोग गर्नुपर्ने वताउनुभयो । सुगाकै शुकदेव उच्च माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत रुपेश राम्रो विद्यार्थी रहेको बताउदै शिक्षकहरुले पनि उनीको जीवनरक्षाको लागि सबैसंग आग्रह गर्नुभएको छ । उनलाई सहयोग गर्न चाहने महानुभावले मोबाइल नं. ९८०४८३४६३१ मा सम्पर्क गर्न सक्ने बताउर्दै उनका छिमेकी सुखरिया मंडलले उनको जीवनरक्षाको लागि सबैसंग आग्रह गर्नुभएको छ ।

जलेश्वर नगरपालिका आफ्नो स्वरुप फेर्दै

महोत्तरी समाचारदाता जलेश्वर, कात्तिक ३० गते । अञ्चल सदरमुकामबाट जिल्ला सदरमुकाममा सिमिटन पुगेका जलेश्वर नगरपालिका अहिले आफ्नो स्वरुप फेर्दै गएका छन् । पहिला पहिला सडकमैं घर, टहरा बनाउने, सरसामग्रीहरु पनि सडकमैं बेच्ने गर्नाले जलेश्वर नगरपालिका असुन्दर र अव्यवस्थित बनेको थियो । तर नयाँ कार्यालय प्रमुख आएपछि जलेश्वर नगरपालिकालाई विकास तर्फ लगिरहेको स्थानीय युवा लक्ष्मीकुमार साहले बताउनुभयो । ‘नर्क पालिकाको रुपमा चिनिएको जलेश्वरलाई नयाँ अधिकृत आउदै सडकलाई मरम्मत गर्ने, सरसफाई गराउन पहल गरेपछि अहिले व्यवस्थित हुँदै गएको युवा साहको कथन थियो । साहले भन्नुभयो, नयाँ अधिकृत स्थानीय भएकोले पनि केही काम गरेर जाऊन भन्ने उद्देश्य बोकेको देखिएकोले जलेश्वरमा काम भएको देखिएको छ । जलेश्वर नगरपालिकाको १८ औं परिषदले पारित गरेको ‘पवित्र, सुन्दर, हरित, समृद्ध जलेश्वर’ नारालाई आफुले पछयाइरहेको नयाँ आउनु भएका अधिकृत सुजितकुमार कर्णले बताउनुभयो । उहाँले आफु काम गर्न आएको बताउनुहुदैं स्थानीयहरुले साथ दिने हो भने परिषदले पारित गरेको नारालाई आफुले केही हद सम्म सफल बनाइदिने दावी गर्नुभयो । दशैंको केही अगाडी मात्रै नगरपालिकामा हाजिरी हुनु भएका अधिकृत कर्णले आएपछि विभिन्न सडकहरु मरम्मत, कार्यालयको कामकारवाहीलाई व्यवस्थित, तिन वर्षदेखि जलेश्वर महादेव मन्दिरको बन्द रहेको दानपेटिका खोल्ने कार्य, बस स्टेण्डको शौचालय मरम्मत गरी सुचारु, पशु बधशालाको सुचारु, नालाहरुको सरसफाई काम गरेको स्थानीयहरुले बताएका छन् । त्यसैगरी जलेश्वरनगर भित्र सडक अधिग्रहण गरी घर, पसल र टहरा बनाएकाहरुको भत्काई सडकलाई ४२ मिटर चौडा बनाएर दुर्घटनालाई न्यूनीकरण गर्नुका साथै छाडा चौपायाहरुलाई समातेर काञ्चीहाउसमा राख्नु र जरिवाना तिराउने कार्यलाई अगाडी बढाएपछि अहिले छाडा बस्तुभाउहरु समेत सडकमा देखिन छाडेको छ । अधिकृत कर्णले एकहप्ते सरसफाई कार्यक्रम तथा घर टहरा हटाउने अभियान अन्तर्गत सडक फराकिलो बनाएपछि नगरबासी नै उत्साहित भएका छन् । अहिले सरसफाई अन्तर्गत नालाको सफाई शुरु भएपछि नगरबासीहरु स्वस्र्फूत रुपमा नगरपालिकालाई सघाइरहेका छन् । जलेश्वर उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष कृपाशंकर साहले अधिकृत कर्णले थोरै अवधिमा कामको शुरुवात गरेकोले आफुहरु उत्साहित भएको बताउनुहुदै यस्तो कामको निरन्तरता दिएमा नगरपालिकाले आफ्नो छवि सुधार्दै जाने बताउनुभयो । पहिला पहिला आउने अधिकृतहरुले काम कारवाहीको क्रममा पारदर्शीता नअपनाएका कारणले समस्या आउने गरेको बताउनुहुदै जलेश्वर उवासंघका अध्यक्ष साहले अधिकृत कर्णले पारदर्शिताका साथ काम गर्नुभएका कारणले जलेश्वर नगरपालिकाले आफ्नो स्वरुप फेर्दै गएको बताउनुभयो । अधिकृत कर्णले जलेश्वरलाई थप व्यवस्थित बनाउन आफुले गुरुयोजना तयार गरिरहेको जानकारी दिनुहुदैं आफ्नो गाउँ ठाउँ भएकोले थप जिम्मेवारी आफुमाथि रहेको र अरुको विश्वास पनि रहेकोले केही गरेर जान्छु भन्ने अठोटका साथ काम गरिरहेको बताउनुभयो ।

Monday, November 17, 2014

मुद्दाको फैसला १८ महिनामै गरिने

महोत्तरी समाचारदाता जलेश्वर, कात्तिक २८ गते । मुद्दा फैसलामा बढी समय लिने भएको कारणले अदालतप्रति सर्वसाधारणहरुको विश्वास गुम्दै गएको बेला जिल्ला अदालत महोत्तरीले कुनै पनि मुद्दाको फैसला १८ महिनामै गरिने गरि कार्ययोजना ल्याएको छ । जिल्ला अदालत महोत्तरीले न्यायीक काम कारवाहीको सुचना सम्प्रेषणमा संचारकर्मीको भूमिका र गैरसरकारी संस्थासंगको सहकार्यको लागि आयोजना गरेको एक कार्यक्रममा यस्तो कार्ययोजना अगाडी सादैं अब मुद्दा दर्ता गरेकै दिन मुद्दाको चरणवद्ध कारवाहीको पूर्वजानकारी समेत दिइने जनाएको छ । कार्यक्रममा जिल्ला अदालत महोत्तरीका ४ नं. न्यायधिश कृष्णमुरारी शिवाकोटीले जिल्ला अदालतको तेस्रो कार्ययोजना सार्वजनिक गर्नुहुदै यस्तो कार्ययोजनाबाट सर्वसाधारणको विश्वास जित्न सकिने बताउनुभयो । यो भन्दा अगाडी जिल्ला अदालत महोत्तरीले कुनै पनि मुद्दालाई दुई वर्ष भित्र सम्पन्न गर्ने गरी कार्ययोजना ल्याएको थियो । यो लक्ष्य अनुसार पनि जिल्ला अदालत महोत्तरी फैसला गर्नेमा नेपालमैं उच्चस्थानमा रहेको जानकारी दिनुभयो । न्याय सम्पादनको कार्यलाई छिटोछरितो तुल्याउने, न्यायिक प्रक्रियालाई अनुमानयोग्य बनाउने, न्यायप्रणालीलाई पहुच योग्य बनाउने र न्यायपालिकाप्रति आस्था र विश्वास अभिवृद्धि गर्ने गरी रणनीतिक कार्ययोजना अगाडी सारिएको जानकारी समेत न्यायधिश शिवाकोटीले दिनुभयो । उहाँले भन्नुभयो,‘मुद्दाको फैसला र फैसलाको तयारी तोकिएको समयावधि भित्र गर्ने प्रबन्ध मिलाउने, पुराना वक्यौता मुद्दाहरुको न्यूनीकरणमा जोड दिने, मुद्दामा हुने चरणवद्ध कारवाहीको पूर्व जानकारी हुने प्रणाली लागु गर्ने जस्ता कार्यलाई यस रणनीतिक योजनामा समावेश गरिएको छ’ । कार्यक्रममा अर्का न्यायधिश शिव बहादुर राणाभाटले नागरिक अधिकार रक्षाको दायित्व बोकेको न्यायपालिका र संचारक्षेत्र दुवैलाई संगसंगै लिएर जानुपर्ने आवश्यकताको बोध गर्दै यस्तो कार्यक्रम थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, हामीले थुप्रै राम्रो काम गरेका छौं तर संचारक्षेत्रसंग समन्वय नभएको कारणले बाहिर आउन नसकेको हो । उहाँले न्याय सम्पादनलाई छिटो छरितो बनाउनु, न्यायलाई सर्वसाधारणको पहुँचयोग्य बनाउनु र न्याय प्रणालीप्रति सर्वसाधारणको आस्था बढाउनु कठिन भएपनि जिल्ला अदालत महोत्तरी यो पुनित कार्यमा लागेको स्पष्ट गर्नुभयो । कार्यक्रममा कैद जरिवाना लागेको व्यक्ति अन्तिम फैसला भएको मितिले ६० दिन भित्र स्वयं उपस्थित भै आफुलाई लागेको दण्ड जरिवाना र कैद सजाय भुक्तान गर्न आएमा निजलाई लागेको कैद जरिवानामा २० प्रतिशत छुट दिइने, फैसला बमोजिम कैद वा जरिवाना लागेको व्यक्तिलाई कसैले अदालत समक्ष उपस्थित गराएमा उपस्थित गराउनेलाई प्रोत्साहन स्वरुप जरिवानाको हकमा २५ प्रतिशत र कैदको हकमा एक महिना कैद वरावर १५० रुपियाँका दरले प्रोत्साहन रकम उपलव्ध गराइने जानकारी समेत दिइएको थियो । त्यसैगरी दण्ड जरिवाना लागेको व्यक्तिको मृत्यु भएमा सोको प्रमाण सहित निवेदन दिएमा नियमानुसार लगत कट्टा गरिने तथा अदालतबाट लागेको दण्ड जरिवाना भुक्तान नगरेमा राज्यको विभिन्न निकायहरुबाट प्रदान गरिने नागरिकता, राहदानी, लाइसेन्स, इजाजतपत्र, टेलीफोन धाराविजुली जडान, जग्गा तथा सवारी नामसारी हस्तान्तरण लगायतका सवै प्रकारका सेवा सुविधा रोक्का हुने रणनीति समेत अगाडी सारिएको जानकारी कार्यक्रममा दिइएको थियो । जिल्ला अदालत महोत्तरीका मुख्य न्यायधिश प्रकाश खरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष ईश्वरी पौडेल, प्रेस स्वतन्त्रता सेनानी कुँवरकान्त झा, रबीन्द्र उप्रेती, पत्रकार राकेश चौधरी, मानवअधिकारकर्मी श्यामसुन्दरप्रसाद साह, रामछविला यादव, गैरसरकारी संस्थाक रंजित चौधरी, नईम अन्सारी, जितेन्द्र पासमान लगायतका वक्ताहरुले अदालतको यो पुनित कार्यको प्रशंसा गर्नुहुदै आफुहरुको सहयोग निरन्तर रहने आश्वासन दिएका थिए ।

सुकुम्बासीहरुले गरे विरोध प्रर्दशन

महोत्तरी समाचारदाता जलेश्वर, कात्तिक २६ गते । नेपाल सरकारद्धारा गठित सुकुम्बासी भूमीहिन तथा अव्यवस्थित बसोवास सम्बन्धी प्राबधान गरिब जनताको प्रतिकुल भएको भन्दै महोत्तरीका सुकुम्वासीहरुले विरोध प्रर्दशन गरेका छन् । सुरक्षित घरबास सबैलाई खेतियोग्य जग्गा किसानलाई भन्ने मुलनाराका साथ भूमिअधिकार मञ्च महोत्तरीको अगुवाईमा यहाँका सुकुम्बासी तथा भूमीहिन जनताहरु सरकारको निर्णयको विरोधमा नौं वुँदे घोषण पत्र जारी गर्दै आन्दोलनमा उत्रिएका हुन् । अवस्थित बसोबासीको हकमा जोतपोतको आधारमा जग्गादर्ता गर्नुपर्ने , अधिकत्म डेढ विघा सम्म न्युनतम राजस्व निर्धारण गरि जग्गा वितरण गरिनु पर्ने, पाँच कट्ठा सम्म निःशुल्क जग्गा वितरण गर्नुपर्ने, हकवन्दीको निर्णय खारिज गर्नुपर्ने जस्ता नौं वुँदे माग सहित उनीहरु आन्दोलनमा उत्रेका हुन् । सुकुम्बासी समस्या समाधान आयोगले तयार पारेको प्राबधान अनुसार ५ कठ्ठा भन्दा कम जमीन भएका र सोही जग्गा भित्र घर बनाई बसेका स्थानीयलाई १ कित्ता मानी सहुलियत दरमा वितरण गर्ने तथा दुई कित्तामा जमीन र घडेरी भएको र ५ कठ्ठा भन्दा बढी खनजोत गर्दै आएको जमीनलाई नापी शाखाले चलेको चल्ती मुल्य अनुसार पुनः ७० प्रतिशत राजश्व तिर्नुपर्ने र बाँकी जमीन सरकारलाई फिर्ता गर्नुपर्ने निर्णयको विरोधमा र्याली तथा सभाको आयोजना गरेका हुन् । सुकुम्वासी र भूमिहीनलाई जग्गा र घर, संविधानमा भूमि सुधारको ग्यारेन्टी गर, नेता र माननीय होसियार, क्षतिपूर्ति देउला खवरदार, कति सहनु चिन्ता र डर, छुटेका मोही दर्ता गर, सुकुम्वासी आयोगको छैन भर, कार्यादेश पहिले संशोधन गर जस्ता नाराका साथ उनीहरुले प्रर्दशनमा उत्रेका हुन् । बुधबार महोत्तरीको बर्दिवासमा जिल्ला भरीका भूमिहीन तथा सुकुम्वासीहरुले विरोधको कार्यक्रम गरेका छन् । भूमिहीनहरुले हातहातमा कुटो ,कोदालो, हँसीया, हलो, थाल, ढाँकी, कुचो तथा जंगली झारपात लिएर प्रदर्शन गरेका हुन् ।

बाटो निर्माण सुचारु

महोत्तरी समाचारदाता जलेश्वर, कात्तिक २४ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी महोत्तरी जिल्लाको सिमानाका हुँदै जनकपुर पुग्नुहुने ईच्छा व्यक्त गरेअनुरुप भिठामोड जनकपुर सडकखण्डको स्तरोन्नती कार्य सुचारु भएको छ । भारतीय प्रधानमन्त्री मोदी मंसिर ९ गते सार्कको शिखर सम्मेलनमा भाग लिन महोत्तरीको सिमानाका हुँदै जनकपुर पुग्नुहुने कार्यक्रम रहेको जनाइएको छ । भारतीय प्रधानमन्त्री मोदी मंसिर ९ गते जनकपुरको जानकी मन्दिरमा पुजा अर्चना गरी हवाईमार्गबाट काठमाण्डौ जानुहुने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री भारत विहारको राजधानी पटनाबाट सितामढी हुँदै जनकपुर पुग्ने कार्यक्रम रहेको छ । जिल्ला प्रवेशको सिमानाका भिठामोड हुँदै जनकपुरसम्मको १९ किलोमिटर सडक पूर्णतः क्षतिग्रस्त अवस्थामा रहेको कारणले भारतीय प्रधानमन्त्रीको सडकमार्गबाट आउने सम्भावना न्यून देखिएको अवस्थामा सरकारकै निर्देशनमा सो सडकको स्तरोन्नती कार्य शुरु गरिएको छ । जसमा भिठामोडदेखि जनकपुरसम्मको बाटोलाई एकरुपता ल्याई पानी छर्केर धुलो नउडने बनाउन लागिएको सडक डिभिजन कार्यालय मुजेलियाले जनाएको छ । सडक डिभिजन कार्यालयका अनुसार १५ दिनमा सो सडकखण्डमा पिच बन्न असम्भव देखिएकोले स्तरोन्नती कार्यलाई तिव्रता दिइएको हो । अहिलेसम्म भिठामोडदेखि जलेश्वरसम्म स्तरोन्नती कार्य सकिएको छ । सडकमार्गबाट सिमानाका हुँदै जनकपुर पुग्नेबाटोमा खाल्डाखाल्डै रहेको, सडकभरी धुलैधुला रहेकोले यसलाई स्तरोन्नती कार्य अगाडी बढाइएको हो । यस अघि सडकको अवस्था, सुरक्षा अवस्था लगायतका विषयमा जनकपुरमा भारतीय राजदुत रन्जित रे सहितका टोली र महोत्तरीमा गृहसचिव सुर्य सिलवाल सहितका टोलीले स्थलगत निरिक्षण गर्नुभएको थियो । महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक काँफ्लेले महोत्तरीको स्थलगत निरिक्षण गरेर टोली गइसकेको र सडकको स्तरोन्नती कार्य शुरु गरिसकिएकोले भारतीय प्रधानमन्त्रीको आउने सम्भावना बढेको बताउनुभयो । तर उहाँले अहिले नै टुङो भने नलागेको बताउनुभयो ।

Saturday, November 15, 2014

सामुदायिक मेलमिलाप परियोजना सभ नीक काज करहल

नागेन्द्रकुमार कर्ण रधुनाथपुर, कात्तिक २९ गते । महोत्तरी जिल्लाक रघुनाथपुर वार्डनंं. २ रहनिहार रामवीर राय घरायसी प्रयोजनक लेल कपाली तमसुक बना ५ हजार रुपैया ऋण लऽ चुकता कचुकलाक वादो तमसुक फिर्ता पाब नै सकल छल । ओ ऋण देनिहार खैरबन्नी वार्डनं. ८ के रामकैलाश रायके बेर बेर ऋण चुकता क चुकलाक कारण तमसुक फिर्ता देवाक माँग करतै आयल छल मुदा राय आश्वासन सिवाय तमसुक फिर्ता नै कयलक । एहि पर रामवीर रघुनाथपुरस्थित सामुदायिक मेलमिलाप परियोजनामे लेनदेन सम्बन्धी मुद्दा आसिन २ गते दर्ता करोलैनि । मुद्दा दर्ता पश्चात आसिन ७ गते मेलमिलाप समिति आ दुनुपक्षकबीच भेल छलफल पश्चात रामवीरके तमसुक फिर्ता कायलगेल । महोत्तरी जिल्लाक रघुनाथपुर गाउँ विकास समितिमे चलिरहल सामुदायिक मेलमिलाप परियोजना गाउँ घरमे भरहल एहने झै झगडा, लेनदेन, घरायसी झगडाके गामेघरमे दुनुपक्षके चित्तवुझा मेलमिलाप क सराहनीय काम करिरहल देखल गेल अछि । छोटछिन मुद्दा सभ गाउँ घरमे मिला भाइचाराक सम्बन्ध कायम करबामे ओहीठामक परियोजना लागल आ निक काज करहल शनिदिन ओहिठाम आयोजित कार्यक्रममे वक्तासभ बतोने अछि । मानवअधिकार तथा सामाजिक विकास प्रतिष्ठान, नेपालके सहयोगमे जिल्लाके २५ गाउँ विकास समितिमे एहन परियोजना संचालनमे रहल अछि । एहिमे स रघुनाथपुरमे रहल सामुदायिक मेलमिलाप परियोजनामे मुद्दाके प्रगति संख्या निक रहल कार्यक्रम प्रमुख देवेन्द्रप्रसाद निराला जानकारी देलैनि । ओ गाउँमे होबबाला छोटछिन मुद्दा सभ प्रहरी चौकी आ अदालतमे गेलाक कारण सामाजिकता हरारहल कहैत एहिक्षेत्रमे मेलमिलाप परियोजना काज करहल जानकारी देलैनि । रघुनाथपुर मेलमिलाप परियोजनाक संयोजक रामश्रेष्ठ यादव रघुनाथपुरमे आर्थिक वर्ष ०७०÷०७१ मे १८ टा मुद्दा आ आर्थिक वर्ष ०७१÷०७२ के एखन तक १४ टा मुद्दा परल जानकारी दैत आर्थिक वर्ष ०७१÷०७२ मे ९ टा सफल, २ टा प्रकृयामे आ २ टा असफल भेल जानकारी देलैनि । तहिना आर्थिक वर्ष ०७०÷०७१मे १४ टा सफल आ ४ टा असफल भेल बतोलैनि । गाउँघरके मुद्दाके विषयमे निराकरणक लेल गाउँ विकास समितिक सचिव सम्मिलित १५ सदस्यीय मेलमिलाप मूल समिति, २५ सदस्यीय महिला मानवअधिकार समूह, ४५ सदस्यीय कार्यसमिति सहित विभिन्न समिति सभ से हो बनाओल गेल अछि । समिति संयोजक रामश्रेष्ठ अदालतमे गेला स वेशी समय, पैसाके वर्वादीके कारण स गामघरके मुद्दा सभ गामेमे दुनुपक्षके राखि मिलाओल गेल बतोलैनि । ओ हमरा सभहक निर्णयके दुुनुपक्ष मानिरहल कहैत गामवासीप्रति आभार व्यक्त कयने छलाह । ओही कार्यक्रममे महिला विकास कार्यालयक प्रमुख चन्द्रकुमार व्यञ्जनकार, जिल्ला विकास समिति महोत्तरीक योजना अधिकृत उपेन्द्र राय, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाक नागेन्द्रकुमार कर्ण, बार एशोसिएशन महोत्तरीक सचिव नवलकिशोर साह, जलेश्वरटुडेके प्रकाशक पवन साह, भूमिसुधार कार्यालयके मोहन कोइराला, पत्रकार नविन मिश्र लगायतक वक्ता सभ मेलमिलाप परियोजना कयने काजके प्रशंसा करैत एहनकाजके निरन्तरता देवाक बतोने छलाह ।

Thursday, November 6, 2014

भिडन्तको नाउँमा भएको घटनाको छानवीन गर्न परमादेश जारी

महोत्तरी समाचारदाता जलेश्वर, कात्तिक २० गते । दोहोरो भिडन्तको नाउँमा हुने हत्याको विषयमा पहिलो पटक अदालतले जाहेर दरखास्त दर्ता गरी अनुसन्धान तथा छानविन गर्न गराउनु भनि परमादेश जारी गरेको छ । पुनरावेदन अदालत जनकपुरले पहिलोपटक कात्तिक १८ गते मंगलबार सेराजुल नुरीको हत्याको मुद्दामा विपक्षीको नाउँमा यस्तो परमादेश जारी गरेको हो । पुनरावेदन अदालत जनकपुरका माननीय मुख्य न्यायधिशद्वय पुरुषोत्तम भण्डारी र मेघनाथ भट्टराईको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । महोत्तरी जिल्लाको बदियाबन्चौरी २ बस्ने मृतक सेराजुल नुरीका भाई मोहम्मद इसराफिल मंसुरीले २०७० चैत्र १० गते जाहेरी दरखास्त दर्ता गरी अनुसन्धान छानविन गर्न तथा दोषी उपर ज्यान सम्बन्धी महल बमोजिम कार्यवाही गरी पाउन विपक्षीहरुको नाउँमा परमादेश जारी गरी पाउँ भनी अदालतमा मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दामा जिल्ला प्रहरी कार्यालय महोत्तरी, तत्कालिन प्रहरी उपरिक्षक रामप्रसाद श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय र तत्कालिन प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गराइएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरले जाहेरी दरखास्त दर्ता नगरे पछि २०७० माघ २७ गते मो. इसराफिल मंसुरीले कर्तव्य ज्यान अन्र्तगत हुलाकबाट जाहेरी पठाएका थिए । उक्त जाहेरी पनि जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको थिएन । माघ २२ गते राति सोनमा ५ स्थित उखुबारी र तोरीबारीकोबीचमा उनको शव फेला परेको थियो । सोको भोलीपल्ट जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक रामप्रसाद श्रेष्ठले बिहान २ बजे गस्तीमा गएको प्रहरी टोलीमाथि ९÷१० जनाको समुहमा रहेको अज्ञात व्यक्तिहरुले गोली प्रहार गरेपछि प्रहरीले गरेको जवाफी कारवाहीमा उनको मृत्यु भएको जानकारी दिनुभएको थियो । तर, सो दिन उहाँले मृतकको सनाखत हुन नसकेको जानकारी दिनुभएको थियो । प्रहरी उपरिक्षक श्रेष्ठले घटनास्थलबाट प्रहरीले दुई थान नलकटुवा पेस्तोल , केही गोली, एकथान मोबाईल,३ वटा भारतीय सीम र एकथान नेपाली सीम बरामद भएको जानकारी दिनुभएको थियो । यता मृतक सेराजुलका परिवारजनले जाहेरी दिदैं प्रहरी कार्यालयका प्रहरी उपरिक्षकको निर्देशनमा प्रहरी र अन्य सुराकीले कलुसित मनसाय पुर्वक गोली हानी हत्या गरेको भनि मुद्दा दर्ता गराएका थिए । प्रहरीले उक्त घटनालाई प्रहरीसंगको दोहोरो भिडन्तमा मृत्यु भएको भन्दै भवितव्य ज्यान अन्र्तगत अनुसंधान गरेको थियो । यसैबीच तराई जस्टिस सेन्टर काठमाण्डौंका मानवअधिकार अधिकृत रक्षाराम हरिजनले एक विज्ञप्ति जारी गर्नुहुदैं जिल्ला प्रहरी कार्यालय महोत्तरी लगायतका सम्बन्धीत निकायले अदालतको आदेश बमोजिम जाहेरी दरखास्त दर्ता गरी फौजदारी न्याय प्रणाली अन्र्तगत निष्पक्ष र विश्वसनिय तरिकाले अनुसंधान तथा छानबिन गरी अभियोगपत्र दर्ता गर्न अपिल गर्नुभएको छ ।

द्वन्द्वलाई शान्तिपूर्ण तवरले सल्टाउन सहज छैन

ck-lal सीके लाल द्वन्द्वरहित समाज यथार्थ भन्दा पनि कल्पनालोकको कुरा हो । जीवन्त समाजमा द्वन्द्व प्रत्यक्ष वा परोक्षरुपमा सधैँ विद्यमान रहन्छ । द्वन्द्व शान्तिपूर्ण प्रतिस्पर्धामा सिमित भयो भने समाजको सामुहिक उर्जा एक अर्कालाई कमजोर गर्ने काममा खर्च हुदैन । तर द्वन्द्वलाई शान्तिपूर्ण तवरले सल्टाउनु भनेको सहज काम होईन । कहिले काही कुनै पनि पक्षले नचाँहदा–नचाहँदै पनि द्वन्द्व हिंसात्मक बन्न पुग्छ । घोर दक्षिणपन्थी एवंम अति वामपन्थी विचारधारामा त शान्तिपूर्ण द्वन्द्व समाधानको संभावनालाई समेत निषेध गरिएको छ । हिंसात्मक संर्घषले प्रतिस्पर्धालाई शत्रुतामा रुपान्तरित गरिरहन्छ । शत्रु समनका लागि शस्त्रहरुले मुलतः ४ उपाय सुझाएका छनः साम, दाम, दण्ड र भेद । यी उपायलाई समग्रतामा बुझ्नुपर्ने हुन्छ । भेद विधिलाई चालवाजीका रुपमा अथ्र्याउने गरिन्छ । चालवाजीले गर्दा तत्कालका लागि शत्रुता शाम्य भएझैँ देखिए पनि भित्र भित्रै बदलाको भावना सल्किरहेकै हुन्छ । मौका पाउनासाथ द्वन्द्वको पुनरावृति हुन वेर लाग्दैँन । अँग्रेजीमा एउटा उखान छ, सबैलाई केही बेरका लागी झुक्याउन सकिन्छ, कोहीलाई सधैँकालाई झुक्याउन सकिन्छ । तर सबैलाई सधँै भरीका लागि झुक्याएर राख्न सकिदैँन । भेदका सिमितता समय क्रममा स्वतः उजागर हुदैँ जान्छन् । प्रचार र प्रसारबाट मात्रै सधँै भरी हावी हुनसक्छ । दण्ड विधि पनि समान्यतः सोचे जति सहज छैन । प्रविधिको विकाश हातहतियारको सहज उपलब्धता एवमं सञ्चारको विस्तारले गर्दा द्वन्द्वको मैदान समथर हुदैँ गएको छ । कमजोरहरुको अन्तिम बल ज्यान अर्पन बन्न पुगेको अवस्थामा दण्डको अवधारणामा प्रश्न उठ्न थालेको छ । मर्न तयार भएर मैदानमा उत्रेकालाई मारेर दण्ड दिएको ठहरिदैँन । बरु त्यसले द्वन्द्वलाई मलजल गर्छ । बन्दुकको त्रास त घोडा (स्ट्यागर) नदबाएर तर्साएसम्म मात्र रहनेछ । गोली चलेपछि निसानामा रहेको व्यतिm भलै मर्ला तर उसको ठाउँ लिन तम्तयार भएर बसेको व्यतिmहरुको हौसला घट्नुको साटो बढने सम्भावना बढि रहन्छ । सामुहिक हिंसाको मामिलामा एवमं वैचारिक रुपले प्रतिबद्ध जमातलाई शमन गर्ने सम्बन्धमा दण्ड विधि झन प्रतिपादक पनि ठहरिन सक्छ । शहिदको रगतले संघर्षको बगैचालाई सिचिँत गर्दछु भन्ने मन्यता अनाहक स्थापित भएको होईन । त्यस्तो अवस्थामा स्थापित मूल्य एवं मन्यता विरोधी अपराधको मामिलामा दण्डको प्रभावकारिता केही बढी हुन्छ । दाम अर्थात आर्थिक प्रलोभन, यो उपयोगी हतियार हो । असमान प्रतिस्पर्धीहरु बीच आर्थिक लेनदेनको अधारमा ठुलठुला विवाद टुँगिएको पाईन्छ । भेद र दण्डसँग दाम संयोजन गर्न सक्ने पक्ष प्रायः सफल ठहरिन्छ । वर्चस्ववाद एवम् हैकमवाद जस्ता नियन्त्रणमुखी विचारधाराहरुमा दाम बिधिको ठूलो महत्व छ । तर भेद दण्ड एवं दाम जतिसुकै प्रभावकारी विधि भएपनि तिनको प्रयोगले दिगो द्वन्द्व व्यवस्थापनलाई सघाउदैँनन् । दिगो द्वन्द्व समाधानको प्रक्रिया भनेको त अन्ततः सामै हो । साम अर्थात सामञ्जस्य , जसले विपरित पक्षलाई सँगै बस्नुपर्ने बाध्यतालाई स्वीकार गर्न उत्प्रेरित गर्दछ । तथाकथित लडाकु संस्कृतिको संस्कारले गर्दा होला, नेपालमा साम विधि बारे कमै चर्चा हुने गर्दछ । दाताहरुको पैसा र प्रभावले मेलमिलाप शब्दावलीले व्यापक विचार पाएको भए तापनि त्यस व्यतिmको मर्म सँग कमै नेपालीहरु सहमत छन् । पालोको पैँचोको कुरा हुन्छ । दोषारोपन गरेर जिम्मेबारीबाट उम्किन खोज्ने शतिmशालीहरुको समुहबीच प्रचल नै भएका हुन्छन् । मेलमिलाप उसैपनि द्वन्द्व द्धिपक्षीयको भएको अवस्थामा मात्रै प्रभावकारी हुन्छ । दक्षिण अफ्रिकामा अल्पसंख्यक गोराहरुमाथी बहुसँख्यक कालाहरु हावी हुन संसारभरीको आमराय नै बदलिनु पर्ने भयो । त्यस्तो अवस्थामा दुईपक्षबीचमा मेलमिलाप हुनुपर्ने बध्यात्मक अवस्था सिर्जना भयो । सत्यतथ्य तथा मेलमिलाप आयोग परिस्थितीजन्य बाध्यतालाई दिएको वैचारिक आवरण हो । तर द्वन्द्व नेपालमा जस्तो बहुपक्षिय भयो भने कतिको प्रभावकारी हुन्छ ? उतर स्पष्ट छैन । मेलमिलाप विधिहरु व्यख्ताहरु भन्छन, सम्झिराख्नु तर क्षमा दिनु भन्ने मान्यता इसाइ धर्मबाट उब्जिएको हो । आफ्नो अनुयायीहरुका सबै पाप प्रभु इसा मसिहले अँगिकार गरिसकेको हुँदा अपराध स्वीकार बडो महत्वपूर्ण मानिन्छ । इसाइ धर्ममा । तर, धर्म युद्धको परम्परा मान्य रहेको हिन्दु सँस्कृतीमा माफी दिनु भन्दा सजाय दिने संस्कार बलियो छ । महात्मा गान्धीको प्रभावले गर्दा महाभारतबाट उद्धत गरिने अहिंसा परमोधर्म धरैले सम्झिने गर्दछ । त्यही श्लोकको दोस्रो वाक्य धर्म हिंसा कमै दोह्रयाउने गरेको भए तापनि धर्म युद्ध धारणाले हिन्दु समाजमा व्यपकता पाएको छ । बलि दिने र बध गर्ने संस्कारमा क्षमा दिएर सँगै बस्ने कुरा समेत असंगत लाग्ने गर्दछ । सामञ्जस्यका आयाम सामञ्जस्य अवधारणामा भने विगतभन्दा पनि आगतलाई महत्व दिइन्छ । त्यसैले यस अवधारणामा क्षमा वा दण्ड होइन, सहअस्थित्व प्रधान बन्न पुग्दछ । साम नीतिलाई ६ थरी प्रक्रियाका रुपमा हेर्नै गरिन्छः -आपसी लाभ–हानीको आकंलन -एक–अर्काका सबल एवं दुर्बल पक्षको पहिचान -परस्परताका फाईदाहरुको लेखाजोखा ं -अविश्वास भए पनि निश्चित कार्यविधी अनुसार संगै काम गर्ने प्रतिबद्धता -एक–अर्कालाई बिझाउने शब्दावली प्रयोग नगर्ने सजगता -सम्मान लक्ष्यकालागी सहभागिता रहने निक्र्यौल तत्कालिन सात दलिय गठबन्धन एवं नेकपा (माओवादी) बीच नयाँ दिल्लीमा नोभेम्वर २००५ तिर भएको वार्ता एवं त्यसपछिको १२ बुँदे सम्झदारीलाई सामञ्जस्य प्रक्रियाको पहिलो चरणको रुपमा बुझ्न सकिन्छ, जुन एकअर्कालाई स्थान दिनेकामको थालनी थियो । त्यसपछि भने पश्चिमा विषेशज्ञको मेलमिलाप पारुपतिर द्वन्द्व व्यवस्थापनको विधि मोडियो । नेपालको बहुआयमिक सुसुप्त द्वन्द्वहरु अर्थात मधेशी–पहाडी, जनजाती–दलित, हिन्दु–मुसलमान इत्यादी द्वन्द्वहरु त्यसअघि माओवादीको वैचारिक एवं राजनितिकमा नेतृत्वसँग यस्ता जटिलतालाई सम्बोधन गर्ने कुनै उपाय नै नरहेको स्पष्ट भयो । सामञ्जस्यको सुरुवात सम्पर्कबाट हुन्छ । नजानेका व्यतिm वा समुदाय शत्रु जस्तो लाग्छन । सम्पर्क भएपछि एक–अर्काको आश र डर बुझ्ने अवसर प्राप्त हुन्छ । त्यसपछिको अवस्था संवादको हो । वार्तामा लेनदेनको कुरा प्रमुख भएपनि संवाद मुलतः मन माझ्ने प्रक्रिया हो । सम्पर्क संवादपछि मात्र वार्ता प्रायसः परस्पर लाभ–हानीको लेखा जोखामा अल्झनु पुग्ने रहेछ । सम्पर्क र संवादपछि मात्र वार्ताको चरणमा पुग्नु राम्रो हुन्छ । आत्मीयता बेगरको वार्ता प्रायसः परस्पर लाभ हानीको लेखाजोखामा अल्झिन पुग्दो रहेछ । सम्पर्क संवादपछि समझदारी सृर्जना हुन्छ । समझदारीले अधिकार र दायित्वको अनुभव अधारित सम्बन्ध स्थापित गर्दछ । आ–आफ्ना जिम्मेवारीको कर्तव्य निर्वाह गर्ने हो भने समझदारी अन्ततः सद्भावमा रुपान्तरित हुन सक्दछ । द्वन्द्वरत समाजमा भने निस्प्रभावी सरकार, शङ्कालु समुदाय एवं तनावपूर्ण ब्यतिmगत सम्बन्धहरुले गर्दा सकझदारीले सहज रुपमा सदभाव तिर डोर्याउछ भने निश्चित छैन । सद्भाव बिथोलिने कारणहरु जे छन्, तिनको उपस्थिती सद्भाव स्थापना गर्नमा समस्याको रुपमा देखापर्ने गर्दछ । वर्गीय, लैगिक नश्लिइ एवं जातिय असामनताका कारण नेपाली समाजमा स्वाभाविक सद्भावका शत्रुका रुपमा रहेको छ । अन्याय गर्ने, अन्याय गर्ने सघाउने, र अन्याय सहनेका साथै अन्याय भईरहँदा मुख्यसाक्षी भएर बस्नेहरुले सद्भावको मर्म ठम्याउन सक्दैँनन् । अज्ञान, अल्पज्ञान, डर, डाहा, एवं बदलाको भावबाट उत्पन्न असहिष्णुताले सद्भाव उत्पन्न हुन दिदैन । शतिm, सौन्दर्य, विद्या, धन, चार्तुय एवं सत्ताबाट उत्पन्न अहंकारले सद्भावका लागि अग्रसरता देखाउनबाट समेत रोक्छन् । सशक्ताको सिद्धान्त अनुसार अधिकारको हकदावीले र सक्षमता निर्माणले प्रतिस्पर्धाको मैदानलाई समथर बनाउँछ । तत्पश्चात प्रतियोगिता मैत्रीपूर्ण बन्न पुग्छ । हार–जितको भाव हराँउछ । सद्भाव उत्पन्न हुन्छ । सशक्तताको सिद्धान्त तार्किक देखिन्छन् । तर सशक्तताले मात्रै शताब्दीदेखि व्याप्त असमान्तालाई हटाउन सक्दैन । हकदावीबाट प्रतिरोध पनि आउन सक्छ । अनि प्रतिस्पर्धा सङ्कघर्षमा रुपान्तरित हुनसक्छ । सशक्तताको सिद्धान्तले सबल पक्ष हुँदाहुँदै पनि आफूमा अचुक उपाय होईन । सम्बृद्धि सिद्धान्तका पक्षधरहरुले सद्भावको अभावलाई गरीबीको व्यापकता भन्ने गर्दछन् । सम्बृद्धिले विपन्नता हटाउँछ । असमान वितरणले असन्तोष बढाउँछ, आक्रोश निम्त्याउँछ । र सम्पन्नवर्गले दमनद्वारा आफ्नो सम्बृद्धि बढाउँदै लैजाने प्रयत्न गर्दछ । समबृद्धि सिद्धान्तसँगँै जोडिएको अवधारणा हो विकास सिद्धान्त हो । पर्छौटेपनले गर्दा पूर्वाग्रह गर्न गाह्रो हुन्छ । विकासको आधुनिकता भित्र्याउँछ खुलापन बढाउँछ । यी तर्क कमजोर छैन विकासको लाभ भने परम्परा रुपमा शतिmशाली रहेको समुहले बढी पाउँछन् । आर्थिक क्रियाकलापबाट पूँजी हुनेहरुले श्रमको अधारमा बाँच्नेहरुले कैँयो गुणा बढी लाभ उठाउँछन् । सरकारी अग्रसरताको सिद्धान्त अनुसार राज्यसत्तामा शतिm र पहुँचको बाँडफाँड न्यायपूर्ण भयो भने तिक्तता घटाउन मदत पुग्दछ । सघियताले बहिष्कृत समुहको सम्मान स्थापित गर्न सहयोग गर्दछ । समावेशिताको नीतिहरुको प्रभावकारी कार्यान्वयनले गर्दा तिरस्कृतहरुले मुलधारमा सम्मलित हुन पाउँछन् । राजनितिक उपाय भएकाले सरकारी अग्रसरताको पक्ष विपक्षमा गोलबन्द हुने क्रममा सङ्कक्रमणकालिन अवस्थामा तीब्र हुनु अस्वभाविक होईन । तर राजनितिक उपाय आवश्यक भएपनि यथेष्ठ भने होईन । संघियता एवम् समावेशिताका बाबजुद सद्भाव कायम हुन नसकेका उदाहरण कैँयो छन् । छिमेकी भारतमा संघियता एवम् समावेशिता ईतिहास स्वतन्त्रता जति नै पुरानो भएपनि समाजिक सद्भावको वतावरण अझै चुनौतीपुर्ण ने छन् । सामाजिक सद्भावको सँस्कृती आफैमा हासिल गर्नु लक्ष्य रहेको भए तापनि सामञ्जस्यका लागि सद्भावको बाटो लामो र घुमाउरो जस्तो देखिन्छ । त्यसो भए सामञ्जस्य स्थापित गर्न अरु उपायहरु के–के हुन सक्दछन् । उत्तर भने प्रश्न जतिको सीधा उपलब्ध छैन । केही प्रस्तावना भने मननयोग्य छन् । स्रोतः मधेशअध्यन

Wednesday, November 5, 2014

काम हजुरबाले गर्ने र उपदान नाती पनातीले पाउने

महोत्तरी समाचारदाता जलेश्वर, कात्तिक १९ गते । ‘काम गर्ने कालु, मकैं खाने भालु’ जस्तै अवस्थाबाट जलेश्वर नगरपालिकाका अवकाशप्राप्त कर्मचारीहरु गु्रजिरहेका छन् । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा अवकाश पाएका ६ जना कर्मचारीहरुलाई दिनुपर्ने उपदानको रकम नभएपछि उनीहरुको अवस्था यस्तो देखिएको हो । जलेश्वर नगरपालिकाका कार्यकारी प्रमुख सुजितकुमार कर्णले अवकाश पाएका ६ जना कर्मचारीहरुलाई दिनुपर्ने अनुदानको रकम १ करोड ५ लाख रुपैया रहेको जानकारी दिनुहुदै नगरपालिकासंग अहिले अनुदानको लागि १५ लाख मात्रै रहेको वताउनुभयो । जलेश्वर नगरपालिकाका खरिदार विजय गुप्ता, सुपरभाइजर रामसोगारथ चौधरी, फायर मैन सोगारथ महतो, ड्राइभर नथुनी महतो, कार्यालय सहयोगी कामेश्वर महतो, महेश्वर कापर हालै अवकाश पाएका हुन् । त्यसैगरी यो वर्ष मात्रै थप तिनजना अवकाश पाउने कार्यकारी अधिकृत कर्णले बताउनुभयो । अधिकृत कर्णले कल्याणकोषमा मात्रै १५ लाख बाँकी रहेको र सबै अवकाश प्राप्त कर्मचारीलाई नपुग्ने बताउनुहुदै यही अनुपातमा उपदान पाउन करिब ६० वर्ष लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अवकाश प्राप्त कर्मचारीले उपदान नपाई उनका नाती पनातीले उपदान पाउने देखिन्छ’ । स्थानीय स्वायत्त शासन ऐनको कर्मचारी नियमावलीको २६५ नम्बर धारामा कर्मचारी कल्याण कोष गठन गरिएको र उक्त कोषमा एक महिना बराबरको तलब जम्मा गर्नुपर्ने नियम छ । हालै अवकाश पाउनु भएका खरिदार विजय गुप्ताले आफुले आधा उपदान पाएको बताउनुहुदै अहिले पनि नगरपालिकासंग ९ लाख उपदान लिन बाँकी रहेको बताउनुभयो । उहाँले विदा र उपदानको आधा पाएको र अहिले पनि औषधी उपचार र उपदानको आधा रकम बाँकी रहेको जानकारी दिनुभयो । आफुले नगरपालिकामा २८ वर्ष काम गरेको जानकारी दिनुहुदै गुप्ताले १७ औं नगरपरिषदले उपदानको रकम छुटयाए पनि तत्कालिन अधिकृत रमेश दासले सो रकमको गाडी किनेपछि समस्या भएको दावी गर्नुभयो । उहाँले उपदानको रकम तुरुन्त उपलब्ध गराउनुपर्ने माँग गर्नुहुदै उपदान नदिए करारमा राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘काम हजुरबाले गर्ने र उपदान नाती पनातीले पाउने अवस्था नहोस भन्ने तर्फ नपाले सोच्नुपर्छ’ ।