राम्रा कुराको संग्रह

राम्रा कुराको संग्रह
विसेण्ट वानगाग पिकासोभन्दा पनि ठूलो चित्रकार थियो । अनुहार ठेउलाले गर्दा छ्याके । एउटी केटीले उसलाई मन त पराई तर विहे गर्न भएन । काकाकी छोरी परी । पछि ऊ पेरिस गयो र एउटी वेश्या कहाँ बस्यो । एक दिन वेश्याले भनी- तिम्रो अनुहार जति नराम्रो छ, कान भने त्यसको उल्टो कति राम्रो हो - मलाई तिम्रो कान निकै मन पर्छ । वानगाग आफ्नो कोठामा गयो । र चक्कुले कान काटेर रुमालमा पोका पारी ल्याएर वेश्यालाई राख्न दियो । उसको विचार थियो, राम्रा चिज हमेशा सुरक्षित राख्नुपर्छ ।
हाम्रा सरकारहरु राम्रा अनुहारका छैनन् । कोही हत्यारा कोही तस्कर । ढाँट्नु छल्नु , फट्याइँ गर्नु त तिनको धर्मै भयो । भ्रष्टाचार, कदाचार, घुसखोरी, बेइमानी, बेइज्जती तिनका स्वाभाविक गुण भए । त्यसैले सरकारहरु राम्रा हुदैँनन् । तर तिनका कुरा, तिनका आश्वासन, तिनका चर्तिकला, तिनका आकाश-पाताल जोड्ने गफ भने विसेण्ट वानगागका कानजस्तै सुन्दर छन् । त्यसैले अव हामीले सरकारहरुलाई भन्नुपर्‍यो-तिम्रा ती राम्रा कुरा काटेर हामीलाई देऊ । हामी जतनसँग राख्छौं । किनकि राम्रा कुरा हमेशा संग्रहणीय हुन्छन् ।

–पं. बाबुराम भट्टरार्इ