महोत्तरी समाचारदाता
जलेश्वर, पुस ३ गते । एकहप्तादेखि महोत्तरीमा चलेको शितलहरको कारण जनजीवन प्रभावित बन्दै गएको छ । बिहानैदेखि चल्ने हावा र वाक्लो कुहिरोको कारण चिसो बढेको छ भने दुर्घटना समेत बढाएको छ ।
वाक्लो कुहिरोको कारण महोत्तरीको बनौली पेट्रोल नजिक रहेको डाइभर्सनमा मंगलबार बिहान एक बस दुर्घटना हुँदा त्यसमा सवार आधा दर्जन भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर रहेका मोरंग जिल्लाको जगदिश राम र लिलादेवी रामलाई थप उपचारको लागि धरान लगिएको अंचल अस्पताल जनकपुरका प्रहरी पोष्ट इन्चार्ज संतोष सिंहले फोन सम्पर्कमा जानकारी दिनुभयो । घाइते ४ जना उपचार गराई घर फर्किसकेका छन् ।
विवाहपञ्चमीको मेला भर्न मोरंगबाट आएको को १ख १७१३ नम्बरको बस मंगलबार बिहान ४ बजे वाक्लो कुहिरोको कारण अनियन्त्रित भएपछि दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरमा विवाहपञ्चमीको मेला भरी जलेश्वर स्थित रहेको प्रसिद्ध जलेश्वरनाथको दर्शन गर्न बस जलेश्वर आइरहेको थियो ।
एकहप्तादेखि बढेको चिसोको कारणले अस्पतालमा विरामीको चाप बढेको छ भने बाजारमा चहलपहलमा समेत कमी देखिएको छ । बाजारमा चिसोबाट बचाउन दाउरा समेत वितरण गरिएको छ । चिसोले सबभन्दा बढी वृद्ध र बालबालिकालाई असर गरिरहेको छ ।
महोत्तरीमा यो एकहप्तामा मात्रै चिसोबाट दुई जनाको मृत्यु भइसकेको छ ।