विश्वसम्पदा सूचीमा समावेशको प्रतीक्षामा जानकी मन्दिर

जनकपुरधाम, २४ मंसिर नेपालको ताजमहलका नामले विख्यात जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्नुपर्ने महसुस गरिएको  मिथिला स्वयम् नै मन्दिररुपी पवित्र विशाल घर हो, जुन माटोमा माता जानकी उत्पन्न हुनु, यहाँका माटोको कणकणमा जानकीले लडिबुडी गरी बालक्रीडा गर्नु, भगवान् राम यहाँ आई शिवधनुष भङ्ग गर्नु आदिले वैदिक कालदेखि नै मिथिलालाई दर्शनीय स्थल बनाएको प्रसङ्गलाई जीवन्त तुल्याउने जानकी मन्दिर आरम्भदेखि नै सम्मानित, पूजनीय एवम् आस्था विश्वासका प्रतीकका रुपमा रहेको
अहिले यो मन्दिर नौलाखा, जानकी भवन शिशमहल नामले पनि प्रख्यात रहेको
मुगल वास्तुशैली हिन्दू वास्तुशैलीको अनुपम सङ्गमबाट बनेको यो मन्दिरले हेर्दा वास्तु कलाकारिताको विलक्षण प्रतिभालाई उजागर गर्दछ
भगवान् रामकी अर्धाङ्गिनी सीताको सम्झनामा मिथिलाको प्राचीन राजधानी जनकपुरमा बनाइएको मन्दिरको सुन्दरता भव्यता आफैँमा विशिष्ट रहेको मिथिला शब्दलाई स्वयम्मा मोक्ष पुण्यदायक मानिने चलन भएका कारणले पनि जानकी मन्दिरको नित्य नाम लिँदा पनि सर्वपाप नाश हुन्छ मान्यता रहेको
उनन्चास हजार ५५५ वर्गफिटमा फैलिएको सो मन्दिर करिब ५० फिट अग्लो पूर्वतर्फ फर्किएको सो मन्दिरको शोभा चारैतिरका ठूला साना गुम्बजहरुले सजाइएको भने चारैतिर विभिन्न रङ्गका रङ्गीचङ्गी फूलबुट्टाले सिङ्गारिएको
यस मन्दिरमा ६० वटा कोठा रहेका छन् यीमध्ये शिश गर्भगृह विशेष महत्वपूर्ण छन् भने मन्दिरको भव्य कलात्मक गर्भ भवन अत्यन्त आकर्षक
चारै कुनामा तीनतीनवटाका दरले बनाइएका बाह्रवटा कलात्मक बुर्जाका साथै अन्य साना ठूला बुर्जा गुम्बजमाथि रहेका सुनौला गजुर, फराकिलो परिसर, अर्धवृत्र आकारको प्रवेशद्वार प्रवेशद्वारको दुवैतिर माथि बनाइएका विभिन्न चित्रले मन्दिरको भव्यतालाई अझ बढाएको देखिन्छ
यस स्थानका परिचय दिने श्रेय यस मन्दिरका पहिलो महन्त शुरकिशोर दासलाई दिइन्छ प्राचीन विदेह वा मिथिलाको राजधानी जनकपुर अहिलेको जनकपुर रहेको स्थल नै हो भनी पहिचान गराउने श्रेय पनि यिनै महन्तलाई दिइन्छ
वर्तमान जानकी मन्दिर रहेको स्थानमा पहिले एउटा निमको रुख थियो सत्रौँ शताब्दीको अन्ततिर सोही स्थानमा ती महन्त विश्राम गर्न सुतेका थिए यिनलाई त्यसैबखत सपनामा देवी सीताले यसै स्थानमा आफ्नो पिताको दरबार रहेको थियो भनेर बताएको जनश्रुति पाइन्छ त्यसपछि महन्तले त्यस स्थानमा एक झुपडी बनाई पूजाआजा गर्न थाले यिनकै समयदेखि यसको ख्याति बढ्न थाल्यो मानिसहरु घनाजङ्गलभित्र रहेको स्थानमा पूर्णिमा तथा पवित्र पर्वहरुको अवसरमा यहाँ आई स्नान पूजाअजा गरी फर्कन्थे
त्यस समयमा बाघ, भालुजस्ता जङ्गली पशुको निकै डर रहने भए पनि मानिसहरु अस्त्रशस्त्र लिई यस स्थानमा मेला भर्न आउँथे
अन्वेषक नारायण रिमालका अनुसार महन्त शुरकिशोर दास वस्तुतः आधुनिक जनकपुरको संस्थापक सीताको उपासना पद्धतिका प्रचारक, महान सन्त एवम् कवि थिए
यी महन्तपछि यहाँ यिनका शिष्य प्रयाग दास महन्त भए यस ठाउँको ख्याति सुनेर मकवानपुरका राजा मणिकसेनले विसं १७८४ मा एक हजार ४०० बिघा सीतारामको भोगरागका लागि जमिन दान गरेका थिए
यस्तै विसं १७९० साल फागुन गतेका दिन हेमकर्णसेनले जग्गाको सिमाना गुठी थामिदिएको नेपालको एकीकरणपछि पृथ्वीनारायण शाहबाट सो जग्गा कुशविर्ताकै रुपमा उपलब्ध गराएको विसं १८६७ सालको गिर्वाणयुद्ध वीरविक्रम शाहको लालमोहरमा उल्लिखित
यसै लालमोहरबाट गिर्वाणयुद्ध विक्रम शाहले विर्ता पक्का ठहराई चार किल्लाको सिमाना तोकी जानकीको नित्य पूजा सदाव्रत चलाएको शिष्य परम्पराअनुसार भोग गर्ने आदेश दिएको बताइन्छ यसै आदेशबाट राजगुठीअन्र्तगत पूर्णरुपमा स्वतन्त्र भई गुरुशिष्य परम्परागत चलिआएको सञ्चालन व्यवस्थापनको जिम्मा महन्तमा रहेको देखिन्छ
सो मन्दिरको निर्माणको सन्दर्भमा स्थानीय किम्बदन्ती अनुसार भारतका टिकमगढका एक राजा यस क्षेत्रतर्फ शिकार खेल्न आएका बखत यहाँको ख्याति सुनी आफ्नी रानीलाई लिई एकदिन तीर्थ गर्न भनी यहाँ आए ती राजा निःसन्तान थिए यिनकी रानीले पुत्र प्राप्त गरेमा रु नौ लाख लगाई एक भव्य मन्दिर बनाउने बाचा गरिन्
कालान्तरमा रानीलाई पुत्र प्राप्त भए उनले रु नौ लाख लगाई यो मन्दिर निर्माण गराएका कारण यसको अर्को नाम नौलाखा रहन गएको हो
सहप्राध्यापक शिवेन्द्रलाल कर्ण सो मन्दिरको निर्माण टिकमगढका राजा नरेशप्रताप सिंह उनकी पत्नी वृषभानु कुँवरीले गराएका हुन् मन्दिर पूरा हुन १२ वर्ष लागेको बताइन्छ
मन्दिरको शिलालेखअनुसार सो मन्दिरको शिलान्यास विसं १९५२ माघ २८ गते मूर्तिप्रतिष्ठा विसं १९६७ माघ २८ गते भएको हो
मूर्ति प्रतिष्ठाको अवसरमा महारानी वृषभानुको मृत्यु भइसकेकाले दोस्रो महारानी गणेश कँुवरीको सहभागिता रहेको पाइन्छ
हिन्दू वाङ्मयमा अनुपम, विलक्षण, आश्चर्यजनक वास्तु, भवनलाई सबभन्दा उत्तम दर्जाको एकाइमा भन्नुपर्दा नौ भनिने हुँदा यस मन्दिरले वास्तुकलाको सर्वोत्कृष्ट कला प्रस्तुत गरेकाले पनि नौ लाखा भनिएको हुन सक्ने तर्क सहप्राध्यापक कर्ण अघि सार्नुहुन्छ
उहाँका अनुसार यस मन्दिरको निर्माणमा त्यस बेलाका बेलायती महारानीका चाँदीका सिक्काहरु रु तीन चार लाख खर्च भएको
अन्वेषक रिमाल यो मन्दिर बनाउन रु नौ लाख सङ्कल्प गरिए पनि करिब रु १५ लाख खर्च भएको प्रष्ट गर्नुहुन्छ
यस मन्दिरमा प्रत्येक धार्मिक पर्वहरु विशेष गरेर विवाहपञ्चमी, रामनवमी, झुलन पर्व, जानकीनवमी, कोजाग्रत पूर्णिमा अन्नकुट आदि धुमधामका साथ मनाइन्छ यी पर्वहरुमा देशविदेशका असङ्ख्य श्रद्धालुहरुको सहभागिता हुने गरेको
मन्दिरको शिलालेखअनुसार सो मन्दिरका महन्तहरुमा शुरकिशोर दास, प्रयाग दास, जनकविदेही दास, हरिनारायण दास, बलराम दास, सुमरन दास, विश्वम्भर दास, रामगुलेला दास, नरसिंह दास, हरिभजन दास, रामकृष्ण दास, नवलकिशोर दास, रामशरण दासले मन्दिरको गुरुशिष्य परम्परालाई निरन्तरता दिएको पाइन्छ
वर्तमान महन्त रामतपेश्वर दास यस मन्दिरको करौडौँ मूल्यको रत्नहरु संरक्षणका नाममा सरकारले लगेको वर्षौं भएको ताकेता गर्दा आशाजनक उत्तर अहिलेसम्म प्राप्त नभएकामा चिन्ता व्यक्त गर्नुहुन्छ
गुठी संस्थानले ती रत्नहरु संरक्षित रहेको दाबी गरिरहेको तर विसं २०५१ सालमा मन्दिरको शतवार्षिकी समारोहका अवसरमा ती रत्नहरुको प्रदर्शन गर्ने सन्दर्भमा पत्राचार गर्दा पनि सम्बन्धित निकायबाट कुनै पहल नभएको गुनासो पनि महन्त दास पोख्नुहुन्छ
 

‘लक’ र ‘लोक’ले विजयी

नागेन्द्रकुमार कर्ण
महोत्तरी

‘लक’ र ‘लोक’ कुनै पनि क्षेत्रमा अगाडी बढन चाहिन्छ । लकको अर्थ भाग्य हो भने लोकको अर्थ समूह, आफन्त, इष्टमित्र, भाइभारदार, जनता लगायतका हो । विना भाग्य कुनै पनि क्षेत्रमा अगाडी बढन सकिन्न् । भनिन्छ, मानिस जन्मँदै भाग्य लिएर आएको हुन्छ । भाग्य अनुसार नै मत्र्यलोकमा मान्छेले जिवन वाँच्नुपर्ने हुन्छ । तर कतिपयले त भाग्य नै नभएपनि आफ्नै लगन, श्रम, पसिना र मेहनतले पनि भाग्यको निर्माण गर्ने गर्दछ । अझ राजनीतिक्षेत्रमा त लक र लोकको महत्व सबभन्दा बढी नै छ । यो बिना राजनीतिक्षेत्रमा अगाडी बढछु भन्ने कल्पना समेत गर्न सकिन्न । राजनीतिक्षेत्रमा लामो लगानी लगाएकाहरुको भाग्य कतिखेर खुल्छ ठेगान भने छैन् । श्रम गरे फल मिल्छ नै । राजनीति गर्नेहरुले श्रम भरमग्दुर गरेका हुन्छन् तर भाग्यको अभावमा उनीहरुले फल पाउन सक्दैनन् तर जसले धैर्य राखेर सोही क्षेत्रमा अगाडी बढछ त्यसको अगाडीमा भाग्यलाई पनि झुक्नुपर्छ । महोत्तरी जिल्लामा पनि राजनीतिको क्षेत्रमा यस्तै देखिएको छ ।  लोकले राजनीतिमा लामो लगानी गरेका नेताहरुलाई फल दिएको उदाहरणहरु थुप्रै छन् । जसमध्ये दोस्रो संविधानसभाको निर्वाचनमा विजयी भएका रामदयाल मण्डल, दिपनारायण साह, सिताराम भण्डारी लगायतका रहेकाछन् । त्यस्तै लोकलाई सहयोग गर्नेहरुको पनि लक खुल्छ भन्ने उदाहरण जिल्लामैं देखिएको छ । पहिला लक र लोकको साथ पाएर विजयी हुनुभएका उम्मेदवारहरुबारे केही जानौं ।
जिल्लाको क्षेत्रनं. ३ बाट यसपालि विजय प्राप्त गर्नुभएका रामदयाल मण्डलको जन्म २०१५ सालमा जलेश्वर नगरपालिका ८ महोत्तरीमा भएको हो । बुबा जगदिश र आमा शियावतीदेवी मण्डलका छोरा रामदयाल मण्डलका ५ छोरा र २ छोरी छन ।
भारतबाट एसएलसी सरह पढेका मण्डल २०३५ सालदेखि नेकपा एमालेमा आवद्ध हुनभएको हो । २०३९ सालमा जलेश्वर नगरपालिकाको उपमेयरमा पराजित हुनु भएका मण्डल ०५१ र ०५६ सालको संसदिय निर्वाचनमा पनि पराजित हुनुभयो । २०६४ को संविधानसभा चुनावमा महोत्तरी क्षेत्र नम्बर ३ बाट चुनाव लडनुभएका उहाँले तराई मधेस लोकतान्त्रिक पार्टीका गणेश तिवारी नेपालीसँग ३७ मतले पराजित हुनु भएको थियो ।
तमलोपाका तिवारीले ११ हजार ३ सय ९० मत प्राप्त गर्नुभएको थियो भनें मण्डलले ११ हजार ३ सय ५३ मत प्राप्त गर्नुभएको थियो । एक कार्यकाल नेकपा एमाले महोत्तरीको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएका मण्डल हाल नेकपा एमालेका केन्द्रिय सदस्य हुनुहुन्छ । ०३५ सालको पञ्चायती व्यवस्थामा महोत्तरीको अंकार गाउँ पञ्चायतमा प्रगतिशिलको तर्फबाट प्रधानपञ्चमा निर्वाचित मण्डल नेकपा एमालेको लोकतान्त्रिक मधेसी संगठनको केन्द्रिय सचिव समेत हुनुहुन्छ । उहाँ २०३६ सालको जनमत संग्रहका समयमा २२ दिन प्रहरी हिरासतमा पर्नुभएको थियो । यसरी हेर्दा पनि उहाँको महोत्तरीको राजनीतिमा लामो समयको लगानी रहेको छ । त्यसै लगानीको फलस्वरुप यसपालिको निर्वाचनमा उहाँलाई यसक्षेत्रका जनताले विजयी बनाएको छ । कर्म गरेर उहाँले भाग्य पाउनुभएको छ । यसपालि उहाँ नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामचन्द्र तिवारीलाई हराउँदै विजयी हुनुभएको हो । उहाँले ७८४९ मत ल्याउनुभएको थियो भने तिवारीले ४८०६ मत पाउनुभएको थियो । 
यसैगरी क्षेत्रनं. ५ बाट विजयी हुनुभएका एमालेका नेता दिपनारायण साहको पनि पार्टीमा थुप्रै योगदान रहेको छ । पटक पटक निर्वाचनमा प्रतिद्वन्द्वी रहँदै उहाँ हार्दे आउनुभएको थियो । त्यही राजनीतिको लगानी स्वरुप यसपटकको निर्वाचनमा त्यसक्षेत्रका जनताले उहाँलाई विजयी बनाउनुभएको हो ।
उहाँले एमाओवादीका रजी हैदरलाई हराउदै विजय प्राप्त गर्नुभएको हो । साहले ७२७६ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी हैदरले ६९४३ मत ल्याउनुभएको             थियो ।
त्यसैगरी जिल्लाको क्षेत्रनं. ६ मा राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीलाई हराउदै हिरो बन्नुभएका नेपाली काँग्रेसका नेता सीताराम भण्डारी पनि लामो राजनीतिक लगानी पश्चात विजय प्राप्त गर्नुभएको छ । पहिलो संविधानसभाको निर्वाचनमा झिनो मतान्तरले पराजित हुनुभएका सीतारामले आफ्नो क्षेत्रमा पकड बनाउदै यसपालि जित्न सफल हुनुभएको छ । २००४ साल असार १३ गते महोत्तरीको औरही ८ मा जन्मनु भएका सीताराम भण्डारी हाल महोत्तरी भरतपुर ८ मा स्थाई बसोवास गरिरहनु भएको छ । उहाँका बुबाको नाम भुवनेश्वर र आमाको नाम लक्ष्मीदेवी भण्डारी हो ।  भण्डारीले भारतको दरभंगाबाट स्नातक तह उत्तीर्ण गर्नुभएको छ । वि.सं. २०२२ सालदेखि नेविसंघको सदस्यता लिएर राजनीति जीवनयात्रा थाल्नुभएका भण्डारी त्यसयता निरन्तर नेपाली कांग्रेसमा कृयाशिल भएर राजनीति गरिरहनु भएको छ ।
नेपाली कांग्रेस, महोत्तरी जिल्लाको सभापति समेत भइसक्नुभएका भण्डारी हाल पार्टीको महासमिति सदस्य हुनुहुन्छ । भण्डारी २०६४ को संविधानसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ६ बाट त्यतिबेला मधेसी जनअधिकार फोरम, नेपालमा रहेका र हाल राष्ट्रिय मधेस समाजवादी पार्टीका शरत सिंह भण्डारीसंग २१ मतले पराजित हुनु भएको थियो ।
शरत सिंहले ६ हजार ८ सय ६२ मत प्राप्त गर्नुभएको थियो भनें सिताराम भण्डारीले ६ हजार ८ सय ४१ मत प्राप्त गर्नुभएको थियो । तर यसपालि सीताराम भण्डारीले राष्ट्रिय अध्यक्ष भण्डारीले प्रतिष्पर्धीभन्दा पनि तल पार्नुभयो । जिल्ला सभापति छँदा पार्टीमैं बढी समय दिनुहुने उहाँले युवा पंक्तिमा पनि लोकप्रिय रहँदै आउनुभएको थियो । उहाँ पनि आफ्नो मेहनत, धैर्य र जनताको आर्शिवाद तथा भाग्यको कारणले सभासदजस्तो गरिमामय पदमा पुग्नुभएको छ । यसपालिको निर्वाचनमा उहाँ ९४८० मत ल्याउनुभएको हो भने उहाँका प्रतिद्वन्द्वी एमाओवादीका भरत साहले ७१६२ र रामसपाका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीले ६६६० मत प्राप्त गर्नुभएको हो ।
त्यसैगरी जिल्लाको क्षेत्रनं. ४ मा विजयी हुनुभएका समाजसेवी चन्देश्वर झा पनि बलियो भाग्य लिएर नै सभासद पुग्नुभएको छ । १७ वर्षदेखि समाज सेवा गरि गरेको लगानीको प्रतिफल नै आफुले अहिले आएर जित्नुभएको उहाँले आफै बताउनुभएको छ । साह्रै प्रतिष्पर्धात्मक चुनावी लहरमा उहाँले भाग्य बलियो भएपछि मात्रै सफल हुनुभएको धेरैको भनाई रहेको छ । झा ३ हजार ६२ मत ल्याई विजयी हुनुभएको हो ।
महोत्तरीमा थुप्रै यस्ता नेताहरु छन् जसलाई यहाँका जनताहरुले राजनीतिक लगानीको प्रतिफल दिएका छन् । पहिलो संविधानसभाको निर्वाचनमा पनि यस्तै राजनीतिक लगानी भएका गणेश तिवारी नेपालीलाई यसक्षेत्रका जनताले उत्साहपूर्वक विजयी गराएका थिए । उहाँले सो बेला खेलकुद मन्त्री जस्तो गरिमामय पदमा समेत बस्नुभएको थियो ।
यसपालिको निर्वाचनमा समेत थुप्रै युवा नेताहरु महोत्तरीले पाएको छ । ति युवा नेताहरुले आफ्नो छवि बनाउदै धैर्यताका साथ लाग्ने हो भने उनीहरु पनि गरिमामय पदमा नपुग्ला भन्न सकिन्न् । किनभने धैर्यता, लगनशिलता र कर्मबाट नै भाग्य कोर्न सकिन्छ ।