छर-छिमेक साक्षी गवाहलाई भत्ता वितरण गरिदै

 समाचार » छर-छिमेक साक्षी गवाहलाई भत्ता वितरण गरिदै  0  0   कमलेश मण्डल जलेश्वर, १३ बैशाख ।  सरकारीवादी मुद्दालाई बलियो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय महोत्तरीले पिडित र सरकारी साक्षीलाई दैनिक तथा भ्रमण भत्ताको व्यवस्था गरेको छ । यसै क्रममा महोत्तरी बगडा ८ का मैथिल यादवले मंगलवार जिल्ला प्रहरी कार्यालयबाट साक्षी दैनिक तथा भ्रमण खर्च बुझेका छन् । उनले गर्भपतन मुद्दामा २०७० चैत्त २६ गतेदेखि वैशाख २ गतेसम्मको ३ हजार ६ सय रकम बुझेका छन् । उनकी पत्नीले बयान दिएवापत २ हजार ५ सय र पीडित उनकी छोरीले १ हजार रुपैया प्रहरीबाट बुझेका छन् ।       सर्वोच्च अदालतको विशेष इजलासले २०७० वैशाख १९ गते गरेको फैसलाको कार्यान्वयन गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले पिडित र साक्षी गवाहलाई सो भत्ता वितरण गर्ने कार्य सुरु गरेको हो । सरकारवादी मुद्दामा दावी पक्षका साक्षी गवाही अदालतले वक पत्रका लागि तोकेको मितिमा उपलब्ध नहुँदा मुद्दामा प्रतिकुल असर परी अपराधमा सँलग्न व्यक्तिहरुले सजायमा छुट पाई समाजमा शान्ति सुरक्षा र अमनचयनमा गम्भीर असर पर्ने तथा अपराधिहरुको मनोबल बढी अपराधका श्रृखंला बढने हुदा साक्षी गवाहलाई दैनिक तथा भ्रमण भत्ताको व्यवस्था गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए । सरकारी पक्षको मुद्दा बलियो होस र पीडितलाई न्याय दिलाउनका लागि साक्षीको भत्ता दिने व्यवस्था गरिएको उनले बताए ।       सरकारी मुद्दा सम्बन्धी नियमावली, २०५५ को नियम १५ (१) बमोजिम अदालतले साक्षी गवाहलाई उपस्थित गराउन तोकेको मितिमा सरकारी साक्षी गवाहलाई अनिवार्य रुपमा उपस्थित गराउने साक्षी गवाह फेला नपरेमा सोही नियमको नियम १५ २ बमोजिम मुचुल्का खडा गरी पेश गर्ने तथा सोही नियमावलीको १५ ३ ले सरकारी साक्षीलाई दैनिक तथा भ्रमण भत्ताको व्यवस्था गरिएकोे प्रहरी उपरीक्षक  श्रेष्ठले  बताए ।     उनका अनुसार सो कानुनी व्यवस्थालाई कार्यान्वयन गरिएमा सरकारी साक्षीको उपस्थितमा साकारात्मक प्रमाण आइ मुद्दाको सफलता वृद्धि हुने बताए । प्रहरी प्रतिवेदनबाट मुद्दाहरुमा प्रतिवेदक प्रहरी कर्मचारीहरु उपस्थित नहुने, बरामदी मुचुल्काका मानिसहरु र बरामदी मुचुल्का तयार पार्ने कर्मचारी नै वकपत्रका लागि उपस्थित नहुदा मुद्दाको अस्तीत्व खतरामा पर्ने भएका ले साक्षी गवाहलाई भत्ताको व्यवस्था गरिएको हो ।       मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको मुद्दा तथा अन्य सरकारीवादी फौजदारी मुद्दामा सरकारी पक्षको साक्षीलाई अदालतमा उपस्थित गराउदा लाग्ने खर्च समेत भुक्तानी दिने व्यवस्था गरिएको छ । प्रहरी प्रधान कार्यालयले सोको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई यस आवमा १ लाख २६ हजार रुपैया रकम निकासा गरेको छ ।        साक्षी गवाहलाइ अदालतमा उपस्थित गराउदा लाग्ने खर्च सम्बन्धित प्रहरी कार्यालयले उपलब्ध गराउने छ । यसरी खर्च उपलब्ध गराउँदा प्रत्येक साक्षी गवाहलाइ राजपत्र अनधिकृत प्रथम श्रेणीको सरकारी कर्मचारीले पाए सरहको दैनिक तथा भ्रमण भत्ता दिइनेछ । सरकारी कर्मचारीलाई साक्षी गवाहको रुपमा उपस्थित हुनुपर्ने भएमा प्रचलित आर्थिक ऐन नियमबमोजिम निज कार्यरत कार्यालयबाट नै त्यस्तो रकम दिइने व्यवस्था पनि सो ऐनमा छ । - See more at: http://www.janakpurtoday.com.np/detail.php?nid=8094#sthash.yFD3zxVV.dpuf
समाचार »
छर-छिमेक
साक्षी गवाहलाई भत्ता वितरण गरिदै
 0  0

कमलेश मण्डल
जलेश्वर, १३ बैशाख ।
सरकारीवादी मुद्दालाई बलियो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय महोत्तरीले पिडित र सरकारी साक्षीलाई दैनिक तथा भ्रमण भत्ताको व्यवस्था गरेको छ । यसै क्रममा महोत्तरी बगडा ८ का मैथिल यादवले मंगलवार जिल्ला प्रहरी कार्यालयबाट साक्षी दैनिक तथा भ्रमण खर्च बुझेका छन् । उनले गर्भपतन मुद्दामा २०७० चैत्त २६ गतेदेखि वैशाख २ गतेसम्मको ३ हजार ६ सय रकम बुझेका छन् । उनकी पत्नीले बयान दिएवापत २ हजार ५ सय र पीडित उनकी छोरीले १ हजार रुपैया प्रहरीबाट बुझेका छन् ।

    सर्वोच्च अदालतको विशेष इजलासले २०७० वैशाख १९ गते गरेको फैसलाको कार्यान्वयन गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले पिडित र साक्षी गवाहलाई सो भत्ता वितरण गर्ने कार्य सुरु गरेको हो । सरकारवादी मुद्दामा दावी पक्षका साक्षी गवाही अदालतले वक पत्रका लागि तोकेको मितिमा उपलब्ध नहुँदा मुद्दामा प्रतिकुल असर परी अपराधमा सँलग्न व्यक्तिहरुले सजायमा छुट पाई समाजमा शान्ति सुरक्षा र अमनचयनमा गम्भीर असर पर्ने तथा अपराधिहरुको मनोबल बढी अपराधका श्रृखंला बढने हुदा साक्षी गवाहलाई दैनिक तथा भ्रमण भत्ताको व्यवस्था गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए । सरकारी पक्षको मुद्दा बलियो होस र पीडितलाई न्याय दिलाउनका लागि साक्षीको भत्ता दिने व्यवस्था गरिएको उनले बताए ।

    सरकारी मुद्दा सम्बन्धी नियमावली, २०५५ को नियम १५ (१) बमोजिम अदालतले साक्षी गवाहलाई उपस्थित गराउन तोकेको मितिमा सरकारी साक्षी गवाहलाई अनिवार्य रुपमा उपस्थित गराउने साक्षी गवाह फेला नपरेमा सोही नियमको नियम १५ २ बमोजिम मुचुल्का खडा गरी पेश गर्ने तथा सोही नियमावलीको १५ ३ ले सरकारी साक्षीलाई दैनिक तथा भ्रमण भत्ताको व्यवस्था गरिएकोे प्रहरी उपरीक्षक  श्रेष्ठले  बताए ।
    उनका अनुसार सो कानुनी व्यवस्थालाई कार्यान्वयन गरिएमा सरकारी साक्षीको उपस्थितमा साकारात्मक प्रमाण आइ मुद्दाको सफलता वृद्धि हुने बताए । प्रहरी प्रतिवेदनबाट मुद्दाहरुमा प्रतिवेदक प्रहरी कर्मचारीहरु उपस्थित नहुने, बरामदी मुचुल्काका मानिसहरु र बरामदी मुचुल्का तयार पार्ने कर्मचारी नै वकपत्रका लागि उपस्थित नहुदा मुद्दाको अस्तीत्व खतरामा पर्ने भएका ले साक्षी गवाहलाई भत्ताको व्यवस्था गरिएको हो ।

    मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको मुद्दा तथा अन्य सरकारीवादी फौजदारी मुद्दामा सरकारी पक्षको साक्षीलाई अदालतमा उपस्थित गराउदा लाग्ने खर्च समेत भुक्तानी दिने व्यवस्था गरिएको छ । प्रहरी प्रधान कार्यालयले सोको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई यस आवमा १ लाख २६ हजार रुपैया रकम निकासा गरेको छ ।

     साक्षी गवाहलाइ अदालतमा उपस्थित गराउदा लाग्ने खर्च सम्बन्धित प्रहरी कार्यालयले उपलब्ध गराउने छ । यसरी खर्च उपलब्ध गराउँदा प्रत्येक साक्षी गवाहलाइ राजपत्र अनधिकृत प्रथम श्रेणीको सरकारी कर्मचारीले पाए सरहको दैनिक तथा भ्रमण भत्ता दिइनेछ ।
सरकारी कर्मचारीलाई साक्षी गवाहको रुपमा उपस्थित हुनुपर्ने भएमा प्रचलित आर्थिक ऐन नियमबमोजिम निज कार्यरत कार्यालयबाट नै त्यस्तो रकम दिइने व्यवस्था पनि सो ऐनमा छ ।
- See more at: http://www.janakpurtoday.com.np/detail.php?nid=8094#sthash.yFD3zxVV.dpuf