الخميس، 24 أبريل 2014

समाजमा उत्कृष्ट योगदान दिने तिनजना सम्मानित

समाजमा उत्कृष्ट योगदान दिने तिनजना सम्मानित

महोत्तरी समाचारदाता
जलेश्वर, वैशाख ११ गते । महोत्तरी जिल्लामा विभिन्न क्षेत्रमा रहेर योगदान पु¥याएका तिनजनालाई बिहीबार एक समारोहकाबीच सम्मान गरिएको छ ।
    जिल्लाको सदरमुकाम जलेश्वरको नेपाल पत्रकार महासंघको सभाहलमा शहीद प्रतिभा प्रतिष्ठान महोत्तरीले एक कार्यक्रम आयोजना गर्दै वरिष्ठ स्वास्थ्यकर्मी मोहम्मद मुस्तकिम अन्सारी, दृष्टिबिहिन भएर पनि लोक सेवा आयोगबाट परीक्षा उत्तिर्ण गरि खरिदार भएका भविष्यकुमार झा र आफ्ना घरमा छोरी हुँदाहुँदै अनाथ बालिकालाई काख लिएकी सर्वसिया देबी मण्डललाई सम्मानित गरेको हो ।
    जिल्ला अदालत महोत्तरीका माननीय न्यायधिश न्यायधीश कैलाश सुवेदीले तिनै जनालाई सम्मान गरेको हो ।
    स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा बिशिष्ट उदाहरण बनाउनु भएका जिल्लाका तीनैजना ब्यक्तिलाई पाँचहजार १५१ नगद र कदरपत्रसहित सहित प्रतिभा सम्मान पुरस्कारबाट सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री गणेश नेपालीले बताउनुभयो ।
    पूर्व युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले २०६६ सालमा एकलाख ५० हजारको अक्षयकोष स्थापना गरेपछि प्रतिष्ठानले बर्षेनी समाजका बिभिन्न क्षेत्रका बिशिष्ट ब्यक्तिलाई पुरष्कृत गर्दै आएको छ ।

ليست هناك تعليقات:

إرسال تعليق