समावेशीकरणको परिचय

समावेशीकरणको परिचय ================ - राष्ट्रको मूलधारमा समावेश हुन नसकेका विभिन्न समूह ,वर्ग ,सम्प्रदाय ,जात ,जाति ,धर्म ,लिँग र भाषाका व्यक्तिहरुलाई राष्ट्रको मूलधारमा समावेश गरी शक्ति ,साधान र स्रोत र अवसर मा न्यायोचित साझेदारी सुनिश्चित गर्नुलाई समावेशीकरण भनिन्छ । - समावेशीकरण एउटा त्यस्तो प्रकृया हो जहाँ राज्यको शासकिय क्रियाकलापहरुबाट बाध्यतावस अलग हुन पुगेका वा पुर्याईएका विभिन्न वर्ग ,समुदाय ,धर्म ,वर्ण र लिंगका व्याक्तिहरुलाई राज्यको शासन सञ्चालन ,कानुन निर्माण तथा सार्वजनिक नितिहरुको तर्जुमा कार्यान्वयन एवं मूल्यांकन प्रकृयामा सहभागी हुने अवसर प्रदान गर्ने कुरामा जोड दिन्छ । - समावेशीकरण बहिष्करण विरुद्ध लड्ने एउटा रणनिती हो ।यो सबै मानिस जन्मजात रुपमा समान छन् तसर्थ सबै मिलेर बाँचौ ,संगै मिलेर बसौ ,संगै मिलेर खाँऔ ,सबै मिलेर रमाऔ र कसैलाई पनि एक्लै बिचल्लीमा नपारौ एवं राष्ट्रले सबैलाई बिना भेदभाव समान व्याबहार गर्नुपर्छ भन्ने मानविय मुल्य ,मान्यता र आदर्शमा अडेको छ ।समावेशीकरणलाई साझा भाग्यको बन्धन भनेर पनि भनिन्छ । - राज्यका सबै तहमा सबै जातजाती वर्ग समुदायको अर्थपूर्ण सहभागिता गराई शासन प्रणालीप्रति अपनत्व बोध गराउने प्रकृया हो समाबेशीकरण । - राज्यशक्तिमा समान पहुँच र लाभका वितरणमा समान सहभागिता नै यसको प्रमुख उदेश्य हो । - समावेशीकरण शब्दको प्रयोग सर्वप्रथम Takis Fotopaulous ले गरेका हुन ।उनले यो शब्दलाई प्रजातन्त्र संग जोडेर प्रयोग गरेका थिए ।