जिल्ला स्वास्थ्य कार्यालयमा लाखौको अनियमितता

जिल्ला स्वास्थ्य कार्यालयमा लाखौको अनियमितता कमलेश मण्डल महोतरी, चैत ३
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीमा ब्यापक आर्थिक अनियमितता भएको खुलासा भएको छ। जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा.रामपरिक्षण यादव र लेखापाल रामप्रसाद लुइँटेलले सार्वजनिक खरिद ऐन र निमावली विपरित औषधि, सजिर्कल उपकरण र मसलन्द लगायतका साम्रगी खरिदमा व्यापक आर्थिक अनियमितता गरेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले ९ बुँदे स्पष्टीकरण माग गरेपछि सो प्रकरण बाहिर आएको हो। जनस्वास्थ्यको औषधी खरिद प्रक्रियामा खरिद गरेको औषधीको मूल्य बजारमा विक्री हुनेभन्दा तीन गुणाले बढी देखिएपछि अनियमितताको शंका गरिएको छ। आन्तरिक औषधी खरिदमा कर्मचारी नै सप्लायर्सको मिलोमतोमा आपूर्ति गर्दै आएकोमा यसपटक डा. रामपरिक्षण यादव र लेखापाल लुइँटेलले आफना निकट सप्लायर्सबाट ५ लाख रुपैयाँको औषधि खरिद गरी सोझै बिलबाट भुक्तानी गरेपछि अनियमितता उजगार भएको हो। प्रजिअ दीपक काफ्ले आर्थिक अनियमितताबारे आवश्यक छानवीन र अनुसन्धान थालिएको बताए। उनका अनुसार डा.यादवलाई इन्धन खरिद, मसलन्द खरिद, सर्जिकल उपकरण खरिद लगायतका ९ बुँदे शीर्षकमा स्पष्टीकण सोधिएको छ। अस्पताल सञ्चालन समितिको स्वीकृति विना गरिएको औषधी खरिदमा अनियमितता गरेको अस्पताल विकास समिति पूर्व अध्यक्ष धर्मेन्द्र रायले बताए। उनका अनुसार टेण्डर विनै विरामीका लागि आवश्यक नभएका औषधी समेत खरिद गरिएको बताए। औषधी खरिद सँगै एम्बुलेन्स सञ्चालनमा पनि अनियमितता भएको छ। अस्पतालको गाडी र एम्बुलेन्स मर्मत र इनधन विलमा डा. यादवले अनियमितता गरेका छन। उनले आफनो निजि कार्यमा प्रयोग गरिने गाडीको इनधन विल समेत अस्पतालमा तिराउने गरेका छन। उनले पेट्रोल पम्पको नक्कली विल पेश गरी भुक्तानी लिएका लेखा शाखाले जनाएको छ । दराज, औषधी खरिदमा नक्कली विल समेत पेश गरी भुक्तानी लिएको लेखास्रोतले जनाएको छ। स्वास्थ्य विभागले गर्भवती तथा सुत्केरी उत्पे्ररणा सेवाका लागि ८ लाख, आमा सुरक्षा कार्यक्रमको सेवा प्रदान सोध भर्ना तथा यातायात शिर्षकमा ७३ लाख गरी ८१ लाख रुपैया बजेट जिल्ला स्वास्थ्य कार्यालयलाई निकासा गरेपनि यसको समेत दुरुपयोग भएको पाइएको छ। उता कार्यालयले आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा विनियोजन गरेको रकम मध्ये महोत्तरीमा ६७ लाख १६ हजार १ सय रुपैया मात्र खर्च भई १३ लाख ८३ हजार ९ सय रुपैया फ्रिज भएको छ। यसको पनि सम्पूर्ण रकम खर्च भएको भनी बिल बनाएर रकम दुरुपयोग भएको आरोप लागेको छ। तर सवै रकमको विल भर्पाई नक्कली भेटिएपछि अख्तियार चासो लिई फाईल नियन्त्रणमा लिएपछि जिल्ला स्वास्थ्य कार्यालय महोतरी कर्मचारी वृतमा खैलाबैला मचेको छ। आमा सुरक्षा कार्यक्रम अन्तर्गत जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट तथा जन स्वास्थ्य प्रमुख डाक्टर राम परिक्षण यादवले विना टेण्डर आहवान गरी ११ लाख रुपैयाको न्यानो झोला खरिद गरेको हो। आमा सुरक्षा कार्यक्रमको निर्देशिका र सार्वजनिक खरिद ऐन नियमावली विपरित सो समान काठमाण्डौ स्थित आकु ईन्टरप्राईजेज मार्फत खरिद गरिएको हो। सो प्राईजेजलाई पुसको अन्तिम सातामा ११ लाख रुपैया भुक्तानी दिईएको जिल्ला स्वास्थ्य कार्यालय लेखा शाखाले जनाएको छ।। खरिद गरिएका न्यानो झोलामा आमाका लागि म्याक्सी, सरसफाइ सामग्री र नवजात शिशुका लागि टोपी, भोटो, मोजा नेप्किन पेटो बच्चाको घाँटीमा बाँध्ने र्याले रुमाल भुइँमा ओछ्याउने म्याटलगायत १३ वटा सामानहरु रहेका छन्। लेखा शाखा स्रोतका अनुसारस्वास्थ्य कार्यालयका कर्मचारीहरुले आर्थिक चलखेल गरि न्यानो झोला अर्न्तगत खरिद गरिएका समानहरु महगो मुल्य देखाईएको छ तर सो समानहरु स्ास्तोमा गुण्स्तरहीन खरिद गरि स्टोर दाखिला गरेको छ। गुण्नस्तरहीन खरिद गरेपछि स्वास्थ्यकर्मीले विरोध समेत जनाएका थिए तर हाकिमको ठाडो आदेशले सार्वजनिक खरिद ऐन नियमावलीलाई मिच्दै प्राईजेजलाई ११ लाख रुपैया भुक्तानी दिईएका लेखा शाखाले जनाएको छ। त्यस्तै आव २०७०।०७१ अस्पतालको मर्मत खर्चमा २ लाख ५ हजार २ सय ५३ रुपैया, कार्यालय खर्चमा १० लाख ३५ हजार ४ सय १० खर्चमा १ लाख ४६ हजार ९ सय ३१ रुपैया हेजार्ड र डिलेभरीको नाममा ३ लाख ४५ हजार ८ सय ८१ रुपैयाको आर्थिक अनियमितता गरेका छन भने चालु आवमा माघ मसान्त सम्ममा अस्पतालको भत्तामा १ लाख ७९ हजार ५ सय ९५ औषधी खरिदमा २ लाख ५९ हजार ५ सय ८९ कार्यालय खर्चमा ७ लाख ७७ हजार ५० रुपैयाको आर्थिक अनियमितता गरेको अस्पताल स्रोतले जनाएको छ। जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिन्टेन्डेन्ट समेत रहेका डा. यादवले स्वास्थ्य केन्द्रहरुका लागि १७ लाखको मसलन्द, तौलिया, सावुन विना टेण्डर आवहान गरी खरिद गरी आर्थिक अनियमितता भएको भन्दै जिप्रकामा उजुरी परेका थियो। डा.यादवले जिल्ला अस्पताल सुदृढिकरण तथा सेवा सञ्चालनका लागि ४२ लाख रुपैया बजेटमा मनोमानी तरिकाले बजेट खर्च अनियमितता गरेका छन। उनले कागजमै बढी काम देखाएको छ। निर्देशिका विपरित १३ लाख रुपैया पोखरी मर्मत सम्भारमा खर्च गरिएको छ। अस्पतालको शुरु योजना नै नबनाई ३ लाख रुपैया खर्च गरेका छन। अस्पतालका लागि फर्निचर खरिद औजार खरिद तथा मर्मत, विधुत खानेपानी तथा ढल निकास व्यवस्थापन, अस्पतालजन्य फोहर मैला व्यवस्थापन तथा संक्रमण रोकथाम र मर्मत सम्भारको रकम मनोमानी तरिकाले खर्च गरी आर्थिक अनियमितता गरेका छन। प्रमुख डा.राम परिक्षण यादवले विपन्न विरामीलाई निःशुल्क औषधी खरिदका लागि आएको सामाजिक सुरक्षा इकाइ बजेट समेत दुरुपयोग गरेका छन। तर यता डा.यादवले आफूले सार्वजनिक खरिद ऐन र नियामावली विपरित कुनै काम नगरेको बताए। आफूले कुनै नियत बस कुनै गल्ती नगरेको समेत बताए। सार्वजनिक खरिद ऐन नियमावली २०६४ को अनुसार पाँच लाखभन्दा बढीको समान खरिद गर्नुपर्दा बोलपत्र आहवान गर्नुपर्ने प्रावधान रहेको छ। समान खरिदका लागि अनिवार्य स्थायी लेखा नम्बर भएको कम्पनी छनोट गर्नुपर्ने व्यवस्था छ। पत्रिकामा सूचना प्रकाशन गर्ने व्यवस्था छ। प्रकाशित मिति: मंगलबार, चैत्र ३, २०७१ १३:३४:२०