तस्विरसहितको मतदाता नामावली संकलन विशेष अभियान शुरु

तस्विरसहितको मतदाता नामावली संकलन विशेष अभियान शुरु
महोत्तरी समाचारदाता
जलेश्वर, चैत १५ गते । जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जिल्लाको विभिन्न गाउँ विकास समिति र नगरपालिकाहरुमा तस्विरसहितको मतदाता नामावली सङ्कलन कार्यअन्तर्गत विशेष अभियान शुरु गरेको छ ।
अभियानमा विगतमा सङ्कलन कार्यमा छुटभएकाहरुका थप्ने व्यवस्था गरिएको तथा नामावलीमा भएको त्रुटी सच्याउन सकिने जिल्ला निर्वाचन अधिकारी पिंकी रायले जानकारी दिनुभयो । उहाँले यसको लागि जिल्लाको ७२ दर्तास्थल कायम गरिएको बताउनुहुदै यी दर्तास्थलमा मतदाता नामावली सङ्कलन गरिने वताउनुभयो ।
उहाँले विसं. २०६७ देखि तस्विरसहितको मतदाता परिचयपत्र बनाउने अभियान शुरु भएयता महोत्तरीमा ८० प्रतिशतले तस्विरसहितको मतदाता नामावलीमा नाम लेखाईसकेको बताउनुभयो । उहाँले अहिलेसम्म २ लाख ९१ ह्जार ८ सय १५ जना मतदाता भइसकेको बताउनुहुदै उनीहरुको तस्विर सहितको मतदाता नामावलीमा नाम लेखाइसकिएको स्पष्ट गर्नुभयो ।
अधिकारी रायले जिल्लाको विभिन्न गाविस तथा नगरपालिकाहरुमा विशेष अभियान अन्तर्गत टोली परिचालन गरिसकिएको जानकारी दिनुहुदै मतदाता दर्ता नामावलीमा नामदर्ता गर्न छुटेकाहरुलाई यसमा समावेश गराई मताधिकार सुरक्षित गराउन उद्देश्यले जिल्लाको ७२ ठाउँमा दुई दिने शिविर आयोजना गरिएको बताउनुभयो ।
उहाँले यसको लागि सहायक नामदर्ता अधिकारी, दर्ता कर्मचारी, सहायक दर्ता कर्मचारी, निर्वाचन शिक्षा कार्यकर्ता, दर्तास्थल सहयोगी र सुरक्षाकर्मी समेत परिचालन गरिसकिएको जानकारी दिनुहुदै जिल्लामा चैत्र १२ गतेदेखि नै टोली गाउँमा प्रवेश गरिसकेको वताउनुभयो ।
निर्वाचन अधिकारी रायले १६ वर्ष र सोभन्दा माथिको जनसंख्या जिल्लामा ३ लाख ६५ हजार ९९ रहेको जानकारी दिनुहुदै २५ प्रतिशत अहिले पनि मतदाता हुनबाट बन्चित रहेको देखिएकोले यसको लागि टोली परिचालन गरिएको बताउनुभयो ।
अधिकारी रायले विभिन्न राजनीतिकदललाई यो काममा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । त्यसैगरी प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले मतदाता नामावलीमा छुट भएकाहरुले नाम दर्ता गराउनुका साथसाथै मृत्यु भएका वा बसाईसराई गरेर गएकाहरुको नाम सच्याउन समेत दलहरुले मुख्य भूमिका खेल्नुपर्ने बताउनुहुदै गाउँ कमिटिका पदाधिकारीहरुलाई यसमा परिचालन गरिदिन आग्रह गर्नुभएको छ ।
यसैबीच, जिल्लाको १० गाउँ विकास समितिमा इन्टरनेशनल फाउण्डेशन अफ इलेक्टोरल सिस्टमस् नेपालको सहयोगमा बागमत्ती सेवा समाज हरिवनले समेत मतदाता शिक्षा तथा मतदाता नामावली संकलन र नेपाली नागरिकता प्रमाणपत्रमा सहयोग कार्यक्रम शुरु गरेको छ ।
जिल्लाको नैन्ही, कोल्हुवावगेया, एकडाराबेला, सिस्वाकटैया, डाम्हीमडै, पोखरभिण्डा संग्रामपुर, लक्ष्मीनीया वैरगिया, बसविट्टी, सम्सी र पर्सादेवाड गाविसमा यो कार्यक्रम शुरु गरिएको जानकारी दिनुहुदै परियोजनाका पोग्राम कोर्डिनेटर सरिता साहले यो कार्यक्रमले पनि मतदाता नामावलीमा छुट भएकाहरुको मताधिकार सुरक्षित हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी यो अभियानमा बढी भन्दा बढी अपाँग, महिला, दलित, पिछिडिएको वर्ग, युवाहरुको सहभागिता होस् भन्ने चाहन्छौ र त्यसै अनुसार महोत्तरीसहित धनुषा, सर्लाही, सिन्धुली र बारामा यो कार्यक्रम लागु गरेर काम गरिरहेका छौं ।’




सामाजिक सदभाव र भाइचाराको पर्व फागु

सामाजिक सदभाव र भाइचाराको पर्व फागु
नागेन्द्रकुमार कर्ण
सामाजिक सौहाद्र्धता, रङ्ग विजय, भाइचाराको पर्व फागु अर्थात होली मिथिलाञ्चलमा विशेष धुमधामका साथ मनाइन्छ । यो पर्व मनोरञ्जनात्मक पर्व भएको कारण यस पर्वमा युवायुवतीको विशेष उपस्थिती हुने गरेका हुन्छ । के बुढाबुढी, के युवायुवती सबैको अनुहार लगायत लगाउने कपडा समेत यो पर्वमा रंगविरंगी हुन्छन् ।

वसन्तको आगमनसंगै शुरु हुने फागु पर्व असत्य माथि सत्यको, आशक्ति माथि अनाशक्तिको, कुविचारमाथि सुविचारको विजयको पर्वको रुपमा मनाइने गरिन्छ । प्रेम र सदभावको पर्वको रुपमा रहेको होलीमा आफ्नो इष्ट, मित्र, हितैषी मात्रै नभई शत्रु,दुश्मन पनि एक हुने गरेको दृष्टान्त पाइन्छ । यो पर्वमा को साथी, को पराइ सबै एक हुन्छ । त्यसैले त यो पर्वमा रंग र अबिर दल्दै भन्ने गर्छ, ‘बुरा न मानो होली हैं’ । होलीमा रहेको रंग र अबिर रंग मात्रै नभई जिवनलाई यसरी नै रंगविरंगी पार्ने संदेश दिइरहेको हुन्छ । यसमा भावात्मक भाव छुपेको हुन्छ ।

उँच निच, जातियता भेदभाव भन्दा पर रहेको यो पर्व रंगमय सबैलाई पारेको हुन्छ । त्यसैकारणले सबैले आ—आफ्नो दुःख, कष्ट, इष्र्या, सबै विर्सेर सबैसंग एकआपसमा मिलेर होलीको रंगमा लिन भएका हुन्छन् । त्यसैले त हिन्दी साहित्यका एक अग्रज भारतेन्दु हरिश्चन्द्रले भनेका छन् ,‘ गले मुझको लगा लो ए दिलदार होलीमें, बुझे दिल की लगी भी तो ए यार होली में...’।

फागुन महिनामा फ्लाशको फुलको रंगमा हावाको झोंका आएर जब ठोक्किन्छ तब त्यसको सुगन्धले मोहिन नहुने शायदै कोही होलान । सो सुगन्धले प्रेमको मिठास फैलाइरहेका हुन्छन् । वसन्तको आगमनसंगै हरेक तर्फ नयाँ पालुवाहरु पलाइरहेका हुन्छन् । वृक्षहरु पनि पुरानो चोला फेर्दे नयाँ चोला फेर्ने तरखरमा हुन्छन् । पुरानो ठाउँमा नयाँको आगमन भैसकेको छ । बसन्तको शुरुवात भइसकेको आवास हुन्छ । वसन्तलाई कामोद्यीपनको द्योतक मानिएकोले यसलाई वसन्तोत्सव समेत मानिएको छ । त्यही भएर त सबैजना आ—आफ्नै मस्तीमा सराबोर भै रहेका छन् । कसैलाई कुनै चिन्ता छैन, न खान, न लाउने न त बच्चाको फ्रिकी न त श्रीमतीको टेंन्सन सबै आफ्नैंमा मग्न छ । त्यही भएर त होली मनोरञ्जनको पर्व बनेको छ । त्यसमा पनि मिथिलाञ्चलमा मालपुवा खानु, होली र जोगिरा गाउनु , आफुभन्दा ठुलासंग आर्शिवाद लिनु, आफु भन्दा सानालाई माया दिनु, घुलो उडाउनु होलीको विशिष्टता नै मानिन्छ । मिथिलाञ्चलमा भगवान पनि होली खेल्ने गरेको दृष्टान्त पाइन्छ । त्यसैले त जोगिरा मार्फत भनिन्छ ,‘ डिमकि डिमकि डमरु बाजय, इसर खेलय फागु...’ ‘किनका हाथ कनक पिचकारी, किनका हाथ अबिर झोरी, रामक हाथ कनक पिचकारी...’ लगायत । त्रेता युगमा भगवान श्रीरामले महोत्तरीको कञ्चनवनमा अर्थात आफ्नो ससुरालीमा होली खेल्नु भएको कथा पाइन्छ । सोही कारणले मिथिलाञ्चलको महाकुम्भ भनेर चिनिने माध्यमिकी परिक्रमा जब महोत्तरीको कञ्चनवन पुग्छन् त्यहा अद्यापि होली खेल्ने चलन रहेको छ ।

मिथिलाञ्चलमा होली तिन दिन सम्म मनाइने गरिन्छ । पहिलो दिन युवाहरु मृदंग, झालि, ढोल, लगायतका वाद्य लिई होरी गित अर्थात जोगिरा गाउँदै निश्चित ठाउँमा होलीका दहन गर्ने गर्दछन् । होलिका दहनलाई सम्मत जलाउनु पनि भनिन्छ । सो खास गरी खर, पुवार(पराल), गोइठा लगायतका हुने गर्दछन् । सोको भोलीपल्ट सम्मत जलाएको खरानी शरिरमा प्रसादको रुपमा लगाइन्छ र मिथिलाञ्चलमा रंगोत्सव पर्व अर्थात फागु मनाइने गरिन्छ र अन्तिम दिन घुरखेल सकि फागु पर्वको समापन गर्ने गरिन्छ ।

होली पर्व शुरुवातको विषयमा धेरै कथाहरु पुराणमा उल्लेख भएको छ । निर्णय सिन्धु र समुच्चयका अनुसार प्रसिद्ध दैत्यराज हिरण्यकशिपुले विष्णुका अनन्य भक्त छोरा प्रहलादलाई मार्न विभिन्न षडयन्त्र गरे पनि उनी सफल भएका थिएनन् । कारण थियो दैत्यराजले आफुभन्दा ठुलो कोही नभएको भन्दै छोरा प्रहलादलाई आफ्नो नाम स्मरण गर्न भन्थ्यो तर प्रहलादले विष्णु नै सबैभन्दा ठुलो भगवान भएको भन्दै उनकै नाम स्मरण गर्न थालेपछि हिरण्यकशिपुले उनलाई मार्ने षडयन्त्र गरेका थिए । तर भगवानको कृपाले उनी सधैं बाँच्न सफल भएका थिए । अन्त्यमा दैत्यराजले आफ्नी बहिनी होलिकालाई जो आगोमा नजल्ने वरदान पाएकी थिइनलाई प्रहलादलाई मार्न लगाए । होलिकाले प्रहलादलाई आगोमा राखेर बसिन तर भगवानको कृपाले प्रहलाद बाँचे तर होलिका त्यसैमा दहन हुन पुगिन । यसरी सोही दिनदेखि होलिका दहन र होली पर्व मनाइने गरिएको जनश्रुति पाइन्छ ।

त्यस्तै भविष्य पुराणमा भगवान कृष्णलाई मार्न कंसले आफ्नी बहिनी पुतनालाई पठाइन । पुतनाले बालक कृष्णलाई विष भएको दुध चुसाउन लगाए । भगवान कृष्णले उनको दुघको साथसाथै उनको प्राण नै चुसेर मारिन । यसरी सोही दिनदेखि होली मनाइने गरेको पाइन्छ । होली पूर्णिमा पछि गोपी अर्थात कृष्णबाट गोपिनीहरु विछुडेपछि तिनीहरु विरहका गीत गाएका कारण अचेल पनि मिथिलाञ्चलमा युवा युवती विरहका गीत गाइरहेको भेटिन्छ । त्यस्तै रामले रावणमाथि विजय प्राप्त गरेर अयोध्या फर्केपछि सोही खुशियालीमा अयोध्यावासीले होली खेलेको थियो । त्यसैले होली सोही दिनदेखि शुरु भएको भनेर मान्ने गरिन्छ ।

यो पर्वमा रंग र अबिर खेल्नाले कफको विनाश हुनुका साथसाथै चिरदाह (सम्मत) बाट निस्केको धुवाँबाट शीतकालमा भएको चर्मरोग लगायत रोगरुपी किटाणु मार्ने गरेको छ । यो पर्वले समाजलाई असत्यबाट सत्य तर्फ डो¥याई समाजलाई एक नयाँ दिशा दिन्छ भने राष्ट्रलाई पनि यो पर्वले कल्याण गर्ने गरेको छ । समग्रमा भन्नुपर्दा यो पर्वले ‘असतो मा सदगमय’ को भुमिकालाई आत्मसात गरेको पाइन्छ ।

एक सिक्काको दुई पाटा झै यो पर्वमा समेत आधुनिकताको नाउँमा नाँनाभातीका विकृति, विसँगतीहरु भित्रिदै गइरहेका छन् । अचेल युवाहरु जथाभावी मद्यमाँस, गाँजा, वियर, भाङ्गको प्रयोग गरी समाजमा आफ्नो इष्टमित्रहरुसंग झै झगडा गर्ने गर्छन । अहिले यो पर्वको विशेषता नै मासु र रक्सी सेवन गरी अश्लिल गीतहरु गाउनु भएको छ । त्यसैगरी पहिला पहिला प्राकृतिक रंग बनाई खेलिने गरिएको थियो तर अहिले रेडिमेड रंगको साथसाथै इनामेल पेन्ट, मैदाको प्रयोग, फोटोकाँपीको टोनर, डिजल, पेट्रोलको प्रयोग समेत भइरहेको छ । यस्ता विकृति विसंगती फैलाउनमा हामी सबै जिम्मेबार रहेका कारण यसलाई हटाउनु हामी सबैको दायित्व हो । मिथिलाञ्चलको विरासतलाई अक्षुण्ण राख्नु र आफ्ना पर्वहरुलाई संरक्षण गर्नु सबैको कर्तव्य हो । तसर्थ हामीले भाइचारामा फुट आउने, शत्रु बढने कार्य नगरी सामाजिक सदभावको रुपमा यो पर्व मनाउनु उचित हुन्छ ।

राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न

राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न
महोत्तरी समाचारदाता
जलेश्वर, चैत १ गते । महोत्तरी जिल्लाको विद्यालय स्तरमा सञ्चालित आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्लाको बनौटामा सम्पन्न प्रतियोगितामा जनता उच्च माध्यमिक विद्यालय हात्तिलेट २ सय २२ अंकका साथ प्रथम, भानुभक्त मेमोरियल इङलिस बोडिँङ्गग स्कुल रामनगर १ सय १८ अंकका साथ द्वितीय तथा जनहित नन्दलाल उमावि चौलीखा तृतीय स्थान ल्याउन सफल भएको जिल्ला खेलकुद विकास समिति महोत्तरीका प्रमुख सुभाष लाल कर्णले जानकारी दिनुभयो ।
सम्पन्न प्रतियोगिताको फाईनलमा खेलकुद विकास समिति महोत्तरीका अध्यक्ष जितेन्द्र चौधरी तथा प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा तथा बनौटा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम यादवले विजयी विद्यालयका विद्यार्थी खेलाडीहरुलाई नगद, शिल्ड, प्रमाणपत्रसहित पुरस्कृत गर्नुभएको थियो ।
प्रथम भएका विद्यालयलाई १५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र, द्वितीय भएका विद्यालयलाई १२ हजार नगद, शिल्ड, प्रमाणपत्र तथा तृतीय भएका विद्यालयलाई ९ हजार नगद, शिल्ड र प्रमाणपत्र दिइएको थियो ।
प्रतियोगितामा भलिवल, कवड्डी, एथलेटिक्स, कराँते तथा तेक्वान्दो खेललाई समावेश गरिएको थियो । जिल्लाको ६ वटै निर्वाचन क्षेत्रमा भएको प्रतियोगिता मध्ये भलिवल खेलमा छात्र तर्फ एभरेष्ट ई.बो.स्कुल बर्दिबास प्रथम, जउमावि हात्तिलेट द्वितीय भएका थिए भने छात्रातर्फ भानुभक्त मेमोरियल इ.बो.स्कुल रामनगर प्रथम तथा जउमावि हात्तिलेट द्वितीय भएका थिए ।
त्यसैगरी कवड्डी खेलमा छात्र तर्फ जउमावि प्रथम, जनहित नन्दलाल उमावि चौलिखा द्वितीय भएका थिए भने छात्रातर्फ उमावि कान्तिबजार प्रथम तथा जउमावि हात्तिलेट द्वितीय भएका थिए ।
त्यस्तै एथलेटिक्समा जउमावि हात्तिलेट प्रथम तथा जनहित नन्दलाल उमावि चौलिखा द्वितीय स्थान ल्याउन सफल भएको खेलकुद विकास समितिका प्रमुख लालले जानकारी दिनुभयो । उहाँले निर्वाचनक्षेत्र स्तरीय प्रतियोगितामा शिल्ड र प्रमाणपत्र मात्रै दिइएको वताउनुभयो । 
जिल्लाको ६ वटै निर्वाचन क्षेत्रको ४० विद्यालयले भाग लिएकामा २३ विद्यालयका विद्यार्थीहरु फाईनलमा पुगेका थिए । 

कडा सुरक्षाबीच थुनछेक वहस शुरु

कडा सुरक्षाबीच थुनछेक वहस शुरु
महोत्तरी समाचारदाता
जलेश्वर, चैत १ गते । सशस्त्र प्रहरीका असई थमन बहादुर विश्वकर्माको हत्या तथा एम्बुलेन्समा आगजनी घटनामा संलग्न भएको भन्दै २८ जना माथि दिइएको मुद्दामा कडा सुरक्षाका बीच महोत्तरी अदालतमा थुनछेक वहस शुरु भएको छ ।
महोत्तरी र धनुषाका ५६ जना अधिवक्ताहरुले सो मुद्दामा निशुल्क वहस गर्ने जनाइएको छ । सो वहसलाई लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरीले अदालत परिसरसहित सो एरियामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
अदालतमा सेवाग्राही बाहेकका अन्यलाई मूलगेटमै प्रवेशमा निषेध गरिएको छ भने सेवाग्राहीलाई पनि कडा चेकजाँच पछि भित्र जान दिइएको छ । अधिवक्ताहरु, सेवाग्राहीहरु, संचारकर्मीहरु तथा कर्मचारीहरुलाई सहज गरिएपनि अन्यलाई भित्र जान दिइएको छैन् ।
अदालत बाहिर भने मोर्चासम्बद्ध नेता, कार्यकर्ताहरु तथा स्थानीय महिलाको भिड रहेको छ । उनीहरुले आफुहरुलाई प्रहरी, प्रशासनले भित्र जान नदिएको जनाएका छन् ।

संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनरेश रायले प्रहरी प्रशासनले निरंकुश शैली अपनाएको वताउनुहुदै अदालत प्रवेशमा रोक लगाउने कार्यको भत्सर्ना गर्नुभयो । उहाँले अदालतमा भईरहेको वहस आफुहरुले पनि सुन्न पाउनुपर्ने वताउनुभएको छ ।
वहस जिल्ला अदालतका १ नं. ईजलासमा न्यायाधिश किरणकुमार पोखरेलले हेरिरहनुभएको छ । अदालतमा वहस सुन्न तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्र लाल लगायतकाहरुको उपस्थिती रहेको छ ।
महोत्तरीमा गत भाद्र २५ गते सशस्त्रका असई थमन विश्वकर्माको हत्या तथा एम्बुलेन्स आगजनी मुद्दामा संलग्न रहेको भन्दै यसअघि नै प्रहरीले जलेश्वर न.पा.वार्ड नं. ३ बस्ने वर्ष २५ को संजयकुमार साह, जलेश्वर नपा वडानं. २ बस्ने वर्ष ३० को प्रदिप साह माझी र फुल्हटा प्रकौली वार्ड नं. ३ घर भई हाल जलेश्वर न.पा. १७ बस्ने वर्ष ५५ को मोहन ठाकुरलाई पक्राउ गरिसकेको छ ।
त्यसैगरी सोही घटनामा संलग्न रहेका २५ जना अहिले पनि फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यसैबीच, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफ्ना कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएर फसाएको आरोपमा सोमबार जलेश्वर बजार बन्द गराएका छन् । त्यसैगरी मोर्चाले अदालतले पनि एकपक्षिय फैसला गर्न नहुने भन्दै जलेश्वरको ठाउँ ठाउँमा व्यानर झुण्डयाएका छन् ।

सशस्त्र प्रहरीको असईको हत्यामा संलग्न रहेको भन्दै २८ नेतामाथि मुद्दा दर्ता

सशस्त्र प्रहरीको असईको हत्यामा संलग्न रहेको भन्दै २८ नेतामाथि मुद्दा दर्ता
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन २८ गते । सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्माको हत्या र उनी सवार रहेको एम्बुलेन्समा आगजनी गरिएको घटनामा संलग्न रहेको भन्दै प्रहरीले बिहीबार जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गरेको छ ।
प्रहरीले अदालतमा दर्ता गरेको मुद्दामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंग आवद्ध मधेशवादी पार्टीका केन्द्रीय सहमहामन्त्रीदेखि जिल्ला अध्यक्षसम्म रहेका  छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले हत्यामा संलग्न रहेको भन्दै कर्तव्य ज्यान अन्तर्गत २८ जना तथा एम्बुलेन्समा आगजनी गरेको भन्दै २५ जनामाथि मुद्दा दर्ता गरेको हो ।
भदौं २५ गते हेटौडामा शान्ति मिशनमा खटिने भन्दै परिक्षा सकेर जलेश्वर आएका सशस्त्र प्रहरीका असई विकलाई कुटपिट पश्चात एम्बुलेन्समा उपचारको लागि जनकपुर लगिरहेको अवस्थामा बाटोमै एम्बुलेन्समा आगजनी तथा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले यसअघि नै तिनजनालाई पक्राउ गरिसकेको   छ ।
बिहीबार अभियोजन गरिएको मुद्दाका अभियुक्तहरुमा सदभावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादव र सोही पार्टीका केन्द्रीय सदस्य लक्ष्मी महतो तथा सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं पूर्वसांसद कौशलकुमार यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य रामशंकर मिश्र शाहीजी, तमलोपाका जिल्ला अध्यक्ष अभिराम शर्मा, तराई मधेश सदभावना पार्टीका केन्द्रीय सदस्य सुरेश पाण्डेय, सदभावना पार्टीका जिल्ला सचिव धर्मेन्द्र रायसहितका रहेका छन् ।
त्यसैगरी अन्य अभियुक्तहरुमा जलेश्वर न.पा.वार्ड नं. ३ का वर्ष २५ को संजय कुमार साह (पक्राउ), जलेश्वर वार्ड नं. २ बस्ने वर्ष ३० को प्रदिप साह माझी (पक्राउ), फुल्हटा प्रकौली वार्ड नं. ३ साविक हाल जलेश्वर न.पा. १७ बस्ने वर्ष ५५ को मोहन ठाकुर (पक्राउ), जलेश्वर न.पा. वार्ड नं. ६ बस्ने वर्ष ४५ को रमेशप्रसाद साह, जलेश्वर वार्ड नं. २ बस्ने वर्ष २७ को सतेन्द्र चौधरी, जलेश्वर वार्ड नं. १ बस्ने वर्ष ४० को चन्देश्वर साह मेहतरी, जलेश्वर वार्ड नं. २ बस्ने वर्ष २८ को राजु चौधरी भन्ने राजा चौधरी, जलेश्वर वार्ड नं. १३ बस्ने वर्ष ३० को देवेन्द्र चौधरी, जलेश्वर वार्ड नं. २ मा बस्ने वर्ष ३५ को नरेश साह, जलेश्वर वार्ड न. २ बस्ने वर्ष १८ को रामराजा साह, जलेश्वर वार्ड नं. १ बस्ने वर्ष १८ को गोलु साह, जलेश्वर वार्ड नं. २ मा बस्ने वर्ष २४ को हरिओम कुमार भगत रहेका छन् ।
त्यस्तै अन्य अभियुक्तहरुमा जलेश्वर वार्ड नं. १ मा बस्ने वर्ष २२ को रविन्द्र राम चमार, जलेश्वर वार्ड नं. १ बस्ने वर्ष २५ को रंजित साह, जिल्ला सिरहा गा.बि.स. सुखीपुर घर भई जलेश्वर न.पा. वार्ड नं. २ बस्ने वर्ष २२ को बिकी साह, जि.म.गा.बि.स. फुल्हटा प्रकौली वार्ड नं. ५ साविक हाल जलेश्वर न.पा. १७ बस्ने वर्ष २६ का फुले यादव, जलेश्वर वार्ड नं. ४ साविक हाल जलेश्वर न.पा. १७ बस्ने वर्ष ४५ को पवन कापर, महोत्तरी वार्ड नंं. ७ अनैठा बस्ने वर्ष ३५ को रोहीत कुमार शर्मा, जलेश्वर वार्ड नं. ४ बस्ने वर्ष ५० को लालबाबु बिन, भटौलिया वार्ड नं. २ बस्ने वर्ष ३४ को शम्भु साह, भारत घर भई जि.म.जलेश्वर न.पा. वार्ड नं. ११ बस्ने वर्ष ४० को अनिल ठाकुर, सोनमा वार्ड ३ बस्ने वर्ष ४६ को देवेन्द्र यादव, खैरवनी वार्ड नं. ६ बस्ने ४५ को कौशल कुमार यादव, निगौल वार्ड नं. ५ साविक हाल गौशाला न.पा. वार्ड नं. ९ बस्ने वर्ष ६० को लक्ष्मी महतो, अन्कार वार्ड नं. ९ साविक हाल जलेश्वर न.पा. वार्ड नं. १४ बस्ने वर्ष ३७ को अभिराम शर्मा, पर्सापतैली वार्ड नं. ७ बस्ने वर्ष ४२ को धर्मेन्द्र राय, पिगौना वार्ड नं. ५ बस्ने वर्ष ४७ को शंकर साही भन्ने राम शंकर मिश्र तथा सुगा भवानीपट्टी वार्ड नं. ९ बस्ने वर्ष ४८ को सुरेश पाण्डे रहेका छन् ।
त्यसैगरी एम्बुलेन्स आगजनीमा जलेश्वरका रामराजा साह, गोलु साह र रंजित साह बाहेक २५ जनामाथि मुद्दा दिइएको जनाइएको छ ।
मुद्दा दर्ता भएपछि नेताहरु भने पक्राउ पर्ने डरले भारत पुगेका छन् । तमलोपाका एक जिल्लास्तरीय नेताले सबैजना आफुहरुको सम्पर्कमा रहेपनि उनीहरु भारतीय भूमिमा रहेको जनाएका छन् । दर्ता गरिएको मुद्दामा शुक्रबारदेखि नै वहस हुने भनिएपनि डकुमेन्टहरु निकाल्नमा समय लागेकोले हुन नसकेको वार एशोसिएशन महोत्तरीले जनाएको छ । वार एशोसिएशन महोत्तरीका सचिव लक्ष्मण साहले आईतबारदेखि अदालतमा वहस हुने जानकारी दिनुहुदै वहसमा नेताहरुको तर्फबाट महोत्तरी, धनुषा तथा सर्लाही जिल्लाका दुईदर्जन भन्दा बढी वरिष्ठ अधिवक्ताहरुले निशुल्क वहस पैरवी गर्ने जानकारी दिनुभयो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले आफ्ना तिन कार्यकर्ताहरुलाई पक्राउ गरेको विरोधमा फागुनको पहिलोहप्तादेखि नै आन्दोलनका विभिन्न कार्यक्रमहरु गदै आएका थिए । आन्दोलनलाई कमजोर बनाउन प्रशासनले जानाजानी नेताहरुमाथि मुद्दा दर्ता गरेको आरोप स्थानीयवासीहरुको रहेको छ ।

प्रहरीले २८ जना उपर कर्तव्य ज्यान मुद्दा दर्ता गरि अदालतमा पेश गरेको छ

गत भाद्र २५ गते विहान शसस्त्रका असई थमन विश्वकर्मालाई बासको भाटा र लठठीले कुटी घाईते बनाएको तथा उपचारको लागि जनकपुर लगिरहेको वेला पुनः महोत्तरीको सोनुषडा भन्ने स्थानमा एम्बुलेन्सवाट थुती हत्या गरेको भनी प्रहरीले २८ जना उपर कर्तव्य ज्यान मुद्दा दर्ता गरि अदालतमा पेश गरेको छ ।

नामाबली यस्तो छ ।

१.  जलेश्वर न.पा.वार्ड नं. ३ मा बस्ने राम जतन साहको छोरा वर्ष २५ को संजय कुमार साह (पक्राउ)

२.  जलेश्वर वार्ड नं. २ बस्ने मिश्री लाल माझीको छोरा वर्ष ३० को प्रदिप साह माझी (पक्राउ)

३.  जि.महोत्तरी फुल्हटा प्रकौली वार्ड नं. ३ साविक हाल जलेश्वर न.पा. १७ बस्ने   भोला ठाकुरको छोरा वर्ष ५५ को मोहन ठाकुर (पक्राउ)

सोहि घटनामा प्रहरीले फरार भनेकाहरुको विवरण

४.  जि. महोत्तरी जलेश्वर न.पा. वार्ड नं. ६ बस्ने जगदीश साहको छोरा अन्दाजी   वर्ष ४५ को रमेशप्रसाद साह

५.  जलेश्वर वार्ड नं. २ बस्ने बिश्व चौधरीको छोरा वर्ष २७ को सतेन्द्र चौधरी  

    भन्ने सतिनन्द चौधरी

६.  जलेश्वर वार्ड नं. १ बस्ने बिन्देश्वर साह मेहतरीको छोरा अन्दाजी वर्ष ४०

    को चन्देश्वर साह मेहतरी

७.  जलेश्वर वार्ड नं. २ बस्ने गोकुल चौधरीको छोरा अन्दाजी वर्ष २८ को राजु

    चौधरी भन्ने राजा चौधरी

८.  जलेश्वर वार्ड नं. १३ बस्ने गंगा चौधरीको छोरा अन्दाजी वर्ष ३० को देवेन्द्र

    चौधरी

९.  जलेश्वर वार्ड नं. २ मा बस्ने महन्थ साहको छोरा अन्दाजी वर्ष ३५ को नरेश

    साह

१०. जलेश्वर वार्ड न. २ बस्ने दिनेश साहको छोरा अं. वर्ष १८ को रामराजा साह

११. जलेश्वर वार्ड नं. १ बस्ने भोला साहको छोरा अन्दाजी वर्ष १८ को गोलु साह

१२. जलेश्वर वार्ड नं. २ मा बस्ने चन्देश्वर भगतको छोरा अ.वर्ष २४ को हरिओम

    कुमार भगत

१३. जलेश्वर वार्ड नं. १ मा बस्ने राजेन्द्र राम चमारको छोरा अं. वर्ष २२ को

    रविन्द्र राम चमार

१४. जलेश्वर वार्ड नं. १ बस्ने नथुनी साहको छोरा अन्दाजी वर्ष २५ को रंजित

    साह

१५  जि.सिरहा गा.बि.स. सुखीपुर घर भई जलेश्वर न.पा. वार्ड नं. २ बस्ने उमेश

    साह चिया पसलवालाको

    भान्जा अन्दाजी वर्ष २२ को बिकी साह

१६. जि.म.गा.बि.स. फुल्हटा प्रकौली वार्ड नं. ५ साविक हाल जलेश्वर न.पा. १७

    बस्ने झुलन राय यादवको

    छोरा वर्ष २६ का फुले यादव

१७. जलेश्वर वार्ड नं. ४ साविक हाल जलेश्वर न.पा. १७ बस्ने गनोर कापडको

    छोरा वर्ष ४५ को पवन कापर

१८. जि.महोत्तरी गा.बि.स. महोत्तरी वार्ड नंं. ७ अनैठा बस्ने राम एकवाल राउतको

    छोरा अन्दाजी वर्ष ३५ को रोहीत कुमार शर्मा

१९. जलेश्वर वार्ड नं. ४ बस्ने सोनेलाल बिनको छोरा वर्ष ५० को लालवा बिन

    भन्ने लाल बाबु बिन

२०. जि.म.गा.बि.स. भटौलिया वार्ड नं. २ बस्ने मिश्री लाल माझीको छोरा वर्ष

    ३४ को शम्भु साह

२१. भारत घर भई जि.म.जलेश्वर न.पा. वार्ड नं. ११ बस्ने तपेश्वर ठाकुरको

    छोरी ज्वाई हाल जि.म.जलेश्वर

    न.पा. वार्ड नं. ५ बस्ने अं. वर्ष ४० को अनिल ठाकुर

२२. जि.म.गा.बि.स. सोनमा वार्ड ३ बस्ने किशोरी यादवको छोरा अन्दाजी वर्ष ४६

   को देवेन्द्र यादव

२३. जि.म.गा.बि.स. खैरवनी वार्ड नं. ६ बस्ने राम लखन यादवको छोरा अन्दाजी

    वर्ष ४५ को कौशल कुमार यादव

२४. जि.म.गा.बि.स. निगौल वार्ड नं. ५ साविक हाल गौशाला न.पा. वार्ड नं. ९

    बस्ने राम सुन्दर महतोको छोरा    

    अन्दाजी वर्ष ६० को लक्ष्मी महतो

२५. जि.म.गा.बि.स. अन्कार वार्ड नं. ९ साविक हाल जलेश्वर न.पा. वार्ड नं. १४

    बस्ने महेन्द्र शर्माको छोरा अन्दाजी

    वर्ष ३७ को अभिराम शर्मा

२६. जि.म.गा.बि.स.पर्सा पतैली वार्ड नं. ७ बस्ने बौवालाल रायको छोरा अन्दाजी

   वर्ष ४२ को धर्मेन्द्र राय

२७. जि.म.गा.बि.स. पिगौना वार्ड नं. ५ बस्ने चन्द्रदेव मिश्रको छोरा अन्दाजी वर्ष ४७ को शंकर साही भन्ने राम  

    शंकर मिश्र

२८.जि.म.गा.बि.स. सुगा भवानीपटि वार्ड नं. ९ बस्ने भोला पाण्डेको छोरा

   अन्दाजी वर्ष ४८ को सुरेश पाण्डे

त्यसतै एम्बुलेन्समा आगजनी गरेको आरोपीहरुको विवरण

जि.म.जलेश्वर न.पा.वार्ड नं. ३ मा बस्ने राम जतन साहको छोरा वर्ष २५ को संजय कुमार साह .......१ पक्राउ

ऐ. ऐ. वार्ड नं. २ बस्ने मिश्री लाल माझीको छोरा वर्ष ३० को प्रदिप साह माझी ...........................१    ,,

जि.महोत्तरी फुल्हटा प्रकौली वार्ड नं. ३ साविक हाल जलेश्वर न.पा. १७ बस्ने भोला ठाकुरको छोरा

वर्ष ५५को मोहन ठाकुर ....................................................................................................१   ,,

जि.म.जलेश्वर न.पा. वार्ड नं. ६ बस्ने जगदीश साहको छोरा अन्दाजी वर्ष ४५ को रमेश प्रसाद साह ...१  फरार

ऐ.ऐ. वार्ड नं. २ बस्ने बिश्व चौधरीको छोरा वर्ष २७ को सतेन्द्र चौधरी भन्ने सतिनन्द चौधरी ...........१    ,,

ऐ.ऐ. वार्ड नं. १ बस्ने बिन्देश्वर साह मेहतरीको छोरा अन्दाजी वर्ष ४० को चन्देश्वर साह मेहतरी ......१    ,,

ऐ. ऐ. वार्ड नं. २ बस्ने गोकुल चौधरीको छोरा अन्दाजी वर्ष २८ को राजु चौधरी भन्ने राजा चौधरी ...१    ,,

ऐ .ऐ. वार्ड नं. १३ बस्ने गंगा चौधरीको छोरा अन्दाजी वर्ष ३० को देवेन्द्र चौधरी .............................१    ,,

ऐ. ऐ. वार्ड नं. २ मा बस्ने महन्थ साहको छोरा अन्दाजी वर्ष ३५ को नरेश साह ...............................१   ,,

ऐ ऐ. वार्ड नं. २ मा बस्ने चन्देश्वर भगतको छोरा अ.वर्ष २४ को हरिओम कुमार भगत......................१   ,,

ऐ.ऐ. वार्ड नं. १ मा बस्ने राजेन्द्र राम चमारको छोरा अं. वर्ष २२ को रविन्द्र राम चमार .....................१  ,,

जि.सिरहा गा.बि.स. सुखीपुर घर भई जलेश्वर न.पा. वार्ड नं. २ बस्ने उमेश साह चिया पसलवालाको  
भान्जा अन्दाजी वर्ष २२ को बिकी साह ...................................................................................१  ,,      
जि.म.गा.बि.स. फुल्हटा प्रकौली वार्ड नं. ५ साविक हाल जलेश्वर न.पा. १७ बस्ने झुलन राय यादवको
छोरा वर्ष २६ का फुले यादव ................................................................................................१  ,,
ऐ.ऐ. वार्ड नं. ४ साविक हाल जलेश्वर न.पा. १७ बस्ने गनोर कापडको छोरा वर्ष ४५ को पवन कापर ...१  ,,

जि.महोत्तरी गा.बि.स. महोत्तरी वार्ड नंं. ७ अनैठा बस्ने राम एकवाल राउतको छोरा अन्दाजी

वर्ष ३५ को रोहीत कुमार शर्मा ..............................................................................................१ ,,

ऐ.ऐ. वार्ड नं. ४ बस्ने सोनेलाल बिनको छोरा वर्ष ५० को लालवा बिन भन्ने लाल बाबु बिन ................१ ,,

जि.म.गा.बि.स. भटौलिया वार्ड नं. २ बस्ने मिश्री लाल माझीको छोरा वर्ष ३४ को शम्भु साह ................१ ,,

भारत घर भई जि.म.जलेश्वर न.पा. वार्ड नं. ११ बस्ने तपेश्वर ठाकुरको छोरी ज्वाई हाल जि.म.जलेश्वर

न.पा. वार्ड नं. ५ बस्ने अं. वर्ष ४० को अनिल ठाकुर ...................................................................१ ,,

जि.म.गा.बि.स. सोनमा वार्ड ३ बस्ने किशोरी यादवको छोरा अन्दाजी वर्ष ४६ को देवेन्द्र यादव ................१ ,,

जि.म.गा.बि.स. खैरवनी वार्ड नं. ६ बस्ने राम लखन यादवको छोरा अन्दाजी वर्ष ४५ को

कौशल कुमार यादव ...................................................................................................................१

जि.म.गा.बि.स. निगौल वार्ड नं. ५ साविक हाल गौशाला न.पा. वार्ड नं. ९ बस्ने राम सुन्दर

महतोको छोरा अन्दाजी वर्ष ६० को लक्ष्मी महतो ...............................................................................१

जि.म.गा.बि.स. अन्कार वार्ड नं. ९ साविक हाल जलेश्वर न.पा. वार्ड नं. १४ बस्ने महेन्द्र शर्माको छोरा

अन्दाजी वर्ष ३७ को अभिराम शर्मा .................................................................................................१   प्रतिवादी

जि.म.गा.बि.स.पर्सा पतैली वार्ड नं. ७ बस्ने बौवालाल रायको छोरा अन्दाजी वर्ष ४२ को धर्मेन्द्र राय ...............१

जि.म.गा.बि.स. पिगौना वार्ड नं. ५ बस्ने चन्द्रदेव मिश्रको छोरा अन्दाजी वर्ष ४७ को

शंकर साही भन्ने राम शंकर मिश्र ...................................................................................................१

जि.म.गा.बि.स. सुगा भवानीपटि वार्ड नं. ९ बस्ने भोला पाण्डेको छोरा अन्दाजी वर्ष ४८ को सुरेश पाण्डे...........१