एन्टाले मिथिला पेन्टिँग प्रतियोगिता गर्दै

एन्टाले मिथिला पेन्टिँग प्रतियोगिता गर्दै
असार १ गते ।
अमेरिकामा बसोबास गर्दै आएका नेपाली तराईबासीहरुको संगठन एन्टाले असार ३० गते शनिबार जनकपुरमा मिथिला पेन्टिँगको प्रतियोगितासहितको प्रर्दशनी गर्ने भएको छ ।
प्रदेशनम्बर २सहित मिथिलामा मिथिला पेन्टिँग बनाउदै आएका कलाकारहरुलाई एउँटै छातामुनी ल्याउन तथा मिथिला पेन्टिँगको प्रचारप्रसारको लागि सो मिथिला पेन्टिँग प्रतियोगिता र प्रर्दशनी गर्न लागिएको एन्टाका कल्चर प्रोगाम कोर्डिनेटर अपराजिता झाले जानकारी दिनुभयो ।

असार ३० गते जनकपुरस्थित सिताशरण होटलमा आयोजना गरिने प्रर्दशनीको लागि कलाकारहरुले पहिला नै इन्ट्री गराउनुपर्ने वताउनुहुदै कल्चर कोर्डिनेटर झाले सिट सिमिति रहेकोले समयमै नाम दर्ता गराउन आव्हान गर्नुभयो ।
एन्टाका छनौट समितिले छनौट भएका चित्रलाई प्रथम, द्धितीय, तृतीयसहित ५ जनालाई सान्तवना पुरस्कार दिने जनाएको छ । प्रथम पुरस्कारको राशि ३५ हजार, द्धितीय २० हजार, तृतीय १५ हजार र सान्तवना पुरस्कार ५ हजार रहेको जनाइएको छ ।
यो प्रतियोगिता र प्रर्दशनीले स्थानीय तहमा मिथिला पेन्टिँग बनाउनेहरुको संख्यामा वृद्धि हुने र राष्ट्रिय, अन्तराष्ट्रिय तहमा प्रचारप्रसार हुने आयोजकको अपेक्षा रहेको छ ।