भ्रमण वर्षले छोएन
महोत्तरी समाचारदाता
जलेश्वर, माघ ६ गते । महोत्तरी जिल्लामा रहेको दर्जनौ ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वका सम्पदाहरुमा भ्रमण वर्षको कुनै पनि झल्को देखिएको छैन् ।
जिल्लामा रहेको प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिर, सो संगै रहेको ५१ शक्तिपिठ मध्येकै एक उमा महोदरी, महोत्तरीको नामाकरणसंग जोडिएको महोदरी पोखरी, मटिहानी स्थित मठ तथा त्रेताकालिन लक्ष्मीनारायण सर (सीताको मटकोरको लागि माटो खनिएको पोखरी), मंगलनाथ, टुटेश्वरनाथ, कारिक महाराज, रौजामजार, विद्यापति डिह जस्ता दर्जनौ ऐतिहासिक तथा धार्मिकस्थलहरु अहिले पनि सुनसान नै छन् ।
पर्यटकीयस्थलहरुलाई चिनाउन र प्रचारप्रसार गर्न नसक्दा यि ऐतिहासिक तथा धार्मिकस्थलहरुलाई भ्रमण वर्षले नछोएको भिजिट जलेश्वरका संस्थापक राकेशप्रसाद चौधरीले जानकारी दिनुभयो । अहिले गाउँ गाउँमा सिंहदरवार आएको छ, सबै तहले पर्यटकीयस्थल बनाउन आ–आफ्नो खाका बनाएर जादाँ मात्रै हुने वताउनुहुदै चौधरीले भन्नुभयो,‘ ‘बजाउन जाने पो बज्छ मुरली’ झै स्थानीयतह र यहाँका वासिन्दाहरुले नलागेसम्म केही हुदैन् ।’

जलेश्वरनाथ परिचय पुस्तकका लेखक समेत रहनुभएका चौधरीले केही दिन अगाडी भिजिट मधेशले भ्रमण वर्ष २०२० को अवसरमा कार्यक्रम गरेको चर्चा गर्नुहुदै महोत्तरीका दर्जनौ पर्यटकीयस्थलहरु रहेपनि सरकारको उदासिनता र प्रचार प्रसार अभावले गुमनाम रहेको बताउनुभयो । प्रचारप्रसार अभाव र सरोकारबालाहरुको उदासिनताले यो क्षेत्रले पर्यटक भित्रयाउन असफल देखिएको उहाँको कथन थियो ।
सरकारले सन् २०२० लाई भ्रमण दशकको रुपमा मनाउने विचार गरिरहेको परिप्रेक्ष्यमा स्थानीयतहहरुले पनि आ–आफ्नो सेवा क्षेत्रमा रहेका पर्यटकीयस्थलहरुको प्रचारप्रसार र पर्यटक भित्रयाउने योजना बनाउनुपर्ने जलेश्वरनाथ महादेव मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष विश्वेश्वर प्रसाद राजाले बताउनुभयो । जिल्लामा पर्यटकिय दृष्टिकोणले हेर्दा पौराणिक, धार्मिक, साँस्कृतिक महत्त्व बोकेको थुपै्र मठ, मन्दिर, जलाशयहरु छन् तर उचित योजना र खाकाको अभावमा त्यस्तै रहेको बताउनुभयो ।
मिथिलाञ्चलको लामो दुरीको पदयात्रा भनेर चिनिने परिक्रमा अर्थात पञ्चकोशी परिक्रमाको १५ पडावस्थलमध्ये पाँचवटा पडावस्थल महोत्तरीमै रहेको छ । मटिहानी, जलेश्वर, मडै, धु्रवकुण्ड र कञ्चनवन रहेका पडावस्थलहरुको पनि आफ्नै पौराणिक, धार्मिक तथा साँस्कृतिक महत्व रहे पनि उनीहरुको पनि संरक्षण र सम्बद्र्धन हुन नसकेको देखिएको छ ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सदस्य नविन कुमार नवलले जिल्लामा मंगलनाथ, टुटेश्वरनाथ, सिद्धनाथ महादेवसहित मैथिली साहित्यका महाकवि विद्यापतिको प्रवासकालिन गढ रहे पनि उचित संरक्षण हुन नसक्दा पर्यटक आउन नसकेको बताउनुभयो । विद्यापतिको प्रवासकालिन गढबारे विवाद रहेपनि सरकारले यसको निरुपण समेत गर्न नसकेको तथ्य प्रस्तुत गर्नुहुदै पर्यटक भित्रयाउने प्रशस्त सम्भावना भएपनि महोत्तरीबासी यसको लाभ लिन नसकेको गुनासो गर्नुभयो ।
बाटोधाटोको रुपमा सुगम भएपनि पर्यटकहरुलाई एक दिन र रातसम्म टिकाउने उचित पूर्वाधार समेत नभएको प्रति चिन्तित हुदै उहाँले स्थानीयतहहरुले अब यसको लागि एकजुटभएर अगाडी बढनुपर्ने वताउनुभयो ।
@भ्रमण@महोत्तरी@जलेश्वर@ऐतिहासिक@धार्मिक@साँस्कृतिक@महत्व@५१ शक्तिपिठ मध्येकै एक उमा महोदरी