नागेन्द्रकुमार कर्ण÷महेशकुमार दास
रघुनाथपुर (सोनमा) महोत्तरी, साउन ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो छोराछोरीलाई माया गर्नुका साथसाथै राम्रो शिक्षा दिन आग्रह गर्नुभएको छ ।
महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नं. ३ रघुनाथपुरमा निर्माण हुन लागेको सडकको शिलान्यास पश्चात आयोजित सभामा बोल्नुहुदै प्रधानमन्त्री ओलीले भन्नुभयोे, “कमसे कम आफना छोराछोरीलाई अत्यन्तै माया गरिदिनुस, स्कुल पठाईदिनुस, सकेसम्म राम्रो खाना खुवाइदिनुस” ।
राम्रो लाउन र राम्रो खान कम्तीमा पनि छोराछोरीलाई स्कुल पठाई दिन आग्रह गर्नुहुदै प्रधानमन्त्री ओलीले मधेश जस्तो सुगम ठाउँमा समेत शिक्षाको अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेशमा यति सुगम ठाउँमा शिक्षाको अभाव थियो, शिक्षामा पहुँच पुरयाउन बालबालिकाले पढन पाउन भनेर हाम्रो ध्यान गएको छ ।”
छोराछोरीलाई विना भेदभाव स्कुल पठाउन आग्रह गर्नुहुदै प्रधानमन्त्री ओलीले यहाँ धेरै कुराको अभाव छ, तर अभावका वीच पनि आफना बालबालिकालाई जसरी पनि पढाउनुस, सकेसम्म गुणस्तरीय शिक्षा दिनुस् भनेर अभिभावकहरुलाई आग्रह गर्नुभयो ।
हाम्रो देश कृषि प्रधान देश हो । साठी प्रतिशत जनता कृषिमा आधारित रहेकोले जनतालाई आधुनिक बनाउन र कृषिक्षेत्रलाई विकसित नगरी नहुनेमा जोड दिनुहुदै उहाँले कृषिमा आधुनिकीकरणको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण नामलाई हटाउँदै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम राखेको बताउनुभयो । उहाँले कृषिलाई आधुनिकीकरणको नाममा मेयर कृषि, उपमेयर कृषि, मुख्यमन्त्री कृषि कार्यक्रमजस्ता नामलाई हटाउँदै प्रदेश कृषि आयोजना, पालिका कृषि आयोजना जस्ता नामाकरण गर्न आग्रह समेत गर्नुभयो ।
हरेक क्षेत्रमा हामीले विकास गर्दै आएकोमा जोड दिनुहुदै उहाँले कृषि, उद्योगको क्षेत्रमा आधुनिकीकरण गर्दै जाने विश्वास समेत दिलाउनुभयो । उहाँले पैसाले मात्रै विकास नभई सोचले विकास हुने भएकोले सोच, वुद्धि लगाएर विकास गर्न सरोकारबाला निकायलाई निर्देशन समेत दिनुभयो ।
केही दिन अगाडी महोत्तरीमा सुख्खाग्रस्त अवस्थाबारे बुझन आएको वताउनुहुदै अहिले गरा गरामा पानी पुगेको अवस्था र रोपाईको अवस्था देखेर खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुख्खाग्रस्त हुन नदिन पहिला नै हामीले सुनकोशीको पानी टनेल मार्फत मरिनमा झार्ने र त्यहाँको पानी बागमतीमा झारेर एक करोड ५० बिग्हा क्षेत्रफलमा सिंचाई पुरयाउने काम भइरहेको छ ।”
अहिले तत्कालका लागि डिप बोरिँगबाट समस्या समाधान गर्ने प्रयास भइरहेको छ भने पुरानो नचलिरहेको डिप बोरिँगलाई मरम्मत सम्भार गरि संचालन ल्याउन समेत आफुले निर्देशन गरिसकेको बताउनुहुदै मधेशलाई सुख्खाग्रस्तबाट बचाउन सरकार लागेको बताउनुभयो ।
अहिले सबै तिर राम्रा सम्बन्ध हुदैछ, छिमेकीसँग पनि राम्रो सम्बन्ध हुदै गएको वताउनुहुदै उहाँले १४ गते भारत भ्रमणमा जान लागेको जानकारी गराउनुभयो । उहाँले अराजकतावादीहरु जति कराए पनि देश जनताको पक्षमा आफुहरु रहेको बताउनुभयो ।
विकासको कुरा शान्ति सुरक्षा, शिक्षा, सुशासन र विकास सबै तिर हाम्रो ध्यान गएकोमा जोड दिनुहुदै प्रधानमन्त्री ओलीले एकदमै आत्मविश्वासका साथ शान्ति सुरक्षाको अवस्था राम्रो हुदै गएको छ र राम्रो हुदैछ दावी गर्नुभयो ।
उहाँले ७७ जिल्लाको सदरमुकामसँग मात्रै नभई भारतसँग समेत जोडिने सडकहरु समेत पुगेको बताउनुहुदै मधेशमा साँधुरो रुपमा रहेको पूर्वपश्चिम राजमार्गलाई समेत हामीले स्तरोन्नती गरि एशियन स्टाइलमा बनाउन लागेको बताउनुभयो ।
पूर्वपश्चिम हुलाकी राजमार्ग निर्माण कार्य अगाडी बढाउँदै निर्माण कार्य सम्पन्न हुने स्थितीमा रहेको बताउनुहुदै केही ठाउँमा वाधा अवरोध र पुलको कारणले मात्रै हुलाकी राजमार्ग पुर्ण हुन अवरोध रहेको बताउनुहुदै हरेक पालिकासँग सदरमुकाम जोडने सडकलाई कालोपत्रे गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वडा वडामा बाटो पुरयाएका छौं, पुरयाउँदै छौं, सदरमुकाम जोडने सडकहरु कालोपत्रे गरेका छौं ।”
सो कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवलगायतकाले आफनो मन्तव्य राख्नुभएको थियो ।
विश्व बैंकको अनुदान ऋणमा सञ्चालन हुने उक्त सडक निर्माणको कुल लागत १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँ (भ्याटसहित) छ । ८.३८४ किलोमिटर लम्बाइको यो सडक रघुनाथपुरको हुलाकी राजमार्गबाट सोनमा–तरहारी हुँदै सुन्दरपुरसम्म पुग्नेछ ।
सो सडकको औसत चौडाइ ८.५० देखि १०.५० मिटर रहेको छ भने गाडी चल्ने भाग ५.५ मिटर चौडा कालोपत्र हुनेछ भने दुवैतर्फ १.५ मिटर सोल्जर राखिनेछ । सडकसँगै बस्ती क्षेत्रमा १७६० मिटर लम्बाइको ढल र कल्भर्ट निर्माणको योजना रहेको जनाइएको छ ।
.jpeg)


.jpeg)
ليست هناك تعليقات:
إرسال تعليق