कैदीहरू दोहोरो दुःख खेप्न बाध्य jaleshwor

कैदीहरू दोहोरो दुःख खेप्न बाध्य
कमलेश मण्डल–महोत्तरी ६ जेठ/परिबन्धमा परेर जेल जीवन बिताउनु परेको पीडा भोगिरहेका जलेश्वर कारागारका कैदीहरू वर्षा र हुरीबतासका कारण दोहोरो दुःख भोग्न बाध्य भएका छन् । वर्षासँगै आएको हावाहुरीका कारण महिला र पुरूष बन्दी तर्फको छतको कर्कट पत्ता (टिनको छाना) उडाएपछि खुलाआकाश मुनि बस्न बाध्य भएपछि कैदीहरू थप संकटमा परी दोहोरो दुःख भोग्न बाध्य भएका छन् । महिला बन्दी तर्फ दोस्रो तल्ला र पुरूष तर्फको तेस्रो तल्लाको टिनको छाना हावाहुरीले उडाएपछि विगत दुई साता देखि खुला आकाश मुनि सुत्न, बस्न, खाना पकाउन उनीहरू बाध्य भएको जेल प्रशासनले जनाएको छ । कर्कट पत्ता उडाउनाले दिन भरी तातो घाममा र रातको चीसोका कारण कैदीहरू विरामी पर्न थालेका छन् । कैदीहरू पालो पालो गरेर खाना बनाउन गरेका छन् । छानो उडाएपछि चर्काे घामका कारण बसिन नसक्नु भएको ज्यानमार्ने मुद्दा अन्तर्गत मुद्दा खेपीरहेका धनुषा रजौलका सुरेन्द्र मुखियाले गुनासो पोखे । सरकारले र जेल प्रशासनले ध्यान नदिँदा छाना छाएको छैन दुखेसो पोखदै अर्को कैदी ललन महतो भन्छन कैदीहरूलाई जहाँ पनि हेला भएको छ । छाना मर्मत तत्काल जेल प्रशासनले गर्नु पर्ने उनले भने । विगत दुई साता देखि पटक पटक आउने हावाहुरी सँगै वर्षाकाकारण कैदीहरूको ओढ्ने ओछयाउने लुगा पनि भिजेको उनीहरू बताउ“छन् । मर्मत अभावमा जीर्ण भवनको छतको छाना पनि उडाएका कारण वर्षा भएपछि पुरूष र महिला बन्दी गृहमा ओत लाग्न ठाउँ समेत छैन । ओढने ओछयाउने समेत भिजने गरेको घाम, चिसो र अनिदोले प्रायः कैदीहरू विरामी समेत पर्न थालेका छन् । कानुन र प्रकृतिको दोहोरो पीडामा परेका हाम्रो उद्धारका लागि सरकार कहाँ छ र ? कैदीहरू प्रश्न गर्छन् । हावाहुरी पानी आएपछि उडाउन लागेको छाप्रो स्याहार्नु कि नानीहरू स्याहार्नु दुबै समस्या यहाँका महिला बन्दीहरूको रहेको कुरा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका राजविराजकी सरोजी सिंह भन्छन् । कैदी भएकै कारण न्यूनतम आवश्यकता तर्फ समेत कारागार प्रशासनले ध्यान नदिएकाले त्यस्तो आवश्यकता आएको हो उनी भन्छन् ।आफ्नो छाना र भ्mयालको हविगत बताउँदै अर्का महिला बन्दी उषा झा भन्छन् छाना भ्mयाल मर्मत गर्न तत्काल जलेश्वर प्रशासनसँग माग गर्नु भयो । राणा कालमै बनेको नेपालकै पुरानो मध्ये जलेश्वर कारागार भित्र जम्मा ३ सय ४२ जना बन्दी रहेको मा २८ महिला र आश्रित ९ जना बालबालिका रहेको छ । १ सय ३५ कैदी क्षमता राख्ने प्राचिन जेल जीर्णशीर्ण अवस्थामा रहेको र जुनसुकै बेला भत्कने संभावना समेत रहेको छ । अभिभावकका कारण जेल जीवन विताउँदै आएका ९ बालबालिका पढनबाट समेत बन्चित भएका छन् । कर्कट पत्ता छाउन तथा जेल मर्मत सम्भारका लागि कारागार व्यवस्था विभाग केन्द्रीय कार्यालयमा पटकपटक बजेट माग गर्दा पनि कुनै सुनवाई हुन नभएको जलेश्वर कारागारका जेलर डा.सोमेन्द्र ठाकुर भन्छन् । यस तर्फ सवैको ध्यान र सहयोग हुनु पर्ने तर्क राख्नु भयो ।