महोत्तरीको कुष्ठ रोगी बढे
साठी औं विश्व कुष्ठ रोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय महोत्तरी तथा लालगढ ल्याप्रोसी असपतालले आइतबार जलेश्वरमा आयोजित कार्यक्रममा तराइमा कुष्ठ रोगीको संख्यमा बृद्धि भएको जनाएकेा हो ।
नेपाललाई २०६६ सालमा कुष्ठ रोग निवारण मुलुक घोषण गरिएको थियो । यसअनुसार प्रति १० हजारमा एक जनाभन्दा पनि कम कुष्ट रोगी पाईनु पर्ने हो । तर पछिल्लो तथ्याङअनुसार महोत्तरीमा २ दशमलव ५ जना यस रोगबाट प्रभवित पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयस्थित क्षय कुष्ठ फाँटका स्वासथ्यकर्मी उमेश यादव तथा रामबाबु यादवका अनुसार महोत्तरीका धिरापुर, रतौली, सिसवाकटैया ,अन्कारलगायत ११ गाविस यसबाट वढी प्रभावित छन् । यीमध्ये उत्तरवर्ती निगौल गाविसमा मात्रै ७ दशमलव १ जना यो रोगले पीडित छन् ।
अहिले जिल्ला स्वास्थ्य कार्यालयबाट १ सय ६५ जनाले कुष्ट रोगको निशुल्क औषधी सेवन गरी रहेका छन् । जस्मध्ये सर्ने खाले कुष्ट रोगीको संख्या ८७ रहेको छ ।
साठीऔ विश्व कुष्ट रोग दिवसको अवसरमा 'भेदभावको अन्त्य र प्रभावितको पुर्नस्थापना.कुष्ठरोग मुक्त समाज हामी सवैको चाहना' भन्ने नारासहित जलेश्वरमा चेतनामूलक र्यालिको आयोजना गरिएको थियो ।