الاثنين، 28 يناير 2013

रेडियो बन्द गर्दे आन्दोलनमा mahottari

रेडियो बन्द गर्दे आन्दोलनमा

महोत्तरी समाचारदाता

जलेश्वर, माघ ११ गते । सहकर्मीलाई कुटपिट र तलव नदिएको विरोधमा महोत्तरी जिल्लाको जलेश्वरमा रहेको सामुदायिक रेडियो मिर्चि ८९.६ मेगाहर्जका सबैजना आन्दोलनमा उत्रेका छन् ।

सहकर्मी रबिकुमार झालाई रेडियोका मालिक गीता मिश्रले कुटपिट गरेको र काम गर्ने कर्मचारीहरुलाई तलव नदिएको भन्दै बिहीबारदेखि कामकाज बन्द गरिएको जनाइएको छ ।

रेडियोका स्टेशन म्यानेजर नविनकुमार नवलले तलव माँग गर्न जाँदा सहकर्मीलाई कुटिएको विरोधमा कामकाज ठप्प पारिएको बताउनुभयो । उहाँले कसैको तिन महिनाको त कसैको दुई महिनासम्मको तलव बाँकी रहेपनि माँग्न जाँदा गाली गलौच गर्ने गरेको बताउनुहुदै ‘सहेर  बसेका थियौं, तर एक्कासी नाँनाभातीका आरोप लगाउँदै सहकर्मीलाई कुटेपछि यस्तो गरिएको गुनासो गर्नुभयो ’ ।

सोही एफएममा कार्यरत आरजे दिलिप साह गोरेबाबाले मिहिनेत गरेर काम गर्ने सहकर्मीहरुलाई नै दुःख दिन थालेपछि अब काम नगर्ने निर्णयमा पुगेको बताउदै सबै सहकर्मी बसेर कामकाज नगर्ने निर्णय गरेको बताउनुभयो । उहाँँले समस्या समाधानको लागि अब छिट्टै पत्रकार महासंघ लगायतमा सम्पर्क गर्ने बताउनुभयो ।

यता एफएमकर्मी माथि शोषण भएको थाहापाएपछि बुझन गएका महासंघ महोत्तरी शाखाका केही पत्रकारहरुलाई पनि रेडियो संचालकहरुले गालीगलौच गरेको जनाइएको छ । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका पार्षद राकेश प्रसाद चौधरीले जानकारी पाएपछि आफु सहितका केही साथीहरु बुझन जाँदा आफुहरु माथि नै गालीगलौच र अभद्र व्यवहार गरिएको बताउनुभयो ।

सामुदायिक रेडियो मिर्चिका प्रस्तोता, समाचारदाता, संयोजकहरुले सातदिन भित्र बाँकी रहेको वक्यौता नदिइए थप आन्दोलन गर्ने निर्णय समेत गरेको छ । सो रेडियोमा कार्यरत स्टेशन म्यानेजर नविनकुमार नवलको ३० हजार, दिलिपकुमार साहको १५ हजार, राजेश चौधरीको २४ हजार, रविकुमार झाको १६ हजार, नविन चौधरीको २० हजार, हैदर अलीको २८ हजार, समाचारसंयोजक महेश दासको १८ हजार रुपैया बक्यौता बाँकी रहेको म्यानेजर नवलले जानकारी दिनुभयो ।

यस सम्बन्धमा रेडियोका संचालिका गीता मिश्रसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

ليست هناك تعليقات:

إرسال تعليق