फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यले गरे पार्टी परित्याग

फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यले गरे पार्टी परित्याग
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक ७ गते । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष दिपुकुमार साह लगायतका सयभन्दा बढी सदस्यहरु सदभावना पार्टीमा प्रवेश गर्नुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आयोजित एक कार्यक्रममा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सदस्यता कार्ड तथा फुलमाला र अबिर लगाई उहाँलाई स्वागत गर्नुभएको थियो ।मधेश आन्दोलनको क्रममा फोरम लोकतान्त्रिक पार्टीले मधेशको लागि कुनै महत्वपूर्ण कार्य नगर्नुको साथै मधेशको माँगलाई सम्बोधनको लागि पहल समेत नगरेको आरोप लगाउनुहुदै पार्टी परित्याग गरेको कार्यक्रममा उहाँले जानकारी दिनुभयो ।
उहाँले मधेश मुद्दाको विषयमा पुरानो पार्टी तथा मधेशका मुद्दा सम्बोधनको लागि लडने एकमात्र पार्टी सदभावना पार्टी र यसका अध्यक्ष महतो रहेकोले आफुले सदभावनामा प्रवेश गरेको वताउनुभयो ।
सदभावना पार्टीले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेटधाट तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष महतोले अझै पनि मधेशको माँग सम्बोधन नभएको वताउनुहुदै कार्यकर्ताहरुलाई सचेत रहन आग्रह गर्नुभयो ।
जिल्ला अध्यक्ष रामबाबु साहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व संचार राज्यमन्त्री सुरिता साहसहितका उपस्थिती रहेको थियो ।