सदभावनाको बर्गिय मञ्चको संयुक्त अधिवेशन सम्पनन
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक ९ गते । सदभावना पार्टी महोत्तरी क्षेत्र नं. ३ को बर्गिय संगठनहरुको मंगलबार पिगौना गाविसको लोचनामा संयुक्त क्षेत्रिय अधिवेशन सम्पन्न भएको छ ।
सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष विजय ठाकुरको अध्यक्षतामा सम्पन्न भएको क्षेत्रिय अधिवेशनमा पार्टीका सहमहासचिव देवेन्द्र यादव, पूर्व संचार राज्यमन्त्री सुरिता साह प्रमुख अतिथी रहनुभएको थियो ।
कार्यक्रममा पार्टीसंग आवद्ध युवा मञ्च, किसान मञ्च, महिला मञ्च, मुस्लिम उत्थान मञ्च, दलित उत्थान मञ्चलगायतका बर्गीय संगठनहरुको संयुक्त क्षेत्रिय अधिवेशन गरिएको सदभावना पार्टीका युवा नेता सुदिपकुमार झाले जानकारी दिनुभयो ।सो क्षेत्रिय अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य एवम् क्षेत्र नं. ३ का संगठन प्रभारी विनोदकुमार चौधरी, पार्टी जिल्ला अध्यक्ष रामबाबुप्रसाद साह, शिक्षक मञ्चका महासचिव लालबाबु यादव र नवप्रवेशी नेता दिपुकुमार साहको उपस्थिती रहेको थियो ।