http://www.gorkhapatraonline.com/news/32238
महोत्तरी समाचारदाता जलेश्वर, कात्तिक २५ गते । भारतीय रुपैया साट्नको लागि अहिले सिमावर्ती गाउँहरुमा भारतीय व्यापारीहरुको चहलपहल शुरु भएको छ ।
भारतीय व्यापारीहरु एक सय भारतीय रुपैया (भारु) को नेपाली रुपैया (नेरु) १ सय ६० दिई साट्न थालेका छन् । सिमावर्ती गाउँघरका सर्वसाधारणहरु पनि आफुसंग भएको पाँच सय र हजारको नोट सस्तोदरमै साट्न थालेका छन् ।
जलेश्वर नगरपालिका वडानं. १५ सुगाका कृष्णचन्द्र झाले भारत सरकारले एक्कासी पाँच सय र हजार रुपैयाको कारोबारमा प्रतिबन्ध लगाएपछि आफुले सस्तोदरमै भएपनि रुपैया साटेको बताउनुभयो । भारतीय व्यापारी घरमै आएर साटिदिने भनेपछि आफुसंग भएको केही रुपैया साटेको बताउनुभयो । उहाँले दुखेसो पोख्दै भन्नुभयो, ‘आफुले एक सय भारु लिन एक सय सत्तरी रुपैया खर्चेपनि अहिले घाटा सहँदै साटनु परेको छ ।’
भारत सरकारले मंगलबार भारतीय ५ सय र हजारको नोट कारोबारमा प्रतिबन्ध गरेपछि सिमावर्ती नेपाली क्षेत्रका स्थानीयहरु पैसा कसरी साट्ने भन्ने कुराले चिन्तित बनेका थिए । जिल्लाका अधिकाँश सर्वसाधारणहरु खाद्यान्नदेखि लत्ताकपडा लगायत अत्यावश्यक सामग्री खरिद गर्न भारतीय बजारको भर पर्ने गरेको कारण केही रुपैयाहरु जोहो गरेर राख्दै आएका छन् । तर, एक्कासी भारतीय भारतीय ५ सय र हजारको नोट नचल्ने भएपछि सिमावर्ती अधिंकाश ठाउँका सर्वसाधारणमा खल्लवल्ली मचिएको वताउनुहुदै जलेश्वर उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष कृपाशंकर साहले भन्नुभयो, सर्वसाधारणहरु पैसा नचल्ने हो कि भन्ने त्रासले सस्तोमै पैसा साटन थालेका छन् ।
भारतीय पैसा साट्नको लागि भारतीय बैंक वा हुलाक कार्यालयमा खाता हुनुपर्ने वा कुनै आधार कार्ड हुनुपर्ने भएपनि सिमावर्ती नेपालीसँग त्यस्तो कुनै आधार नभएकोले उनीहरुले सस्तोमै भारु पैसा साट्न थालेको युवा महेशकुमार दासले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘भारतीय व्यापारीहरु घर घर गएर पैसा साट्न थालेपछि सर्वसाधारणहरु डराउँदै सस्तोमै भएपनि पैसा साटिरहेका छन् ।’
नेपालमा भारतीय पाँच सय र हजारको नोट साटने कुनै व्यवस्था नै नभएकोले पनि सर्वसाधारणहरु यसरी सस्तोमा पैसा साट्ने गरेको वताउनुहुदै युवा दासले भन्नुभयो, ‘पाँचरुपैंया सैकडामा वट्टा तिरेर भजाएको पाँच सयको नोट कामै नलाग्ने भएपछि हामी समस्यामा परेका छौं । ’
वाणिज्य वैंक जलेश्वर शाखामा पनि अहिले भारतीय पाँच सय र हजारको नोट साटने वारे कुनै व्यवस्था नहुँदा सर्वसाधारणहरुलाई समस्या भएको हो ।
महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ताले भारत सरकारको उक्त निर्णयबाट नेपाली बजारको व्यापार व्यवसाय प्रभावित भएको बताउनुहुदै नेपाली सिमावर्ती बजारका सर्वसाधारणलाई भारतीय पाँच सय र हजारको नोट नचल्ने कारणले सास्ती खेप्नु परिरहेको वताउनुभयो । उहाँले भन्नुभयो,‘ सरकारले चाँडै नै सर्वसाधारणहरुको साथमा रहेको पाँच सय र हजारको नोट साटने व्यवस्था गर्नुपर्ने माँग गर्नुभयो ।
महोत्तरीसंग भारतको मधुवनी र सीतामढी जिल्लाको ४० किलोमीटर सीमा जोडिएको छ ।
सर्वसाधारणहरु सस्तो दरमै भारु साट्न थाले