कारागारमा कैदीबन्दी बिच झडप ८ जना घाइते
महोत्तरी समाचारदाता
जलेश्वर, मङसिर १२ गते । जिल्ला कारागार महोत्तरीमा कैदीबन्दीहरुबीच झडप हुँदा ८ जना घाइते भएका छन् भने दर्जनभन्दा बढीलाई सामान्य चोटपटक लागेको छ ।
महोत्तरी र धनुषा जिल्लाको लागि रहेको एक मात्र कारागार जलेश्वरमा बिहान ११ बजेतिर तारी साहलाई सन्तोष पण्डितले धाराको हैण्डलले टाउकोमा प्रहार गरेपछि झडप शुरु भएको थियो ।
झडपमा परि तारि साह, सन्तोष पण्डित, महमद अलि इयाकत, संजय बम्जन, दिनेश भुजेल, रमेशकुमार दास, श्यामदेव पासमान र सुरेन्द्रप्रसाद सिंह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
उहाँले कारागारका भाइनाइके तारि साहलाई सन्तोष पण्डितले धाराको हैण्डलले टाउकोमा प्रहार गरेपछि दुवै समूहबीच झडप भएको वताउनुहुदै हामीले अहिले स्थितीलाई नियन्त्रणमा लिइसकेको बताउनुभयो । उहाँले सामान्य घाइते अरु पनि भएको वताउनुहुदै स्थितीलाई नियन्त्रणमा लिन आफुलाई पनि चोट लागेको सञ्चारकर्मीहरुलाई कारागार परिसरमै जानकारी गराउनुभयो ।
घाइतेहरुलाई उपचारको लागि जलेश्वरस्थित शान्ति कम्युनिटि अस्पताल लगिएको छ ।
यद्यपी संचारकर्मीहरु रहेको वखत पनि भित्रबाट होहल्ला भने भइरहेको थियो । कारागार परिसरमै रुदै भेटन्भएकी सिंग्याहीकी सैरुल खातुनले कर्तव्य ज्यानमुद्दामा सजाय भोगीरहेका छोरा नसिम अंसारीसंग कुराकानी गरिरहेको वखत एक्कासी पछाडीबाट कसैले छोराको टाउकोमा प्रहार गरेको र छोरा रक्ताम्य भइ खसेको वताउनुभयो । यद्यपी प्रहरीले भने घाइतेको सुचीमा उसको नाम भने नराखेको देखिएको उनले वताइन ।
जिल्ला कारागारको सुरक्षा व्यवस्था भने नेपाली सेना र जनपद प्रहरीले गदै आएको छ । झडपको बेलामा नेपाल प्रहरी र नेपाली सेनाको वाक्लो उपस्थिती थियो ।