स्वास्थ्य शिविरमा महिलाहरुको भिड
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २६ गते ।
बाढीबाट महोत्तरी जिल्लाका अत्यन्त प्रभावित लोहारप«ट्टीमा महिलाहरुका लागि प्रजनन स्वास्थ्य सिविर सञ्चालन भएको छ । संयुक्त राष्ट्र संघ जनसंख्या कोषको सहयोगमा एड्रा नेपाल र जिल्ला स्वास्थ्य कार्यालयले सिविर सञ्चालन गरेको हो । बाढीबाट प्रभावित महिलाहरुसंग प्रजजन स्वास्थ्यसंग सम्बन्धित समस्याहरु देखिएपछि सिविर सञ्चालन गरेको हो । खास गरी प्रजनन स्वास्थ्यसंग सम्बन्धित समस्या लुकाइने भएकोले गर्भवती महिला तथा सुत्केरी आमाहरुको स्वास्थ्यका लागि जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको र्यापिड रेस्पोन्स टिम (आर.आर.टि.) का फोकल पर्सन सन्तोष ठाकुरले सिविर सञ्चालन गर्नुपरेको जानकारी दिनुभयो ।
त्यसैगरी जिल्ला दैवी प्रकोप उुद्धार समिति महोत्तरीका फोकल पर्सन तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हेम कार्किले स्वास्थ्यसंग सम्बन्धित कार्यक्रमहरु बाहेक राहत बाडने कार्य चुनावी अवधीभर संचालन भैरहने जनाउनु भएको छ । बाढीको विपदबाट प्रभावित प्रजनन उमेरका किशोरी, गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्य जाचका साथै निशुल्क औषधी वितरण गरिएको थियो । मेडीकल अधिकृत सहितको १२ जनाको टिमले १२८ गर्भवती तथा सुत्केरी महिलाहरुले पहिलो दिनमै आधुनिक उपकरणबाट अल्टा«साउण्डको निशुल्क जाच गर्नुका साथै स्वास्थ्य जाचको सेवा दिएको थियो ।
विपद प्रतिकार्यमा सहयोग गरिरहेका स्थानीय स्वयमसेवक, गैरसरकारी संस्था र महिला स्वयमसेविकाहरका अनुसार प्रजनन स्वास्थ्यसंग सम्बन्धित धेरै समस्याहरु हाल आएर देखिन शुरु भएको जानकारी दिनुभएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डां नागेन्द्र प्रसाद यादवले जिल्ला दैवी प्रकोप उद्घार समितिको समन्वयमा युएनएफपिएसंग सहकार्य गरी गर्भवती तथा सुत्केरी महिलाका लागि सिविर संचालन भएको जानकारी गराउनुभयो । लोहारपट्टीमा संचालीत सिविरमा निशुल्क औषधीका साथै स्वस्थ डेलीभरी किट पनि गर्भवती महिलाहरुका लागि उपलब्ध गराइएको कुरा संयुक्त राष्ट्र संघ जनसंख्या कोषका प्रतिनिधि केदार राना मगरले बताउनुभयो । त्यसैगरी २ दिनसम्म चल्ने यस किसिमको सिविर बाढीबाट प्रभावित जिल्लाका बलवा, बदिया बन्चौरी, बथनाहा, लोहारपट्टी र भंगाहामा संचालन हुने जानकारी समेत जिल्ला स्वास्थ्य कार्यालय महोतरी जानकारी गराएको छ ।