नेपाली काँग्रेसले महोत्तरीमा खाता खोले, दलित महिला सदस्य निर्विरोध

नेपाली काँग्रेसले महोत्तरीमा खाता खोले, दलित महिला सदस्य निर्विरोध
महोत्तरी
भदौ २७ गते । महोत्तरी जिल्लाको सिस्वामनरा नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । नेपाली काँग्रेसबाट मनरा सिस्वा नगरपालिकाका वडानं. ८ मा दलितबाट उम्मेदवारी दिनुभएकी संजोगिया देवी निर्विरोध भएकी हुन् ।
मनरा सिस्वा नगरपालिकाका निर्वाचन अधिकृत यामबहादुर बाँनियाले मनरा सिस्वा नगरपालिकाको वडानं. ८ को दलित सदस्यमा एकजनाको मात्रै उम्मेदवारी परेको जानकारी दिनुभयो । निर्वाचनको गतिविधि चलिरहेकै कारणले अहिलेसम्म विजयी घोषणा गर्न नसकिएको जानकारी दिनुहुदै सबैजनालाई मतगणनापश्चात प्रमाणपत्र दिने बताउनुभयो ।
महोत्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले अहिले नै विजयी घोषणा गर्न नमिल्ने बताउनुभयो । उहाँले अहिले को को निर्विरोध भयो भन्न नसकिने जानकारी दिनुभयो ।
नेपाली काँग्रेस मनरा सिस्वा नगरपालिकाका प्रमुखका उम्मेदवार किशोरकुमार प्रितम तथा वडानं. ८ का नेकाका उम्मेदवार अब्दुल सकुर अंसारीले नेकाका सदस्यले खाता खोलेकोमा मतदाताहरुलाई धन्यवाद दिनुभयो ।
सो वडामा १ हजार ७ सय ५९ मतदाता रहेका छन् ।


पार्टी निर्णय विपरित उम्मेदवारी दिएकाहरुको सदस्यता खारेजीको सिफारिस

पार्टी निर्णय विपरित उम्मेदवारी दिएकाहरुको सदस्यता खारेजीको सिफारिस
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २५ गते । नेपाली काँग्रेस महोत्तरीले आधिकारीक उम्मेदवार विरुद्ध बागी भई तथा अन्य पार्टीमा गई उम्मेदवारी दर्ता गराएकाहरुको साधारण सदस्यता समेत नरहने गरी कारवाहीको लागि केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ ।
नेपाली काँग्रेस महोत्तरीको कार्यसमितिको बसेको बैठकले एकदर्जन त्यस्ता नेताहरुलाई साधारण सदस्य समेत नरहने गरी कारवाहीको लागि सिफारिस गरेको हो ।
नेपाली काँग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले पार्टीको निर्णय विपरित जाने जो सुकैलाई पनि कारवाहीको दायरा भित्र ल्याउने अभिप्रायले कारवाहीको लागि केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको जानकारी गराउनुभयो ।
यसरी कारवाहीमा पर्नेहरुमा औरही नगरपालिका वडानं. ३ का महाधिवेशन प्रतिनिधि महेन्द्रकुमार राय, मनरा नगरपालिका वडानं. ५ का महाधिवेशन प्रतिनिधि महेन्द्र यादव, लोहारपट्टी नगरपालिकाका रामसुराग यादव, गौशाला नगरपालिका वडानं. १२ का महेन्द्र महतो, पिपरा गाउँपालिका वडानं. १ बस्ने राहुल पाण्डे, अशोक पाण्डे तथा सोही गाउँपालिका वडान. २ बस्ने ब्रम्हदेव यादव तथा विरेन्द्र मिश्र रहेका छन् । 
त्यसैगरी मनरा गाउँपालिका वडानं. १० बस्ने महेश्वर मिश्र, जलेश्वर नगरपालिका वडानं. ६ बस्ने सुलेमान अंसारी, गौशाला नगरपालिका वडानं. ४ बस्ने सुरतन यादव तथा मनरा वडानं. १ का वडासभापति नागेन्द्र साह रहनुभएको छ ।
पार्टीले गरेको निर्णय विपरित उम्मेदवारी दिनु तथा अन्य पार्टीमा गएकोले कारवाहीको लागि सिफारिस गरिएको सभापति रायले जानकारी दिनुभयो ।
त्यसैगरी कार्यसमितिको बैठकले आर्थिक रुपले कमजोर परेका उम्मेदवारहरुलाई आर्थिक मद्दतका लागि केन्द्रीय कार्यालयसंग माँग गर्ने निर्णय गर्नुका साथसाथै जिल्ला सभापतिको संयोजकत्वमा सम्पूर्ण जिल्ला सदस्यहरु, सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरु तथा क्षेत्रिय सभापतिको संयोजकत्वमा सम्पूर्ण क्षेत्रका सदस्यहरु रहनेगरी प्रचारप्रसार समिति समेत बनाइएको सभापति रायले जानकारी दिनुभयो ।
उहाँले असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा काँग्रेसका सम्पूर्ण भातृसंगठनका पदाधिकारी र शुभेच्छुकहरुलाई रुख चिन्हमा मतदान गर्न समेत निर्देशन र आग्रह गर्नुभयो ।

स्वास्थ्य शिविरमा महिलाहरुको भिड

स्वास्थ्य शिविरमा महिलाहरुको भिड
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २६ गते ।
बाढीबाट महोत्तरी जिल्लाका अत्यन्त प्रभावित लोहारप«ट्टीमा महिलाहरुका लागि प्रजनन स्वास्थ्य सिविर सञ्चालन भएको छ । संयुक्त राष्ट्र संघ जनसंख्या कोषको सहयोगमा एड्रा नेपाल र जिल्ला स्वास्थ्य कार्यालयले सिविर सञ्चालन गरेको हो । बाढीबाट प्रभावित महिलाहरुसंग प्रजजन स्वास्थ्यसंग सम्बन्धित समस्याहरु देखिएपछि सिविर सञ्चालन गरेको हो । खास गरी प्रजनन स्वास्थ्यसंग सम्बन्धित समस्या लुकाइने भएकोले गर्भवती महिला तथा सुत्केरी आमाहरुको स्वास्थ्यका लागि जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको र्यापिड रेस्पोन्स टिम (आर.आर.टि.) का फोकल पर्सन सन्तोष ठाकुरले सिविर सञ्चालन गर्नुपरेको जानकारी दिनुभयो । 

त्यसैगरी जिल्ला दैवी प्रकोप उुद्धार समिति महोत्तरीका फोकल पर्सन तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हेम कार्किले स्वास्थ्यसंग सम्बन्धित कार्यक्रमहरु बाहेक राहत बाडने कार्य चुनावी अवधीभर संचालन भैरहने जनाउनु भएको छ । बाढीको विपदबाट प्रभावित प्रजनन उमेरका किशोरी, गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्य जाचका साथै निशुल्क औषधी वितरण गरिएको थियो । मेडीकल अधिकृत सहितको १२ जनाको टिमले १२८ गर्भवती तथा सुत्केरी महिलाहरुले पहिलो दिनमै आधुनिक उपकरणबाट अल्टा«साउण्डको निशुल्क जाच गर्नुका साथै  स्वास्थ्य जाचको सेवा दिएको थियो । 
विपद प्रतिकार्यमा सहयोग गरिरहेका स्थानीय स्वयमसेवक, गैरसरकारी संस्था र महिला स्वयमसेविकाहरका अनुसार प्रजनन स्वास्थ्यसंग सम्बन्धित धेरै समस्याहरु हाल आएर देखिन शुरु भएको जानकारी दिनुभएको थियो । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डां नागेन्द्र प्रसाद यादवले जिल्ला दैवी प्रकोप उद्घार समितिको समन्वयमा युएनएफपिएसंग सहकार्य गरी गर्भवती तथा सुत्केरी महिलाका लागि सिविर संचालन भएको जानकारी गराउनुभयो । लोहारपट्टीमा संचालीत सिविरमा निशुल्क औषधीका साथै स्वस्थ डेलीभरी किट पनि गर्भवती महिलाहरुका लागि उपलब्ध गराइएको कुरा संयुक्त राष्ट्र संघ जनसंख्या कोषका प्रतिनिधि केदार राना मगरले बताउनुभयो । त्यसैगरी २ दिनसम्म चल्ने यस किसिमको सिविर बाढीबाट प्रभावित जिल्लाका बलवा, बदिया बन्चौरी, बथनाहा, लोहारपट्टी र भंगाहामा संचालन हुने जानकारी समेत जिल्ला स्वास्थ्य कार्यालय महोतरी जानकारी गराएको छ । 

मधेशीको मुद्दा सम्बोधनमा एमाले बाधक ः लेखक

मधेशीको मुद्दा सम्बोधनमा एमाले बाधक ः लेखक


महोत्तरी 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रचार प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले एमाले मधेशी विरोधी रहेको बताउनुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा नेपाल प्रेस युनियनको आयोजनामा आयोजित पत्रकार भेटधाट तथा मिडिया सेन्टरको उदघाटन गर्नुहुदै पूर्व यातायात मन्त्री समेत रहनुभएका लेखकले सो बताउनुभएको हो ।
केन्द्रीय सदस्य लेखकले मधेश र मधेशी सहित जनजाति, मुस्लिम लगायतकाले चाहेको संविधान संशोधनको विपक्षमा उभिने एमालेकै कारणले संविधान संशोधन हुन नसकेको चर्चा गर्नुहुदै एमालेलाई मधेश र मधेशीले चिन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । शंकाको दृष्टिकोणले मात्रै हेर्ने र निर्वाचनको समयमा भोट लिन उपयोग गर्ने रणनीतिमा मात्रै एमाले रहेकोले एमालेलाई पाखा लगाउन उहाँले सबैलाई आब्हान समेत गर्नुभयो ।
एमालेप्रति कटाक्ष गर्नुहुदै लेखकले पहाडमा गएर एउटा र तराईमा गएर एउटा कुरा भन्ने गरी सामाजिक द्वन्द्व फैलाउन लागेकोले यस्तो चरित्र भएको राजनीतिकदलहरुबाट सचेत रहन समेत उहाँले आग्रह गर्नुभयो ।
केन्द्रीय सदस्य लेखकले मधेश र मधेशीको साझा एजेण्डा बोक्न ठुलो जनाधार भएको पार्टीको आवश्यकता भएको र त्यसमा नेपाली काँग्रेस सक्षम रहेको बताउनुहुदै मधेशबादी पार्टीहरुबाट यो सम्भव पनि नभएको दावी समेत गर्नुभयो । उहाँले हिजो माओवादीलाई राज्यको मूलाधारमा ल्याउन तथा निर्वाचनबाट टाढा रहेका पार्टीहरुलाई समेत निर्वाचनमा ल्याउन काँग्रेसले अहम भुमिका खेलेको बताउनुहुदै मधेशी जनताले मधेशको मुद्दा सम्बोधनको लागि काँग्रेसलाई बहुमत दिन आग्रह समेत गर्नुभयो ।
संविधान संशोधन र संविधान कार्यान्वयन दुईटा एजेण्डा अहिलेको समयमा काँग्रेससंग रहेको बताउनुहुदै लेखकले दुईवटै एजेण्डालाई पुरा गर्न काँग्रेस प्रतिवद्ध भएको धारणा समेत राख्नुभयो ।
बाढीको डुवानमा रहेको तराईक्षेत्रमा रहेको नदिहरुमा बाँध निर्माणको लागि हालै काँग्रेसका सभापति तथा प्रधानमन्त्रीले भारतसरकारसंग सहमति गरेको चर्चा गर्नुहुदै लेखकले यो क्षेत्रकै चिरप्रतिक्षित हुलाकी राजमार्ग बनाउन आफैले शिलान्यास गरेको चर्चा समेत गर्नुभयो । उहाँले काँग्रेस तराईको विकासमा सधै अग्रणी स्थानमा रहेर काम गरेको स्पष्ट गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रकुमार राय, मिडिया सेन्टरका अनुगमनकत्र्ता गोपाल झासहित जिल्ला कार्यसमितिका सदस्यहरु तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । 

जलेश्वरमा प्रमुख दल र राजपाबीच प्रतिष्ठाको लडाई

जलेश्वरमा प्रमुख दल र राजपाबीच प्रतिष्ठाको लडाई

महोत्तरी जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा परिचित भएको जलेश्वर नगरपालिकामा स्थानीय तहमा प्रमुख पदमा जित हासिल गर्नु प्रमुख दल र राजपा नेपालको लागि प्रतिष्ठाको विषय बनेको छ । प्रमुख दल नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्र र आन्दोलनरत्त राष्ट्रिय जनता पार्टी नेपाल असोज २ गते हुन गईरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रमुख पदमा जित्नका लागि प्रतिष्ठाको लडाई बनेकोले जस्तोसुकै परिस्थितिमा जित हासिल गर्ने दाउमा लागिपरेको हो । 
जलेश्वर नगरपालिकाको नेतृत्व आफ्नो हातमा पार्नका लागि प्रमुख दल लगायत राजपाका नेता तथा कार्यकर्ताहरु आ आफ्नो पार्टीलाई जिताउनका लागि मत समेत मागिरहेका छन् । काँग्रेसले जलेश्वर नगरसभापति समेत रहेका अशोक कुमार साहलाई मेयरको उम्मेदवार बनाएको छ । एमालेले महोत्तरीको क्षेत्र नं.३ बाट निर्वाचित सांसद रामदयाल मण्डलका भाई माधव मण्डललाई मेयरको उम्मेदवार बनाएको छ । यस्तै माओवादी केन्द्रले वृहत्तर जनकपुर विकास परिषदका निवर्तमान अध्यक्ष रामकुमार शर्माका दाजु कौशलेन्द्र शर्मालाई मेयरको उम्मेदवार बनाएको छ । यस्तै विगत २ वर्षदेखि आन्दोलनमा रहेका राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो संविधानसभामा तमलोपाबाट क्षेत्र नं.३ बाट संविधान सभाका सभासद रामशंकर मिश्र (शाहीजी) लाई मेयरको उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेसबाट अशोक कुमार साह

जलेश्वर नगरपालिकामा वि.सं. २०२४ सालमा जन्मेको अशोक कुमार साह व्यापारिक पृष्ठभुमि भएको परिवारबाट आवद्ध रहेको छ । शिक्षा योग्यतामा एस.एल.सी.सम्म मात्र अध्ययन गरेको साह सुरुदेखि नै समाजसेवाजस्तो कार्यमा लागेकोले अध्ययनलाई निरन्तरता दिन नसकेको बताउँछन् ।
वि.सं. २०४२ साल देखि नै राजनितीमा सकृय भई जलेश्वरको विकासको लागि लागिपरेको बताउँदै उनले २०३६ सालमा विपि कोइरालाले जलेश्वर रंगशालामा गरेको भाषणले प्रभावित भई सोहीसमयदेखि राजनीती तथा समाज सुधार कार्यमा लागेको जनाएको छ । उनी वि.सं. २०४६ भन्दा पहिले एक  पटक र पछि दुई पटक स्थानिय निकायको चुनावमा विजयी भई वडा अध्यक्षको जिम्मेवारी निभाईसकेको समेत जानकारी गराए । 

जलेश्वर नगरपालिकाको वर्तमानमा सडक, नाला, स्वास्थ्य, शिक्षा र रोजगारको अवस्था दिनप्रतिदिन खस्कदै गएको अवस्था छ । आफू मेयर पदमा जिती यहाँको अवस्था सुधार्न र नगरलाई समृद्धी तर्फ उन्मुख गराउन पार्टीले आफुलाई चुनेकोले असोज २ गते हुने चुनावमा भारी मतले जिती नगरको समस्याहरु समाधान गरि जलेश्वरलाई पर्यटकीय र रमणीयस्थलको रुपमा स्थापित गर्ने मेयरका उम्मेदवार अशोक साह बताउँछन । गत श्रावण २८ गते आएको भीषण बाढीले महोत्तरीमा क्षति पुन ः नहोस भनेर वाढीको दिर्घ समाधानको लागि समेत योजनावद्ध भई कार्यक्रम ल्याउने समेत बताए । 
जलेश्वरलाई चिनाउने जलेश्वरनाथ महादेव मन्दिरलाई पूर्णरुपले धार्मिक पर्यटकिय बनाउनको लागि प्रतिबद्धता व्यक्त गर्दै जलेश्वर नगरको विकास गर्न कहिले पछि नहटनने बताउदै भार्गवसर पोखरीलाई पिकनिक स्पोट बनाएर पर्यटकहरुको केन्द्र विन्दु बनाउने बताए ।

माओवादी केन्द्रबाट कौशलेन्द्र शर्मा 

वृहत्तर जनकपुर विकास परिषदका निवर्तमान अध्यक्ष रामकुमार शर्माका दाजु कौशलेन्द्र शर्मा माओवादी केन्दबाट मेयरको उम्मेदवारी दिएका हुन् । उच्च शिक्षा जनकपुर राराव क्याम्पसमा हासिल गर्ने क्रममै राजनितिमा सकृय भएको सुरुमै माओवादी केन्द्र र पछि नयाँशक्ति पार्टी र हाल फेरि माओवादी केन्द्रवाटै मेयरको प्रत्यासी भएका छन । 
उनी जलेश्वरको विकासको लागि आफु पाँच वटा एजेन्डा लिई अगाडी वढेको बताउदै जलेश्वरनाथ महादेव मन्दिरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउछन । उनी भार्गवससर पोखरीलाई समेत पिकनिक र घुम्ने स्पोटको रुपमा विकसित गर्न आफु प्रतिवद्ध रहेको बताउछन । 
जलेश्वरका सडक,स्वास्थ्य,शिक्षा लगायत क्षेत्रमा ठोस निति तथा कार्यक्रम ल्याई यहाको विकास गर्ने बताउदै जलेश्वरका जनताले अनुभव गर्न नसकेका विकास कस्तो हुन्छ भन्ने अनुभव गराउने र पाँच वर्ष भित्र पाँच एजेन्डाका साथ अगाडी वढने मेरो प्रतिबद्धता रहेको बताउँछन् ।  उनले अबको पाँच वर्षभित्र जलेश्वरलाई शिक्षा,स्वास्थ्य,रोजगारी,सडक र कृषीको अवस्थामा पूर्णरुपमा परिवर्तन ल्याउने समेत प्रतिबद्धता जनाएको छ ।

नेकपा एमालेबाट माधव मण्डल

एमालेबाट क्षेत्र नं. ३ का साँसद रामदयाल मण्डलका भाई माधव मण्डल नेकपा एमालेबाट मेयर पदमा उम्मेदवारी दिएका हुन् । माधव मण्डल साविक जलेश्वर नगरपालिका ८ का नगर सभापति हुन् । उनी २०५२ सालदेखि नै राजनीतिक पेशामा सक्रिय रुपमा लागिपरेको छ । उहाँ वि.संं. २०५४ सालमा जलेश्वर नगरपालिकाको वडा अध्यक्षमा समेत चुनिएको थियो । उनी नेकपा एमाले पार्टीको नगर अध्यक्षमा तीन पटक निर्वाचित भइसकेको छ । वर्तमानमा मण्डल नेकपा एमालेका जलेश्वर नगर अध्यक्ष हुन । नगर प्रमुखमा आफु चुनिए जलेश्वर नगरपालिकाको प्रत्येक घरमा शौचालय र खानेपानीको व्यवस्था गर्ने, वृद्धालाई सामाजिक सुरक्षा भत्तामा वृद्धि गरिदिने लगायत जलेश्वर नगरपालिकामा बाटोघाटोको अवस्था सबैभन्दा बढी जर्जर रहेकोले सो समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

राष्ट्रिय जनता पार्टी नेपालबाट रामशंकर मिश्र (शाहीजी)

विगत २ वर्षदेखि चलिरहेको मधेश आन्दोलनमा सक्रिय रहेका राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो संविधानसभामा तमलोपाबाट क्षेत्र नं.३ बाट संविधान सभाका सभासद रामशंकर मिश्र (शाहीजी) लाई मेयर पदमा  उम्मेदवारी दिएका हुन् । किशान परिवारमा हुर्केका मिश्र पेशाले सिभिल ईन्जिनियर हुन् । जनकपुर मै उच्च शिक्षाको लागि छदा राजनितिले छोएको र सिभिल ईन्जिनियरिंगको क्रममा भारतको ओडिसामा हुदा समेत राजनितिमा सकृयता जनाईसकेको उनी २०४६ साल तिर पुर्ण रुपमा राजनितिक छवि बनाईसकेका थिए । नेपाली काँग्रेसको तर्फबाट आन्दोलनमा सकृयता जनाएका उनी महन्थ ठाकुरले केहि वेर संगै राखेर मधेशको वारेमा गरेको व्याख्याले छोएको र तत्काल तत्कालिन तराई मधेश लोकातान्त्रिक पार्टीमा प्रवेश गरेको बताए । 
विगतमा नाकाबन्दी, सडक आन्दोलन लगायतमा सकृय भएकै कारण समेत मिश्र चर्चामा रहेका छन । उनीमाथी सशस्त्र प्रहरी असई थमन विकको हत्याको आरोप समेत लागेको र मुद्दा समेत आफुले खेपेको बताउँछन । जलेश्वरकै विकासको लागि अझै पुर्वाधार तयार नभईसकेको अवस्थामा स्मार्ट सिटी भन्दा पनि त्यही पुर्वाधार निर्माण मुख्य चुनौती भएको र आफुले सो चुनौती पुरा गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । जलेश्वरकै विकासको लागि योजनाबद्ध रुपमा काम गर्ने र विकासको ठोस आधार खडा गरि विकासलाई नै निरन्तरता दिने उनको सोच रहेको छ ।
आफु सिभिल ईन्जिनियर भएको र जलेश्वरकै स्थायी वासिन्दा भएकोले यहाँको प्रत्येक ठाउँहरुको अवस्था तथा त्यसलाई कसरी पूरा गर्ने सम्बन्धमा राम्ररी बुझेकोले अबको पाँच वर्षभित्र जलेश्वर नगरको विकासलाई शुन्यदेखि नै शतप्रतिशतसम्म देखाउने समेत प्रतिबद्धता जनाए ।

काँग्रेसका उम्मेदवारहरुद्वारा घरदैलो अभियानलाई तिव्रता

काँग्रेसका उम्मेदवारहरुद्वारा घरदैलो अभियानलाई तिव्रता
महोत्तरी
असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि नेपाली काँग्रेस महोत्तरीका विभिन्न तहका उम्मेदवारहरु घरदैलौ अभियानलाई तिव्रता दिएका छन् ।
जलेश्वर नगरपालिकाका प्रमुख पदका उम्मेदवार अशोककुमार साह र उपप्रमुख अनितादेवी शर्मा, मटिहानी नगरपालिकाका प्रमुखका उम्मेदवार जयकुमार चौधरी र जुमैदा खातुनसहित सबै तहका उम्मेदवारहरु अहिले घरदैलो अभियानमा लागेको नेपाली काँग्रेसका जिल्ला सचिव शम्भु पाठकले जानकारी दिनुभयो ।
जलेश्वर नगरपालिकामा नेकाबाट प्रमुखका उम्मेदवार साह अहिले जलेश्वर नगरपालिकाको वडानं. ५ पर्सापतैलीमा व्यस्त रहनुभएको नेविसंघका निवेश मण्डलले जानकारी गराउनुभएको छ । घरदैलो अभियानमा उहाँसंगै नेकाका केन्द्रीय सदस्य तथा पूर्व साँसद रामचन्द्र तिवारीसहित कामेश्वर पाण्डेय, बजरंग नेपालीसहित दर्जनौ नेताहरु रहनुभएको छ ।

सो अवसरमा नेताहरुले मतदाताहरुलाई नेकाले हरेकक्षण नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको स्मरण गराउनुहुदै संविधान संशोधनमा पनि काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको जानकारी गराउनुभएको थियो ।
उहाँहरुले यसक्षेत्रको विकासमा नेका सधैं अग्रणी रहेको बताउनुहुदै नेकालाई बहुमतबाट जिताउन मतदाताहरुलाई आग्रह गर्नुभएको थियो ।
त्यसैगरी बर्दिबासमा पनि काँग्रेसका उम्मेदवार प्रहलाद क्षेत्री तथा उपप्रमुखका तारादेवी महतो घरदैलो अभियानलाई तिव्रता दिनुभएको छ ।