महोत्तरीको लोडसेटिंङ्ग आन्दोलन पानीको फोका सावित

महोत्तरीको लोडसेटिंङ्ग आन्दोलन पानीको फोका सावित

नागेन्द्रकुमार कर्ण्

अहिले महोत्तरी जिल्लाबासी लोडसेटिंङ्गको मार खप्न वाध्य छन्‍ । विद्युत चुहावटको नाउँमा केन्द्रले लोडसेटिंङ्ग गरेकोे हो । त्यो पनि दैनिक दश घण्टा । नेपालकै प्रमुख तथा विश्वसनीय पत्रिका गोरखापत्रमा सार्वजनिक सुचनाका साथ लोडसेटिंङ्गको तालिका प्रकाशन भएको थियो केही दिन पहिला । यो भन्दा अगाडी लोडसेटिंङ्गको नाम पत्रपत्रिका र समाचारहरुमा महोत्तरीबासीले सुन्ने गरेपनि प्रत्यक्ष्ा भने भोग्न नसक्दा यसबारे जानकार भने थिएनन्‍ भन्दा पनि हुन्छ । आफै पर्दा मात्रै अरुको दु:ख थाहा हुन्छ भन्ने भनार्इ महोत्तरीबासीमा पनि लागु भएको छ । पहिला लोडसेटिंङ्गको मार खप्न नसकेका महोत्तरीबासी अहिले दैनिक दश घण्टा लोडसेटिंङ्गमा बस्नुपर्दा उनीहरुको दैनिकी नै फेरिएको छ । एकातफ जेठ महिनाको असिनपसिन गनर्े गर्मी र त्यसमा पनि विजुली नहुँदाको मार लोडसेटिंङ्ग खेपेका र खेपिरहेका बाहेक कसैलार्इ थाहा हुने कुरै छैन्‍ । 'खेत खाय गदहा, मार खाए जोलहा' मैथिलीको कहावत भmै चुहावट रोक्न नसक्ने विद्युत प्राधिकरण्ा जलेश्वर शाखाले विनासित्तीमा जिल्लावासीलार्इ दुु:ख दिइरहेको छ । जिल्लावासीहरुले समेत संत्रmमण्ाकालिन अवस्थाको फाइदा राम्रैसंग उठाउन उद्यत छन्‍ । तर यसले आफैलार्इ घाटा हुने कुरा भने विसनर्ु पनि हुँदैन्‍ । कसैले यस तफ ध्यान दिएको पाइदैन्‍ । त्यस्तै लोडसेटिंङ्ग गरेर चुहावट रोकिन्छ भन्ने मनशायमा विद्युत प्राधिकरण्ा छ भने त्यो उसको मुर्खता बाहेक केही पनि होइन । यसले प्राधिकरण्ाको ग्राहक अर्थात उपभोत्तmाहरु विजुली नभएपछि मिटर लिनुको फाइदा नै छैन भन्दै अभm चोरी गर्न उद्यत हुन्छन्‍ भन्ने हेक्का राख्नु जरुरी छ । त्यसतै बिजुली नभएपछि यसको विकल्प खोज्न समेत समेत थाल्ने छ जसको असर पछि देखिने हुन्छ । जस्तो जिल्ला विकास समिति महोत्तरीले लोडसेटिंङ्गकै कारण्ा सोलार लगाएर काम चलाउन वाध्य छन्‍ । लोडसेटिंङ्ग व्ािरुद्ध केही दिन पहिला जलेश्वरका उद्योगी, व्यवसायी र पत्रकारहरुले आन्दोलन पनि चलाए तर त्यो आन्दोलन उपलब्धि विहिन हुन पुग्यो । त्यो आन्दोलन निरर्थक समेत सावित भएको भान भइरहेको छ । आन्दोलन मात्र 'हात्त िआयो हात्त िआयो पुmस्स' भएको छ । त्यो लोडसेटिंङ्ग विरुद्धको आन्दोलन पटक पटक संविधानसभाको म्याद बढाए भmैं भएको छ । तर त्यही आन्दोलनको भरमा जलेश्वर उद्योग वाण्ािज्य संघ र पत्रकारहरु गजक्क भइ बसेका छन्‍ । मलार्इ सम्भmना छ, म सानै हुँदा खेरी खास गरी बेलुका पख ४/५ जना साथीहरु नजिकैको पोखरीमा गर्इ ढुङ्गा लिएर एउटा खेल खेल्थ्यौं । त्यो के भने कसले पोखरीमा ढुङ्गा फालेर ठुलो पानीको फोका (बुलबुला) पार्न सक्छ भनेर । त्यो खेल हाम्रो निरर्थक हुन्थयो , मात्र दिन काटने साधन कि मनोरञ्जनको लागि । तर पनि हामी त्यसमा नै मख्ख पथ्र्यो । त्यसले केही फाइदा हुदैन्थ्यो, ढुङ्गा, माटो फालेपछि पानी बरु फोहर हुने गर्दथ्यो । तर पनि हामीलार्इ पोखरी फोहर भइरहेछ कि के भइरहेको छ हेक्का हुँदैन्थ्यो मात्र हामी खेलमा मस्त हुन्थ्यौं । त्यस्तै नै महोत्तरीमा लोडसेटिङ्ग विरुद्धको आन्दोलन भएको छ । कुनै पनि उपलब्धि बिनाको, सानैमा पानीको फोका बनाए सरी । बरु अहिले त आन्दोलनका कारण्ा गोरखापत्रको तालिका पनि जलेश्वर प्राधिकरण्ाले फेरेको जस्तो छ, न कुनै समय छ न कुनै जानकारी । आफ्नो मनको मर्जी चलिरहेको छ । मैथिलीमा भन्छ, 'हगु त बाट ने, सुतु त खाट ने' त्यस्तै छ अहिले जिल्लावासीलार्इ तर सम्बन्धित निकाय केही पनि गर्न सकिरहेको छैन्‍ । महोत्तरीमा भारतबाट विजुलीको लाइन सफ्लाइ भइरहेको छ । विद्युत कार्यालय जलेश्वरका प्राविधिकहरुका अनुसार ५ देखि ८ मेगावाट विजुली भारतले दिइरहेको छ तर महोत्तरीलार्इ कम्तिमा पनि १४ मेगावाट विजुली चाहिन्छ रे । त्यसमा पनि ६० देखि ७० प्रतिशत सम्म चुहावट हुने गरेको छ । तर नेपाल विद्युत प्राधिकरण्ाले त्यो चुहावट रोक्न पुरै असमर्थ देखिएको छ । केही महिनादेखि गाउँ गाउँमा सशस्त्र र जनपद प्रहरीको टोलीलार्इ लिएर चुहावट रोक्न चोरी गनर्े तार, मोटर, केही मान्छेलार्इ पत्रmाउ गरेर केही मात्रामा राज्ाश्व संकलन गनर्ु बाहेक केही गर्न सकेको छैन्‍ । एकातफ गाउँघरमा विजुली नै नदिर्इ न्युन्ातम मुल्य लिन विद्युत प्राधिकरण्ा अगाडी छ भने सदरमुकाममा समेत यस्तै स्थिती बनाएको छ । कार्यालय समयमा आउने टाढा टाढाका जिल्लाबासीहरु विजुली नभएका कारण्ा महँगोेमा फोटोकाँपी, फोटो खिचाउन वाध्य छन्‍ भने बिजुली नभएपछि मनिचेञ्चरमा समेत काम नहुँदा सेवाग्राहीहरु दोहोरो मारमा पनर्े गरेका छन्‍ । जलेश्वर उद्योग वाण्ािज्यसंघ लोडसेंटिङ्ग विरुद्धको आन्दोलन गरेर केही राहत भेटनेमा ढुक्क बनाए पनि आन्दोलन उपलब्धि विहिन बनेपछि अहिले उनीहरुमा आफै निराशा छाएको छ । जलेश्वर उद्योग वाण्ािज्य संघले एकलौटी रुपमा आन्दोलनलार्इ अगाडी बढाएको र आफ्नो स्वार्थसिद्ध भएपछि आन्दोलन रोकेको स्वयं नगरवासीको आरोप रहेको छ । त्यस्तै विजुली नभएपछि संचारक्ष्ोत्र समेत मर्कामा पनर्ु स्वभाविक भएपनि यसपालि महासंघले अलि बढी नै भावुक भर्इ आन्दोलनमा उत्रेको देखियो । विजुली नभएपछि समयमा समाचार नजानु, एफएम रेडियोहरु बन्द हुनु, साप्ताहिक पत्रिकाहरु समेत समयमा निस्कन नसक्नु समस्या भएकोले पत्रकार महासंघले आन्दोलन गरेको बुभिmन्छ । अर्थ न बर्थ चौरी गार्इ भmै महासंघको सो आन्दोलन बन्न पुगेको यर्थात अहिले सबै सामु छ । १० दिन सम्म कुनै ठोस कुरा गनर्े जनाएको जलेश्वर विद्युत प्राधिकरण्ाले सो भन्दा बढी समय भै सके पनि अहिले सम्म यस सम्बन्धमा सिन्का समेत भाँचेको देखिन्न्‍ । यसबाटै जलेश्वर उद्योग वाण्ािज्यसंघ र पत्रकार महासंघले गरेको आन्दोलनको सफलता देखाएको छ । आगामी दिनमा जलेश्वर उद्योग वाण्ािज्य संघ र महासंघले आन्दोलनको कुनै कार्यत्रmम थाल्दा हचुवाको भरमा नगरे वेश हुने देखिन्छ भने विद्युत प्राधिकरण्ाले समेत लोडसेटिंङ्ग नै गरेको छ भने पुन: टाइमटेबल तोक्नै पनर्े देखिन्छ ।