महोत्तरीमा दलित महिलामाथी जबरजस्ती करणीको प्रयास ।।

महोत्तरीमा दलित महिलामाथी जबरजस्ती करणीको प्रयास ।।

बिष्णुकुमार यादब,गौशाला महोत्तरी
साउन ३२ ष्ते ०७०

महोत्तरीमा दलित छात्रामाथी भएको जबरजस्ती करणी घटनाको हप्ता नबित्दै फेरी एक दलित महिलामाथी जबरजस्ती करणीको प्रयास भएको घटना बाहिर आएको छ । महोत्तरीको सुन्दरपर वडा नंम्बर ४ निबासी बोल्न नसकिने ३५ बर्षिय राम थरकी एक दलित महिलामाथी जबरजस्ती करणीको प्रयास भएको घटना बाहिर आएको हो । गएको १ हप्ता पहिले उक्त घटना भएपनी आफु कहा आज मात्र उजुरी आएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ  । खेतमा एक्लै घास ल्याउन गएकी उक्त महिला लाई स्थानिय ५० बर्षिय राम एकबाल राय यादबले जबरजस्ती करणी गर्न खोजेकोे घटना बाहर आएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । ऐता पिडित महिलाको स्वास्थ्य परिक्षण गरी घर पठाएको र फरार अभियुक्त यादबलाई खोजबिन भई रहेको प्रहरीले जानकारी दिनु भयो । केहिदिन पहिले कक्षा १० मा अध्यनरत राम थरकै एक छात्रालाई शिक्षकले जबरजस्ती करणी गरेको घटना बाहिर आएको थियो ।