भारतीय एसएसवीले नक्कली नोटको कारोवार गर्ने विरुद्ध कडाई गर्ने

अन्तरक्रिया कार्यक्रममा सहभागि सेनानायक मुन्ना सिंह लगायतका पदाधिकारी । तस्वीर ः महेशकुमार दास
भारतीय एसएसवीले नक्कली नोटको कारोवार गर्ने विरुद्ध कडाई गर्ने

महेशकुमार दास
महोत्तरी ,

भारतीय एसएसवीले नक्कली नेपाली र भारतीय नोटको कारोवारलाई नियन्त्रण गर्न सिमावर्ती इलाकामा कडाई गर्ने भएको छ ।
भिटामोड स्थित एसएसवी ५१ औं बटालियनमा आयोजित संचारकर्मीहरु संगको अन्तरक्रियामा भारतीय एसएसवीका (कमाण्डर) सेनानायक मुना सिंहले नेपाली नक्कली नोट र भारतीय नक्कली नोटको कारोवारले दुवै देश प्रभाव पार्ने भएकाले यसको रोकथामका लागि सिमावर्ती इलाकामा कडाई गरिने बताएको छ ।
‘ सिमावर्ती क्षेत्रमा नेपाली नक्कली नोट र भारतीय नक्कली नोटको कारोवारले दुवै देशमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । यसलाई भारतीय एसएसवीले गम्भिरताका साथ लिदैं नियन्त्रण कार्यलाई मुख्य प्राथमिकतामा राखेको छ । ’ सेनानायक सिंहले भने ‘ नक्कली नोटको कारोवार नियन्त्रण , मानव वेचविखिन , सिमा तस्करी र सिमामा हुने हतियार तस्करी र अपराधिक क्रियाक्लाप नियन्त्रण लगायतका पाँच वटा कार्यलाई प्राथमिकतामा राखि भारतीय एसएसवीले आफना गतिविधि संचालन गर्ने छ । ’
त्यस्तै नेपालमा अपराध गरि भारतमा लुक्ने र भारतमा अपराध गरि नेपालमा लुक्ने अपाराधिलाई पक्राउ गरिने , भारत अथवा नेपालमै ठुलो गिरोह संचालन गरि अपाराधिक गतिविधिलाई अंजाम दिने र चोरी , डकैती , लुटपाट जस्ता घटना गर्ने अपारधिलाई समेत पक्राउ गर्न भारतीय एसएसवीले आफना गतिविधि योजनावद्ध तवरले संचालन गर्ने सेनानायक सिंहले बताए ।
उनले अन्त्ररक्रियाकै क्रममा नोमेन्स लैण्डमा रहेको खालि जग्गामा खेती गर्ने किसानलाई समेत रोक लगाउन भिटामोड स्थित ५१ औं वटालियनलाई निर्देशन दिएका थिए ।
पहिलो चोटीका लागि नोमेन्स लैण्ड मिचेर खेती गर्ने जुन सुकै किसानलाई खेती गर्न रोक लगाउने र नमान्ने किसान विरुद्ध प्राथमिकि दर्ज गरेर कारवाही अगाडी बढाउनु पर्ने निर्देशन दिएका थिए । 
त्यस्तै महोत्तरी लगायत धनुषा र सर्लाहीबाट मान्छे अपहरण गरेर भारतीय क्षेत्रमा लुकाउने गरेको गुनासो बढी आउन थालेपछि सोको लागि समेत भारतीय एसएसवीलाई परिचालित गरिने उनले बताए ।
त्यस्तै सिमावर्ती बजारहरुमा लागु औषधको खुल्ला व्यापारले नेपाली युवाहरुमा विकृति ल्याएका कारण लागु औषधको रुपमा प्रयोग गरिने त्यस्ता औषधि वेचबिखिन गर्ने औषधी पसलमा समेत कडाई गरिने सेनानायक सिंहले बताए । उनले भने ‘ लागु औषधको रुपमा प्रयोग गरिने औषधीहरु विक्री वितरण गर्ने पसलमा निगरानी बढाईने छ र त्यस्ता औषधी विक्री वितरण नगर्न चेताउने र चेताए पनि नमान्ने औषधी पसलमा छामामारी गरि कारवाही प्रक्रिया अगाडी बढाईने छ ।
अन्तरक्रियामा १९६२ को इण्डो चाईना वार पछि १९६३ मा भारतीय एसएसवीको स्थापना भएको र १९ जुन २००१ देखि भारत नेपाल सिमामा भारतीय एसवी सुरक्षार्थ खटिएको सेनानायक सिंहले संचारकर्मीलाई बताएका थिए ।
त्यस्तै १२ मार्च २००४ देखि भारत भुटानमा भारतीय एसएसवी सुरक्षार्थ खटिएको उनले बताए ।
भिटामोडमा २३ मार्च २०१३ देखि सितामढी २ बटालियन अन्र्तगत एसएसवी ५१ औं वटालियन स्थापना भएको र गान्धी नगर स्थित पिलर नम्वर २९५÷१ देखि पिलर नम्वर ३३१ कनौली सम्म ६३.४ किलोमिटर सुरक्षार्थ खटिएको उनले बताए ।
अन्तरक्रियाको क्रममा भारतीय एसएसवीले नेपाली सर्वसाधारणलाई अनाहकमा दुःख दिने गरेको प्रश्नको जवाफ दिदैं सेनानायक सिंहले भारतीय एसएसवीका जवानले तस्करी रोकथामका लागि चेक जाँच गर्ने गरेको स्पष्ट पार्दै कुनै कसैले अनाहकमा दुःख दिन खोजेको खण्डमा आफुलाई लिखित उजुरी दिन आग्रह गर्दै त्यस्ता जवानलाई तत्काल कारवाही गरिने प्रतिवद्धत व्यक्त गरेका थिए ।