शेर और सियार



बहुत समय पहले की बात है हिमालय के जंगलों में एक बहुत ताकतवर शेर रहता था . एक दिन उसने बारासिंघे का शिकार किया और खाने के बाद अपनी गुफा को लौटने लगा. अभी उसने चलना शुरू ही किया था कि एक सियार उसके सामने दंडवत करता हुआ उसके गुणगान  करने लगा .
उसे देख शेर ने पूछा , ” अरे ! तुम ये क्या कर रहे हो ?”
हे जंगल के राजा, मैं आपका सेवक बन कर अपना जीवन धन्य करना चाहता हूँ, कृपया मुझे अपनी शरण में ले लीजिये और अपनी सेवा करने का अवसर प्रदान कीजिये .” , सियार बोला.
शेर जानता था कि सियार का असल मकसद उसके द्वारा छोड़ा गया शिकार खाना है पर उसने सोचा कि चलो इसके साथ रहने से मेरे क्या जाता है, नहीं कुछ तो छोटे-मोटे काम ही कर दिया करेगा. और उसने सियार को अपने साथ रहने की अनुमति दे दी.
उस दिन के बाद से जब भी शेर शिकार करता , सियार भी भर पेट भोजन करता. समय बीतता गया और रोज मांसाहार करने से सियार की ताकत भी बढ़ गयी , इसी घमंड में अब वह जंगल के बाकी जानवरों पर रौब भी झाड़ने लगा. और एक दिन तो उसने हद्द ही कर दी .
उसने शेर से कहा, ” आज तुम आराम करो , शिकार मैं करूँगा और तुम मेरा छोड़ा हुआ मांस खाओगे.”
शेर यह सुन बहुत क्रोधित हुआ, पर उसने अपने क्रोध पर काबू करते हुए सियार को सबक सिखाना चाहा.
शेर बोला ,” यह तो बड़ी अच्छी बात है, आज मुझे भैंसा खाने का मन है , तुम उसी का शिकार करो !”
सियार तुरंत भैंसों के झुण्ड की तरफ निकल पड़ा , और दौड़ते हुए एक बड़े से भैंसे पर झपटा, भैंसा सतर्क था उसने तुरंत अपनी सींघ घुमाई और सियार को दूर झटक दिया. सियार की कमर टूट गयी और वह किसी तरह घिसटते हुए शेर के पास वापस पहुंचा .
क्या हुआ ; भैंसा कहाँ है ? “, शेर बोला .
हुजूर , मुझे क्षमा कीजिये ,मैं बहक गया था और खुद को आपके बराबर समझने लगा था …”, सियार गिडगिडाते हुए बोला.
धूर्त , तेरे जैसे एहसानफरामोश का यही हस्र होता है, मैंने तेरे ऊपर दया कर के तुझे अपने साथ रखा और तू मेरे ऊपर ही धौंस जमाने लगा, ” और ऐसा कहते हुए शेर ने अपने एक ही प्रहार से सियार को ढेर कर दिया.
किसी के किये गए उपकार को भूल उसे ही नीचा दिखाने वाले लोगों का वही हस्र होता है जो इस कहानी में सियार का हुआ. हमें हमेशा अपनी वर्तमान योग्यताओं का सही आंकलन करना चाहिए और घमंड में आकर किसी तरह का मूर्खतापूर्ण कार्य नहीं करना चाहिए.

फोरम लोकतान्त्रिक गाउँ कमिटि पिपराका समितिद्वारा पार्टी परित्याग

महोत्तरी समाचारदाता
जलेश्वर, मङ्सिर १० गते । महोत्तरी जिल्लाको पिपरा गाउँ विकास समितिमा रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गाउँ कमिटिका पदाधिकारीहरुले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।
गाउँ कमिटिका अध्यक्ष अरुण ठाकुर सहितका पदाधिकारीहरुले बिहीबार एक विज्ञप्ति जारी गर्नुहुदै अहिलेको मधेश आन्दोलनको विषम परिस्थितीमा पद लोलुपता तथा आर्थिक लेनदेनमा पार्टी पंक्ति फसेर मधेश आन्दोलनको माँगलाई सम्बोधन नगरेको भन्दै पार्टी परित्याग गर्नुभएको उल्लेख गर्नुभएको छ ।
विज्ञप्ति जारी गर्नेहरुमा अध्यक्ष ठाकुरसहित वैद्यनाथ मिश्र, रामविनोद ठाकुर, वौका फकिर, कौशल ठाकुरलगायतका रहनुभएको छ ।
विज्ञप्तिमा पार्टी पंक्तिको कार्यलाई भत्सर्ना तथा आलोचना गरिनुका साथै मधेश मुक्तिको आन्दोलनमा लाग्ने उल्लेख गरिएको छ ।

स्वतन्त्र मधेश गठबन्धन महोत्तरीले मनाए वार्षिकी

महोत्तरी समाचारदाता
जलेश्वर, मङ्सिर १० गते । स्वतन्त्र मधेश गठबन्धन महोत्तरीका कार्यकर्ताहरुले विगत एक वर्ष अगाडी सार्क सम्मेलनको समयमा काठमाण्डौंमा संयोजक डा.सीके राउत सहित आफ्ना सयौं नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको सम्झनामा बिहीबार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा वार्षिकी मनाएको छ ।


वार्षिकी मनाउने क्रममा अभियानकर्मीहरुले सदरमुकाम जलेश्वरमा एक ¥यालीको आयोजना गरेको थियो । नगरपालिका चोकबाट शुरुभएको सो ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै खैरा चोक पुगेर कोणसभामा परिणत भएको अभियानकर्मी चन्दन सिंहले जानकारी दिनुभयो ।
      शहिद अमर रहुन्, वाक स्वतन्त्रता कायम गर, स्वतन्त्र मधेशको मागसहितका नगरपालिका चोकबाट ¥याली निस्केको थियो ।

बारको केन्द्रीय अधिवेशन वहिष्कार गर्ने निर्णय

महोत्तरी समाचारदाता
जलेश्वर, मङ्सिर ९ गते । नेपाल बार एशोसिएशन इकाई महोत्तरीले यही २५ गते हुने केन्द्रीय अधिवेशन वहिष्कार गर्ने निर्णय गरेको छ ।
बार एशोसिएन महोत्तरी शाखाको वुधबार बसेको बैठकले मधेशमा मानवअधिकार हननको घटनाहरु भइरहेपनि नेपाल बार एशोसिएशन केन्द्रीय कार्यालयले विरोध, चासो वा कुनै पहल नगरी मौन धारण गरेकोले केन्द्रीय अधिवेशन वहिष्कार गर्ने निर्णय भएको जनाएको छ ।
बार एशोसिएशन महोत्तरीका अध्यक्ष विजय ठाकुरले वुधबार एक विज्ञप्ति जारी गर्नुहुदै केन्द्रीय कार्यालयको रवैयाप्रति असन्तुष्टि व्यक्त गर्नुहुदै बैठकको सर्वसम्मत निर्णयले केन्द्रीय अधिवेशन वहिष्कार गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
मधेशको माँग सम्बोधन गर्नुको साटो सरकारपक्षले मानवअधिकारको धोर उल्लंघन गरी निहत्था जनता उपर टाउको र छातीमा गोली हानी त्रासको वातावरण बनाएपनि केन्द्रीय कार्यालयले यस विषयमा मौन बसेकोले वहिष्कार गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
केन्द्रीय अधिवेशनमा मतदान गर्ने ३२ जना मतदाता महोत्तरीमा रहेको बार एशोसिएशन इकाई महोत्तरीका सचिव लक्ष्मण साहले जानकारी दिनुभयो ।

आचारसंहिता पालना गर्नुपर्ने अनुगमन टोलीको निर्देशन

महोत्तरी समाचारदाता
जलेश्वर, मङ्सिर ८ गते । महोत्तरी जिल्लाको बर्दिबासमा पत्रकारहरुको समस्या वुझन आउनुभएका प्रेस काउन्सिलका अनुगमन टोलीले पत्रकारहरुले आचारसंहितालाई पालना गरेर काम गर्नुपर्ने निर्देशन दिनुभएको छ ।
पत्रकारहरुले स्वच्छ, निष्पक्ष एवं जिम्मेवारी जस्ता मुलमन्त्रलाई विर्सन नहुनुका साथै पत्रकारिता आचारसंहिताको पनि पालना गर्नुपर्नेमा अनुगमन टोलीले जोड दिएको छ ।
मधेस आन्दोलनको क्रममा स्थानिय सञ्चारमाध्यम र पत्रकारहरुले भोग्नु परेको समस्या तथा चूनौतीका बारेमा जानकारी लिन सोमबार साँझ महोत्तरी आउनुभएका टोलीले पत्रकारसँगको भेटमा यस्तो बताएका हुन् ।
वर्दिबासस्थित गौतम होटलमा आयोजित भेटघाट समारोहमा टोलीका संयोजक चन्द्रदेव कामतीले भन्नुभयो, ‘पत्रकार समाजको ऐना हो । पत्रकारहरुले काम गर्दा गम्भिरतापूर्वक काम गर्नुपर्छ ।’
पत्रकारहरु अहिले मधेशमा जारी युद्ध जस्तै भूमिबाट काम गरिरहेको बताउनुहुँदै संयोजक कामतीले  पत्रकारहरुको ठूलो हतियार नै आचारसंहिता रहेकोले यसलाई पछ्याएर काम गर्न निर्देशन दिनुभयो ।
उहाँले पत्रकार समाजको सिपाही भएको वताउनुहुदै ‘पत्रकारको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आचारसंहिता भित्र काम नगर्दा पत्रकारहरु समस्यामा पर्ने गरेको स्पष्ट गर्नुभयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघका मध्यमाञ्चल संयोजक शितलप्रसाद साहले पत्रकारहरुलाई दाह्री काट्ने ब्लेडको संज्ञा दिनुहुदै भन्नुभयो, ‘ब्लेडलाई हामीले राम्रोसंग प्रयोग ग¥यो भने दाह्री काटेर सुन्दर देखिन्छ । यदि ब्लेडलाई राम्रोसंग प्रयोग गर्न जानिएन भने त्यसले गाला काटिने डर हुन्छ । हो त्यस्तै पत्रकार पनि हो ।’
पत्रकारिताको आचारसंहिता भित्र काम गरेन भने पत्रकार आफै हराएर जाने वताउनुहुदै उहाँले आचारसंहिता रुपी हतियारलाई छाडन नहुनेमा पत्रकारहरुलाई सचेत गराउनुभयो ।
जिल्लाका पत्रकारको सहभागी रहेको सो भेटमा यस क्षेत्रका मिडियाहरुलाई समेत समय समयमा आवश्यक परामर्श दिनुपर्नेमा जोड दिनुभएको थियो । विगत लामो समयदेखि जारी रहेको मधेशी मोर्चाको आन्दोलनको कारण संचारकर्मीहरुलाई आर्थिक अभाव हुनको साथै जिल्लाभरिमा सञ्चालित रेडियोहरुलाई डिजल र जिल्लाबाट प्रकाशित पत्रपत्रिकाहरुलाई कागज अभाव भएको सहभागीहरुले अनुगमन टोलीलाई जानकारी गराउनुभएको थियो ।
काउन्सिलका केन्द्रीय सदस्य चन्द्रदेव कामतीको नेतृत्वमा आएको अनुगमन टोलीमा नेपाल पत्रकार महासंघका मध्यमाञ्चल संयोजक शीतलप्रसाद साह, सामुदायिक रेडियो प्रशारक संघ (एको¥याब) का महासचिव गोविन्द देवकोटा, ब्रोडकाष्टिङ एसोशिएन नेपाल (बान) का महासचिव चन्द्र न्यौपाने लगायत रहनुभएको थियो ।

मोर्चाका कार्यकर्ताद्वारा मोटरसाईकल जलाइयो

महोत्तरी समाचारदाता
जलेश्वर, मङ्सिर ८ गते । महोत्तरी जिल्लाको श्रीपुरमा सोमबार राति पेट्रोलियम पदार्थ बोकेर गइरहेको एक मोटरसाईकललाई मोर्चाका कार्यकर्ताहरुले जलाइदिएका छन् ।
सोमबार राति ज १ प १७०५ नम्बरको मोटरसाईकलमा लोड गरि ग्यास सिलिण्डर र पेट्रोल ल्याईरहेको अवस्थामा मोर्चाका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर मोटरसाईकलमा आगजनी गरेका थिए । आगजनीको कारण मोटरसाईकल पूर्णत क्षतिग्रस्त बनेको छ ।
       सो मोटरसाईकलमा एउटा भरिएको ग्याँस सिलिण्डर तथा १५ लिटर पेट्रोलको गेलेन राखिएको थियो ।
      रातीको समयमा भारतीय बजारबाट गौशालातर्फ ल्याउँदै गरेको अवस्थामा स्थानिय मोर्चाका कार्यकर्ताहरुले सोही पेटोल छर्केर आगजनी गरेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिनुभयो ।

निरीह राष्ट्रवादको रन्को

निरीह राष्ट्रवादको रन्को

नागरिकताको प्रतिलिपि बुझाएर दाउरा किन्न बाध्य बनाइएका राजधानीका बासिन्दालाई प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले राजसी अहंका साथ सम्बोधन गरिरहँदा जलेश्वरका सामान्यजन छठ महापर्वको तयारीमा व्यस्त थिए ।
सरकार प्रमुखको बहुप्रचारित सम्बोधनप्रतिको निरपेक्षताबारे भएको आफ्नो पेट्रोल पम्प महिनौंदेखि बन्द गरेर बेरोजगार रहेका एकजना स्थानीय व्यवसायीको टिप्पणी निकै खरो थियो– साम्प्रदायिक प्रधानमन्त्री छन्। यिनले हाम्रालागि केही भन्ने होइनन्। आफ्नालाई थपथपाउने र हामीलाई तथानाम भन्ने त होला। किन सुन्नु हामीले उनको गन्थन ? नभन्दै त्यस्तै भयो। प्रधानमन्त्री ओलीले सञ्चार माध्यम र श्रोता तथा दर्शकको समय दुरुपयोग मात्र गरे।
उग्र राष्ट्रवाद भकभकी उम्लिएको प्रधानमन्त्री ओलीको पट्यारलाग्दो भाषणमा उत्साह जगाउने कुरा केही पनि थिएन। मधेस आन्दोलनलाई सम्बोधन गर्ने कुनै नयाँ खाका उनले ल्याएनन् । भूकम्प पीडितलाई आश्वस्त तुल्याउने खाले कुनै अग्रसरता देखाएनन् । अर्थ–राजनीतिलाई गतिदिने आँट दर्शाएनन्। मधेसीलाई थर्काउने, भारतलाई तर्साउने, चीनलाई सुम्सुम्याउने एवं पश्चिमाहरूलाई पुलपुल्याउने उनका अभिव्यक्तिहरू ‘माले–मण्डले–मसाले’ (मामम) राष्ट्रवादका बासी नाराहरूले ओतप्रोत थिए। विकासका अपत्यारिला सपना बाँड्न पनि उनले छुटाएनन्।
मधेसीलाई थर्काउने, भारतलाई तर्साउने, चीनलाई सुम्सुम्याउने एवं पश्चिमाहरूलाई पुलपुल्याउने उनका अभिव्यक्तिहरू ‘माले–मण्डले–मसाले’ (मामम) राष्ट्रवादका बासी नाराहरूले ओतप्रोत थिए।
प्रधानमन्त्रीका धम्की, घुर्की एवं धमासलाई गम्भीरतापूर्वक सायद उनका आसेपासेले पनि लिएका छैनन्। विकासको मूल फुटाउने पञ्चायतकालीन उद्घोषले भने कसैकसैलाई अलमल्याएजस्तो लाग्छ। मधेसीहरूलाई त उसै पनि ‘मामंम’ सरकारसँग खासै कुनै आस थिएन। सामान्य पहाडीले पनि अब मामंम सरकारका प्रत्युपादक असरहरूबारे बहस गर्नुपर्ने बेला भयोजस्तो छ । सामाजिक सामञ्जस्य बेगरको विकासले विनाश एवं सांस्कृतिक समरसताबिनाको राष्ट्रवादले विपत्तिमात्र निम्त्याउँछ भन्ने यथार्थ स्वीकार गर्न जति ढिलो भयो, देशको दुर्गति उति नै तीव्र गतिमा बढ्दै जाने लगभग निश्चित छ।
भौतिक विकास राज्यशक्तिको प्रमुख आधार हुने भए आजको देश कुनै बेलाको नेपाल उपत्यकाको विस्तारित रूप हुने थियो। मल्ल राजाहरूको पालासम्म नेपाल खाडलका सहरहरू दक्षिण एसियाकै समृद्ध एवं सुसंस्कृत मानिन्थे। काशीको गरिमा र कस्मिरको सौन्दर्य समाहित नेपाल उपत्यका साँच्चिकै ‘अजब’ थियो। मल्ल राजाहरूले सामाजिक सामञ्जस्य कायम राख्ने रचनात्मकता भने देखाउन सकेनन् । पाटनलाई पाँच प्रधान, काठमाडौंलाई लोभी व्यापारी एवं भक्तपुरलाई अनिच्छुक भारदारले कमजोर तुल्याएपछि नेपाल गोर्खालीको नियन्त्रणमा गयो। त्यसपछि उपत्यकाको वैभव धुलिसात हुन एक दशक पनि लागेन। विकासरूपी महल सामाजिक–सांस्कृतिक जगमा मात्र दिगो रहन सक्छ। मार्क्सले आर्थिक सम्बन्धलाई प्राथमिक ठहर्‍याएका थिए। सामाजिक न्याय त्यसभन्दा कम महत्वपूर्ण नहुने रहेछ।
गोर्खालीहरू भयङ्कर राष्ट्रवादी थिए। सांस्कृतिक समरसतालाई तिनीहरु कमजोरी ठान्थे। भूराजनीतिक अवस्थाले गर्दा नेपालको ‘स्वतन्त्रता’ त कायम रही नै रह्यो, देशको अर्थराजनीति स्वाधीन भने कहिल्यै हुन सकेन। राणाहरूको हालीमुहाली स्थापित भएपछि राष्ट्रलाई फगत सम्पतिको रूपमा मान्ने राजनीतिक संस्कृतिको सुरूवात भयो। त्यही प्रचलन अझै कायमै छ।
राज्यलाई आर्थिक तथा सत्ताभोगको स्रोतका रूपमा मात्र मान्न थालियो भने जनताको भूमिका गौण बन्न पुग्छ। त्यसपछिको राष्ट्रवाद भनेको बाह्य मित्र र अन्य शत्रु ठड्याएर सत्ताधारीले आफ्नो वर्चस्वको निरन्तरता दिनु हो।
पृथ्वीनारायणले फिरङ्गीको डर देखाउँदै असली हिन्दुस्थानाको जग बसाले । तिनै फिरङ्गीको ‘चीन चिन्ता’ जंगबहादुरको बल बन्न पुग्यो। त्यसपछिका राणाहरूले मुलुकबाहिर फिरङ्गीको चाकरी गर्थे, भित्र भने तिनको प्रभावबाट देशलाई मुक्त राखेको दाबी गर्ने गथे। पञ्चायतकालमा कोसी र गण्डक मामंम राष्ट्रवादको स्थायी नारा बन्न पुग्यो। सामान्यजनको हित भने त्यस्ता विमर्शमा कहिल्यै परेन। आन्तरिक राष्ट्रियता निर्माणको साटो बाह्य जोखिम देखाएर चर्काउने गरिएको राष्ट्रवादले गर्दा देशको अस्तित्व कमजोर, स्थायित्व धरमर एवं राष्ट्रहित निरीह बन्दै गएको छ। मामंम सरकारले त्यही विषलाई ओखतीका रूपमा पस्केर परिस्थितिलाई झनै बल्झाउँदै लगिरहेको देखिन्छ।
भारतलाई देखाएर भयको खेती भइरहँदासम्म नयाँ दिल्लीले हस्तक्षेप गर्ने निहुँ पाई नै रहनेछ। भारतको दैत्यकरण नेपालका लागि प्रत्युत्पादक नै हुन्छ भने स्वतः स्पष्ट कुरा प्रजातान्त्रिक भनिने दलहरूले आत्मसात गर्न नसक्नु समसामयिक राजनीतिको त्रासदी हो।
भारतको भय
गोर्खालीहरू नेपाल खाडल नछिरेसम्म भारतीय भूमिलाई धर्मकर्म, शिक्षादीक्षा एवं बन्दव्यापारको अवसरका रूपमा स्वीकार गर्ने गरिन्थ्यो । भारतलाई भयको स्रोतका बनाइएको त्यसपछि मात्र हो। सत्ताले भारतलाई जस्तोसुकै रूपमा चित्रण गर्ने गरेको भए पनि आपतविपतका बेला शाह, थापा, पाण्डेदेखि राणा, कोइराला एवं दाहालसम्मले शरण पाउने गरेको भने भारत भूमिमै हो। एकपटक कुँवर इन्द्रजित सिंह उत्तरतिर लागेका थिए, तिनलाई पनि चिनियाँहरूले दक्षिणसँग मिलेरै बस्नु भन्ने अर्तीका साथ रित्तोहात फिर्ता पठाइदिए।
नेपाल–भारत सम्बन्धको बहुआयामिकताबारे व्याख्या गरिराख्नु पर्दैन। धर्म हराए वा गोत्र चाहिए जाने काशी हो। करिमले धोखा दिए कर्म गर्ने थलो दख्खिनै झरेर खोज्नुपर्छ। देशदुनियाँ जाने बाटो हवाईजहाज नआउदाँसम्म बम्बई, कलकत्ता नै हुन्थ्यो। इलम देशभित्रै गर्नेहरू पनि हैसियत हासिल भएपछि परीआएका बेला इलाजका लागि दिल्ली नै रोज्छन्। बन्दव्यापारदेखि रोजगारसम्मका लागि सबभन्दा सहज विकल्प अझै पनि सामान्य नेपालीका लागि भारत नै छ। बाँकी नेपालबाट कामको खोजीमा कुवेत,कतार एवं कोरिया, मलेसिया चहार्ने चलन जत्ति नै चम्केको भए पनि कर्णालीतिरबाट काला पहाड भासिने बाध्यता अझै हटेको छैन। सलमान खान र सोनाक्षी सिन्हाको लोकप्रियता नेपालका सहरबजारमा भारतभन्दा रत्तिभर कम छैन।
सम्बन्ध अत्यन्त निकट भएपछि जटिलता पनि उत्तिकै हुने रहेछ। नेपालको अस्थिरताले भारतलाई असर गर्छ। त्यो कसैले भनिराख्नु पनि पर्दैन। स्वाभाविक हो । भारतले अनि नेपालका हरेक गतिविधिमा गहिरो अभिरुचि राख्ने गर्छ । यसलाई भारतीय हस्तक्षेपका रूपमा नेपालको स्थायी सत्ताले चित्रित गर्ने गर्छ । प्रायशः त्यो सामान्यजनको हितमा ठहरिने गर्छ। स्थायी सत्ताको निरन्तर भय जनताका लागि आशाका रूपमा देखिनु नेपालमा भारतीय भूमिकाको विडम्बनापूर्ण वास्तविकता हो।
अन्तिम राणा शासक मोहन शम्शेर एवं उनको ताबेदारीमा लागेका काठमाडौंका सभ्रान्तलाई सन् १९५० तिरको ‘भारतीय हस्तक्षेप’ पक्कै पनि अरूचिकर लागेको थियो होला। राणाहरूका रैती भने त्यसै हस्तक्षेपले गर्दा प्रजा कहलिन पाए। सन् १९६० पछि भारतको हस्तक्षेप गर्न सक्ने हैसियत दशकौंसम्म रहेन। नेपालका जनता शाह शासनका बन्दी भएर बाँच्न अभिशप्त भए। अन्ततः प्रजातन्त्रको स्थापनाजस्तै पुनर्स्थापना पनि भारतीय अग्रसरतामै भयो।
मामंम ‘गठजोड’ सरकारको संरक्षणका लागि चीनले आफ्नो राष्ट्रहित र परराष्ट्र नीति नै बदल्न तैयार हुन्छ भने दाबी पत्यारलाग्दो लाग्दैन। चीन नेपालको असल मित्र हो। असल मित्रले छिमेकीसँग मिलेरै बस्ने सल्लाह दिन्छन्, घर झगडा नलम्याउन सुझाउँछन्।
सन् १९८९–९० तिर अहिलेका मामंम प्रमुख ओलीको सरहको भूमिका निर्वाह गर्ने पात्र तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ थिए। भारतको घोषित र अघोषित गतिविधि सन् २००५ पछि सघन नहुँदो हो त नेपालमा गणतन्त्र स्थापना हुन दशकौं लाग्न सक्थ्यो । भारतीय हस्तक्षेपको हौवा पिट्नेहरूमा सामान्यजन कहिल्यै नदेखिनु अस्वाभाविक होइन। धेरैजसो साधारण नेपालीको हित भारतीय रुचिविपरीत हुने गर्दैन। सायद त्यसैले होला, सिक्किमीकरण, फिजीकरण, साम्राज्यवाद एवं विस्तारवादको डर देखाएर राजनीति गर्नेहरू अन्ततः भुइँमै पछारिन्छन्। तिनको अल्पदृष्टिले गर्दा दुःख भने सामान्यजनले बेहोर्नुपर्ने हुन्छ।
राजनीतिक भूगोल बदल्न सकिन्छ। बदलिएका सैकडौं दृष्टान्त छन् । प्राकृतिक भूगोल त नियति हो। नियतिसँग गुनासो गर्न सकिन्छ तर बाँच्न भने सिक्नैपर्ने हुन्छ। भारतलाई देखाएर भयको खेती भइरहँदासम्म नयाँ दिल्लीले हस्तक्षेप गर्ने निहुँ पाई नै रहनेछ। भारतको दैत्यकरण नेपालका लागि प्रत्युत्पादक नै हुन्छ भने स्वतः स्पष्ट कुरा प्रजातान्त्रिक भनिने दलहरूले आत्मसात गर्न नसक्नु समसामयिक राजनीतिको त्रासदी हो।
चिनियाँ तुरुप
चीनले भारतकै मोलमा नेपाललाई चाहे जति तेल दिने खबर सुनेर एकथरी राष्ट्रवादी गदगद छन्। देश भने तेलले मात्रै चल्दैन। नेपालका आवश्यकताका लागि चीन पूरक त हो, तर विकल्प हुन सक्तैन। सायद बाबुराम भट्टराईलाई चिनियाँ प्रधानमन्त्रीले आपसी भेटमा त्यही कुरा औंल्याएको हुनुपर्छ। नेपालको स्थायी सत्ताले भने बेइजिड्ग देखाएर नयाँ दिल्लीलाई जिस्काउने मोह अहिलेसम्म पनि परित्याग गर्न सकेको छैन।
काठमाडौंको गोर्खाली दरबारले चिनियाँ तुरुपको सबभन्दा पहिलो प्रयोग सम्भवतः इष्ट इन्डिया कम्पनीसँग हार खाएपछि गरेको थियो। कम्पनीको सर्तअनुसार काठमाडौंमा बेलायतको रेजिडेन्टलाई बस्न दिए चीनका बादशाह रिसाउँछन् भन्ने तर्क गोर्खालीहरूको थियो। त्यसपछि कम्पनीले सोझै चिनियाँलाई पत्र लेख्यो। नेपालको निरन्तर अस्थिरताले गर्दा प्रतिनिधि खटाउन लागिएको हो। गोर्खालीहरूको अनुगमन गर्ने जिम्मा चिनियाँ दरबारले लिए रेजिडेन्ट बस्नु पर्दैन । चिनियाँ हच्किए। कम्पनीको वर्चस्व सुरू भयो।
महेन्द्रले सन् साठीको दशकमा चिनियाँ तुरूपको मनग्गे प्रयोग गरेकै हुन्। त्यसको प्रभावकारिता भने अमेरिका र चीनबीच सम्बन्ध सुध्रिने क्रमसँगै घट्न थालेको थियो। राजा वीरेन्द्रलाई चीनको सानिध्य फापेन। अध्यक्ष ज्ञानेन्द्रलाई बेइजिङमा ठूलो विश्वास थियो। अन्ततः उनी पनि चीन फगत सहजकालको मात्र मित्र रहेको तीतो टिप्पणी गर्न बाध्य भए। मामंम ‘गठजोड’ सरकारको संरक्षणका लागि चीनले आफ्नो राष्ट्रहित र परराष्ट्र नीति नै बदल्न तैयार हुन्छ भने दाबी पत्यारलाग्दो लाग्दैन। चीन नेपालको असल मित्र हो। असल मित्रले छिमेकीसँग मिलेरै बस्ने सल्लाह दिन्छन्, घर झगडा नलम्याउन सुझाउँछन्।
काठमाडौंमा आजभोलि ‘भारत के चाहन्छ’ भन्ने प्रश्न बौद्धिकताको पहिचान बन्न पुगेको छ। जबाफ खोज्न लैनचौर दरबारको साटो मधेसतिर आए हुन्छ । भारतलाई आश्वस्त र चीनलाई जति नै खुसी तुल्याए पनि दिगो राष्ट्रियता मधेसीहरूको सम्मान बेगर बन्न सक्तैन ।
चीन र भारतबीचको चिरस्थायी रणनीतिक टक्करलाई नेपालको हितमा प्रयोग गर्ने इच्छा जाग्नु स्वाभाविक हो तर त्यस्तो कार्यनीतिका जोखिमहरू असंख्य छन्।
CK-Lal-post-2
बेइजिङ्ग र नयाँ दिल्लीबीच समदूरी वा समसामिप्यका कुरा कर्णप्रिय लाग्छन्। यथार्थ के हो भने भारत हरेक तवरले नेपालका लागि चीनभन्दा नजिक छ। चीनले पनि यही कुरा पटकपटक दोहोर्‍याउँदै आएको छ। संकेत त के व्याख्यासमेत बुझ्न नचाहनु छनौट हो, बाध्यता होइन। नेपालको स्थायी सत्ता चीनलाई भारतको विकल्प ठान्ने उही गल्ती पटक पटक दाहोर्‍याउँदै आएको छ। चीनको आशामा चल्ने नेपाली राष्ट्रवादले नेपालको राष्ट्रियतालाई अन्ततः कमजोरमात्र तुल्याउनेछ।
राष्ट्रियताका आधारहरूबारे बीपी कोइरालाले गर्ने गरेका व्याख्याहरू अद्यापि सान्दर्भिक छन्। राष्ट्र मूलतः जनता हो, भूगोलले त्यसलाई पहिचान दिन्छ। राष्ट्रियता त्यसर्थ निरूद्देश्य नभएर जनहित स्थापित गर्ने अवधारणा हो। प्रजातन्त्र बेगरको राष्ट्रियता त्यसैले अर्थहीन हुन्छ। सामाजिक न्याय सुनिश्चित नभएसम्म राष्ट्र सुरक्षित रहन सक्तैन । परराष्ट्र सम्बन्ध एवं अन्तर्राष्ट्रिय आयाम त्यसपछि मात्र आउँछ।
काठमाडौंमा आजभोलि ‘भारत के चाहन्छ’ भन्ने प्रश्न बौद्धिकताको पहिचान बन्न पुगेको छ। जबाफ खोज्न लैनचौर दरबारको साटो मधेसतिर आए हुन्छ । भारतलाई आश्वस्त र चीनलाई जति नै खुसी तुल्याए पनि दिगो राष्ट्रियता मधेसीहरूको सम्मान बेगर बन्न सक्तैन । यति स्वस्पष्ट कुरा पनि पटक पटक दोहोर्‍याउने आवश्यकता रहिरहनुलाई विडम्बनाबाहेक अरू केही भन्न सकिँदैन।
नागरिक, २०७२ मंसिर ४ बाट ।

महोत्तरीको जिल्ला प्रशासन घेराउ, ग्याँस उपलब्ध गराउन मांग

महोत्तरी समाचारदाता
जलेश्वर, मङ्सिर ६ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरका स्थानियहरुले ग्याँसको खाली सिलेण्डर सहित जिल्ला प्रशासन कार्यालय आईतवार घेराउ गरेका छन  ।
मधेशका मानिस पनि नेपाल कै जनता भएको र मधेशीले समेत समान अधिकार पाउनुपर्ने माँग सहित जलेश्वरका स्थानियहरुले प्रशासन कार्यालय घेराउ गरेका थिए ।
काठमाडौंमा भारत र चिनबाट आएको पेट्रोल र ग्यास वितरण गर्ने तर विगत ३ महिना देखि मधेशका जनता कष्टमा वाचिरहेपनि सरकारको ध्यान नजानु दुखद भएको भन्दै स्थानियहरुले जिल्ला प्रशासनमा चर्को नाराबाजी समेत गरेका थिए ।
यता प्रमुख जिल्ला अधिकारीले चाडै ग्यास नभए दाउरा उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि स्थिति साम्य भएको थियो । जिल्ला प्रशासन कार्यालयको मुलगेटमा करिब तिनसय ग्यासको खाली सिलेण्डर जम्मा गरिएको थियो ।

मोर्चाद्वारा मसाल जुलुस प्रदर्शन

महोत्तरी समाचारदाता
जलेश्वर, मङ्सिर ६ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आईतबार साँझ जलेश्वरमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
मधेशमा जारी आन्दोलनलाई छठ पर्व पछि शसक्त बनाउदै मोर्चाले ४ जिल्लाको संयुक्त बैठकमा गरेको निर्णय बमोजिम आईतवार साँझ मसाल जुलुस प्रदर्शन गरेको हो ।
मसाल जुलुस प्रदर्शन

मसाल जुलुस प्रदर्शन

सयौंको संख्यामा रहेको मोर्चा कार्यकर्ताले जलेश्वर लगायत महोत्तरीका विभिन्न गाउ नगरहरुमा मसाल जुलुस निकालेको हो । मधेश आन्दोलनलाई सरकारले वेवास्ता गर्दै आईरहेको र विश्वमै यति लामो बन्द र हडताल नभएकोमा सरकारका वेवास्ताका कारण जनताले दुःख भोग्नु परेको बताउदै यसको सम्पुर्ण जवाफदेहिता सरकारले लिनुपर्ने मोर्चाले जनाएको छ ।
जुलुसमा मोर्चा आबद्ध सम्पुर्ण दलका गाउस्तरिय, नगरस्तरिय, जिल्ला स्तरिय र केन्द्र स्तरिय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

८ जिल्लाको शैक्षिक सरोकारवालाहरुसंगको अन्तरक्रिया

महोत्तरी समाचारदाता
जलेश्वर, मङसिर ५ गते । तराईमा तिन महिनादेखि बढी समयदेखिको बन्दले शिक्षा क्षेत्र तहसनहस भएको समयमा शिक्षामन्त्रीले तराईका ८ जिल्लालाई समेटेर महोत्तरीको बर्दिबासमा शनिबार एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
तराई मधेशका शैक्षिक सरोकारवालाहरुसंगको अन्तरक्रिया नामाकरण गरिएको सो कार्यक्रममा तराईका सप्तरीदेखि पश्चिम पर्सा जिल्लासम्मको शिक्षा अधिकारी, संचारकर्मी, वुद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले शिक्षा क्षेत्र सुधारको लागि ल्याइएको १८ बुँदे प्रतिवद्धता बारे जानकारी गराउनुहुदै सहभागीहरुबीच छलफल चलाउनुभएको थियो ।
सो अवसरमा शिक्षा अधिकारी पोखरेलले बन्दमा कसरी विद्यालयलाई सुचारु गर्न सकिन्छ भन्नेबारेमा जानकारी दिनुहुदै शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने दीर्घकालिन र अल्पकालिन कामहरुबारे जानकारी दिनुभएको थियो ।
उहाँले शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्न, प्रशासनिक पुर्नसंरचना गर्न आवश्यक सुझाव दिन उच्चस्तरीय आयोग गठन गरिने वताउनुभएको थियो ।
बन्दका कारण सामुदायिक विद्यालयहरु बढी प्रभावित हुने तथा शैक्षिक गुणस्तर पनि यसैमा कमजोर हुने भएकोले यसमा सुधारको लागि निरिक्षण, अनुगमन, नियमन र व्यवस्थापन गर्ने कामको लागि समुदायलाई सक्षम बनाउने कार्यक्रम समेत ल्याउने उहाँले जानकारी दिनुभयो ।
सो अवसरमा शिक्षा मन्त्रीले मोर्चाले हालै विहानी सत्रमा विद्यालय संचालन गर्न दिने गरेको निर्णय अनुसार मङसिर महिनाभरी विहानीसत्रमा नै संचालन गर्ने र त्यसपछि दिवासत्रमा संचालनको लागि पहल गर्ने वताउनुभएको महोत्तरीका जिल्ला शिक्षा अधिकारी शत्रुधन यादवले वताउनुभयो ।
उहाँले बन्दको कारणले शिक्षाक्षेत्रमा देखिएको असरबारे व्यापक छलफल भई विद्यालयलाई सुचारु गर्ने सहमति भएको वताउनुभयो ।
कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा र पर्सा जिल्लाका जिल्ला शिक्षा अधिकारी, संचारकर्मी तथा वुद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका महानिर्देशक डा.डिल्लीराम रिमाल, सहसचिव मुकुन्द निरौला लगायतका पनि उपस्थिती रहेको थियो ।

छठका राजनीतिक एजेन्डा

छठका राजनीतिक एजेन्डा

- कान्तिपुर संवाददाता , काठमाडौं
कार्तिक २६, २०७२- काठमाडौंले बोल्न थालेको छ । ‘काठमाडौं ‘विथ मधेस’जस्ता सामाजिक सञ्जाल अभियान र ‘व्युँझ सरकार’ भन्दै सडक प्रदर्शन हुनथालेको छ । यसले मधेसमा काठमाडौं खाल्डोको सकारात्मक हस्तक्षेपबाट जनता बीचको सम्बन्धको रिक्तता पुरिँदै गएको छ । यो काम अलि ढिलैगरी भयो, तर सुरु भयो यो महत्त्वपूर्ण छ । यो कुनै राजनीतिक संगठनबाट अखबारी बयानबाजीका लागि चालिएको कदम होइन । एउटा स्वस्फुर्त प्रयत्न, जो यो देशको उज्यालो भविष्य छ भनेर विश्वास गर्छन्, तिनीहरूबाट आयो र अहिलेको अँध्यारोलाई चिर्न दीयो बन्यो । अँध्यारोको अस्तित्व तबसम्म हुन्छ, जबसम्म त्यहाँ एउटा दीयोको उपस्थिति हुँदैन ।
यतिखेर मधेसले ‘जय देश’ र पहाडले ‘जय मधेस’को नारा जनस्तरमा उठायो भने त्यसको सामाजिक–राजनीतिक अर्थ हुन जान्छ । सबैले यो देशको राजनीतिक सीमाभित्र स्वतन्त्रता, सम्मान, सहभागिता र समृद्धिको खोजी गरेका छन् । मधेसले ‘जय देश’ भन्दा पहाडमा मधेसप्रति जुन राजनीतिक कारणले शंकाहरू फिँजाइएको छ, त्यसलाई निर्मूूल पार्छ । मधेस राष्ट्रको एकता, स्वतन्त्रता र अखण्डताप्रति कटिबद्ध छ । उसले सम्पूर्ण राष्ट्रको उन्नतिमा समर्पित हुनखोजेको भाव प्रस्टिन्छ । त्यसैगरी पहाडले ‘जय मधेस’ भन्दा समतलका बासिन्दाले सम्मान, हक र समृद्धिको साझा गोरेटोमा हिँड्न खोजेको अनुभूति गर्छन् । आखिर मधेसी जनआन्दोलन कुनै क्षेत्र र समुदाय विशेषको विरुद्धमा लक्षित छैन । लोकतन्त्र, राष्ट्रियता र सामाजिक न्यायका लागि उसले पटक—पटक आहुुति दिँदै आएको छ । यो प्रयत्नले जेजति सार्थकता ग्रहण गरेको छ, त्यसले सबै नेपाललाई सशक्त बनाएको छ । तर पहाड र मधेसमा अनेक खालका शंका, अफवाह र आशंका फिँजाइएको छ । शंका र अविश्वासको अँध्यारो नहटाइकन नेपालीय समाजको कुनै पनि प्रयत्न सार्थक हुनसक्दैन । त्यसैले यतिखेर राजनीतिले गर्न नभ्याएको काम नागरिक तवरले देखाउन सुरु गरेको छ ।

सरकारी रवैया
मैथिली भाषामा एउटा उखान छ, ‘लिख अवैछौ त नई, आ मेटब अवैछौ त दुनु हाथे ।’ अर्थात् लेख्न आउँछ भन्दा आउँदैन, मेट्न आउँछ भन्दा दुवै हातले । यतिखेर मिथिला क्षेत्रमा प्रचलित यो उखान नेपाली सत्तावृत्तको सोच बन्न पुगेको छ । नेपाली सत्तामा बर्चस्वशाली समुदायको प्रभाव र पकड इतिहासबाट विरासतमा प्राप्त एउटा जटिल, दीर्घकालीन र गम्भीर समस्या हो । संविधान राज्य सञ्चालनको साझा विधि र बृहत्तर स्वीकार्यता भएको दस्तावेजका रूपमा स्वीकारिनुपर्नेमा त्यसो भएन वा मानिएन । नयाँ संविधानमा संशोधनका लागि मधेसीलोक मसाल बनेर संघर्षरत छन् । मधेसलाई जोडेर लग्नुपर्नेमा दुइटै हातले उसलाई सिमानातिर धकेल्ने सरकारी प्रयत्न हुँदैछ । हो, यहींनिर त्यो मैथिली आहान सान्दर्भिक हुनआएको छ । यतिबेला देश ऐतिहासिक अवसर र गम्भीर चुनौतीको संवेदनशील मोडमा उभिएको छ । क्रिकेट खेलमा तीव्र गतिले आइराखेको बललाई व्याट्सम्यानले निपुणतापूर्वक दिशा दिन सक्यो भने त्यो चौका–छक्कामा परिणत हुन्छ । नजानेर वा जानेर पनि चुके आफैं ‘आउट’ हुने स्थिति हुन्छ । अहिले केपी शर्मा ओली नेतृत्वको सरकार त्यस्तै अवस्थामा ठडिएको छ ।
आन्दोलनको सौन्दर्यबोध
सबैले चकित भएर सोध्छन्, ‘आन्दोलनको केन्द्र वीरगन्ज कसरी भयो ?’ यसको विशिष्ट कारण छन् । एक त २००७ सालदेखि नै यो सहरले आन्दोलनलाई निरन्तरता दिँदै आएको छ । यसपटक प्रहरीको दमनबाट यहाँ ७ जनाले ज्यान गुमाए । सडक आन्दोलन जब मुख्य नाका घेराउको चरणमा पुग्यो, तब स्वभावत: आन्दोलनको नाभीकेन्द्र वीरगन्ज हुनपुग्यो । काठमाडौंका लागि वीरगन्ज भन्सार एक्लै बाँकी सबै नाकाहरूभन्दा पनि बढी महत्त्वको छ । त्यसैगरी यहाँ सुदूर देहातसम्मका नागरिकको सिर्जनात्मक सहभागिता रह्यो । यसमा दल विशेषको झण्डा वर्जित छ । त्यसले यस आन्दोलनलाई शान्तिपूर्ण आन्दोलनको अनुपम उदाहरण बनाउन मद्दत गर्‍यो ।
बाहिरी मुलुकबाट आउने अनुसन्धानकर्मी, वृत्तचित्र निर्माता वा पत्रकार आन्दोलनमा सहभागिताको उत्साह र उत्सर्गको अभिलाषालाई हेरेर मुग्ध हुन्छन् । जुन ठाउँ अर्थात नेपाल–भारत जोडिने मितेरी पुल आन्दोलनको प्रमुख आश्रय बनेको छ । त्यसको वरिपरि वीरगन्जको फोहोर फ्याँक्ने गरिन्छ । गर्मीले गर्दा पुलको कंक्रिट दिनमा एकदमै तात्छ र रातमा चिसिन्छ । सिर्सिया नदीमा बग्ने प्रदूषित पानीको दुर्गन्ध, कोलाहल र धुलो त्यतिकै छ । बेलाबखतमा लागूपदार्थ दुव्र्यसनीहरू उच्छृङ्खलता प्रदर्शन गर्छन् । तर पनि त्यहाँ आन्दोलनको दैनिकीलाई उत्सव बनाउनुले सहभागीहरूको तपस्या प्रस्टिन्छ । र यसले राजनीतिक रूपमा मितेरी पुललाई ‘मितेरी धाम’को रूपमा चिनारी दिँदैछ ।
सडक र संसद
मधेसी मोर्चा आन्दोलनको सहज अवतरणका निम्ति रणनीतिक सुझबुझ देखाउनुपर्ने बेला चुक्दै गयो । मधेस नयाँ संविधानप्रति किन असन्तुष्ट छ र दमन किन गरियो भन्ने कुरालाई समयमा अन्तर्राष्ट्रिय समुदायलाई बताउन सकेन । नत राजधानी केन्द्रित मिडिया हाउसका सम्पादकहरूसँग सगोलमै आफ्ना कुरा बुझाउन सक्यो । त्यसले गर्दा मधेस आन्दोलनको सही तस्वीर समयमै प्रकट हुनसकेन । ढिलो भए पनि मोर्चा संसदमा फर्केको छ । झन्डै तीन महिनादेखि चलिराखेको आन्दोलन पछिल्लो समयमा सीमा नाकाबन्दीमा केन्द्रित भयो । त्यससँगै दक्षिणी नाकामा भारतको असहयोग देखिएपछि राष्ट्रिय राजनीतिमा केवल भारतसँगको सम्बन्धलाई लिएर राष्ट्रिय विमर्शले प्राथमिकता पाउन थाल्यो अर्थात काठमाडौं र दिल्ली बीचको सम्बन्ध–विमर्शमा मधेसी आन्दोलन ओझेल पर्दै गैरहेको थियो । यस पृष्ठभूमिमा मधेसी दलहरूले मधेसको मुद्दालाई राष्ट्रिय प्राथमिकतामा पार्न खोजेको देखिन्छ
प्रधानमन्त्रीको निर्वाचनपछि भएका अन्य निर्वाचनमा नेपाली कांग्रेसले मोर्चालाई आन्दोलनको एजेन्डाको सवालमा गम्भीर पहल गरेन । त्यसैगरी चालु आन्दोलनका क्रममा मधेसी मोर्चाबाट कुनै पनि उम्मेदवारी दिन नहुने दबाब रहेको हुँदा मोर्चा सहभागी भएन । मोर्चाको संसद प्रवेशले संसदभित्र रहेका मधेसी दललाई बाटो खुलेको छ । संसद पुन: प्रवेशबाट मधेसले देश भित्रैबाट राजनीतिक समाधान खोजेको तथा सडकसँगै सदनलाई पनि संघर्षको माध्यम बनाएको मोर्चाको दाबी छ । उनीहरूका अनुसार सिंगो मधेसी जनताको माग र चाहनालाई बेवास्ता गरेर संसद मौन बस्न मिल्दैन । मोर्चाको यस निर्णयले मधेस आन्दोलनलाई विखण्डनको राजनीतितिर धकेलिँंदै गएको तथा अराजक हुँदै गएको अरोप लगाउनेहरूका लागि गतिलो राजनीतिक सन्देश दिएको छ । आन्दोलन लम्बिँदै जाँदा जनतामा उम्रिँदै गएको नैराश्यतालाई विखण्डनवादी सोच राख्नेहरूले खादपानी हाल्ने व्यूह रच्दैछन् । कतिपयले शान्तिपूर्ण आन्दोलनको विकल्पमा जानुपर्ने तर्क गर्दैछन् । तर मोर्चाको संसद प्रवेशले मध्यमार्गी राजनीतिलाई सञ्जीवनी प्राप्त भएको छ ।
राष्ट्रवादको तिलक
‘भारत विरोधी भावना’ सत्ता राजनीतिका लागि नियमित आकस्मिकताजस्तो देखिए पनि मूलत: त्यो मधेसी विरोधी भावना नै हो । ‘राष्ट्रवाद’ जस्तो सुन्दर शब्द साम्प्रदायिक मस्तिष्कमा लेपन गरिएको चन्दन बनेको छ । मधेसी आन्दोलनलाई भारतसँग जोडेर हेर्ने, भारतलाई विरोध गर्दा त्यहाँ मधेसीलाई विम्बका रूपमा उभ्याउने अहिलेको राजनीतिक प्रतिक्रियामा मनग्ये पाइन्छ । मधेसको समस्याको राजनीतिक समाधान खोज्न नचाहने, यसमा रुचि नदेखाउने सत्ता सोचले परिस्थितिलाई जटिल बनाउँदै लगेको छ । संविधान निर्माण एउटा अवसर थियो र अहिले पनि छ । मधेसलाई जोडेर बढ्न सक्यो भने त्यो आधुनिक राज्य निर्माण र राष्ट्र निर्माणका लागि मजबुत जग बन्नेछ । नेपालका विभिन्न भूगोल र समुदाय बीचको आन्तरिक सम्बन्धले नै अन्तरनिर्भरताको महल निर्माण गर्न सकिन्छ ।
अन्ध विरोध र अन्ध समर्थन दुइटै घातक हुन् । भारतको विकल्प चीन हुनसक्दैन । त्यसैगरी उत्तरको विकल्प दक्षिण हुनसक्दैन । सबैको आ–आफ्नै महत्त्व छ । नेपाल राज्यको अस्तित्व उदय नै यी दुई छिमेकी बीचको घर्षणको नतिजा हो । यो राजनीतिक र भौगोलिक यथार्थ हो । यसो भनिरहँदा बाह्य शक्तिहरूको चासो, दबाब र हस्तक्षेप नयाँ होइन भन्ने बिर्सनु हुँदैन । यो कुनै एउटै देशसँग जोडिएको व्यथाकथा पनि होइन । नेपालका राज्य सञ्चालकले सुझबुझ तरिकाले भूराजनीतिक सन्तुलन मिलाउन सकेनन् भने यो दुई ढुङ्गाबीच चेपिएको तरुलको नियति भोग्न विवश हुनेछ ।
 मातृभूमिप्रतिको विश्वास
तिहार, छठको अवसरमा सामान्य नेपाली एकपटक फेरि जीवनको अर्थ खोज्न थालेका छन् । लामो संघर्षले स्वयं मधेसको दैनिकी असहज भएको छ । उसले पहाडको दुष्कर दिनचर्यालाई बुझ्न सक्छ । यस्तो अवस्थाको सिर्जना कसले गरेको ? समाधानको बाधक को बनेको छ ? राष्ट्रसँग कसले फरेब गर्दैछ ? यस्ता प्रश्नको जवाफ खोजीको यत्नले तिहार, छठजस्ता पवित्र पर्वहरूमाझ पनि राजनीतिक एजेन्डा प्रकट भइरहेको पाइन्छ ।
तिहार त्यस्तो पर्व हो, जहाँ समृद्धिको चाहना गरिन्छ, संस्कृतिलाई निरन्तरता दिइन्छ र समिप रहेका प्रकृतिलाई पूजा गरिन्छ । उसैगरी छठ जो अब समावेशी नेपालको सामाजिक प्रतीक अनुष्ठान भएको छ । जहाँ समानता, सहभागिता र स्वच्छतालाई प्राथमिकता दिइन्छ । यस्ता पर्वमा चाहे मधेसका होउन् वा पहाडका बासिन्दाले मातृभूमिप्रतिको विश्वास कहिल्यै कमजोर हुन नपाओस् भनी कामना गर्नुपर्छ ।
प्रकाशित: कार्तिक २६, २०७२


http://bit.ly/1kqsl1b

मानवअधिकार आयोगको प्रतिवेदनलाई पनि गलत भन्नसक्छौ सरकार ?


मानवअधिकार आयोगको प्रतिवेदनलाई पनि गलत भन्नसक्छौ सरकार ?

आज राष्ट्रिय मानव अधिकार आयोगले निकालेको संविधान निर्माणको सन्दर्भमा मधेशमा भएका आन्दोलनमा मानव अधिकार अवस्थाको प्रतिवेदन ढिलै भएपनि निकालेको छ ।
राज्यको संवैधानिक निकायले निकालेको यो प्रतिवेदनलाई पनि सरकारले गलत भन्न बेर छैन ।
यो प्रतिवेदनको आधारमा सरकारले कारबाही गर्ला त ? अब यस प्रतिवेदनका सिफारिस कार्यन्वयनका लागि दबाब दिन आवश्यक छ ।
यो प्रतिवेदनले धैरै हदसम्म ‘हिउमन राइटस वाच’को प्रतिवेदनको तथ्यलाई समेत पुष्टि गरेको छ, यस प्रतिवेदनमा मलाई लागेको केही महत्वपूर्ण विषय तल उल्लेख गरेको छु ।
सुरक्षा निकायबाट अत्यधिक बलको प्रयोग र आन्दोलनकारीबाट घरेलु हतियार प्रयोग गरी आन्दोलनको क्रममा नागरिकहरू मारिएका घटनाहरूमा तत्काल फौज्दारी कानुनबमोजिम अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाई मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराऊ 
पृष्ठभूमि
यसै अवधिमा सर्वोच्च अदालतबाट सीमाङ्कनसहितको संविधान जारी गर्ने अन्तरिम आदेश जारी भयो । राजनीतिक दबाब र सर्वोच्चको आदेशपछि प्रमुख राजनीतिक दलहरूबाट ६ प्रदेशसहितको संविधान जारी गर्ने सहमतिको निर्णय सार्वजनिक भयो । उक्त निर्णयपछि सुर्खेतलाई सुदूरपश्चिमसँग मिलाईएको भन्दै विरोध र प्रदर्शन सुरू भयो । कर्णालीलाई स्वायत्त प्रदेश बनाइनुपर्ने भन्दै जुम्ला, मुगु, हुम्ला, डोल्पा, कालीकोट र जिल्ला टुक्र्याउन नपाइने भन्दै रुकुम, बागलुङ, नवलपरासीलगायतका जिल्लाहरूमा सीमाङ्कनप्रति असन्तुष्टि पोख्दै आन्दोलनहरु भए । त्यसपछि प्रमुख दलहरुले सुर्खेत र कर्णालीमा भएका आन्दोलनहरुका माग सम्बोधन गर्दै ६ प्रदेशलाई ७ प्रदेश बनाउने निर्णय भयो ।
तथ्य
अधिकांश घटनाहरु हेर्दा सुरक्षाकर्मीहरुतर्फबाट मारिएका व्यक्तिहरुलाई छाती, टाउको, कोखा तथा घुँडाभन्दामाथि गोली लागेको थियो ।
सरकारबाट आन्दोलनकारीको आशंकामा दाङ्गलगायतका जिल्लामा सडकमा हिँडिरहेका सर्वसाधारणहरुलाई समेत पक्राऊ गर्ने कार्यहरु भए । विराटनगरमा खाजा खाइरहेका आन्दोलनरत दलका कार्यकर्ताहरुलाई होटलभित्र प्रवेश गरी प्रहरीबाट दुर्व्यवहार हुँदा उनीहरुमध्ये केही घाइते भए ।
आन्दोलनकारीतर्फबाट सार्वजनिक यातायातहरू अवरूद्ध पारिँदा सर्वसाधारणहरूको आवत—जावत गर्ने स्वतन्त्रता पूर्णरूपमा प्रभावित भएको छ । सार्वजनिक वा निजी सवारी साधन प्रयोग गरेर आवतजावत गर्न बाध्य यात्रुहरु चढेका सयौं सवारी साधनहरुमा आन्दोलनकारीहरुबाट आगजनी, तोडफोड र ढुङ्गा प्रहार गर्दा निर्दोष यात्रुहरुको सुक्षित आवतजावत गर्न पाउने स्वतन्त्रता कुण्ठित भएको छ ।
आन्दोलनको क्रममा आन्दोलनकारी तथा त्यसको विपक्षमा रहेका समूह र ड्युटीमा खटिएका केही सुरक्षाकर्मीहरुबाट सामाजिक सद्भाव भड्काउने किसिमका व्यवहार र अभिव्यक्ति दिएको पाइएकोले त्यस्तो अभिव्यक्ति दिने तथा व्यवहार प्रदर्शन गर्नेहरुको पहिचान गरी तत्काल कानुनबमोजिम कारबाही गर्न ।
प्राप्त तथ्यहरुले आन्दोलनको क्रममा सुरक्षाकर्मीहरुको अत्यधिक बलप्रयोग तथा आन्दोलनकारीहरुको ज्यादतीबाट ४७ जना व्यक्तिहरुको जीवनको अधिकार समाप्त भएको देखिन्छ, जसमध्ये सुरक्षाकर्मीबाट ३४ र आन्दोलनकारी पक्षबाट १३ जनाको जीवन समाप्त भएको छ । सुरक्षाकर्मीबाट प्रहार गरिएको गोलीबाट जीवन समाप्त भएका तथा घाइते भएका व्यक्तिहरुलाई घुँडाभन्दा माथि टाउको, छातीलगायतका क्षेत्रमा देखिएका चोटहरु, गोली प्रहार भएका क्षेत्रहरुको आसपास रहेका घर तथा सटरहरु र नजिक रहेका बिजुलीका खम्बाहरुमा देखिएका गोलीका डोबहरुले आन्दोलनमा बलको आवश्यकताभन्दा बढी बल प्रयोग भएको देखिन्छ ।
नेपाल—भारत सीमा नाका तथा प्रमुख सडकहरु बन्द गर्ने कार्यले सीमाबाट आयात निर्यात हुने सामग्रीको ढुवानीमा अवरोध पुग्दा नेपाल—भारत सम्बन्धमा समेत असर पर्ने अवस्था उत्पन्न भई नेपाली नागरिकहरुका आधारभूत अधिकारहरुको उपभोगमा समस्या उत्पन्न भएको ।
dipendra-jha-user2
सिफारिस
आन्दोलनको क्रममा आन्दोलनकारी तथा त्यसको विपक्षमा रहेका समूह र ड्युटीमा खटिएका केही सुरक्षाकर्मीहरुबाट सामाजिक सद्भाव भड्काउने किसिमका व्यवहार र अभिव्यक्ति दिएको पाइएकोले त्यस्तो अभिव्यक्ति दिने तथा व्यवहार प्रदर्शन गर्नेहरुको पहिचान गरी तत्काल कानुनबमोजिम कारबाही गर्न ।
सुरक्षा निकायबाट अत्यधिक बलको प्रयोग र आन्दोलनकारीबाट घरेलु हतियार प्रयोग गरी आन्दोलनको क्रममा नागरिकहरू मारिएका घटनाहरूमा तत्काल फौज्दारी कानुनबमोजिम अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाई मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन ।
कतिपय ठाउँमा आन्दोलन शान्तिपूर्ण नरहेको र मानवीय असर समेत परेकोले आन्दोलनकारी समेत सचेत र जिम्मेवार हुनुपर्ने ।
नेपाल सरकारले मानव अधिकारका विषयमा विभिन्न पक्षसँग गरेका सम्झौताहरूको कार्यान्वयन समयमा नै गरि एउटै कारणबाट पटक–पटक मानव अधिकारको सम्मान र संरक्षणमा अवरोधआउने अवस्था नगर्न ।
आन्दोलनको क्रममा कतिपय स्थानहरूमा सुरक्षाको लागि खटिएका प्रहरीबाट अत्यधिक बलको प्रयोग भएको पाइएको । तर यस सम्बन्धमा आयोग, सर्वोच्च अदालत र संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयले दिएका सुझाव तथा निर्देशन कार्यान्वयन नहुँदा यस्ता घटनाहरू पटक पटक दोहोरिने कार्यहरूको अन्त्य गर्न ।

savar : http://esamata.com/np/2015/%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%B5%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%86%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B5/

बहिष्करणको वैधानिकता निर्माण


बहिष्करणको वैधानिकता निर्माण

समयको दिशा बदलिइरहन्छ । गति भने रोकिँदैन । इतिहासमा दुःखबाहेक अरु केही कमैमात्र देख्न पाएका नेपाली सामान्यजनका लागि कष्टका यी दिनहरू पनि सधैँझैँ बितेरै जानेछन् । आत्तिने, पात्तिने र मात्तिने उद्दण्ड निम्नमध्यम वर्ग [लुम्फेन बुर्जुर्वा] को चरित्र हो । सामान्यजन त सहन्छन्, तिनको सहनशीलतालाई आफूखुसी अर्यान्एर स्थायी सत्ताले आफ्नो निरन्तरता कायम राख्ने गर्छ । उच्च वर्गको रमाइलो त सधैँ रही नै रहन्छ ।
७० दिनभन्दा बढी भइसक्यो, मधेश आन्दोलित छ । कलकारखाना बन्द छन् । व्यापार ठप्प छ । यातायात चलेका छैनन् । विद्यालय खुलेका छैनन् । भन्सार नाकाहरूमा राजस्व संकलन हुन सकेको छैन । ऋणीहरूले बैंकको किस्ता त के ब्याजसमेत तिर्न सकिरहेका छैनन् । गोरखा भुइँचालोले ६ महिना पूरा गरिसकेको छ । तत्काल राहतबाहेक प्रभावित जनताले अरु कुनै सहायता पाउन सकेका छैनन् । यस आर्थिक वर्षमा पुँजीगत लगानी भएकै छैन भन्दा हुन्छ । चारैतिर धुप्प अँध्यारोबाहेक केही देखिँदैन ।
राजधानीमा भने चिनियाँ पेट्रोलको चर्चा छ । आलंकारिक भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति एवं उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ । र, तमासेहरू भारतीय ‘नाकाकस्सी’ बारे भयंकर राष्ट्रवादी टीकाटिप्पणी गरिरहेका छन् । लाग्छ, नेपालमा अमनचैन छ । र, अघाएकाहरू रमिता हेरिरहेका छन् ।
जर्मन कवि एवं रंगकर्मी बर्तोल्त ब्रेख्त आफ्नो चर्चित कविता ‘आउँदो पुस्ताका नाममा’ एक ठाउँमा बिलौना गर्छन्– ‘हैन कस्तो समय हो यो ! रुखका बारेमा कुरा गर्नु अपराध हुन्छ । किनभने त्यसको अर्थ अन्य धेरै अन्यायबारे मौन रहेको ठहरिन्छ ।’ मधेशीहरूको चित्कार एवं स्थायी सत्ताका प्रायोजित कोलाहलका बीच सचेत आवाजहरू बिलाएका जस्ता छन् । समयले भने तिनको मौनताको अर्थ पनि पक्कै पहिल्याउने छ । बहिष्करणको अर्थराजनीतिमा स्थायी सत्ताले आफ्नो निरन्तरतामा प्रयोग गर्ने केही रणनीतिको अध्ययनका लागि भने नेपालको यो समय भविष्यका निम्ति पनि उपयोगी ठहरिने छ ।
मधेश विद्रोह तथाकथित ठूला जातिका हिन्दुहरूको स्थायी सत्तासँग अंश माग्ने बितण्डामात्रै हो भन्ने तर्क पनि पढेलेखेका पहाडी समुदायका मुखारविन्दबाट समेत सुन्न पाइन्छ । त्यो जत्तिको हल्का ‘अनि त्यो पनि’ तर्क अर्को हुनै सक्दैन ।
शास्त्रार्थको शस्त्र
लेखनभन्दा वाचन परम्पराको वर्चस्वले गर्दा होला उद्दण्ड निम्न वर्ग (उनिमव) पढेर वा गुनेरभन्दा पनि सुनेर विचार बनाउन रूचाउँछ । अमेरिका स्वर्ग हो भन्ने धारणा बनाएर घरखेत बेचेर भए पनि दलालमार्फत् मेक्सिको पुग्ने वा मिर्गौला बेचेको पैसाले कमाइका लागि मलेसिया उड्नेहरूले सामान्यतः सुनेकै भरमा कठिन निर्णय लिएका हुन्छन् । अन्य बाध्यताको भूमिका हुँदै नभएको होइन, तर स्थायी सत्ताले उडन्ते कुरा पनि पत्याइहाल्ने उनिमव प्रवृत्तिलाई आफ्नो हित संरक्षण एवं प्रवर्धनका लागि सजिलैसित प्रयोग गर्ने गरेको छ ।
उडन्ते कुरालाई शास्त्रार्थको शस्त्रका रूपमा प्रयोग गर्ने विधि तत्कालीन सोभियत संघमा निकै व्यापक थियो । त्यसले कम्तीमा ३ अंग्रेजी शब्द प्रचलनमा आए । आफ्नो आङको भैँसीबाट अर्काको जुम्रातिर ध्यान मोड्ने प्रवृत्तिलाई ह्वाटअबाउटिज्म (अनि त्यो के नि !) नाम दिइयो । बहसको मुद्दालाई गौण ठहर्यातउन असम्बन्धित वा अमूर्त विषयलाई उठान गर्ने विधिलाई पनि ह्वाटअबाउटरी (अनि त्यो पनि) भन्ने चलन सुरु भयो । हठधर्मिता, दम्भ एवं बेवास्ता दर्शाउने सोह्वाटिज्म (अनि के त !) उतिसारो चलनमा नआए पनि त्यसको सान्दर्भिकता अपवर्तक तर्कका रूपमा अद्यापि कायम छ । यी सबै विधि प्रयोग गरेर मधेशीहरूको बहिष्करणको वैधानिकता निर्माण गर्ने प्रयत्न सार्वजनिक वृत्तमा स्पष्टसँग महसुस गर्न सकिन्छ ।
पहाडी समाजको तुलनामा मधेशीहरू अपेक्षाकृत संकुचित विचारधाराका हुन्छन् । यो यथार्थ हो । सत्ताबाट दबाइएकाहरू आफ्नो आत्मसम्मानको खोजी कमजोरमाथि प्रभुत्व देखाएर गर्ने गर्छन् । तर, मधेशीजति सबैले दाइजो नल्याउने बुहारीलाई जलाउँछन् भन्ने आक्षेप केही पहाडी समुदाय आफ्ना छोरी बेचेरै गुजारा गर्छन् भनेजत्तिकै अतिरञ्जित र आपत्तिजनक कुरा हो । अपवादजस्ता सामाजिक कुरीति पनि हट्नुपर्छ । त्यसलाई सामान्यीकरण गरेर खास समुदायलाई नै लाञ्छित गर्नु ‘अनि त्यो के नि’ कुप्रचारको रणनीतिका रूपमा बुझिनुपर्छ ।
खस बाहुन–क्षत्री उच्च पदमा पुगे पनि त्यो ‘क्षमता’ ठहर्छ । दलित वा जनजाति भने कृपापात्र ठहर्‍याइन्छन् । मधेशीको हकमा भने स्थायी सत्तासँग सम्बद्ध समुदाय अझ बढी गर्जनका साथ प्रस्तुत हुन्छन् ।
मधेश विद्रोह तथाकथित ठूला जातिका हिन्दुहरूको स्थायी सत्तासँग अंश माग्ने बितण्डामात्रै हो भन्ने तर्क पनि पढेलेखेका पहाडी समुदायका मुखारविन्दबाट समेत सुन्न पाइन्छ । त्यो जत्तिको हल्का ‘अनि त्यो पनि’ तर्क अर्को हुनै सक्दैन । यादव, महतो एवं चौधरीजस्ता थरधारी सम्पन्न हुन सक्छन्, तर ‘ठूला’ भनिने जातका होइनन् । शुक्ला एवं त्रिपाठीबाहेक मधेशवादी दलमा ‘ठालू’ नेतृत्व भेट्टाउनसमेत गाह्रो छ । एकल जातीय नेतृत्वको अभ्यास गर्ने पहाडी वर्चस्वका राष्ट्रिय भनिने दलहरूका तुलनामा मधेशवादीहरू नै बरु समावेशी छन् । महिला नेतृत्वको मामिलामा भने मधेशवादी कमजोर छन् । त्यसको मुख्य कारण के हो भने, प्रदर्शनका लागि प्रतिभाशाली महिला राजनीतिकर्मीहरू राष्ट्रिय भनिने दलहरूबाट टिपिन्छन् । त्यता पनि तिनको अन्तर्निहित प्रतिभा प्रस्फुटन हुन पाउँदैन । तर, त्यो बेग्लै बहसको विषय हो ।
खस बाहुन–क्षत्री उच्च पदमा पुगे पनि त्यो ‘क्षमता’ ठहर्छ । दलित वा जनजाति भने कृपापात्र ठहर्‍याइन्छन् । मधेशीको हकमा भने स्थायी सत्तासँग सम्बद्ध समुदाय अझ बढी गर्जनका साथ प्रस्तुत हुन्छन् । ‘राष्ट्रपति बनायौँ । उपराष्ट्रपति बनायौँ । उपप्रधान मन्त्री बनायौँ । प्रधान न्यायाधीश बनायौँ । अब के पुगेन ?’ ती ‘बनाइएका’ ठहर्‍याइन्छन् ! स्थायी सत्तासँग जातीयबाहेक अरु कुनै समानता नभएका व्यक्तिहरू आफ्नै क्षमताका बलमा ‘बन्न’ सफल हुन्छन् । बहिष्कृत समुदायलाई थप तिरष्कार गर्ने यो विधि ‘अनि के त !’ प्रवर्गमा पर्छ ।
बनाइने नै हो भने क्षमताभन्दा महत्वाकांक्षाले प्रश्रय पाउनु स्वाभाविक हो । नेपाली कांग्रेसका तत्कालीन महामन्त्री डा. रामवरण यादवको योग्यताका बारेमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली (उनले डाक्टरलाई सुई लगाउने व्यक्तिका रूपमा अर्थ्याएका थिए) ले बाहेक कसैले पनि प्रश्न उठाउने आँट गरेका छैनन् । तर, दुवै मधेश विद्रोहलाई ‘पारिको षड्यन्त्र’ भनेर खिसी गरिरहनु निःसन्देह उनको थप योग्यता बन्न पुग्यो । निर्वाचित भने उनी तिनै ‘षड्यन्त्रकारी’ शक्तिको नेतृत्वकर्ताको बलमा भएका थिए । बहिष्कृतको आन्दोलनले सफलता पाउँदा स्थायी सत्तासँग निकट रहेका आन्दोलनकारी समुदायका व्यक्तिले सबैभन्दा बढी फाइदा पाउने हुनाले ‘अनि के त !’ तर्कले वैधानिकता पाउँछ ।
अस्पष्ट आक्षेपको अन्तर्निहित चरित्र नै के हो भने, तिनको तर्कसंगत खण्डन सम्भव छैन । सवाल–जवाफ पुनः त्यसै ‘अनि त्यो के नि’ वा ‘अनि त्यो पनि’ दुश्चक्रभित्र घुमिरहन अभिशप्त हुन्छ । सीमापारिबाट ढुंगा हान्नु वा गोलाबारुद एवं लागु पदार्थ ओसारपसार गर्नुमध्ये कुन बढी ‘राष्ट्रघाती’ काम हो भन्नेबारे जति लामो बहस गरे पनि सर्वस्वीकार्य निष्कर्ष निकाल्न सकिँदैन ।
‘राष्ट्रपति बनायौँ । उपराष्ट्रपति बनायौँ । उपप्रधान मन्त्री बनायौँ । प्रधान न्यायाधीश बनायौँ । अब के पुगेन ?’ ती ‘बनाइएका’ ठहर्‍याइन्छन् ! स्थायी सत्तासँग जातीयबाहेक अरु कुनै समानता नभएका व्यक्तिहरू आफ्नै क्षमताका बलमा ‘बन्न’ सफल हुन्छन् ।
मायाको जालो
भारतको स्वाधीनता आन्दोलनलाई निषिद्ध ठहर्यासउन बेलायतीहरू विभिन्न तर्क तेर्स्याउने गर्थे । भारतीय समाज धर्म, जातपात, छुत–अछुत, वर्ण–अवर्ण एवं धनी–गरिबमा विभाजित छ । सचेत मध्यम वर्ग त्यहाँ छैन । राज्यसत्ता सञ्चालन गर्न सक्ने भारतीय विज्ञ छैनन् । यस्तो अवस्थामा बेलायतले छाडेर जाने हो भने भारतीय एकापसमा काटामार गरेरै सिद्दिन्छन् । त्यस्ता तर्कको जवाफ सम्भव थिएन । अनि महात्मा गान्धीले आजित भएर मे १९४२ मा केवल एक वाक्य प्रस्तुत गरे– ‘भारतलाई ईश्वरको भरमा छोड, त्यो पनि सम्भव छैन भने अराजकताकै जिम्मा लगाइदेऊ ।’
यथार्थ हो, राष्ट्रियरूपमा स्थापित एउटै पनि मधेशी अर्थविद् छैनन् । थारू संविधान विज्ञमध्ये नाम चलेका कोही छैनन् । मुसलमान समाजशास्त्रीको पहिचान गर्न गाह्रो छ । मधेश एवं थरूहटले स्वायत्त प्रदेश चलाउन केही ‘उच्च’ भनिने जातिका व्यक्तिको भर पर्नुको विकल्प कमसेकम प्रारम्भिक अवस्थामा छैन । त्यो समस्या मधेशको मात्र नभएर पहाडको पनि हो ।
बाहुन–क्षत्रीबाहेकका विज्ञहरू पहाडमा खोज्न मधेशमा भन्दा पनि गाह्रो छ । विशेषज्ञता हासिल गर्ने साधन कमैसँग मात्र भएको समाजमा स्थायी सत्तासँगको निकटता विज्ञता स्थापित गर्ने एकमात्र माध्यम बन्न पुग्यो । राष्ट्रिय छवि निर्माणमा सञ्चारमाध्यमको ठूलो भूमिका हुन्छ । पहिले मधेश स्वायत्त प्रदेश वा प्रथमतः मधेशकेन्द्रित टेलिभिजन, रेडियो र अखबार भन्ने बहस ‘अन्डा कि चल्ला’ भनेजस्तै जटिल ठहरिन सक्छ । मूल कुरा राजनीति हो । विज्ञ अन्य प्रदेश त के विदेशबाट बोलाउँदा समेत फरक पर्दैन । तथाकथित उच्च जातिका मधेशीहरूको हालिमुहाली हुन्छ भन्ने तर्क कमजोर तप्कालाई वजनदार लागे पनि त्यसको अर्थ आफ्नै खुट्टाको साङ्लो फुकाल्न नतम्सिनु हुन सक्दैन । प्रदेश निर्माण समानताका लागि गरिनुपर्ने संघर्षहरूको अन्त्य नभएर सुरुवातमात्रै हो । पहिले त सम्मानको मागसमेत वर्जित हुने अवस्थाबाट मुक्ति चाहिएको हो । दयामायाले गुजारा त कमारा–कमारीको पनि चल्ने नै गर्थ्यो । पहिचान दासहरूको पनि हुन्छ । सम्मान स्थापित गर्ने बाटो राजनीतिकबाहेक अरु कुनै हुन सक्दैन ।
तथाकथित उच्च जातिका मधेशीहरूको हालिमुहाली हुन्छ भन्ने तर्क कमजोर तप्कालाई वजनदार लागे पनि त्यसको अर्थ आफ्नै खुट्टाको साङ्लो फुकाल्न नतम्सिनु हुन सक्दैन ।
सन् १९८४ ताका ‘डीएस फोर’ भनिने भारतको दलित शोषित समाज संघर्ष समितिका जुझारु अभियन्ता काशीराम आफ्नो छुट्टै राजनीतिक मञ्च बनाउने उपक्रममा थिए । पश्चिमी उत्तर प्रदेश उनको मुख्य कार्यथलो थियो । आफ्ना समर्थकहरूको आँट बढाउन उनी गर्जिन्थे । दयामायाले पाएको समाचारको हेडलाइनका पछाडि लाग्नु हुँदैन । शीर्षक जे राखे पनि पेटबोलीमा तिनले खिसी नै गर्ने हुन् । बहुजन समाज पार्टीका प्रेस कन्फरेन्सहरूको त सुरुवात नै काशीरामले सवर्ण पत्रकारलाई कोठाबाहिर जाने अनुरोधबाट गर्ने गर्थे । उनका शिष्य मायावती मुख्यमन्त्री बनेपछि त्यस्तो नीति पछ्याइएन । तर यथार्थ हो, दयामायाबाट पाएको महाबली कर्णको राजपाटभन्दा अनवरत संघर्षले हासिल गरेको एकलव्यको महानता इतिहासमा बढी सम्मानका साथ अंकित हुन्छ ।CK-Lal-post
मधेश विद्रोहको वैधानिकता नष्ट गर्ने सबै प्रयत्न अन्ततः प्रत्युत्पादक ठहरिने निश्चितप्रायः छ । जनता सडकमा ओर्लेपछि त्यसले आफ्नो वैधानिकता स्वतः स्थापित गर्छ । नेपाली कांग्रेस कुनै बेला ‘अराष्ट्रिय तत्व’ थियो । मालेहरू टाउको गिँड्दै हिँड्ने अपराधी थिए । माओवादीहरूको नाममा जारी गरिएका अन्तर्राष्ट्रिय ‘रेड कर्नर नोटिस’ फिर्ता लिएपछि तिनले दुई–दुई पटक सरकारको नेतृत्व गरे । दसगजामा धर्ना दिनु पनि अपराधकै परिभाषाभित्र राख्न मिल्ने होला । तर, त्यसको खिसी गरिएको भने नाकाकस्सीबाट सबैभन्दा बढी प्रभावित मधेशीहरूको माया लागेर भने होइन ।
लोभ र लाभमात्र सबथोक होइन । सामान्य स्वीकार्यताका लागि समेत सत्ताको प्रशस्ति गाउने चरणदास प्रवृत्तिका केही व्यक्ति प्रत्येक समुदायमा हुन्छन् । पढेलेखेकाहरू राजावादी छन् । आधुनिक जीवनशैली अपनाएका अन्धविश्वासीहरू धर्मनिरपेक्षताको विरोध गर्ने गर्छन् । आआफ्ना समूहभित्र तिनको पनि जयगान हुन्छ । दल वा पेसा विशेषको बाध्यताले गर्दा मधेश विद्रोहको आलोचना गर्नेहरूले अन्ततः प्रतिरोधको वैधानिकतालाई नै बल पुर्‍याइरहेका हुन्छन् । असहमतिबेगरको आन्दोलन निरंकुश बन्ने डर हुन्छ । सशस्त्र द्वन्द्वमा विरोधलाई द्रोह ठहर्‍याइनु स्वाभाविक हो । शान्तिपूर्ण आन्दोलनका आलोचनाहरूलाई भने अस्वाभाविक मान्न सकिँदैन ।
पहिलो मधेश विद्रोहको वैधानिकता संघीयताको अवधारणाले स्थापित गर्‍यो । समानुपातिक समावेशिताले गर्दा दोस्रो मधेश विद्रोहको औचित्य सिद्ध भयो । कथंकदाचित तेस्रो मधेश विद्रोह तार्किक निष्कर्षमा नपुग्दै विसर्जन हुन पुग्यो भने यसअघिका सबै संघर्षको सान्दर्भिकतामा प्रश्न उठाउन सकिने छ । माओवादी सशस्त्र द्वन्द्वको वैधानिकता स्थापित हुन नपाउँदै समाप्त भएको दृष्टान्त ताजा नै छ । सायद त्यसैले होला, तात्कालिक मान्यताभन्दा दीर्घकालीन हितप्रति अहिलेसम्म मधेशवादी आन्दोलनकारीहरू प्रतिबद्ध छन् । अन्ततः जुनसुकै आन्दोलनको राजनीतिक वैधानिकता त्यसको सफलताले नै स्थापित गर्ने न हो ।
नागरिक, २०७२ कार्तिक १३ बाट

मधेशको अपेक्षा

Gorkhapatra

मधेशको अपेक्षा

dharmendra jhaधर्मेन्द्र झा
‘मधेसो नेपालेमे पडै छै । देशक सब ठामक समस्या काठमाण्डू बुझै छै आ समाधानो तकै छै मुदा मधेसक समस्याक सम्बन्धमे काठमाण्डू बाते नहि बुझै छै । ’ अर्थात मधेस पनि नेपालमै पर्छ । देशका सबै ठाउँका समस्या काठमाडौंले बुझ्छ र समाधान पनि पहिल्याउँछ तर मधेस समस्याबारे काठमाडौं कुरै बुझ्दैन ।
काठमाडौंको नयाँ वानेश्वर चोकमा आपसमा गफ्फिइरहेका सर्लाहीका दुई वासिन्दाबीचको संवादको अंश हो यो । यो संवाद ती दुईबीच मात्र होइन अहिले मधेसमा जहाँ पनि सुन्न सकिन्छ । यो संवाद अब त विस्तारै समथलबाट माथि उक्लिन खोज्दैछ । मधेसमा जारी आन्दोलनमा मधेसी मात्र नभई पहाडबाट तल झरेकाको पनि विस्तारै सहभागिता थपिनु यसैको प्रमाण हो । मधेसमा आन्दोलन सुरु भएको अढाइ महिना (८५ दिन) वितिसकेको छ । करिब पचास जनाको ज्यान गइसकेको छ तर मधेसको स्वर जिम्मेबारहरूले सुन्न सकेका छैनन् । सुन्न चाहेका छैनन् । आन्दोलनको प्रभाव काठमाडौंसमेतमा परिसक्दा राज्यसत्ता संवेदनशील नबनी उल्टै आन्दोलनलाई आरोपित गर्न सक्रिय रहेको गुनासो मधेसबासीको छ । उनीहरूका शब्दमा, पेट्रोलियम अभावको प्रभाव थेग्न नसकी थिल्थिलिएको काठमाडौंले मधेसका चुलो चौको बन्द हुन पुगेको पीडाबोध गर्न सकेको छैन । उनीहरू प्रश्न गर्छन्, किन काठमाडांै हाम्रो कुरा सुन्दैन÷बुझ्दैन ?
पछिल्लो कालखण्डमा केही व्यक्तिबाट नेपाली राष्ट्रियतालाई पहाडी र मधेसीका रूपमा खण्डित गरी हेर्ने प्रयास हुन थालेको छ । यो अनुचित छ । हो, शास्त्रीयरूपमा राष्ट्र र राष्ट्रियताको सम्बन्ध संस्कृतिसँग छ तर सिङ्गो राष्ट्रियता निर्माणका लागि देशको भूगोलभित्रका सबैखाले संस्कृति एउटै मालामा उनिन सक्नुपर्छ । राष्ट्रिय भावना निर्माण र विकासका लागि यो अनिवार्य छ । मधेस आन्दोलन र त्यसपछि विकसित अवस्थाका सन्दर्भमा विश्लेषण गर्ने हो भने दुर्भाग्यवश, माथि चर्चा गरिएजस्तै अनिवार्य स्थितिको उपस्थिति अनुभव गर्न सकिएको छैन । मधेसका बासिन्दा र त्यहाँ उठेको आन्दोलनलाई जिम्मेबारहरू र आन्दोलनको असरबाट प्रभावित भएकाहरूले फरक ढङ्गले बुझ्न बुझाउन थालेका छन् । राष्ट्रियता र राष्ट्र निर्माणको परिभाषा अनुकूलताका आधारमा गर्ने गराउने काम हुनु निश्चय पनि दुःखद छ ।
हाल सत्तामा नरहेका एकजना राजनेताले एक प्रसङ्गमा यो पङ्क्तिकारलाई एकपटक भनेका थिए, ‘भौगोलिकरूपमा समुदायगत रूपमा हामी मधेसी हौं । यो ठीक हो तर हामी देशको कुनै कुनामा बसे पनि हामीलाई सिङ्गो नेपालप्रति माया छ । नेपाली राष्ट्रियता हाम्रो पहिचानमात्र होइन अस्तित्व पनि हो । ’ यो भनाइ स्वयंमा निकै महŒवपूर्ण छ र अहिलेको अवस्थामा सान्दर्भिक पनि । खासगरी मधेस र मधेसीका सम्बन्धमा विभिन्नखाले दृष्टिकोण विकसित गर्ने प्रयास भइरहेको वर्तमान सन्दर्भमा माथिको अभिव्यक्तिलाई देश जोड्ने विचारसँग समन्वय गरी हेर्न सकिन्छ । एउटा कुरा के सत्य हो भने, वर्तमानमा मधेसलगायतको देशको विभिन्न भूगोलले उठाइरहेको समानतामा आधारित अधिकार प्राप्तिको कुरालाई सम्बोधन गरिनु आवश्यक छ । मधेसलगायत देशको विविध भूगोल र समाजले अधिकारसँगै समान अवसर, प्रतिष्ठा र अस्मिता खोजेको कुरा बुझ्नु जरुरी छ । यसलाई कुुनै पनि प्रकारको नकारात्मक अवधारणासँग जोडेर हेरिनु हुँदैन । यस सन्दर्भमा अधिकार प्राप्तिको अभियानलाई कसैले विखण्डनसँग जोड्ने धृष्टता गर्छ र अर्कोथरिले अधिकार प्राप्तिको प्रकटीकरणको माध्यम विखण्डनको सोचलाई ठान्दछ भने यी दुवैलाई अतिवादी दृष्टिकोणका रूपमा परिभाषित गरिनु श्रेयस्कर हुन्छ । खासमा मधेस र काठमाडौं स्वयंमा समस्या होइन । समस्या त यी दुवै भूगोलमा व्याप्त स्थायी आग्रही मनोग्रन्थी (माइन्ड सेट) को हो । निश्चितरूपमा यसको सम्बन्ध राजनीतिक स्वार्थ परिपूर्तिसँग छ ।
मधेस अहिले नेपाली राजनीतिक वृत्तमा ‘हट केक’ को अवस्थामा छ । नेपालका राजनीतिक दल मधेस, मधेसको विकास, मधेसका जनताको हकहितप्रति कति सरोकार राख्छन् त्यो विश्लेषणको अर्को पाटो हुन सक्छ । इमानदार र प्रतिबद्ध मतदाताका रूपमा मधेसका जनता सबै दललाई चाहिएको छ, यो यथार्थ हो तर अर्को सत्य के हो भने मधेसका आकाङ्क्षा अपुरै छन् । विकास ओरालो लागेको लागेकै छ । मानवाधिकारको अवस्था टीठलाग्दो छ । काठमाडौंकेन्द्रित राज्यले यथोचित सम्बोधन गर्न सकेको छैन । मधेसको राजनीतिको विश्लेषण गर्ने हो भने यतिखेर बडो विचित्रको प्रवृत्ति अनुभव गर्न सकिन्छ । वर्तमान विश्लेषण गर्नुअघि थोरै विगतको चर्चा गर्नु सान्दर्भिक हुन्छ । मधेसमा पछिल्लो संविधानसभाको निर्वाचनमा मतदाताले राष्ट्रिय प्रभावयुक्त लोकतान्त्रिक शक्तिप्रति विश्वास व्यक्त गरेका छन् । संविधानसभाको पहिलो निर्वाचनताका मधेसमा उदाएका नयाँ शक्तिले विजय प्राप्त गरेका थिए । त्यसबखत पनि माओवादीप्रति मधेसीले विश्वास व्यक्त गर्न सकेनन् । तर पहिलो संविधानसभापछि विकसित राजनीतिक परिदृश्यमा माओवादी र मधेसकेन्द्रित दल एकअर्काको नजिक आए । सत्तामा सँगै आसिन भए । पहिलो र दोस्रो मधेस आन्दोलनको चिरफार गर्ने हो भने त्यसताका सत्तामा बसेका माओवादीलगायतका शक्तिको विरुद्धमा मधेस आन्दोलन लक्षित थियो । कुनै न कुनै रूपमा माओवादीहरू मधेस आन्दोलनका तात्कालिक कारण बने । लहान र गौर घटनालाई यसको प्रमाणका रूपमा स्वीकार गर्न सकिन्छ । तर तिनै विपरित ध्रुवीय दुई शक्ति पछि मिल्न पुगे । नेपाली राजनीतिमा देखा परेको ठूलो विरोधाभास थियो यो । यो कुरा शायद मधेसका मतदाताले रुचाएनन् र संविधानसभाको दोस्रो निर्वाचनको परिणाम सबै जिल्लिने गरी आयो । मधेसकेन्द्रित दल र एमाओवादीलाई मधेसले अस्वीकार ग¥यो । त्यसपछिको राजनीतिले विशिष्ट ढङ्गले पृथक गति लियो र एमाओवादी–मधेसी सम्बन्ध चिसिन पुग्यो । यसको सोझो प्रभाव संविधान निर्माणको सन्दर्भमा अनुभव गरियो । प्रत्यक्षतः एमाओवादीले आफू मधेसको मुद्दाप्रति सकारात्मक रहेको दावी गर्ने गरे पनि अप्रत्यक्षतः ऊ मधेसलाई एक्ल्याउने रणनीतिमा सक्रिय रहेको बुझ्न कठिन थिएन । मधेसका अधिकांश जनता लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्छन् । विगतका निर्वाचनमा नेपाली काँग्रेसले प्राप्त गर्ने गरेको मत प्रतिशतले पनि यो कुरा प्रमाणित गर्दछ । मधेसकेन्द्रित दलहरू पनि केही अपवादबाहेक प्रायः लोकतान्त्रिक मूल्यमा विश्वास गर्छन् । संविधानसभाको दुवै निर्वाचनमा काँग्रेस र मधेसकेन्द्रित दलले प्राप्त गरेको मतलाई आधार मान्ने होे भने पनि मधेसको मतरुझानको आँकलन सहजै गर्न सकिन्छ । गत निर्वाचनमा मधेसमा सबैभन्दा बढी मत प्राप्त गर्ने शक्ति नेपाली काँग्रेस हो भने मत प्रतिशतका आधारमा मधेसकेन्द्रित दलले दोस्रो मत प्राप्त गरेका थिए तर केन्द्रमा यी दुवैबीच समीकरण बन्न सकेन । यसको उल्टो मधेसकेन्द्रित दल र हिजोको मधेस आन्दोलनको तात्कालिक कारण एमाओवादीबीच समीकरण विकसित भयो जो अप्राकृतिक थियो । एमाओवादीले मधेसलाई सँधै उपयोग गर्ने तर उसका मुद्दा सम्बोधन नगर्ने रणनीतिकै परिणाम हो आजको अवस्था ।
मधेसले अहिले नयाँ सीमाङ्कनसहितको सङ्घीयता, समानुपातिक समावेशी र जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको मागलाई स्वर प्रदान गरेको छ । मधेसको यो माग काँग्रेसबाहेकका राजनीतिक शक्ति, जसको जनाधार मधेसमा कमजोर छ, ले रुचाएका छैनन् । मधेसको माग तत्काल पूरा गरिए आगामी निर्वाचनमा यसको लाभ मधेसमा जनाधार भएका लोकतान्त्रिक शक्तिलाई पुग्ने सम्भावनालाई नकार्न सकिँदैन । यही कारण हो मधेसको माग सम्बोधन गर्न अन्य दल उत्साहित देखिएका छैनन् । माथिको यो सबै विश्लेषणको सम्बन्ध वर्तमान राजनीतिसँग छ, मधेस आन्दोलनको तात्विक र रणनीतिक महŒवसँग छ । आजको यथार्थ के हो भने, एकथरि मधेस आन्दोलनलाई कम मूल्याङ्कन गरेर त्यसलाई दशगजामा सीमित गर्न चाहन्छन् र अर्कोथरि सन्तुलनको नाममा कमानबाट निस्केको तीर फिर्ताको प्रयासमा लीन छन् । वस्तुतः दुवै प्रवृत्ति दोषपूर्ण छ । सारमा यो दुवै प्रवृत्ति मधेस आन्दोलनलाई वेवारिसे बनाउन सक्रिय छ । खासमा जिम्मेबारहरू जबसम्म यो आन्दोलन नेपाल र नेपालीको हो भनेर सम्बोधन गर्न अग्रसर हुँदैनन् तबसम्म यसको दीगो समाधान कठिन छ । मधेस समस्या समाधानका सन्दर्भमा एकपटक फेरि राजनीतिक इन्जिनियरिङ आवश्यक छ । जसका आधारमा मधेसबारेमा नयाँ ढङ्गले सोच्न सकियोस् । यस दिशामा नेपाली काँग्रेसको भूमिका महŒवपूर्ण छ ।
संविधान जारी भएपछि मुलुकमा नयाँ ढङ्गले राजनीतिक ध्रुवीकरण सुरु भएको छ । समीकरण फेरिएको छ । काँग्रेसलगायतको लोकतान्त्रिक शक्ति र अन्य राजनीतिक शक्तिको दुई ध्रुव निर्माणले नेपाली राजनीतिमा धेरैपछि सत्ता र प्रतिपक्षबीच स्पष्ट विभाजन रेखा कोरेको छ । कुनै न कुनै रूपमा मधेसी दलहरू काँग्रेस कित्तामा छन् । मधेस काँग्रेसको जनाधार क्षेत्र पनि हो । यस्तोमा मधेसवासीले आफ्नो समस्याको समाधान र हित सम्बोधनको आशा काँग्रेसबाट राख्छन् भने त्यसलाई अत्यन्त स्वाभाविक मान्नुपर्छ । अहिले काँग्रेसका नेताहरू प्रधानमन्त्रीको निर्वाचनमा मधेसी दललाई संसद्मा प्रवेश गराएर मधेस र काठमाडौंलाई जोडेर राष्ट्रियता प्रवद्र्धनमा भूमिका निर्वाह गरेको दावी गरिरहेका छन् । यो दावी सत्य हो भने काँग्रेसले अब वास्तविकरूपमा मधेस मुद्दाको स्वामित्व ग्रहण गर्न सक्नुपर्छ र मधेस आन्दोलनलाई सार्थक निष्कर्षमा पु¥याउन भूमिका निर्वाह गर्नु आवश्यक छ । प्रतिपक्षका हैसियतले यो काँग्रेसको धर्म पनि हो । मधेसलाई आश्वस्त गर्नु जरुरी छ– काठमाडांैले मधेसको कुरा बुझ्छ । अर्थात, काठमाण्डू मधेसक बात बुझै छै ।

के आफ्नो हक र अधिकार माग्नु देशद्रोह थियो ? (रिपोर्ट)

के आफ्नो हक र अधिकार माग्नु देशद्रोह थियो ? (रिपोर्ट)

wife of birendra bichhe
रंजन भण्डारी, जलेश्वर, १७ कार्तिक । मधेश आन्दोलनको क्रममा भाद्र २३ गते प्रहरीको गोली लागि उपचारको क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा २५ गते मृत्यु भएका महोत्तरीका सहिद विरेन्द्र विच्छाको परिवार अहिले पनि शोकमग्न छ ।
विरेन्द्रकी २० महिनाकी छोरीले ड्याडी भन्न थालेकी छिन् । तर, ड्याडी शब्द सुन्नलाई उनको ड्याडी अब संसारमा छैनन् । प्रहरीले आन्दोलनका क्रममा विच्छाको कन्चटमा गोली हानी हत्या गरेदेखि नै उनकी आमा र श्रिमतीको आशु थामिएको छैन ।
विरेन्द्रका बुवा देव चन्द्र विच्छाका अनुसार नयाँ संविधानमा मधेशीको अधिकार सुनिश्चित नभएका कारण उनी गम्भिर रहेका थिए । समाजसेवामा विशेष रुची राख्ने विरेन्द्र प्रकौलीस्थित शान्ति निकेतन बो.स्कुलमा अध्ययापन गराएर आत्मनिर्भर बनेका थिए ।
२०६९ सालमा गाविस सचिवको पदबाट अवकास पाएका विरेन्द्रका वुवा देव चन्द्र विच्छाको दुई छोरामध्ये कान्छोले विरगती पाएपछि उनको ढाड भाचिएको छ । घरमा सबैको हौसला टुटिसकेको छ । ढाढस बाँध्ने उनी एक मात्र सदस्य घर बाहिर एकान्तमा रोएर बस्छन् । आंैला समाएर हिँड्न सिकाएको छोरा संसार छोड्दा उनी निरीह भएका छन् ।
विरेन्द्रको मृत्यु भएको १५ दिन पहिले मात्र जन्मेका विरेन्द्रका छोरा र २० महिने छोरी टुहुरा भएका छन् । हाल विरेन्द्रकी श्रिमती, छोरी र छोराको भविष्य अन्धकारमा छ भने उनको पढाई लेखाई र भरनपोषणको समस्या समेत भएको छ । विरेन्द्रले आफुले सम्पती जोर्न नसकेका कारण विरेन्द्रकी श्रिमतीले ससुरा र विरेन्द्रका दाजुको भरपर्नुको विकल्प छैन । गाउँका भद्रभलाद्मीहरु विरेन्द्रकी श्रिमतीलाई आत्मनिर्भर भई आफ्नो बच्चाको भविष्य बनाउन सक्ने वातावरण मिलाई दिन आग्रह गर्छन् ।
विरेन्द्रको घर पुग्दा घरभित्र उनकी आमा छोरा सम्झेर विलाप गरिरहेकि थिइन् भने विरेन्द्रकी २० महिने छोरी हजुरबुवालाई आईसक्रिम किनिदिन अनुनय गरिरहेकी थिइन् । त्यति बेला हाम्रो पनि आँखा रसायो । (पढ्नुहोस : कसरी भयो विरेन्द्र विच्छाको हत्या ?)
Family of Birendra Bichhe
भाद्र २३ र २५ गते मधेशको लागि कालो दिन थियो । जुन दिन आन्दोलनकारी उग्र देखिएका थिए भने प्रहरीले आफ्नो धैर्यता छोडेर नरसंहार गरेका थिए । करिव ५ हजारको संख्यामा रहेका आन्दोलनकारीलाई तितरवितर गर्न प्रहरीद्वारा सयौं राउण्ड अश्रुग्यास र सक्कली गोली चलाईदा विच्छासँगै दर्जनौं मानिसलाई गोली लागेको थियो । सो नरसंहारमा रोहन चौधरी, रामविवेक यादव र अमित कापरको तत्काल मृत्यु भएको जलेश्वर अस्पतालले प्रमाणित गर्यो भने विच्छाको उपचार जलेश्वर अस्पतालमा हुन नसक्दा अंचल अस्पताल र पछि नर्भिक अस्पताल पुर्याईयो । नर्भिक अस्पतालमा शल्यकृयाको अर्को दिन विरेन्द्र विच्छाको मृत्यु भएको अस्पतालले प्रमाणित गरेको थियो ।
जलेश्वरका विच्छेलाई दुई दिन पछि मृत घोषणा(सर्टिफिकेटसहित)
विरेन्द्र र उनीसँगै अमित, रामविवेक, रोहण, रामशिला देवी र गणेश चौधरी यस संसारबाट विदा भए भने दर्जन जति अझै विभिन्न अस्पतालमा उपचाररत छन् । केहिको गोली निकाली सकिएको छ भने केहिको शरिरभित्र गोली अझै छदैँछ ।
किन मारियो उनीहरुलाई, गम्भिर प्रश्न हामी माँझ छ । के आफ्नो हक र अधिकार माग्नु देश द्रोह थियो ? प्रहरीले ढुगांको जवाफ गोलीले दिनु कतिको उचित र न्यायसंगत थियो ? १४ वर्षे रोहन र ७२ वर्षे उनका हजुरबुवालाई गोली हान्दा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक र सशस्त्र प्रहरी उपरिक्षकले मानव अधिकारको हनन किन गर्न लगाए ? हतियार ढुगांले किन डरायो ? कसको निर्देशनमा गोली हानियो र किन ? मधेश आन्दोलनमा प्रहरीले गरेको दमनको जवाफ प्रहरीले दिनै पर्छ अन्यथा प्रहरी कानुनको रक्षक नभई भक्षक भएको स्विकार्नु पर्छ ।

सरकार वार्ताप्रति गम्भिर छैनः यादव

महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १६ गते । तराई  मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सरकार वार्ताप्रति गम्भीर नभएको आरोप लगाउनुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित पार्टी कार्यालयमा पत्रकारहरुसंगको कुराकानीमा उहाँले एकातर्फ सरकार वार्ता गर्ने र अर्कोतर्फ शान्तिपूर्ण आन्दोलनमा गोली चलाउने कार्य गर्नु गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको यो काम, कारवाहीले वार्ताप्रति गम्भीर नभएको देखाउँछ ।’
शान्तिपूर्ण आन्दोलनमा गोली चलाएर सरकार वार्ताको वातावरण विथोलेको बताउनुहुदै सरकारको यस्तै रवैया रहे वार्ता भंग हुने चेतावनी समेत दिनुभयो ।

अध्यक्ष यादवले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप नगरि सरकारले सिमाङ्कन र प्रान्तीय अधिकारसहितका बिषयमा ठोस कार्ययोजना ल्याए आफूहरु परिणाममुखी वार्ताबारे सोच्न सक्ने दावी गर्नुभयो । 
सरकारको रवैयालाई फाँसीवादको संज्ञा दिनुहुदै उहाँले विरगंजमा सोमबार घटेको घटनालाई निन्दनीय वताउनुहुदै दुःख समेत व्यक्त गर्नुभयो ।
    ‘सिमाङ्कन संशोधन गरेर मात्र हुँदैन’ उहाँले भन्नुभयो, ‘जिल्ला बिकास समिति जत्तिकै अधिकार रहेको प्रान्तलाई स्वायत्त पनि बनाउनुपर्दछ ।’ उहाँले वर्तमान समस्याको उपचार चीन र भारतमा नभई मधेशमा रहेको भन्नुहुदै आन्दोलनमा भइरहेको दमनबिरुद्ध चीन नबोलेर पेट्रोलियम पदार्थ उपलब्ध गराउनु दुखद भएको बताउनुभयो ।
    ‘आन्दोलनको नाममा कुनै पनि देशको झण्डा जलाउनु उचित नभएको उहाँको कथन थियो । दुई दिन अगाडी मात्रै जनकपुरमा मोर्चाको बैठक बसेर आन्दोलनको समिक्षा गरेको बताउनुहुदै अहिंसात्मक शान्तिपूर्ण आन्दोलनलाई जारी राख्ने निर्णय भएको बताउनुभयो ।
आन्दोलन परिणाममुखी नभएसम्म जारी रहने वताउनुहुदै उहाँले भन्नुभयो, ‘मधेशको जीत नभएसम्म आन्दोलन रोकिनेवाला छैन ।’
सो अवसरमा पार्टीका उपाध्यक्ष रानी शर्मा सहित विभिन्न नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।

आजको मौका खेर नफालौं


हामीसँग एकथान संविधान छ, अबत सरकारसँग सेना पनि खोजेकै बेलामा उपल्बध हुने भयो। प्रधानमन्त्री र राष्ट्रपति एउटै दलका व्यक्ति। भनेपछि प्रधानमन्त्रीले सिफारीस गर्ने अनि राष्ट्रपतिले त्यसलाई वैधानिकता दिने। मन लागेको बेलामा प्रधानमन्त्रीले संकटकाल लगाउन सिफारिस गर्ने र राष्ट्रपति वा राष्ट्राध्यक्षले त्यसलाई वैधानिकता दिने अवस्था भयो। भनेपछि सेना पनि सजिलै चलाउन पाइने।
प्रचण्डजी तपाईँले जनयुद्वबाट हासील गर्न नसक्या जनसरकार वा सबै शक्ति प्रमुखमा कम्युनिष्टलाई नै बनाइ छाडनु भयो। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उच्च स्तरीय राजनीतिक समितिको प्रमुख सबै कम्युनिष्ट। राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका सवै माहत्वपूर्ण पदहरु नामधारी कम्युनिष्टको पोल्टामा गएपछि नेपाल अब कतै राजनीतिक प्रणालीको हिसावले ‘मिनी चाइना’ त हुने होइन भन्ने डर हामीजस्तालाई लाग्ने नै भयो। केही छैन बनाउनुस तर मधेशलाई पाखा पार्नेगरी होइन। मधेशलाई पनि साथै लिनुहोस्। यो आन्दोलनकारीलाई गलाउने नीतिमा नजानुहोस्।
तर, सत्ताधारीले आन्दोलनकारीलाई थकाउने र  गलाउने रणनीति  लिएको छ। आन्दोलनकारी थाकेर बिराम लिए भने मधेसका युवामा सदा सर्वदाका लागि नेपाल राज्यप्रति बितृष्णा उत्पन्न हुन्छ जसलाई काठमाडौंले बुझ्न ढिलाई गरिरहेको छ । उच्चस्तरीय राजनीतिक समिति, चित्रबहादुर केसी, सिपी मैनाली, झलनाथ खनाललगायतका संघीयता नरुचाउने कम्युनिष्ट नेताहरू, जो अतिवादी राष्ट्रवादी धारका हुन्, तिनको वर्चस्व छ यतिखेरको राजनीतिमा।
त्यहाँबाट सीमांकनको विषयमा गठित वार्ता समितिलाई आन्दोलनकारीको फेस सेभिङसहित माग सम्बोधन हुने गरी पुर्नविचार गर्ने म्यान्डेट देला जस्तो लाग्दैन। तर बुझ्न के जरुरी छ भने माग सम्वोधन नहुनु भनेको मधेसलाई कमजोर गरेर देशलाई अतिवादी धारमा पुर्‍याउनु हो । र मधेस अतिवादी धारमा गयो भने समग्र देशलाई त्यसको असर त हुने नै छ, तर क्षेत्रगत हिसाबले भन्दा मधेसमा अतिवादको पीडा पहाडी र हिमाली भेगका बासिन्दाभन्दा त्यहाँ बस्ने हामी मधेसीहरुले बढी भोग्नुपर्ने चिन्ता हामीजस्तालाई छ।
अतिराष्ट्रवादी राष्ट्रवादी धार, जुन अहिलेको सम्पूर्ण समस्याको कारक हो, त्यसले उच्चस्तरीय राजनीतिक समितिको निर्णयलाई डोमीनेट गर्नु हुँदैन। आन्दोलनकारी र सरकार दुवै पक्षको जीत हुनेगरी चार मुद्दाहरु निर्वाचन क्षेत्र, राज्यको संरचनामा समानुपातिक समावेशीको हक, सीमांकन र नागरिकताको सवाल सम्बोधन हुने गरी निर्णयाक वार्ता गरी देशलाई निकास दिन जरुरी छ।
लगभग ९० जना काँग्रेस र एमालेबाट जितेका सांसदज्यूहरु मधेश पस्न सक्ने अवस्था छैन विचरा भारतीय ट्यांकर चालक त कसरी हिम्मत गरोस्। पूर्व राजा  ज्ञानेन्द्र र महेन्द्रले पनि चाइना कार्ड प्रयोग गरेकै थिए त के परिणाम आयो? निकास मधेशमा छ, हाम्रा नेताहरुले किन दिल्ली र बेइजिङतिर समय खेर फालेका? वार्ता र संविधान संशोधन एकमात्र उपाय हो, जुन काम जति चाँडो 
गर्‍यो उति सहज हुन्छ।
हैन यो देश भनेको भुगोल मात्र हो की जनता पनि हुन्, माटो ढुंगाको माया लाग्ने तर समतल क्षेत्रमा  बस्ने आधा जनसंख्या माया नलागने यो राष्ट्रलाई! वाह रे हाम्रो राष्ट्रवाद!, काठमाडौंले साठी दिनसम्म मुहान थुनेर मधेशमा रगतको खोलो बगाएको बेलामा पनि यस्तै दुःख मनाउ गरिदिएको भए हुन्थ्यो। हुन सक्छ, बाढी आउँदा दुई चारवटा फोहर पनि बगेर आउनु स्वभाविक हो, आँखा बाढीतिर लगाउँ, फोहर आफै बगेर जान्छ।  यसकारण आन्दोलनको कमजोर पक्षको चियो गरेर सयम खेर फाल्नु व्यर्थ छ। दशैँमा जनताले पाएको दुःखमा हामीलाई पनि पीडा भएको छ । यसकारण तार्किक र जायज मागहरुको यथासिघ्र सम्बोधन गरौँ र निकास निकालौँ।
एमालेले मैथली र भोजपुरीको संरक्षणको लागि के गर्‍यो, संविधानसभामा अनिवार्यरुपमा दौरा सुरवाल लगाउन जारी गरेको आदेश अझै पनि ताजै छ, यसकारण अतिवादी राष्ट्रवादी जो मुलत पहाडी, पहाडी भेषभूषा, संस्कार र भाषालाई मात्र राष्ट्रवादी ठान्छ, यो समूहले मधेशलाई कर्नर गर्ने सोच लिनु अस्वाभाविक होइन। त्यहाँ रामचन्द्र झाहरुले पहाडी नेताहरुलाई समर्थन गरेर बस्नुपर्छ होइन भने तिनीहरुले त्यहाँ स्थान पाउने छैनन्।
'मर्निङ सोज द डे' भन्ने अंग्रेजी उखानलाई सम्झिने हो भने एमाले, मसाल माले र राजावादीको गठबन्धनले नेपालमा साझा राष्ट्रियताको पहिचान बन्न दिदैन भने लगभग पक्का छ। उल्टै आन्दोलनलाई मधेशको आन्दोलन जमिन्दारको हो भन्नेहरुले ४० जना मृतकका थर र आर्थिक अवस्था हेरे हुन्छ, अधिकांश दलित, रिक्सावाला, गरीब र मजदुर छन्।
पहिला ६ प्रदेश, फेरि ६ बाट ७ प्रदेश बनाउँदा कुनै विज्ञताको जरुरी परेन। त्यसका लागि दाहाल, सिटौला र खरेलहरु सर्वविज्ञ थिए। अहिले मधेशी र थारुको बेलामा बिज्ञ चाहिने! यो दोहरो मापदण्ड किन हो हजुर? हाम्रो अनुहार कालो भएर हो त? कि तपाईँ बलिया भएर हो। प्रदेश के हुने भन्दा पनि तपाईको मापदण्डमा हाम्रो चित्त दुखाई हो। नवलपरासीदेखि बर्दियासम्मको भागलाई माथि रोल्पा र बाग्लुङ्गसँग कुन विज्ञान र आधारमा जोडनु भएको हो हजुर! माग्दै न मागिएको अखण्ड लुम्बनी काँहाबाट आयो हजुर? जान्न पाए चित्त बुझाउन हुन्थो कि।
यही राष्ट्रवादी धारले पहाडमा मधेशप्रति भम्र फैलिएको छ, कृष्णप्रसाद भट्टराईले लाखौं  लाख भारतीयलाई नागरीकता बाँडे र नँया संविधानमा नागरिकताको प्रावधान खुकुलो पारी ४५ लाख भारतीयलाई नागरिकता दिने र अंगीकृत नागरीकलाई देशको प्रधानमन्त्री र राष्ट्रपति बनाई नेपालाई फिजी बनाउनका लागि भारतले गरेको यो नाकाबन्दी हो भनी पहाडतिर मधेशको बारेमा भम्र फैलाइएको छ।
मधेशी र पहाडीको बीचमा फाटो बढाइ आफ्नो राजनीतिक भोट बैंक दरो गर्ने राष्ट्रवादी कम्युनिष्ट धारले देशलाई द्वन्द्वमा मात्र धकेल्ने हो भनी पहाडी दाजुभाइले पनि  बुझ्नु पर्दछ।
जब दल वा नेताहरुसँग जनतालाई आफूप्रति तान्ने खास एजेण्डा हुँदैन, तब उनीहरुले राष्ट्रवादको नारा दिन्छन्, त्यसले जनतालाई केहीबेर दिग्भ्रमित त पार्न सक्छ, तर त्यो दीगो हुँदैन । यस्ता नारा दिने प्रायः तानाशाहीहरु हुन्छन्, र विश्वमा तिनको अन्ततः नराम्ररी पराजय भएको छ।
 
त्यसमा पनि प्रधानमन्त्री ओलीजी नै ए अंगीकृतलाई नागरिकता लिएको भोलिपल्ट नै राष्ट्रपति चाहिने जस्ता भ्रामक कुरा गरेपछि जनताले के बुझ्ने हुन? नत अंगीकृतलाई आएको भोलिपल्ट राष्ट्रपति बनाउने माग छ नत ६५ लाख भारतीयले नागरीकता लिएका हुन्। मधेशी त सदासर्वदादेखि राजा जनक, सिम्रनगढ र विराट प्रदेशका भुमिपूत्र र पुत्रीहरु हुन्। फेरि गृह मन्त्रालयको तथ्यांक हेरे हुन्छ। २०४६ साल पछि कतिजनाले अंगीकृत नागरीकता पाएका छन्, एक सय पनि पुग्दैन होला। प्रतिनिधित्व र अंगीकृतको सवाललाई मिसाउनु नै रंगको विभेद हो। यदि गलत मान्छेले नेपाली नागरिकता लिएका हुन भने ती नागरिकतामा हस्ताक्षर गर्ने सिडीयो साहेवहरु को हुन तर सर? लिने गलत तर दिने सबै सही भए होइन त? अवसर प्राप्त गर्ने कतिजना अंगीकृत छन् त? खोजौं न डाटा, जनतालाई भड्काउनका लागि अँध्यारोमा तीर नचलाउ।
जब यो बीस वर्षमा अंगीकृत नागरिकता हाम्रा वामदेव गौतम, भीम रावल र कृष्ण सिटौली (पूर्व गृहमन्त्रीहरु भएका कारण भन्न खोजिएको हो) जीहरुले दिनु नै भएको छैन उनीहरुले अवशर कसरी प्राप्त गरे। अंगीकृतहरु राष्ट्रपति हुन्छन् भन्ने भम्रपूर्ण सूचना संप्रेषण नगरौँ किन भने पाहाड तिर पछि सम्हालन गाह्रो होला।
प्रचारमा आएको पैंतिस बुँदे माग मधेसी दलहरुको माग होइन। बुझ्नुपर्ने कुरा के हो भने  त्यो चारवटा माग– मधेसको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, राज्यको संरचनामा समानुपातिक समावेशीको हक, सीमांकनमा संशोधन र नागरिकतासँग सम्बन्धित धारा र उपधाराहरुमा गर्नुपर्ने संशोधनहरु नै प्रमुख मागहरु हुन्। त्यसकारण कसैले ३५ बुँदे कसैले १०२ बुँदे माग भनी गरेको व्याख्या उपयुक्त होइन्। बडो स्पष्ट चारवटा माग छ त्यसलाई सम्बोधन गर्न प्रतिनिधिको सिहाबले गरिने संशोधन ३५ ठाउँमा हुन्छ भनी स्पष्ट हुन आवश्यक छ।
सरकार र संयुक्त प्रजातान्त्रिक मधेस मोर्चाबीच कात्तिक १५ गते हुने सम्भवतः अन्तिम वार्ता ( मधेशी मोर्चाले बताइ सकेको अवस्थमामा)  यसलाई अवसरको रुपमा प्रयोग गरौं र बीचको बाटो निकालौं जसले सबैको लागि जित्ने समाधान (विन विन सलुसन) सिर्जना गर्न सकोस। अन्ततः जस ओलीजीलाई नै जाने हो, देशलाई निकास दियो भनेर।  प्रधानमन्त्री  भएको बेलामा ऐतिहासिक नेतृत्व  गर्ने र सम्पूर्ण नेपाललाई खुसी तुल्याउने अवसरको सिर्जना गर्नबाट नचुक्नुहोस् भन्ने मेरो उहाँलाई सदशयता र सुझाव। हुन त ओलीजीलाई पनि मधेसी भनेपछि काउसो लागेजस्तो हुन्छ, उता मधेसमा पनि ओली भनेपछि मान्छेहरुलाई खाना नै नपच्ने स्थिति बन्दैछ, यी सबै कुराको समाधान ओलीजीको अबको रबैयामा भर पर्नेछ। उहाँले प्रधानमन्त्रीमा निर्वाचित हुने दिन दिनुभएको भाषणलाई सँधै सम्झेर काम गर्नुभयो भने समाधान टाढा छैन । त्यसकारण आजको मौका खेर नाफालौं ।