निजामती दिवस महोत्तरीमा पनि मनाइयो

निजामती दिवस महोत्तरीमा पनि मनाइयो
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २२ गते । १३ औं निजामति सेवा दिवस महोत्तरीमा पनि निजामति कर्मचारीहरुले विभिन्न कार्यक्रमहरु गरि मनाएका छन् ।
‘सेवामैत्री प्रशासन, सङ्घीयतामा सुशासन’ भन्ने मूलनाराका साथ वुधबार जिल्ला शिक्षा कार्यालय महोत्तरीको अगाडीबाट शुरु भएको प्रभातफेरी कार्यक्रम नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला अस्पताल जलेश्वरमा पुगेका थिए ।




जिल्ला अस्पताल जलेश्वरमा २५ जना विरामीहरुलाई फलफुल वितरण तथा २० जनाले रक्तदान गरेको कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले जानकारी दिनुभयो ।
नेपालमा निजामति सेवा दिवस २०६२ साल भदौ २२ गतेबाट औपचारिक रूपमा मनाउन शुरु गरिएको जानकारी दिनुहुँदै उहाँले यसपालीको नारालाई सफल पार्न हामीहरु लाग्ने वताउनुभयो । विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो ।
सो अवसरमा जिल्लाको विभिन्न कार्यालयका अधिकृतसहित कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

निजामति दिवसमा प्रभातफेरी गर्दै कर्मचारीहरु ः फोटा साभार जिल्ला प्रशासन कार्यालय महोत्तरीका कर्मचारी अनिल कर्णको फेसबुक वालबाट