पर्खालमा किचिएर एक महिलाको मृत्यु

महोत्तरी समाचारदाता
जलेश्वर, भदौ १६ गते । महोत्तरी जिल्लाको पिपरामा वुधबार साँझ पर्खालले किचिएर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको पिपरा गाविस वडानं. १ की विनोद धन्कारकी २५ वर्षिय श्रीमती रन्जु देवी धन्कार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
खाना बनाउनको लागि धारामा पानी लिन गएकी रन्जुले पानी लिएर घर फर्किरहेकी बेला सोही ठाउँमा रहेको आस ईग्लिस बोडिँग स्कुलको कम्पाउन्डको पर्खाल ढल्दा उनी किचिएकी थिइन । उनलाई स्थानीयहरुले तत्कालै उपचारको लागि जनकपुर अञ्चल अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।
साँझ पानी परेको कारणले मनोज साहले सञ्चालन गरेको सो स्कुलको पर्खाल ढल्न पुगेको स्थानीयहरुले बताएका छन् ।