सार्वजनिक सुनुवाईको नाममा आमसभा सञ्चालन

सार्वजनिक सुनुवाईको नाममा आमसभा सञ्चालन
महोत्तरी समाचारदाता
जलेश्वर, मङसिर १४ गते । सामुदायिक परिवार कल्याण संघ महोत्तरीले जिल्लाको विभिन्न गाउँमा गरिरहेको सार्वजनिक सुनुवाई कार्यक्रमको उपलब्धि नै नदेखिएको कार्यक्रममा भाग लिएका स्थानीयहरुले आरोप लगाएका छन् ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा विद्यालय तथा समुदायमा बाल संरक्षण परियोजना अन्तर्गत विभिन्न विद्यालय र गाउँमा गरिएको सार्वजनिक सुनुवाई झारा टार्ने उद्देश्यले प्रेरित भएको जलेश्वर नगरपालिका वडानं. १६ स्थित चिल्ड्रेन्स पाराडाईज बोडिँग स्कुलका सञ्चालक शम्भु ठाकुरले जानकारी दिनुभयो ।
जलेश्वर नगरपालिका वडानं. १५ सुगासहित विभिन्न ठाउँहरुमा संस्थाले गरेको सार्वजनिक सुनुवाई अन्तरक्रियात्मक नभई भाषणबाजीमा मात्रै सिमित गरिएको ठाकुरको कथन थियो ।
उहाँले भन्नुभयो,‘सार्वजनिक सुनुवाईको जुन मोडालिटी हुन्छ त्यो अनुसार सरोकारबालाबीच सवालजवाफ हुनुपर्नेमा भाषणबाजीमै मात्रै सार्वजनिक सुनुवाई गरिएको छ ।’ परियोजना अन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रम राखिएकोले उनीहरुले झारा टार्ने उद्देश्य अनुरुप कार्यक्रम गर्ने गरेको र यो उपलब्धिमूलक नभएको ठाकुरको जिकिर थियो ।
त्यसैगरी सुगामा रहेको बाल संरक्षण समितिका सचिव रञ्जन तिवारीले पनि संस्थाले सार्वजनिक सुनुवाईको नाममा आमसभा गर्ने गरेको आरोप लगाउनुभयो । हामीले पनि सरोकारबालाहरुसंग बालसंरक्षण सम्बन्धित प्रश्नको तयारी गरेका थियौं तर कार्यक्रम शुरु भएपछि आमसभाझै सरोकारबालाहरुले आ–आफ्नो मन्तव्य प्रकट गरेर कार्यक्रमको समापन भएपछि आफुहरु जिल्ल परेको तिवारीको कथन थियो । कार्यक्रममा म्यूजीकल पोग्रामको व्यवस्था समेत रहेकोबाट हामी वुझन सक्छौं त्यो सार्वजनिक कार्यक्रम थियो कि थिएन भन्ने कुरा सचिव तिवारीले जानकारी दिनुभयो ।
संस्थाले विभिन्न गाउँहरुमा गरिरहेको सार्वजनिक सुनुवाईमा सहभागी पत्रकार रञ्जन भण्डारीले पनि बाल संरक्षणको सवालहरुमा रहेर सार्वजनिक सुनुवाई गरिरहेपनि सार्वजनिक सुनुवाईको उद्देश्य अनुरुप कार्यक्रम नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यानर सार्वजनिक सुनुवाईको राख्ने तर कार्यक्रम भने भाषणबाजीमै मात्रै देखिएको छ ।’
त्यसैगरी जिल्ला बाल संरक्षण समितिका अध्यक्ष यज्ञप्रसाद पोखरेलले पनि सार्वजनिक सुनुवाईमा केही त्रुटीहरु गरिरहेको वताउनुहुदै विस्तारै विस्तारै सुधार हुनेमा आशावादी रहेको बताउनुभयो ।
संस्थाले सदरमुकाम जलेश्वरसहित बेलगाछी, खयरमारा, हात्तिलेट, भरतपुर, सुगा, अनकार, परिकौली, गौशाला र बर्दिबासमा बालसंरक्षणको सवालहरुमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिरहेको कार्यक्रम संयोजक संजय पासवानले जानकारी दिनुभयो । उहाँले पनि सार्वजनिक सुनुवाई कार्यक्रम तोकिएको मोडालिटीमा नभएको स्विकार्नुहुदै परियोजनाले सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुपर्ने भनेकोले कार्यक्रम गरिएको बताउनुभयो ।
हरेक कार्यक्रममा तिस हजारको दरले बजेट रहेको र कुनै कुनै कार्यक्रममा सो भन्दा पनि कम खर्च भएकोे वताउनुहुदै कार्यक्रम संयोजक पासमानले सरकारी कर्मचारीहरु नआइदिँदा सार्वजनिक सुनुवाई कार्यक्रममा केही व्यवधान भएपनि समग्रमा राम्रो भएको जिकिर गर्नुभयो ।
सार्वजनिक कार्यक्रममा हरेक ठाउँमा पुग्नुभएका सेभ द चिल्ड्रेनका परियोजना संयोजक मकर बहादुर सार्कीले हरेक ठाउँमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमबाट आफु सन्तुष्ट रहेको प्रतिक्रिया दिनुभयो । कुनै ठाउँमा एकैजनाले बढी प्रश्न र प्रतिप्रश्न गर्ने र कतिपय ठाउँमा थोरैले प्रश्न गरेपनि सार्वजनिक सुनुवाई कार्यक्रम सन्तोषजनक भएको जानकारी दिनुभयो ।
सामुदायिक परिवार कल्याण संघ महोत्तरीले जिल्लाको सातवटा गाविस र तीन नगरपालिकामा गरी ५० वटा विद्यालयमा परियोजना सञ्चालन गरिरहेको छ । सोही परियोजना अन्तर्गत ति कार्यक्षेत्रमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको जनाइएको छ ।

पहिलो मेराथन प्रतियोगिता गरियो

पहिलो मेराथन प्रतियोगिता गरियो
महोत्तरी समाचारदाता
जलेश्वर, मङसिर १३ गते । महोत्तरी जिल्लालाई खुला दिसामुक्त बनाउ नाराका साथ सदरमुकाम जलेश्वरमा सोमबार पहिलोपटक प्रथम मिनी मेराथन दौड प्रतियोगिता आयोजित गरिएको छ ।
आयोजित मिनी मेराथन प्रतियोगिताको प्रथम पुरस्कार जलेश्वर नगरपालिका वडानं. १७ का विजय यादव हुनुभएको आयोजक समितिले जानकारी दिनुभएको छ ।
सदरमुकाम जलेश्वरदेखि ऐतिहासिक गाउँ मटिहानीसम्म र पुनः जलेश्वर आई सो मेराथन प्रतियोगिताको समापन गरिएको थियो । करिब १४ किलोमिटरको सो मेराथन प्रतियोगिताको अन्य विजयीहरुमा क्रमशः शंकर मण्डल मटिहानी, मोबारक अंसारी परिकौली, गंगा यादव सोनौल, प्रकाश झा, शिवकुमार लगायतकाहरु रहेको आयोजक समितिका सदस्य सुदिपकुमार झाले जानकारी दिनुभयो ।
पहिलोपल्ट आयोजना गरेको मिनी मेराथन प्रतियोगितामा यसक्षेत्रका ५ सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो भने सो मेराथन हेर्न गाउँ गाउँबाट हजारौंको संख्यामा स्थानीयहरु सदरमुकाम जलेश्वर आइपुगेका थिए ।जलेश्वरको महादेवमन्दिरबाट शुरुवात गरिएको सो मेराथन प्रतियोगिता मटिहानी पुगेर पुनः जलेश्वर रंगशालामा आएर समापन गरिएको थियो ।
समापन कार्यक्रममा विजयी भएका खेलाडीहरुलाई आयोजक समितिका संयोजक रामआधार कापरसहितका समितिका पदाधिकारीहरुले शिल्डसहित पुरस्कृत गर्नुभएको थियो ।
आयोजक समितिले सरसफाई तथा खानेपानी कार्यालयसहित अन्य निकायसंग समन्वय नगरेको कारणले प्रतियोगीतामा केही खल्लो महसुस भएपनि जिल्लामा पहिलोपल्ट आयोजना गरिएकोले हेर्न आएको विभिन्न स्थानीयहरुले वताउनुभएको छ ।




सुगाका युवाहरुले वुझाए ज्ञापन

सुगाका युवाहरुले वुझाए ज्ञापन
महोत्तरी समाचारदाता
जलेश्वर, मङसिर १३ गते । जलेश्वर नगरपालिका वडानं. १५ र १६ सुगाभवानीपट्टीका स्थानीय युवाहरुले विभिन्न माँगहरु सहित जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृतलाई सोमबार ज्ञापनपत्र वुझाएका छन् ।
संयुक्त वडा कार्यालय तत्काल सुचारु गर्नुपर्ने, विजुलीको छुट्टै फिडर हुनुपर्ने वा जलेश्वर नगरपालिकामा फिडर जोडनुपर्ने, सडकको पिसीसी ढलाई अमानत वा उपभोक्ता समितिबाट नभई टेण्डरबाट गर्नुपर्ने माँग ज्ञापनपत्रमार्फत गरिएको युवा लोकेन्द्र लाल कर्णले वताउनुभयो ।
एकवर्ष अगाडीदेखि नै नगरपालिकामा गाभिएपनि नगरपालिकाको सेवा, सुविधामा सहजता नभएपछि आफुहरु वाध्य भएर विभिन्न माँगहरुसहित एकहप्ते ज्ञापनपत्र वुझाएको उहाँले जानकारी गराउनुभयो ।
एकवर्ष भइसक्दा पनि हाम्रो वडा कार्यालय समेत सञ्चालन नगरिएको कारणले वृद्धवृद्धादेखि लिएर अन्य कामको लागि पनि आफुहरुलाई असहज हुँदै आएको कारण आफुहरु वाध्य भएर डेलिगेशन जानुपरेको वडा नागरिक मञ्च सुगाका उपाध्यक्ष अरुण पाण्डेयले गुनासो गर्नुभयो । नागरिकता सिफारिस, मृत्युदर्ता प्रमाणपत्र बनाउन, सामाजिक सुरक्षा भत्ता लिन लगायत अन्य कामका लागि पनि जलेश्वर आउनुपरिरहेको उहाँको कथन थियो ।
नगरपालिकाले एकवर्ष वितिसक्दा पनि उचित सेवा नदिएकै कारण कतिपय युवाहरु निराश हुँदै जलेश्वर नगरपालिकाबाट फिर्ता हुनुपर्ने मनशाय समेत राख्दै आएका छन् ।
ज्ञापनपत्र वुझाउन गएका युवाहरुले आफुहरुको समस्या एकहप्ता भित्र सम्बोधन नगरिए आफुहरु जस्तो सुकै आन्दोलनको कार्यक्रमहरु अगाडी सार्न सक्ने चेतावनी समेत दिएका छन् । सुगाका युवा मिराज अंसारीले आफुहरु कुनै नयाँ माँग अगाडी नसारेको बताउनुहुदै कर मात्रै तिर्ने तर हामीले सेवा नपाउने यो कस्तो व्यवस्था हो प्रश्न समेत गर्नुभयो ।
ज्ञापनपत्र वुझनुहुदै जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त बरालले विकासको लागि युवाहरु एकमत भएर आउने सकारात्मक भएको बताउनुहुदै आफुले सक्दो सहयोग गर्ने वचनवद्धता प्रकट गर्नुभयो ।


कारागारमा कैदीबन्दी बिच झडप ८ जना घाइते

कारागारमा कैदीबन्दी बिच झडप ८ जना घाइते
महोत्तरी समाचारदाता
जलेश्वर, मङसिर १२ गते । जिल्ला कारागार महोत्तरीमा कैदीबन्दीहरुबीच झडप हुँदा ८ जना घाइते भएका छन् भने दर्जनभन्दा बढीलाई सामान्य चोटपटक लागेको छ ।
महोत्तरी र धनुषा जिल्लाको लागि रहेको एक मात्र कारागार जलेश्वरमा बिहान ११ बजेतिर तारी साहलाई सन्तोष पण्डितले धाराको हैण्डलले टाउकोमा प्रहार गरेपछि झडप शुरु भएको थियो ।
झडपमा परि तारि साह, सन्तोष पण्डित, महमद अलि इयाकत, संजय बम्जन, दिनेश भुजेल, रमेशकुमार दास, श्यामदेव पासमान र सुरेन्द्रप्रसाद सिंह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
उहाँले कारागारका भाइनाइके तारि साहलाई सन्तोष पण्डितले धाराको हैण्डलले टाउकोमा प्रहार गरेपछि दुवै समूहबीच झडप भएको वताउनुहुदै हामीले अहिले स्थितीलाई नियन्त्रणमा लिइसकेको बताउनुभयो । उहाँले सामान्य घाइते अरु पनि भएको वताउनुहुदै स्थितीलाई नियन्त्रणमा लिन आफुलाई पनि चोट लागेको सञ्चारकर्मीहरुलाई कारागार परिसरमै जानकारी गराउनुभयो ।
घाइतेहरुलाई उपचारको लागि जलेश्वरस्थित शान्ति कम्युनिटि अस्पताल लगिएको छ ।
यद्यपी संचारकर्मीहरु रहेको वखत पनि भित्रबाट होहल्ला भने भइरहेको  थियो । कारागार परिसरमै रुदै भेटन्भएकी सिंग्याहीकी सैरुल खातुनले कर्तव्य ज्यानमुद्दामा सजाय भोगीरहेका छोरा नसिम अंसारीसंग कुराकानी गरिरहेको वखत एक्कासी पछाडीबाट कसैले छोराको टाउकोमा प्रहार गरेको र छोरा रक्ताम्य भइ खसेको वताउनुभयो । यद्यपी प्रहरीले भने घाइतेको सुचीमा उसको नाम भने नराखेको देखिएको उनले वताइन । 
जिल्ला कारागारको सुरक्षा व्यवस्था भने नेपाली सेना र जनपद प्रहरीले गदै आएको छ । झडपको बेलामा नेपाल प्रहरी र नेपाली सेनाको वाक्लो उपस्थिती थियो ।

सर्वसाधारणहरु सस्तो दरमै भारु साट्न थाले

http://www.gorkhapatraonline.com/news/32238

सर्वसाधारणहरु सस्तो दरमै भारु साट्न थाले


महोत्तरी समाचारदाता जलेश्वर, कात्तिक २५ गते । भारतीय रुपैया साट्नको लागि अहिले सिमावर्ती गाउँहरुमा भारतीय व्यापारीहरुको चहलपहल शुरु भएको छ ।
भारतीय व्यापारीहरु एक सय भारतीय रुपैया (भारु) को नेपाली रुपैया (नेरु) १ सय ६० दिई साट्न थालेका छन् । सिमावर्ती गाउँघरका सर्वसाधारणहरु पनि आफुसंग भएको पाँच सय र हजारको नोट सस्तोदरमै साट्न थालेका छन् ।
जलेश्वर नगरपालिका वडानं. १५ सुगाका कृष्णचन्द्र झाले भारत सरकारले एक्कासी पाँच सय र हजार रुपैयाको कारोबारमा प्रतिबन्ध लगाएपछि आफुले सस्तोदरमै भएपनि रुपैया साटेको बताउनुभयो । भारतीय व्यापारी घरमै आएर साटिदिने भनेपछि आफुसंग भएको केही रुपैया साटेको बताउनुभयो । उहाँले दुखेसो पोख्दै भन्नुभयो, ‘आफुले एक सय भारु लिन एक सय सत्तरी रुपैया खर्चेपनि अहिले घाटा सहँदै साटनु परेको छ ।’
भारत सरकारले मंगलबार भारतीय ५ सय र हजारको नोट कारोबारमा प्रतिबन्ध गरेपछि सिमावर्ती नेपाली क्षेत्रका स्थानीयहरु पैसा कसरी साट्ने भन्ने कुराले चिन्तित बनेका थिए । जिल्लाका अधिकाँश सर्वसाधारणहरु खाद्यान्नदेखि लत्ताकपडा लगायत अत्यावश्यक सामग्री खरिद गर्न भारतीय बजारको भर पर्ने गरेको कारण केही रुपैयाहरु जोहो गरेर राख्दै आएका छन् । तर, एक्कासी भारतीय भारतीय ५ सय र हजारको नोट नचल्ने भएपछि सिमावर्ती अधिंकाश ठाउँका सर्वसाधारणमा खल्लवल्ली मचिएको वताउनुहुदै जलेश्वर उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष कृपाशंकर साहले भन्नुभयो, सर्वसाधारणहरु पैसा नचल्ने हो कि भन्ने त्रासले सस्तोमै पैसा साटन थालेका छन् ।
भारतीय पैसा साट्नको लागि भारतीय बैंक वा हुलाक कार्यालयमा खाता हुनुपर्ने वा कुनै आधार कार्ड हुनुपर्ने भएपनि सिमावर्ती नेपालीसँग त्यस्तो कुनै आधार नभएकोले उनीहरुले सस्तोमै भारु पैसा साट्न थालेको युवा महेशकुमार दासले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘भारतीय व्यापारीहरु घर घर गएर पैसा साट्न थालेपछि सर्वसाधारणहरु डराउँदै सस्तोमै भएपनि पैसा साटिरहेका छन् ।’
नेपालमा भारतीय पाँच सय र हजारको नोट साटने कुनै व्यवस्था नै नभएकोले पनि सर्वसाधारणहरु यसरी सस्तोमा पैसा साट्ने गरेको वताउनुहुदै युवा दासले भन्नुभयो, ‘पाँचरुपैंया सैकडामा वट्टा तिरेर भजाएको पाँच सयको नोट कामै नलाग्ने भएपछि हामी समस्यामा परेका छौं । ’
वाणिज्य वैंक जलेश्वर शाखामा पनि अहिले भारतीय पाँच सय र हजारको नोट साटने वारे कुनै व्यवस्था नहुँदा सर्वसाधारणहरुलाई समस्या भएको हो ।
महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ताले भारत सरकारको उक्त निर्णयबाट नेपाली बजारको व्यापार व्यवसाय प्रभावित भएको बताउनुहुदै नेपाली सिमावर्ती बजारका सर्वसाधारणलाई भारतीय पाँच सय र हजारको नोट नचल्ने कारणले सास्ती खेप्नु परिरहेको वताउनुभयो । उहाँले भन्नुभयो,‘ सरकारले चाँडै नै सर्वसाधारणहरुको साथमा रहेको पाँच सय र हजारको नोट साटने व्यवस्था गर्नुपर्ने माँग गर्नुभयो ।
महोत्तरीसंग भारतको मधुवनी र सीतामढी जिल्लाको ४० किलोमीटर सीमा जोडिएको छ ।

सदभावनाले दिपुकुमार साहलाई केन्द्रीय सदस्यमा गरे मनोनित

सदभावनाले दिपुकुमार साहलाई केन्द्रीय सदस्यमा गरे मनोनित
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक २४ गते । सदभावना पार्टीले जिल्लाको सदरमुकाम जलेश्वरका दिपकुमार साहलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेको छ ।
सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोद्वारा हस्ताक्षरित पत्रमा सदभावना पार्टीको विधानको धारा ३३.११ अनुसार राष्ट्रिय कार्यसमितिको केन्द्रीय सदस्य पदमा मनोनित गरिएको उल्लेख गरिएको छ ।
फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य पदबाट राजिनामा गरी दुई हप्ता अगाडी मात्रै सदभावना पार्टीमा प्रवेश गर्नुभएका साहलाई सदभावनाले केन्द्रीय सदस्य पदमा मनोनित गर्नुभएको हो ।
साहले मधेश आन्दोलनको क्रममा फोरम लोकतान्त्रिक पार्टीले कुनै भुमिका नगरेको कारण आफु रुष्ट भई सदभावनामा प्रवेश गरेको जानकारी दिनुभएको छ ।

प्रहरीले दिए यातना, भारतमा उपचार

प्रहरीले दिए यातना, भारतमा उपचार
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक २४ गते । महोत्तरी जिल्लाको बथनाहा निवासी गंगा महतोलाई प्रहरीले मरनासन्न हुने गरी यातना दिएका छन् । यातनाको कारण उनको अवस्था गम्भीर बनेको र उपचारको लागि भारतको सितामढी पुरयाइएको पिडित परिवारले जनाएका छन् ।
एकहप्ता अगाडी मात्रै वैदेशिक रोजगारबाट घर फर्केका जिल्लाको बथनाहा गाविस वडानं. ४ बस्ने ४५ वर्षिय महतोलाई केही काम छ भनी लिएर गएका बथनाहा गाविसको मरुवाही चौकीका प्रहरीले मरसान्न हुने गरी यातना दिएको पिडितका भतिजा बेनी महतोले जानकारी दिनुभयो ।
पिडितको चाक, पिठ्यु, तिध्रा, पैताला लगायतका ठाउँहरु कुटपिटले कालो भइसकेको बताउनुहुदै महतोले भन्नुभयो,‘ कुनै पनि कागजात नदिई जिल्लामा लिएर जान्छु भनेको प्रहरीले जिल्लामा नलगी मरुवाही चौंकीमै मरनासन्न हुने गरी कुटपिट गरेका थिए ।’ कुटपिट पश्चात प्रहरीले पिडितको भाई त्रिवेणी महतोलाई फोन गरी लैजान भनेको र आफुहरुले घर लाँदा उनी बोल्न सक्ने अवस्थामा पनि नहुँदा तत्कालै उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लगेको महतोले वताउनुभयो ।
जिल्ला अस्पताल जलेश्वरले यहाँ उपचार सम्भव नभएको जनाएपछि थप उपचारको लागि  भारतको सितामढी लगिएको छ । जिल्ला अस्पतालमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षकले समेत सोधपुछ गर्दा पनि पिडितले केही भन्न नसकेको पिडितका भतिजा बेनीले जानकारी दिनुभयो ।
स्थानीय विरेन्द्र सिंह र उनका छोरा ललित सिंहको लेनदेन सम्बन्धी मुद्दामा उनलाई पक्राउ गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्टराईले पिडित महतोलाई प्रहरीले चरम यातना दिएको हल्ला गलत भएको बताउनुहुदै नियन्त्रणमा लिने क्रममा केही कुटपिट गरेको स्विकार्नुभयो ।
मरुवाही चौकीका गणेश सिंहको नेतृत्वमा पक्राउ गर्न गएका टोलीलाई देखेर महतो भागेको र सो क्रममा हातापात भएको बताउनुहुदै प्रहरी उपरिक्षक भट्टराईले यातना दिएको सत्य नभएको बताउनुभयो । उहाँले कुटपिट गरेको प्रहरीहरुलाई जिल्लामा झिकाइसकिएको र अनुसन्धान शुरु गरिएको बताउनुहुदै दोषी पाइए उनीहरुलाई कारवाही गरिने वताउनुभयो । 
यता महोत्तरीका मानवअधिकारवादी संघसंस्थाहरुले प्रहरीले दिएको यातनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् । थर्ड एलायन्सले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

(फोटो क्याप्सन ः कुटपिटले चाक कालो भएको, जिल्ला अस्पतालमा उपचार गराउँदै गरेका पिडित)

किसी का अंधा अनुसरण ना करने की सीख देती हिंदी कहानी

किसी का अंधा अनुसरण ना करने की सीख देती हिंदी कहानी 

एक बार की बात है। एक गुरूजी थे। उनके बहुत से शिष्य थे। उन्होंने एक दिन अपने शिष्यों को बुलाया और समझाया-
 शिष्यों सभी जीवों में ईश्वर का वास होता है इसलिए हमें सबको नमस्कार करना चाहिए।
Hindi Story On Not Blindly Following Somebody अंधा अनुसरणकुछ दिनों बाद गुरूजी ने एक विशाल हवन का आयोजन किया और कुछ शिष्यों को लकड़ी लेने के लिए पास के जंगल भेजा। शिष्य लकड़ियाँ चुन रहे थे कि तभी वहाँ एक पागल हाथी आ धमका। सभी शिष्य शोर मचा कर भागने लगे,” भागो….हाथी आया…पागल हाथी आया….”
लेकिन उन सबके बीच एक शिष्य ऐसा भी था जो इस खतरनाक परिस्थिति में भी शांत खड़ा था। उसे ऐसा करते देख उसके साथियों को आश्चर्य हुआ और उनमे से एक बोला, “ये तुम क्या कर रहे हो? देखते नहीं पागल हाथी इधर ही आ रहा है…भागो और अपनी जान बचाओ!”
इस पर शिष्य बोला, ” तुम लोग जाओ, मुझे इस हाथी से कोई भय नहीं है… गुरूजी ने कहा था ना कि हर जीव में नारायण का वास है इसलिए भागने कि कोई जरुरत नहीं।”
और ऐसा कह कर वह वहीं खड़ा रहा और जैसे ही हाथी पास आया वह उसे नमस्कार करने लगा।
लेकिन हाथी कहाँ रुकने वाला था, वह सामने आने वाली हर एक चीज को तबाह करते जा रहा था। और जैसे ही शिष्य उसके सामने आया हाथी ने उसे एक तरफ उठा कर फेंक दिया और आगे बढ़ गया।
शिष्य को बहुत चोट आई, और वह घायल हो कर वहीँ बेहोश हो गया।
जब उसे होश आया तो वह आश्रम में था और गुरूजी उसके सामने खड़े थे।
गुरूजी बोले, “हाथी को आते देखकर भी तुम वहाँ से हटे क्यों नहीं जबकि तुम्हे पता था कि वह तुम्हे चोट पहुंचा सकता है।”
तब शिष्य बोला, “गुरूजी आपने ही तो ये बात कही थी कि सभी जीवों में ईश्वर का वास होता है। इसी वजह से मैं नहीं भागा, मैंने नमस्कार करना उचित समझा।”
तब गुरूजी ने समझाया –
बेटा तुम मेरी आज्ञा मानते हो ये बहुत अच्छी बात है मगर मैंने ये भी तो सिखाया है कि विकट परिस्थितियों में अपना विवेक नहीं खोना चाहिए । पुत्र, हाथी नारायण आ रहे थे ये तो तुमने देखा। हाथी को तुमने नारायण समझा। मगर बाकी शिष्यों ने जब तुम्हे रोका तो तुम्हे उनमे नारायण क्यों नज़र नहीं आये। उन्होंने भो तो तुम्हे मना किया था ना। उनकी बात का तुमने विश्वास क्यों नहीं किया।उनकी बात मान लेते तो तुम्हे इतनी तकलीफ का सामना नहीं करना पड़ता, तुम्हारी ऐसी हालत नहीं होती।जल भी नारायण है पर किसी जल को लोग देवता पर चढ़ाते है और किसी जल से लोग नहाते धोते हैं। हमेशा देश, काल और परिस्थिति को ध्यान में रखकर निर्णय लेना चाहिए।
मित्रों, कई बार ऐसा होता है कि किसी ज्ञानवर्धक बात का असल भाव समझने की बजाये हम उस बात में कहे गए शब्दों को पकड़ कर बैठ जाते हैं। गुरूजी ने शिष्यों को प्रत्येक जीव में नारायण देखने को कहा था जिसका अर्थ था कि हमें सभी का आदर करना चाहिए और किसी को नुक्सान नहीं पहुंचना चाहिए। लेकिन वह शिष्य बस उनके शब्दों को पकड़ कर बैठ गया और उसके जान पर बन आई।
अतः इस कहनी से हमें ये शिक्षा मिलती है कि हमें दूसरों कि बात का अनुसरण तो जरुर करना चाहिए मगर विशेष परिस्थिति में अपने विवेक का प्रयोग करने से नहीं चूकना चाहिए। हमें अपनी परिस्थिति के अनुसार ही निर्णय लेना चाहिए।
http://www.achhikhabar.com/2016/10/24/hindi-story-blindly-following-%E0%A4%85%E0%A4%82%E0%A4%A7%E0%A4%BE-%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%B8%E0%A4%B0%E0%A4%A3-%E0%A4%95%E0%A4%B9%E0%A4%BE%E0%A4%A8%E0%A5%80/?utm_source=feedburner&utm_medium=feed&utm_campaign=Feed%3A+AchhiKhabarFeeds+%28AchhiKhabar.Com%29

निशुल्क स्वास्थ्य शिविर गरियो


निशुल्क स्वास्थ्य शिविर गरियो
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक २२ गते । महोत्तरी जिल्लाको सुगाभवानीपट्टीमा सोमबार विभिन्न विरामीहरुलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
छठको अवसर पारेर मैथिल ब्राहमण समाज सुगाले नेशनल किड्नी हस्पीटल बिराटनगरको सहयोगमा सुगामा स्थित शुक्देव उच्च माविको प्राँगनमा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।   
सो स्वास्थ्य शिविरलाई एक समारोहका बीच बरिष्ठ राजनीतिक विश्लेषक सिके लालले उदघाटन गर्नुभयो । उहाँले उदघाटनको क्रममा अहिलेको २१ औं शताब्दीमा जातिय उत्थानको लागि मात्रै गठन गरिने संघसंस्थाको औचित्य नहुने बताउनुहुदै समग्र विकासको लागि समग्र रुपमा सोच्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।
मधेशको समस्याको हल जातिय संगठनहरु मजवुत भएर मात्रै नहुने तर्क राख्नुहुदै विश्लेषक लालले भन्नुभयो, ‘जातिय संघसंस्थाहरुले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु र स्वच्छता फैलाउने कार्यक्रमहरु अगाडी बढाउनु जरुरी छ ।’
    सो शिविरमा किड्नी रोग विशेषज्ञ डा.सन्तोष कुमार झा, डा.उज्जवल झा, स्त्रीरोग विशेषज्ञ डा.श्रुति साह, डा.भोगेन्द्र खडका, डा.कर्म चौधरी, डा.विनय कुमार झा, डा.पुजा चौधरी, डा.सुजाता खडकालगायतका चिकित्सकहरुले बिरामीहरुलाई निःशुल्क उपचार तथा औषधी वितरण गर्नुभएको थियो ।
सुगा गाउँमा ४ सय भन्दा बढी बिरामीहरुलाई निःशुल्क उपचार गरिएको ब्राहमण समाज सुगाका अध्यक्ष शम्भुचन्द्र झाले जानकारी दिनुभयो ।
    स्वास्थ्य शिविर पूर्व अध्यक्ष झाले प्रमुख अतिथी राजनीतिक विश्लेषक लालसहित चिकित्सकहरुलाई दोसल्ला र मिथिलाको पागसहित स्वागत र सम्मान गरिएको थियो ।

पूर्व शिक्षामन्त्री पोखरेलले गरे प्राविधिक शिक्षाको अवलोकन

पूर्व शिक्षामन्त्री पोखरेलले गरे प्राविधिक शिक्षाको अवलोकन
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १८ गते । पूर्व शिक्षामन्त्री तथा माओवादी केन्द्रका नेता गिरीराजमणी पोखरेलले महोत्तरी जिल्लाको सुगास्थित शुक्देव उच्च माध्यमिक विद्यालयमा भइरहेको प्राविधिक शिक्षाको पठनपाठनको अवलोकन गर्नुभएको छ ।
शिक्षामन्त्री भएको बेलामा जिल्लाको सदरमुकाम जलेश्वर र सुगामा प्राविधिक शिक्षा शुरुवातको पहल गर्नुभएका नेता पोखरेलले पठनपाठनको अवस्थाबारे बुझन बिहीबार विद्यालय समयमा पुग्नुभएको थियो ।
सो अवसरमा उहाँसंगै जिल्ला शिक्षा अधिकारी ठुलोबाबु दाहाल, माओवादी केन्द्रका नेता रामआधार कापरसहितका नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
विद्यालयमा पुग्नुभएका पूर्व शिक्षामन्त्री पोखरेललाई प्राविधिक शिक्षाको प्रगती विवरण विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीले प्रस्तुत गर्नुभएको थियो । प्रधानाध्यापक चौधरीले कक्षाको शुरुवात भइसकेको जानकारी दिनुहुदै केही दिन भित्रै पुस्तकालयको पनि शुरुवात गरिने जानकारी दिनुभएको थियो ।
प्राविधिक शिक्षाको प्रगती विवरण अवलोकन पश्चात पूर्व शिक्षामन्त्री पोखरेलले खुशी व्यक्त गर्नुहुदै नेपालमा शिक्षा क्षेत्रमा दुई नम्बर प्रदेशमा पनि खास गरेर महोत्तरी पिछिडिएको जानकारी दिनुहुदै आफु शिक्षाको स्तर उकास्न लागिपरेको वताउनुभयो । उहाँले शिक्षाको स्तर बढाउन शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुहुदै शिक्षक, शिक्षिकाहरुलाई ईमान्दार भई पठनपाठनको लागि अनुरोध समेत गर्नुभयो ।
उहाँले शिक्षाको स्तर बढाउन आफुले पहिला पनि सहयोग गरेको र आउने समयमा पनि सहयोगको लागि उत्तिकै सक्रिय रहने आश्वासन समेत दिनुभयो ।
सो अवसरमा विद्यालयका शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु, अभिभावकहरुको उपस्थिती रहेको थियो ।
प्रअ चौधरीले उपस्थित हुनुभएका पूर्वमन्त्री पोखरेल सहित अन्य महानुभावहरुलाई दोसल्ला र मिथिलाको पागलगाएर स्वागतसहित सम्मान गर्नुभएको थियो ।