मन्त्रालयको पत्रको अवज्ञा गदै जलेश्वर नगरपालिकाले हाजिरी गराएनन्
महोत्तरी समाचारदाता
जलेश्वर, साउन ६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीले जलेश्वर नगरपालिकाका सबइन्जिनियरलाई हाजिरी गराउन दिएको आदेशको अवज्ञा गर्दै जलेश्वर नगरपालिकाले हाजिरी गराउन मानेको छैन ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १ गते तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीले साउन ६ गते जलेश्वर नगरपालिकालाई सब इन्जिनियर मनोजकुमार साहलाई हाजिरी गर्न÷गराउन निर्देशन दिएपनि नगरपालिकाका प्रमुख र निमित्त प्रशासकिय अधिकृतले अटेर गरी हाजिरी गर्न दिएका छैनन् ।
मन्त्रालयले साउन १ गते जलेश्वर नगरपालिकालाई पठाएको पत्रमा जिल्ला कर्मचारी व्यवस्थापन समिति महोत्तरीको मिति २०७४÷०५÷०५ को निर्णयले जिल्ला प्राविधिक कार्यालयबाट तहाँ नगरपालिकामा कामकाज गर्न खटाइएका सब इन्जिनियर मनोजकुमार साहलाई हाजिरी गराई कामकाजमा लगाउन गरेको पत्राचारको ठाडै उल्लंघन गर्दै जलेश्वर नगरपालिकाले अहिलेसम्म हाजिरी गराएको छैन् ।

साउन २ गते हाजिरी हुन जाँदा नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत तथा इन्जिनियर माघवेन्द्र चौधरी र जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रको आदेशमा हाजिरी गर्न नदिएको बताउनुहुदै सबइन्जिनियर मनोजकुमार साहले भन्नुभयो,‘नीति, नियमको वर्खिलाप गर्दै माथिल्लो निकायले पठाएको पत्रलाई समेत वेवास्ता गरी हाजिरी गर्न दिएको छैन् ।’
उहाँले नगरपालिकाले हाजिरी गर्न नदिएपछि आफुले मन्त्रालयको पत्रसहित जिल्ला प्रशासन कार्यालय महोत्तरीमा गएर उजुरी गरेको र जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि हाजिरी गर्न दिने व्योहोराको पत्र पठाएपनि नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत तथा प्रमुखले सुनुवाई नगरेको गुनासो गर्नुभयो । उहाँले माथिल्लो निकायकै आदेशको अवहेलना गरी हाजिरी गर्न नदिएपछि आफु अन्यायमा परेको बताउनुहुदै उहाँले अब न्यायको लागि कहाँ जाने गुनासो गर्नुभयो ।
केही दिन अगाडी मात्रै जलेश्वर नगरपालिकाका १२ वडामध्ये ७ वडाका वडाध्यक्षहरु जलेश्वर नगरपालिकाका प्रमुख मिश्र र प्रशासकीय अधिकृतले आफुखुशी कार्य गर्दै आएको विरोध गर्दै रिले अनसन गरेका थिए । रिले अनसनको क्रममा वडाध्यक्षहरुले प्रशासकिय अधिकृत चौधरीलाई सरुवा भइसकेको स्थानमा रमाना दिएर पठाउनुपर्ने, सबइन्जिनियर मनोज साहको काज फिर्ता वदर गरि हाजिरी गराउनुपर्ने, विभिन्न वडाहरुमा गरिएको नगरस्तरीय कामकाजको अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउनुपर्नेसहित ११ बुँदे माँग राखेर १८ दिनसम्म रिले अनसन गरेका थिए । ज्ञातव्य छ, सब इन्जिनियर साहलाई नगरपालिकाका प्रमुखले आफ्नै हस्ताक्षरमा काज फिर्ता गर्नुभएको थियो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इन्जिनियर माघवेन्द्र चौधरीलाई तत्काल रमाना दिने, सब इन्जिनियर साहलाई काज फिर्ता वदर गरी नगरपालिकामा हाजिरी गराउने तथा मन्त्रालयका उपसचिव महेन्द्रकुमार सापकोटाले दिएको प्रतिवेदनको आधारमा दोषीलाई कारवाहीको दायरामा ल्याउने सहमति गरेपछि आन्दोलनरत वडाध्यक्षहरुले १८ दिनपछि साउन २ गते साँझ अनसन स्थगित गरेका थिए । तर मन्त्रालयले गरेको सहमति विपरित जलेश्वर नगरपालिकाका प्रमुख तथा निमित्त प्रशासकिय अधिकृतले सब इन्जिनियर साहलाई हाजिरी नगराएपछि अहिले पनि वडाध्यक्षहरु आन्दोलनको मानसिकतामा पुगेको देखिएको छ ।
आन्दोलन गर्नुभएका जलेश्वर नगरपालिका वडानं. २ का वडाध्यक्ष वरुण दाहालले नीति, नियमको पालना गरी चल्नुपर्नेमा जलेश्वर नगरपालिकाका प्रमुख र अधिकृतले दादागिरी देखाएको बताउनुहुदै हाम्रो माँगको सुनुवाई नभए पुनः आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो अधिकार भन्दाबढी प्रमुख र निमित्त प्रशासकिय अधिकृतले गरिरहेको छ, यो बलपेलाई बाहेक केही होइन, यसको हामी भत्सर्ना गर्दछौं ।’
उहाँले इन्जिनियर चौधरीले भ्रष्टाचार गर्ने नियत राखी अहिले पनि कामकाज गरिरहेको वताउनुुहुदै भन्नुभयो, ‘मन्त्रालयले इन्जिनियर चौधरीलाई तत्काल रमाना दिएर पठाउन पत्र पठाएपनि इन्जिनियर चौधरीले आफ्नै स्वहस्ताक्षरबाट साउन ३ गतेको मितिमा लिएको रमानापत्र साउन ११ गतेदेखि लागु हुने गरि लिएको देखिएको छ ।’ यो पत्रबाट नै निमित्त प्रमुख चौधरीको नियतमा खोट देखिएको उहाँको बुझाई छ ।
यस सम्बन्धमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले यस विषयमा मन्त्रालयलाई जानकारी गराइसकिएको वताउनुहुदै मन्त्रालयले आफै यस विषयमा पहल गर्ने आश्वासन दिएको जानकारी दिनुभयो ।
मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको पत्रलाई किन वेवास्ता गरी सब इन्जिनियर मनोज साहलाई हाजिरी नगराएको भन्ने विषयमा जलेश्वर नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत चौधरीसंग जिज्ञासा राख्दा उहाँले आफु कामचलाउ मात्रै रहेको र यो विषयमा नगरप्रमुखसंग सोध्न भन्नुभयो । नगरप्रमुख रामशंकर मिश्रलाई फोन सम्पर्क गर्दा फोन रिसिभ हुन सकेन् ।