१८ दिनपछि रिले अनसन तोडियो
महोत्तरी समाचारदाता
जलेश्वर, साउन ३ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका ५ जना वडाध्यक्षहरु आफ्नो विभिन्न माँगसहित शुरु गरेको रिले अनसन १८ औं दिनमा तोडिएको छ ।
जलेश्वर नगरपालिकाका प्रमुखले आप्mना माँगको वेवास्ता गरेको भन्दै असार १७ गते आईतबारदेखि शुरु गरिएको रिले अनसन साउन २ गते साँझ तोडिएको हो ।
जलेश्वर नगरपालिकाको प्राँगनमै पाल टाँगेर विभिन्न ११ बुँदे माँग राख्दै वडानं. २ का अध्यक्ष बरुण दाहाल, वडानं. ६ का अध्यक्ष रविन्द्रप्रसाद साह, वडानं. ७ का वडाध्यक्ष रामछविला यादव, वडानं. ८ का वडाध्यक्ष बिजय सिंह तथा वडा नं. १० का वडाध्यक्ष विकाउ दासले रिले अनसन शुरु गर्नु भएको थियो ।
वडाध्यक्षहरुले राख्नुभएको विभिन्न माँगहरु मध्ये इन्जिनियर माघवेन्द्र चौधरीलाई तत्कालै खटाइएको स्थानमा रमाना दिएर पठाउने, सब इन्जिनियर मनोज साहको काज फिर्ता गरी काममा खटाउने तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव महेन्द्रकुमार सापकोटाले दिनुभएको प्रतिवेदनको आधारमा दोषी देखिएकालाई कारवाही गर्नेसहितका माँगहरु पुरा भएपछि अनसन तोडिएको जलेश्वर नगपालिका वडानं. २ का वडाध्यक्ष बरुण दाहालले जानकारी दिनुभयो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आन्दोलनरतपक्षहरुलाई सम्बोधन गरेर माँगहरु सम्बोधन गर्ने प्रतिवद्धतापछि अनसन तोडिएको हो ।
वडाध्यक्षहरुले रिले अनसन थालेपछि मन्त्रालयबाट आउनुभएका उपसचिव महेन्द्रकुमार सापकोटासहितको तिनसदस्यीय टोलीले माँगहरु सुनेर र विभिन्न वडाहरुमा गएर विकास निर्माणको अवलोकन, अनुसन्धान गरेर फर्किएका थिए ।
जलेश्वर नगरपालिकामा रहेको १२ वडाहरु मध्ये ५ वडाका वडाध्यक्षहरुले जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र तथा इन्जिनियर माघवेन्द्र चौधरीले मिलेर विभिन्न कार्यहरुमा गरिरहेको अनियमित कार्यको छानविन हुनुपर्ने तथा इन्जिनियरको काज सरुवा फिर्ता हुनुपर्ने मुख्य माँग राख्दै रिले अनसन शुरु गरेका थिए ।
वुधबार साँझ नेकपाका साँसद भरतप्रसाद यादवसहित महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जुस खुवाएर अनसन तोडाउनुभएको थियो । सो अवसरमा महोत्तरीका सुरक्षानिकायका प्रमुखहरुको साथै नेकपाका जिल्ला संयोजक राजु खड्का, नेता रामआधार कापर तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।