सार्वजनिक सुनुवाई गरियो
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन १३ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडानं. १मा प्रथम चौमासिकमा सार्वजनिक सुनुवाई तथा सार्वजनिक लेखा परिक्षण गरिएको छ ।
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयबासीहरुले उपभोक्ता समिति बनाउँदा पारदर्शी नभइरहेको आक्रोश पोखेका थिए ।
स्थानीयबासी आमोदकुमार रायले विकास निर्माणको कामहरु भइरहेकोमा खुशी व्यक्त गर्नुहुदै बजेट तथा उपभोक्ता समिति पारदर्शी नभइरहेकोमा आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो,‘विकास त हुन्छ तर त्यसमा कतिको लगानी गरिएको छ तथा उपभोक्ता समिति बनाउँदा सबैलाई थाहै हुदैन् ।’ वडाध्यक्षहरुले आफु आसेपासेहरुलाई लिएर मात्रै उपभोक्ता समिति बनाइरहेका छन् यो कार्यलाई सुधार गरेर सबैलाई जानकारी गराई उपभोक्ता समिति बनाउनुपर्ने उहाँको कथन थियो ।

त्यसैगरी सेवाग्राहीहरुले नगरपालिकाका कर्मचारीहरुले काममा ढिलासुस्ती गर्ने गरेको जानकारी गराउँदै सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन नगरप्रमुखसंग आग्रह गरेका थिए ।
कार्यक्रममा मटिहानी नगरपालिकाले पहिला नगरभित्रमा यो चौमासिकमा गरेका कामहरुको विवरण तथा त्यसमा भएको बजेटको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले उपभोक्ता समिति बनाउँदा सबैलाई सम्मिलित हुने गरी बनाउनुपर्ने आफुहरुको दायित्व रहेको बताउनुहुदै यस कार्यमा राम्रोसंग काम गर्न वडाध्यक्षसहित कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले सेवाग्राहीहरुलाई सेवा दिएवापत सरकारी राजश्व बाहेक एक सुको पनि कर्मचारीलाई नदिन आग्रह गर्नुहुदै त्यस्तो भएको खण्डमा आफुलाई जानकारी गराउन समेत आग्रह गर्नुभयो ।
विकासको काम गर्दा बजेटहरु पनि सार्वजनिक गर्न व्यानर बनाएर नै कार्यस्थलमा राख्न आफुले निर्देशन गरिसकेको बताउनुहुदै उहाँले प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्न आफु दृढ रहेको विश्वास दिलाउनुभयो ।
मटिहानी नगरपालिकाको सहयोगमा जीवन विकास समाज जलेश्वरले आयोजना गरेको कार्यक्रममा नगरपालिकाका उपप्रमुख शिवोदेवी साह, कार्यकारी अधिकृत चन्द्रशेखर शर्मासहित सम्पूर्ण वडाका वडाध्यक्ष, विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।