सरस्वती मातासमेत यौन हिंसा पीडित !
महापुराणमा विद्याकी देवी सरस्वतीबारे अनौठो तथ्य
४ फागुन, काठमाण्डौं । आज श्रीपञ्चमी ।
हिन्दू धर्ममा आस्था राख्नेहरुले आज विद्याकी देवी सरस्वतीको भक्तिपूर्वक
आराधना एवं पूजाआजा गर्छन् । सबै हिन्दुहरुकी आस्थाकी धरोहर, ज्ञानकी
ज्योति एवं संगीतकी स्रष्ठा मानिने सरस्वतीसमेत आफनै पिता ब्रह्माबाट यौन
हिंसाको शिकार भएको अनौठो तथ्य श्रीमद्भागवत महापुराणमा पढ्न पाइन्छ ।
कलियुगमा मात्र नभएर देवताकै पालामा समेत महिलामाथि यौनजन्य हिंसा
हुँदोरहेछ भन्ने प्रमाण हुन् सरस्वती माता ।
सोही अध्यायको श्लोक २९ र ३० मा ब्रह्माको
कर्तुतबारे यसरी लेखिएको छ- ‘उनले यस्तो अधर्ममय संकल्प गरेको देखेर उनका
छोरा मरिचि आदि ऋषिले उनलाई विश्वासपूर्वक सम्झाए । पीताजी तपाई समर्थ
हुनुहुन्छ, फेरि तपाई आफ्नो मनमा उत्पन्न कामनाको बेगलाई नरोकी
पुत्रीगमनजस्तो दुस्तर पाप गर्ने संकल्प गरिहरनुभएको छ । यस्तो त न
तपाईभन्दा पहिलेका कुनै ब्रह्माले पनि गरेका थिए, न पछि कसैले गर्नेछन् ।’
त्यस्तै श्लोक ३१ र ३२ मा छोरा मरिचिले
आफ्ना पिता ब्रह्मालाई सम्झाउँदै भनेका छन्- ‘जगतगुरु, तपाईजस्तो तेजस्वी
पुरुषलाई यस्तो कामले शोभा दिँदैन । किनकि तपाईजस्तो पुरुषको आचरणको अनुशरण
गर्नुमा नै संसारलाई कल्याण हुन्छ । जुन भगवानले आफ्नै स्वरुपमा स्थित यो
जगतलाई आफ्नै तेजबाट प्रकट गरे, उनलाई नमसकार छ । यससमय उनैले यसको धर्म
रक्षा गर्न सक्छन् ।’
श्रीमद्भागवत तृतीय स्कन्ध बाह्रौं
अध्यायको ३३ औं श्लोकमा भनिएको छ-’आफ्ना पुत्र मरिचि आदि प्रजापतिहरुले
आफ्नो सामुन्ने यस्तो भनिरहेको देखेर प्रजापतिहरुका पति ब्रह्माजी बडो
लज्जित भए र उनले उक्त शरीर उही समय छाडिदिए । तब त्यो घोर शरीर दिशामा
व्याप्त बन्यो । र, त्यही कुहिरो भयो, जसलाई अन्धकार पनि भनिन्छ ।’
श्रीमद्भागवतको सोही अध्यायको ४९ औं श्लोक अनुसार पहिलेको कामाशक्त
शरीरलाई छाडेर दोस्रो शरीर धारण गरेपछि बल्ल ब्रह्माले विश्व विस्तार
थालेका हुन् ।
(प्रमाणका लागि हेर्नुहोस् श्रीमद्भागवत महापुराण, गीता प्रेस, गोरखपुर पृ. २२१-२२२)
(प्रमाणका लागि हेर्नुहोस् श्रीमद्भागवत महापुराण, गीता प्रेस, गोरखपुर पृ. २२१-२२२)
ब्रह्माले जीवनभर छाडेनन्
मत्स्य पुराणअनुसार ब्रह्मा कालान्तरमा
सरस्वतीप्रति आशक्त भए । देवताहरुले बन्देज गर्दा पनि उनको आशक्ति समाप्त
भएन । सरस्वती पितालाई प्रणाम गर्थिन् । ब्रह्माले मनुलाई सृष्टि-रचनाका
लागि पृथ्वीमा पठाएर सरस्वतीसँग पाणि ग्रहण गरे । ब्रह्मालाई यो कुकृत्यको
दोष लागेन । किनभने सरस्वती उनकी आफ्नै अंग थिइन् । सरस्वतीबाट सारस्वतेय
नामको छोरोसमेत जन्मिएको शास्त्रमा उल्लेख छ ।
सोम रस चोर्न सरस्वतीको प्रयोग
देवताहरुले सोम रस पिएर स्वर्गमा आनन्द
मान्ने गरेको शास्त्रहरुमा पाइन्छ । तर, त्यो सोम रस पहिले गन्धर्वहरुका
साथमा रहेछ । देवताहरुले उक्त सोम रस कसरी छिन्ने भनेर दाऊ हेरिरहेका बेला
विद्याकी देवी सरस्वतीले आइडिया दिइछन्- ‘गन्धर्वहरु स्त्री-प्रेमी हुन्छन्
। त्यसैले सोम रससित मलाई विनिमय गर । पछि म गन्धर्वहरुलाई झुक्याएर
तिमीहरुसँगै आउँला ।’ भारत डिस्कभरीमा लेखिएको छ,- ‘देवगिरिमा यज्ञ गरेर
देवताहरुले त्यसैगरे । गन्धर्वका साथमा न सोम रस रह्यो, न सरस्वती ।’