रावण १४ गते बुधबार गोरखापत्र

श्रावण १४ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु

१. ‘दोर्चे लाक्पा’ (६,९६६ मि.) नेपालको कुन जिल्लाको सबै भन्दा अग्लो हिमाल हो ?
– सिन्धुपाल्चोक (यो हिमाल रसुवा जिल्लाबाट आरोहण गरिन्छ)
२. नेपालको हिमाली क्षेत्रमा कतिवटा हिमाल रहेका छन् ?
– २३२३ वटा (तीमध्ये इम्जालगायतका २० वटा हिमाताल विस्फोटको सम्भावना नजिक रहेका छन्)
३. मिठे र तिते नेपालको कुन खाद्य बालीका प्रजाति हुन् ?
– फापर (तिते प्रजातिका फापर मुस्ताङ, हुम्लाजस्ता दुर्गम हिमाली जिल्लाहरुमा हुने गर्दछ)
४. पर्वत जिल्लाको आलुको पकेट क्षेत्र भनेर कुन स्थानलाई बुझाउँछ ?
– बनौ क्षेत्र (पर्वतको बनौको आलु कदरमुकाम कुस्मा, बेनी, बागलुङ, पोखरासम्म निर्यात हुने गर्दछ)
५. हाल नेपालमा कति किसिमका जङ्गली च्याउ भेटिएका छन् ?
– १,१२१ किसिमका
६. हाल नेपालमा कति जिल्लामा च्याउ खेती हुन्छ ?
– ७० जिल्लामा (४० भन्दा बढी जिल्लमा यसको ब्यवसायिक उत्पादन भइरहेको छ)
७. संसारमा सबैभन्दा बढी चुइगम कुन देशमा खपत हुन्छ ?
– डेनमार्क (त्यसपछि दोस्रोमा नर्वे र तेस्रोमा स्विट्जरल्यान्ड पर्दछ)
८. संसारमा सबैभन्दा बढी चीज कुन देशका नागरिकले खान्छन् ?
– ग्रीस (त्यहाँका प्रत्येक नागरिकले वार्षिक २४ किलो चीज खान्छन्)
९. नेपालमा ३० प्रतिशत भन्सार लाग्ने सुपारी आयातमा भारतले कति प्रतिशत भन्सार लागाउने गरेको छ ?
– ८० प्रतिशत
१०. केरा खेतीका लागि भारत विश्वकै सर्वाधिक उत्पादक मुलुक हो ? अब भन्नुहोस् विश्वको कुल केरा उत्पादनमध्ये भारतले कति प्रतिशत ओगट्छ ?
– २३ प्रतिशत
११. विश्वभर हालसम्म कति केरा प्रजातिको केरा मात्र पहिचान भएको छ ?
– ५० प्रजाति
१२ एमआरपी पाउने पहिलो विशिष्ट नेपाली राष्ट्रपति डा. रामवरण यादव हुन् भने एमआरपी पाउने पहिलो सर्वसाधारण को हुन् ?
– अनुराधा कोइराला (उनी माइती नेपाल संस्थाका संस्थापक अध्यक्ष हुन्)
१३. नेपालमा एमआरपी वितरण कहिलेबाट सुरुवाट गरिएको हो ?
– वि.सं. २०६७ पुस ११ बाट
१४. नेपालमा ७५ वटै जिल्लाबाट एमआरपी वितरण कार्य कहिलेबाट सुरु भएको हो ?
– वि.सं. २०६८ मङ्सिर १
१५. नेपालमा नगरपालिका निर्माण गर्ने सम्बन्धमा सर्वप्रथम वि.सं. १९७६ मा राणा प्र.म. श्री ३ चन्द्र शमशेर कुन अड्डा स्थापना गरेका थिए ?
– सफाइ अड्डा (त्यस अड्डाले वि.सं.२०२३ सम्म आफ्नो कार्य जारी राख्यो)
१६. ३० वर्षपछि चलिरहेको भारत–बङ्गलादेश सामुदायिक विवाद कहिले अन्त्य भएको हो ?
– सन् २०१४ जुलाई ९ मा
१७. मानव अधिकारको सम्बन्धमा विश्वको प्रथम लिखित दस्तावेज केलाई मानिन्छ ?
– म्याग्नाकार्टा (बेलायती राजा जोन द्दितीयले १५ जुन १२१५ मा म्याग्नाकार्टामा हस्ताक्षर गरेका थिए)
१८. फ्रन्सेली राजा लुई १६ औंको पालामा राजाले जनतालाई बिनाअभियोग गिरफ्तार गर्न सक्थे । अब भन्नुहोस् उक्त अधिकारलाई के भनिन्थ्यो ?
– Lettre de chachet
१९. संयुक्त राष्ट्रसङ्घको आह्वानमा कुन वर्षलाई अन्तर्राष्ट्रिय नारी वर्षका रुपमा मनाइएको थियो ?
– सन् १९७५
२०. संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा जम्मा कति सदस्य राष्ट्र हुन्छन् ?
– १५ राष्ट्र (५ स्थायी र १० अस्थायी)
२१. सुरक्षा परिषदमा कति राष्ट्रलाई VETO (निषेधिकार) प्रयोग गर्ने अधिकार छ ?
– ५ राष्ट्र (पाँच स्थायी सदस्य राष्ट्रहरुलाई)
२२. युरो मुद्रा प्रचलनमा ल्याउने युरोपियन युनियनको १८औं मुलुक कुन हो ?
– लात्भिया (यसअघि यस राष्ट्रको मुद्राको नाम ‘लाट्स’ थियो)

गिता सार

गिता सार
--------

-- व्यर्थमा किन चिन्ता गर्छौ ? कोसँग व्यर्थैमा डराउँछौ ? तिमिलाई कसले मार्न सक्छ र ? आत्मा न त पैदा हुन्छ न मर्छ नै ।

-- जे भयो त्यो राम्रै भयो, जे हुँदैछ त्यो राम्रै हुँदैछ, जे हुनेछ त्यो पनि राम्रै हुनेछ तिमी भूतको पश्चाताप नगर । भविष्यको पनि चिन्ता नगर । वर्तमान चलिरहेको छ ।

-- तिम्रो के गयो र त्यसका लागि तिमी रुन्छौ ? तिमिले के लिएर आएका थियौ जुन तिमिले गुमायौ ? तिमिले के रचना ग¥यौ जुन नाश भयो ? न त तिमिले केही लिएर आएका थियौै न लाने नै छौ । जे लियौ यहीँबाट लियौ । जे दियौ यहीँ दियौ । जे लियौ उहाँ (भगवान) बाट लियौ र जे दियौ उहाँ (भगवान)लाई नै दियौ ।

-- खालि हात आयौ र खालि हात नै जानेछौ । जे आज तिमिसँग छ हिजो कसैको थियो र भोली अरु कसैको हुनेछ । तिमि यसलाई आफ्नै सम्झेर मग्न र मख्ख भईरहेका छौ । वस् यही प्रशन्नता तिम्रो दुःखको कारण हो ।

-- परिवर्तन संसारको नियम हो । जसलाई तिमि मृत्यु सम्झन्छौं त्यही त जीवन हो । एकैछिनमा तिमि करोडौंको मालिक हुन्छौ भने अर्को क्षणमा दरिद्र हुनसक्छौ । मेरो, तिम्रो, उसको, ठूलो सानो आफ्नो, अर्काको भन्ने मनबाट निकाल त्यसपछि सबै तिम्रै हो र तिमी सबैका हौ ।

-- न त यो शरीर तिम्रो हो न तिमि यो शरीरका हौ । यो शरीर अग्नि, जल, वायु, पृथ्वी, आकाशले बनेको हो र यसैमा मिल्नेछ । तर आत्मा भने स्थिर छ – त्यसो भए तिमि को हौ ?

-- तिमि आफूले आफूलाई भगवानप्रति अर्पित गर । यो नै सबैभन्दा उत्तम सहारा हो । जसले यो सहाराको बारेमा जान्दछ ऊ भय, चिन्ता र शोकबाट सर्वदा मुक्त हुन्छ ।

-- तिमि जे जसो गर्छौ सबै भगवानको नाममा अर्पण गर्दै जाऊ यसो गरेमा सँधै जीवन मुक्तीको आनन्द अनुभव गर्न सक्छौ ।

Bidesh Gayeko Tathyank

Bidesh Gayeko Tathyank

Lokseba ko lagi Nagendra Karna

Lokseba ko lagi

भारतीय एसएसवीले नक्कली नोटको कारोवार गर्ने विरुद्ध कडाई गर्ने

अन्तरक्रिया कार्यक्रममा सहभागि सेनानायक मुन्ना सिंह लगायतका पदाधिकारी । तस्वीर ः महेशकुमार दास
भारतीय एसएसवीले नक्कली नोटको कारोवार गर्ने विरुद्ध कडाई गर्ने

महेशकुमार दास
महोत्तरी ,

भारतीय एसएसवीले नक्कली नेपाली र भारतीय नोटको कारोवारलाई नियन्त्रण गर्न सिमावर्ती इलाकामा कडाई गर्ने भएको छ ।
भिटामोड स्थित एसएसवी ५१ औं बटालियनमा आयोजित संचारकर्मीहरु संगको अन्तरक्रियामा भारतीय एसएसवीका (कमाण्डर) सेनानायक मुना सिंहले नेपाली नक्कली नोट र भारतीय नक्कली नोटको कारोवारले दुवै देश प्रभाव पार्ने भएकाले यसको रोकथामका लागि सिमावर्ती इलाकामा कडाई गरिने बताएको छ ।
‘ सिमावर्ती क्षेत्रमा नेपाली नक्कली नोट र भारतीय नक्कली नोटको कारोवारले दुवै देशमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । यसलाई भारतीय एसएसवीले गम्भिरताका साथ लिदैं नियन्त्रण कार्यलाई मुख्य प्राथमिकतामा राखेको छ । ’ सेनानायक सिंहले भने ‘ नक्कली नोटको कारोवार नियन्त्रण , मानव वेचविखिन , सिमा तस्करी र सिमामा हुने हतियार तस्करी र अपराधिक क्रियाक्लाप नियन्त्रण लगायतका पाँच वटा कार्यलाई प्राथमिकतामा राखि भारतीय एसएसवीले आफना गतिविधि संचालन गर्ने छ । ’
त्यस्तै नेपालमा अपराध गरि भारतमा लुक्ने र भारतमा अपराध गरि नेपालमा लुक्ने अपाराधिलाई पक्राउ गरिने , भारत अथवा नेपालमै ठुलो गिरोह संचालन गरि अपाराधिक गतिविधिलाई अंजाम दिने र चोरी , डकैती , लुटपाट जस्ता घटना गर्ने अपारधिलाई समेत पक्राउ गर्न भारतीय एसएसवीले आफना गतिविधि योजनावद्ध तवरले संचालन गर्ने सेनानायक सिंहले बताए ।
उनले अन्त्ररक्रियाकै क्रममा नोमेन्स लैण्डमा रहेको खालि जग्गामा खेती गर्ने किसानलाई समेत रोक लगाउन भिटामोड स्थित ५१ औं वटालियनलाई निर्देशन दिएका थिए ।
पहिलो चोटीका लागि नोमेन्स लैण्ड मिचेर खेती गर्ने जुन सुकै किसानलाई खेती गर्न रोक लगाउने र नमान्ने किसान विरुद्ध प्राथमिकि दर्ज गरेर कारवाही अगाडी बढाउनु पर्ने निर्देशन दिएका थिए । 
त्यस्तै महोत्तरी लगायत धनुषा र सर्लाहीबाट मान्छे अपहरण गरेर भारतीय क्षेत्रमा लुकाउने गरेको गुनासो बढी आउन थालेपछि सोको लागि समेत भारतीय एसएसवीलाई परिचालित गरिने उनले बताए ।
त्यस्तै सिमावर्ती बजारहरुमा लागु औषधको खुल्ला व्यापारले नेपाली युवाहरुमा विकृति ल्याएका कारण लागु औषधको रुपमा प्रयोग गरिने त्यस्ता औषधि वेचबिखिन गर्ने औषधी पसलमा समेत कडाई गरिने सेनानायक सिंहले बताए । उनले भने ‘ लागु औषधको रुपमा प्रयोग गरिने औषधीहरु विक्री वितरण गर्ने पसलमा निगरानी बढाईने छ र त्यस्ता औषधी विक्री वितरण नगर्न चेताउने र चेताए पनि नमान्ने औषधी पसलमा छामामारी गरि कारवाही प्रक्रिया अगाडी बढाईने छ ।
अन्तरक्रियामा १९६२ को इण्डो चाईना वार पछि १९६३ मा भारतीय एसएसवीको स्थापना भएको र १९ जुन २००१ देखि भारत नेपाल सिमामा भारतीय एसवी सुरक्षार्थ खटिएको सेनानायक सिंहले संचारकर्मीलाई बताएका थिए ।
त्यस्तै १२ मार्च २००४ देखि भारत भुटानमा भारतीय एसएसवी सुरक्षार्थ खटिएको उनले बताए ।
भिटामोडमा २३ मार्च २०१३ देखि सितामढी २ बटालियन अन्र्तगत एसएसवी ५१ औं वटालियन स्थापना भएको र गान्धी नगर स्थित पिलर नम्वर २९५÷१ देखि पिलर नम्वर ३३१ कनौली सम्म ६३.४ किलोमिटर सुरक्षार्थ खटिएको उनले बताए ।
अन्तरक्रियाको क्रममा भारतीय एसएसवीले नेपाली सर्वसाधारणलाई अनाहकमा दुःख दिने गरेको प्रश्नको जवाफ दिदैं सेनानायक सिंहले भारतीय एसएसवीका जवानले तस्करी रोकथामका लागि चेक जाँच गर्ने गरेको स्पष्ट पार्दै कुनै कसैले अनाहकमा दुःख दिन खोजेको खण्डमा आफुलाई लिखित उजुरी दिन आग्रह गर्दै त्यस्ता जवानलाई तत्काल कारवाही गरिने प्रतिवद्धत व्यक्त गरेका थिए ।

सानो सहयोगले ल्याएको ठूलो परिवर्तन In Mahottari

सानो सहयोगले ल्याएको ठूलो परिवर्तन 
महोत्तरी समाचारदाता
जलेश्वर, साउन १३ गते । महोत्तरी जिल्लाको कोल्हुवा वगेया ४ बस्ने सकिना खातुन ४ वर्ष अगाडी सम्म पर्दा (घुम्टो) भित्र सीमित थिइन । टोलमा कुनै नौलो अनुहार गए उनी असहज महशुस गरि घरभित्र पस्थिन । घरपरिवारका पुरुष सदस्यहरु पनि बाहरियासँंग बोल्न रोक लगाएकाले परिस्थिती असहज थियो । अहिले समय फेरिएको छ । कोही आयो, वा टोलमा कुनै बैठक भयो भने उनी निर्धक्क साथ नमस्कार गर्दै उनी आफ्नो परिचय दिदैं आँफू नुरी शान्ति समूहको सदस्य भएको बताउछिन् । उनमा यो हिम्मत युएनडीपीको शान्तिको लागि जीविकोपार्जन परियोजना (एलआरपी) ले अति विपन्न र सीमान्तकृत परिवारहरुलाई लक्षित गरि सञ्चालन गरेको सामाजिक परिचालन पश्चात आएको हो ।

युएनडीपीले सामाजिक परिचालन अन्तर्गत अति विपन्न घरधुरीहरुलाई आधारभूत जानकारी र सूचना प्रवाह गदै आएको छ । ‘समुहमा बस्ने बानीले फाइदै भएको छ । नागरिकता प्रमात्रपत्र भयो भने के हुन्छ, भएन भने के कस्ता जटिलताहरु भोग्नुपर्छ, उप स्वास्थ्य चौकीबाट के सुविधा पाइन्छ ? गाविसको सेबा सुविधा कसरी पाईन्छ जस्ता जानकारीले हाम्रो बुद्धि बढेको छ,’ सकिना खातुनले बताइन् ।

सकिना खातुन मात्रै होइनन्, कोल्हुवावगेया ४ इस्लामपुरकै मैफुल खातुन पनि सामाजिक परिचालन कार्यक्रमबाट धेरै सिकेर आफ्नो विचार जमाएरै राख्न थालेकाले उनको टोलमा ‘नेता’ कहलिएकी छिन् । त्यही भएर महिलाहरुले उनलाई नुरी शान्ति समूहको अध्यक्ष बनाएकाछन् ।

युएनडीपीले महोत्तरी, सर्लाही र रौतहटका सबै २७१ गाविसका अति विपन्न वस्तीहरुमा ९१७ सामुदायिक समुह निर्माणमा सहयोग गरि २७,०७५ घरधुरीहरुलाई सघाएको जनाएको छ । स्थानीय निवार्चित सरकार नभएको समयमा गरिव वस्तीहरुमा युएनडीपीले गरेको सामाजिक परिचालन तथा पूर्वाधार सहयोग कार्यक्रम, आय आर्जन सुधारका लागि प्रति घरधुरी ९००० बरावर अनुदान कार्यक्रम र महिला हिंसा अन्त्य गर्न सचेतना कार्यक्रमबाट अति विपन्न वस्तीहरुले राम्रो लाभ पाएका छन् । 

‘पहिला गाविसमा आउने बजेट कति आँउछ, कहाँ कसले खर्च गर्छ केही थाहा थिएन । गाविसको बजेट गरिव बस्तीहरुमा खर्च गराउन हाम्रो समुहले गाविस सचिब र नेताहरुलाई दवाव दिन थालेको छ,’ सकिनाले बताइन् । ‘हाम्रै बिकास बजेटबाट नेताहरु मोजमस्ती गर्छन तर विकासको काम केही गर्दैनन्, त्यसैले अब हामी महिलाहरु नै एकजुट भएर लागिपरेका छौं ।’

‘म पढेलेखेको छैन् तर समूहमा आएपछि थुप्रै कुरा वुझेको छु, सिकेको छु र त्यही सिकाईलाई व्यवहारमा उतारिरहेको छु’, शुद्ध नेपाली भाषामा बोल्दै खातुनले भनिन्, ‘हामी चेतना अभावमा दुःख खेप्यौं अब हाम्रा छोरी र बुहारीले दुःख नखेपुन भन्ने चाहना राखेको छु, त्यही भएर समूहमा आवद्ध भएर विभिन्न सिपमूलक कार्यक्रम र आयआर्जनका कार्य गर्दै गाउँमा जनचेतना जगाउने कार्य गर्दै आएकाु छु’ ।

जनचेतना अभावकै कारण जन्मदर्ता, विवाह दर्ता र नागरिकताको महत्व नवुझने यी टोलका महिलाहरु अहिले छोरा छोरी जन्मेको र विवाह भएको ३५ दिन भित्रै जन्मदर्ता र विवाह दर्ता गराउको प्रमाणको रुपमा कागजात देखाउन पछि परेनन् । १६ वर्ष पुगेका अधिकाशं महिला पुरुषले नागरिकता बनाएको सकिनाले बताइन् ।

नजिकैको मनरा गाविस ६ मुसहरी टोलमा रहेको जानकी शान्ति जिविकोपार्जन समूहकी अध्यक्ष दशनीदेवी सदाले पनि समुहगत सिकाइबाट महिलाहरु संगठित भएको बताइन् । समुहकै पहलमा गाविसले दिएको २० हजार रुपैयाबाट उनीहरुले विद्युत लाइन विस्तारका लागि पोल खरिद गरेको पाइयो । विद्यालयको मुख नदेखेका उनीहरुले छोराछोरीहरुलाई विद्यालय पठाउन थालेका छन् । दशनी भन्छिन्ः ‘हामीले दुःख पाएको अनपढ भएर हो । हामी जस्तो दुःख गरेर भएपनि केटाकेटीहरुलाई स्कुल पठाउँछौं । अब हाम्रा छोराछोरी पढ्ने विद्यालयको व्यवस्थापन समितिमा हाम्रो पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छौ ।’

उनले बँगुर र सुँगुर पालनबाट मात्रै नभई सानो खाजा पसल पनि सञ्चालन गरेक िछन् । जीविकोपार्जनको वैकल्पिक बाटोले थप आयआर्जन गर्न सकेकोमा उनी खुसी देखिन्छन् । ‘एक दिनमा १५० देखि २५० सम्म हुने कमाइले घरायसी खर्च धान्न धेरै सजिलो भएको छ ।’

गरिव बस्तीहरुमा नगन्य संस्थाहरुको उपस्थिती भएको सन्दर्भमा युएनडीपीले मानव परिसूचकमा पछाडि परेका तराईका सर्लाही, महोत्तरी, र रौतहट जिल्लामा गरेको सामाजिक र आर्थिक सशक्तिकरणले विषेशत मधेशका विपन्न दलित महिलाहरुमा नयाँ जागरण ल्याएको युएनडीपीका सञ्चार अधिकृत देबेन्द्र ढुंगानाले बताउनुभयो ।

 

मधुश्रावणी पर्व सकियो Madhusharbni In Mahottari

मधुश्रावणी पर्व सकियो
महोत्तरी समाचारदाता
जलेश्वर, साउन १४ गते । मिथिलाञ्चलकानवविवाहितामिथिलानीहरुले हर्षोल्लास र धुमधामका साथमनाउने पर्व मधुश्रावणीवुधबार टेमीदिएर सकिएको छ ।

१५ दिन सम्ममनाइएको यो पर्वमानवविवाहिताकापतिले टेमि (आगोले पोल्ने कार्य) दिएर सकिएको छ । पानको पातमाथिबलिरहेको दिपवत्तिनवविवाहिताको घुँडामा दिने गरिन्छ । जसलाई टेमिदिएको मानिन्छ । महिलाहरुलाई अग्नि परिक्षा स्वरुप घुँडामा टेमिदिईन्छ र जति ठुलो फोका उठ्छ त्यत्ति बढी नै पतिप्रतिमाया र पतिको दिर्घायु हुन्छ भन्ने मान्यता रहेको पाईन्छ ।

गौशालाकी संजना कर्णले शुरु शुरुमा टेमी दिँदा डर लागेको भएपनि संचारमाध्यमहरुमा फोका उठने, डाम्ने लगायतका कुराहरु नभई शितल टेमी दिने भएको वताइन । उनले यो पर्व नवविवाहिताहरुको लागि रमाइलो र हाँसखेलको पर्व रहेको खुलाइन ।

यो पर्वमानवविवाहितामहिलाहरु १५ दिनसम्म गृहस्थी कसरी चलाउने भन्ने बारेमाशिक्षाप्राप्तगर्ने कथाहरु सुन्ने गर्दछन् । त्यसैगरी पतिको दिर्घायुको कामनागर्दे उनीहरु गौरी, विषहरा लगायतकापुजा समेत गर्ने गर्दछन्  ।

“ सखीफुललोढ चलु फुलबरिया, सीताके संग सहेलिया, कोई बेलीफुललोढे चमेलीफुललोढे, कोई लोढेलाचम्पाके कलिया, सीताके संग सहेलिया..” लगायतकागीतहरु गाउँदै जब समुहमामहिलाहरु निस्किने गर्छिन तवको दृश्यले सबैलाई मनमोहकबनाउने गर्छ ।

हरेक श्रावण कृष्णपञ्चमी देखि शुरु भई श्रावण शुक्ल द्धितिया सम्म यो पर्व मिथिलाञ्चलकाकायस्थ, बा्रहमण, सोनार र देवजातिकानवविवाहितामहिलाहरुले मनाउने गरेका छन ।

श्रावण मासको झरी, कालो वादल र न्यानो घामको स्पर्श गदै युवतीहरु नाच्ने, गाउने, र विवाहिताहरुले आफ्नो पतिसंग वितेको मधुर क्षणबारे साथीसंगीहरुसंग कुराकानीगर्ने गरेकोले यो पर्वलाई मधुश्रावणी भनिएको हो ।

यो पर्वमानवविवाहिताले आफ्नो साथीहरुलाई यौनको कुरा देखि लिएर पति संग विताएको क्षण सम्मभन्ने गरेको कारण यसलाई यौन शिक्षादिने पर्व समेत भनिएको छ । यो पर्वमानवविवाहिताले नागपञ्चमी सम्बन्धिकथाहरु सुन्नुका साथै नागको अर्थात विषधरको पुजागर्ने गर्दछन् ।

पतिप्रेम बढोस र पतिप्रतिआदर भावजागोस भनी यो पर्व अवधिभर शिवगौरी, विषहारा, शिवलिला र श्रवणकुमार लगायतको कथा सुनाउने गरिन्छ । यो पर्व माईतमै मनाउने प्रचलन रहे पनिआजभोली यो पर्व ससुरालमा समेत मनाउनथालिएको छ ।

यो पर्वको विशेषताभनेको विषघरको पुजाबासीफुल र पातबाट गर्नु र पुजाअवधि भर नवविवाहिताले खानेकुरा सबै ससुराकै खानुपर्ने रहेको छ । सोहीकारण ससुराबाट नवविवाहिताहरुको लागीपुजाअवधिभरको लागी सबै सामानजोहो गरी पठाईने गरेको हुन्छ ।

श्रावणको झरी, कालो वादल,   चारैतिर हरियाली, नवविवाहितामहिलाको सिंगारपटार लगायतका दृश्यहरुले कामोत्तेजना बढाएको हुन्छ र यो पर्वमा सोहीकारणले जतिसुकै टाढा पतिभएपनिआउने गरेको कारणले यसलाई मिथिलाञ्चलको हनिमुनभनेर भनिन्छ ।

विषहाराको पुजाबासीफुल र पातबाट हुने गरेको कारण नवविवाहितामहिलाहरु लगायत छरछिमेकका संगीसाथीहरु मिलि समुहमागितगाउँदै गाउँबाहिर स्वछन्द भई घुम्ने गर्दछन ।  कहिले पनि घर बाहिर ननिस्कने महिलाहरु समेत पुजाअवधिभर साथीहरुसंग गफिदै झरीको मजालिनचुक्दैननभने उनीहरु समुह समुहबनाई चौमासा, छमासा, बटगवनीको सुमधुर गीतहरु पनिगाउने गर्छिन । सो समयमानवविवाहितामहिलाहरुले सिंगारपटार गरी निस्कदा केटा देखि बुढो सम्मको हेर्नको लागी घुईचो लाग्ने गर्दछ ।

यो पर्वलाई समय सापेक्षरुपमा अगाडी बढाउदै लगियो भने अझ पनि यसको महत्व बढने देखिन्छ । 

सुन्दर अभियान र रिक्वेष्ट अभियानप्रति सर्वसाधारणको चासो Sundar Aviyan Mahottari

AJMARPATTI Ma Sadak Banaudai Sundar AVIYANIHARU & NEPALI SENA

सुन्दर अभियान र रिक्वेष्ट अभियानप्रति सर्वसाधारणको चासो
महोत्तरी समाचारदाता
जलेश्वर, साउन १५ गते महोत्तरी जिल्लाका केही उत्साही युवाहरुले थालेको ‘सुन्दर अभियान’ तथा ‘रिक्वेष्ट अभियान’ प्रति सर्वसाधारणहरुको चासो बढनुका साथसाथै उनीहरुले यसमा सहयोग समेत गर्न थालेका छन् ।

सर्वसाधारणहरु मात्रै होइनन् सुन्दर अभियानीको कामलाई सराहना गर्दै विभिन्न कार्यालयहरुले समेत सहयोग र सहकार्य गर्दै आएका छन् । अहिले जिल्लाका सुन्दर अभियानका अभियानकर्मी युवाहरुले गाउँबस्तीमा शिक्षा, वातावरण, सरसफाई र निर्माणका कामहरुलाई अगाडी बढाएका छन् ।

‘सामाजिक रुपान्तरणका लागि सबैको सहभागिता’ नाराका साथ सुन्दर अभियानकर्मीहरुले थालेको कामलाई सराहना गर्दै जिल्लाको परिकौलीस्थित शेरगणले समेत सहकार्य गर्दै आएका छन् । शेरगण परिकौलीका गणपति विष्णुबहादुर कार्कीले युवाहरुले गाउँघरमा जुन जनचेतना जगाउने कार्य गरेको छ यसले मलाई प्रभावित बनाएकोले सहकार्य र सहयोग गर्दै आएको वताउनुभयो । उहाँले भन्नुभयो, ‘सुन्दर अभियानका युवाहरु निष्पक्ष, निष्ठावान र कुनै प्रलोभनमा नपरि कार्यगर्ने गरेको कारण आफुहरु सहयोग र सहकार्य गरेको हुँ ।’ यस्ता काममा हामी सदैव अग्रणी रहने उहाँले वताउनुभयो ।

पछिल्लो समयमा सुन्दर अभियानकर्मीका युवाहरुले दुई दिन लगाएर जिल्लाको भटौलिया गाबिसको अजमरपट्टी गाउँबाट पर्साटोलसम्मको एक किलोमीटर ४०० मीटर दुरीको सडक किनारमा बिभिन्न जातका वृक्षारोपण गरेका छन् । सो ठाउँमा अशोक, अमला, सुनाखरी, जामुन, आँप र सपातोसहित बिभिन्न जातका गरि ९०० बिरुवा रोपिएको ‘सुन्दर अभियान’ अगुवा तथा गोरखापत्रको मैथिली पृष्ठका संयोजक मनोज झा मुक्तिले जानकारी दिनुभयो ।

सो कार्यमा पनि नेपाली सेनाका शेरगणका जवानहरुले दुई दिन अगाडी नै बाँस काटेर वृक्षलाई घेरावन्दी गर्ने खोप निर्माण गरेको अभियानकर्मी मुक्तिले वताउनुभयो । उहाँले यस कार्यमा वन कार्यालयले वृक्ष प्रदान गरेको तथा खोप निर्माणको लागि विभिन्न दाताहरुबाट बाँस मिलेको जानकारी दिनुभयो ।

करिब डेढवर्ष अगाडी जिल्लाका केही युवाहरुले विभिन्न ठाउँबाट बाँस ल्याई खोप बनाएर सदरमुकाम जलेश्वरको प्रसिद्ध भार्गवसर कुटीमा वृक्षारोपण गरी यो कार्यक्रमको विधिवत् शुरुवात गरेका थिए । जिल्लाकै मटिहानी स्थित याज्ञवल्क्य लक्ष्मी नारायण विद्यापिठका प्राध्यापक समेत रहनुभएका मुक्तिले सो वृक्षारोपण पश्चात केही युवाहरु कामको सिलसिलामा वैदेशिक रोजगार तथा केही युवाहरु आफ्नो काममा फसेपछि निरन्तरता नमिलेको वताउनुहुदै अहिले विभिन्न निकायहरुले कामलाई सकारात्मकरुपमा लिई सहयोग गरेपछि अझ काम गर्न हौसला बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो अभियानमा जिल्लाकोे परिकौलीस्थित नेपाली सेनाको श्री शेर गण, नेपाल प्रहरी, जिल्ला वन कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल पत्रकार महासङघ, सामाजिक सङघ संस्था, शिक्षा कार्यालय र नागरिक समाजका प्रतिनिधिको उत्साहपूर्ण सहभागिताले हौस्याएको छ’ ।

आ–आफ्नो पेशामै रही सकारात्मक कुरामा काम गर्नु नै यस अभियानकर्मीहरुको मुख्य उद्देश्य रहेको छ । उनीहरुले सकारात्मक कामको माध्यमबाट जागरुकता जगाउने कार्यका साथसाथै अरुको मुख नताकी आफ्नै श्रोत, साधन र सबैको सहयोगबाट विकास निर्माणको काम गर्न सकिने बनाउन यस्ता कार्यलाई निरन्तरता अभियानकर्मीहरुले दिइरहेका छन् ।

अभियानकर्मीहरुले यसअघि जिल्लाकै एकडारा गाबिस बस्तीमा त्यहीकै बासिन्दालाई सहभागी बनाएर सडक निर्माण र सरसफाई कार्यक्रम सम्पन्न गरेका थिए । त्यसैगरी केही दिन अगाडी मात्रै जिल्लाको पिपरा स्थित दुईवटा विद्यालयमा जिल्ला शिक्षा कार्यालयका प्रमुख जिशिअ रणदीप वस्नेतलाई लगेर शिक्षाको अवस्था तथा विद्यालयको अवस्थाबारे जानकारी गराएका थिए ।

गाउँबस्तीमा शिक्षा र स्वास्थ्य सेवालाई प्रभावकारी र परिणाममुखी बनाउन सम्बद्ध सेवाप्रदायक र सेवाग्राहीबीच सञ्चालन गर्दै आएको अनुरोध (रिक्वेष्ट) अभियानले जिल्लाका ग्रामिण क्षेत्रका बिद्यालय र स्वास्थ्य संस्थाको सेवामा सकारात्मक परिवर्तन आएको अभियानको वुझाई रहेको छ ।

युवाहरुको यस अभियानले सेवाग्राही संस्थाहरु झन सजिलो बनाएको जिशिअ रणदीप वस्नेतको वुझाई रहेको छ । जिशिअ वस्नेतले पिपराको दुई विद्यालयमा गएर आफुहरुले ति विद्यालयको समस्या समाधानमा भुमिका खेलेको र यसमा सुन्दर अभियानकर्मी युवाहरुको भुमिका प्रशंसनिय रहेको वताउनुभयो ।

सुन्दर अभियानकर्मीले अझ यस्ता क्षेत्रहरु गाउँ घरमा जागरुकता जगाउने कार्य गर्नु जरुरी रहेको वुझाई स्थानीयहरुको रहेको छ ।

महिला हिंसा र महोत्तरीको स्थिती Mahottari Nagendra

महिला हिंसा र महोत्तरीको स्थिती

नागेन्द्रकुमार कर्ण

‘औरत ने जन्म दिया मर्दोको, मर्दो ने उन्हें बाजार दिया,

जब जी चाहा मसला कुचला, जब चाहा दुत्कार दिया’


शायर साहिर लुधियानवीले भने झै अवस्था महिलाको अद्यापि रहेको छ । पितृसत्तात्मक सोच र प्रवृत्तिको कारण महिलामाथि जन्मनुपूर्वदेखि नै अर्थात गर्भावस्थादेखि मृत्युपर्यन्त सम्म हिंसा र भेदभाव भइराखेको छ । गर्भपतन देखि लिएर शैक्षिक, सामाजिक, आर्थिक, राजनैतिक, साँस्कृतिक सबै रुपमा महिलामाथि हिंसा र भेदभाव भइरहेको अवस्था छ । महिलालाई लक्ष्मी, दुर्गा, सरस्वती, गार्गी, मैत्रेयी, सीता लगायत अन्यान्य रुपमा हामी पूर्वीय दर्शनका अनुयायीहरुले मान्दै आएका छौं र पुजापाठ पनि गर्दे आएका छौ, ‘तर ताक परे तिवारी नत्र गोतामे’ को अवस्था पनि दर्शाउन हामी एकरत्ति हिच्किचाउँदैननौं । महिलालाई तल्लोस्तरको ठानी भोग्यवस्तु मात्रै ठान्ने प्रवृत्ति देखिएको छ । विहानै झिसमिसे नहुँदै काम शुरु गरि राति सबै सुतेपछि मात्रै आफुलाई विश्राम दिने महिलाहरुको कामको मुल्याँकन भएको पाइदैंन् । बढीमा पनि ८ घण्टाको डिउटी गर्ने पुरुषहरु घरपुगेपछि थकित भएर पुगेका हुन्छन् । त्यसमा पनि घर पुगेपछि श्रीमतीले मिठो मुस्कानका साथ स्वागत गरुन र आफुलाई चिया होस् अथवा पानी दिएर भलाकुसारी गरुन भन्ने चाहना नराखेका कुनै श्रीमान छ्रैन् । तर बिहान देखि राति सम्म कम्तीमा पनि १६ घण्टा काम गर्ने महिलाको श्रीमानले कामको मूल्याँकन गर्न त परै छ केही तलमाथि भयो भने तथानाम भन्न र हात छाड्न पनि पछि पर्देन् । यसले पनि महिलाहरुमाथि भइरहेको हिंसा र भेदभावलाई बुझन् सकिन्छ । हाम्रो यो परम्परावादी सोंच भएको पुरुषवादी समाजमा केही भए पनि त्यसमा प्रत्यक्षतः प्रभाव महिलालाई नै पर्ने गरेको छ । आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, राजनीतिक हरेकक्षेत्रमा महिला पछाडि पारिनु र उनीहरुलाई हेय दृष्टिले हेरिनु पनि परम्परावादी पुरुषवादी शक्तिहरुले लादेको भेदभाव र हिंसाकोे द्योतकको रुपमा रहेको छ । जंगलमा दुई सिंहबीचको लडाईमा वेफाइदा ‘घास’ लाई भए झै समाजमा कुनै पनि कुरामा बढी प्रभाव महिलामाथि पर्ने गरेको छ । अर्थात समाजमा पुरषलाई पनि केही भयो भने त्यसको प्रत्यक्षतः मार महिलामाथि नै पर्ने गरेको अवस्था विद्यमान छ । गर्भपतनदेखि लिएर बालविवाह, दाइजो, एकल महिला, बलात्कार, बोक्सी, कुटपिट, घरेलु हिंसा, महिला हिंसा लगायतका अन्यान्य भेदभाव र हिंसाबाट महिला नै प्रताडित हुनुपर्ने अवस्था देखिएको छ । हामी वैज्ञानिक युगमा छौं भनेर गर्व गछौं । दिनभरि वैज्ञानिक प्रयोग र मेशिनबाट नै खेलिरहेको हुन्छौ तर महिलाको सवालमा हामी अद्यापि परम्परावादी सोचबाट माथि उठन नसकेको स्थिती छ । महिला सम्बन्धी अधिकारका थुप्रै कुराहरु हामी मञ्चमा उभिएर गछौं तर घर पुगेपछि उहीँ ‘चराको कुन भाले कुन पोथी’ कहावतलाई चरितार्थ गछौं । गर्भावस्थामा छोरा भए जन्म दिइन्छ तर त्यही जन्मनुपूर्व नै गर्भमा छोरी भएको थाहा पाउने वित्तिकै गर्भपतन गराइन्छ । भु्रण हत्या गरिन्छ । भु्रणहत्या अथवा गर्भपतनको प्रभाव पनि महिलालाई नै पर्छ । गर्भपतन गर्नु र गराउनुको थुप्रै मतहरु रहेपनि तराईमा खास गरेर मिथिला (मधेशी) समुदायमा बढी दाइजो दिनुपर्ने मान्यताले गर्भपतन भइराखेको छ । तर त्यसको मुल कारण के हो ? भन्ने कुराको वैज्ञानिक अनुसन्धान वा पुष्टि भएको छैन् र त्यसको वहस हुनु जरुरी भइसकेको छ । आखिर किन यसरी हाम्रो समाज महिलाप्रति यति हेय दृष्टिले हेर्न विवश छन् अथवा किन महिलाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन् यसको पनि गम्भिर चिन्तन र मनन हुनु आवश्यक छ । तर महिलाको लागि महिला आफै शत्रु बनेर आउने अवस्थाले गर्दा महिलाको अवस्था राम्रो हुन नसकेको यर्थाततालाई भने सबैले स्विकार्ने पर्छ । महिलाको सवालमा महिलाहरु मात्रै एकजुट भएर अगाडी बढने हो भने महिलाको हकमा कानुन पर्याप्त रहेको मेरो बुझाई छ । तर, दुःख लाग्छ महिलाको सवालमा र महिला हिंसा र भेदभावमा पुरुष भन्दा बढी महिला नै पिडक रहेर अगाडी मोर्चामा उभिएको हामीले पाउँछौं । चाहे त्यो बालविवाहमा होस् चाहे दाइजो अथवा बोक्सीको घटना, चाहे घरमा हुने घरेलु हिंसा होस् अथवा महिला हिंसा, सबैमा हामीले महिलाको हात रहेको पाउँछौ । तराईमा कलंकको रुपमा चिनिएको यो घटनामा प्रत्यक्षतः मुख्य भुमिका महिलाकै हुन्छ र यसको प्रत्यक्षतः मारमा महिला नै परेको हुन्छ । त्यसैले पनि महिलाको सवालमा र अधिकारमा महिलाले मात्रै अलिकति जागरुक हुने हो भने महिलाका थुप्रै यस्ता समस्याहरु हल हुने देखिन्छ ।

जहाँ सम्म महोत्तरी जिल्लाको सवाल छ । महोत्तरी पनि मधेशकै र मिथिलाकै एक भाग भएकोले माथिको समस्याबाट अछुतो छैन् । जिल्लामा वर्षोदेखि विभिन्न किसिमका दुव्र्यवहार, यातना, आरोप, प्रत्यारोपहरु हुने गरेका छन् । त्यसमा खास गरेर सबभन्दा पिडित महिला नै हुने गरेको यर्थात छ । महिलाहरुमा पनि बढी मात्रामा समाजमा अपहेलित वर्ग, दलित र कुलिन वर्गका महिला, अशिक्षित , केही गर्न नसक्ने लाचार महिलाहरु अपमानित हुने गरेको स्थिती रहेको छ । समाजमा व्याप्त अशिक्षा, कुरुती, संस्कार, परम्परा र धर्मका नाउँमा यस्ता किसिमका यातना र आरोपहरु लाग्ने गरेको छ । अहिले पनि कुनै पनि महिलालाई बोक्सीको नाउँमा गाली गलौच गर्नु सामान्य भइसकेको स्थिती रहेको छ । बलात्कार, घरेलु तथा महिला हिंसाका घटनाहरु अहिले सबभन्दा बढी देखिएको छ । वैदेशिक रोजगारीका कारण भित्रिने रेमिट्यान्सहरुले आर्थिक सवलता र सम्पन्नता ल्याए पनि यससंगै समाजमा नयाँ नयाँ विकृतिको समेत जन्म र प्रादुभाव भएको देखिन्छ । समाजमा अहिले वैदेशिक रोजगारीकै कारण घरेलु तथा महिला हिंसाले भयावह रुप लिएको छ भने यससंगै समाजमा यौंन दुव्र्यवहार, यौनकृयाक्लाप र वलात्कारका घटनाहरु समेत बढी देखिएको छ ।

यसरी हेर्दा हामीले हाम्रो समाजबाट जबसम्म पुरुषवादी मानसिकतालाई त्यागदैनौं तब सम्म यी यावत्का समस्याहरु यथावत रहने छ । ‘यत्र नार्यस्तु पुजयन्ते रमन्ते तत्र देवता’ भन्ने पूर्विय सभ्यता अब यहाँका लागि पुरानो भइसकेको छ । महिलाहरुलाई अब आफ्नो अधिकारप्रति सचेत गराउँदै शिक्षा र सिप दिनैपर्छ । महिलाहरुलाई आफ्नै खुट्टामा उभ्याउने सिप र शिक्षा दिनुपर्छ । पुरुषमाथि निर्भर रहेसम्म महिलाका समस्याहरु निराकरण नहुने निश्चित छ । पश्चिमा महिलाहरुको स्वछन्द व्यवहार लगायत उनीहरुको आचरणलाई हेरेर नभई आफ्नो परम्परा, आफ्नो संस्कृति समयसापेक्ष आफ्नो परिवेशलाई हेरेर महिलाले अगाडी बढनुपर्छ । अधिकार मात्रै लिने तर त्यस सम्बन्धी कर्तव्य र व्यवहार नगर्ने हो भने अगाडी बढनुको अर्थ नै रहँदैन् । पुरुष र महिला दुई रथको पाङ्ग्रा भने झै दुवैको उचित समन्वय र सहयोगबाट मात्रै महिलाका समस्याहरुलाई उचित सम्बोधन गर्न सकिने भएकोले महिलाले यस प्रति ध्यान दिनुपर्छ । त्यसैगरी नेपाल सरकारले महिला सम्बन्धी ल्याएका कानुन र अन्तराष्ट्रिय रुपमा मानेका कानुनहरुको पनि उचित कार्यान्वयन गर्ने हो भने मात्रै महिलाका समस्यालाई हल गर्न सकिन्छ र सुन्दर, हिंसामुक्त देश बनाउन सकिन्छ ।

मोर्चाबन्दी जरुरी Mahottari Nagendra

मोर्चाबन्दी जरुरी
नागेन्द्रकुमार कर्ण
महोत्तरी

‘मैं खुद ही बेचा करता था दर्दे दिल की दवा,

और, आज वक्त ने लाया हैं मुझे अपने ही दुकान पर’

अहिलेको परिस्थितीमा नेपालमा रहेका राष्ट्रिय दल हुन् या मधेशवादीदल सबैको अवस्था यस्तै नै रहेको छ । सरकारले हालै मंसिर ४ गतेकोलागि घोषणा गरेको दोस्रो संविधानसभाको चुनाव सबैदलको लागि ‘निल्नु न ओकल्नु’ बनेको छ । ‘मुखमा राम राम बगलीमा छुरा’ झै चुनाव नहोस् भन्ने भित्री मनसाय सबैदलको रहेको छ तर बाहिर चुनाव निष्पक्ष, धाँधलीरहित र सबैले भाग लिने भन्दै उनीहरु रटान रटदै छन् । विद्यमान अवस्थामा कुनै पनि पार्टीको स्पष्ट बहुमत आउने संकेत देखिँदैन् र स्पष्ट बहुमत नआएसम्म संविधानसभाबाटै संविधान बन्छ भन्नेमा विश्वस्त हुन सकिन्न् । त्यसैले पनि दलका नेताहरुले चुनाव नहोस् भन्ने भित्री लालसा राखेका छन् तर जनताका कारण उनीहरुले बाहिर केही बोल्ने अवस्था रहेको देखिन्न् । संसारमैं दुर्लभ मानिएको दोस्रो संविधानसभाको चुनाव घोषणा भएयता हरेक दलले आफ्नो चुनावी दौडान शुरु गरिसकेका छन् भने कतिपयले एकपल्ट भ्याइसकेको अवस्था रहेको छ । यसले पनि जनताहरुमा रहेको असन्तुष्टि र आँकाक्षाहरुबारे दलका नेताहरुले आँकलन गरि सकेको हुनुपर्छ । उनीहरुलाई वर्तमान राजनीतिक सवालहरुलाई सम्बोधन गर्न र जनतामा रहेको राजनीतिकदलहरु प्रतिको नकारात्मकता हटाउन नै अहिलेको मुख्य मुश्किल र चुनौती देखिएको छ । दलको यस्तो चुनौतीमा थप आगो बढाउने काम र यसको भरपुर फाइदा लिन पूर्व राजा ज्ञानेन्द्र शाह तम्सिएका छन् । ज्ञानेन्द्र शाहले जनकपुरमा गरेको सम्बोधनबाटै पनि यो बुझन सकिन्छ । हुनतः उनले कुनै पनि दल वा व्यक्तिमाथि सोझै प्रहार गरेनन् तर उनले जनताको मनमस्तिष्कमा भने चोटिलै गरी दलमाथि रहेको असन्तुष्टिलाई थप मलजल गरे । सत्य छ, नेपालमा अब राजतन्त्र फर्किन्न् तर छिमेकी राज्य भारतमैं एक समय बिजेपीलाई नामेट पारिएको र एकाएक समय आएपछि दुईदशक पछि एकैचौटी बिजेपीले बहुमत ल्याएको घटनाले यस्तो हुँदैन् भन्नेमा दुविधा विद्यमान छ । यस्तो दुविधाको कारण नेपालका राजनीतिकदलहरुले राजतन्त्र फालेयताको गतिविधिले बढाएको छ । एक अर्काको अस्तित्व नस्विकार्ने, आफ्नोले आफ्नैलाई हटाउने फोहरी खेलमा लागेका दलहरुले अहिलेको अवस्थामा जनताको जनचाहनालाई कदर गर्नुपर्ने देखिन्छ । जनताको भावना, जनईच्छा बुझनेलाई मात्रै नेपाली जनताले स्विकार्ने परम्परा र संस्कृति रहेकोले यसको सम्मान गर्नेले मात्रै नेपाली जनताको मसिहा हुन पाउने देखिन्छ ।

मधेशमा त झन राजनीतिकदलहरुको अवस्था निरिह रहेको छ । को, कुन दलमा छन् वा को, कुन पार्टीको प्रतिनिधित्व गर्छ ? भन्न कठिन छ । यस्तो अवस्थामा सबै दलको आँखा मधेशमा हुुनुले त झनै अवस्था विकराल बनाएको छ । काँग्रेसले मधेशलाई छाड्न सक्दैन्, मधेश नै काँग्रेस हो भन्ने , एमाओवादीले मधेशसंग लभ परेको छ भन्नु र मधेशवादीदलहरुले यसलाई आफ्नै घर ठानेर मधेशमा ध्यान लगाउनुले पनि मधेशको अवस्थाको बारेमा बुझन सकिन्छ । यसको सम्पूर्ण जिम्मेवारी मधेशवादीदलहरुले लिनुपर्ने देखिन्छ । आफ्नो घरमा कोही अन्य प्रवेश गरेर केही गर्ने कोशिश गर्छ भन्ने यसको जिम्मेवारी घरको घरमूलीमाथि रहे झै मधेशमा कुनै पनि अन्य दलले चलखेल गर्न पाउनु मधेशवादीदलको असफलता हो । पहिलाको अवस्थालाई अहिलेको अवस्थासंग तुलना गर्नु मुर्खता बाहेक केही ठहदैनन् । आफ्नो अधिकार नबुझने पहिलाको मधेशी र मधेश आन्दोलनपछि आफ्नो घर आफै बनाउन पाउने मधेश र मधेशीको आँकाक्षालाई अब कसैले पनि कुनै पनि बहानामा रोक्न नसक्ने परिस्थितीको विकास भइसकेको छ । पहिला मधेश र मधेशीमाथि शोषण, दमन गर्ने र शासन सत्ता संचालन गरेको राजा फालिएको अवस्था छ र मधेशमाथि पुनः अब कसैले शासन गर्न र राजा बन्ने सपना देखेको छ भने त्यो दिवास्वपन वाहेक केही देखिन्न् । हो, मधेशवादीदलहरुको कारणले यसको फाइदा पुनः खसवादीहरुले नउठाउने हो भन्न सकिंदैन् तर सजिलो भने छैन् । संविधानसभाबाट संविधान बनाउनु र बन्न दिनु मधेश र मधेशीको हितमा रहेको छ । किनभने संविधानमा उल्लेख नभएसम्म जति पनि दवाव र आन्दोलन गरे पनि त्यो निरर्थक हुने वाहेक केही होइन । त्यसैले पनि मधेशवादीदलहरुले मंसीर ४ गतेको लागि तय भएको संविधानसभाको चुनावमा लाग्नु अहिलेको आवश्यकता छ । त्यसमा पनि टुक्रै टुक्रामा विभाजित मधेशवादीहरु मध्ये कसलाई संविधानसभामा पठाउने समस्या मधेश र मधेशीमा रहेको कारणले मधेशवादीदलहरु वास्वतमैं मधेशको विकास चाहेको छ, समुन्नत मधेश देख्न चाहेको छ र संघियता चाहेको छ भने मोर्चाबन्दी गर्नु अहिलेको अनिवार्यता छ । ‘अरुको आङको जुम्रा पनि देख्ने तर आफ्नो आङको भैंसी पनि नदेख्ने’ मधेशीहरुको पुरानो व्यवहार हो । कसैको अस्तित्व स्विकार नगर्ने, जो छु सबै म नै छु, म भन्दा जान्ने कोही छैन् भन्ने मानसिकताबाट मधेशीहरु पहिला देखि नै ग्रसित रहँदै आएका छन् । यो व्यवहारबाट मधेशवादीदलका नेताहरु पनि अछुतो रहन सक्दैन् । त्यसैले पनि मधेशवादीदलहरु आपसमा मिलेर, एक ढिक्का भएर एउटा पार्टी बनाउँछ भन्ने कुरा सोच्न सकिन्न् तर अहिलेको अवस्थामा एउटा छाप ,एउटा व्यानर र एकिकृत उम्मेदवारको जरुरी भएकोले मोर्चाबन्दी गरिनु अनिवार्यता छ होइन भने अन्य दलहरु यसको फाइदा उठाउने निश्चित छ र पछि पश्चाताप गर्नु बाहेक मधेश र मधेशीसंग केही रहन्न । त्यसैले मधेशवादीदलहरुले अहिलको गम्भिर अवस्था तथा चुनौतीलाई मध्यनजर गरेर एक ढिक्का हुनु जरुरी छ र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा अन्य नेताहरुले चालेको कदम सराहनीय र स्वागतयोग्य छ । अध्यक्ष ठाकुर लगायत अन्य नेताहरुको चाहना पुरा होस् भन्ने कामना छ । अस्तु ।

कृषि समस्यालाई कसरी सम्बोधन गर्ने त ?



एक जिल्ला एक उत्पादनमा महोत्तरी
कृषि समस्यालाई कसरी सम्बोधन गर्ने त ?

नागेन्द्रकुमार कर्ण

परिचय ः

नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) र कृषि मन्त्रालयको संयुक्त पहलमा सुरु भएको एक गाउँ एक उत्पादन (ओभिओपि) कार्यक्रम २१ जिल्लामा पुगेको छ । एक गाउँ एक उत्पादन भनिए पनि यसले एक जिल्ला एक उत्पादनको रुपमा संचालन हुदै आएको छ । सञ्चालन भएको ७ वर्र्षको अवधिमा अभियानले १७ वटा कृषि उत्पादनलाई समेटेको छ भने सरकारले हरेक जिल्लाको उत्पादनको बारेमा अध्ययन समेत गरेको छ । सन २००६ मा एफएनसीसीआइको योजना अनुसार कृषि मन्त्रालयले आर्थिक सहयोग गर्ने सहमतिमा सार्वजनिक निजी साझेदारी अन्तरगत ७५ जिल्लाका गाउँ गाउँसम्म विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको थियो ।  प्रारम्भमा लप्सी खेतीलाई स्थानिय उत्पादनको रुपमा विकास गर्ने उद्देश्यले भक्तपुरबाट सुरु भएको यो अभियान २००६ मा रामेछाप, सिन्धुली नुवाकोट र रसुवामा विस्तार गरिएको थियो । २००७ मा यो अभियान ललितपुरमा अर्किड र कास्कीको लेखनाथमा कृषि पर्यटनका रुपमा देखापरयो । यो अभियानले २००९ मा दोलखामा लोक्ता र स्याङजामा कफि खेतिको विस्तार गर्यो । त्यस यताका  तीन वर्र्ष सम्म कुनै पनि जिल्ला वा गाउँमा अभियान विस्तार हुन सकेन । तीन वर्र्ष पछि सन २०१२ मा यो कार्यक्रमलाई हवात्तै बढाएर झापा, सुनसरी, लमजुङग, म्याग्दी, पाल्पा, सल्यान, डोटी, धनुषा, चितवन, कञ्चनपुर र सप्तरीमा गरियो ।

स्थानिय पहिचान बोकेको बस्तुलाई स्थानिय सिप र समुदायबाटै उत्कृष्ट बाली उत्पादन गर्ने उद्देश्यका साथ यो कार्यक्रम अगाडी बढाइएको हो ।

ओभिओपि कार्यक्रम सञ्चालनमा प्रोसेसिङ, प्याकेजीङ, बजार व्यवस्था र उद्यमि विकास सम्बन्धी कार्य एफएनसिसिआइको र आर्थिक सहयोग  कृषि मन्त्रालयले गर्ने द्धिपक्षीय सम्झौता भएको थियो । यो कार्यक्रम सरकार तथा एफएनसीसीआइले योजनागत रुपमा छनोट गरेका जिल्ला वा गाउँमा मात्रै लागु गरिने हुनाले सम्पुण किसान वा आम कृषि व्यवसायीमाझ पुग्न सक्दैन । ओभिओपि कार्यक्रम योजनागत रुपमा लागु गरिने हुनाले सरकार र एफएनसीसीआइले चयन गरेका जिल्लामा मात्र पुग्छ । अभियानको  सुरुवातमा सरकारले कृषि मन्त्रालय मार्फत तीन करोड रुपैयाँ छुट्टयाएको थियो तर पर्याप्तमात्रामा काम हुन नसक्दा त्यो वर्र्ष ४० लाख मात्र रकम खर्च भएको थियो ।  सुरुका वर्र्षमा तीन करोडका दरले रकम विनियोजन गर्दै आएको सरकारले तिन वर्र्ष यता यसै कार्यक्रमका लागि मात्र चार करोड रुपैयाँ बजेटबाटै विनियोजन गर्दै आएको छ । सरकारले विनियोजन गरेको रकमको तुलनामा काम भने निकै कम भइरहेको देखिएको छ । वार्षिक रुपमा अभियानको विस्तार गर्नू पर्ने भएपनि अभियान भने केहि वर्र्षको अन्तरालमा सिमीत ठाउँमा मात्र पुग्न सकेको छ ।

जापानको वोइता प्रान्तको ओयामा गाउँबाट सुरु भएको एक गाउँ एक उत्पादन कार्यक्रम जापानमा  सफल भएपछि  नेपाल उद्योेग बाणिज्य महासंघले नेपालमा पनि सफल हुने अपेक्षा सहित यो कार्यक्रम लागु गरेको थियो । यो कार्यक्रमप्रति किसानहरु अनभिज्ञ रहेका कारणले यसले आशातित सफलता नपाएको हो ।

अवधारणागत कुरा ः

स्थानीय उत्पादनलाई व्यवसायिक बनाउन, घरेलु व्यापारलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय करण गर्न, रोजगार प्रबद्र्धन गर्न, ग्राणिम समुदायको सामाजिक आर्थिक प्रगति गर्न यो कार्यक्रमले निक्कै सघाउ पु¥याउने देखिन्छ । यो कार्यक्रम सार्वजिनक, नीजि र साझेदारी अर्थात (३ पिपिपि) मा आधारित कार्यक्रम हो । सन् २००६ मा लप्सी–भक्तपुर, जुनार– सिन्धुली र रामेछाप, रेन्बो ट्राउट–नुवाकोट र रसुवा, बेल–बर्दियामा शुरु गरिएको थियो र अहिले सम्म २१वटा जिल्लामा १७ वटा मुख्य उत्पादन जिल्ला मानेर यो कार्यक्रम संचालित रहेको छ । जसमध्ये मधेशको झापामा सुपारी, सुनसरीमा बेसार, धनुषामा माछा र सप्तरीमा आँपको व्यापारिक व्यवसाय हुने गरी उत्पादन कार्यक्रम लागु गरिएको हो । उत्पादन छनौटको लागि नेपाल उद्योग वाणिज्य महासंघ र कृषि मन्त्रालयले विभिन्न प्रक्रिया अपनाएर यसलाई निरन्तरता दिने गरेको छ । यसको लागि राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा ब्राण्ड निर्माणको लागि तथा बाजार र उत्पादनलाई ध्यानमा राख्दै यो छनौट गर्ने गरिएको छ । यसको लागि उत्पादनलाई मात्रै ध्यान नदिएर माँगलाई पनि ध्यान दिने गरिन्छ ।



यसक्षेत्रका उत्पादनहरु तथा समस्या ः

नेपाल विश्व समुदायसंग खाद्य सुरक्षा नभई खाद्य सम्प्रभुताको कुरा गर्ने गर्दछ । खाद्य सुरक्षामा जसरी भएपनि जनतालाई बचाउन सकिने कुरा गरिन्छ । यसको लागि विश्व समुदायबाट खाद्य आयात गरेर भएपनि जनतालाई बचाउन सकिने अवधारणा ल्याइन्छ तर खाद सम्प्रभुताको अर्थ आफै उत्पादन गरेर जनतालाई वचाउनु हो । तर नेपालले विश्व समुदायसंग गरेको कवोल र कुरा व्यवहारमा भने लागु गरेको पाइदैन् । नेपाल सदियोंदेखि कृषि प्रधान देशको रुपमा चिनिँदै आएको छ । यहाँ ८० प्रतिशत जनता कृषिसंग आवद्ध रहेका छन् । कृषि विना कुनै पनि देश अगाडी बढन सक्दैन् । किनकी प्रकृतिले नै जल, जंगल, जमिन उपहार प्रदान गरेको छ । तर नेपालमा भने यसको उल्टो देखिएको छ । जल त्यही छ, जमिन पनि त्यही छ तर खोइ त विकास ? खोइ त कृषि फस्टाएको ? । हामी सिंचाई अभावको कुरा देखाउँछौं, सरकारले केही गरिदिएन भनेर बस्छौ ? मिथिलाको भूमि उर्वरा शक्तिको रुपमा चिनिन्छ तर पनि हामी अहिले त्यसलाई चिन्न सकेका छैनौं । अरु देश तथा ठाउँको तुलनामा मिथिलाको माटो ७ गुणा बढी उर्बराशक्तिले परिपूर्ण छ भनिन्छ । मिथिला सदिँयौंदेखि खानपिनको क्षेत्रमा तथा कृषिको क्षेत्रमा अग्रणी रहँदै आएको छ । किनकी, यहाँ पाइने अन्न अन्यत्र कहिँ पनि पाइदैन् रे । भनिन्छ, मिथिलामा पाइने पान, मखान, माछा स्वर्गमा पनि पाइन्न । हाम्रो क्षेत्रमा पान, मखान, माछा मात्रै होइन अहिले त परापूर्वकालदेखि हुँदै आएको उत्पादनहरु समेत उत्पादन हुन छाडेको छ । हामीले केरा, आँप, लिची, वेल, कटहर, तरकारी खेती, गहुँ, मकै, बाखा्र पालन, रहर खेती, सोहिजन, जौं, तिल आदिलाई पनि यस उत्पादनमा समेटन सक्छौं । तर सरकारको अध्ययनले महोत्तरीलाई आँप उत्पादनको क्षेत्रमा अग्रणी मानेको छ । आँपको उत्पादनले महोत्तरीलाई चिनाउन सकिने सरकारको अध्ययनले देखाएको छ ।

हामीतिर अहिले पनि केही मात्रामा परम्परागत खेती बाँकी रहेका छन् । माथिका उत्पादनहरु परम्परागत खेतीको आधारमा राम्रो उत्पादन हुन सक्ने देखिन्छ । तर हामी आधुनिकताको नाममा बरालिएका छौं । हाम्रो जनशक्तिहरु अहिले विदेश पलायन भइरहेका छन् । जसका कारण जमिनहरु वाझै रहेको देखिएको छ । यस्तोमा कसरी हुन्छ कृषिको विकास हामीले सोच्नै पर्ने हुन्छ । अहिले त हामी माझ न त परम्परागत खेती छ न त आधुनिक नै । परम्परागत तरिका हामीले छाडिसकेका छौ र आधुनिकतामा हाम्रो पहुँच नै छैन् । पहिला पहिला गाइको गोठमा हामीले पराल राख्थ्यौं, त्यो परालमैं गाइवस्तुहरु फोहोर गर्ने गथ्र्यो र हामी ति पराललाई एउटा निश्चित खाल्डोमा राखेर मलको काम गथ्र्यो । अचेल अपवाद बाहेक यो विधि कहिँ पनि छैन् । पहिला पहिलाका बुढापाकाहरु डाक वचन अर्थात विभिन्न मौसम सम्बन्धी, बालीनाली सम्बन्धी कुराहरु जानकारी राखेर रोपाई तथा अरु काम गथ्र्याे तर अहिले ति पनि हराएको स्थिती छ । पहिला पहिला बिहेबारी हुँदा जसको घरमा बढी भकारी, बाख्रा हुन्थयो त्यसलाई सम्पन्न मानिन्थ्यो तर अहिलेका पुस्तालाई भकारी भन्ने शब्द पनि थाहा नहोला । त्यो समयमा हवेली कृषिको परिचायक थियो । अर्थात कृषिबाटै हवेली निर्माण गर्ने क्षमता थियो तर अहिले कृषिबाट हवेली बनाउन सक्ने अवस्था छैन् ।

यस अभियान अन्तर्गत कृषिमा जोड दिनुको कारण थुप्रै छैन् । कारण मिथिलामा जेठदेखि भदौं महिनासम्म मात्रै ८० प्रतिशत भन्दा बढी पानी पर्ने गर्छ । जसलाई हामीले जोहो गरेर राख्न सक्ने हो भने वर्षभरिमा हुने हरेक बालिनालीको लागि त्यो पानी पर्याप्त हो तर हामीसंग त्यसलाई जोहो गरेर राख्न सक्ने ज्ञान अभाव तथा जागरुकता नहुँदा उपयोग हुन सकेको छैन् । सिंचाई अभावलाई पूर्ति गर्न ति वर्षाको पानी पर्याप्त हुन्छ । पोखरी, डबरा, पैनी, इनारहरुलाई जिर्णोदार गर्नुपर्ने देखिन्छ भने पानी व्यवस्थापनको लागि लाग्ने हो भने कृषिबाट जीवन सजिलै चलाउन सकिन्छ र यस अभियानलाई पनि लग्न सकिन्छ ।

महोत्तरीमा आँप बाहेक पनि थुप्रै सम्भावनाहरु छन् । जसको उपयोग गरेर पनि हामी महोत्तरीका उत्पादनहरुलाई अन्य ठाउँमा चिनाउन सक्छौं । हामी कहाँ ब्राखा पालन गरिन्छ । ब्राखा जतिसुकै सुख्खामा पनि बाँच्न सक्छ । त्यस्तै सोहिजनको खेती गर्न सक्छौं जसलाई पर्याप्त पानी पनि चाहिँदैन् र पूँजी पनि बढी चाहिँदैन् । सोहिजन अहिले नेपालमा वार्षिक साढे ३ करोड भन्दा बढीको आयात हुने गरिन्छ । तरकारी खेती गर्न सक्छौं, आलु, प्याज, विभिन्न मौसमी तरकारीहरु । यसको लागि बढी जमिन पनि चाहिँदैन् । एउटै जगगामा विभिन्न किसिमको तरकारी फलाउन सकिन्छ । सरकारले यसको लागि पारिवारिक कृषिको अवधारणा पनि ल्याइसकेको छ । जसमा कौसीमा, घरको छतमा गमला आदिमा पनि तरकारी फलाउन सकिन्छ । माछा, पान, मखानहरु पनि उत्पादनको लागि राम्रो विकल्प रहेको छ । किनकी अहिले हामीलाई यी उत्पादनहरु पनि विदेशबाटै आयात गर्नुपरिरहेको छ । त्यसैगरी मिथिलाको हरेक पर्व, मरनहरनमा आवश्यक पर्ने तिल, जौ, लगायत अन्य गेडागुडीहरु पनि खेती हामीले गर्न सक्छौ र आफनो गाउँलाई चिनाउन सक्छौं ।



निष्कर्ष ः

गर्न चाहने हो भने धेरै गर्न सकिन्छ । असम्भव केही पनि छैन् । मात्र हामीलाई प्रयास, सोच र चिन्तनको आवश्यकता छ । तर विडम्बना हामीलाई सरकार वा दातृनिकायले केही गरिदेलान् भन्ने मानसिकताले गाँजेको छ । जसको कारण आफैलाई घाटा वेहोर्नुपरिरहेको छ । हामीले स्थानीयरुपमैं उत्पादकत्व बढाउने हो भने राम्रो हुन्छ । हामीमा रुचि घटदै गएको स्थिती छ । पुँजीबालहरु पुँजी लगाउन हिच्किचाइरहेका छन्, गर्नेहरुसंग पुजीको अभाव छ । अनि कसरी हुन्छ कृषिको विकास र कसरी हुन्छ उत्पादन । यसको लागि सबैको सहयोग र अवसरको खोजी गर्नुपर्ने आवश्यकता रहेको छ । अहिलेदेखि नै हामीले कुरा र काम गर्दै जाने हो भने लक्ष्य भेटाउन मुस्किल नहोला तथा एक जिल्ला एक उत्पादनलाई पनि टेवा पुग्ने छ । सरकारले हालै वजेट मार्फत पनि यसको लागि बजेट छुटयाएको स्थिती छ । सरकारले बजेट छुटयाएर मात्रै हुँदैन् किनकी गर्ने मान्छेले जाँगर नै चलाएन भने लगानी लगाउनुको अर्थ नै हुँदैन् । त्यसैले यसको लागि जागरुकता, जाँगर, जानकारी र यसक्षेत्रमा लाग्नु जरुरी छ ।

रमजानको रौनक

  • 0
     
    0
     
    0
    Google +
    New
     
  • Get News Alerts

वीरगन्जमा यतिबेला बिहान करिब ३ देखि राति ११ बजेसम्म मुस्लिमबस्ती र मुस्लिम परिवारमा रमजानको छुट्टै रौनक छाएको छ। 
 
अहिले मुस्लिमको रमजान (व्रत) महिना चलिरहेको छ। त्यसैले मुस्लिमबस्ती र मुस्लिम परिवारमा बिहानदेखि चहलपहल सुरु हुन्छ।
 
रमजानको महिनामा 'रोजा' शुभारम्भ गरेका मुस्लिम समुदायले हरेक दिन बिहान घरघरमा सेहरी (व्रत सुरु हुनुभन्दा अघि खाइने खानेकुरा) खाएर सुरु गरेको व्रत सूर्यास्त भएपछि इफ्तारी (व्रत सकिँदा खानेकुरा खानु) खाएर समापन गरिन्छ। रोजा शुभारम्भ भएको आज अन्तिम दिन हो। 
 
 रमजानको यो महिनामा वीरगन्जस्थित मदिना जामे मस्जिद, नुरी मस्जिदलगायत विभिन्न मस्जिदमा नमाज पढ्न पुग्ने श्रद्धालुको घुइँचो लाग्ने गर्दछ। 
 
रमजान इस्लाम धर्मावलम्बीको महान् चाड हो, नेपाल मुस्लिम इदेहाद सङ्गठनका केन्द्रीय उपाध्यक्ष बाबुजान अलीले इस्लामका पाँचवटा आधारस्तम्भ आस्था, नमाज, रोजा, जकात र हजमध्ये रोजा एक हो भन्नुहुन्छ। 
 
 रमजानको महिनामा 'रोज' शुभारम्भ गरेका मुस्लिम समुदायले महिनाको अन्त्यमा नया“ चन्द्रमा देखेपछि हर्षोल्लासका साथ 'इद–उल–फित्र' को नमाज अदा गरी यस वर्षको रोजा समाप्त गरिनेछ। 
 
इद–उल–फित्रको अर्थ उपवास तोड्ने उत्सव पनि हो। इदको सम्बन्ध पूर्ण रुपले रोजासँग हुन्छ। उपाध्यक्ष बाबुजान अलीले भने,“रमजानको रोजाबिना इदको प्रश्न नै उठदैन्।” रोजा आस्था र विश्वासको परिपक्वता तथा इद यसको सफलता हो। 
 
इदको सम्बन्ध उपासनासँग गाँसिएको हुन्छ। यो रमजानको रोजाबाट प्रारम्भ भई इदका दिन नमाज पढेर समाप्त हुन्छ। रमजान महिनाभर मुस्लिम समुदायले दिनरात अल्लाहको प्रार्थना गरिन्छ। रमजानको रोजामा पानीसमेत नखाई दिनभरि भोकभोकै बस्नुपर्ने हुन्छ। 
 
 रोजामा रातिको अन्तिम समयमा सेहरी खाने व्यवस्था छ। रमजानको महिनासँग जकातको नाम पनि जोडिएको हुन्छ। 
 
अल्लाहको उपासना आत्माको पवित्रता हो भने मालको पवित्रता जकात हो, मक्कामदिनाबाट हज गरेर आएका स्थानीय सञ्चारकर्मी लालबाबु शेखले भन्नुभयो–“जकात ननिकालेको माल अपवित्र हुने मान्यता छ।” जकात प्रायः रमजानकै महिनामा निकालिनु पर्दछ भन्ने मान्यता रहेको उनको भनाइ छ। 
 
 वास्तवमा जकात साढे सात तोला सुन वा ५२ तोला चाँदीको मूल्य बराबरको रकम, माल, सम्पत्ति हुने व्यक्तिले सम्पत्ति खरिद र सङ्कलन गरेको एक वर्षपश्चात् हालसम्मको मूल्याङ्कनको साढे दुई प्रतिशतको हिसाबले निकाल्नुपर्ने धारणा रहेको पाइन्छ। तर रमजानको महिनामा एक पुण्यको बदला ७० हजार पुण्य रहेकाले प्रायः यही महिनामा जकात निकाल्ने गरिन्छ। 
 
जकात भिखारीलाई भन्दा पनि गरिब र असहायलाई दिनुपर्ने मान्यता छ। जो गरिब छन् तर कसैको सामुन्ने हात फैलाउन सक्दैन्, त्यस्ता व्यक्तिलाई जकात दिँदा राम्रो हुने जनविश्वास छ। 
हुन त इस्लामले जथाभावी अनावश्यक रूपमा फजुल खर्च गर्न मनाही गरेको छ। तर रमजानको महिनामा अल्लाहद्वारा जति खाउ, खर्च गर त्यसको हिसाब लिइन्न भनी छुट दिइएको जनविश्वास छ।
 
इस्लामधर्म गुरुहरूका अनुसार इदको दिन अनिवार्य रूपमा फितरा निकाल्नुपर्ने मान्यता रहेको छ। फितरा एक प्रकारको दान हो। इदको दिनमा फितरा (दान) नदिने व्यक्तिको व्रत आकाश र जमिनको बीचमा झुन्डिरहन्छ। एक महिनासम्मको रोजमा भएका कमीकमजोरीलाई फितरा अर्थात् दानले क्षतिपूर्ति गरिदिन्छ भन्ने जनविश्वास छ। 
 
एक महिनासम्म पानीसमेत नखाई दिनभरि भोकभोकै बसेर गरिएको कठिन प्रार्थनापछि आउन लागेको महान् पर्व इदको खुसियालीमा मुस्लिम समुदायका व्यक्तिहरूले नया“ सफा लुगा, लत्ताकपडा र विशेष प्रकारका खानेकुराको जोहो गर्नमा व्यस्त भएको देखिन्छ। 
 
धार्मिक विधि र परम्पराअनुसार एक महिनाम्म दिनभरि भोकै प्यास बसेर नियम निष्ठापूर्वक रोजा (व्रत) बसेको र जकात फितरा (दान) दिएको व्यक्तिले इदको दिनमा अल्लाहतालाबाट पुरस्कार पाउ“छ। त्यस्ता व्यक्तिको घर, परिवार र मुलुकमा सुख शान्ति हुनुका साथै व्यापार तथा व्यवसायमा वृद्धि हुन्छ भन्ने जनविश्वास समेत रहेको छ। रासस

मधुश्रावणी पर्वको रौनकताले मिथिला झुम्दै Mahottari

मधुश्रावणी पर्वको रौनकताले मिथिला झुम्दै
महोत्तरी समाचारदाता
जलेश्वर, साउन १२ गते । मिथिलाञ्चलका नवविवाहिता मिथिलानीहरुले हर्षोल्लास र धुमधामका साथ मनाउने पर्व मधुश्रावणीको रौनकतामा मिथिला झुमेको छ ।
१५ दिन सम्म मनाइने यो पर्वमा नवविवाहिता महिलाहरु १५ दिनसम्म गृहस्थी कसरी चलाउने भन्ने बारेमा शिक्षा प्राप्त गर्ने कथाहरु सुन्ने गर्दछन् । त्यसैगरी पतिको दिर्घायुको कामना गर्दे उनीहरु गौरी, विषहरा लगायतका पुजा समेत गर्ने गर्दछन्  ।
“ सखी फुल लोढ चलु फुलबरिया, सीताके संग सहेलिया, कोई बेली फुल लोढे चमेली फुल लोढे, कोई लोढेला चम्पाके कलिया, सीताके संग सहेलिया..” लगायतका गीतहरु गाउँदै जब समुहमा महिलाहरु निस्किने गर्छिन तवको दृश्यले सबैलाई मनमोहक बनाउने गर्छ ।
हरेक श्रावण कृष्णपञ्चमी देखि शुरु भई श्रावण शुक्ल द्धितिया सम्म यो पर्व मिथिलाञ्चलका कायस्थ, बा्रहमण, सोनार र देवजातिका नवविवाहिता महिलाहरुले मनाउने गरेका छन ।
श्रावण मासको झरी, कालो वादल र न्यानो घामको स्पर्श गदै युवतीहरु नाच्ने, गाउने, र विवाहिताहरुले आफ्नो पतिसंग वितेको मधुर क्षणबारे साथीसंगीहरुसंग कुराकानी गर्ने गरेकोले यो पर्वलाई मधुश्रावणी भनिएको हो ।
यो पर्वमा नवविवाहिताले आफ्नो साथीहरुलाई यौनको कुरा देखि लिएर पति संग विताएको क्षण सम्म भन्ने गरेको कारण यसलाई यौन शिक्षा दिने पर्व समेत भनिएको छ । यो पर्वमा नवविवाहिताले नागपञ्चमी सम्बन्धि कथाहरु सुन्नुका साथै नागको अर्थात विषधरको पुजा गर्ने गर्दछन् ।
पतिप्रेम बढोस र पति प्रति आदर भाव जागोस भनी यो पर्व अवधिभर शिवगौरी, विषहारा, शिवलिला र श्रवणकुमार लगायतको कथा सुनाउने गरिन्छ । यो पर्व माईतमै मनाउने प्रचलन रहे पनि आज भोली यो पर्व ससुरालमा समेत मनाउन थालिएको छ ।
यो पर्वको विशेषता भनेको विषघरको पुजा बासी फुल र पातबाट गर्नु र पुजा अवधि भर नवविवाहिताले खानेकुरा सबै ससुराकै खानुपर्ने रहेको छ । सोही कारण ससुराबाट नवविवाहिताहरुको लागी पुजा अवधिभरको लागी सबै सामान जोहो गरी पठाईने गरेको हुन्छ । यो पर्व १५ दिनसम्म मनाईने गरिन्छ ।
श्रावणको झरी, कालो वादल,   चारैतिर हरियाली, नवविवाहिता महिलाको सिंगारपटार लगायतका दृश्यहरुले कामोत्तेजना बढाएको हुन्छ र यो पर्वमा सोहीकारणले जतिसुकै टाढा पति भएपनि आउने गरेको कारणले यसलाई मिथिलाञ्चलको हनिमुन भनेर भनिन्छ ।
विषहाराको पुजा बासी फुल र पातबाट हुने गरेको कारण नवविवाहिता महिलाहरु लगायत छरछिमेकका संगीसाथीहरु मिलि समुहमा गित गाउँदै गाउँ बाहिर स्वछन्द भई घुम्ने गर्दछन ।  कहिले पनि घर बाहिर ननिस्कने महिलाहरु समेत पुजा अवधिभर साथीहरुसंग गफिदै झरीको मजा लिन चुक्दैनन भने उनीहरु समुह समुह बनाई चौमासा, छमासा, बटगवनीको सुमधुर गीतहरु पनि गाउने गर्छिन । सो समयमा नवविवाहिता महिलाहरुले सिंगारपटार गरी निस्कदा केटा देखि बुढो सम्मको हेर्नको लागी घुईचो लाग्ने गर्दछ ।
यो पर्व टेमि (आगोले पोल्ने कार्य) दिएर सकिने गरिन्छ । महिलाहरुलाई अग्नि परिक्षा स्वरुप घुँडामा टेमि दिईन्छ र जति ठुलो फोका उठ्छ त्यत्ति बढी नै पति प्रति माया र पतिको दिर्घायु हुन्छ भन्ने मान्यता रहेको पाईन्छ । यो पर्वलाई समय सापेक्षरुपमा अगाडी बढाउदै लगियो भने अझ पनि यसको महत्व बढने देखिन्छ ।  

असारे विकास Mahottari

फोटो क्याप्सन ः
असारे विकास ः जलेश्वर नगरपालिकाले सदरमुकाम जलेश्वरको मुटु मानिने दुर्गा चोकमा एक दिन अगाडी मात्रै मरम्मत गरेको सडकमा गाडी फस्दा यातायात नै वाधित हुन पुगेको छ । स्थानीयहरुले हतार हतारमा काम गरेपछिको अवस्था यस्तो रहेको वताएका छन् ।

पिसीएफ कोटा वितरणप्रति आपत्ति Mahottari

पिसीएफ कोटा वितरणप्रति आपत्ति
महोत्तरी समाचारदाता
जलेश्वर, साउन ७ गते । जिल्ला शिक्षा कार्यालय महोत्तरीले मनोमानी ढंगबाट पिसीएफ अनुदान रकम वितरण गरेको भन्दै शिक्षकहरुले आपत्ति जनाउँदै यसलाई सच्चाउन माँग गरेको छ ।
नेपाल पिसीएफ शिक्षक संघर्ष समिति महोत्तरीले वुधबार जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई स्मरण गराउँदै मनोमानी ढंगबाट वितरण गरिएको पिसीएफ शिक्षकहरुको अनुदान रकमको माँगलाई उचित सम्बोधन गर्न माँग गरेको छ ।
संघर्ष समितिका अध्यक्ष अशोककुमार यादवले जिल्ला शिक्षा कार्यालय महोत्तरीका जिल्ला शिक्षा अधिकारी तथा कार्यक्रम संयोजकले मनोमानी ढंगबाट शिक्षकहरुलाई मर्का पर्ने गरी पिसीएफ अनुदान रकम बाँडेको वताउनुहुदैं हाम्रो माँग सम्बोधन नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो । अध्यक्ष यादवले भन्नुभयो, ‘जिशिकाको यो कार्यले महोत्तरीका २ सय ६४ पिसीएफ शिक्षकहरुलाई मर्का परेको छ, यो मर्का हामी कुनै हालतमा सहन्नौं, जे गर्नुपर्छ हामी गछौं’ ।
अध्यक्ष यादवले जिशिकाले अख्तियारबाट निलम्बित विद्यालयलाई पनि पिसीएफ अनुदान रकम वितरण गरिएको जानकारी दिनुहुदै विना योजना गरेको कार्यप्रति आपत्ति जनाउनुभयो । उहाँले छिमेकी जिल्लाहरुमा पनि पिसीएफ रकम वितरण गर्दा कुनै पनि विद्यालयका शिक्षकहरुलाई मर्का नपर्ने गरी बाँडिएको जानकारी दिनुहुदैं समयमैं माँगलाई सम्बोधन गर्नुपर्ने वताउनुभयो ।

Pappu Sah Jaleshwor, Mahottari

My Friend Pappu Sah

बजेटको प्रतिलिपी जलाइयो Mahottari

बजेटको प्रतिलिपी जलाइयो
महोत्तरी समाचारदाता
जलेश्वर, साउन १० गते । हालै सरकारले ल्याएको आर्थिक वर्ष २०७१÷०७२ को बजेट मधेश र मधेशीको हकमा नभएको भन्दै नेपाल सदभावना पार्टी राजेन्द्र महतोपक्षले जिल्लाको सदरमुकाम जलेश्वरमा जलाएको छ ।
सदभावनाका केन्द्रीय सदस्य रमण पाण्डेयको उपस्थितीमा कार्यकर्ताहरुले मधेशले देशको सबभन्दा बढी राजश्व दिए पनि मधेशलाई १० प्रतिशत मात्रै छुटयाएको भन्दै जलाएको जनाएको छ ।
संविधान निर्माणलाई केन्द्र विन्दुमा राखेर काम गर्नुपर्नेमा स्थानीय निर्वाचनलाई महत्व दिएको, मधेशी दलितलाई उपेक्षा गरेको, शहिद परिवारलाई उचितरुपमा सम्बोधन नगरेको तथा कृर्षि क्षेत्रलाई उपेक्षित गरेको भन्दै बजेटको प्रतिलिपी जलाइएको केन्द्रीय सदस्य पाण्डेयले जानकारी दिनुभयो ।
उहाँले भारतसंग बेटी रोटीको सम्बन्ध रहेपनि सम्बन्धमा नै खलल पुग्ने गरी सवारी आवागमणमा दर बढाइएको वताउनुहुदै बजेटलाई सच्याउनुपर्ने माँग गर्नुभयो । उहाँले यस्तो नगरिए आफुहरु अझ सशक्तरुपमा अगाडी बढने जानकारी समेत दिनुभयो ।
पार्टी कार्यालयबाट निस्केको जुलुस दुर्गा चोकमा आएर बजेट जलाएका थिए ।

तमलोपाको जिल्ला अध्यक्षमा अभिराम निर्विरोध निर्वाचित Mahottari

तमलोपाको जिल्ला अध्यक्षमा अभिराम निर्विरोध निर्वाचित
महोत्तरी समाचारदाता
जलेश्वर, साउन ११ गते । तराई मधेश लोकतान्त्रिक पार्टी महोत्तरीको पहिलो अधिवेशनले अभिराम शर्मालाई निर्विरोध निर्वाचित गरेको छ ।

यो भन्दा अगाडी पनि जिल्ला अध्यक्ष शर्मा नै रहेका थिए । दुई दिन सम्म चलेको आरोप प्रत्यारोप र छलफल पश्चात आइतबार सर्वसम्मतीबाट निर्विरोध रुपमा अध्यक्षमा शर्मालाई चयन गरिएको तमलोपाका पूर्व जिल्ला सचिव सुशिल कुमार राउतले जानकारी दिनुभयो ।

उहाँले शुरुमा अध्यक्ष पदको लागि ७ वटा प्रत्यासी रहेका थिए । जसमा अभिराम शर्मा, रामशंकर मिश्र, सुशिलकुमार राउत, हरिनारायण मण्डल, शम्भु पाठक, रोशन मिश्र र रामजीवन साह रहनुभएको थियो । तर आइतबार बिहान ५ जनाले उम्मेदवारी फिर्ता लिएपछि पुनः छलफल गरी शर्मालाई निर्विरोध निर्वाचित गरिएको पार्टीका केन्द्रीय सहमहामन्त्री तथा अधिवेशन पर्यवेक्षक जितेन्द्र सोनलले जानकारी दिनुभयो । उहाँले आइतबार बिहान अध्यक्षको प्रत्यासीमा शर्मा र रामशंकर मिश्र रहनुभएको थियो तर लामो छलफल पश्चात शर्मालाई अध्यक्षमा चयन गरिएको जानकारी दिनुभयो ।

केन्द्रीय पर्यवेक्षक तथा केन्द्रीय सहमहामन्त्री सोनलले ३१ सदस्यीय जिल्ला कार्यसमितिमा अध्यक्ष सहित २२ जना सदस्यको टुङ्गो लागिसकेको जानकारी दिनुहुँदै प्रमुखपदहरु अध्यक्षले समावेशी र पार्टीलाई एक ढिक्का बनाउने हिसावले मनोनित गर्ने जानकारी दिनुभयो ।

सर्वसम्मतीबाट जिल्ला सदस्यहरुमा क्षेत्र नं. १ बाट वैजनाथ महतो, निरञ्जन यादव, क्षेत्रनं. २ बाट दिपक यादव, शिवचन्द्र झा, जिवछ साह, आमोद यादव, सुनिल यादव, क्षेत्रनं. ३ बाट राकेश सिंह, रामकुमार रोशन ठाकुर, कविता मिश्र, शिवचन्द्र झा, सुवोध यादव र ध्रुव यादवलाई चयन गरिएको वताउनुभयो । त्यसैगरी क्षेत्रनं. ४ बाट उपेन्द्र झा, शत्रुधन राय, श्रीमती ललिता देवी, लाल महममद, क्षेत्रनं. ५ बाट प्रमेश्वर मण्डल, काशी यादव र क्षेत्रनं. ६ बाट रामसेवक महतो र रामकुमारी महतो सदस्यमा सर्वसम्मतीले चयन गरिएको नव निर्वाचित अध्यक्ष अभिराम शर्माले जानकारी दिनुभयो ।

जिल्ला कमिटिमा बाँकी रहेका उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र ५ जना सदस्यलाई अध्यक्षले पछि मनोनित गर्ने जनाइएको छ ।

तमलोपाको पहिलो जिल्ला अधिवेशनलाई एक समारोहका बीच अध्यक्ष महन्थ ठाकुरले सम्बोधन गर्नुभएको थियो । उहाँले सो अवसरमा मधेश र मधेशीको अधिकारको लागि तमलोपाले लडाई सधैं लडिराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

६ वटा विद्यालय समायोजन, ७४ झोले विद्यालय खारेजMaottari

६ वटा विद्यालय समायोजन, ७४ झोले विद्यालय खारेज

महोत्तरी समाचारदाता
जलेश्वर, साउन १० गते । जिल्ला शिक्षा समिति महोत्तरीले जिल्लाको ६ वटा विद्यालयलाई अर्को विद्यालयमा समायोजन गरेको छ ।
    पहिलो चरणमा जिल्लाको ६ वटा विद्यालयलाई समायोजन गरिएको जिल्ला शिक्षा अधिकारी रणदिप वस्नेतले जानकारी दिनुभयो ।
    शिक्षा समिति महोत्तरीको बैठकले लालबाबु कौशिला प्राथमिक विद्यालय वगडालाई उच्च माध्यमिक विद्यालय बगडामा, रामप्रित प्रावि धर्मपुरलाई निम्न माध्यमिक विद्यालय पडरियामा, सरस्वती प्रावि भंगहालाई उच्च मावि भंगाहामा, जनमुखी प्रावि सम्सीलाई सम्सी निमाविमा, दलित प्रावि सोनामाईलाई मावि सोनामाईमा र लक्ष्मण धार्मिक प्रावि मनरालाई उमावि मनरामा समायोजन गर्ने निर्णय गरेको जिशिअ वस्नेतले वताउनुभयो ।
    तोकिए भन्दा विद्यार्थी संख्या न्यून हुनु, विद्यालयको नाममा कम्तीमा एक कठ्ठा जग्गा नहुनु, भौतिक पूर्वाधार कमजोर हुनु, नजिकै निमावि तथा उमावि हुनु लगायतका कारणले ति विद्यालयहरुलाई समायोजन गरिएको जनाइएको छ । समायोजन पूर्व सम्बन्धित श्रोत व्यक्ति, विद्यालय निरिक्षक, विद्यालय व्यवस्थापन समिति लगायतसंग छलफल गरी शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १५ एवम् शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम १८५ वमोजिम समायोजन गरिएको हो ।
    यसैबीच समितिले संचालनमा नरहेको तर वर्षोदेखि राज्यबाट सुविधा लिँदै आएका जिल्लाका ७४ वटा झोले विद्यालय बन्द गर्ने निर्णय समेत गरेको छ ।
    गोरखापत्र सहित अन्य समाचारमाध्यमहरुले पटक पटक झोले विद्यालयको समाचार प्रकाशित गदै आएपछि यसमा अख्तियारले छानविन शुरु गरेको थियो । अख्तियारको टोलीले छानविन गरी सञ्चालन मैं नरहेको पाएपछि सबैपक्षसंगको बैठकपछि ति विद्यालयहरु बन्द गरेको हो ।
    शिक्षा मन्त्रालयका परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक जित बहादुर शाहको संयोजकत्वमा उपसचिव बद्रि बहादुर पाठक, हर्कबहादुर अधिकारी, अख्तियारका सुबोध लामा सहित चार सदस्यीय टोलीले असार १६ गतेदेखि थालेको अनुसन्धान पश्चात ८६ विद्यालय मध्ये ७४ लाई कारवाही गर्ने निर्णय गरेको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ । ८६ मध्ये ६ विद्यालयलाई समायोजन तथा ६ विद्यालयले पठनपाठन गर्दै आएको कारण तथा अन्य विद्यालयबाट टाढा रहेको कारण तत्काल राख्ने निर्णय भएको जनाइएको छ ।
    छानविन पश्चात दलित प्रावि भटौलिया ६, जनजागृति प्रावि भटौलिया ४, उपेन्द्र प्रावि बथनाहा ३, सहित राप्रावि कोल्हुवावगेया ८, दुर्गाप्रावि एकडारा ४, लक्ष्मीनारायण प्रावि सिस्वाकटैया १, राप्रावि भरतपुर ६, जनप्रावि भरतपुर ७, नथुनी रामपरी प्रावि लक्ष्मीनीया ५, राप्रावि निगौल ७, ओम शिवम् प्रावि गौशाला ७, श्रीप्रावि रानीरतवाडा डाम्हीमडैं ८, रामदलित प्रावि वगडा ९, भवानी प्रावि लोहारपट्टी ४, शहिद नागेन्द्र प्रावि खुटापिपराढी १, जनजागृति प्रावि खुटापिपराढी ९, दलित जनजाति प्रावि धर्मपुर ६, रामप्रावि हरिनमरी ८, श्रीप्रावि अजगेवा हरिनमरी १, दलित तथा जनजाति प्रावि हरिनमरी २ लाई बन्द गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी गढीमाई प्रावि भंगहा १, चित्रगुप्त प्रावि भंगहा ७, अरुण यादव प्रावि हरिनमरी ८, सिद्धनाथ प्रावि भंगहा ६, आदर्श प्रावि हरिनमरी ९, सीता प्रावि पडौल २, जनता दलित प्रावि सरपल्लो १, बालजागरण प्रावि सोनमा ८, सरस्वती जनता प्रावि खैरबन्नी ८, किशोरी रामचन्द्र प्रावि सुन्दरपुर ८, जगन्नाथ बाबा प्रावि खैरबन्नी ८, सरस्वती प्रावि खैरबन्नी ४, रामजानकी प्रावि खैरबन्नी ३, जनताप्रावि गुलरिया खैरबन्नी ५, जनता प्रावि सुन्दरपुर ४, मधेशजनता प्रावि खैरबन्नी ६, महारानी प्रावि खैरबन्नी १, सोनमा जनता प्रावि सोनमा ८, नेपाल राप्रावि सोनमा ६, सोनियामाई प्रावि सोनमा २, श्रीराम प्रावि सोनमा ७, चुनफुलकुवरी प्रावि रघुनाथपुर ५, सिताराम प्रावि रधुनाथपुर ७, श्री आदर्श महिला प्रावि सोनमा ६, जनकल्याण प्रावि रघुनाथपुर ८, राष्ट्रियजनता प्रावि सोनमा ४, विपि जनता प्रावि रघुनाथपुर ६, शंकर प्रावि मैनाथपुर २, ज्ञानज्योति प्रावि विजलपुरा ८, दलित जनजाति प्रावि हतिसर्वा ६, लोकतान्त्रिक प्रावि मैनाथपुर ९, सरस्वती प्रावि मैनाथपुर १, दलित जागरण प्रावि सोनामाई ७ लाई पनि बन्द गरिएको जनाइएको छ ।
छानविन गरी समितिले रामजानकी प्रावि सोनामाई ५, भुईयास्थान प्रावि सोनमा ४, दलित जनता प्रावि सिंग्याही ५, दलित जनता प्रावि सिंग्याही ४, भगवान सत्यनारायण प्रावि सिंग्याही ४, मुसहर दलित प्रावि हत्तिसर्वा ४, आदर्श प्रावि पशुपतिनगर ४, रुद्रआदय प्रावि बर्दिबास ९, रामजानकी प्रावि पर्सादेवाड २, बाबा बानेश्वर प्रावि पर्सादेवाड ४, जनकल्याण प्रावि लक्ष्मीनिया ६, रामजानकी प्रावि गैडाभेटपुर ५, सहिद देवेन्द्र सहनी प्रावि सोनौल ५, बैदेही सति आदर्श प्रावि सोनौल १, राप्रावि सोनौल ९, दलित गुरुकुल प्रावि खोपी ८, वंशीघर प्रावि पर्सादेवाड १, दलित जनजाति प्रावि खोपी १, राप्रावि सम्सी ६, सरस्वती प्रावि सम्सी ८, हंसबाहिनी प्रावि पर्सादेवाड १ लाई पनि बन्द गरेको जिशिका महोत्तरीले जनाएको छ ।
एउटै गाउँमा आधा दर्जन सम्म झोले विद्यालय हुनु जिल्ला शिक्षा कार्यालयको मिलेमतोमा भएको कार्य देखिएको आरोप पूर्व शिक्षा अधिकारी कृष्णचन्द्र झाको रहेको छ । उहाँले अख्तियारले ढिलै भएपनि यस्ता कार्य रोकेकोमा खुशी व्यक्त गर्नुहुदै झाले अख्तियारले विद्यालय खोल्न अनुमति दिने कार्यको पनि छानविन गरी कारवाही गर्नुपर्ने माँग गर्नुभयो ।
   
   

महोत्तरी क्लब तथा पुस्तकालय

Niraj Kumar Rokka, Mahottari
पुस्तक ज्ञानको सिमित भण्डार हो भने पुस्तकालय ज्ञानको असिमित महासागर हो ! महोत्तरी जिल्ला जलेश्वर-२ मा अबस्थित अञ्चलकै ठुलो तथा बुढो पुस्तकालयको रुपमा नामांकित महोत्तरी क्लब तथा पुस्तकालय आज जिर्ण अवस्थाबाट एउटा पक्कि घरमा निर्मित भएको छ ! घर त निर्मित भयो तर अध्ययन गर्न एउटा पुस्तक सम्म छैन ! यस पुस्तकालय हामी सबैको साझा सम्पति हो ! यो कसैको घरको लालपुर्जा होइन जसलाई जे मन लाग्यो गरोस ! यो भत्किदा,टुट्दा,फुट्दा हामी सबैको मुटु दुख्छ ! यो हामी सबैको पाठशाला पनि थियो ! पहिला भन्दा आर्थिक रुपले बलियो भएको छ तर यसलाई पुनः संचालनमा ल्याउने सानु प्रयास सम्म गरिएन ! पुस्तक अध्ययनशाला,खेलकुद तथा सामाजिक चेतना यस पुस्तकालयको परिचय हो तर आज यो मौन छ केहि गर्ने चेतना सम्म छैन ! पुस्तकालय अगाडी भवनको भित्तामा कार्यसमितिको नाम बडो रोचक ढंगका साथ लेखिएको छ ! कति उत्साह थियो होला ति नाम भित्ता लेखीदा ! यो पुस्तकालय पुनः पुस्तकालयको रुपमा संचालनमा आउन न सकेको दुई दशक भन्दा बडी भयो ! यो दुई दशकमा मुलुकले धेरै परिबर्तनलाई आत्मासाथ गर्यो ! धिक्कार छ ति समाजका संस्कारलाई,धमिराले खाई सकेका दिमागलाई,जुन पुस्तकालयले मानब जीवनको समाजका बिबिध पाटाहरुलाई खोतल्ने प्रयास गर्दा गर्दै भर्खर फक्रिन लागेको पुस्तकालयलाई मृत्युको कामना गरी दिए ! तर बिगतको जवाफ कसले दिने ! न त वर्तमानले दिने आट गर्छ ! संस्कार उही हो,संस्कृति उही हो र मान्छेको जीवन शैली पनि उही हो जसलाई फेर्ने कोशिस कसैले गरेनन ! मैले बाल्यकालमा पटक पटक परिक्रमा गरेको यस पुस्तकालय मेरो जिन्दगीको बाटो हो,जुन बाटोमा हिड्दा मलाई पटक पटक चोट लाग्यो,ठेस लाग्यो,काडा बिझ्यो र घाउ भयो र पनि मलाई यो बाटो अति प्यारो लाग्छ ! जिबनको सार्थकता आशाबादी बन्नुमा छ त्यसैले हामी सबै मिलि हाम्रो पुस्तकालयलाई पुनः संचालन गरौ ! क्लबका वर्तमान संचालक व्यक्तिगत स्वार्थका लागि क्लब भवनमा आफ्ना गा.बि.स. कार्यालय संचालन गरि रहेका छन् ! एउटा सामाजिक सस्था आज सास्कृतिक निर्त्यकर्मको रुपमा परिणत भएको छ,विभिन्न राजनीति पार्टीका बैठक, गोष्ठी ,बिबाहको रुपमा जन्ती आएका मानिसहरुलाई राती सुत्ने व्यवस्था आदि इत्यादी काम बाहेक केहि छैन अचेल यस क्लबको ! राणा शासनको अन्त्य हुनु भन्दा पहिला स्थापना भएको यस पुस्तकालय अशिक्षित समाजमा चेतनाको कमीले पिडित हाम्रो समाजलाई चेतनाले शिक्षित बनाई रहेको थियो ! आर्थिक रुपले सबल र बलियो भएको वर्तमान अबस्थामा यस पुस्तकालयको आर्थिक आम्दानीको रुपमा १३ बटा सटरहरु भाडाको रुपमा प्रयोग भएको छ तर पनि पुस्तकालयको रुपमा परिणत हुन् सकेन ! पक्कै पनि यस महोत्तरी क्लब तथा पुस्तकालय जलेश्वर नगर पालिकाको मौलिकता थियो ! आफ्नु मौलिकतालाई बचाई राख्न नसक्नु हाम्रो कमजोरी नै हो ! आफ्नु समाज, गाउँ टोल, आफैले बनाउने हो कोही आउला र बनाई देला भनेर बस्ने हो भने हाम्रा एक मात्र आस्थाका रुपमा रहेका बाबा जलेश्वरनाथ मन्दिरको पनि आउदा दिनमा यस्तै न होला भन्न सकिन्न ! यस समाजका युवा वर्ग, बुद्धिजिबी तथा विभिन्न राजनीति पार्टीमा आस्था राख्ने व्यक्तिहरुले चासो लिनु पर्ने बेला आएको छ ! एक एक सय हुन्छ , हजार हुन्छ लाख हुन्छ, एकले गरे के पो हुन्छ मिलि गरे जे पनि हुन्छ ! सबै मिलि यस पुस्तकालयलाई बचाउने बेला आएको छ! यहाँका युवा पौरखी हातहरु बिदेशिएका छन् ,भएका युवाहरुले केहि गरेनन अब बिदेशिएका युवा गाउँ फर्की केही गर्ला भनेर कुरेर बस्ने कि यहाँ भएकाहरुले नै केही गर्ने कि ? यदि आफु माथि शंका लागेको छ भने एक पटक छातीमा हात राखी मातृभूमिको एक मुट्ठी माटो समाई त हेर अनि थाहा हुन्छ मैले मातृभूमिलाई के दिए भन्ने पिडा कति हुन्छ भनेर ! हे २१ औं शताब्दीका मानबहरु हो ! दलीय दासता र नेताको दासताबाट मुक्त भई वास्तविक धरातलमा उभिई,कसको कृपाले को के भयो त्यहि कृपालाई आफ्नु दासता बनाई सदासर्बदा दास बन्ने प्रबित्ति बाट मुक्त होऊ ! तिमि शिक्षित छौ,तिमि सभ्य छौ,तिमि सोच्न सक्छौ तसर्थ खुला दिमागले सोचौं मानसिक दासताबाट मुक्त होऔं ! सकिर्णता बाट मुक्त भई बास्तबिकतामा उभिन अभिप्रेरित गर्दछु र हरेक समस्याको समाधान लोकतन्त्रमा सम्भब छ ! तसर्थ: यस पुस्तकालयको समस्या समाधान गर्न तिर लागौं ! महोत्तरी क्लब तथा पुस्तकालयलाई कसरी सपार्न सकिन्छ ? महादेव मन्दीर अघिल्तिरको पोखरी जहाँ हाट पनि लाग्छ, सबैभन्दा भब्य छठ हुन्छ त्यसलार्इ कसरी स्वच्छ, सफा राख्ने ? वजार क्षेत्रका वासिन्दा घरभित्रको फोहोर यहाँ सम्मकी कोपराको फोहोरसमेत सडकको विचमा ल्याएर विसर्जन गर्छन ! यसलार्इ कसरी रोकथाम गने ? ढल निर्माण् भएका छन्, निकास नभएर ढलको पानि सडकमा वग्छ यसलार्इ कसरी निकास दिने ? यही ढलमा पानी भरिएर लामखुट्टैको तौल बढेर गएको छ ! त्यसैले नगर पालिका गैर-जिम्मेबारी हुदा यस सुन्दर नगरको हालत बगर जस्तो हुन् थालेको छ ! बिडम्बना: सफलता वा असलातालाई मेहनत र परिश्रम भन्दा भाग्य संग जोडेर हेर्ने हाम्रो समाजको आम प्रबिधि नै बनेको छ ! भाग्य भए ढुंगा छुदा नि सुन बन्छ रे ! कर्म नै नगरी भाग्यको आशा गर्ने पनि छन् हाम्रा समाजमा ! त्यसैले युबाहरुको ध्यान पुस्तकालयको साथ- साथै नगर बिकाशमा पनि पुग्नु जरुरि छ अनि मात्र युवा हुनुको दायित्व पुरा हुन् जान्छ ! हामी सबै जलेश्वरबासी मिलि भावी पुस्ताले भविष्यमा पाउनु पर्ने हक अधिकार न खोसौं नत्र सतिले सरापेको देश नेपालमा हाम्रा भावी पुस्ताले हामीलाई न सराप्ला भन्ने छैन !