जनकपुर– भिठामोड (विद्यापती राजमार्ग) सडक निर्माणको संयुक्त संघर्ष समिति गठन
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ १५ गते । दशकौंदेखि जिर्ण अवस्थामा रहेको जनकपुर भिठामोड सडकखण्ड निर्माणको लागि महोत्तरीमा सर्वपक्षिय संघर्ष समिति गठन गरिएको छ ।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माको अध्यक्षतामा जिल्लाको विभिन्न राजनीतिकदलका अध्यक्षहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, मानवअधिकार तथा अधिकारकर्मीहरु, संचारकर्मीहरुको संयुक्त भेलाले संयुक्त संघर्ष समिति निर्माण गरिएको परिषदका अध्यक्ष रामकुमार शर्माले जानकारी दिनुभयो ।
परिषदका अध्यक्ष शर्माको संयोजकत्वमा गठन गरिएको संयुक्त संघर्ष समितिमा माओवादी केन्द्रबाट सत्येन्द्र यादव, राप्रपा नेपालका प्रमोदकुमार सिंह, संघिय समाजवादी फोरम नेपाल लोकतान्त्रिकका वलवीर प्रसाद गुप्ता, तराई मधेश लोकतान्त्रिक पार्टीका रामशंकर मिश्र (शाहीजी), राप्रपाका डा.बिनोद मिश्र, सदभावना पार्टीका मोहन ठाकुर रहनुभएको छ ।
त्यसैगरी तमसपाबाट रामप्रकाश यादव, रामसपाबाट जयरुद्र झा, नयाँ शक्ति पार्टी नेपालबाट महेश यादव, युवा संजाल महोत्तरीबाट सुरेश ठाकुर, सुन्दर अभियानी मनोज झा मुक्ति, मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष राजकिशोर झालगायतका रहनुभएको छ । संयुक्त संघर्ष समितिका संयोजक शर्माले अन्य राजनीतिकदल तथा संघसंस्थाबाट नामावली आउन बाँकी रहेको बताउनुहुदै यो आन्दोलन कुनै पार्टीको नभई महोत्तरी र धनुषाबासीको भएको दावी गर्नुभयो ।
बुधबार भएको सर्वपक्षिय बैठकबाट जनकपुर–भिठामोड सडक अन्तर्गत विभिन्न ५ स्थानमा धर्ना एवम् संघर्षका लागि स्थानीय संयुक्त संघर्ष समिति बनाउने निर्णय समेत गरिएको जानकारी दिनुहुदै उहाँले सडकको निर्माण नभएसम्म यो आन्दोलन नरोकिने चेतावनी समेत दिनुभयो ।
उहाँले जनकपुर भिठामोडसडकका छेउछाउका गाविस र नगरपालिका स्थानीयहरुको सहभागितामा समेत स्थानीय संघर्ष समिति निर्माण गरिने जानकारी दिनुहुदै सडक निर्माणको विगुल फुकिसकिएको वताउनुहुदै भन्नुभयो, ‘सडकबाट कि त मेरो लाश उठछ् कि सडक बन्छ ।’
उहाँले आन्दोलनको कार्यक्रमहरु यसभन्दा अगाडी नै सार्वजनिक गरिसकिएको जानकारी दिनुहुदै आन्दोलनको कार्यक्रम अन्तर्गत भदौ १३ गतेदेखि १९ गते सम्म (सात दिन) सडक तथा सडक छेउका गाँउमा प्रचारप्रसार सहित पम्पलेटिङ, कोणसभा, माइकिङ गरी हरेक चोकमा सर्वपक्षिय संघर्ष समिति निर्माण गर्ने, भदौ २० देखि २४ गतेसम्म पाँच दिन विभिन्न चौकमा रिले धर्ना दिने र भदौ २५ र २६ गते जनकपुर–भिट्ठामोड सडकमा पूर्णरुपमा यातायात ठप्प पार्ने र भदौ २७ गते जनकपुर देखि भिट्ठामोडसम्म मानव कडी निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
उहाँले कार्यक्रम अन्तर्गत महोत्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाईसकिएको बताउनुहुदै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
यो भन्दा अगाडी पटक पटक सुन्दर अभियानीहरुले सडक निर्माणको लागि आन्दोलन गरेपनि प्रभावकारी नभएपछि अहिले आएर विभिन्न राजनीतिकदलहरु लागेपछि जिल्लाबासीहरु पनि सडक निर्माण हुनेमा आशावादी देखिएका छन् ।
Press Bigapti
जनकपुर–भिठामोड (विद्यापति राजमार्ग) सडक निर्माण
संयुक्त संघर्ष समिति
महोत्तरी, धनुषा
मिति ः २०७३÷०५÷१५
प्रेस विज्ञप्ति
जनकपुर– भिठामोड (विद्यापती राजमार्ग) सडक निर्माण संयुक्त संघर्ष समिति महोत्तरीको बैठक वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा माओवादी केन्द्रका अरविन्द साह, राप्रपा नेपालका अध्यक्ष प्रमोदकुमार सिंह, संघिय समाजवादी फोरम नेपालका अध्यक्ष रामनरेश यादव, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका बलविर प्रसाद गुप्ता, राप्रपाका राजेश्वर राय, तमलोपाका अध्यक्ष अभिराम शर्मा, सदभावना पार्टीका अध्यक्ष रामबाबु साह, तराई मधेश सदभावना पार्टीका गजेन्द्र गुप्ता, राष्ट्रिय मधेस समाजवादी पार्टीका जयरुद्र झा, नेपाल सदभावना पार्टीका अध्यक्ष संजय सिंह, नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष कौशलेन्द्र शर्माको उपस्थितीमा निम्न अनुसारको निर्णयहरु भयो ।
१) जनकपुर–भिठामोड (विद्यापति राजमार्ग) सडक निर्माणका लागि विभिन्न राजनीतिक पार्टीहरु, संघ, संस्था रहेको संयुक्त संघर्ष समिति महोत्तरी गठन भयो । समितिमा
वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष (संयोजक) – रामकुमार शर्मा
माओवादी केन्द्र – सत्येन्द्र यादव
राप्रपा नेपाल – प्रमोदकुमार सिंह
संघिय समाजवादी फोरम नेपाल लोकतान्त्रिक – वलवीर प्रसाद गुप्ता
तराई मधेश लोकतान्त्रिक पार्टी – रामशंकर मिश्र (शाहीजी)
राप्रपा – डा.बिनोद मिश्र
सदभावना पार्टी – मोहन ठाकुर
तमसपा – रामप्रकाश यादव
रामसपा – जयरुद्र झा
नयाँ शक्ति पार्टी नेपाल – महेश यादव
युवा संजाल महोत्तरी – सुरेश ठाकुर
सुन्दर अभियानी – मनोज झा मुक्ति
मानवअधिकार तथा शान्ति समाज – राजकिशोर झा
रहेको समिति गठन भएको छ । बाँकी पार्टीबाट तथा संघसंस्थाबाट नामावली प्राप्त भएपछि राखिने छ ।
२) जनकपुर–भिठामोड सडक अन्तर्गत विभिन्न ५ स्थानमा धर्ना एवम् संघर्षका लागि स्थानीय संयुक्त संघर्ष समिति बनाउने निर्णय भयो । जस अनुसार २०७३ भाद्र १६ गते दिउँसो २ बज परिकौली चोकमा र दिउँसो ५ बजे सहोडवाको चाँदनी चोकमा संयुक्त संघर्ष समिति महोत्तरीको उपस्थितीमा स्थानीयस्तरका संघर्ष समिति बनाउने तथा २०७३ भाद्र १७ गते बिहान ८ बजे भिठामोडमा, दिउँसो १ बजे जलेश्वर जिरोमाइलमा तथा ४ बजे पिपरा बजारमा सर्वदलिय÷सर्वपक्षिय भेलाबाट स्थानीयस्तरका संयुक्त संघर्ष समिति बनाउने निर्णय भयो ।
३) २०७३ भाद्र १८ र १९ गते जनकपुर भिठामोड सडक नजिकका गाउँ÷नगरमा अपिल वितरण, माईकिँग र संयुक्त रुपमा आन्दोलन सफल बनाउने निर्णय भयो ।
रामकुमार शर्मा
अध्यक्ष
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद
संयोजक
संयुक्त संघर्ष समिति
महोत्तरी र धनुषा